राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण स्थगित

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायलमा लडाकु समूह हमासले आक्रमण गरेपछि पश्चिम एसियमा सुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । महासचिव गुटरेस नेपाल हुँदै चीन जाने पूर्व निर्धारित कार्यसूची रहेकामा त्यो पनि हाललाई रोकिएको छ । यसअघि संयुक्त राष्ट्रसंघका… Continue reading राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण स्थगित

इजरायलमा रोजगारीका लागि भिसा लागेका २४ जना युद्धपछि नेपालमै रोकिए

Photo : TOI\ Moshe Shai/Flash90

काठमाडौं । स्याहार केन्द्रमा सहायक कामदारको रुपमा इजरायल जान लागेका २४ जना नेपाली कामदार नेपालमै रोकिएका छन् । श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको छनोट भएर उडान तालिका रहेका २४ कामदारहरु रोकिएको वैदेशिक रोजगार व्यवस्थापन शाखाले जनाएको छ । भिसा प्राप्त गरिसकेका २४ जना सहायक कामदारहरूको उडान तालिका २४ असोज, १ बजे… Continue reading इजरायलमा रोजगारीका लागि भिसा लागेका २४ जना युद्धपछि नेपालमै रोकिए

इजरायलमा मारिएका नेपालीको सम्मानमा नेपाल सरकारले घोषणा गर्यो राष्ट्रिय शोक, परिवारलाई १० लाख राहत

काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय… Continue reading इजरायलमा मारिएका नेपालीको सम्मानमा नेपाल सरकारले घोषणा गर्यो राष्ट्रिय शोक, परिवारलाई १० लाख राहत

युद्धग्रस्त क्षेत्रबाट ३२ जना नेपालीलाई इजरायली सेनाले गर्यो उद्धार( नामसहित)

Photo : AP

काठमाडौं । इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ । नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि फर्म, चार… Continue reading युद्धग्रस्त क्षेत्रबाट ३२ जना नेपालीलाई इजरायली सेनाले गर्यो उद्धार( नामसहित)

इजरायलमा नेपाली नागरिकको मृत्युप्रति भारतले गर्यो दुख: व्यक्त

A member of the security forces walks past an Israeli police station in Sderot after it was damaged during battles to dislodge Hamas militants who were stationed inside, on October 8, 2023. Israel's prime minister of October 8 warned of a "long and difficult" war, as fighting with Hamas left hundreds killed on both sides after a surprise attack on Israel by the Palestinian militant group. (Photo by RONALDO SCHEMIDT / AFP)

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले इजरायलमा भएको आतंकवादी आक्रमणमा परी नेपाली नागरिकको मृत्युुप्रति दुःख व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनले इजरायलमा भएको घटनामा १० नेपाली नागरिकको मृत्युुप्रति दुख व्यक्त गरेका हुन् । पत्रमा राजदूत श्रीवास्तवले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन्… Continue reading इजरायलमा नेपाली नागरिकको मृत्युप्रति भारतले गर्यो दुख: व्यक्त

इजरायलबाट नेपाल फर्कन चाहने नेपालीले अनलाइन रजिस्ट्रेशन गर्न सक्ने

A member of the security forces walks past an Israeli police station in Sderot after it was damaged during battles to dislodge Hamas militants who were stationed inside, on October 8, 2023. Israel's prime minister of October 8 warned of a "long and difficult" war, as fighting with Hamas left hundreds killed on both sides after a surprise attack on Israel by the Palestinian militant group. (Photo by RONALDO SCHEMIDT / AFP)

काठमाडौं । इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार यो लिंकबाट अनलाइन रजिस्ट्रेशन गर्न सकिन्छजततउकस्ररायचmक।नभिरद्धज्ञछन्ःह्भ्द्ददश्ख्भ्यद्यअच्ठ अहिले आफू रहेकै… Continue reading इजरायलबाट नेपाल फर्कन चाहने नेपालीले अनलाइन रजिस्ट्रेशन गर्न सक्ने

इजरायलमा समस्यामा रहेका नेपालीले यी नम्बरमा गर्न सक्नेछन् सम्पर्क

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालले सम्पर्क व्यक्ति तोकेको छ । शनिबारदेखि सुरु आक्रमणमा रोजगार र अध्ययनका लागि इजरायल पुगेका केही नेपाली समेत परेपछि परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि प्रवक्ता सेवा लम्सालसहित ६ जनाको सम्पर्क नम्बरसहित सम्पर्क व्यक्ति तोकेको हो… Continue reading इजरायलमा समस्यामा रहेका नेपालीले यी नम्बरमा गर्न सक्नेछन् सम्पर्क

इजरायलमा प्यालेस्टाइन द्धन्द्ध : दुई दिनमै एक हजार मानिस मारिए

AP\RSS

काठमाडौं । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमण र इजरायलको जवाफी आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या झण्डै एक हजार पुगेको छ । इजरायलमा मात्र छ सय जनाभन्दा धेरैको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । हमासले हिजो शनिवारदेखि शुरु गरेको आक्रमणमा इजरायलमा छ सय जनाभन्दा धेरैको ज्यान गएको इजरायली अधिकारीले बताएका हुन् । एक सय… Continue reading इजरायलमा प्यालेस्टाइन द्धन्द्ध : दुई दिनमै एक हजार मानिस मारिए

इजरायलमा १० जना नेपालीको मृत्यु भएको पुष्टी

Getty images \BBC

काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या… Continue reading इजरायलमा १० जना नेपालीको मृत्यु भएको पुष्टी

इजरायलले प्यालेष्टाइनमा प्रतिकर्मण आक्रमण गर्ने, सर्वसाधारणलाई भाग्न चेतावनी

Getty images \BBC

काठमाडौं\बीबीसी । इजरायलले गाजामा बसिरहेका मानिसहरूलाई शनिवार हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै घर छाड्न चेतावनी दिएको छ। हमासका निशानाहरू ध्वस्त पार्ने चेतावनी इजरायलले दिएपछि गाजाका मानिसहरू सुरक्षित रहने प्रयास गरिरहेका छन्।दक्षिण इजरायलमा साइरनका आवाज सुनिएका छन्। हमासले आफूले इजरायलको एसकलोन शहरमा एक सयवटा रकेट प्रहार गरेको जनाएको छ। इजरायली… Continue reading इजरायलले प्यालेष्टाइनमा प्रतिकर्मण आक्रमण गर्ने, सर्वसाधारणलाई भाग्न चेतावनी

इजरायलमा हिंसात्मक तनाव, नेपालीहरु समेत परेको विवरण सार्वजनिक

AP\RSS

काठमाडौं । प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरायलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरू समेत घाइते भएको खबर आएको छ। बीबीसीका अनुसार शनिवार बिहानैदेखि इजरायलले र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरायलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो। त्यस क्रममा हालसम्म ४० जना इजरायली… Continue reading इजरायलमा हिंसात्मक तनाव, नेपालीहरु समेत परेको विवरण सार्वजनिक

प्रधानसेनापति शर्मा बेलायत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जाने भएका छन् । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ । प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र… Continue reading प्रधानसेनापति शर्मा बेलायत भ्रमणमा जाँदै

नेपाल र रोमानीयाबीच श्रम सम्झौता

काठमाडौं । युरोपियन देश रोमानिया र नेपालबीच श्रम सम्झौता भएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र रोमानियाका श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कु बीच आज शुक्रबार द्विपक्षीय श्रम समझदारीमत्रमा हस्ताक्षर भएको हो । नेपाल र रोमानिया बीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम सम्झौता भएको मन्त्रालयले जनाएको… Continue reading नेपाल र रोमानीयाबीच श्रम सम्झौता

पोर्चुगल पुगेर राजेश हमालले नेपाली समुदायसँग भने : विदेशी नागरिकता लिए पनि पहिचान नबिर्सनुहोुस

काठमाडौं । महानायक राजेश हमालले विदेशी नागरिकता एवम् पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न अनुरोध गरेका छन् । बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया कार्यक्रममा बोल्दै हमालले यस्तो बताएका हुन् । जहाँ रहे पनि, जहाँको नागरिकता र पासपोर्ट हात पारेता पनि आफ्नो पहिचान आफ्नै हुने बताउँदै उनले भने, ‘पहिचान भन्ने कुरा तपाईंले कसैको… Continue reading पोर्चुगल पुगेर राजेश हमालले नेपाली समुदायसँग भने : विदेशी नागरिकता लिए पनि पहिचान नबिर्सनुहोुस

आजबाट खुल्दैछ २०२५ को डिभी कार्यक्रम

काठमाडौं । सन् २०२५ को डिभी कार्यक्रमको लागि आजदेखि आवेदन खुल्दैछ । बुधबार राति ९ः४५ देखि डिभी कार्यक्रम खुला हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ। डिभीको लागि आवेदन कात्तिक २१ गते राति १०ः४५ बजेसम्म दिन सकिनेछ। डिभी भर्नका लागि कुनै पनि शुल्क नलाग्ने पनि दूतावासले जनाएको छ। यसका लागि कुनै पनि कन्सल्टेन्टको पनि आवश्यक… Continue reading आजबाट खुल्दैछ २०२५ को डिभी कार्यक्रम

चाडबाडमा विदेशबाट घर आउँदा अरुको सामान नल्याइदिन सरकारको आग्रह

काठमाडौं । दशैं, तिहार लगायतका चाडपर्व आएसँगै विदेशमा रहेका नेपालीहरु घर फर्किने क्रम सुरु भएको छ । घर फर्किने क्रममा कतिपयले टीभी, मोबाइल, ल्यापटप लगायतका सामान पनि ल्याउने गरेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध भएका र नभएकाहरुले पाउने सुविधामा फरक फरक छ । श्रम स्वीकृति लिएर लगातार १२ महिना… Continue reading चाडबाडमा विदेशबाट घर आउँदा अरुको सामान नल्याइदिन सरकारको आग्रह

मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । उनले जनवादी गणतन्त्र चीनका लागि आवासीय राजदूत विष्णु पुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि आवासीय राजदूत प्रा.डा. राम स्वार्थ रायलाई फिनल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन्… Continue reading मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त

अफगानिस्तानको भारतस्थित दूतावास बन्द

Photo : DNA India

काठमाडौं । नयाँदिल्लीमा रहेको अफगानिस्तानको दूतावास आजदेखि बन्द भएको छ । भारत सरकारको असहयोगका कारण काम बन्द गर्नुपरेको दूतावासका एक सञ्चार अधिकृतलाई उद्धृत गरी रोयटर्सले लेखेको छ । सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको प्रतिनिधित्व गरेका धेरैजसो कुटनीतिक कर्मचारी स्वदेश फर्किएको महिनौँ भएको छ । रिक्त स्थानमा नयाँ नियुक्ति गरिएको छैन… Continue reading अफगानिस्तानको भारतस्थित दूतावास बन्द

प्रधानमन्त्री स्वदेश फर्किदैं

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आफ्नो चीन भ्रमण सकेर आज स्वदेश फर्किदैछन् । उनी स्वदेश प्रस्थान गरेका छन् । असोज ६ गते चीन पुगेका प्रचण्ड आज छेन्दुबाट आज बिहान नेपाल प्रस्थान गरेका हुन् । उनलाई सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए । ६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले… Continue reading प्रधानमन्त्री स्वदेश फर्किदैं

स्टार फूटबलर विमल घर्तीमगर समेत अष्ट्रेलिया पलायन

काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् । उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरिएको छ । पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी… Continue reading स्टार फूटबलर विमल घर्तीमगर समेत अष्ट्रेलिया पलायन

नेपाली कामदारलाई इजरायलमा भिसा नवीकरणमा समस्या

काठमाडौं । इजरायलमा सहायक श्रमिक केयरगिभरमा काम गर्न गएकामध्ये तीन सय नेपाली श्रमिकको भिसा नवीकरणमा ढिलाइ भएको जनाइएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायल र नेपालबिच सम्झौता ९जिटुजी० मार्फत इजरायल गएका एक हजार एक सयमध्ये तीन सय नेपालीको भिसा नवीकरणमा ढिलाइ भएको हो । दूतावासका अनुसार भिसा नवीकरण समयमा नभएपछि दूतावासले इजरायली पक्षसँग छलफल… Continue reading नेपाली कामदारलाई इजरायलमा भिसा नवीकरणमा समस्या

ल्हासाबाट छेन्दु जाँदै प्रधानमन्त्री

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन्। प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन्। उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे… Continue reading ल्हासाबाट छेन्दु जाँदै प्रधानमन्त्री

क्यानडा र भारतको विवादका बीच विदेशमन्त्री जयशंकरले मागे ठोस प्रमाण

REUTERS\BBC

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशङ्करले क्यानडामा एक सिख पृथकतावादी नेताको हत्याको विषयमा क्यानडा सरकारले उपलब्ध गराउने कुनै पनि ूनिश्चितू जानकारीबारे अनुसन्धान गर्न आफ्नो देश तयार रहेको बताएका छन्। भारतीय विदेश मन्त्री जयशङ्करले गत जुन महिनामा क्यानडामा भएको हरदीप सिंह निज्जरको हत्याबारे संयुक्त राष्ट्रसङ्घको महासभाका बेला अलग्गै बसेको एउटा बैठकमा बोल्ने क्रममा त्यसो भनेको बीबीसीले… Continue reading क्यानडा र भारतको विवादका बीच विदेशमन्त्री जयशंकरले मागे ठोस प्रमाण

नेपालमा ५७ मुलुकको वैदेशिक लगानी, सबैभन्दा धेरै भारतको

काठमाडौं । नेपालमा हालसम्म ५७ मुलुकबाट प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक्ष वैदेशिक लगानी सर्भे प्रतिवेदनअनुसार २०७९ असार मसान्तसम्म ५७ मुलुकबाट नेपालमा वैदेशिक लगानी भित्रिएको छ । मुलुकमा कुल २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । चुक्ता पुँजीस्वरुप सबैभन्दा धेरै अर्थात ५३.७ प्रतिशत वैदेशिक… Continue reading नेपालमा ५७ मुलुकको वैदेशिक लगानी, सबैभन्दा धेरै भारतको

गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा आर के शर्माले कतारबाट गरे उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आर.के.) शर्माले कतारबाट अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा १७ अक्टोबरदेखि तीन दिनसम्म हुने एनआरएनएको ११औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । त्यसका लागि शर्माले औपचारिक रुपमा कतारबाट उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि महेश श्रेष्ठले… Continue reading गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा आर के शर्माले कतारबाट गरे उम्मेदवारी घोषणा

चीन भ्रमण सोचभन्दा सफल भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन् । तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा… Continue reading चीन भ्रमण सोचभन्दा सफल भयो : प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले कैलास मानसरोवरको भ्रमण गर्दै

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधवार) छोङ्छिङ्बाट ल्हासा प्रस्थान गरेका छन् । सिचुवन एयरलाइन्स मार्फत ल्हासा प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड ल्हासाको गोङ्गार विमानस्थलमा अवतरण गर्नेछन् । कार्यक्रमको सुची अनुसार आज साँझ उनले चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन् । सचिव वाङले प्रधानमन्त्रीको… Continue reading प्रधानमन्त्री प्रचण्डले कैलास मानसरोवरको भ्रमण गर्दै

प्रचण्डद्धारा चीनमा कृषि विज्ञान प्रतिष्ठानको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोङछिङस्थित कृषिको आधुनिकीकरण सम्बन्धी कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गरेका छन् । कृषि, पशुपालन तथा माछा पालनमा नेपाल र चीनबीच सहयोग आदानप्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले कृषि अनुसन्धानमा ख्यातिप्राप्त यस संस्थाको भ्रमण गरेका हुन् । मङ्गलबार बिहान चीनको राजधानी शहर पेइचिङ्बाट चाइना एअरमार्फत प्रधानमन्त्री प्रचण्ड… Continue reading प्रचण्डद्धारा चीनमा कृषि विज्ञान प्रतिष्ठानको अवलोकन

प्रधानमन्त्रीद्धारा माओत्सेतुङको समाधिस्थलमा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चीनको राजधानी बेइजिङस्थित थियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका नेता स्वर्गीय माओत्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्। हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि थियानमेन स्क्वायर पुगेका थिए । प्रधानमन्त्री दाहाललाई त्यहाँ चिनियाँ उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

प्रचण्ड र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुँदै

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज बेइजिङमा भेटवार्ता हुने भएको छ । स्थानीय समय अनुसार बिहान १० बजे (नेपाली समय अनुसार बिहान ८ बजे) हुने भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल हुने बताइएको छ । छलफलपछि… Continue reading प्रचण्ड र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुँदै