Category: डायस्पोरा

  • भारतले नेपाल पठायो १० करोड भारु बराबरको राहत

    भारतले नेपाल पठायो १० करोड भारु बराबरको राहत

    काठमाडौं । भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड (१० करोड भारू) रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ । आईतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण गरेका छन् ।

    एक विशेष भारतीय वायुसेना सी—१३० उडानले ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको खेप ढुवानी ग¥यो । जसमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटरहरू जस्ता प्रभावित मानिसका लागि चिकित्सा उपकरणहरू समावेश छन् ।

    राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको राजदुत श्रीवास्तवले बताए । भारत आफ्नो छिमेकी र बाहिरका संकट परिस्थितिहरूमा पहिलो प्रतिक्रियाकर्ताको रूपमा जारी राख्ने बताए ।

    भारतले भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको पुनर्निर्माण समेत गरेको थियो । आइतबार अपराह्न जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामग्री बोकेर भारतीय वायुसेनाको विमान नेपालगन्ज विमानस्थलमा आइपुगेको हो ।

  • नेपाल भूकम्पप्रति रुसी राष्ट्रपति दुखी

    नेपाल भूकम्पप्रति रुसी राष्ट्रपति दुखी

    काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
    उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

    राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरूका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

  • गैरआवासीय नेपाली संघद्धारा भूकम्प पिडितलाई १० लाख सहयोग घोषणा

    गैरआवासीय नेपाली संघद्धारा भूकम्प पिडितलाई १० लाख सहयोग घोषणा

    काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाहरूको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले १० लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । सङ्घले शनिबार विज्ञप्ति जारी गर्दै सो सहयोग घोषणा गरेको हो । भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सङ्घले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

    सङ्घका अध्यक्ष बद्री केसी र महासचिव गौरीराज जोशीको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, “यस कठिन घडीमा गैरआवासीय नेपाली सङ्घ भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणमा सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै सङ्घको तर्फबाट पहिलो चरणमा सरकारको कोषमा तत्काल १० लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”

    सङ्घले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग सङ्कलन तथा आवश्यक अन्य कार्यमा जुट्न सबै नेपालीलाई आग्रह पनि गरेको छ ।

  • भारतमा सवारी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

    भारतमा सवारी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

    कामठाडौं । भारतमा गाडी दुर्घटनामा परेर एकै परिवारका पाँच जना नेपालीको ज्यान गएको छ । कर्नाटक राज्यअन्तर्गत गुलबर्गा जिल्लाको तलका भन्ने ठाउँमा ट्रक र मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा परि सुर्खेतका एकै परिवारका पाँच जनाको ज्यान गएको हो ।

    सुर्खेतको चौकुने गाउँपालिका–७ अमलाटाकुराका रतन नेवार, उनकी श्रीमती अस्मिता, पाँच वर्षीय छोरा मिलन, दुई वर्षका छोरा धड्कन र बुहारी (भाइकी श्रीमती) सुस्मिता नेवारको ज्यान गएको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए । नेवार परिवार रोजगारीको सिलसिलामा भारत पुगेका थिए । उनीहरूको उतै अन्त्येष्टि गर्ने तयारी भइरहेको गाँउपालिका अध्यक्ष विकले जानकारी दिएका छन् ।

  • राष्ट्रपतिको यूरोप भ्रमण मन्त्रिपरिषद् बाट स्वीकृत

    राष्ट्रपतिको यूरोप भ्रमण मन्त्रिपरिषद् बाट स्वीकृत

    काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेललको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २२ देखि मंसिर १ गतेसम्म युरोपका ३ देशमा राष्ट्रपतिबाट हुने भ्रमण स्वीकृत गरेको हो ।

    सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जानेछन् । त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किनेछन् ।

    सरकारले मङ्सिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने १० औं सेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टीज टु द युनाइटेड नेसन कन्भेन्सन एगिनिस्ट करप्शन कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ ।

    त्यस्तै चीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

  • भ्रमण भिषामा ओमान जानेले काम गर्न नपाउने

    भ्रमण भिषामा ओमान जानेले काम गर्न नपाउने

    काठमाडौं । मध्यपूर्वको देश ओमानमा अबदेखि भ्रमण भिसामा गएकाले भिसा परिवर्तन गरेर काम गर्ने भिसा लगाउन नपाइने भएको छ । ओमानस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै कात्तिक १४ वा अक्टोबर ३१ देखि भ्रमण भिसामा ओमानमा आएका आप्रवासीले भिसा परिवर्तन गरेर काम गर्न नपाउने नियम लागु गरेसँगै भ्रमण भिसामा गएर काम नपाइने भएको जानकारी गराएको हो । यसअघि भ्रमण भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने सक्ने भए पनि ३१ अक्टोबरदेखि भिजिट भिसामा गएकाले काम गर्ने भिसा नपाउने कडा नियम ओमान सरकारले लागु गरेको छ ।

    दूतावासको सूचनामा भनिएको छ, “भ्रमण भिसामा आएर त्यो भिसाको क्याटगरी परिवर्तन गरी काम गर्ने भिसा लिन नपाउने नियम लागु भएको छ । भ्रमण भिसामा ओमान आउने र पठाउने दुवै सचेत हुनुहोस् ।” दूतावासले काम पाउने आसमा भ्रमण भिसामा नआउन सबैलाई आग्रह गरेको छ । घुम्ने पर्यटकका लागि भ्रमण भिसा जारी हुने र त्यो प्रयोजनमा आएका विदेशी नागरिकले अब भिसा परिवर्तन गरेर पहिले जस्तो काम गर्न पाउँदैनन् ।

  • एमच्यामले पायो यूएस च्याम्बर अफ कमर्सको सदस्यता

    एमच्यामले पायो यूएस च्याम्बर अफ कमर्सको सदस्यता

    काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिकास्थित यूएस च्याम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ । बिहीबार अमेरिकामा आयोजित कार्यक्रममा यूएस च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यप र यूएस च्याम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको प्रमाणपत्र प्रदान गरे ।
    एमच्याम नेपालले आफ्नो स्थापनाको दुई वर्षमै यूएस च्याम्बर अफ कमर्सको सदस्य बन्न सफल भएको बताएको छ । यो ऐतिहासिक उपलब्धि भएको एमच्याम नेपालका अध्यक्ष अजित शाहले जानकारी दिए । एमच्याम मार्फत अब संसारभरबाट नेपालमा लगानी गर्न अनुरोध गर्न सक्ने अवस्था बनेको शाहले बताए । नेपालमा वैदेशिक लगानी भित्राउन यो उपलब्धि कोसेढुङ्गा सावित हुने उनको दाबी छ ।

    अध्यक्ष शाहका अनुसार एमच्याम नेपालले सन् २०२४ मा नेपालमा यूएस–नेपाल इकोनोमिक समिट आयोजना गर्ने घोषणा समेत गरेको छ । इकोनोमिक समिटमा अमेरिकाको निजी क्षेत्र र विभिन्न मुलुकका एमच्याम सदस्यहरू सहभागी हुनेछन् । अमेरिकी लगानीमा अहिले नेपालमा ऊर्जा, सूचनाप्रविधि तथा पर्यटन लगायतका क्षेत्रमा लगानी हुँदै आएको छ ।

    एमच्याम नेपालमा हालसम्म ४४ सदस्य रहेका छन्, जहाँ १५ हजारभन्दा बढीले प्रत्यक्ष र लाख बढीले अप्रत्यक्ष रोजगारी पाएको बताइएको छ । विश्वभर १३० मुलुकमा यूएस च्याम्बर अफ कमर्सका च्याप्टर (एमच्याम)हरु रहेका छन् । जहाँ ३० लाख बढी व्यावसायिक संस्था आवद्ध छन् ।

    परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेपालको टोली अमेरिकाको औपचारिक भ्रमणमा रहेकै समयमा एमच्याम नेपालले सदस्यता पाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले अमेरिका र निजी क्षेत्रले नेपालको उर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले अर्थतन्त्र सञ्चालनका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै यूएस च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यपले नेपाल हरित ऊर्जाका लागि प्रशस्त सम्भावना रहेको र यसमा लागानी केन्द्रित गर्नु उपलब्धिमूलक हुने बताए । अमेरिकाका लागि नेपाली राजदूत डा। श्रीधर खत्रीले आईटीमा एक खर्ब लगानी गर्दा १० लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सकिने बताए । कार्यक्रममा एमच्याम नेपालका अध्यक्ष शाहले एम्चामले नेपालमा जनशक्तिको सीप विकाश लगायतमा काम गर्ने योजना रहेको जानकारी दिए ।

    अहिले वैदेशिक लगानी मार्फत अमेरिका वा नेपालमा लगानी गरी व्यवसाय सञ्चालन गर्दा दुवै देशमा कर तिर्नुपर्ने बाध्यता रहेकोमा त्यसलाई हटाएर एउटा मात्र देशमा कर तिरे पुग्ने व्यवस्थाका लागि एमच्याम नेपालले नीतिगत पहल गरिरहेको शाहले बताए । कार्यक्रममा यूएस डिपार्टमेन्ट अफ स्टेटका नेपालरभुटान डेस्क अफिसर सराह अल्ड्रिच लगायत नेपाल र अमेरिकाका व्यवसायी एवं व्यावसायिक संस्थाका प्रतिनिधिको समेत सहभागीता रहेको थियो ।

  • नेपाल र कोरियाबीच कृषिमा सहकार्य गर्ने सम्बन्धी सम्झौता

    नेपाल र कोरियाबीच कृषिमा सहकार्य गर्ने सम्बन्धी सम्झौता

    काठमाडौं । नेपाल र दक्षिण कोरिया बीच कृषि क्षेत्रमा सहकार्य सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार कृषि विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा कृषि मन्त्री डा. वेदुराम भुसाल र दक्षिण कोरियाका कृषि खाद्य तथा ग्रामिण सुरक्षा मन्त्री चुङ्‍ग हवानकेउन बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    समझदारी अनुसार नेपालीको कृषि तथा पशुपन्छी क्षेत्रको विकासमा दक्षिण कोरिया सरकारले सहयोग गर्नेछ । समझदारीपछि बोल्दै दक्षिण कोरियाका कृषिमन्त्री हवानकेउनले नेपालमा दुग्ध उत्पादन वृद्धि र कृषि उपजमा सहयोग गर्न बाटो खुलेको बताए । नेपाल र कोरियाबीच श्रम जनशक्तिमा सहकार्यपछि कृषि क्षेत्रमा भएको समझदारीले आफू उत्साहित भएको उनले बताए ।

    यो समझदारीले नेपालको दुग्ध उत्पादन वृद्धि, धान उत्पादन र तरकारी तथा मसलाजन्य बाली विकासमा कोरियाले सघाउने उनले बताए । कार्यक्रममा नेपाली समकक्षी भुसालले यो समझदारी दुई देशबीचको सम्बन्धमा कोसेढुङ्‍गा हुने विश्वास व्यक्त गरे ।

  • संयुक्त राष्ट्र संघका महासचिव आज न्यूयोर्क फर्कने

    संयुक्त राष्ट्र संघका महासचिव आज न्यूयोर्क फर्कने

    काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमण सकाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन्। कतार एयरवेजको उडानमार्फत बिहान १० बजे गुटेरेस न्युयोर्क फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। न्युयोर्क फर्कनुअघि गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए।

    आइतबार राति काठमाडौं आइपुगेका गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राजनीतिक दलका नेताहरू, मन्त्रीहरू लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। नेपाल बसाइका क्रममा उनले अन्नपुर्ण आधार शिविर, पोखरा र लुम्बिनीको भ्रमण गरेका थिए।

  • परराष्ट्र मन्त्री साउद र अमेरिकी विकास वित्त निगमका सीइओबीच भेटवार्ता

    परराष्ट्र मन्त्री साउद र अमेरिकी विकास वित्त निगमका सीइओबीच भेटवार्ता

    काठमाडौं । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा उनीहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको छ ।

    मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरेका थिए । निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र सम्भावित क्षेत्रहरूका बारेमा आफ्नो धारणा राखे ।

  • जीपी कोइराला फाउण्डेशनका अध्यक्ष घिमिरे मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित

    जीपी कोइराला फाउण्डेशनका अध्यक्ष घिमिरे मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित

    घाना । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे घानाले प्रदान गर्ने मानवीय पुरस्कार ग्लोबल घानाबाट सम्मानित भएका छन् ।

    फाउण्डेशनले कोरोना कहरका बेला निःस्वार्थ समर्पण र प्रेरणाको कारण धेरै क्षेत्र र समुदायको समर्थनमा मानवीयता देखाएको भन्दै घिमिरेलाई सम्मान गरेको हो ।

    मानवीय पुरस्कार ग्लोबलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले ‘मानवीय पुरस्कार ग्लोबलको व्यवस्थापनले तपाईलाई तपाईको उपलब्धिहरूको लागि तपाईलाई “मानवीय पुरस्कार ग्लोबल” बाट सम्मानित प्रदान गर्न पाउँदा हामीलाई गर्व लागेको छ। तपाईले समाजमा खेल्नु भएको मानवीय कार्यको उच्च प्रशंसनीय छ र निरन्तरताको पनि कामना छ’ भने ।

    मानवीय पुरस्कार ग्लोबल–घानाले परिवर्तन निर्माताहरू, स्वयंसेवक नेताहरू, गैरसरकारी संस्थाहरू, परोपकारीहरू, समाजमा सहयोग गर्ने कम्पनीहरू वा निगमहरू र मानव सेवी पेशेवरहरूलाई पहिचान गर्न, सम्मान गर्न र मनाउन स्थापना गरिएको जनाएको छ । जसको कार्यहरूले समाजमा सकारात्मक प्रभाव पारेको पनि उल्लेख छ ।

    मानवीय पुरस्कार ग्लोबल–घानाले प्रत्येक वर्ष विश्वभरिबाट समाजमा सकारात्मक प्रभाव पारेका मानिसहरुलाई छनोट गरेर यो पुरस्कार दिइन्छ। यस वर्ष, २०२३ मा विश्वभरिबाट ४८ जनाले मानवीय पुरस्कार ग्लोबल सम्मान पाएका छन् ।

    घानामा संचारकर्मीहरुसँग कुराकानी गर्दै सम्मानित घिमिरेले विश्वव्यापी मानवीय पुरस्कार समारोहमा सामेल हुन पाउँदा गौरव लागेको र मेरो जीवनकालको उपलब्धि, रूपान्तरण नेतृत्व पुरस्कार प्राप्त गर्दै गर्दा यो पुरस्कारले अब नेपाल, अमेरिका र अफ्रिकी राष्ट्रहरुबच पुलको निर्माण हुने र यी देशहरुबीच शान्ति, समृद्धि र प्रगतिको पुल निर्माण गर्नलाई एउटा बाटो खुलेको बताए ।

    उनले अब छिट्टै घाना, नाइजेरिया, सेनेगल, बेनिन, टोगो, कोर्टे ड्वायर र बुर्किना फासोमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन स्थापना के कसरी गर्ने भन्नेबारे ती देशका सम्मानित व्यक्तिहरुसँग विशेष छलफल भएकोबारे जानकारी गराए ।

    गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेलाई घानाका लागि लेबनानका राजदूत महेर खीरले ‘रूपान्तरण नेतृत्व पुरस्कार’ले सम्मान गरेका थिए । अध्यक्ष घिमिरे २०२३ को यो सम्मान पाउने एक मात्र नेपाली अमेरिकी हुन् ।

    घिमिरे विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार हुन् ।

  • संयुक्त राष्ट्रसंघका महासचिवले नेपालको संसदमा के भने?

    संयुक्त राष्ट्रसंघका महासचिवले नेपालको संसदमा के भने?

    काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकासोन्मुख देशको प्रतिनिधित्व हुनेगरी राष्ट्रसंघीय सुरक्षा परिषद्मा सुधार हुनुपर्ने बताएका छन् । मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्ने बताए ।

    विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्छ । मैले संयुक्त राष्ट्रसंघको पुरानो सुरक्षा परिषद्लाई सुधार गर्न आह्वान गरेको छु,’ गुटेरेसले भने ‘मैले विश्वव्यापी वित्तीय संरचनालाई सुधार गर्ने उपायहरू प्रस्ताव गरेको छु जसले गर्दा यसले विकासशील देशहरूलाई अझ राम्रोसँग प्रतिनिधित्व गर्दछ र तिनीहरूका आवश्यकताको प्रतिकार्य गर्दछ ।’ उनले यस वर्षको संयुक्त राष्ट्र संघ महासभामा र त्यसपछि वास्तविक ध्यान प्राप्त गरेको बताए ।

    राष्ट्रसंघमा सबैभन्दा शक्तिशाली रहेको सुरक्षा परिषद्मा भिटो मतसहित अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स स्थायी सदस्य छन् भने प्रत्येक २ वर्षमा निर्वाचित हुने १० अस्थायी सदस्य छन् । विश्व शक्तिका रूपमा उदाउदा नयाँ शक्ति राष्ट्रहरुले सुरक्षा परिषदको सुधार हुनुपर्ने माग गर्दै आएका छन् ।

    महासचिव गुटेरेसले आजको वास्तविकतालाई प्रतिबिम्बित गर्ने बलिया अन्तर्राष्ट्रिय संस्थाहरू चाहिने र त्यसमा परिवर्तन हुनुपर्ने बताए । उनले आगामी वर्षको भावी राष्ट्रसंघीय शिखर सम्मेलन थप प्रगतिलाई अघि बढाउने महत्त्वपूर्ण अवसर रहेको बताए।

    उनले विश्व बहुध्रुवीयतातर्फ बढेको बताए । ‘यो बहुध्रुवीयतातर्फ अघि बढिरहेको छ । यो राम्रो कुरा हो । बहुध्रुवीय विश्वले वैश्विक मञ्चमा नेतृत्व र सन्तुलनका लागि नयाँ अवसरहरू प्रदान गर्दछ,’ उनले भने ‘तर शान्ति कायम राख्न यो नयाँ गतिशीलतालाई बलिया बहुपक्षीय संस्थाहरू चाहिन्छन् । इतिहासले हामीलाई त्यो प्रमाणित गरेको छ ।’

    उनले बीसौं शताब्दीको सुरुमा युरोप बहुधुवीय थियो, तर बलिया बहुपक्षीय संस्थाहरू नभएका कारण युद्ध भएको बताए । ‘यो युद्धमा पर्‍यो जसले विश्वलाई आफ्नो चपेटमा लियो,’ उनले भने, त्यो हामीले लिन सक्ने जोखिम होइन।

  • लेवनानमा एक नेपाली शान्ति सैनिक घाइते

    लेवनानमा एक नेपाली शान्ति सैनिक घाइते

    काठमाडौं । लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । शनिबार बिहान लेबनानको होउला गाउँमा दुई मोटर सेलले त्यहाँ कार्यरत शान्ति सैनिकलाई घाइते बनाएको थियो ।

    घाइते ती सैनिकलाई युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) को हेडक्वाटर नाकुरामा उपचार भइरहेको छ । युनिफिलद्वारा जारी वक्तव्यअनुसार घाइते सैनिकको अवस्था भने सामान्य छ । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पनि घाइते नेपाली सैनिकको अवस्था सामान्य रहेको जानकारी दिए । शान्ति सैनिकले लेबनान र इजरायलको सीमा क्षेत्रमा रहेको ‘ब्लु लाइन’ मा शान्ति स्थापनाका लागि काम गरिरहेका छन् । हमासले इजरायलमाथि अक्टोबर ७ मा आक्रमण गरेपछि इजरायलले हमास र प्यालेस्टाइनमा आक्रमण गरिरहेको छ ।

    पछिल्लो समय हमासलाई सहयोग गर्ने लेबनानको अर्को सशस्त्र पार्टी हेजबुल्लाहले पनि इजरायललाई लेबनानबाट आक्रमण गर्न थालेको छ । शान्ति सैनिकको कार्य क्षेत्रमा भएको उक्त आक्रमण हेलबुल्लाह वा इजरायल कसले गरेको भन्न यकिन हुन सकेको छैन । युनिफिलले भने वक्तव्य जारी गर्दै शान्ति सैनिकमाथि भएको उक्त आक्रमणको भर्त्सना गरेको छ भने छिटो युद्धविराम गर्नका लागि पनि आह्वान गरेको छ ।

  • संयुक्त राष्ट्रसंघका महासचिवको आज सगरमाथाको हेलि टुर, पोखरा समेत जाने

    संयुक्त राष्ट्रसंघका महासचिवको आज सगरमाथाको हेलि टुर, पोखरा समेत जाने

    काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् ।

    मौसम अनुकूलताअनुसार उनी बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ ।
    त्यसपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा यहाँको टोलीसँग बैठक गर्नुहुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिव गुटेरेस दिउँसो पोखरा भ्रमणका लागि प्रस्थान गर्नेछन् ।महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र सङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक  हाना सिंगर-हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी हुनेछन् 
    महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे यहाँ आइपुगेका हुन् ।

    उनले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए

    साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।

    भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए ।

  • सोमबार नेपालको संसदमा राष्ट्र संघका महासचिवले सम्बोधन गर्ने

    सोमबार नेपालको संसदमा राष्ट्र संघका महासचिवले सम्बोधन गर्ने


    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ ।

    सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन्।

    गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि आइतबार राति नेपाल आएका छन् ।
    गुटेरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरुलाई उपस्थित भइसक्न सभामुख देवराज घिमिरेले अनुरोध गरेका छन् ।

    साथै उनले औपचारिक पोशाकमा आउन समेत भनेका छन् । ‘उक्त दिन औपचारिक पोशाकमा उपस्थित भइदिनुहुन अनुरोध गर्दछु’, सभामुख घिमिरेले सांसदहरुलाई भनेका छन् ।

  • शान्ति प्रक्रिया टुङ्याउन राष्ट्रसंघका महासचिवको भ्रमण महत्त्वपुर्ण : प्रधानमन्त्री

    शान्ति प्रक्रिया टुङ्याउन राष्ट्रसंघका महासचिवको भ्रमण महत्त्वपुर्ण : प्रधानमन्त्री


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन मद्दत गर्ने बताएका छन् ।

    चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले आइतबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे कुराकानी भएको थियो ।

    ‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने कुरा हामीले गर्‍यौं’, भेटपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘यो भ्रमणले राष्ट्रसंघसँग हाम्रो सम्बन्धलाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले व्यक्त गरेका छौं ।

  • नेपाल आए संयुक्त राष्ट्रसंघका महासचिव

    नेपाल आए संयुक्त राष्ट्रसंघका महासचिव

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटरेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् ।

    राति एक बजे काठमाडौँ आएका महासचिव गुटरेसले आजै महत्वपूर्ण भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

    भ्रमणको पहिलो दिन आज आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने छन्।

    परराष्ट्र मन्त्रालयका अनुसार गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यतालिका छ।

    आजै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
    भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्।

    प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आझ साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् ।

    भ्रमणका क्रममा उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

    सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • परराष्ट्र मन्त्री साउद अमेरिका भ्रमणमा जाने

    परराष्ट्र मन्त्री साउद अमेरिका भ्रमणमा जाने

    काठमाडौं । परराष्ट्र मन्त्री एन पि साउदको अमेरिका भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउद १२ कात्तिकमा अमेरिका जानेछन् ।

    परराष्ट्रमन्त्री साउदको सचिवालयका अनुसार आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनि गुटेरेस नेपाल भ्रमणमा आउने र गुटेरेससँग भेटवार्ता गरेपछि सोही दिन उनी अमेरिका प्रस्थान गर्नेछन् ।

    भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेनसँग वासिङटन डीसीमा भेटवार्ता गर्ने छन् ।

    त्यसपछि संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

    यस्तै अमेरिकी कांग्रेसका नेपाल ककसका सहअध्यक्ष कांग्रेस सदस्य माइक केरीसँग पनि भेट परराष्ट्रमन्त्री साउदबीच भेट गर्नेछन् ।

    युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (युएसआईपी) मा वार्ता कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली संघका प्रतिनिधि र नेपाल–अमेरिका व्यवसायीसँगको अन्तरक्रिया परराष्ट्रमन्त्रीको अन्य सहभागिता रहेको छ 

    साउद नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरुका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष छन्  । परराष्ट्रमन्त्री साउद १९ कात्तिकमा काठमाडौं फर्कनेछन् ।

  • राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणको तालिका यस्तो छ

    राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणको तालिका यस्तो छ

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका बेला पोखरा आउने भएका छन् । चार दिने नेपाल भ्रमणका क्रममा गुटेरेस १२ नेपाल भ्रमणमा आउने तय भएको छ ।

    नेपाल बसाइका क्रममा गुटेरेसले पोखरा पनि भ्रमण गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । पोखरा आउने गुटेरेस विश्वकै चर्चित अन्नपूर्ण बेसक्याप पुग्ने कार्यक्रम रहेको सिडिओ घिमिरेले जानकारी दिए ।

    पोखरा विमानस्थलबाट हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुग्नेसमेत तालिका छ,’ कास्कीका सिडिओ घिमिरेले भने, ‘प्रोटोकलअनुसार सुरक्षा व्यवस्था चुस्त हुने छ ।
    राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्प पुग्ने भएसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित छन् ।

    अन्नपूर्ण हिमाल ८ हजार मिटरमाथि आरोहण भएको विश्वकै पहिलो हिमाल हो । सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेको ३ वर्षपछि मात्रै सगरमाथा आरोहण भएको थियो । पोखराको पर्यटन क्षेत्रलाई फेरि एक पटक अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग पुग्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा नेपाल आउन लागेका गुटरेस हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग कुराकानी गर्ने कार्यक्रम पनि छ।

  • गाजामा संयुक्त राष्ट्र संघका चार कर्मचारी मारिए

    गाजामा संयुक्त राष्ट्र संघका चार कर्मचारी मारिए


    काठमाडौं । गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सीका छ कामदार मारिएको राष्ट्रसङ्घले बताएको छ । यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको कूल सङ्ख्या ३५ पुगेको छ । 

    हमासका बन्दुकधारीहरूले इजराइलको ७५ वर्षको इतिहासमा सबैभन्दा भीषण हमला गरेपछि गाजापट्टीमा इजराइली बमबारी दुई साताभन्दा बढीको समयमा मानवीय र सहायताकर्मीहरूलाई पनि छोडिएको छैन । 

    “शत्रुता सुरु भएदेखि काम गरेकै अवस्थामा १६ स्वास्थ्यकर्मी मारिएका छन्, युएनआरडब्लुएका गरी कूल ३५ कर्मचारीको मृत्यु भएको छ” संयुक्त राष्ट्रसङ्घको मानवअधिकार एजेन्सी ओसीएचएले सोमबार साँझसम्मको स्थितिबारे मङ्गलबार पठाएको अपडेटमा भनिएकोछ, “तीमध्ये छ जना पछिल्लो २४ घन्टमा मारिएका छन् ।”

    युएनआरडब्लुएले गाजा, पश्चिम किनार र पूर्वी जेरुसेलमका साथै जोर्डन, लेबनान र सिरियामा ५६ लाख प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्दछ । 

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको सङ्ख्याअनुसार गाजापट्टीमा इजराइलले गरेको बमबारीमा पाँच हजारभन्दा बढी मानिस मारिएका छन् ।  रासस/एएफपी

  • गैरआवासीय नेपाली संघमा आर के शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा

    गैरआवासीय नेपाली संघमा आर के शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ महाधिवेशनबाट राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा भएको छ ।

    असन्तुष्ट पक्षले बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै समिति घोषणा गरेको हो । उनीहरुले यो शर्मा नेतृत्वको समिति नै आधिकारिक भएको दाबी गरेका छन् । यसअघि महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी अध्यक्ष रहेको समितिले भने हिजै कार्यभार सम्हालिसकेको छ । केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक पनि बसेको थियो ।

    कार्यभार सम्हाल्नुअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो । तर हिजो बेलुका ललितपुरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठलगायतले ११औँ महाधिवेशनबाट भएको नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए । लगत्तै समानान्तर समिति घोषणा गरेका हुन् ।   

  • इजरायलबाट काठमाडौं ल्याइयो चार नेपालीको शव

    इजरायलबाट काठमाडौं ल्याइयो चार नेपालीको शव

    काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल पठाइएको छ ।

    पहिलो चरणमा आज बिहान दीपेशराज विष्टको शव काठमाडौं ल्याइएको छ । शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्र मन्त्री एनपी साउद पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् ।

    पहिलो चरणमा दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । केही शव दिउँसो आइपुग्ने छ । अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न भने केही दिन लाग्ने दूतावासले जनाएको छ ।

    कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।

  • यसपटक पनि विवादमुक्त बन्न सकेन गैरआवासीय नेपालीको निर्वाचन

    यसपटक पनि विवादमुक्त बन्न सकेन गैरआवासीय नेपालीको निर्वाचन

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी विजयी भएको घोषणासँगै विवाद भएको छ । अध्यक्षमा पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् ।

    अनलाइन प्रणालीमा गडबड गरेर केसीले नतिजा आफ्नो पक्षमा पारेको अध्यक्षका अरु प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छन् । केसीले १ हजार ३७८, शर्माले १ हजार २८१ र  श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ । महासचिवमा बद्री पक्षकै गौरीराज जोशी निर्वाचित भएको घोषणा गरिएको छ ।

    यस्तै, उपाध्यक्षमा हेमराज शर्मा, रोबिन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र विनोद श्रेष्ठ तथा उपमहासचिवमा सोम सापकोट र प्रविण गुरुङ निर्वाचित भएका छन् । विदेशमा रहेका प्रतिनिधिलाई अनलाइन भोटिङको व्यवस्था गरिएको थियो ।

    एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजनाबीच प्रतिस्पर्धा भएको थियो ।

  • नेपाल फर्कन चाहेनन् इजरायलमा रहेका अधिकांश नेपाली

    नेपाल फर्कन चाहेनन् इजरायलमा रहेका अधिकांश नेपाली

    काठमाडौं । प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन् । दूतावासका प्रथम सचिव अर्जुन घिमिरेका अनुसार मंगलबार भारतले आफ्नो उद्धार विमानमा नेपालीका लागि २० वटा सिट उपलब्ध गराए पनि १८ जना मात्रै सम्पर्कमा आएका थिए ।

    दूतावासले नेपाल फर्किन चाहनेहरुका लािग आवश्यक व्यवस्था गर्ने सार्वजनिक सूचना नै जारी गरेको छ । दूतावासले आक्रमण सुरु भएको तेस्रो दिनदेखि नेपाल फर्किन चाहनेको विवरण माग गरेको थियो । त्यसरी सूचना जारी गर्दा नाम दर्ता गराएका करिब चार सयभन्दा बढीमध्ये २५४ जना मात्रै पहिलो चरणको उद्धारमा नेपाल फर्किएका थिए । त्यसपछि मंगलबार थप १८ जनालाई भारतीय विमानको सहयोगमा दिल्ली हुँदै नेपाल ल्याइएको छ । पहिलो चरणमा नेपाल फर्किने २५४ जना सबै विद्यार्थी थिए भने यो चरणमा श्रमका लागि गएकाहरू बढी छन् ।

    गएको ७ अक्टोबारबाट हमासले इजरायलको दक्षिणी क्षेत्रमा सुरु गरेको रकेट आक्रमणमा नेपालीहरू समेत परेका थिए । त्यसमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । घाइते भएकामध्ये एक जना डिस्चार्ज भएर नेपाल आइसकेका छन् भने एकजना इजरायलमा नै दूतावासको निगरानीमा छन् । बाँकीको पनि अस्पतालनबाट छिट्टै डिस्चार्ज गर्ने तयारी चलिरहेको छ । एकजना नेपाली विद्यार्थी विपिन जोशी भने घटनाकै दिनदेखि सम्पर्क विहीन छन् ।

    दूतावासका प्रथम सचिव घिमिरेका अनुसार विपिनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको छ । अहिलेसम्म कुनै नतिजा हात लाग्न सकेको छैन । घटनामा परी ज्यान गुमाएका १० जनामध्ये पाँच जनाको शव इजरायलले नेपाली राजदूतावासलाई हस्तान्तरण गरिसकेको छ । बाँकी पाँच जनाको शवको पहिचान र केही कानुनी प्रक्रिया बाँकी रहेको दूतावासले जनाएको छ । छिट्टै मृतकका शव नेपाल पठाउने तयारी भइरहेको घिमिरेको भनाइ छ ।

  • इजरायलबाट उद्धार गरिएका थप १८ जना नेपाली नयाँ दिल्लीमा

    इजरायलबाट उद्धार गरिएका थप १८ जना नेपाली नयाँ दिल्लीमा

    काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार भएको छ । भारत सरकारले उनीहरुको उद्धार गरेको हो । मंगलबार मध्यराति उनीहरु दिल्ली आइपुगे । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाट नेपाली नागरिकलाई पनि ल्याएको हो ।

    दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भारत सरकारसँग समन्वयमा १८ जना नेपाली नागरिक आइपुगेको जानकारी दिएका छन् । गत साता हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली नागरिकको उद्धारको प्रयास सरकारले थालेको हो । यसअघि नेपाल सरकारले विशेष विमान पठाएर २ सय ५४ जनाको उद्धार गरेको थियो ।

    भारतीय र नेपाली नागरिकको उद्धार गरेर उडेको स्पाइस जेटको विशेष विमान राति ११ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । भारतीय समयअनुसार साढे ५ बजे उडेको उक्त विमानले ६ घण्टा लामो यात्रा गरेको थियो । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दूतावासका अधिकारीहरूले इजरायलबाट उद्धार गरी ल्याइएका टोलीलाई विमानस्थलमा स्वागत गरे ।

    उद्धार गरिएको टोली बुधबार बिहान १० बजे गड्डाचौकी भन्सार हुँदै महेन्द्रनगर पुग्ने छन् । उद्धार भएर दिल्ली आएका १८ जनामध्ये १४ जना महिला छन् । उद्धार गरिएकाहरूमा नन्दसिंह भुल, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँड, आतिश गुरुङ, जुनु गुरुङ, मोसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की छन् । त्यस्तै, निश्चल श्रेष्ठ, स्मिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ, उर्मिला श्रेष्ठ र लक्ष्मण दुलाल छन् ।

  • संयुक्त राष्ट्र संघका महासचिव १२ कात्तिकमा नेपाल आउने

    संयुक्त राष्ट्र संघका महासचिव १२ कात्तिकमा नेपाल आउने

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी १२ कात्तिकमा नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तोमा राष्ट्रसंघ महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणमा आउने तय भएको हो ।

    यसअघि महासचिव गुटेरेसको नेपाल आउने पूर्वनिर्धारित कार्यतालिका विश्व राजनीतिमा देखिएको बदलावलाई कारण बनाउँदै स्थगित भएको थियो । इजरायलमाथि प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि २६ देखि २९ असोजसम्मका लागि तय भएको गुटेरेसको नेपाल भ्रमण रोकिएको थियो । स्थगित भएको भ्रमण पुनः १२ देखि १५ कात्तिकसम्म हुने तय भएको हो ।

    महासचिव गुटेरेसलाई सगरमाथा क्षेत्रको हवाइ अवलोकन गराउने तयारी छ । भ्रमणका क्रममा गुटेरेसले १३ कात्तिकमा नेपालको संघीय संसदलाई समेत सम्बोधन गर्ने भएका छन् ।

  • उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

    उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

    काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपगेका छन्। बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गरिन्।

    उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन्। आज उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुनेछ। वाङ चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालयलय सदस्य तथा स्टेट काउन्सिलर छन्। उपप्रधानमन्त्री श्रेष्ठ आजै चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।

    भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ यहाँ आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’मा सहभागी हुनेछन्। उनले आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ।

    यसैगरी चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका आपत्कालीन व्यवस्थापनमन्त्री वाङ सियाङ्सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ। त्यहाँ रहँदा उनले प्रकोप जोखिम अवलोकन तथा पूर्वसूचना केन्द्र र आपत्कालीन ‘कमाण्ड सेन्टर’को अवलोकन गर्ने कार्यक्रम छ। रासस

  • गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आजबाट

    गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आजबाट

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा अध्यक्षका पाँच जनाले दाबी गरेका छन् ।

    वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा दाबी गरेका छन् । केसी, श्रेष्ठ र शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । उनीहरूलाई क्रमशस् एमाले, कांग्रेस र माओवादीको समर्थन रहेको छ ।

    सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएनका अभियन्ता र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वलगायत करिब चार हजारभन्दा बढीको सहभागिता रहने एनआरएनएले जनाएको छ । विश्वभरबाट संघमा सूचीकृत सदस्यको संख्या ९६ हजार ८ सय ५० छ ।

  • गैरआवासीय नेपालीलाई आजबाट नागरिकता दिइने

    गैरआवासीय नेपालीलाई आजबाट नागरिकता दिइने

    काठमाडौं । सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई आजदेखि नागरिकता वितरण सुरु गर्दै छ । गैरआवासीय नेपालीहरु विश्व सम्मेलनका लागि काठमाडौंमा भेला भएको मौकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासबाट एनआरएन नागरिकता वितरण शुभारम्भ गर्न लागेका हुन् । सुरुमा एनआरएनका पदाधिकारीहरुबाट नागरिकता वितरण शुभारम्भ गर्न लागिएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् । अन्यले पछि क्रमशः नागरिकता पाउनेछन् ।

    गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको थियो ।

    नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

    एनआरएन नागरिकता पाएकाहरुले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन् ।

    यदि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ । गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा-बुबा, हजुरबुबा-हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

    विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण आवश्यक पर्नेछ । साथै, नेपालको संविधान, कानुनको परिपालना गर्ने प्रतिबद्धता पनि आवश्यक हुने र शपथ गराउनुपर्ने कानुनी प्रावधानसमेत छ ।

  • गैरआवासीय नेपालीको विश्व सम्मेलन भोलीबाट

    गैरआवासीय नेपालीको विश्व सम्मेलन भोलीबाट

    काठमाडौं । गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन भोलिदेखि सुरू हुने भएको छ। एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म हुने भएको हो। नेपालीका लागि नेपाली भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने एनआरएनए प्रवक्ता सोम सापकोटाले जानकारी दिए।

    सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन्। त्यसपछि विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन हुनेछ। वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा सरकार र सरोकारवालासहितको सत्रको आयोजना गरिएको छ।

    कात्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम राखिएको छ। संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै सम्मेलन सकिनेछ। समापन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन्।