उपसभामुख रुस प्रस्थान

काठमाडौं । उपसभामुख इन्दिरा रानामगर सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी रूस प्रस्थान गरेकी छन् । कार्यक्रम असोज २ देखि ४ गतेसम्म हुँदैछ । उपसभामुख राना दुबई, रुस राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्ने तालिका रहेको उनको निजी सचिवालयले जनाएको छ । रूसी महासंघ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको… Continue reading उपसभामुख रुस प्रस्थान

यूरोपका विभिन्न शहरमा बाढी, कम्तिमा ८ जनाको मृत्यु

file

काठमाडौं । मध्य तथा पूर्वी युरोपका विभिन्न देशमा दशकयताकै ठूलो बाढीका कारण कम्तीमा ८ जनाको ज्यान गएको छ । बाढीका कारण रोमानियामा ६ जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ । पोल्यान्ड र अस्ट्रियामा एक–एक जनाको मृत्यु भएको हो । रोमानियका गृहमन्त्री कटालिन प्रेडोयुले देशका विभिन्न सात क्षेत्रमा बाढीले निकै क्षति पुर्‍याएको जनाएका छन् । उनले… Continue reading यूरोपका विभिन्न शहरमा बाढी, कम्तिमा ८ जनाको मृत्यु

अमेरिका जानु अघि प्रधानमन्त्रीले भने : नेपालको शिर ढल्ने कुनै काम गर्दिन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् । महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसङ्घको बडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको… Continue reading अमेरिका जानु अघि प्रधानमन्त्रीले भने : नेपालको शिर ढल्ने कुनै काम गर्दिन

सहकारीको रकम दुरुपयोग गरी विदेश पलायन भएकाको खोज गर्न गृहलाई निर्देशन

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई), भरत महर्जनसहितका… Continue reading सहकारीको रकम दुरुपयोग गरी विदेश पलायन भएकाको खोज गर्न गृहलाई निर्देशन

नेपाली तरकारी कतार निर्यात

काठमाडौं । नेपाली किसानले उत्पादन गरेको तरकारी कतार निर्यात भएको छ । काठमाडौँ उपत्यकाका किसानले उत्पादन गरेको सो तरकारी बिहीबार कतार निर्यात भएको हो । चीनको सहयोगमा सञ्चालित ग्रामीण विकासका लागि (सिएफआरडी) कार्यक्रम अन्तर्गत किसानले सो तरकारी उत्पादन गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी दक्षिणकाली नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी कतार पठाएको हो ।… Continue reading नेपाली तरकारी कतार निर्यात

त्रिभुवन विमानस्थलमा खादा\माला प्रयोग नगर्न प्राधिकरणको आग्रह

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनलमा खादा तथा माला देखिने गरी प्रयोग नगर्न आग्रह गरेको छ । कार्यालयले बिहीबार एक सूचना जारी गरेर यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा… Continue reading त्रिभुवन विमानस्थलमा खादा\माला प्रयोग नगर्न प्राधिकरणको आग्रह

इटालीबाट स्वदेश फर्काइयो वाइडबडी जहाज

Photo : ekantipur

काठमाडौं । नियमित मर्मतमा इटाली पठाइएको नेपाल एयरलाइनसको वाइडबडी जहाज नेपाल फिर्ता ल्याइएको छ । जहाज २२ जुनमा इटाली पठाइएको थियो । नियमित मर्मत पुरा गरी जहाज आज बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । यो जहाजको अभावले जापानसहित लामो दूरीमा निगमको उडान प्रभावित भएको थियो । निगमका प्रवक्ता रमेश पौडेलले अब यी गन्तब्यमा… Continue reading इटालीबाट स्वदेश फर्काइयो वाइडबडी जहाज

ओलम्पियाड खेल्ने चेस टोलीलाई हङ्गेरीले भिसा दिएन

काठमाडौं । नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ । नेपालस्थित जर्मन राजदूतावासले चेस टोली फर्कनेमा शङ्का गर्दै भिसा दिन अस्वीकार गरेपछि चेस टोलीले भारतबाट हङ्गेरीको भिसा लिन प्रयास गरेको थियो । भारत पुगेको चेस टोलीलाई त्यहाँ पनि हङ्गेरी राजदूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता… Continue reading ओलम्पियाड खेल्ने चेस टोलीलाई हङ्गेरीले भिसा दिएन

कोरियाले नेपाललाई दिने भयो १ अर्ब भन्दा बढी सहायता

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर (रु एक अर्ब ७ करोड) प्रदान गर्ने भएको छ । कोइका र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच मङ्गलबार समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) का निम्ति उक्त रकम प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा कोरिया सरकारका तर्फबाट कोइकाका देशीय निर्देशक मोह्युन कोङ… Continue reading कोरियाले नेपाललाई दिने भयो १ अर्ब भन्दा बढी सहायता

वन मन्त्री ब्राजिल प्रस्थान

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ब्राजिल प्रस्थान गरेका छन् । को रियो दि जेनेरियो सहरमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । ब्राजिल सरकार तथा संयुक्त राष्ट्रसङ्घअन्तर्गत वातावरण संस्था ‘युएनइपी’को संयुक्त आयोजनामा हुने सम्मेलन यही भदौ २७ र २८… Continue reading वन मन्त्री ब्राजिल प्रस्थान

न्युयोर्कमा सरल नेपाली भाषा तथा संकृति केन्द्रले आठौँ वार्षिक उत्सव मनायो

दिपक राज पाण्डे, न्युयोर्क । बिगत ८ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको सरल नेपाली भाषा तथा संस्कृति केन्द्र (www.SNLCC.org) ले सेप्टेम्बर ०८, २०२४ आइतबारका दिन संस्थाको आठौँ वार्षिक उत्सव एवम् वार्षिक पटलक वनभोज कार्यक्रम सम्पन्न गरेको छ। हरेक वर्ष कक्षामा सहभागी हुने विद्यार्थीहरु तथा परिवार सहित मनाउँदै आएको वार्षिक कार्यक्रम यो वर्ष पनि न्युयोर्कस्थित फरेष्ट पार्कमा… Continue reading न्युयोर्कमा सरल नेपाली भाषा तथा संकृति केन्द्रले आठौँ वार्षिक उत्सव मनायो

अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता आवश्यक

काठमाडौं । अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, तयारी पोसाक संघ, नेपाल–अमेरिका चेम्बर अफ कमर्स, यूएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना गरेको नेपाल–अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम… Continue reading अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता आवश्यक

राष्ट्रसङ्घको ७९औँ महासभा मंगलबारबाट, प्रधानमन्त्री ओलीको सम्बोधन १० असोजमा

काठमाडौं । कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा मंगलबारदेखि सुरु हुँदैछ । राष्ट्रसङ्घको महासभा मंगलबारदेखि सुरु भए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ । उक्त छलफल असोज १२ गतेसम्म हुने… Continue reading राष्ट्रसङ्घको ७९औँ महासभा मंगलबारबाट, प्रधानमन्त्री ओलीको सम्बोधन १० असोजमा

इपीएस सम्झौताको १७ वर्ष पुरा, १ लाख भन्दा धेरै नेपालीले पाए रोजगारी

agency

काठमाडौं । दक्षिण कोरियामा इपीएस प्रणालीबाट पछिल्लो १७ वर्षमा एक लाख भन्दा धेरै नेपालीले आकर्षक रोजगारी पाएका छन् । निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । इपिएस सुरु भएयता लिइएका भाषा… Continue reading इपीएस सम्झौताको १७ वर्ष पुरा, १ लाख भन्दा धेरै नेपालीले पाए रोजगारी

प्रधानमन्त्री भन्छन् : भारतसँगका समस्या वार्ताबाटै समाधान हुन्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरे नेपाल–भारतबिचका समस्या सहजै समाधान गर्न नसकिने बताएका छन् । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल–भारतबिचमा धेरै नभए पनि केही समस्या रहेको र… Continue reading प्रधानमन्त्री भन्छन् : भारतसँगका समस्या वार्ताबाटै समाधान हुन्छन्

इराक चाहन्छ नेपाली कामदार

काठमाडौं । आफूमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउँदै नेपालबाट दक्ष कामदार लैजान इराकले इच्छा देखाएको छ । उसले नेपालसँग श्रम समझदारी गर्ने प्रस्ताव पनि गरेको छ । कुनै समय द्वन्द्व र युद्धका कारण थलिएको इराक अब पूर्वाधार विकासमा अघि बढ्ने भन्दै नेपालबाट दक्ष जनशक्ति लैजान नेपालसँग श्रम समझदारी गर्न खोज्दै छ । इराकमा श्रम गर्न वा घुम्न जान पनि… Continue reading इराक चाहन्छ नेपाली कामदार

नेपाललाई जर्मनीले ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

काठमाडौं । नेपाल सरकार र जर्मनी सरकारकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ। वार्तामा जर्मनी सरकारको तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ। सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने,… Continue reading नेपाललाई जर्मनीले ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको ११ दिने न्युयोर्क भ्रमण स्वीकृत गरेको हो । न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन जाने प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोलीलाई स्वीकृत दिएको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए… Continue reading प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

नेपाली महिला फूटबल टोलीकी कप्तान एञ्जिलाले यूरोपमा व्यवसायिक लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् । एञ्जिलालाई ग्रिसको महिला ए डिभिजन लिग क्लब निस अट्रोमिटोउले नयाँ सिजनका लागि अनुबन्ध गरेको छ । उनलाई क्लबले २०२४–२५ को सिजनका लागि सम्झौता गरेको जनाएको छ । सम्झौता रकम खुलाइएको छैन । एक दशकभन्दा बढी समय… Continue reading नेपाली महिला फूटबल टोलीकी कप्तान एञ्जिलाले यूरोपमा व्यवसायिक लिग खेल्ने

थाइल्याण्डमा पाटाले गर्यो नेपाल प्रवर्द्धन

थाइल्यान्डको बैंककमा आयोजित प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ट्राभल मार्ट २०२४ मा नेपाल प्रवर्द्धन गरिएको छ । नेपालबाट १८ निजी कम्पनीसहित पाटा नेपालले सहभागिता जनाएको थियो । पाटा ट्राभल मार्टमा ४५ वटा गन्तव्यबाट ९ सयभन्दा बढी प्रतिनिधि सहभागि थिए । २४ गन्तव्यका १६८ विक्रेता संस्थाबाट २६६ जना प्रतिनिधिका साथै ३१ स्रोत बजारका १७३ संस्थाबाट १९१… Continue reading थाइल्याण्डमा पाटाले गर्यो नेपाल प्रवर्द्धन

राष्ट्र बैंकको अध्ययनले एफडीआईमा के देखियो ?

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीबाट प्राप्त प्रतिफलले कुल प्रत्यक्ष वैदेशिक लगानी वृद्धि हुँदै गएको देखिएको छ । तर, खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने गिरावट आएको देखिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९–८०’ सार्वजनिक गर्दै नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात करिब ३ खर्ब पुग्न… Continue reading राष्ट्र बैंकको अध्ययनले एफडीआईमा के देखियो ?

अमेरिकामा नेपाली विद्यार्थीको हत्याराको पहिचान खुल्यो, कारण खुल्न बाँकी

काठमाडौं । अमेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा गोली हानी नेपाली विद्यार्थीको हत्या गर्ने व्यक्तिको पहिचान खुलेको छ । प्रहरीले उनको पहिचान सार्वजनिक गरेको छ । ह्युस्टन प्रहरीले बिहीबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय बबि सिंह शाह भएको बताएको छ । उनलाई प्रहरीले हत्या आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीले… Continue reading अमेरिकामा नेपाली विद्यार्थीको हत्याराको पहिचान खुल्यो, कारण खुल्न बाँकी

टीआरसी विधेयक पारित भएकोमा अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायको स्वागत

काठमाडौं । नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको संयुक्त राज्य अमेरिकासहित विभिन्न देशले स्वागत गरेका छन् । अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन (ईयू), जर्मनी र फ्रान्सले बिहीबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उक्त विधेयकको स्वागत… Continue reading टीआरसी विधेयक पारित भएकोमा अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायको स्वागत

अमेरिकामा नेपाली युवतीलाई गोली हानी हत्या गर्ने व्यक्तिको तस्वीर सार्वजनिक

Photo : nepyork.com

काठमाडौं । अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक गरिएको छ । बुधबार ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले उल्लेख गरेको छ। ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा… Continue reading अमेरिकामा नेपाली युवतीलाई गोली हानी हत्या गर्ने व्यक्तिको तस्वीर सार्वजनिक

अमेरिका सपना बोकेर कसरी ब्राजिल पुगे सयौं नेपाली ?

काठमाडौं । ब्राजिल ट्रान्जिट बनाएर तेस्रो देश जान लागेको ठानिएका १७६ नेपाली साओ पाउलो विमानस्थलमा अलपत्र परेपछि नेपाली अधिकारीले उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने विषयमा खोजी सुरु गरेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्रले अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे भन्नेबारे खोजी सुरु गरिएको बताएको बीबीसीले जनाएको छ । लामो समयदेखि… Continue reading अमेरिका सपना बोकेर कसरी ब्राजिल पुगे सयौं नेपाली ?

नेपाललाई बेलायतले करीव १२ अर्ब अनुदान दिने

काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा–छुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालमा ‘उत्थानशीलता, अनुकूलनता तथा समावेशिता’ कार्यक्रमका लागि करिब ६.५ अर्ब नेपाली रुपैयाँ (३८.५ मिलियन पाउन्ड) को अनुदान सहायता सम्झौता भएको हो । ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालय अन्तर्गत विपद्… Continue reading नेपाललाई बेलायतले करीव १२ अर्ब अनुदान दिने

जापानले नेपाललाई ४२ करोड अनुदान दिने

काठमाडौं । जापान सरकारले नेपाललाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजना अन्तर्गत उक्त अनुदान सहायता उपलब्ध गराउने भएको हो । अर्थ मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत किकुता युताकाले सम्झौता… Continue reading जापानले नेपाललाई ४२ करोड अनुदान दिने

अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपाली प्रभावित हुने

काठमाडौं । अस्ट्रेलियाले नयाँ विदेशी विद्यार्थीलाई अध्ययन गर्ने अवसर दिने बारे अब सीमा तोक्ने भएको छ । अस्ट्रेलियाले कोभिड महामारीपूर्वको तहमा आप्रवासन घटाउने प्रयास गरिरहेको छ। सर्वाधिक विदेशी विद्यार्थी स्वीकार गर्ने देशहरूको सूचीमा अस्ट्रेलिया अगाडी पर्छ । आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २,७०,००० मा सीमित हुने बताइएको छ ।… Continue reading अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपाली प्रभावित हुने

अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको… Continue reading अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

अवैध रुपमा अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा रोकिए

काठमाडौं । अवैध रूपमा संयुक्त राज्य अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा फसेका छन्। तर उनीहरू सुरक्षित रहेको मंगलबार ब्राजिलस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ। ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएका समाचार केहीदिनअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको थियो। त्यहाँ भएका नेपालीहरूलाई दूतावासले आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउने… Continue reading अवैध रुपमा अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा रोकिए