नेपाल भ्रमण पुरा गरी फिर्ता भए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । उनी काठमाडौंबाट दषिण कोरिया प्रस्थान गरेका छन् । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय… Continue reading नेपाल भ्रमण पुरा गरी फिर्ता भए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव पौड्यालबीच दिल्लीमा भेटवार्ता

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सचिव पौड्याल द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकका लागि मंगलबार दिल्ली पुगेका थिए । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सचिव पौड्यालले बुधबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। दुतावासका अनुसार… Continue reading भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव पौड्यालबीच दिल्लीमा भेटवार्ता

संविधानसँग राष्ट्रपतिको टकरावको संकेतः नागरिकता विधेयक के हुन्छ ?

Gorakhapatra

काठमाडौं । नेपालमा नागरिकता विधेयकका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चाल्ने सम्भावित कदमका विषयमा चर्चा परिचर्चा सुरु भएको छ । विदेशमा बस्ने नेपाली मूलका नागरिकबीच पनि यो विधेयकका विषयमा महत्वपूर्ण हेराइ र चर्चा रहेको छ । गैरआवासीय नेपाली नागरिकताका विषयमा यो विधेयकले नै टुंगो लाग्ने भएका कारणले विदेशमा बस्ने नेपाली मूलका नागरिकलाई थप चासो र सरोकार… Continue reading संविधानसँग राष्ट्रपतिको टकरावको संकेतः नागरिकता विधेयक के हुन्छ ?

नेपालले पाकिस्तानलाई दियो राहत सामग्री

Photo : ekantipur

काठमाडौं । प्राकृतिक विपद्‍मा परेको पाकिस्तानलाई नेपाल सरकारले राहत हस्तान्तरण गरेको छ । नेपाल सरकारको टोली नेपाल वायुसेवा निगमको जहाजमार्फत राहत लिएर पाकिस्तान पुगेको हो । मंगलबार परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालको नेतृत्वमा उक्त टोली टोली कराँची पुगेको हो । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर परराष्ट्रमन्त्री नारायण खड्काले उक्त टोलीलाई बिदाइ गरेका थिए… Continue reading नेपालले पाकिस्तानलाई दियो राहत सामग्री

चिनियाँ जनकंग्रेसका अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेट्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् । राष्ट्रपतिसँग अपराह्न चार बजे शीतल निवासमा भेट्ने कार्यक्रम तय भएको छ । त्यसअघि आज बिहान उनले भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्ने कार्यक्रम छ । उनले भक्तपुरमा करिब एक घण्टा बिताउने छन् । मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका… Continue reading चिनियाँ जनकंग्रेसका अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेट्दै

एनडीसीको लक्ष्य भेटाउन २५ अर्ब डलर आवश्यक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जलवायुसम्बन्धी राष्ट्रिय स्तरमा निर्धारित योगदान (एनडीसी) अन्तर्गतका सशर्त न्यूनीकरण लक्ष्य भेटाउन नेपाललाई करिब २५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् । दक्षिण कोरियाको इन्चोनमा मंगलबार आयोजित दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पेरिस सम्झौता र जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघ फ्रेमवर्क… Continue reading एनडीसीको लक्ष्य भेटाउन २५ अर्ब डलर आवश्यक : अर्थमन्त्री

कोरिया पुगेर अर्थमन्त्री शर्माले भने : सरकारकै कमजोरीले हुण्डी मौलाएको रहेछ

सोल । दक्षिण कोरियामा मंगलबारदेखि हुने हरित जलवायु कोष सम्मेलनमा सहभागी हुन आएका अर्थमन्त्री जनार्दन शर्माले यहाँ रहेका धेरै नेपालीले हुन्डीमार्फत् पैसा पठाउनुमा सरकारको कमजोर नीति नै प्रमुख कारण रहेका बताएका छन् । सोमबार सोलमा भएको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रवासी नेपालीको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘वैधानिक बाटोबाट पैसा… Continue reading कोरिया पुगेर अर्थमन्त्री शर्माले भने : सरकारकै कमजोरीले हुण्डी मौलाएको रहेछ

चिनियाँ जनकांग्रेसका अध्यक्ष आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु आज उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। यस्तै परराष्ट्रमन्त्री नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।… Continue reading चिनियाँ जनकांग्रेसका अध्यक्ष आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने

चिनियाँ जनकांग्रेसका प्रमुख र नेपाली सभामुखबीच ६ बुँदै समझदारी

काठमाडौं । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् । ली सोमबार मात्र काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो । त्यसक्रममा ल्ट एण्ड रोड इनिसिएटिभमार्फत दुई देशबीच… Continue reading चिनियाँ जनकांग्रेसका प्रमुख र नेपाली सभामुखबीच ६ बुँदै समझदारी

काठमाडौंबाट कतारको हमाद विमानस्थलमा भइरहेका उडान अब दोहा सरे

काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौबाट कतारमा गरिरहेको उडानको विमानस्थल परिवर्तन भएको छ । कतारको नागरिक उड्डयन प्राधिकरणले निगमलाई यस्तो जानकारी गराएको हो । निगमकाअनुसार अहिले हमाद इण्टरनेशनल एयरपोर्टबाट भइरहेको निगमको उडान अब दोहा इन्टरनेसनल एयरपोर्टमा सरेको हो । यस्तो नियम १५ सेप्टेम्बर २०२२ बाट ३० डिसेम्बर २०२२ सम्मका लागि लागू हुने भएको हो । कतारमा… Continue reading काठमाडौंबाट कतारको हमाद विमानस्थलमा भइरहेका उडान अब दोहा सरे

प्रधानमन्त्री देउवाले दूतावास पुगेर दिए ब्रिटेन महारानीलाई श्रद्धान्जली

RSS

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंस्थित संयुक्त अधिराज्य बेलायतको राजदूतावास पुगेर बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन्। शोक व्यक्त गर्न देउवा शनिबार दूतावास पुगेका हुन्। उनले त्यहाँ राखिएको शोक पुस्तिकामा शोक सन्देश लेखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुक्रबार दूतावास पुगेर शोक व्यक्त गरेकी थिइन्। महारानी एलिजाबेथ द्वितीयको… Continue reading प्रधानमन्त्री देउवाले दूतावास पुगेर दिए ब्रिटेन महारानीलाई श्रद्धान्जली

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालमा तीन दिन शोक घोषणा

काठमाडौं । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपाल सरकारले तीन दिन शोक घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसबीचमा बिदा भने दिइएको छैन । निधन भएकी महारानीको सम्मानमा शनिवारदेखि तीन दिन नेपालभरिका सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गर्ने निर्णय… Continue reading ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालमा तीन दिन शोक घोषणा

बेलायती दूतावास पुगेर राष्ट्रपति भण्डारीले दिइन महारानी एलिजावेथलाई श्रद्धान्जली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाएकी छिन् । उनले महारानी एलिजावेथ विश्‍वले सम्मान गर्ने योग्य राजनेता भएको समेत बताइन् । काठमाडौंस्थित बेलायती राजदूतावासमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै राष्ट्रपति भण्डारीले भनेकि छिन्, ‘‘बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनबाट मलाई अत्यन्तै… Continue reading बेलायती दूतावास पुगेर राष्ट्रपति भण्डारीले दिइन महारानी एलिजावेथलाई श्रद्धान्जली

नेपाललाई माया गर्ने महारानी, जो गोर्खाको सुरक्षामा हुर्किइन्

काठमाडौं । आफ्नो ७० दशक लामो शासनकालमा ११७ मुलुकको भ्रमण गरेकी बेलायत महारानी एलिजाबेथ द्वितीय दुई पटक नेपाल आएकी थिइन् । नेपाललाई अन्तराष्ट्रिृय रुपमा परिचित गराउने उनका दुबै भ्रमण महत्वपूर्ण थिए । किनकी पश्चिमा मुलुकमा भिडियो अडियो सञ्चारको राम्रो विकास भए पनि नेपालमा भने त्यो सुविधा थिएन । तर, महामारीको नेपाल भ्रमणलाई भब्य बनाउन नेपालले… Continue reading नेपाललाई माया गर्ने महारानी, जो गोर्खाको सुरक्षामा हुर्किइन्

सुरक्षागार्डसँग झगडा गरेपछि पर्यटनमन्त्री श्रेष्ठ आलोचित, गार्डलाई ५ दिन थुनामा राख्न अनुमती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठसँग सुरक्षागार्डसँगको झगडामा आलोचित बनेका छन् । त्यसमाथि शक्तिको दम्भ देखाउँदै गार्डलाई पक्राउ गराएको भन्दै उनको आलोचना भएको हो । मन्त्रीसँगको विवादमा मुछिएका सुरक्षागार्डलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला प्रशासनले आइतबार छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजङ्ग गुरुङलाई ५… Continue reading सुरक्षागार्डसँग झगडा गरेपछि पर्यटनमन्त्री श्रेष्ठ आलोचित, गार्डलाई ५ दिन थुनामा राख्न अनुमती

नेपाली मजदुर बोकेको बस भारतमा दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं\एजेन्सी । भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ । रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको थियो ।… Continue reading नेपाली मजदुर बोकेको बस भारतमा दुर्घटना, ४ जनाको मृत्यु

जिपि कोईराला फाउन्डेशन अमेरिकाद्वारा नेपालबाट आएका पत्रकारहरुलाई बिशेष स्वागत

न्युयोर्क गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाले नेपालबाट अमेरिका भ्रमणमा आएका पत्रकारहरुलाई आफ्नो कार्यालयमा भेटघाट तथा स्वागत गरेको छ ।फाउण्डेशनले न्युयोर्क उडसाईडस्थित आफ्नो कार्यालयमा एक बिशेष कार्यक्रम आयोजना गर्दै भेटघाट एवं छलफल सम्पन्न गरेको हो । सेप्टेम्बर एक तारिखका दिन फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालबाट ”आई भि एल पि” कार्यक्रमका लागि अमेरिका भ्रमणमा… Continue reading जिपि कोईराला फाउन्डेशन अमेरिकाद्वारा नेपालबाट आएका पत्रकारहरुलाई बिशेष स्वागत

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पारित भएको छ । भदौ २ गते प्रतिनिधि सभाले पनि पुनर्विचार गर्न राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो। राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको भए पनि समितिले केही पनि परिवर्तन नगरी विधेयक राष्ट्रिय सभामा… Continue reading राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पास

डलरकार्ड प्रयोग गरी क्यासिनोदेखि अनलाइन जुवासम्मको भुक्तानी गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्ड प्रयोगमा कडाई गरेको छ । वाणिज्य तथा विकास बैंकहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले तोकेरै डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी बन्द गरेको हो । कोड नम्बरका आधारमा राष्ट्र बैंकले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रमा क्यासिनोदेखि अनलाइन जुवासम्म रहेका छन् । डलर कार्डबाट विदेशमा कसैलाई… Continue reading डलरकार्ड प्रयोग गरी क्यासिनोदेखि अनलाइन जुवासम्मको भुक्तानी गर्न नपाइने

प्रधानमन्त्री देउवासँग भारतीय नेशनल डिफेन्स टीमको भेट

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोलीले प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा आइतबार नेपाल आएको भारतीय टोलीले सोमबार प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गरेको हो । भारतीय टोलीले सोमबार नै जङ्गी अड्‍डाको भ्रमण गरेको थियो । भ्रमणको क्रममा भ्रमणदलका… Continue reading प्रधानमन्त्री देउवासँग भारतीय नेशनल डिफेन्स टीमको भेट

न्युयोर्क सहरमा मनाए भव्य संयुक्त तीज कार्यक्रम

न्युयोर्क हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा एनआरएनए अमेरिका न्युयोर्क च्याप्टरको संयोजकत्वमा संयुक्त तीज कार्यक्रम भव्यताका साथ मनाएका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए न्युयोर्क च्याप्टरको महिला कोअर्डिनेटर लक्ष्मी थापाको संयोनजमा स्याङ्जा समाज अमेरिका, नेपाली अमेरिकन कलाकार संघ, बागलुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता… Continue reading न्युयोर्क सहरमा मनाए भव्य संयुक्त तीज कार्यक्रम

त्रिभुवन विमानस्थल हुँदै पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । पर्यटक भिसामा खाडीका विभिन्न देशमा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १ सय ९७ जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आवश्यक कागजात शंकास्पद देखिएकोले थप अनुसन्धानका लागि तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलमा बुझाइएको अध्यागमन विभागले जनाएको छ । भदौको ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक भिसा… Continue reading त्रिभुवन विमानस्थल हुँदै पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ जना प्रहरीको नियन्त्रणमा

गहुँ र चिनीमा लगाएको प्रतिवन्ध हटाउने भारतीय राजदूतको संकेत

धरान । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउने बारे संकेत गरेका छन् । शनिबार धरानमा उद्योग वाणिज्य संघ सुनसरीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले गहुँ र चिनी आयातमा भारतले लगाएको प्रतिबन्ध हटाउने विषयमा कुराकानी भइरहेको जानकारी गराए । ‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ… Continue reading गहुँ र चिनीमा लगाएको प्रतिवन्ध हटाउने भारतीय राजदूतको संकेत

सरकारसंग प्रदिप गिरी क्यान्सर अस्पताल निर्माणको जोडदार माग

बिष्णु सिंह, न्युयोर्क गत अगष्ट २० तारिख स्वर्गीय हुनु भएका नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य माननीय प्रदिप गिरीको जनसम्पर्क समिति अमेरिकाले श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्यो। सयुक्त राष्ट्र संघको एक कार्यक्रममा भाग लिन आएका नेपालका माननीय खानेपानी मन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यमा अगस्ट २३,२०२२ ज्यक्सन्हाईट, न्युयोर्कमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो।कार्यक्रमको सभापतित्व जनसम्पर्क… Continue reading सरकारसंग प्रदिप गिरी क्यान्सर अस्पताल निर्माणको जोडदार माग

१९६० मा काठमाडौंबाट हराएको मूर्ति अमेरिकामा फेला, नेपाल फर्काइंदै

काठमाडौं । पुरातात्विक महत्वको दूर्गाको एक मूर्ति अमेरिकाबाट नेपाल फर्काइने भएको छ । म्यानहटन जिल्ला सरकारी वकिलको कार्यालयमा विशेष समारोह आयोजना गरी दूर्गाको १३।२५ इन्चको उक्त मूर्ति न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासका अधिकारीलाई हस्तान्तरण गरिसकिएको छ । समारोहमा म्यानहटन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्रागले कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमलाई मूर्ति हस्तान्तरण गरे । १४ औंदेखि १८ औं… Continue reading १९६० मा काठमाडौंबाट हराएको मूर्ति अमेरिकामा फेला, नेपाल फर्काइंदै

भारतीय सेनाको ‘अग्नीपथ’ योजनामा नेपाली युवालाई भर्ति नगर्न नेपालको आग्रह

काठमाडौं । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवालाई भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर यसबारे नेपाल सरकारको धारणा सुनाएका हुन् । उनले नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ । यो योजना भारतमै विवादित बनेको… Continue reading भारतीय सेनाको ‘अग्नीपथ’ योजनामा नेपाली युवालाई भर्ति नगर्न नेपालको आग्रह

भिजिट भिसामा कुवेत जान खोजेका ३९ जना महिला विमानस्थलबाटै फर्काइए

काठमाडौं । कुवेतमा भिजिट भिसामा जान लागेका ३९ जना महिलालाई नेपाल प्रहरीले त्रिभुवन विमानस्थलबाट फर्काएको छ । बुधबार बिहान जजिरा एयरवेजको जहाजबाट कुवेत जान लागेका महिलाहरुलाई प्रहरीले शंकास्पद कागजातका आधारमा फर्काएको छ । उनीहरुले बोकेको कागजात र सोधपुछमा समान नभएपछि प्रहरीले उनीहरुलाई रोकेको बताइएको छ । उनीहरुले भने दुबईमा भिजिट भिसामा जान लागेको बताएका थिए… Continue reading भिजिट भिसामा कुवेत जान खोजेका ३९ जना महिला विमानस्थलबाटै फर्काइए

शेर्पा संघ अमेरिकाको अध्यक्षमा पासाङ दोर्जी शेर्पा चयन

न्युयोर्क शेर्पा संघ अमेरिकाको तेश्रो महाधिवेशनले श्री पासाङ दोर्जी शेर्पालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेका छन् । संघका निवर्तमान अध्यक्ष आङजाङबु शेर्पाको सभाध्यक्षतामा न्युयोर्कको क्वीन्समा सम्पन्न भेलाले कार्यसमितिका अन्य सदस्यहरुसहित सर्वसम्मत चयन गरेको हो । न्यूयोर्कमा नेपाली महावाणिज्यदूतवास कार्यालय अमेरिकाका वाणिज्यदूत गणेशप्रसाद अधिकारीको प्रमुख आतिथ्य तथा बौंद्धधर्मगुरु टुल्कु उर्गेन शेर्पा, शेर्पा संघ नेपालका उपाध्यक्ष पसी शेर्पा,… Continue reading शेर्पा संघ अमेरिकाको अध्यक्षमा पासाङ दोर्जी शेर्पा चयन

नेपालमा लगानी गर्न पाकिस्तानका उद्योगीलाई नेपालको आह्वान

लाहोर । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले लाहोरका उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । लाहोर चेम्बर अफ कमर्स (एलसीसीआई) का प्रमुख मियान नौमान कबिरसहित अन्य सदस्यसँगको अन्तरक्रियामा राजदूत अधिकारीले यस्तो आग्रह गरेका हुन् । भेटमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच द्विपक्षीय आर्थिक सम्बन्धलाई सुदृढ गर्नुपर्ने धारणा राखेका थिए । ‘दुई देशबीचको सम्बन्ध… Continue reading नेपालमा लगानी गर्न पाकिस्तानका उद्योगीलाई नेपालको आह्वान

अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइयो

न्यूयोर्क नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस अमेरिकाको न्युयोर्क सहरमा भब्यताका साथ मनाइएको छ । फिप्नाको १८ वटा सदस्य संस्थाहरु सहआयोजक थिए ।  नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना) का महासचिव टोमा लामाले ‘हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संकृति, हाम्रो पहिचान’, ‘आदिवासी ज्ञानको  संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ भन्ने… Continue reading अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइयो