Category: अमेरिका

  • टेक्सासमा माछा मार्न जाँदा दुई नेपाली भाषी युवाको मृत्‍यु

    टेक्सासमा माछा मार्न जाँदा दुई नेपाली भाषी युवाको मृत्‍यु

    टेक्सास

    अमेरिकाको टेक्सास राज्यमा बस्ने दुई नेपाली भाषी युवाहरुको माछा मार्न जाँदा मृत्‍यु भएको छ । १९ बर्षीय हिकारु चौलागाई र त्रिशरण खत्री नामका दुई युवाहरुको गत ९ तारिख बिहिबार पोसुम किङ्डम लेकमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका थिए । हिकारु चौलागाई मुल घर नेपालका हुन भने त्रिशरण मुलघर भुटानी हुन । त्रिशरण खत्रीको शव शनिबार गोताखोरको सहयोगमा निकालिएको थियो भने हिकारु गौतमको शव आईतबार मात्र पाईएको थियो । ती दुई युवाहरुको पोसुम किङ्डम लेक मुनीको छालले तानेर मृत्‍यु भएको मृतकद्वयको दाह संस्कारका लागि खोलिएको सहयोग गो फण्ड मि एकाउन्टमा लेखिएको छ । 

    अबिन श्रेष्ठको संयोजनमा खोलिएको गोफन्ड् मि एकाउन्टमा मृतकद्वय अत्यन्त रमाईला ब्यक्ति भएको भनिएको छ । हिकारु चौलागाई टेक्सासस्थित सामाजिक अभियन्ता सरिता चौलागाईका छोरा हुन् । मृतकहरुको अन्तिम संस्कारका लागि १५ हजार अमेरिकी डलर लक्ष्य राखी सहयोगको लागि आह्वान गरिएको छ भने हिकारु गौतम एक्लैको नाममा प्रियँका पुडासैनिको संयोजनमा अर्को छुट्टै गो फण्ड् मि एकाउन्ट खोलिएको छ ।

  • टेक्सासमा ‘कोभिड पार्टी’ नामको अनौठो भोज खाँदा ३० बर्षीय युवाको मृत्‍यु

    टेक्सासमा ‘कोभिड पार्टी’ नामको अनौठो भोज खाँदा ३० बर्षीय युवाको मृत्‍यु

    न्युयोर्क

    ‘मलाई लाग्छ मैले गल्ती गरें । मैले सोचें यो झुटो हो तर यो सत्य रहेछ’ ।

    यी हरफहरु ३० बर्षीय एक कोरोना बिरामीको अन्तिम वाक्यांस हो । जसको मृत्‍यु टेक्सासको सान अन्टोनियोस्थित मेथोडिड हस्पिटलमा भयो । ती युवा कथित ‘कोभिड पार्टी’ नाम दिईएको एक भोजमा सहभागी भएपछि संक्रमित भएको अस्पतालले जनाएको छ । मेथोडिड हस्पिटल एण्ड मेथोडिड चिल्ड्रेन हस्पिटलका चिफ मेडिकल अफिसर जेन एप्पलबीले अस्पतालद्वारा जारी भिडियोमा “कोभिड -१९ को कारण मृत्‍यु भएका ३० बर्षीय युवक जो एक कोरोना संक्रमितले आयोजना गरेको भोजमा सहभागी भएपछि संक्रमित भएको” बताएकी छिंन् । कोरोना झुटो हो कि ? हल्ला मात्र हो कि ? वा साँच्चै हो ? भनेर बुझ्नको लागि मात्र आयोजना गरिएको त्यो ‘कोभिड पार्टि’ नाम दिएको भोजमा सहभागी ती युवाले अस्पतालको नर्सलाई बताएको अस्पताल कि चिफ मेडिकल अफिसर एप्पलबीले बताएकी हुन् । मृतक ३० बर्षीय युवाको परिचय र पार्टी आयोजकको नाम गोप्यता कानूनका कारण अस्पतालले सार्वजनिक गरेको छैन । कहाँ र कहिले ‘कोभिड पार्टी’ आयोजना गरिएको थियो त्यो पनि अस्पतालले सार्वजनिक गरेको छैन ।  पार्टीमा कति जना सहभागी थिए ? पार्टीमा सहभागी भएको कति दिनपछि ती युवा अस्पताल भर्ना भए, त्यो पनि भनिएको छैन । डा एप्पलबीले “बिशेष गरी टेक्सासबासीहरुका लागि जँहा संक्रमितको संख्या बढीरहेको छ त्यहाँका मानिसहरुलाई सतर्क गराउन यो कहानी सेयर गरेको” बताएकी छिंन् । कुनै संक्रमित ब्यक्तिद्वारा ‘कोभिड पार्टी’ नाम दिएर आयोजित जमघटमा आफु सहभागी भएको कुरा मृतक युवाले मृत्‍यु हुनु पूर्व आफ्नो उपचारमा संलग्न नर्सलाई बताएको समेत भिडियो बिज्ञप्तिमा जनाईएको छ । तर यसै सप्ताहन्त अस्पातलले जारी गरेको भिडियोमा उक्त ३० बर्षीय युवाको दु:खद अन्त्य डा एप्पलबीले बताएकी छन् ।

    यद्यपी स्वास्थ अधिकारी र सरकारी अधिकारीहरुले भनें “कोभिड पार्टी” वास्तव मै आयोजना भै रहेको छ कि छैन भन्ने कुरामा शंका ब्यक्त गरेको न्युयोर्क टाईम्सले जनाएको छ । सोमबार सान एन्टोनियोस्थित हेल्थ डिपार्ट्मेन्ट्ले आफुसँग त्यस्तो भोज आयोजना भएको वा नभएको कुनै सुचना नभएको प्रतिकृया दिएको टाईम्सले लेखेको छ । अस्पतालले बिरामीको गोप्यताको कानून भन्दै मृतकको परिचय सार्वजनिक गर्न मानेको छैन भने अस्पताल मार्फत मृतकको परिवारसँग कुराकानी गर्ने प्रयास गर्दा परिवारले अस्विकार गरेको न्युयोर्क  टाईम्सले जनाएको छ । अस्पतालकी प्रबक्ता लौरा ब्रिडेनले ‘म त्यहाँ थिईन तर हाम्रो चिफ मेडिकल अफिसर एप्पलबीले भनेको कुरा म विश्वास गर्दछु’ ।  

    टेक्सासमा जुलाई १२ सम्म २ लाख ६५ हजार संक्रमित र ३ हजार २ सय ५२ को मृत्‍यु भै सकेको छ ।

  • न्युयोर्क सहरमा शनिबार पहिलो पटक कोरोनाबाट शुन्य मृत्‍यु

    न्युयोर्क सहरमा शनिबार पहिलो पटक कोरोनाबाट शुन्य मृत्‍यु

    न्युयोर्क      

    कुनै दिन राष्ट्र कै कोरोना एपिसेन्टर बनेको न्युयोर्क सहरमा गत शनिबार ११ तारिख पहिलो पटक कोरोनाको कारण मृत्‍यु तथ्यांक शुन्य रह्यो । कोरोनाको कारण मार्च ११ तारिख पहिलो एक जनाको मृत्‍यु भएको न्युयोर्क सहरमा गत अप्रिल ७ तारिख सबैभन्दा धेरै ५ सय ९७ को मृत्‍यु भएको थियो ।

    न्युयोर्क सहरमा कोरोनाको कारण शनिबार शुन्य मृत्‍यु भएपछि न्युयोर्क सिटी हलकी प्रबक्ता एभ्री कोहेनले एक बिज्ञप्तीमा भनेकी छिन्; ‘न्युयोर्क सहरबासीहरु कोरोना कहरमा  एक अर्कालाई सुरक्षित राख्ने कुरामा सबैभन्दा माथि रहेर नायक साबित भएका छन्’ ।

    न्युयोर्क सहरको ५ बोरोमा शनिबार कसैको पनि मृत्‍यु नभए पनि न्युयोर्क राज्यभरमा भने ५ जनाको मृत्‍यु भएको छ । न्युयोर्क सहरमा हालसम्म १८ हजार ६ सय ७० जनाको मृत्‍यु भई सकेको छ ।

  • फ्लोरिडाले आफ्नै रेकर्ड तोड्दै दैनिक संक्रमित १५ हजार २ सय ९९ को रेकर्ड कायम गर्यो

    फ्लोरिडाले आफ्नै रेकर्ड तोड्दै दैनिक संक्रमित १५ हजार २ सय ९९ को रेकर्ड कायम गर्यो

    फ्लोरिडाले यस अघिको एकै दिन पुष्टी भएका नयाँ संक्रमितको रेकर्ड आँफैले आईतबार तोडेको छ । गत जुलाई ४ तारिख एकै दिन ११ हजार ४ सय ३४ संक्रमित पुष्टी भएर अमेरिकामा नै रेकर्ड राखेको फ्लोरिडाले आईतबार आफ्नै रेकर्ड तोड्दै एकै दिन १५ हजार २ सय ९९ नयाँ संक्रमितको रेकर्ड कायम गरेको हो ।

    अमेरिकाको न्युयोर्क राज्यमा कोरोना महामारी मध्येमा सबैभन्दा धेरै एकै दिन गत अप्रिल १४ तारिखका दिन ११ हजार ५ सय ७१ नयाँ संक्रमित भेटिएका थिए । फ्लोरिडामा लगातार संक्रमितको संख्या बढ्दै गएको छ । डिपार्टमेण्ट अफ हेल्थका अनुसार हालसम्म फ्लोरिडामा २ लाख ६९ हजार ८ सय ११ जना संक्रमित भै सकेका छन् भने पछिल्लो २४ घण्टा भित्र मृत्‍यु भएका ४५ जना गरेर त्यहाँ मृतकको संख्या ४ हजार २ सय ४२ पुगेको छ ।  

    फ्लोरिडामा आईतबारसम्म ४० वटा अस्पतालमा आईसियु बेड भरिएर आईसियु बेडको अभाव हुन थालेको छ । शनिबारसम्म त्यहाँका अस्पतालमा ७ हजार बिरामी भर्ना भएका छन् ।  

    एजेन्सी

  • न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा

    न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा

    न्युयोर्क

    न्युयोर्कमा कोरोनाभाइरस संक्रमण सम्बद्ध एउटा नयाँ आँकडा सार्वजनिक भएको छ ।आकस्मिक स्वास्थ जाँचको लागि चर्चित सिटिएमडिद्वारा सार्वजनिक आँकडाका अनुसार मार्चमा सुरु भएको महामारीले  सबै  भन्दा  धेरै  प्रभाबित  क्वीन्स  बोरोमा  बसोबास गर्नेहरुको ठुलो संख्यामा  एण्टिबडी  पोजेटिभ  देखिएको छ ।  तर त्यो आँकडाले जोसँग एन्टीबडी छ तिनीहरुको प्रतिरक्षा प्रणाली मजबुत नै भन्ने ग्यारेन्टि भने गरेको होईन ।

    गत बिहिबार न्युयोर्क टाईम्सले पहिलो पटक सार्वजनिक गरेको आँकडा अनुसार कुईन्समा  जाँच  गरिएका  मध्ये  ६८  प्रतिशत कुईन्सस्थित कोरोनाबासीमा एण्टीबडी पोजेटिभ भेटिएको छ भने केही पर ज्याक्सन हाईट्सको क्लिनिकमा जाँच गरिएका मध्ये ५६ प्रतिशतमा एन्टिबडी पोजेटिभ भेटिएको छ । सिटिएमडि न्युयोर्क भरी संचालित बिना अप्वाईन्टमेन्ट बिरामी जाँच्ने क्लिनिक हो ।  

    काम गरी खानु पर्ने बर्गको बाहुल्यता रहेको कोरोना र ज्याक्सन हाईट्सको क्लिनिकमा  यति ठुलो अनुपातमा एन्टीबडी पोजेटिभ भेटिदा ब्रुकलिनस्थित गोरा जाती र धनीहरुको बाहुल्यता रहेको कबल हिलको क्लिनिकमा भने जम्मा १३ प्रतिशतमा मात्र एन्टिबडी भेटिएको छ  । ब्रुकलिनस्थित  फ्ल्याटबुस  क्षेत्रमा  ४५  प्रतिशतमा एण्टीबडी  भेटिएको  छ ।  त्यसैगरी  ठुलो  संख्यामा  हिस्प्यानिक समुदायको  बसोबास  रहेको  र  मध्यम  प्रकृतिको आम्दानी भएको ब्रुकलिनस्थित  बुस्विकमा  ३५  प्रतिशतमा  एण्टीबडी भेटिएको छ । त्यसैगरी  महामारीको  अर्को  केन्द्र  बिन्दु  ब्रोंक्समा ३७ प्रतिशतमा एण्टीबडी  भेटिएको  सिटीएमडिले  जनाएको  छ ।  यो  आँकडाले जनाउँदछ कि अल्पसंख्यक र  काम गरी खानु पर्ने बर्गको बसोबास रहेको समुदाय जो नराम्रोसँग कोरोना महामारीको प्रभाबमा परे त्यति बेला उनीहरुमा प्रतिरक्षा प्रणालीको बिकास भै सकेको हुन सक्दछ ।  जुन २६ सम्म सिटीएमडिले न्युयोर्क शहर भित्र  ३ लाख १४ हजार मानिसमा एन्टीबडी जाँच गरी सकेको छ, जसमध्ये २६ प्रतिशतमा एन्टीबडी पोजेटिभ भेटिएको छ ।
    सिटीएमडिका मेडिकल अपरेसनका सिनियर भाईस प्रेसिडेन्ट डा डेनियल  फ्रोजेलले  न्युयोर्क  टाईम्सलाई  भनेका  छन्;  “जब जनसंख्याको ठुलो हिस्सालाई जाँच गरिन्छ र त्यो जनसंख्या मध्येको ठुलो हिस्सामा  प्राबिधिक  रुपमा  भाईरस  बिरुद्ध  प्रतिरक्षा प्रणाली भेटिन्छ  तब  हामीले  सोच्न  थाल्नु  पर्छ  कि,  के  ती  मानिसमा अब भाईरस  प्रबेश  गर्छ ?  र  ती मानिस कोरोनाको कारण अब  बिरामी हुन्छन् ? भन्ने कुरा लगभग असम्भब नै हो” ।

    एन्टिबडी पोजेटिभ देखिनुको मतलब के वास्तवमा नै यो समुदायको प्रतिरक्षा  क्षमता  बिकास  भएको हो त ? भन्दै डा फ्रोजेलले भनेका छन्; “के उनिहरु सुरक्षित छन् ? यो कति लामो समयको लागि हुने हो ? हामीले कस्तो किसिमको सुझाव यस्ता मानिसलाई दिईरहेका छौ ? त्यो कुरामा हामी धेरै सचेत हुनु पर्दछ” । डा फ्रोजेलले थप प्रस्ट पार्दै भनें; ‘हामीले यस्ता मानिसलाई हात धुनु पर्दैन? मास्क लगाउनु पर्दैन? तिमीहरुले आफुलाई सुरक्षित राख्नु पर्दैन? भनेर भन्न मिल्दैन र भन्न सक्दैनौ’ ।

    न्युयोर्कमा सम्भबित दोश्रो लहरको कोरोना संक्रमणको त्रास रहेको बेला सरुवा रोग बिशेषज्ञ किटो डिमिसीले टाईम्सलाई भनेका छन्; ‘भबिष्यमा कोरोना संक्रमणको खतरा अल्पसंख्यक समुदायमा भने निकै कम हुने छ’।

    न्युयोर्क सहरमा कन्ट्याक ट्रेसिङ प्रोग्रामका कार्यकारी निर्देशक डा टेड लङले पनि प्रतिरक्षा प्रणाली कति शक्तिशाली र कति लामो समयसम्म रहन्छ भन्ने कुरा प्रष्ट नभए पनि उनले आशा ब्यक्त गर्दै भनेका छन्; “महामारीको चपेटामा परिसकेका क्वीन्सको कोरोना जस्तो समुदाय जहाँ बसोबास गर्नेहरुको ठुलो संख्यामा देखिएको एण्टीबडीले समुदायलाई केही न केही कोणको रक्षा भने गर्दछ”।

    यता क्युनी स्कुल अफ पब्लिक हेल्थका सरुवारोग बिषयमा प्रोफेशर डेनिस न्यासले भनेका छन्; “गत महामारीमा कम प्रभाबित समुदाय भित्र अर्को पटक आउने महामारी ब्यापक हुने देखिन्छ” ।  

    क्लिनिक अवस्थित क्षेत्र आसपासका समुदायका मानिसले मात्र आएर त्यो क्लिनिकमा एण्टीबडी जाँच नगर्ने र अन्य ठाउँबाट पनि आएर जाँच गराउने हुँदा ठ्याकै कति जना त्यो समुदायका मानिसमा एन्टीबडी छ, यकिन आँकडा नआए पनि अधिकतम संख्या भने देखिने क्लिनिकले बताएको छ । अमेरिकामा सार्वजनिक भएका राष्ट्रियस्तरको आँकडाले देशभर अश्वेत र गँहु गोरो समुदाय कोरोनाबाट ज्यादा प्रभाबित भएको प्रष्ट भै सकेको छ । यही समुदायका मानिस अधिक मात्रामा अस्पताल भर्ना हुने र मृत्‍यु हुनेमा पर्दछन् । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जुलाई १२ सम्म अमेरिकामा गोरा जाती भन्दा ५ दोब्बर धेरैको अनुपातमा अश्वेत ,अमेरिकन ईन्डियन र अलास्का नेटिभ अस्पताल भर्ना भएका छन्  । गोरा जाती भन्दा हिस्प्यानिक र ल्याटिनो ४ दोब्बर धेरैको अनुपातमा अस्पताल भर्ना भएका छन् ।

    न्युयोर्कमा मार्चदेखि सुरु भएको महामारीमा धनी समुदायका मानिस महामारी लगत्तै कोही सुरक्षित क्षेत्रमा छुट्टी मनाउन गएका थिए भने अधिकांश घरमा नै बसेर काम गर्दै सामाजिक दुरीलाई कायम गर्न सफल भएका कारण संक्रमणबाट सुरक्षित भएका थिए । काम गरी खानु पर्ने बर्ग भने अधिकांश सार्वजनिक यातायात प्रयोग गर्दै काममा जाने र गुजारा चलाऊने गरेको थियो ।  

    (यो सामाग्री हामीले न्युयोर्क टाईम्सबाट लिएका हौं)

  • मार्चको महामारीपछि न्युयोर्कमा सबैभन्दा थोरै मानिस अस्पताल भर्ना

    मार्चको महामारीपछि न्युयोर्कमा सबैभन्दा थोरै मानिस अस्पताल भर्ना

    न्युयोर्क      

    न्युयोर्कमा कोरोना महामारी सुरु भए यता शुक्रबार सबैभन्दा कम बिरामी अस्पताल भर्ना भएका छन् । मार्चपछि शुक्रबार सबैभन्दा कम ७ सय ९९ जना मात्र न्युयोर्क राज्यभरका अस्पतालमा उपचारको लागि बिरामी भर्ना भएको गभर्नर कुमोले बताएका छन् । न्युयोर्क राज्यमा तीन दिनदेखि लगातार दैनिक ७ जनाको कोरोनाको कारण मृत्‍यु भएको छ भने शुक्रबार त्यो संख्या घटेर ६ जनाको मृत्‍यु भएको छ । न्युयोर्क राज्यमा दैनिक मृत्‍यु हुनेको यो संख्या मार्च १६ पछि सबैभन्दा कम हो । न्युयोर्कमा शुक्रबार ७ सय ३० जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार थपिएका मृतकको संख्यासंगै न्युयोर्क राज्यमा २४ हजार ९ सय ७४ को मृत्‍यु भएको छ ।  

    गभर्नर कुमोले न्युयोर्क राज्यमा संक्रमित अस्पताल भर्ना हुने र मृतकको संख्या घटे पनि सप्ताहन्तमा भाईरसले बिदा नमनाउने हुँदा सबैलाई मास्क लगाउन, हात धुन, सामाजिक दुरी कायम गरी होसियार रहन  अनुरोध गरेका छन् ।

  • टेक्सासमा घर झगडाको उजुरी आएपछि घटनास्थल पुगेका दुई प्रहरी अधिकृतको गोली हानी हत्या

    टेक्सासमा घर झगडाको उजुरी आएपछि घटनास्थल पुगेका दुई प्रहरी अधिकृतको गोली हानी हत्या

    एजेन्सी

    शनिबार साँझ टेक्सास राज्यको मक्लेनमा दुई प्रहरी अधिकृतको गोली हानी हत्या भएको छ । घरायसी झगडाको उजुरी आएपछि सो सम्बोधन गर्न घटनास्थल पुगेका प्रहरीको गोली हानी हत्या गरिएको हो । घटनास्थल पुगेका प्रहरी अधिकृतलाई घरको ढोकामा पुगेपछि गोली प्रहार गरिएको मक्लेन पुलिस चिफ भिक्टर रोड्रिगेजको हवाला दिदैं स्थानीय संचार माध्यमले जनाएका छन् ।  बन्दुकधारीको आक्रमणबाट ४५ बर्षीय प्रहरी अधिकृत एडेल्मिरो गर्जा र ३९ बर्षीय ईस्माईल चाभेजको अस्पतालमा उपचारका क्रममा मृत्‍यु भएको हो । प्रहरी अधिकृतलाई गोली प्रहार गर्ने सन्धिग्द बन्दुकधारी आफुले आँफैलाई पनि गोली प्रहार गरी आत्महत्या गरेको मक्लेन प्रहरीले जनाएको छ ।  

    सन्धिग्द बन्धुकधारीको नाम प्रहरीले सार्वजनिक नगरे पनि ती ब्यक्ती पटक पटक प्रहरी हिरासतमा परिसकेको २३ बर्षीय पुरुष भएको जनाइएको छ ।

  • कालो रंगको मास्क लगाएर पहिलो पटक फुर्तिले हिंडे राष्ट्रपति ट्रम्प

    कालो रंगको मास्क लगाएर पहिलो पटक फुर्तिले हिंडे राष्ट्रपति ट्रम्प

    न्युयोर्क

    राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार वाल्टर रिड नेशनल मेलिटरी मेडिकल सेन्टर भ्रमणका क्रममा मुखमा मास्क लगाएका छन् ।  अमेरिकामा कोरोना संक्रमणको महामारी सुरु भएपछि राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा मुखमा मास्क लगाएर हिंडेको पहिलो पटक हो । सार्वजनिक स्थलमा मास्क लगाउने कुरामा असन्तुष्टी ब्यक्त गर्दै आएका ट्रम्प शनिबार भने मेरिल्यान्डको वाल्टर रिड नेशनल मेलिटरी अस्पतालको हलमा हिंडिरहँदा कालो रङको मास्क लगाएको भिडियो तथा तस्बिर सार्वजनिक भएको छ ।

      

    यस अघि गत मेई महिनामा मिचिगन राज्यस्थित फोर्ड गाडी कम्पनी भ्रमणको क्रममा कारखानाको पछाडिको भागमा जाँदा मास्क लगाएको तस्बिर सार्वजनिक भए पनि सार्वजनिक स्थानमा भने लगाएका थिएनन् ।आफ्नै राजनीतिक दलका कतिपय नेताले राष्ट्रपति ट्रम्पले मास्क लगाएर हिंड्नु पर्ने प्रतिकृया दिदै आए पनि उनले लगाउन मानेका थिएनन् ।उनले आफ्ना राजनैतिक प्रतिस्पर्धी जो बाईडेनले मास्क लगाएको बिषयमा समेत खिसी गर्दै आएका थिए ।आफुले मुखमा मास्क लगाउँदा पत्रकार र संचार माध्यम खुसी हुने भन्दै  मास्क लगाएर उनिहरुलाई खुसी नपार्ने प्रतिकृया दिदै आएका ट्रम्पले शनिबार भने गाढा कालो रंगको मास्क लागाएर हिंडेका छन् ।

  • बिज्ञको चेतावनी; अमेरिका ईतिहास कै सबैभन्दा अस्थिर समयमा पुग्न लाग्यो

    बिज्ञको चेतावनी; अमेरिका ईतिहास कै सबैभन्दा अस्थिर समयमा पुग्न लाग्यो

    न्युयोर्क

    अमेरिकाका थुप्रै राज्यहरुमा पुन: कोरोना संक्रमित र मृतकको संख्यामा ब्यापक बृद्धि हुन थालेपछि महामारी सुरु भएर लकडाऊन गरिएका राज्यहरुको चरणबद्ध खुलाउने नीति तत्कालका लागि कि रोकिएका छन् कि त भने मिति नै सारेका छन् ।अमेरिकाको चिकित्सा अध्ययनका लागि ख्याति प्राप्त शिक्षण संस्था बेलर कलेज अफ मेडिसिनका डिन डा पिटर होटेजले शुक्रबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका छन्; “यदि यही अनुपातमा देशभर कोरोना संक्रमण बढ्दै जाने हो भने अमेरिकी ईतिहासमा नै एउटा गम्भिर अस्थिर समय आउन सक्नेछ” । उनले अन्तर्वार्ताकै क्रममा थप भनें; ‘अब हाम्रा अस्पतालहरु भरिने छन् ।अस्पतालका साधारण बिरामी सुताउने सैय्या र आईसियुका सैय्या मात्र भरिने छैनन् , बिस्तारै अस्पतालमा काम गर्ने कर्मचारी थाक्ने छन्।अस्पतालमा  काम गर्ने चिकित्सक ,नर्स र कर्मचारी आँफै बिरामी हुने छन् ।अनि त्यति ठुलो संख्यामा संक्रमित भएकाहरुको उपचार गर्ने र ब्यबस्थापन गर्ने जनशक्ति कै संकट हुने छ । भाईरस नियन्त्रणको लागि कुनै राष्ट्रियस्तरको मार्ग चित्र छैन ।भाईरस नियन्त्रण गर्ने कुनै ईच्छाशक्ति नै ह्वाईट हाऊस प्रशासनसँग छैन । कहिले ९९ प्रतिशत भाईइरसले हानी गर्दैन भनेको छ । कहिले मृत्‍युदर एकदम कम छ भनेको छ । कहिले विश्व स्वास्थ संगठनलाई दोष लगाएर पन्छिएको छ” । डा पिटरले कोरोना संक्रमण र महामारीका बिषयमा ह्वाईट हाऊसबाट आउने सुचना तथ्यहिन सुचनामा आधरित हुने गरेको आरोप समेत लगाएका छन् ।

    अमेरिकाभरमा शनिबारसम्म जम्मा ५ वटा राज्यमा मात्र दुई हप्तादेखि संक्रमितको संख्या नियन्त्रणमा देखिएको छ । राज्यस्तरमा भने अमेरिकाले यो हप्ता दुई पटक थप संक्रमितको नयाँ रेकर्ड कायम गरी सकेको छ । शुक्रबार मात्र अमेरिकामा ६६ हजार ७ सय २७ नयाँ संक्रमित पुष्टी भए भने शनिबार ७१ हजार ३ सय ८९ संक्रमित पुष्टी भएर नयाँ रेकर्ड  कायम भएको छ । जोन हप्किन्स युनिभर्सिटीका अनुसार शनिबारसम्म ३२ लाख २५ हजार ७ सय २१ जना संक्रमित भएका छन् भने १ लाख ३४ हजार ५ सय ८० को मृत्‍यु भै सकेको छ ।  

    (डा पिटर होटेजले सिएनएनसँग गरेको कुराकानीका आधारमा तयार पारिएको रिपोर्ट )

  • कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्‍यु बीचको डरलाग्दो संघर्षको कथा

    कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्‍यु बीचको डरलाग्दो संघर्षको कथा

    न्युयोर्क      

    गत डिसेम्बरमा अकस्मात चीनमा देखिएको अज्ञात भाइरसले विज्ञानलाई चुनौति दियो । कोरोना नामाकरण गरिएको उक्त भाईरसबाट शक्तिसम्पन्न राष्ट्रहरु समेत आच्छु आच्छु भएका छन् ।१ करोड २२ लाखलाई संक्रमित बनाएको यो भाईरसको संक्रमणबाट कोही पत्तै नपाई निको भई सकेको खबर आईरहेका छन् भने कसैलाई ३ महिनासम्म पनि निको नभएर महिनौं अस्पातलको बेडमा जीवन र मृत्‍युसँग पौंठाजोरी खेल्नु परेको समाचार आईरहेका छन्।हालसम्म विश्वमा ५ लाख ५५ हजार मानिसले भाईरसका कारण ज्यान गुमाएका छन् ।यहाँ हामी कुनै समय कोरोना महामारीको एपिसेन्टर बनेर हाल केही राहत महसुस गर्दै गरेको न्युयोर्क कुईन्सका एक धार्मिक गुरुले कोरोनासँग पौंठाजोरी खेल्दै बिताएको तीन महिना २० दिनको अनुभव बाँड्दै छौं ।

    न्युयोर्क कुईन्सस्थित एक चर्चका धार्मिक गुरु गत मार्चको मध्यमा कोरोना संक्रमित भएपछि झण्डै स्वर्गको ढोका ढक्ढक्याउन पुगे ।उनी ५४ दिनसम्म भेन्टिलेटरमा बसे भने ६ हप्ता त कोमा (बेहोस) मा नै रहे ।३० बर्ष अगाडि भारतबाट अमेरिका आएका धार्मिक गुरु बेन्जामिन थोमसलाई कोरोना संक्रमण भएपछि लङ आईल्यान्डस्थित नासाऊ युनिभर्सिटी मेडिकल सेन्टरमा उपचारका लागि लगियो । उनलाई दुई हप्ता लङ्ग आईल्याण्डकै अस्पातलको भेन्टिलेटरमा राखेर उपचार त गरियो तर उनको स्थितमा सुधार भएन ।उनको जीवन प्रतिको आशा अन्त्य हुँदै गयो ।गुरुको स्वास्थ्य लगातार बिग्रिदै गएपछि थोमसको परिवार न्युयोर्कस्थित चर्चित अस्पताल माउण्ट साईनाइका चिनेजानेका एक मुटु सर्जन रबिन भर्गिजको संपर्कमा पुगे ।डा. भर्गिजको सल्लाहमा नै उनलाई माउण्ट साईनाइमा भर्ना गरी उपचार गरिएको बिहिबार अस्पतालले सार्वजनिक गरेको भिडियोमा डा भर्गिजले भनेका छन्; “धार्मिक गुरुको उपचार महामारी कै सबैभन्दा चुनौतिपूर्ण र अचम्मको उपचार हो”।

    कोरोना संक्रमणपछि बेन्जामिनको शरीरको तौल ५० पाउण्ड घटेको छ । आधुनिक चिकित्सा बिज्ञानले उपलब्ध गराएका सबै किसिमका औषधीले पनि बेन्जामिनको स्वास्थ्यलाभको आशाको अन्त्य गरि सकेको अवस्थामा चिकित्सकले अन्तिम अस्त्रका रुपमा ‘मेडिकल्ली इन्ड्युस कोमा’ मा राखेको थियो।त्यसको दुई हप्तापछि भने गुरु बेन्जामिनको स्वास्थ्यमा हल्का सुधार देखिएको बताईएको छ ।कोरोनासँगको १ सय १० दिनको लडाईंमा जित हासिल गरी नयाँ जीवन पाएको खुसीमा चर्चका सम्पूर्ण परिवारसँग भेट गर्न पाउने इच्छा ब्यक्त गर्दै अस्पताल परिवारसँग हेलो-हाई गरी जुलाई २ तारिख बेन्जामिन अस्पतालबाट घर फर्किएका छन् । ईष्ट मेडो लङ आईल्यान्डमा बसोबास गर्दै आएका धार्मिकगुरुले अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा तयार पारेको भिडियोमा भनेका छन्; “मास्क लगाउने कुरा र सामाजिक दुरीको कुरामा अत्यन्त सम्बेदनशील हुनु” ।

  • अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो

    अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो

    न्युयोर्क

    नोवल कोरोनाभाइरसको कारण विश्वमा ५ लाख ५१ हजार मानिसले ज्यान गुमाई सकेका छन् । १ करोड २१ लाख ३० हजार मानिस भाईरस संक्रमित भई सकेको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडाले जनाएको छ । कतिपय देशको सरकारले तथ्यांक नै लुकाएर वा पर्याप्त जाँच नगरेर वा संक्रमित व्यक्तिलाई नै संक्रमण भएको पत्तो नभएका कारण अधिकारिक रुपमा देखिएको संक्रमितको कुल संख्या भन्दा निकै धेरैको संख्यामा संक्रमित भएको हुन सक्ने अनुमान समेत गरिएको छ । गत साल डिसेम्बरमा चीनमा पहिलो संक्रमित देखिए यता अमेरिका सबैभन्दा कोरोना प्रभावित देश भएको छ । अमेरिकामा ३० लाख भन्दा धेरै संक्रमित भै सकेका छन् भने १ लाख ३३ हजार भन्दा धेरैको मृत्‍यु भै सकेको छ । त्यसैगरी ९ लाख ६९ हजार १ सय ११ जना निको भएका छन् ।
    अमेरिकामा महामारी सुरु भए यता ११ हजार ३ सय १२ गर्भवती महिला संक्रमित भएका छन् भने ३१ जना गर्भवती महिलाको कोरोनाको कारण मृत्‍यु भएको सिडिसिले जनाएको छ । कोरोना संक्रमित ११ हजार ३ सय १२ गर्भवती महिला मध्ये ४ हजार ५ सय ५३ जना हिस्प्यानिक र ल्याटिन समुहका महिला भएको समेत सिडिसिले जनाएको छ । साथै महामारी सुरु भए यता ट्रान्स्पोर्टेसन सेक्युरिटी एड्मिनिस्ट्रेसन (टिएसए) का १ हजार १८ कर्मचारी अमेरिकामा कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये ६ सय ४७ निको भए भने ६ जनाको मृत्‍यु भयो । अमेरिकाको बिमानस्थलमा काम गर्ने टिएसए कर्मचारी सबैभन्दा धेरै संक्रमित भएको छ ।न्युयोर्कस्थित जोन अफ केनेडी बिमानस्थलमा १ सय १६ जना संक्रमित भए भने न्युजर्सीस्थित नेवार्क लिबर्टि ईन्टर्नेसनल एयरपोर्टमा काम गर्ने ६९ टिएसए कर्मचारी संक्रमित भए ।
    मिसिसिपीका १३ वटा काउन्टीमा मास्क अनिबार्य गरिएको छ भने न्युयोर्क राज्यका मेयर ब्लजियोले सेप्टेम्बर अन्त्यसम्म कुनै पनि ठुलो भिडभाडको कार्यक्रम आयोजना खुला नगर्ने घोषणा गरेका छन् ।
    कोरोना महामारीको सुरुवातमा एपिसेन्टर बनेको न्युयोर्क र न्युजर्सीको जीवन सामान्यिकरण तर्फ उन्मुख भएको छ ।न्युयोर्क राज्यमा बुधबार ५ सय ८४ जना संक्रमित भेटिएका छन् भने बुधबार ८ जनाको मृत्‍यु भएको छ ।

    नर्थ क्यारोलाइनामा अस्पताल भर्ना हुनेको बिहिबार नयाँ रेकर्ड

    नर्थ क्यारोलाइनामा आजसम्म कै धेरै कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । गभर्नर रोई कुपरले नर्थ क्यारोलाइना राज्यमा बिहीबार १ हजार ३४ जना कोरोना संक्रमित अस्पताल भर्ना भएको बताए । गभर्नर कुपरले अझै अस्पताल र आईसियुको क्षमता प्रशस्त भएको बताए पनि स्वास्थ अधिकारीहरुले भने सार्लेट क्षेत्रका अस्पतालमा निकट भविष्यको लागि चिन्ता ब्यक्त गरेका छन् ।

    टेक्सास, क्यलिफोर्निया र फ्लोरिडामा दैनिक मृत्‍यु हुनेको संख्यामा बिहिबार नयाँ रेकर्ड

    क्यालिफोर्निया राज्यले बिहीबार कोरोनाबाट मृत्‍यु हुनेको दैनिक संख्यामा नयाँ रेकर्ड राखेको छ । त्यहाँ बिहीवार १ सय ४९ जनाको मृत्‍यु भएको गभर्नर गेभिन न्यु समले बताए ।

    यो संख्या क्यालिफोर्नियामा महामारी सुरु भएपछि मृत्‍यु हुनेको दैनिक कुल संख्यामा आजसम्म कै उच्च हो ।यो संख्यासंगै त्यहाँ ६ हजार ७ सय ११ को मृत्‍यु भएको छ । क्यालिफोर्नियामा बुधबार ११ हजार ६ सय ९४ संक्रमित थपिए भने ६ हजार १ सय २७ जना अस्पताल भर्ना भएका छन् । त्यसमध्ये १७ सय ५२ जना आईसियुमा उपचारत छन् ।
    फ्लोरिडाले पनि दैनिक मृतक संख्यामा बिहिबार नयाँ रेकर्ड राखेको छ । बिहिबार फ्लोरिडामा १ सय २० जनाको मृत्‍यु भयो । यो संख्यासंगै बिहीबारसम्म फ्लोरिडामा ४ हजार जनाको मृत्‍यु भएको छ । बिहीबार ९ हजार नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या २ लाख ३२ हजार ७ सय १८ पुगेको छ ।
    टेक्सासमा पनि कोरोना संक्रमितको दैनिक मृत्‍यु हुनेको संख्यामा बिहिबार नयाँ रेकर्ड कायम भयो । बिहीबार टेक्सासमा ९८ जनाको एकै दिन मृत्‍यु भएपछि त्यहाँ २ हजार ९ सय ४३ को मृत्‍यु भै सकेको छ । टेक्सासमा मंगलबारदेखि लगातार मृत्‍यु हुनेको संख्यामा बृद्धि हुँदै गएको छ । बिहिबारसम्म टेक्सासका अस्पतालमा ९ हजार ६ सय ८९ भर्ना भएर उपचार गराईरहेका छन् । टेक्सासमा कुल संक्रमितको संख्या २ लाख ३० हजार पुगेको छ ।

    एरिजोनामा अस्पताल भर्ना हुने र भेन्टिलेटरमा उपचारतको संख्यामा नयाँ रेकर्ड

    एरिजोना राज्यमा बिहीबार अस्पताल भर्ना हुने र भेन्टिलेटरमा रहेर उपचार गरी रहेका बिरामीको नयाँ रेकर्ड कायम भएको छ । बिहिबारसम्म एरिजोनाको अस्पतालमा ३ हजार ४ सय ३७ जना भर्ना भएर उपचार गरिरहेका छन् भने त्यसमध्ये ५ सय ७५ जना भेन्टिलेटरमा छन् । बिहीबार एरिजोनामा ७५ जनाको मृत्‍यु भयो । यो संख्यासंगै त्यहाँ २ हजार ३८ जनाको मृत्‍यु भै सकेको छ । एरिजोनामा बिहीबार ४ हजार ५७ जना नयाँ संक्रमित भेटिएपछि त्यहाँ १ लाख १२ हजार ६ सय ७१ संक्रमित पुगेको छ ।

  • ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने सर्बोच्चको आदेश

    ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने सर्बोच्चको आदेश

    न्यूयोर्क

    अमेरिकी सर्बोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने फैसला गरेको छ । न्यूयोर्क डिष्ट्रिक्ट एटोर्नी कार्यालयले माग गरेको ट्रम्पको बिभिन्न आर्थिक कारोबारको विवरणमा माथि फैसला सुनाउँदै सर्बोच्चले उक्त आदेश जारी गरेको हो ।

    न्यूयोर्क डिष्ट्रिक्ट एटोर्नी कार्यलयले ट्रम्पले पूँजी पलायन गरेको लगायत विषयमा अनुसन्धान सुरु गरि कागजात माग गरेको थियो । त्यस बिरुद्ध ट्रम्पले अदालत गुहारेका थिए । तल्लो तहका अदालतमा पराजय पछि ट्रम्प सर्बोच्च पुगेका थिए । सर्बोच्चले ट्रम्पलाई डिष्ट्रिक्ट एटोर्नीले मागेको कागजात उपलब्ध गराउन आदेश दिएको हो । ट्रम्पले मनोनित गरेका नेल गोर्सेच र ब्रेट काभानाफ सहित सात जना न्यायाधिशले राष्ट्रपतिको दावी विरुद्ध आदेश जारी गरेका हुन् । कन्जरभेटिभ न्यायाधिशहरु क्लेरेन्स थोमस र सामुएल अलितोले मात्र ट्रम्प पक्षमा धारणा राखेका छन् ।

    अदालतले आसन्न राष्ट्रपतीय चुनावसम्म भने ट्रम्पले वित्तिय कागजात गोप्य राख्न सक्ने आदेश दिएको छ । विश्लेषकहरुले चुनावसम्म कागजात सार्वजनिक नहुँदा ट्रम्पलाई राजनीतिक घाटा केही कम भए पनि उनले कुनै आर्थिक अपराध गरेको भए अब मुक्ति नपाउने बताएका छन् । म्यानहाटन डिष्ट्रिक्ट एटोर्नीले साइरस भान्स जुनियरले सर्बोच्चको फैसलले कानूनी शासनको मान्यताले जित हासिल गरेका र अब अनुन्धानले निरन्तार पाउने बताएका छन् । ट्रम्पले अदालत गुहार्दा आफ्नो अनुसन्धान एक बर्ष ढिलो भएकोमा अब छिट्टै निश्कर्षमा पुग्ने उनको भनाइ छ ।

    सर्बोच्चको यहि प्यानलले हाउस अफ रिप्रिजेन्टेटिभले माग गरे बमोजिम ट्रम्पले तत्काल ट्याक्स रिटर्न विवरण बुझाउनु नपर्ने फैसला सुनाएको छ । सर्बोच्चले यसमा ट्रम्प र संसद दुबैको दावी पर्याप्त चित्तबुझ्दो नरहेको कारण तल्लो तहकै अदालतले शक्ति पृथकिकरणको सिद्धान्तबाट यसलाई अझ गहिरिएर विश्लेषण गर्नुपर्ने राय दिएको छ । त्यस अनुरुप आफूहरु जिल्ला अदालत जान तयार रहेको हाउस स्पिकर न्यान्सी पेलोसीले प्रतिकृया दिइ सकेकी छिन् । अमेरिकी राष्ट्रपतिको उम्मेद्वारले सुरुमै ट्याक्स रिटर्न सार्वजनिक गर्ने चलन रहे पनि ट्रम्पले अस्वीकार गर्दै आएका छन् ।

    ट्रम्पका वकिलहरुले दावी गरे बमोजिम अमेरिकी राष्ट्रपति कुनै निकायको अनुसन्धानभन्दा माथि रहने भनाइलाई भने सर्बोच्चले खारेज गरिदिएको छ । सर्बोच्चले राष्ट्रपति कानूनभन्दा माथि नरहेको र डिष्ट्रिक्ट एटोर्नीहरुले स्थानीय मुद्दामा अनुसन्धान गर्न सक्ने नजिर सर्बोच्चले एक पटक स्मरण गराएको छ । ट्रम्पले भने दुबै मुद्दाको फैसलाप्रति चित्त बुझाएका छैनन् । सर्बोच्चमा आफैंले मनोनित गरेका दुई सहित रिपब्लिकन राष्ट्रपतिले मनोनित गरेका बहुमत न्यायाधिश रहेको कारण आफ्नो पक्षमा फैसला आउने उनको अपेक्षा थियो । फैसलापछि ट्विट गर्दै अदालतले विगतभन्दा फरक शैलीमा आफुप्रति पक्षपात गरेको उनले आरोप लगाएका छन् ।

  • डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

    डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सदस्यताबाट अमेरिका औपचारिक रुपमा बाहिरिएको छ । ट्रम्प सरकारले यस अघि नै डब्लूएचओबाट अलग हुने घोषणा गरेको थियो । अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिका औपचारिक रुपमै डब्लुएचओबाट अलग भएको हो ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाले महामारी लिन थालेसँगै यो संस्थाको कडा विरोध गर्दै आएका थिए । उनले संगठनले चीनलाई मात्र सहयोग गरेको र अमेरिकालाई समयमै उचित सुझाव दिन नसकेको बताउँदै आएका थिए । यो संयुक्त राष्ट्रसंघ मातहतको एक निकाय हो ।

    संगठनमा यसअघि अमेरिकाले सबैभन्दा ठूलो धनराशी सहयोग गर्दै आएको थियो । अमेरिकाले हात झिकेपछि संगठनमा अहिले चीनको सहयोग बढेको छ । राष्ट्रपति ट्रम्पले विश्वभर कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणमा समेत प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको आरोप डब्लुएचओमाथि लगाएका छन् ।

    अमेरिकाको यो आरोप र असन्तुष्टि तथा उसका कदमप्रति विश्वका अन्य मुलुक भने सहमत छैनन् । संगठनले समेत अमेरिकाको यो कदमलाई दुखदः भनेको छ ।

    डब्लुएचओबाट अमेरिका बाहिरिने र डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने बारे अमेरिकाले औपचारिक रुपमै निर्णय गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् । अमेरिका संगठनबाट बाहिरिने सम्बन्धी पत्र अमेरिकाले राष्ट्रसंघका महासचिव समक्ष पठाएको छ ।

  • अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे

    अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे

    न्युयोर्क

    इमिग्रेसन एण्ड कस्टम एजेन्सीले अनलाईनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई अमेरिका बस्न नपाउने नीति लागू गर्ने निर्णय उपर चर्चित युनिभर्सिटीहरु हार्भर्ड र एमआइटिले ट्रम्प प्रशासन बिरुद्ध मुद्धा दायर गरेको छ । सोमबार अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले महामारीको समयमा भौतिकरुपमा अध्यापन गराउन सम्भव नभएपछि अनलाईन मार्फत अध्ययन गरेर बसेका लाखौं अन्तरराष्ट्रिय विद्यार्थी लक्षित नयाँ आप्रबासन नीति सार्वजनिक गरेको थियो । सोही निर्णयको सम्वन्धमा हार्भर्ड र म्यासिचुइस्टेट्स ईन्स्टिचुट अफ टेक्नोलोजीले बुधबार उक्त नीति बिरुद्ध मुद्धा दायर गरेका हुन् । ती दुई चर्चित विश्वबिद्यालयले ट्रम्प प्रशासन बिरुद्धको मुद्धामा यदि आफुले अध्ययन गर्दै आएको विश्वबिद्यालयले भौतिक कक्षा संचालन गर्न असमर्थ भएको खण्डमा अमेरिका छोड्नु पर्ने नीतिलाई तत्कालका लागि अस्थयीरुपमा फिर्ता लिन माग गरेको हार्भर्ड विश्वबिद्यालयका प्रेसिडेन्ट लरेन्स बाकाउले बुधबार जनाएका छन् ।

    ईमिग्रेसन एन्ड कस्टम एजेन्सीले अनलाईन मात्र अध्ययन गर्ने त्यस्ता विद्यार्थीहरुको भिषा फिर्ता लिइने जनाएको थियो । साथै अटेर गरे अमेरिकाबाट स्वदेशसम्म फर्काउन सकिने चेतावनी समेत एजेन्सीको रहेको छ । अमेरिकाको यो नयाँ आप्रवासन नीतिबाट धेरै विदेशी समस्यामा पर्ने चिन्ता बढेको छ । यकिन तथ्यांक नभए पनि १० लाख भन्दा धेरै अन्तरराष्ट्रिय विद्यार्थी अमेरिकी विश्वबिद्यालयहरुमा अध्ययन गर्दै गरेको अनुमान छ । अमेरिकी अर्थतन्त्रमा वार्षिक ४४ दशमलब ७ अरब अमेरिकी डलर योगदान बिदेशी विद्यार्थीले दिने गरेका छन् ।

  • दोस्रो कार्यकाल राष्ट्रपति बन्ने ट्रम्प सपना ;साँघुरिँदै सम्भावना

    दोस्रो कार्यकाल राष्ट्रपति बन्ने ट्रम्प सपना ;साँघुरिँदै सम्भावना

    प्रभात भट्टराई /अमेरिका

    अमेरिकामा राष्ट्रपतिको चुनाव आउन चार महिना मात्र बाँकी छ । डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिने जुन तयारीमा पछिल्ला तीन बर्ष संघर्षरत थिए चुनाव नजिकिँदै जाँदा उनको संभावना थप न्यून बन्दै गएको छ । कोरोना भाइरस महामारी माथिको सुरु देखिको वेवास्ता र काला जातीका नागरिक माथि सामाजीक न्यायका लागि भएका आन्दोलनप्रतिको बक्र दृष्टिले उनको लोकप्रियता थप धरापमा परेको हो ।

    ट्रम्प यस्ता अमेरिकी राष्ट्रपति हुन् जसले निर्वाचित भएपछि विश्वासिला मत सर्भेक्षणहरुमा कहिल्यै ५० प्रतिशत लोकप्रियता (जब एप्रुभल रेटिङ) आर्जन गर्न सकेका छैनन् । सिनेटमा महाभियोग प्रस्ताव फेल भएपछि गत फेब्रुअरीमा उनको लोकप्रियता केही उकालो लाग्न थालेको थियो । मार्च अन्त्यमा उनले राष्ट्रपति पद सम्हाले यताकै उच्च एप्रुभल रेटिङ आर्जन गरेका थिए । रियल क्लियर पोलिटिक्सले प्रकाशित गरेको तथ्यांक अनुसार त्यसबेला उनको औषत लोकप्रियता ४७ प्रतिशतसम्म पुगेको थियो । उनको औषत अलोकप्रियता पनि साढे ४९ प्रतिशतसम्म झरेको थियो । तर, कोरोना भाइरस संक्रमण र मृत्युदर बृद्धिसँगै उनको लोकप्रियता खस्किन थाल्यो । अप्रिल अन्तिम साता मिनिसोटा प्रहरीले निशस्त्र अवस्थामा पक्राउ गरि काला जातीका जर्ज फ्लोयडको हत्या गरेपछि सुरु भएको नागरिक आन्दोलनप्रतिको ट्रम्पको रवैयाले उनको लोकप्रियता ४० प्रतिशतमा खुम्च्याइदिएको छ भने अलोकप्रियता ५५ प्रतिशत हाराहारी पुगेको छ ।

    राजनीतिक सर्भेक्षणहरुको तथ्यांक संकलन गरेर औषत आँकडा निकाल्ने रियल क्लियर पोलिटिक्स र फाइभथर्टीएट दुबै साइडमा अहिले ट्रम्पको लोकप्रियता न्यून बिन्दुमा छ । रियल क्लियर पोलिटिक्सको मंगलबारको औषत तथ्यांक अनुसार ४१.७ प्रतिशत सर्वसाधारणले ट्रम्पको काम कारबाही मन पराएका छन् भने ५६.२ प्रतिशतले ट्रम्पप्रति असन्तुष्टि जनाएका छन् । सन् २०१७ को डिसेम्बर यता ट्रम्प सबैभन्दा अलोकप्रिय अवस्थामा आइ पुगेका हुन् । त्यसबेला उनको काम नरुचाउने अमेरिकीको संख्या ५७ प्रतिशत थियो ।

    यस्तै फाईभ थर्टी एटको औषत तथ्यांक अनुसार मंगलबार ट्रम्पको जब एप्रुभल रेटिङ ४०.६ प्रतिशत एवं उनको काम नरुचाउने संख्या (डिस्एप्रभुल) ५५.८ प्रतिशत रहेको छ । दोस्रो कार्यकालका लागि चुनाव हारेका पूर्व अमेरिकी राष्ट्रपति जर्ज एचडब्लु बुसको अलोकप्रियता चुनावको चार महिना अघि ट्रम्पकोभन्दा सन्तोषजनक थियो भने जिम्मी कार्टर यही अवस्थामा थिए । अरु कुनै पनि राष्ट्रपतिको अवस्था यति अलोकप्रिय थिएन ।

    सोमबार सार्वजनिक ग्यालप न्यूजको सर्वेक्षण अनुसार ट्रम्पको लोकप्रियता ३८ प्रतिशतमा खस्किएको छ भने उनको अलोकप्रियता ५७ प्रतिशत रहेको छ । ग्यालपको सर्भेक्षणमा ट्रम्पको लोकप्रियता लामो समय ४० प्रतिशतभन्दा कम या हाराहारी रहेको थियो । गत जनवरीमा पहिलो पटक उनको काम मन पराउनेको संख्या ४९ प्रतिशत पुग्यो । त्यसबेला उनको कामप्रति ऋणात्मक नम्बर दिने भने ५० प्रतिशत थिए । मार्चमा फेरि ४९ प्रतिशतले ट्रम्पको काम मन पराएको जवाफ दिए । त्यसबेला उनको काम कारबाही मन नपराउनेको संख्या ४५ प्रतिशतमा झरेको थियो । ग्यालपको सर्भेक्षणमा ट्रम्पको सबैभन्दा राम्रो नतिजा नै त्यही सावित हुन पुग्यो । सन् १९४५ देखि अमेरिकी राष्ट्रपतिको लोकप्रियता सर्वे गर्दै आएको ग्यालपमा ट्रम्पको एप्रुभल रेटिङले कहिल्यै ५० प्रतिशत पासमार्क छुन सकेन ।

    ट्रम्पप्रति निराश मतदाता बढेसँगै उनी डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग पनि ठूलो अन्तरमा पछि परेका छन् । रियल क्लियर पोलिटिक्सको औषत तथ्यांक अनुसार अहिले बाइडेनलाई ४९.६ प्रतिशत अमेरिकीको समर्थन रहेको छ । पोलिटिक्सले पछिल्लो साता सार्वजनिक बिभिन्न सात सर्भेक्षणहरुको औषत विवरण प्रकाशित गरे अनुसार ट्रम्पप्रतिको समर्थन ४०.९ प्रतिशत मात्र रहेको छ । यस्तै फाइभथर्टीएटको औषत विवरणमा पनि बाइडेन समान अनुमातमा अगाडि छन् । बाइडेनले ५१.१ प्रतिशत समर्थन पाउँदा साढे ४१ प्रतिशतले ट्रम्पलाई मतदान गर्ने बताएका हुन् ।

    २०१६ र अहिलेको अवस्थामा के फरक ?

    द्वितिय विश्वयुद्ध यता लोकप्रियता यति न्यून बिन्दुमा खस्किएका कोही पनि अमेरिकी राष्ट्रपति दोस्रो कार्यकालका लागि निर्वाचित हुन सकेका छैनन् । ट्रम्प समर्थकहरु २०१६ मा पनि सर्भेक्षणमा उनी पछि देखिएको तर नतिजा विपरित आएको दावी गर्दै आएका छन् । तर , अहिलेको अवस्था र २०१६ मा ठूलो अन्तर देखिएको छ । मुलतः अहिले ट्रम्प वहालवाला राष्ट्रपति हुन् । चार बर्ष अघि बाहिरको व्यक्ति थिए र वासिंटनको राजनीतिमा लामो समय सकृय पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई चुनौति दिँदै थिए । यस अनुरुप सत्ताको वहालवाला राजनीतिज्ञको वेफाइदा क्लिन्टनलाई थियो जुन अहिले ट्रम्पलाई रहेको छ । ट्रम्पको काम कारबाहीप्रति बहुमत जनता खुसी नभइ उनले दोस्रो कार्यकालको जिम्मेवारी पाउन सक्दैनन् । अनेक विवादमा परे पनि निर्वाचित भएयता अमेरिकी अर्थतन्त्र निरन्तर उकालो लागेको थियो । बाराक ओबामाले २००८ को मन्दीबाट उठाएर सबल अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाएका थिए । ट्रम्प निर्वाचित भएपछि पनि बेरोजगारीदरमा निरन्तर गिरावट आयो ।

    ट्रम्प अत्यन्त कमजोर अवस्थाको अर्थतन्त्र आफुले एक्लो पहलमा उठाएको शैलीमा उपलब्धिको बखान लगाउन व्यस्त थिए । तर, कोरोना भाइरस संक्रमणले उनको आर्थिक उपलब्धिको दावीमा नराम्रो ब्रेक लगाइदियो । अहिले अमेरिका सन् १९३७ को गम्भिर आर्थिक मन्दीपछिकै धेरै बेरोजगारी ( ११ प्रतिशत बढि) को अवस्थामा रहेको छ । सन् २०२० को अन्त्यसम्म बेरोजगारी दोहोरो अंकमै रहने अमेरिकी फेडरल रिजर्भ बैंकको प्रक्षेपण रहेको छ । कोरोना भाइरस संक्रमण र मृतकमा संसारकै एक नम्बर, सामाजीक न्यायको आन्दोलन प्रति बहुमत अमेरिकीभन्दा फरक धारणा र कमजोर आर्थिक आँकडाबीच सर्भेक्षणमा ठुलो अन्तरले पछि परेको कारण यसपाली २०१६ दोहोरिने सम्भावना नगन्य रहेको विश्लेषकहरुको राय छ ।

    अझ चार बर्ष अघिको प्रतिश्पर्धा दुई अलोकप्रिय उम्मेद्वारको बीचमा रहेको थियो । तर, अहिले त्यसको ठिक विपरित अवस्था छ । सन् २०१६ मा हिलारी क्लिन्टनको तुलनामा अहिले जो बाइडनेको लोकप्रियता धेरै उच्च देखिएको छ । रियल क्लियर पोलिटिक्सको औषत आँकडा अनुसार सन् २०१६ को जुन अन्त्यमा हिलारी क्लिन्टन ट्रम्पभन्दा साढे चार प्रतिशत बिन्दुले अघि थिइन् । अहिले बाइडेन त्यसको दोब्बर अग्रताको अवस्थामा छन् । कुनै कुनै सर्भेक्षणमा क्लिन्टनले ट्रम्पलाई दोहोरो अंकले पनि उछिनेकी थिइन् । तर, त्यती हुँदा पनि हिलारीलाई मत हाल्ने बताउने संख्या ४५ प्रतिशत हाराहारी मात्र थियो । अर्थात् निर्णय गर्न बाँकी मतदाताको संख्या धेरै थियो । ट्रम्पले तिनै मतदाता केन्द्रित प्रचार नीति बनाए र सफल पनि भए । तर, अहिले बाइडेनलाई मतदान गर्ने बताउनेको संख्या ५० प्रतिशत या त्यसको आसपास छ । कुनै उम्मेद्वारले आधा मत पाइ सकेपछि विपक्षीले जति भोट ल्याए पनि या जति मतदाता अनिर्णित रहेपनि निर्वाचन परिणामलाई फरक पर्दैन ।

    बाइडेनको अहिलेको अग्रता २००८ मा जोन म्याकेन बिरुद्ध बाराक ओबामाको भन्दा पनि सहज छ । सन् २००८ को जुन अन्त्यमा ओबामा म्याकेनभन्दा साढे पाँच प्रतिशत बिन्दुले अघि थिए ।

    बाइडेनका लागि सबैभन्दा सवल पक्ष उनीप्रति सकारात्मक (फेवरेवल) भाव राख्ने अमेरिकीको संख्यामा देखिएको छ । अघिल्लो साता सार्वजनिक प्यु रिसर्चको सर्भेक्षण अनुसार ४८ प्रतिशत अमेरिकीले बाइडेनलाई इमान्दारको संज्ञा दिएका छन् । ट्रम्पलाई इमान्दार मान्नेको संख्या ३६ प्रतिशत मात्र छ । प्राय सबै सर्भेक्षणमा बाइडेनलाई इमान्दार मान्नेको संख्या ४५ देखि ५० प्रतिशत रहेको छ भने ट्रम्प ३५ प्रतिशत आसपासमै छन् । चार बर्ष अघि पनि ट्रम्पको अवस्था यही थियो तर उनका प्रतिश्पर्धी पनि उनीभन्दा खास लोकप्रिय थिइनन् । त्यसबेला क्लिन्टनलाई इमान्दार मान्ने पनि ३६ प्रतिशतको आसपास थिए ।

    रियल क्लियर पोलिटिक्सको औषत आंकडा अनुसार अहिले ट्रम्पप्रति सकारात्मक भाव राख्ने अमेरिकी ४० प्रतिशत छन् भने उनलाई मन नपराउने ५६ प्रतिशत । बाइडेनको औषत फेवरेवलिटी भने साढे ४४ प्रतिशत छ । उनीप्रति नराकात्मक भाव राख्नेको औषत संख्या भने ४६ प्रतिशत छ । यसरी ट्रम्पको फेवरिवलिटी ऋणात्मक १५ प्रतिशत हुँदा बाइडेनको ऋणात्मक साढे एक प्रतिशत रहेको छ । बाइडेनप्रति तटस्थ अमेरिकी १० प्रतिशत हाराहारी छन् । अझ रिपब्लिकन झुकावको फक्स न्यूजको पछिल्लो सर्भेक्षणमा ५३ प्रतिशत अमेरिकीले बाइडेनप्रति सकारात्मक धारणा बताएका थिए । जबकी चार बर्ष अघि क्लिन्टनको फेवरिविलिटी ऋणात्मक १३ प्रतिशत थियो ।

    सुरु देखिनै अलोकप्रिय रहेकी क्लिन्टनलाई जब चुनावको मुखमा तात्कालिन एफबिआई निर्देशक जिम कोमीले इमेल काण्डमा छानविन जारी रहेको बताए त्यसले अन्तिम समयमा ट्रम्पलाई भोट हाल्नेको संख्या बढ्न पुगेको विश्लेषकहरुको राय छ । धेरैले त्यसबेलाको नतिजा पछि सर्वेक्षणहरुलाई गाली गरे पनि अवस्था त्यस्तो होइन । चुनावको मुखमा गरिएका मत सर्वेक्षणहरुमा हिलारी क्लिन्टन तीन प्रतिशत बिन्दुले ट्रम्पभन्दा अघि थिइन् । नभन्दै निर्वाचनको लोकप्रिय मतमा क्लिन्टन ट्रम्पभन्दा दुई प्रतिशत बिन्दुले अघि रहिन् । डेमोक्र्याटले जित्दै आएका मिसिगन, पेन्सिलभेनिया र विसकनसन गरि तीन राज्यमा ७८ हजार मतान्तरको जितले ट्रम्पलाई चाहिने जति इलेक्टोरकल कलेज मत प्राप्त भयो र उनी राष्ट्रपति निर्वाचित भएका थिए । यी राज्यमा त्यसबेलाको मत सर्वेक्षणमा पनि बलियो प्रतिश्पर्धा हुने देखिएको थियो । अहिले यी तीन राज्य सहित एरिजोन, फ्लोरिडा, नर्थ क्यारोलिना जस्ता राज्यमा पनि बाइडेनको अवस्था क्लिन्टनभन्दा सहज देखिएको छ । डेमोक्रेटिक मतदातामा चुनाव प्रतिको उत्साह त कोरोना भाइरस महामारीबीच प्राइमरी निर्वाचनमा भोट हाल्नेको संख्या बृद्धिले नै पुष्टि गरि सकेको छ । त्यसैले २०१६ मा जसरी आम अनुमान विपरित ट्रम्प राष्ट्रप्रति निर्वाचित भए यसपाली त्यो  ‘चमत्कार’ दोहोरिने संभावना करिब करिब शुन्य रहेको सबै प्रक्षेपणहरुले देखाएका छन् ।

  • अनलाइन कक्षामात्र लिने विदेशी विद्यार्थीले अमेरिकी भिषा फिर्ता

    अनलाइन कक्षामात्र लिने विदेशी विद्यार्थीले अमेरिकी भिषा फिर्ता

    काठमाडौं । पूर्णरुपमा अनलाइन क्लास लिने र भौतिक रुपमा उपस्थित हुनु नपर्ने गरी अमेरिकी विश्वविद्यालयहरुमा आवद्ध विद्यार्थीले अब अमेरिकी भिषा नपाउने भएका छन् । अनलाईनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई अमेरिका बस्न नपाउने गरी नीति आएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले यो नीति सार्वजनिक गरेको हो ।

    एजेन्सीका अनुसार त्यस्ता विद्यार्थीहरुको भिसा फिर्ता लिइने छ । अटेर गरे अमेरिकाबाट स्वदेशसम्म फर्काउन सकिने चेतावनी एजेन्सीको रहेको छ । अमेरिकाको यो नयाँ आप्रवासन नीतिबाट धेरै विदेशी समस्यामा पर्ने चिन्ता समेत बढेको छ । यसको यकिन तथ्यांक भने छैन ।

    पछिल्लो समय सबैजसो विश्वविद्यालयको अनलाइनमा आधारित क्लासहरु संचालनमा छन् । अमेरिकी विश्वविद्यालयमा एक प्रमुख आयस्रोत विदेशी विद्यार्थी समेत हुन् । कोरोना भाइरसका कारण सबैजसो विश्वविद्यालय अनलाइन माध्यममा गएका छन् ।

    एजेन्सी

  • साउथ क्यारोलाइनास्थित नाईट क्लबमा गोली चल्दा दुईको मृत्‍यु ८ घाईते

    साउथ क्यारोलाइनास्थित नाईट क्लबमा गोली चल्दा दुईको मृत्‍यु ८ घाईते

    साउथ क्यारोलाइनाको ग्रिनभिलस्थित एक नाईट क्लबमा आईतबार गोली चल्दा २ जनाको मृत्‍यु भएको छ भने ८ जना घाईते भएका छन् । क्लब ल्याबिस भित्र गोली चलेको आवाज सुनेपछि त्यही क्षेत्रमा गस्तीमा हिंडेका प्रहरी अधिकारीहरु क्लब भित्र छिरेर उद्धार गरेका थिए । सन्धिग्द अपराधीको पहिचान भै सकेपनि क्लब भित्र गोली चलाउनुको कारण भने हालसम्म थाहा नभएको ग्रिनभिल काउन्टी सेरिफ हबर्ट लुईसले बताएको एनबिसि न्युजले जनाएको छ । आईतबार बिहान १ बजेर ५० मिनेट जाँदा गस्तीमा रहेका प्रहरी अधिकारीले घटनास्थलबाट गोली चलेको आवाज आएको र मानिसको भिड कुददै गरेको देखेपछि प्रहरीहरु क्लबमा गएको समेत काउन्टी सेरिफ लुईसले बताएका छन् ।

    क्लब भित्र गोली चलाउने ब्यक्ति एक वा एक भन्दा बढी थिए भन्ने कुरा प्रष्ट नखुलेको र गोली चलाउनुको उद्देश्य नखुले पनि ग्याङ्सँग सम्बन्धित हुन सक्ने प्रहरी श्रोतले बताएको छ । घाईतेहरुलाई उपचारको लागि नजिकको अस्पतालमा लागिएको छ ।

  • अमेरिकी एनआरएनएको नवौं साधारण सभा आजबाट

    अमेरिकी एनआरएनएको नवौं साधारण सभा आजबाट

    जुलाई ३, न्युयोर्क

    एनआरएनए एनसीसी अमेरिकाको नवौं साधारण सभा तथा नेशनल नलेज कन्भेन्सन आजदेखि शुरु हुँदैछ । जुलाई ३ तारिख साँझ ६ (EST) बजे नेपाल सरकारको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालबाट नै यो कार्यक्रमको उदघाटन गर्नु हुने जानकारी कन्भेन्सनका कन्भेनर तथा बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडेले दिनु भएको छ।

    साधारण सभा र नलेज कन्भेन्सनको मुख्य दिन जुलाई ४ तारिख हो । सो दिन बिभिन्न क्षेत्रका विज्ञहरुले आ-आफ्ना कार्यपत्र र विचार सम्प्रेषण गर्ने गरी कार्यक्रम तय भएको नलेज कन्भेन्सनका संयोजक डाक्टर तारा सिग्देलले जानकारी दिनु भएको छ।

    कोरोनाभाइरस महामारीको कारण साधारण सभा भर्चुअल हुने भएको छ । साधारण सभाका सम्पूर्ण कार्यक्रमहरु जुम (भिडियो भेला एप) बाट गरिने भएकोले घरमा बसेर नै हेर्न सकिने छ ।

  • मेक्सिकोस्थित लागू औषध सुधार केन्द्रमा गोली हानी २६ को हत्या

    मेक्सिकोस्थित लागू औषध सुधार केन्द्रमा गोली हानी २६ को हत्या

    एजेन्सी 

    म्याक्सिकोस्थित एक लागू औषध सुधार केन्द्र भित्र बुधबार केही बन्दुकधारीले गोली चलाउँदा २६ जनाको मृत्‍यु भएको छ भने ५ जना घाईते भएका छन् । मध्ये मेक्सिकोको ग्वानाहुआटो राज्यको ईरापुआटोस्थित लागू औषध सुधार केन्द्र भित्र साँझ साँढे पाँच बजेतिर केही बन्दुकधारी प्रवेश गरी सबैलाई भुँईमा घोप्टिन लगाएर गोली हानी हत्या गरिएको प्रहरीको हवाला दिंदै स्थानीय संचार माध्यमले जनाएका छन् । हत्यामा संलग्न उक्त बन्दुकधारी समुह पिकअप ट्रक चढेर सुधार केन्द्रमा आएको मेक्सिको डेलीले जनाएको छ । म्याक्सिकोमा अपराधिक समुह बीच गोली हानाहान हुनु र लागू औषध सुधार केन्द्र भित्र यस्ता प्रकृतिका घटना घट्नुलाई सामान्य मानिने गरिए पनि बुधबारको यो घटना सन् २०१८ को डिसेम्बरमा राष्ट्रपति लोपेज अब्राडोरको कार्यकाल सुरु भए यताको सबैभन्दा ठुलो घटना हो । बुधबारको उक्त घटना घटेको स्थान ग्वानाहुआटोबाट ५० किलोमिटर दक्षिणमा पर्ने एक सहरको सुधार केन्द्रमा पनि एक महिना अघि यस्तै प्रकृतिको घटना घट्दा १० जनाको मृत्‍यु भएको थियो ।म्याक्सिको मात्र होईन, अधिकांश ल्याटिन अमेरिकी देशहरुमा यस्ता हत्या र हिंसाका घटनालाई सामान्य ढंगले हेर्ने गरिए तापनि कोरोनाको महामारीपछि मेक्सिकोमा हत्याका घटनामा ब्यापक बृद्धि भएको न्युयोर्क टाईम्सले जनाएको छ । गत मार्च महिनामा मात्र मेक्सिकोमा ३ हजार वटा हत्याका घटना घटेका थिए । अधिकांश सेवा निबृत्त अमेरिकी नागरिकको बसोबासको रोजाईमा पर्ने गरेको कार उत्पादन केन्द्रको रुपमा चिनिने पर्यटकीय राज्य ग्वनाहुआटोमा मात्र पछिल्ला महिनाहरुमा मासिक औसतरुपमा १२ वटा हत्याका घटना भएका छन्। मेक्सिकोको ग्वनाहुआटोमा संचालित २६५ वटा सुधार केन्द्र मध्ये १५ वटा मात्र सरकारी स्वीकृतिमा चलेको र बाँकी सुधार केन्द्र आफु खुसी चल्ने गरेको स्थानीय नगरपालिका प्रमुख रिकार्डो वोर्टिजको हवाला दिंदै मेक्सिको डेलीले लेखेको छ ।

    बुधबार साँझको घटना लगत्तै स्थानीय संचार माध्यमहरुमा प्रकाशित घटनास्थलको तस्बिरमा मानिसका घोप्टो परेको मृत शरीरको चाँङ र रक्त पोखरीको भयावह दृष्य देखिएको छ । लागू औषध सुधार केन्द्रमा भएका सबैलाई गोली प्रहार गरिएको उक्त घटनाको उद्देश्य प्रष्ट नभए पनि बिगतमा पनि ठुला लागू औषध गिरोहसँग स्थानीय साना गिरोह बीच यस्ता घटना घट्ने गरेको छ । कतिपय समय सुरक्षाका लागि यस्ता अपराधिक समुहका सदस्य सुधार केन्द्रमा लुक्ने गरेको कारण यस्ता झडप हुने गरेको छ ।

  • रोटरी क्लव न्युयोर्क डिष्ट्रिक्ट ७२५५ को नयाँ अध्यक्षमा जनक भण्डारी

    रोटरी क्लव न्युयोर्क डिष्ट्रिक्ट ७२५५ को नयाँ अध्यक्षमा जनक भण्डारी

    न्युयोर्क

    आगामी कार्यकाल २०२०/२१ को लागि रोटरी क्लव न्युयोर्क, डिष्ट्रिक्ट ७२५५ ले भर्चुअल भेला (भिडियो सम्मेलन) गरी नयाँ अध्यक्षमा जनक भण्डारीलाई चुनेको छ । नव निर्वाचित अध्यक्ष लगायतका नयाँ कार्य समितिलाई क्लवको तेश्रो कार्यकालको लागि चुनेको हो। 

    भेलाका प्रमुख अतिथि, रोटरी डिस्ट्रिक्ट ७२५५ का District Governor Jacquelyn (Jax) Yonick ले नयाँ कार्यसमितिका पदाधिकारीहरु सपथ गराएको थियो । सपथ लिनेहरुमा; प्रेसिडेन्ट जनक भण्डारी, प्रेसिडेन्ट इलेक्ट खाम भट्ट, सेक्रेटरी गुरुदत्त पराजुली, एक्जुकेटिभ सेक्रेटरी हन्सराज जोशी, कोषाध्यक्ष भुना भण्डारी, सर्जेन्ट एट आर्म्स विदुर पौड्याल, फाउन्डेसन चेयर गोपीप्रसाद ढुंगाना, मेम्बरशिप चेयर कञ्चन बस्नेत थिए ।

    सोही अवसरमा उर्गेन शेर्पा, बिकाश पान्डे र श्याम कर्कीलाई नयाँ सदस्य घोषणा गरिएको थियो भने संस्थापक अध्यक्ष तथा (पूर्व असिस्टेण्ट गभर्नर ७२५५) डा. तारा निरौला, पूर्व प्रेसिडेन्ट मोहनबहादुर ज्ञवाली, पूर्व डिस्ट्रिक्ट गवर्नर डा. तुल्सी महर्जन, चार्टर्ड प्रेसिडेन्ट रोटरी क्लब अफ महाराजगन्ज काठमाडौंका डा. जयबहादुर टन्डन लगायतले शुभकामना मन्तव्य दिएका थिए । भेलाले आगामी कार्ययोजना प्रस्तुत गर्र्दै नव निर्वाचित पदाधिकारीहरुलाई पदीय जिम्वेवारी निर्वाह गर्न भनिएको थियो । एक बर्षको कार्यविवरण पेश गर्दै कार्यक्रम संचालन तथा समापन निबर्तमान अध्यक्ष नवराज केसीले गरेको थियो ।

  • चर्चित अमेरिकी अनुदान एमसिसि बारे कनकमणी दिक्षितले २० बुँदाको वास्तविकता यस्तो लेखे

    चर्चित अमेरिकी अनुदान एमसिसि बारे कनकमणी दिक्षितले २० बुँदाको वास्तविकता यस्तो लेखे

    कनकमणी दिक्षित   

    संयुक्त राज्य अमेरिकाले विपन्न मुलुकको गरिबी उन्मूलनका लागि सन २००४ देखि सुरु गरेको ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अर्थात् एमसिसी नेपालमा कस्को स्वार्थमा र किन रोकिन खोजिदै छ ? भन्ने २० बुँदाहरु;

    – तीन तर्फबाट आज एमसिसीको विरोध भइरहेछ । विरोधको मियो हुन्, पुष्पकमल दाहाल, जो पर्दा पछाडिबाट गोटी चलाइरहेछन् ।

    – एमसिसीको विरोधको दोश्रो हिस्सा हो, केपी शर्मा ओलीले अपहेलित गरेको महसुस गर्ने पूर्वएमाले तप्का । जहाँ ओलीका स्वभाव र सरकार सञ्चालन दुवैप्रति यत्रो वितृष्णा छ कि एमसिसीको विरोध एकखालको ‘धर्म’ नै बन्न गएको छ।

    – तेश्रो पंक्ति हो, निरन्तर नयाँ संविधानलाई ढाल्ने मनसाय बोकेका, नसके यसको कार्यान्वयन कमजोर बनाउने जुनसुकै मौका नछोड्ने मनस्थितिका दक्षिणपन्थी ‘राजावादी’हरू, जो दर्शन र कार्यनीति दुवैमा असहमत भएपनि पुष्पकमल दाहालसँग हातेमालो गर्न तयार छन्।

    – सरकारको ढंग नपुगेको र प्रम केपी ओलीको अहंकारी शैलीका कारण एमसिसी धरापमा परेको भन्ने कुरामा राम्रै दम छ । तर, बृहत् नेपाली अर्थतन्त्र र समाजको हितलाई बिर्सेर ओली र उनको सरकारलाई कमजोर बनाउन अर्थतन्त्रलाई संकटमा पार्ने गरी यो प्रपञ्च किन ?

    – एमसिसीको वार्ता थालनी र सम्झौतासम्म प्रधानमन्त्री तथा अर्थमन्त्रीको सूची यस्तो छ: बाबुराम भट्टराई, झलनाथ खनाल, शेरबहादुर देउवा, खिलराज रेग्मी, सुशील कोइराला र पुष्पकमल दाहाल; अनि वर्षमान पुन, शंकर कोइराला, रामशरण महत र ज्ञानेन्द्र कार्की । अहिले केहीको तीब्र विरोध छ।

    – कोही एमसिसी बिगार्न तल्लीन छन्, सरकारी पदाधिकारी ‘बिग्रे बिग्रोस्’मा पुगेका छन् । अन्य राजनीतिक र भूराजनीतिक मुद्दामाझ राति उज्यालो पाउने, इन्डक्सन चुलो चलाउने, अनेकन् तरिकाले रोजगारी वृद्धि गर्ने जनताको अधिकारको लागि बोलिदिने थोरै भए ।

    – कोभिड–१९का कारण पश्चिमा दातृराष्ट्रहरु ठूलै मन्दीमा पस्दै गर्दा विदेशी सहायता ह्वात्तै सुक्ने स्थितिमा छ । यस्तो बेला पाँच वर्षका लागि हरेक वर्ष १० करोड अमेरिकी डलर (अनुदान) खर्च हुने चानचुने परियोजना होइन यो, यसले नेपाली अर्थतन्त्रलाई चाहिएकै बेला ‘लिक्विडिटी’ दिलाउने छ ।

    – एमसीसी बिरुद्धको अभियान सफल हुने हो भने संसारको आँखामा नेपालले ताकेर नै आफ्नै खुट्टामा बन्चरो हानेको ठहर्ने छ । हामीलाई चोट त पर्ने नै भयो, एमसिसीको अनुदान लिएर काम थालेका र सम्पन्न गरेका अन्य ५० मुलुकले हामीलाई ‘पत्याइनसक्नु’ भन्दै कर्के नजरले हेर्नेछन् ।

    – के, अमेरिकी सेनाले नेपालमा चीनलाई लक्षित ‘मिसाइल बेस’ बनाउनै खोजे नेपाली नागरिक चुप बस्लान् ? कुनै कारण अमेरिकी रणनीतिक पूर्वाग्रह नेपालमा लाद्न खोजियो भने त्यसको खिलाफमा उभिने क्षमता नेपालीमा छैन ? फेरी एक महिनाको सूचना दिएर सम्झौताबाट बाहिरिन सकिने त छँदै छ ।

    –  ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ नामको रणनीति सन् २०१७मा अमेरिकी परराष्ट्र मन्त्री माइक पम्पेओले घोषणा गरेका हुन भने नेपाल-अमेरिकाले एमसिसी सम्झौतामा काम थालेको सन् २०११ मा हो। अमेरिकीले नै आएर पछि ‘यो आइपिएस अन्तर्गत हो’ भन्दैमा हामी किन मान्ने? बरु आफ्नो हित हेरेर प्रतिवद गर्ने!

    – केपी ओली सरकार र प्रतिपक्ष नेपाली कांग्रेस एमसिसीको पक्षमा रहँदारहँदै परियोजनाको प्रतिरक्षामा गर्नुपर्ने जति कसरत गरिरहेका छैनन् । कांग्रेसका केही नेतालाई ‘डलर खाइस् र एमसिसीको पक्षमा बोलिस्’ भनेर निःसन्देह आउने आरोपको त्रास छ ।

    – तर, कांग्रेसभन्दा बढी स्थितिलाई यो अवस्थामा पु-याउनमा प्रम केपी ओली जिम्मेवार छन् । कतिपय महत्वपूर्ण काम उनको तयारीको कमजोरीका कारण अलपत्र परेका छन् भने धेरै विषयमा उनी र उनको सरकारले ध्यान नदिँदा कुरा बिग्रेको छ । उदाहरण सर्वत्र छन्, जस्तै संक्रमणकालीन न्यायको कुरा…

     – प्रसारण लाईनको कुरा गर्नेहो भने- भारतसँग त्यत्रो दुश्मनी पनि गर्नुपर्दैन कि उसको नाम लिने बित्तिकै परियोजना गलत ठहरियोस् र जनता भड्किऊन्। नेपाली माग पूरा नगरी जलविद्युत् उत्पादन भारत निर्यात गर्न राष्ट्रिय, प्रान्तीय र स्थानीय राजनीतिले दिन्छ भन्ने विश्वास लिनु नै जगहँसाइ हो।

    – उग्रराष्ट्रवादको डर र पुष्पकमल दाहालको एमसिसी बिरुद्धको भूमिकाका कारण जलविद्युत व्यवसायी समेत सुनिने गरी एमसीसीका लागि आवाज उठाइरहेका छैनन्। यस्तै- उद्योग वाणिज्य महासंघ, सिआइआई, नेरु र डलर ‘बिलोनेर’, अर्थतन्त्र वरिपरि काम गर्ने संस्थाहरुबाट मात्र मन्द खासखुस सुनिन्छ।

    – एमसिसीबाट सीधै फाइदा पाउने प्रान्त-प्रान्तका सरकार, जनप्रतिनिधि तथा बौद्धिकवर्गले आफ्नो आवाज मुखर गर्न नसकेको अवस्था छ । नेपालमा नयाँ संविधानको आसय र जनचाहना बमोजिम देशको पुनर्संरचनासहित विकेन्द्रीकरण नभएको प्रमाण पनि अफसोच मिलेको छ ।

    – पहिलेका सरकारमै सहभागी नेताहरूको तर्फबाट सरकारले गरेको सम्झौता ग्रहण गर्नेभन्दा उल्टिने अवस्था छ । त्यो पनि नेकपा ‘सचिवालय’का नेताहरूले राजकाजलाई सिद्धान्तहीन, आफुखुसी खेलवाडको फुटबल बनाएका छन् ।

    – “बिआरआई”मा सहभागी भएर नेपालको उत्तरपट्टिको प्राचीन व्यापार सम्बन्धलाई पुनर्जागरण, तर यसको अर्थ नेपालले आफ्नो हितअनुसार र अरू कसैसँग अनुदान सहयोग लिनुहुँदैन भन्ने होइन। नीति–निर्माता र विश्लेषकले देशको हितमा एमसिसीलाई नेपाल–चीन सम्बन्धबाट पूर्णतः अलग राखेर हेर्नुपर्छ।

    – प्रतिनिधिसभाको सभामुखले आफ्नो दलीय सदस्यता त्याग्नुपर्छ किनकि पूरै राज्यको जनप्रतिनिधिको नेतृत्व त्यो पद धारण गर्नेले गर्छन् । तर पहिला कृष्णबहादुर महरा र अहिले अग्नि सापकोटाले अमर्यादित हिसाबले सरकारले एक वर्षअघि दर्ता गराएको विधेयक दराजमा ताला लगाएर राखेका छन् ।

    – बृहत् भूराजनीतिक मैदानमा नेपालले कसैको सामरिक गठबन्धनमा सामेल नभई सबैसँग राम्रो सम्बन्ध राख्नुपर्छ, कसैको प्रतिस्पर्धाको जालोमा फस्नुहुँदैन । चीन र भारतबीच समदूरी राख्दाराख्दै पश्चिमा मुलुकसँग पनि राम्रो सम्बन्ध कायम राख्ने पुरानो नीति त्याग्नु हुँदैन।

    – एमसिसीलाई उग्र–लोकरिझ्याइँको भासबाट उद्धार गर्नुपर्छ र यस खेलका प्रमुख गोटी चालक पनि पछि हट्नुपर्छ । कुनै एउटा सरकारको खिलाफमा जाने क्रममा नेपाल राज्यमाथि दुश्मनी नसाँध ।

    (एमसिसिको बर्तमान अवस्था र वास्तविकताको बारेमा कनक मणी दिक्षितले लेख्नु भएको २० बुँदा हामीले प्राप्त ईमेलबाट साभार गरेका हौं)

  • २० हजार डलरको लोकसेवा परिक्षा उत्प्रेरणा कोष स्थापना गर्दै तामाङ समाज अमेरिकाको वार्षिकोत्सव सम्पन्न

    २० हजार डलरको लोकसेवा परिक्षा उत्प्रेरणा कोष स्थापना गर्दै तामाङ समाज अमेरिकाको वार्षिकोत्सव सम्पन्न

    न्युयोर्क

    गत आईतबार जून २८ का दिन तामाङ समाज अमेरिकाले आफ्नो दोश्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । न्युयोर्कको लङ्ग आइल्याण्डस्थित भ्याली स्ट्रिम पार्कमा संस्थाका कार्य समितिका पदाधिकारी एवं सदस्य र उनका परिवारहरु समेत सहभागी भएर समाजले दोश्रो वार्षिकोत्सव कार्यक्रम मनाएको हो । कोरोना महामारीको कारण समाजले आफ्नो समुदायका ब्यक्तिहरुको स्वास्थमा प्रतिकुल असर नपरोस भनेर वार्षिकोत्सव कार्यक्रम सिमित घेराभित्रको उपस्थितिमा मात्र सम्पन्न गरिएको समाजकी महासचिव बिनिता तमाङले बताईन । न्युयोर्कमा गर्मी छिप्पिदै जाँदा बार्बेक्यू सहित सम्पन्न दोश्रो वार्षिकोत्सवको अवसर पारेर संस्थाका अध्यक्ष सानुमाया तामाङले तत्काल कार्यान्वयन हुने गरी २० हजार अमेरिकी डलर बराबरको नेपालमा ‘लोकसेवा परिक्षा उत्प्रेरणा कोष’ संचालन गर्ने घोषणा गरेकी थिईन । अध्यक्ष सानुमाया तामाङको अनुसार नेपालको निजामती क्षेत्रमा तामाङ जातिको नगन्य उपस्थिति रहेको सन्दर्भमा लोकसेवा परिक्षा मार्फत निजामती सेवामा प्रवेश गर्न चाहने तामाङ विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको बताएका छन् । छात्रवृत्ति नेपालको स्थानीय संस्थासँग सहकार्य गरेर संचालन गरिने बताइएको छ ।  

    कोषको लागि दोश्रो वार्षिकोत्सवकै दिन उपस्थित सहभागीहरुबाट १२,५०० अमेरिकी डलर संकलन भएको र बाँकी अपुग रकम संस्थाका शुभचिन्तकहरुबाट संकलन गरिने कोषाध्यक्ष तुलबहादुर तामाङले जनाएका छन् । कार्य समितिको आगामी बैठकबाट कोष संचालनको लागि एउटा विशेष समिति गठन हुने र कोष संचालनको विधि र प्रक्रिया सो समितिले तयारी गरेर कार्य समितिले अनुमोदन गरेपछि लोकसेवा परिक्षा उत्प्रेरणा कोषको बिस्तृत जानकारी समुदायलाई सम्प्रेषण गर्ने योजना रहेको संस्थाका सचिव रोज बहादुर घिसिङले बताएका छन् ।

  • कोरोना महामारी बीच नै गर्‍यो अमेरिकामा प्रबासी नेपाली एकता मञ्चले बृहत रक्तदान कार्यक्रम

    कोरोना महामारी बीच नै गर्‍यो अमेरिकामा प्रबासी नेपाली एकता मञ्चले बृहत रक्तदान कार्यक्रम

    न्युयोर्क

    कोरोना महामारीको प्रकोप लगातार  बढीरहेको अमेरिकामा प्रबासी नेपालीको लागि काम गर्दै आएको प्रवासी नेपाली एकता मञ्चले न्युयोर्क र टेक्सासको डालासमा एकै दिन बृहत रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ  ।  दुइ राज्यमा भएको रक्तदान कार्यक्रममा न्युयोर्कमा ९१ जनाले रक्तदान गरेका थिए । न्युयोर्क कुईन्सस्थित  सत्यनारायण मन्दिरमा रक्तदानको लागि १ सय ३७ जनाले ईच्छा देखाए पनि ९१ जना मात्र रक्तदानको लागि योग्य भएका थिए ।  टेक्सासमा भने जारी लकडाउनको प्रभाबका कारण १७ जना मात्र रक्तदान गर्न सफल भएका थिए ।

    संस्थाका केन्द्रीय सदश्यद्वय  कृष्ण आचार्य र  सुशील क्षेत्रीले क्रमश न्युयोर्क र टेक्सासको रक्तदान कार्यक्रमको संयोजन गरेका थिए ।दुबै राज्यमा सम्पन्न रक्तदान कार्यक्रममा स्थानीय नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभाहिता रहेको कार्यक्रममा न्युयोर्कमा संस्थाका अध्यक्ष टेक गुरुङ, महासचिव शंकर पन्तको उपस्थिति थियो भने  टेक्सासमा सँस्थाको तर्फबाट  भिम कार्की, युबराज खनालको उपस्थिती थियो ।

    न्युयोर्कको रक्तदान कार्यक्रममा  न्युयोर्क राज्यसभा सदस्य क्याटलिना क्रुज सहभाहि भएकी थिईन । अमेरिकामा कोरोना महामारी सुरु भए यता नेपाली समुदायले गरेको सम्भवत पहिलो रक्तदान कार्यक्रमको हो । अहिले अमेरिकाका अस्पतालहरुमा रगतको अभाब भै रहेको छ ।

  • न्युजर्सीस्थित आफ्नै घरको पौडी पोखरीमा मृत्‍यु भएका सबैको मृत्‍युको कारण पत्ता लाग्यो

    न्युजर्सीस्थित आफ्नै घरको पौडी पोखरीमा मृत्‍यु भएका सबैको मृत्‍युको कारण पत्ता लाग्यो

    न्युयोर्क

    न्युजर्सीस्थित एक हप्ता अगाडि आफ्नै घरको करेसाको स्विमिङ पुलमा डुबेर मृत्यु भएको तिनै जनाको मृत्‍युको कारण ८ वर्षीया नाबालिकालाई बचाउने क्रममा भएको प्रहरीले बताएको छ । 

    ६२ वर्षीय भरत पटेल, उनको ३२ वर्षीया बुहारी निशा पटेल र ८ वर्षीया नातिनी गत जुन २२ तारिखका दिन जमिन माथि बनाईएको पौडी पोखरीमा डुबिरहेको अवस्थामा फेला परेका थिए । ९११ मा छिमेकीले फोन गरेपछि घटनास्थलमा प्रहरी पुग्दा परिवारका तीन जना नै अचेत अवस्थामा भेटिएका थिए ।  

    सुरुमा ८ वर्षीया बालिका पौडी पोखरीमा पसेको र डुब्न थालेपछि हजुर बुवा र बच्चीको आमा बालिकालाई बचाउन पानीमा पसेको तर दुबै जनालाई पौडी खेल्न नआऊने हुँदा तिनै जनाको पानीमा डुबेर मृत्‍यु भएको ईस्ट ब्रन्सविकस्थित प्रहरी लुटेनेण्ट फ्र्यांक सटरको हवाला दिंदै एनजे डट कमले लेखेको छ । 

    मिडिलसेक्स काउन्टीका अभियोजक र प्रहरीले साधारणतया जमिनमाथि निर्माण गरेको पौडी पोखरी साँढे तीन फिटसम्म हुने भएपनि त्यो पोखरीको केही भाग भने ७ फिटसम्म भएको र मृतकहरु कसैलाई पनि पौडिन नआउने अवस्था देखिएको छ । एक महिना अगाडि मात्र घर खरिद गरेर उक्त घरमा सर्दा पौडी पोखरी पहिले नै रहेको रियल स्टेट लिस्टिङले देखाएको पनि एनजे डट कमले जनाएको छ ।  

    काउन्टीका रिजनल मेडिकल एक्जामिनरले तिनै जनाको मृत्‍यु दुर्घटनाबस डुबेर भएको बताएका छन् । मृत्‍युमा विद्युतीय करेन्टको कुनै पनि भूमिका नभएको बताईएको छ ।  पटेल परिवार साउथ ब्रन्सविकबाट पहिलो घर किनेर इष्ट ब्रन्सविक गएको थियो ।

  • ट्रम्प अर्को विवादमा, रुसले अमेरिकी सेना मार्न सुपारी दिएको सूचना वेवास्ता गरेको आरोप

    ट्रम्प अर्को विवादमा, रुसले अमेरिकी सेना मार्न सुपारी दिएको सूचना वेवास्ता गरेको आरोप

    न्यूयोर्क

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रिय सुरक्षा सम्बन्धि गम्भिर विवादमा फसेका छन् । रसियाले अफगानिस्तानमा रहेका अमेरिका एवं अन्य सहयोगी मुलुकका सेना मार्न अलकायदा संगठनलाई आर्थिक सहायता गरेको जासुसी रिपोर्टलाई ट्रम्पले वेवास्ता गरेको आरोप लागेको हो ।

    अमेरिकी जासुसी संयन्त्रले गत मार्चमा नै अफगानिस्तानका आतंककारी संगठनसँग रसिया सहकार्यबारे राष्ट्रपति लगायत अमेरिकी नेतृत्वलाई  रिपोर्ट गरि सकेको सनसनीखेज समाचार गत शुक्रबार न्यूयोर्क टाइम्सले प्रकाशित गरेको थियो । त्यसपछि वासिंटन पोष्ट, सिएनएन एवं ट्रम्प प्रति नरम फक्स न्यूज, वालस्ट्रिट जर्नलले समेत आ-आफ्नो स्रोतबाट पुष्टि गर्दै उक्त समाचार प्रकाशन प्रशारण गरे । तर, ह्वाइट हाउस अधिकारी एवं ट्रम्प भने आफुलाई जानकारी नै नभएको दावी गर्दै आएका छन् ।

    सोमबार विहान एसोसिएट प्रेसले फेरि ट्रम्प उक्त प्रकरणको जानकार रहेको दावी साथ समाचार प्रकाशन गरेको छ । वासिंटन पोष्टले आइतबार पछिल्ला दुई बर्षमा अफगानिस्थानमा अमेरिकी सैनिक हत्यामा रुसी चाल भएको विश्वास अमेरिकी सुरक्षा संयन्त्रले गरेको अर्को समाचार प्रकाशित गरेको थियो । यो घटना सार्वजनिक भएपछि शनिबार र आइतबार दुबै दिन ट्रम्प गल्फ खेल्न भर्जिनिया स्थित आफ्नो गल्फकोर्स पुगेका थिए ।

    उनले अमेरिकी सैनिक आक्रमणमा रसियन संलग्नताभन्दा समाचारप्रति आशंका गरेका छन् । समाचार छापिएपछि पनि गम्भिरता देखाउनको सट्टा गल्फ खेल्न जानुले उनले यो सूचनालाई कत्तिपनि महत्व नदिएको पुष्टि गर्छ । आफ्नो सुरक्षा संयन्त्रले यो सूचना त्यती भरपर्दो नलागेर आफुलाई नसुनाएको दावी सहित उनले आइतबार राती ट्विट गरेका थिए । समाचार सार्वजनिक भएपछि पनि रसियाप्रति उनको मौनतालाई सुरक्षाविज्ञ एवं विपक्षिहरुले तारो बनाएका छन् । डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेनले ट्रम्पको राष्ट्रपति पदनै रसियाको उपहार रहेको टिप्पणी गरेका छन् ।

  • कोरोनाको औषधीको मुल्य तोक्यो कम्पनीले; प्राईभेट बीमा भएकालाई ३ हजार १ सय २० युएस डलर

    कोरोनाको औषधीको मुल्य तोक्यो कम्पनीले; प्राईभेट बीमा भएकालाई ३ हजार १ सय २० युएस डलर

     

    न्युयोर्क      

    क्यालिफोर्नियास्थित एउटा औषधी उत्पादक कम्पनी गिलिएड साईन्सले कोरोना संक्रमितको उपचारको लागि बजारमा आउँदै गरेको औषधी ‘रेमडिसिभिर’ को मुल्य सार्वजनिक गरेको छ । कोभिड -१९ उपचारको एण्टी भाईरल ‘रेमिडिसिभर’ को मुल्य अमेरिकी प्राईभेट ईन्स्योरेन्स बाहक  बिरामीको लागि प्रति डोज ५ सय २० अमेरिकी डलर र अमेरिकी सरकारको ईन्स्योरेस बाहकको लागि केही सस्तो ३ सय ९० डलर पर्ने कम्पनीले बताएको छ ।  

    कम्पनीले सोमबार सार्वजनिक गरेको औषधीको मुल्यको आधारमा प्राईभेट बीमा भएका बिरामीलाई पुरा डोजको ३ हजार १ सय २० र सरकारी ईन्स्योरेन्सको हकमा २ हजार ३ सय ४० अमेरिकी डलर मुल्य पर्नेछ ।  

    हालसम्म बजारमा कोभिड -१९ उपचारको लागि एफडिएले मान्यता दिएको औषधी उपलब्ध नभएको अवस्थामा रेमिडिसिभर मात्र त्यस्तो एण्टी भाईइरल औषधीको हो, जस्ले मानव शरीरमा गरिएको परिक्षणमा सफलता पाएको छ । गिलिएड सायन्सका सिईओ तथा अध्यक्ष ड्यनियल ओडेले खुला पत्रमा लेखेका छँन्; ‘यस्तो महामारीको समयमा कसरी औषधीको मुल्य निर्धारण गर्ने कुनै निर्देशिका छैन । कम्पनीले यस्को बास्तबिक मुल्य भन्दा कम राख्ने निर्णय गरेको छ” ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ लाख डोज रेमडिसिभिर औषधीलाई आगामी सेप्टेम्बरसम्म अमेरिकाका अस्पतालमा पुर्याउन छुट्याई सकेको युएस हेल्थ एण्ड  ह्युमन सर्भिस सेक्रेटरी एलेक्स अजरले सोमबार घोषणा गरेका छन् । सेक्रेटरी एलेक्सले भनेका छन्; “अहिले संघीय सरकारले औषधी वास्तबमै खाँचो परेको राज्यहरुको अस्पातलमा पुर्याउने बिषयमा काम भै रहेको छ” । अलेक्सले सोमबार एबिसि न्युजको गूड मर्निङ अमेरिकामा औषधीको बारेमा भनेका हुन्।  

    रेमडिसिभिरलाई सुरुमा गिलिएडले ईबोलाको उपचारको लागि उत्पादन गरेको थियो । गत मेई महिनामा एफडिएले अस्पताल भर्ना भएका बिरामीलाई आकस्मिकरुपमा उक्त औषधी प्रयोग गर्न स्वीकृति दिएको थियो ।

  • इरानद्धारा अमेरिकी राष्ट्रपतिविरुद्ध पक्राउ पूर्जी जारी

    इरानद्धारा अमेरिकी राष्ट्रपतिविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको खबर सार्वजनिक भएको छ । इराकको राजधानी बग्दादमा ६ महिना अगाडी ड्रोन आक्रमणमा परी आफ्ना सैन्य कमान्डर मारिएको घटनामा संलग्न रहेको आरोपमा राष्ट्रपति ट्रम्पसहित तीन दर्जनविरुद्ध इरानले पक्राउ पूर्जी जारी रहेको हो ।

    उनको हत्या ट्रम्पको योजनामा भएको आरोप इरानको छ । त्यसो त अमेरिकी सैनिकले ड्रोन प्रहार गरी इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेको थियो । यस अभियोगमा पक्राउ पूर्जी जारी भएका अन्यको भने नाम सार्वजनिक भएको छैन ।

    अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानको राजधानी तेहरानका अली अलकासिमेहरले कुदृस फोर्सका प्रमुख कासिमको हत्यामा सोमबार ट्रम्पसहित झण्डै ३० जना संलग्न रहेको आरोपसहित पक्राउ पुर्जी जारी गरिएको जानकारी गराएका छन् ।

    ट्रम्प पदमा रहे पनि नरहे पनि उनीविरुद्ध मुद्दा चल्ने मिडिया रिर्पोटमा उल्लेख गरिएको छ । जनवरीमा भएको यो घटनापछि इरानले आफ्ना सर्वोच्च सैन्य कमाण्डर गुमाएको थियो । एजेन्सी

  • एमसीसी पास गर्न अमेरिकाको दवाव, अनुमोदनमा ढिलाई भए आर्थिक वृद्धिमा फाइदा नपुग्ने भनाई

    एमसीसी पास गर्न अमेरिकाको दवाव, अनुमोदनमा ढिलाई भए आर्थिक वृद्धिमा फाइदा नपुग्ने भनाई

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले एमसीसी अनुदान स्वीकार गर्न नेपाललाई अप्रत्यक्ष दवाव दिएको छ । संसदमा विचाराधिन यो अनुदान स्वीकार गर्दा नेपालमा थप रोजगारी सिर्जना हुने तथा आर्थिक वृद्धि हुने भन्दै अमेरिकाले मनोवैज्ञानिक दवाव सिर्जना हुने गरी विज्ञप्ती निकालेको छ ।

    नेपालस्थित अमेरिकी दूतावासले निकालेको विज्ञप्तीमा यद्दपी अनुदान स्वीकार गर्ने वा नगर्ने भन्ने विषय भने नेपालमै रोजाईको विषय भएको उल्लेख गरेको छ । कोषको रकम सधैं उपलब्ध नहुने समेत दूतावासले उल्लेख गरेको छ । संसदबाट एमसीसी सम्झौता अनुमोदन अहिलेसम्म नभएको सम्बन्धमा समेत अमेरिकापूर्ण जानकार रहेको समेत दूतावासको भनाई छ ।

    अमेरिकाले यो कार्यक्रमको व्यवहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस कदम आवश्यक देखिएको समेत उल्लेख गरेको छ । अमेरिकाले एमसीसी सम्झौताका कार्यक्रम अघि बढाउन नेपालका सबै प्रमुख राजनीतिक दलको प्रतिनिधित्व भएका सरकारहरुले सन् २०१२ देखि लगातार प्रतिवद्धता जनाएको स्मरण समेत गराएको छ ।

    सम्झौताले विद्युत प्रसारण लाइन पूर्वाधारको निर्माण र सडक मर्मत सम्भारका क्रियाकलाप गरी २ करोड ३० लाख नेपालीलाई प्रत्यक्ष रुपमा लाभ दिने अमेरिकाको भनाई छ ।

    अमेरिका र नेपालबीचको ७३ वर्ष लामो साझेदारीमा दुवै देशको हित हुने गरी विभिन्न क्षेत्रमा सफल सहकार्य भएको स्मरण अमेरिकाले गराएको छ । एमसीसी अनुमोदन गर्नुपर्ने अवधि १७ असारमा सकिदैछ ।

    तर, नेकपा भित्रको आन्तरिक विवादका कारण यो पास हुन सकेको छैन । अमेरिकाले म्याद नथपे यो कार्यक्रम रद्द हुन्छ । एमसीसी अन्तर्गत अमेरिकाले ५० करोड डलर नेपाललाई उपलब्ध गराउने भनेको छ । जसमा प्रसारण लाइनका परियोजना रहेका छन् ।

  • कोरोना रोक्न  गरिएको लकडाउन खुलाउन आयोजित आन्दोलनको नेतृत्वकर्ता नै कोरोना संक्रमित

    कोरोना रोक्न गरिएको लकडाउन खुलाउन आयोजित आन्दोलनको नेतृत्वकर्ता नै कोरोना संक्रमित

    न्युयोर्क

    अमेरिकामा कोरोना महामारी सुरु भएपछि अधिकांश राज्यमा ‘स्टे होम अर्डर’ जारी गरी सम्पूर्ण ब्यापार ब्यबसाय बन्द गरिए । लामो समय राज्यहरु बन्द गरेको भन्दै कतिपय राज्यहरुमा जनताहरु सांगठनिक हिसाबबाट स्थानीय सरकार बिरुद्ध प्रदर्शनमा उत्रिए ।राज्यको अर्थतन्त्र तत्काल खोल्न्नु पर्ने माग सहित आन्दोलनको नेत्रित्व गरेका मेरिल्यान्ड राज्यका एक ब्यक्ति स्वयम् कोरोना संक्रमित  भएका छन् ।

    कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउनलाई मेरिल्यान्ड राज्यमा खोल्नु पर्ने मागको नेतृत्वकर्ता टिम वाल्टरले गत हप्ता आफु कोरोना संक्रमित भएको सोसल मिडियाबाट सार्वजनिक गरेका छन् । उनले सोसल मिडियामा लेखेका छन्; “म हिजो कोभिड -१९ पोजेटिभ भएको पत्ता लाग्यो । महिनौंसम्म मास्क नलागाई आन्दोलनमा हिंडेको थिए । चर्चमा अनि यता उता हिंडेको थिए ।  कस्तो अचम्म यो कस्तो सनकी चिज रहेछ” । टिम वाल्टरले मेरिल्यान्ड गभर्नर ल्यारी होगनले राज्यलाई बन्द गरेर ठीक नगरेको भन्दै आन्दोलन गरेका थिए । वासिङ्टन पोष्टका अनुसार वाल्टरले उनिसँग संसर्गमा आएका मानिसहरुको नाम बताउन अस्विकार गरेका छन् ।  


    उनलाई बिगत एक महिनादेखि सुख्खा खोकी लागेको थियो तर त्यो खोकी पछि झन् झन् बढ्दै गयो । बिस्तारै टाउको पनि ज्यादै दुख्न र ज्वरो आउन थाल्यो साथमा एउटा आँखाले राम्रोसँग हेर्न पनि नस्क्ने भए पछि वाल्टर  अस्पतालको आकस्मिक कक्षमा गए । त्यसपछि कोभिड -१९ पोजेटिभ भएको पत्ता लागेको वाल्टरले सामाजिक संजालमा लेखेका छन् । ५३ बर्षीय वाल्टर मधुमेहका बिरामी हुन । उनलाई सामान्य स्ट्रोक पनि भै सकेको वासिङ्टन पोष्टले लेखेको छ । 

    वाल्टरले शुक्रबार आफ्नो स्वास्थ अवस्था बारे जानकारी गराउँदै गरेको एक फेसबुक लाईभ भिडियोमा कतिपयले उनलाई आफुसँग प्रत्यक्ष संसर्गमा आएका मानिसहरुको नाम नबताएर स्वार्थी बनेको आरोप समेत लगाएका छन् । वाल्टर मेरिल्यान्ड राज्यको ब्यबस्थापिका संसदको सदश्यमा दुई पटक पराजित रिपब्लिकन पार्टीका उम्मेद्वार हुन् ।

  • जातिबादी भिडियो रिट्विट गरेका ट्रम्पले एक घण्टा भित्र किन हटाए ?

    जातिबादी भिडियो रिट्विट गरेका ट्रम्पले एक घण्टा भित्र किन हटाए ?

    न्युयोर्क

    राष्ट्रपति डोनाल्ड ट्रम्पले आईतबार बिहान रिट्विट गरेको एक बिबादित भिडियो आफ्नो टाईम लाईनबाट हटाएका छन् । ट्रम्पले आईतबार बिहानै ट्रम्प पक्षधर र उनको आलोचक बीचको भनाभनको भिडियोमा ट्रम्प पक्षधरले ‘ह्वाईट पावर ह्वाईट पावर’ भन्दै जातियताबादी शब्द प्रयोग गरेर चिच्याएको भिडियो ट्विटरमा रिट्विट गरेका हुन् भने भिडियोलाई फेसबुकमा सेयर गरेका थिए ।  

    राष्ट्रपति ट्रम्पले भिडियोमा प्रदर्शन गर्दै गरेको देखिएका फ्लोरिडा रिटायरमेन्ट कम्युनिटीका  उनका समर्थकलाई ‘धन्यवाद गाउँका महान ब्यक्तिहरु’ भन्दै बिबादित भिडियोलाई सेयर गरेका थिए । उक्त भिडियो रिट्विट गरेको एक घण्टा पछि उनको एकाउन्टबाट हटेको हो  । भिडियो हटाएको बारे उक्त भिडियोको एउटा बाक्यांश राष्ट्रपतिले नसुनेको प्रतिकृया दिएको ह्वाईट हाऊस प्रबक्ता जड डेरको हवाला दिदै लसएन्जलस टाईम्सले जनाएको छ । 

    गत मार्चमा प्रहरी नियन्त्रणमा जर्ज फ्लोएडको मृत्‍यु प्रकरणपछि अमेरिकामा देशभर रंगभेद बिरुद्धको आन्दोलन चर्किदै गएको अवस्थामा राष्ट्रपति ट्रम्पले यो बिबादस्पद भिडियो ट्विट गरेर हटाएका हुन् । त्यस अगाडि साउथ क्यारोलाइनाबाट अमेरिकी सिनेटमा एक मात्र अफ्रिकन अमेरिकन रिपब्लिकन सिनेटर टिम स्कटले सिएनएनसँगको ‘स्टेट अफ युनियन’ कार्यक्रममा भनेका थिए; “त्यो बिषयमा कुनै प्रश्न उठ्ने कुरै छैन । त्यो भिडियो रिट्विट गर्न हुने थिएन । राष्ट्रपति ट्रम्पले तुरुन्तै त्यो भिडियो हटाउनु पर्छ” ।