भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्र मन्त्री राणाको भेट

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटका क्रममा आपसी हितका विविध पक्षमा नेपाल भारत सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी समेत भएको थियो । भेटमा भारतीय विदेशमन्त्री… Continue reading भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्र मन्त्री राणाको भेट

परराष्ट्र मन्त्री राणा र समकक्षी जयशंकरबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । भारतीय समकक्षी एस जयशंकरसँग दुई देशको हित, आसी सहयोग र सम्बन्ध सुधारबारे छलफल भएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छन् । दिल्ली भ्रमणमा रहेकी मन्त्री राणाले भारतीय विदेश मन्त्री जयशंकरलाई भेटेपछि सामाजिक सञ्जाल मार्फत् छलफलबारे उल्लेख गरेकी छन् । ‘भारतीय विदेशमन्त्री श्री एस. जयशंकरसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा… Continue reading परराष्ट्र मन्त्री राणा र समकक्षी जयशंकरबीच भेट, के भयो कुराकानी ?

परराष्ट्र मन्त्री राणाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेट्दै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भेटवार्ता हुने भएको छ । राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा छिन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । आइतबार नयाँदिल्ली पुगेकी मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका नेपाल… Continue reading परराष्ट्र मन्त्री राणाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेट्दै

ऐतिहासिक बिन्दुमा विदेशी मुद्रा सञ्चिति, साढे २० खर्ब माथि

काठमाडौं । एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि हुँदा कुल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०–८१ को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार कुल विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको हो । यो २०८० असार मसान्तको तुलनामा ३२.६ प्रतिशतले धेरै… Continue reading ऐतिहासिक बिन्दुमा विदेशी मुद्रा सञ्चिति, साढे २० खर्ब माथि

परराष्ट्र मन्त्री दिल्लीमा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी नयाँदिल्ली पुगेकि छिन् ।भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा गएकी डा. राणालाई आइतबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावास र भारतको विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे । भ्रमणका क्रममा उनले भारतीय समकक्षी विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।… Continue reading परराष्ट्र मन्त्री दिल्लीमा

१० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड यसै महिनाबाट कार्यान्वयनमा

काठमाडौं । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ ।यसैक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भयो । सो अवसरमा २०८१ साल भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रकृया पूरा गर्ने सहमति भएको छ ।नेपाल सरकारको… Continue reading १० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड यसै महिनाबाट कार्यान्वयनमा

परराष्ट्र मन्त्री आजबाट भारत भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणमा जाँदै छिन् । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले १८ देखि २२ अगस्ट अर्थात २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने जानकारी गराएको छ । भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका… Continue reading परराष्ट्र मन्त्री आजबाट भारत भ्रमणमा जाँदै

ग्लोबल साउथ समिटमा प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गरेका छन् । यस क्षेत्रका करिब १५ राष्ट्रप्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्विट गर्दै यस महत्त्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए । ‘हामीले साझा प्रयासबाट… Continue reading ग्लोबल साउथ समिटमा प्रधानमन्त्री ओलीको सम्बोधन

अमेरिकी उपराज्यमन्त्री बर्मा नेपाल भ्रमणमा आउँदै

काठमाडौं । अमेरिकाको व्यवस्थापन र स्रोत सम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्माले नेपाल र भारतको भ्रमण गर्ने भएका छन् । उनी शुक्रबार नेपाल भ्रमणमा आउन लागेका हुन् । अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताद्वारा बिहीबार जारी गरेको वक्तव्यअनुसार बर्माले भदौ १ देखि ६ गतेसम्म नेपाल र भारतको भ्रमण गर्न लागेका हुन् । उनी पहिला नेपाल आएर भारत भ्रमणमा… Continue reading अमेरिकी उपराज्यमन्त्री बर्मा नेपाल भ्रमणमा आउँदै

परराष्ट्र मन्त्री देउवा भारत भ्रमणमा जाने

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । उनी आउँदो हप्ता भारत जाने तय भएको परराष्ट्र मन्त्रालय स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । भारतका विदेश सचिव बिक्रम मिस्रीको निम्तोमा राणा दिल्ली भ्रमणमा जान लागेकी हुन् । ‘भारतका विदेश सचिवले भारत भ्रमणको निम्तो दिएका थिए । आइतबारदेखि मंगलबारसम्म भारतको भ्रमण… Continue reading परराष्ट्र मन्त्री देउवा भारत भ्रमणमा जाने

वैदेशिक रोजगार सम्बन्धी सेवा अब पोखरा र भैरहवामा समेत बिस्तार गर्ने निर्णय

Photo : Gorakhapatra

काठमाडौं । सरकारले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल रहेका सहर पोखरा र भैरहवामा वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा विस्तार गर्ने निर्णय गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको पहलमा सरोकारवाला संघसंस्था र कार्यालयका प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट… Continue reading वैदेशिक रोजगार सम्बन्धी सेवा अब पोखरा र भैरहवामा समेत बिस्तार गर्ने निर्णय

प्रधानमन्त्रीलाई कतारमा आयोजना हुने एसीडी सम्मेलनमा निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन को(अपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ। कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरी उक्त निमन्त्रणा हस्तान्तरण गरेका हुन्। उक्त एसिडी मञ्चमा नेपालससिहत ३५ मुलुक आबद्ध छन्। मञ्चको १९औं मन्त्रीस्तरीय बैठक २०२४… Continue reading प्रधानमन्त्रीलाई कतारमा आयोजना हुने एसीडी सम्मेलनमा निमन्त्रणा

भारतीय विदेश सचिवको नेपाल भ्रमणको अर्थ के हो ?

काठमाडौं । भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीको दुई दिने नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन थप मद्दत मिलेको प्रतिक्रिया दिएको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपालको दुई दिने भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किएपछि भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ । विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई… Continue reading भारतीय विदेश सचिवको नेपाल भ्रमणको अर्थ के हो ?

खाडी मुलुकबाट धेरै नेपाली हुन्छन् डिपोट, अमेरिकाबाट कति ?

पछिल्लो तीन वर्षमा चार हजार नेपाली विदेशबाट फर्काइएको तथ्यांक सार्वजनिक भएको छ । वैदेशिक रोजगार, अध्ययन लगायत विभिन्न कामका लागि विदेश पुगेका नेपालीमध्ये सन् २०२१ देखि २०२४ अगस्टसम्म तीन हजार ९३७ जनालाई नेपाल फिर्ता पठाइएको छ । अध्यागमन विभागका अनुसार अध्यागमनबाट प्रवेश अस्वीकार हुनु वा गैरकानुनी क्रियाकलापका कारण नेपालीलाई यतै फर्काउने गरिएको छ । हरेक… Continue reading खाडी मुलुकबाट धेरै नेपाली हुन्छन् डिपोट, अमेरिकाबाट कति ?

हिमालय एयरलाइन्सले कुवेतमा पुनः नियमित उडान गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले कुवेतमा काठमाडौंबाट सिधा उडान गर्ने भएको छ । २० अगस्ट २०२४ देखि कुवेतमा आफ्नो सिधा उडान सुरु गर्ने कम्पनीले जनाएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको अधिक माग सम्बोधन गर्दै हिमालयले पुनः उडान सुरु गर्न लागेको बताएको छ । कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्टका रूपमा… Continue reading हिमालय एयरलाइन्सले कुवेतमा पुनः नियमित उडान गर्ने

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । शिष्टाचार भेटका लागि नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् । प्रधानमन्त्री ओलीसमक्ष नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे ।… Continue reading भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

भारतीय विदेश सचिव आजबाट नेपाल भ्रमण गर्दै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणमा आज काठमाडौं आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन् । नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । विदेश सचिव बनेलगत्तै मिश्रीले पहिलो भ्रमण भने भुटानमा गरेका थिए । नेपाल भ्रमणका क्रममा उनले नेपाल(भारतको सम्बन्ध… Continue reading भारतीय विदेश सचिव आजबाट नेपाल भ्रमण गर्दै

इजरायलमा कामदार पठाउने प्रक्रिया सहज बनाउन समिति गठन

काठमाडौं । सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरुको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन आज एक छानबिन समिति गठन गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता, सहसचिव गोविन्दप्रसाद रिजालले जानकारी दिए । कामदारहरुबाट पेस गरिएका कागजातको सम्बन्धमा पत्रपत्रिकामा आएको… Continue reading इजरायलमा कामदार पठाउने प्रक्रिया सहज बनाउन समिति गठन

भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने भ्रमणका लागि आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री २७ साउन, आइतबार नेपाल आउने भएका हुन् । भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम तय… Continue reading भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउँदै

रुसी सेनामा ज्यान गुमाएका पाँच नेपालीको परिवारलाई अस्तुधातु हस्तान्तरण

काठमाडौं । रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ । युद्धमा मृत्यु भएका देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश श्रेष्ठको परिवारका सदस्यबाट सहमति लिई उतै दाहसंस्कार गरी अस्तुधातु नेपाल ल्याएर परिवारलाई बुधबार सम्पर्क(हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।… Continue reading रुसी सेनामा ज्यान गुमाएका पाँच नेपालीको परिवारलाई अस्तुधातु हस्तान्तरण

बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने, महासंघ सदस्य बन्ने

काठमाडौं । बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने भएको छ । बिमस्टेक विजनेस समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् प्रतिनिधि र बिमस्टेक महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले सो निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने भएको छ । आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन… Continue reading बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने, महासंघ सदस्य बन्ने

बंगलादेश तनाव : नेपालले सार्वजनिक गर्यो औपचारिक धारणा

काठमाडौं । नेपाल सरकारले बंगलादेशमा चाँडै प्रजातन्त्र पुनर्स्थापना हुने अपेक्षा राखेको बताएको छ । बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे नेपाल सरकारले बुधबार आफ्नो धारणा सार्वजनिक गरेको हो । बंगलादेशका जनताले अहिलेको संक्रमणलाई हटाएर चाँडै मुलुकलाई शान्ति र स्थिरताको बाटोमा पुर्‍याउने नेपालले विश्वास गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई… Continue reading बंगलादेश तनाव : नेपालले सार्वजनिक गर्यो औपचारिक धारणा

बेलायती राजदूत भन्छन् : नेपाल सधैका लागि राम्रो ठाँउ हो

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाल सधैंका लागि राम्रो ठाउँ रहेको बताएका छन् । मंगलबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग भएको शिष्टाचार भेटमा राजदूत फेनले उक्त भनाइ राखेका हुन् । भेटमा राजदूत फेनले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा राम्रो छवि भएको समेत बताए । ‘नेपाल सधैंका लागि राम्रो ठाउँ हो,’ उनले भने, ‘काठमाडौंको… Continue reading बेलायती राजदूत भन्छन् : नेपाल सधैका लागि राम्रो ठाँउ हो

बेलायतमा हुलदंगा भएको स्थानमा नजान नेपाली दूतावासको अनुरोध

SKY News

काठमाडौं । बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदंगा चलिरहेको हुँदा त्यस्तो स्थानमा नजान बेलायतस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । मंगलबार अपिल जारी गर्दै बेलायतमा रहेका र बेलायत भ्रमण गर्न लागेका नेपाली नागरिकलाई त्यस्तो स्थानमा नजान आग्रह गरेको हो । राजदूतावासले आवश्यक सुरक्षा सतर्कता अपनाउन र सुरक्षा निकायले जारी गरेका सूचनाहरूको पालना गर्न अनुरोध… Continue reading बेलायतमा हुलदंगा भएको स्थानमा नजान नेपाली दूतावासको अनुरोध

इजरायलका लागि साढे ३ हजार नेपाली कामदारको आवेदन स्वीकृत

काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्न दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । दोस्रो चरणमा केयर गिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला गरी तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको छ ।… Continue reading इजरायलका लागि साढे ३ हजार नेपाली कामदारको आवेदन स्वीकृत

बंगलादेशी प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारीले गरे लुटपाट

काठमाडौं । बंगलादेशमा प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले भने केही समय अगाडि मात्र निवास छाडेकी थिइन् । उनले राजीनामा ममेत दिइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए । आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दियो । तर आन्दोलन रोकिएन… Continue reading बंगलादेशी प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारीले गरे लुटपाट

लेवनानमा सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय

काठमाडौं । मध्यपूर्वमा तनाव बढ्न थाले पनि त्यहाँ रहेका नेपालीहरु हालसम्म सुरक्षित नै रहेको र उनीहरुको सहजताका लागि निरन्तर प्रयत्न गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गरी लेबनानमा विकसित पछिल्लो घटनाक्रममा त्यहाँ सम्पूर्ण नेपालीको सुरक्षा तथा हितका लागि नेपाल सरकार सचेत रहेको जनाएको हो । मन्त्रालयले तत्कालै थप कुनै सहयोग… Continue reading लेवनानमा सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय

बंगलादेशमा राजनीतिक संकट, नेपालमा सुरक्षा सतर्कता

काठमाडौं । आरक्षणको विरोधमा बंगलादेशमा आन्दोलन चर्किएर प्रधानमन्त्रीले समेत देश छोडेपछि नेपालमा समेत उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गृह मन्त्रालयले सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन भन्दै निर्देशन दिएको हो । नेपाल प्रहरीले उच्च सतर्कता अपनाउँदे थप जनशक्ति परिचालन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । सशस्त्र… Continue reading बंगलादेशमा राजनीतिक संकट, नेपालमा सुरक्षा सतर्कता

नेपाली दूतावासले भन्यो : बंगलादेशमा सबै नेपाली सतर्क रहनु

काठमाडौं । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन पुनस् चर्किएर हिंसात्मक बन्न थालेपछि ढाकास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन भनेको छ । दूतावासले सोमबार एक सूचना जारी गरेर नेपाली विद्यार्थीलाई आफू बसेको ठाउँमा सुरक्षित रहन अनुरोध गरेको हो । आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्न थालेपछि अहिले बंगलादेश सरकारले कर्फ्यू आदेश जारी गरेको छ ।… Continue reading नेपाली दूतावासले भन्यो : बंगलादेशमा सबै नेपाली सतर्क रहनु

बंगलादेशमा प्रदर्शनकारीले लखेटे प्रधानमन्त्री, देश छाडेर निर्वासनमा

काठमाडौं । राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ । प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् । बीबीसी बंगला सेवाका अनुसार, यसअघि… Continue reading बंगलादेशमा प्रदर्शनकारीले लखेटे प्रधानमन्त्री, देश छाडेर निर्वासनमा