काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भारत भ्रमणमा गएकी छन् । मन्त्री शर्मा बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार बेलुका भारत गएकी हुन् । मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को क्षेत्रीय कार्यालय उदघाटनमा सहभागी हुने कार्यक्रम छ । नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एशिया प्रशान्त क्षेत्रीय कार्यालय… Continue reading संचारमन्त्री शर्मा भारत भ्रमणमा
Category: डायस्पोरा
वैदेशिक रोजगारीमा गएका श्रमिक आजबाट सामाजिक सुरक्षामा आवद्ध
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार… Continue reading वैदेशिक रोजगारीमा गएका श्रमिक आजबाट सामाजिक सुरक्षामा आवद्ध
अन्तर्राष्ट्रिय महिला शिखर सम्मेलन काठमाडौंमा हुने
काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा आगामी साता महिला शिखर सम्मेलन आयोजना हुने भएको छ । सम्मेलन आगामी ११ र १२ चैतमा आयोजना हुने परिसंघले जनाएको छ । महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा भएको परिसंघको भनाइ छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा हुन लागेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको सोमबार… Continue reading अन्तर्राष्ट्रिय महिला शिखर सम्मेलन काठमाडौंमा हुने
एक महिनामा कामको खोजिमा विदेशिए ६२ हजार नेपाली
काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा यस संख्यामा विदेशिएका हुन् । माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । फागुनमा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका छन् । यस अवधिमा म्यानपावर एजेन्सीमाफर्त… Continue reading एक महिनामा कामको खोजिमा विदेशिए ६२ हजार नेपाली
कनेक्टिकट राज्यको ब्रानफोर्ड सहरमा “नेपाल फेस्टिभल-२०२३” आयोजना गरिने
सुबास अर्याल, कनेक्टिकट संयुक्त राज्य अमेरिका र नेपाल सरकारबीच दौत्य-सम्बन्ध स्थापना भएको ७५औं वर्षको उपल़क्ष्यमा कनेक्टिकट राज्यको ब्रानफोर्ड सहरमा “नेपाल फेस्टिभल-२०२३” आयोजना गर्न लागिएको छ । “नेपाल फेस्टिभल २०२३: प्रेस विज्ञप्ति” जारी गर्दै उक्त कार्यक्रम सोसाइटी अफ नेपालिज इन अमेरिका (Society of Nepalese in America) ले आयोजना गर्ने लागेको हो । सन् १९४७ अप्रिल २५… Continue reading कनेक्टिकट राज्यको ब्रानफोर्ड सहरमा “नेपाल फेस्टिभल-२०२३” आयोजना गरिने
विदेश जाने युवालाई सास्ती नदिनुहोस : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुःख नदिन निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जाने युवाले अनावश्यक दुःख… Continue reading विदेश जाने युवालाई सास्ती नदिनुहोस : प्रधानमन्त्री
श्रम स्वीकृतिमा अनिवार्य २ वर्षे प्रावधान हट्यो
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री स्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो । अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति, रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिनेछ र सोही आधारमा श्रम स्वीकृति… Continue reading श्रम स्वीकृतिमा अनिवार्य २ वर्षे प्रावधान हट्यो
न्यूह्यामसायरमा अन्तराष्ट्रिय नारी दिवस उत्सव, एनआरएनएमा महिला सहभागिता बढाउने उद्घोष
नाशुवा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका एनसिसीको आयोजनामा न्यू ह्यामसायरको नाशुवा शहरमा अन्तराष्ट्रिय नारी दिवस उत्सव सम्पन्न भएको छ । एनआरएनए आइसिसी अध्यक्ष रविना थापाको प्रमुख आतिथ्यमा शनिबार नारी दिवस उत्सव सम्पन्न भएको हो । कार्यक्रममा न्यूह्यामसायर दिदीवहिनीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा आइसिसी अध्यक्ष थापा, एनआरएनए अमेरिका एनसिसी अध्यक्ष बुद्धी… Continue reading न्यूह्यामसायरमा अन्तराष्ट्रिय नारी दिवस उत्सव, एनआरएनएमा महिला सहभागिता बढाउने उद्घोष
सभामुख घिमिरे बहराइन जाने
काठमाडौं । सभामुख देवराज घिमिरेले बहराइन भ्रमणमा जाने भएका छन् । फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर(व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन उनी बहराइन जान लागेका हुन् । उनी नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।… Continue reading सभामुख घिमिरे बहराइन जाने
अमेरिकी रेस्लरमाथि भगवती हावी
काठमाडौं । नेपाली रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छिन् । भक्तपुरको सल्लाघारीमा सोमबार भएको भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई पराजित गरेकी हुन् । होलीको अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई हराइन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाल ब्रोले पाकिस्तानका शेर खानमाथि जित… Continue reading अमेरिकी रेस्लरमाथि भगवती हावी
कतारकी राजकुमारी हिमाल आरोहण गर्न नेपालमा
काठमाडौं । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न नेपाल आएकी छिन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट ट्रेकिङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन् । काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा आएकी छन् । ८… Continue reading कतारकी राजकुमारी हिमाल आरोहण गर्न नेपालमा
सरकारले भारतलाई मुस्ताङमा विश्वविद्यालय खोल्न अनुमति दिएको ओलीको दाविप्रति सरकारको आपत्ति
काठमाडौं । मुस्ताङमा विश्वविद्यालय स्थापना गर्न भारतलाई अनुमति दिएको भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ भ्रमपूर्ण रहेको सरकारले प्रतिक्रिया दिएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञप्ति निकालेर पूर्व प्रधानमनत्री केपी शर्मा ओलीको भनाइ भनी सञ्चार माध्यममा सार्वजनिक समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् । ‘मुस्ताङको… Continue reading सरकारले भारतलाई मुस्ताङमा विश्वविद्यालय खोल्न अनुमति दिएको ओलीको दाविप्रति सरकारको आपत्ति
अष्ट्रेलियामा दुई नेपाली लागुऔषधको ओसारपसार गरेको अभियोगमा पक्राउ
काठमाडौं । अष्ट्रेलियामा दुई नेपाली लागु औषध कारोबार गरेको अभियोगमा पक्राउ परेका छन् । त्यहाँको संघीय प्रहरीले दुई नेपालीलाई लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरेको जनाएको छ । उनीहरूलाई प्रहरीले ब्रिसबेनबाट गत २२ फेब्रुअरीमा लागुपदार्थ सहित पक्राउ गरेको हो। संघीय प्रहरीका अनुसार उनीहरूको साथबाट ४५० ग्राम लागुऔषध बरामद भएको थियो। उनीहरूले सिड्नीबाट उक्त लागुऔषध… Continue reading अष्ट्रेलियामा दुई नेपाली लागुऔषधको ओसारपसार गरेको अभियोगमा पक्राउ
उपप्रधानमन्त्री श्रेष्ठ आज कतार जाने
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतारको दोहामा हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको नेतृत्व गर्दै सहभागी हुन त्यसतर्फ जाने भएका छन् । आइतबारदेखि मङ्गलबारसम्म हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसअघि मन्त्री श्रेष्ठ अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी… Continue reading उपप्रधानमन्त्री श्रेष्ठ आज कतार जाने
एनओसी अब विद्यार्थी आफैले प्रिन्ट गर्न पाउने
काठमाडौं । अब विद्यार्थी आफैले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले यस्तो व्यवस्था ल्याएको हो । अबको केही हप्तापछि एनओसी लिन कार्यालय धाइरहनु नपर्ने गरी व्यवस्था हुँदैछ । अनलाइनमार्फत विद्यार्थीले दिएको आवेदन शाखाले प्रमाणि गरेपछि आफैंले प्रिन्ट गर्न सक्ने भएका छन् ।… Continue reading एनओसी अब विद्यार्थी आफैले प्रिन्ट गर्न पाउने
प्रधानमन्त्रीले आफ्नो कतार भ्रमण पनि गरे रद्द
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पूर्वनिर्धारित कतार भ्रमण समेत रद्द गरेका छन् । राष्ट्रपति तथा उपराष्ट्रपति चुनावको तयारीलगायत कारणले प्रधानमन्त्रीको कतार जाने कार्यक्रम स्थगित गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले बताएका छन् । प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित देशहरुको सम्मेलनमा भाग लिन आउँदो शुक्रवार कतार जाने कार्यक्रम थियो । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई… Continue reading प्रधानमन्त्रीले आफ्नो कतार भ्रमण पनि गरे रद्द
प्रधानमन्त्रीको आदेशपछि परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण रद्द
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आदेशपछि परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रद्द भएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन राई आइतबार परराष्ट्रमन्त्री जेनेभा जाने तयारी थियो । यसअघि भ्रमणको तयारीका क्रममा मन्त्री पौडेलले जेनेभा भ्रमणका क्रममा राष्ट्रिय मानवअधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्ने बताएकी थिइन् । मानवअधिकार संस्थाहरुको… Continue reading प्रधानमन्त्रीको आदेशपछि परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण रद्द
अर्थमन्त्री स्वदेश फिर्ता
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर शनिबार राती ९ स् ०० बजे स्वदेश फर्किएका छन् । सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका थिए । जी… Continue reading अर्थमन्त्री स्वदेश फिर्ता
साउदी अरबमा अलपत्र २४ युवालाई स्वदेश फर्काइयो
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेर अलपत्र परेका २४ जना युवालाई स्वदेश फर्काइएको छ । चार महिनादेखि साउदी अरबको रियादमा अलपत्र परेका ती युवालाई साउदी अरबमा रहेको नेपाली दूतावास र साउदी गैरआवसीय नेपाली सङ्घ (एनआरएन)को पहलमा स्वदेश फर्काएको हो । काठमाडौँमा रहेको पिजन एचआर सोलुसन नामक वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीबाट २०७८ मा… Continue reading साउदी अरबमा अलपत्र २४ युवालाई स्वदेश फर्काइयो
पाकिस्तान भ्रमणमा जाँदा कागजात अनिवार्य बोक्न दूतावासले गरायो सचेत
काठमाडौं । पाकिस्तान भ्रमणमा जाने नेपालीलाई आवश्यक कागजात बोक्न इस्लामावादस्थित नेपाली राजदूतावासले सचेत गराएको छ । शुक्रबार एक सूचना जारी गदैृ दूतावासले भारतको बाटो हुँदै पाकिस्तान जाने नेपाली नागरिकलाई आवश्यक भिषा, खोप कार्डलगायत कागजात बोक्न अनुरोध गरेको हो । ‘भारतको बाटो हुँदै सतहर स्थल मार्गबाट पाकिस्तान भ्रमण गर्नुहुने नेपाली नागरिकहरूले यात्रा गर्नुपूर्व आवश्यक भिषा, खोपलगायतका… Continue reading पाकिस्तान भ्रमणमा जाँदा कागजात अनिवार्य बोक्न दूतावासले गरायो सचेत
राजदूतहरुलाई परराष्ट्र मन्त्रीको निर्देशन : सेवा प्रभावकारी बनाउनुहोस
काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले विदेशस्थित सबै नेपाली दूतावासका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई त्यहाँबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी छन् । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले नेपाल बाहिर रहेका नेपालीलाई आइपरेका समस्या तत्काल समाधान गर्न पनि आग्रह गरिन् । उनले दूतावासहरुलाई मित्र राष्ट्रहरुसँग सम्बन्ध… Continue reading राजदूतहरुलाई परराष्ट्र मन्त्रीको निर्देशन : सेवा प्रभावकारी बनाउनुहोस
अर्थमन्त्ती पौडेल भारतमा
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् । जी २० अर्थमन्त्रीको सम्मेलन फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुँदैछ। सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।… Continue reading अर्थमन्त्ती पौडेल भारतमा
मेयर बालेन लण्डन जाने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लण्डन जाने भएका छन्। लण्डनमा ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन जान लागेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार समिट फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुनेछ। बिहीबार बसेको १३ औं नगर कार्यपालिका बैठकमा उनको भ्रमणबारे प्रस्ताव पेश भएको हो। बालेनको वैदेशिक… Continue reading मेयर बालेन लण्डन जाने
परिचय पत्र बीना अब वैदेशिक रोजगार विभाग छिर्न नपाइने
काठमाडौं । वैदेशिक रोजगार विभागले अब परिचयपत्र विना विभाग परिसर भित्र छिर्न रोक लगाएको छ । केही दिनयता विभागको नियमित काम प्रभावित हुने गरी पिडितको नाममा कार्यालय भित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गर्ने र कार्यालयमा आतंक मच्याउने काम भएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार यसले कार्यालयको काम गर्ने वातावरण… Continue reading परिचय पत्र बीना अब वैदेशिक रोजगार विभाग छिर्न नपाइने
दक्षिण कोरियाले मौसमी कामदार नलैजाने
काठमाडौं । दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक लैजाने विषयमा तत्काल कुनै सम्झौता नगर्ने बताएको छ । दक्षिण कोरियाको अध्यागमन विभागका निर्देशक इसुङ्ह्युनले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने विषयमा सम्झौता नगर्ने विषयमा त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको हो । दक्षिण कोरियामा रहेको नेपाली दूतावासका अनुसार मौसमी श्रमिकको हकमा कोरिया प्रवेश गरेका मौसमी श्रमिक ७०… Continue reading दक्षिण कोरियाले मौसमी कामदार नलैजाने
स्वास्थ्य मन्त्री गिरी र डब्यूएचओ प्रमुखबीच भेट
काठमाडौं । विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा। टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गरेका छन् । भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि आभार प्रकट गरेका थिए । विशेष गरी खोपबाट बचाउन मिल्ने रोगहरूको नियन्त्रण,… Continue reading स्वास्थ्य मन्त्री गिरी र डब्यूएचओ प्रमुखबीच भेट
मालीमा शान्ती मिसनमा बम विष्फोट, नेपाली भने सुरक्षित
काठमाडौं । अफ्रिकी मुलुक मालीमा बिस्फोट हुँदा संयुक्त राष्ट्र संघको शान्ति सैनिक मिसन (मिनुस्मा)मा कार्यरत सेनेगलका तीन जना सैनिकको मृत्यु भएको छ। मालीमा मंगलबार भएको उक्त बिस्फोटमा परी अन्य पाँच जना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ। मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी गराएका छन्… Continue reading मालीमा शान्ती मिसनमा बम विष्फोट, नेपाली भने सुरक्षित
एक महिनामा ६४ हजार २८४ ले लिए श्रम स्वीकृति
काठमाडौं । एक महिना (माघ)को अवधिमा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार ४ सय ४७ पुरुष र ५ हजार ८ सय ३७ जना महिला गरी कुल ६४ हजार २ सय ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । यो सङ्ख्या… Continue reading एक महिनामा ६४ हजार २८४ ले लिए श्रम स्वीकृति
स्वास्थ्य मन्त्री गिरी स्वीटजरल्याण्डतर्फ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन मन्त्री गिरी नेतृत्वको टोली गतराति स्वीटजरल्याण्ड प्रस्थान गरेको छ । कार्यशाला स्वीटजरल्याण्डको मोन्ट्रक्समा २३ र २४ फेब्रुअरी (फागुन ११ र १२ गते) आयोजना हुँदैछ । टोलीमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्णप्रसा पौडेल र… Continue reading स्वास्थ्य मन्त्री गिरी स्वीटजरल्याण्डतर्फ
प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतारबाट हुँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो विदेश भ्रमण कतार हुने भएको छ । उनी फागुन १९ गते कतारको राजधानी दोहा जाने तयारीमा रहेको नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहेको उनको सचिवालयले पुष्टी गरेको हो । अल्पविकसित राष्ट्रहरुको सम्मेलन… Continue reading प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतारबाट हुँदै