श्रीलंकाका विदेशमन्त्री काठमाडौं आउँदै

काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने छ ।… Continue reading श्रीलंकाका विदेशमन्त्री काठमाडौं आउँदै

नेपालीलाई रोजगारीमा लैजाने इजरायल सरकारको प्रस्ताव

REUTERS

काठमाडौं । लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका नेपाली विद्यार्थीहरुलाई इजरायलले रोजगारीका लागि लैजान प्रस्ताव गरेको छ । आफ्नो पढाइ अन्तर्गत नै इजरायलको कृषि क्षेत्रमा छोटो समय काम गरेर फर्किएका विद्यार्थीलाई कृषि क्षेत्रमा कामदारका रुपमा लैजान इजरायलले नेपालसमक्ष प्रस्ताव गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताएका छन् । कृषि अध्ययन अन्तर्गत इजरायलमा… Continue reading नेपालीलाई रोजगारीमा लैजाने इजरायल सरकारको प्रस्ताव

एक महिनामा कामको खोजिमा विदेशिए ७१ हजार नेपाली

काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ७१ हजार भन्दा धेरै नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या ७१ हजार २७६ पुगेको हो । जुन चालु आव २०८०र८१ को एक महिनामा विदेशिएका नेपालीको सर्वाधिक संख्या हो । यो मंसिरमा अघिल्लो वर्षको यसै… Continue reading एक महिनामा कामको खोजिमा विदेशिए ७१ हजार नेपाली

मालीबाट नेपाली शान्ती सैनिक फिर्ता, मिसन बन्द

काठमाडौं । द्वन्द्वग्रस्त अफ्रिकी मालीमा रहेको संयुक्त राष्ट्रसंघको शान्ति मिसन बन्द भएसँगै त्यहाँ रहेको नेपाली सेना फिर्ता भएको छ । मिसनमा रहेका ५९ जना सैनिकहरू सोमबार संयुक्त राष्ट्रसंघको चार्टड विमानमा नेपाल फर्किएको नेपाली सेनाले जनाएको छ । राष्ट्रसंघले मिसन बन्द गरेसँगै त्यहाँ कार्यरत १५६ जना स्टाफ अधिकृत र १२ जना सैनिक पर्यवेक्षक गरी १६८ जना… Continue reading मालीबाट नेपाली शान्ती सैनिक फिर्ता, मिसन बन्द

खाडी मुलुकमा फ्रि भिसा फ्रि टिकट नीति कार्यान्वयन असम्भव रहेको सरकारका सचिवको दावि

file

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले खाडी लगायत विभिन्न मुलुकहरूमा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन्। आइतबार काठमाडौंमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सचिव भण्डारीले सरकारले कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको बताए। ‘स्वास्थ्य परीक्षण प्रक्रियाकै लागि लगभग १२ हजार खर्च हुने रहेछ। अनि कसरी १० हजारमा… Continue reading खाडी मुलुकमा फ्रि भिसा फ्रि टिकट नीति कार्यान्वयन असम्भव रहेको सरकारका सचिवको दावि

मलेसियामा साथिको हत्या गरी नेपाल आएका व्यक्ति पक्राउ

काठमाडौं । मलेसियामा एउटै कम्पनीमा कार्यरत व्यक्तिको हत्या गरी नेपाल फर्किएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले महोत्तरी गौशाला नगरपालिका-५ बस्ने २४ वर्षीय अनिलकुमार साहलाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए। शनिबार हिमालयन एयरलाइन्सबाट काठमाडौं आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो। उनले मंसिर २५ गते झापा शिवसताक्षी नगरपालिका-३ का ४० वर्षीय… Continue reading मलेसियामा साथिको हत्या गरी नेपाल आएका व्यक्ति पक्राउ

कुवेतका अमिरको निधनमा नेपालमा शोक

काठमाडौं । सरकारले कुवेतका अमिरको निधनमा सोमबार शोक मनाउने निर्णय गरेको छ । कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाजेर अल सबाको ३० मंसिरमा ८६ वर्षको उमेरमा निधन भएको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको सम्मानमा २ पुसमा शोक मनाउने र देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा… Continue reading कुवेतका अमिरको निधनमा नेपालमा शोक

अमेरिकाबाट भित्रिएको ५५ किलो गाँजा बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद भएको छ । १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको… Continue reading अमेरिकाबाट भित्रिएको ५५ किलो गाँजा बरामद

परराष्ट्रमन्त्री कतार प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकास (एनपी) साउद शनिबार कतार प्रस्थान गरेका छन् । दोहा सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनको सचिवालयले जनाएको छ । कतारमा रहँदा मन्त्री साउदले आफ्नो कतारी समकक्षीसँगै… Continue reading परराष्ट्रमन्त्री कतार प्रस्थान

रुसी सेनामा भर्ती भएका कुल ६ नेपालीको मृत्यु

काठमाडौं । अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको छ ।  सरकारका तर्फबाट सोमबार वक्तव्यमार्फत औपचारिक जानकारी दिँदै मन्त्रालयले रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने ६ जना नेपाली नागरिकको नाम सार्वजनिक गरेको हो । अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने… Continue reading रुसी सेनामा भर्ती भएका कुल ६ नेपालीको मृत्यु

कोप सम्मेलनमा सहभागी भइ स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबइमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किएका छन् । मङ्सिर १३ गते राति ९ बजे यूएई गएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री… Continue reading कोप सम्मेलनमा सहभागी भइ स्वदेश फर्किए प्रधानमन्त्री

कोप-२८ मा प्रचण्डको सम्बोधन, जलवायुबाट गल्ती बीना असर भोग्नु परेको स्पष्ट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको बताएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा शनिबार सम्बोधन गर्दै उनले जलवायु मुद्दामा नेपाल अन्यायमा परेको बताए । ‘जलवायु परिवर्तनमा नेपालको शून्य योगदान हुँदा पनि यसको विनाशकारी असर नेपालीहरुले भोगिरहनुपरेको… Continue reading कोप-२८ मा प्रचण्डको सम्बोधन, जलवायुबाट गल्ती बीना असर भोग्नु परेको स्पष्ट

हिमालयले साङ्घाईमा सुरु गर्यो सिधा उडान

काठमाडौं । हिमालय एअरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान शुरु गरेको छ । एअरलाइन्सले चीनको ठूलो सहर साङ्घाईमा आजदेखि नियमित उडान थालेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ बजेर २० मिनेटमा एक सय ३७ यात्रुसहितको जहाज साङ्घाई उडेको हो । यो जहाज साङ्घाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाण्डौ फर्कनेछ । काठमाण्डौ–साङ्घाई उडान… Continue reading हिमालयले साङ्घाईमा सुरु गर्यो सिधा उडान

कोप-२८ किन महत्वपूर्ण छ ?

काठमाडौं । संसारभरिका नेताहरू जलवायु परिवर्तन कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न एउटा ठूलो राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुने दुबईमा भेला भएका छन्। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त सम्मेलनमा नेपालको नेतृत्व गर्दै छन्। चरम मौसमी अवस्थाका कारण जलवायुसम्बन्धी धेरै सूचकका सीमाहरू भङ्ग भएको वर्षको अन्त्यतिर कोप-२८ वा २८औँ विश्व जलवायु सम्मेलन हुन लागेको हो।… Continue reading कोप-२८ किन महत्वपूर्ण छ ?

रुसी सेनामा नेपाली भर्ति भएकोबारे अध्ययन गर्न सरकारले बनायो समिति

काठमाडौं । रुसी सेनामा नेपाली नागरिकको संलग्नतबारे अध्ययन गर्न श्रम रोजार तथा समाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको हो । केही दिन अघि युक्रेन–रुस युद्धमा नेपाली मुलुकका तीन जना नेपाली मुलुकको नागरिकको मृत्यु भएको घटना सावर्जनिक भएको थियो । मन्त्रालयका सह–सचिव राजिव पोखरेलले… Continue reading रुसी सेनामा नेपाली भर्ति भएकोबारे अध्ययन गर्न सरकारले बनायो समिति

प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईतर्फ प्रस्थान गरेका छन् । उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्रीलाई विदाइ गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री… Continue reading प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

कोरियाले थप नेपालीलाई रोजगारीको अवसर दिने

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । वैदेशिक रोजगार विभाग इपिएस शाखाका… Continue reading कोरियाले थप नेपालीलाई रोजगारीको अवसर दिने

विपिनको रिहाईको पहल गर्न परराष्ट्र मन्त्री कतार जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जान भएका छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन् । यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल(मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाईका लागि पहल गरिदिन आग्रह गरेका… Continue reading विपिनको रिहाईको पहल गर्न परराष्ट्र मन्त्री कतार जाँदै

प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–दुबई व्यवसायिक सम्मलेन यूएईमा हुने

काठमाडौं । नेपाल–दुबई व्यावसायिक सम्मेलन १४ मंसिर बिहीबारका दिन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्बर अफ कमर्सको आयोजनामा हुने व्यावसायिक सम्मेलनमा मुख्य अतिथि प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड रहने भएका छन् । व्यावसायिक सम्मेलन यूूएईस्थित नेपाली राजदूतावासको सहयोग एवम् सहकार्यमा हुन लागेको हो । सम्मेलनमा… Continue reading प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–दुबई व्यवसायिक सम्मलेन यूएईमा हुने

रुसी सेनाका रुपमा तीन नेपालीको मृत्यु भएको पुष्टी

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । रुस–युक्रेन युद्धका क्रममा रुसी सेनाका रुपमा तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार ५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ ६ सुनापती टोलका राज कुमार रोका र इलाम… Continue reading रुसी सेनाका रुपमा तीन नेपालीको मृत्यु भएको पुष्टी

प्रधानमन्त्री आज यूएई जाँदै

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईको दुबई जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे ९ बजे दुबईका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन ९कोप २८० यही मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै… Continue reading प्रधानमन्त्री आज यूएई जाँदै

बुधबार यूएई जाँदै प्रधानमन्त्री, कोप सम्मेलनमा भाग लिने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधार यूएई जाने भएका छन् । कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधबार जाने छन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा… Continue reading बुधबार यूएई जाँदै प्रधानमन्त्री, कोप सम्मेलनमा भाग लिने

काठमाडौं–केरुङ रेलमार्गबारे चीनमा सचिवस्तरीय छलफल सुरु

File

काठमाडौं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको बारेमा चीन र नेपालबीच छलफल सुरु भएको छ । रेल परियोजनाबारे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालसहितको टोली चीनमा छ । चीनले विस्तृत सम्भाव्यता अध्ययनको काम गरिरहको बेला परियोजनाको अध्ययनमा भएको प्रगति तथा परियोजनाबारे समीक्षा गर्न चीन–नेपालको सचिवस्तरीय रेल्वे… Continue reading काठमाडौं–केरुङ रेलमार्गबारे चीनमा सचिवस्तरीय छलफल सुरु

हमासले तीन दिनमा छाड्यो ४३ बन्धक, नेपालका विपिन अझै अज्ञात

REUTERS\BBC

काठमाडौं । इजरायल र हमासबीचको युद्ध बिरामको तेस्रो दिनसम्म प्यालेस्टाइनी समूह हमासले ५४ बन्धक मुक्त गरेको छ। आइतबार हमासले थप १३ बन्धकलाई मुक्त गरेको छ । शनिबार १७ र शुक्रबार २४ बन्धक छाडिएको थियो । उनीहरुलाई रेडक्रसको जिम्मा लगाएको छ । अक्टोबर ७ देखि हमासले बन्धक बनाएका उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाई… Continue reading हमासले तीन दिनमा छाड्यो ४३ बन्धक, नेपालका विपिन अझै अज्ञात

वैशाखमा लगानी सम्मेलन गर्दै सरकार

काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ। सरकारले अयोजना गर्ने यो लगानी सम्मेलन तेस्रो संस्करण हो। आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी छ। यसका लागि अर्थ मन्त्रालयको संयोजनामा निर्देशन समिति बनेको छ भने थप विभिन्न समिति बनेका छन्। निर्देशन समितिको आइतबार पहिलो बैठक बसेको छ। लगानी सम्मेलनको तयारी,… Continue reading वैशाखमा लगानी सम्मेलन गर्दै सरकार

सामाजिक सुरक्षा कोषमा विदेश पुगेका साढे ४ लाख श्रमिक आवद्ध

file

काठमाडौं । सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जानेको संख्या साढे ४ लाख नाघेको छ । कोषको शुक्रबारसम्मको तथ्यांक अनुसार अहिलेसम्म ४ लाख ६६ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीकै क्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । सामाजिक सुरक्षा कोषले ८ चैत २०७९ मा वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा… Continue reading सामाजिक सुरक्षा कोषमा विदेश पुगेका साढे ४ लाख श्रमिक आवद्ध

बेलायतमा नेपाली नर्स लैजान भाषाको समस्या, माग भन्दा कमको मात्र निस्कियो नाम

BBC

काठमाडौं । नर्सहरूलाई रोजगारीका लागि यूके पठाउन माग गरिएको आवेदनमा आवश्यकताभन्दा कमको मात्र नाम निस्किएको छ । वैदेशिक रोजगार विभागका अनुसार ७१ जनाको ‘सट लिस्ट’ मा नाम निस्किएको छ । हाललाई ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जना नर्सहरूलाई पठाउने गरी यूकेसँग समझदारी भएको थियो । सोही समझदारी अनुसार यूके जान जाहने इच्छुक नर्सहरूका लागि सरकारले गत… Continue reading बेलायतमा नेपाली नर्स लैजान भाषाको समस्या, माग भन्दा कमको मात्र निस्कियो नाम

साथिको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

काठमाडौं । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका १३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए… Continue reading साथिको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

सिमेन्ट निर्यात उत्साहजनक, चार महिनामा १ अर्बको निकासी

काठमाडौं । नेपालले पछिल्लो ४ महिनामा सवा एक अर्ब रुपैयाँ बराबरको सिमेन्ट क्लिंकर र लाइमस्टोन निर्यात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको अन्तराष्ट्रिय व्यापारको पछिल्लो ४ महिनाको तथ्यांकअनुसार नेपालबाट एक अर्ब १५ करोड ९५ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर र यसको कच्चा पदार्थको रुपमा लाइमस्टोनको निर्यात बढेको हो । यस अवधिमा एक… Continue reading सिमेन्ट निर्यात उत्साहजनक, चार महिनामा १ अर्बको निकासी

कतारका विदेश राज्यमन्त्री नेपाल भम्रणमा आउँदै

काठमाडौं । कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुराइखी बिहीबार दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार दुई दिने औपचारिक भ्रमणका लागि कतारका विदेश राज्यमन्त्री अल–मुराइखी नेपाल आउने भएका हुन् । भ्रमणका क्रममा अल–मुराइखीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यस्तै… Continue reading कतारका विदेश राज्यमन्त्री नेपाल भम्रणमा आउँदै