Category: डायस्पोरा

  • मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त

    मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । उनले जनवादी गणतन्त्र चीनका लागि आवासीय राजदूत विष्णु पुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि आवासीय राजदूत प्रा.डा. राम स्वार्थ रायलाई फिनल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् ।

    राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएका छन् ।

  • अफगानिस्तानको भारतस्थित दूतावास बन्द

    अफगानिस्तानको भारतस्थित दूतावास बन्द

    काठमाडौं । नयाँदिल्लीमा रहेको अफगानिस्तानको दूतावास आजदेखि बन्द भएको छ । भारत सरकारको असहयोगका कारण काम बन्द गर्नुपरेको दूतावासका एक सञ्चार अधिकृतलाई उद्धृत गरी रोयटर्सले लेखेको छ । सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको प्रतिनिधित्व गरेका धेरैजसो कुटनीतिक कर्मचारी स्वदेश फर्किएको महिनौँ भएको छ ।

    रिक्त स्थानमा नयाँ नियुक्ति गरिएको छैन । भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन । तालिबान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कुटनीतिक उपस्थिति पनि जनाएको छैन । यसअघि नै भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाएर अफगानिस्तानको दूतावासले कुटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा दूतावास बन्द गर्नुपर्ने अवस्था आएको जानकारी गराएको थियो ।

  • प्रधानमन्त्री स्वदेश फर्किदैं

    प्रधानमन्त्री स्वदेश फर्किदैं

    काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आफ्नो चीन भ्रमण सकेर आज स्वदेश फर्किदैछन् । उनी स्वदेश प्रस्थान गरेका छन् । असोज ६ गते चीन पुगेका प्रचण्ड आज छेन्दुबाट आज बिहान नेपाल प्रस्थान गरेका हुन् । उनलाई सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए ।

    ६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि भने प्रचण्ड चीनका विभिन्न ठाउँमा घुमेर आज स्वदेशका लागि उडेका हुन् ।

  • स्टार फूटबलर विमल घर्तीमगर समेत अष्ट्रेलिया पलायन

    स्टार फूटबलर विमल घर्तीमगर समेत अष्ट्रेलिया पलायन

    काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् । उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरिएको छ । पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन् ।

    दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका ३५ भन्दा बढी खेलाडीहरू विदेशिएका छन् । सिनियर टिमको ब्याकअप मानिएको एउटा पुस्ताकै पलायनले राष्ट्रिय टिमको सन्तुलनमा नै असर पर्ने अवस्था आइसकेको जानकारहरू बताउँछन् ।

  • नेपाली कामदारलाई इजरायलमा भिसा नवीकरणमा समस्या

    नेपाली कामदारलाई इजरायलमा भिसा नवीकरणमा समस्या

    काठमाडौं । इजरायलमा सहायक श्रमिक केयरगिभरमा काम गर्न गएकामध्ये तीन सय नेपाली श्रमिकको भिसा नवीकरणमा ढिलाइ भएको जनाइएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायल र नेपालबिच सम्झौता ९जिटुजी० मार्फत इजरायल गएका एक हजार एक सयमध्ये तीन सय नेपालीको भिसा नवीकरणमा ढिलाइ भएको हो । दूतावासका अनुसार भिसा नवीकरण समयमा नभएपछि दूतावासले इजरायली पक्षसँग छलफल अघि बढाएको छ ।

    नेपाली दूतावासका अनुसार दूतावासले इजरायलमा सरकारी तवरबाट आएका नेपाली श्रमिकको भिसा नवीकरणका लागि इजरायलको पपुलेसन तथा इमिग्रेसन अथोरिटी ९पिवा० सँग कूटनीतिक पहल गरिरहेको छ ।

    विशेष गरी पछिल्लो समय सरकारी सम्झौता (जिटुजी) इजरायल गएका नेपाली सहायक श्रमिकको भिसा नवीकरणमा देखिएको समस्या समाधानका सम्बन्धमा विस्तृत छलफल भएको दूतावासले जनाएको छ । पिवाले भिसा नवीकरण हुन बाँकी नेपाली श्रमिकलाई इजरायलमा कुनै समस्या नहुने आश्वासन दिएको छ । साथै बैठकमा कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा समेत कुराकानी भएको थियो ।

    इजरायलको केयरगिभरमा सहायक श्रमिकका लागि नौ हजार ६९९ जनाले निवेदन दिएकामा एक हजार १४७ जना छनोट भएका थिए । हालसम्म इजरायल प्रवेश गरेका नेपाली युवामध्ये ७० प्रतिशत अर्थात् लगभग ७७० महिला र ३० प्रतिशत अर्थात् बाँकी ३३० पुरुष रहेका छन् । पिवाले छनोट गरेका एक हजार १७५ जनामध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । अन्तिम नामावली प्रकाशित भएकामध्ये केही श्रमिक भने जान योग्य नभएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    इजरायल जाने नेपालीले मासिक एक हजार छ सय अमेरिकी डलर अर्थात् हालको विनिमय दर अनुसार करिब एक लाख ९० हजार रुपियाँ पारिश्रमिक पाउँछन् । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि थपेर पाँच वर्षसम्म बस्न पाइने व्यवस्था छ । इजरायलको कृषि उद्योगमा धेरै नेपाली कार्यरत छन् ।

  • ल्हासाबाट छेन्दु जाँदै प्रधानमन्त्री

    ल्हासाबाट छेन्दु जाँदै प्रधानमन्त्री

    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन्। प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन्। उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

    उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्नेछन्। छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन्। बुधबार चीनको छिङछोङबाट ल्हासा पुगेका प्रधानमन्त्री दाहाल बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए। प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए। त्यसपछि उनले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए।

    प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौँ फर्किनुहुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन्। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू छन्।

    rss

  • क्यानडा र भारतको विवादका बीच विदेशमन्त्री जयशंकरले मागे ठोस प्रमाण

    क्यानडा र भारतको विवादका बीच विदेशमन्त्री जयशंकरले मागे ठोस प्रमाण

    काठमाडौं । भारतका विदेशमन्त्री एस जयशङ्करले क्यानडामा एक सिख पृथकतावादी नेताको हत्याको विषयमा क्यानडा सरकारले उपलब्ध गराउने कुनै पनि ूनिश्चितू जानकारीबारे अनुसन्धान गर्न आफ्नो देश तयार रहेको बताएका छन्। भारतीय विदेश मन्त्री जयशङ्करले गत जुन महिनामा क्यानडामा भएको हरदीप सिंह निज्जरको हत्याबारे संयुक्त राष्ट्रसङ्घको महासभाका बेला अलग्गै बसेको एउटा बैठकमा बोल्ने क्रममा त्यसो भनेको बीबीसीले लेखेको छ । क्यानडाले उक्त घटनामा भारतीय राज्यको संलग्नताबारेका ूविश्वासिला आरोपूको आफूले अध्ययन गरिरहेको बताएपछि दुई देशबीचको तनाव चर्किएको छ।

    भारतले उक्त दाबीलाई उदेकलाग्दो भन्दै खारेज गरेको थियो। भारत सरकारले क्यानडालाई जुनसुकै सान्दर्भिक आरोपबारे अनुसन्धान गर्न आफूहरू खुला रहेको भनेको जयशङ्करले बताए। तर उनले उक्त हत्या प्रकरणमा भारतको भूमिका नरहेकोमा जोड दिए। मङ्गलवार संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुअघि न्यूयोर्कमा आयोजित एक कार्यक्रममा बोल्दै जयशङ्करले भने, पहिलो, हामीले क्यानडेलीहरूलाई यस्तो गैरन्यायिक हत्यो भारत सरकारको नीति नरहेको भनेका छौँ।

    ूदोस्रो, त्यसो भनिरहेका क्यानडेलीहरूलाई उनीहरूसँग केही निश्चित, केही सान्दर्भिक जानकारीहरू छन् भने त्यसबारे हामीलाई पनि जानकारी दिनुहोस्( हामी त्यसबारेमा सोधखोज गर्नका लागि तयार छौँ । हरदीप सिंह निज्जरको गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर गोली हानी हत्या भएको थियो। भारतले यसअघि उनलाई एक पृथकतावादी लडाकु समूहको नेतृत्व गरेको भन्दै आतङ्ककारीको संज्ञा दिएको थियो। उनका समर्थकहरू ती आरोपलाई आधारहीन मान्छन्।

    भारत सरकारले पश्चिमा राष्ट्रमा स्वतन्त्र सिख राज्य खालिस्तान स्थापनाको मागलाई कडा रूपमा प्रतिक्रिया जनाउने गरेको छ। भारतमा खालिस्तान आन्दोलन सन् १९८० को दशकमा सिख बहुल पञ्जाब राज्यमा हिंसात्मक विद्रोहका साथ उत्कर्षमा पुगेको थियो। जसलाई बलपूर्वक नियन्त्रण गरिएपछि अहिले भारतमा यसको प्रभाव कम छ। तर सिखहरूको उल्लेख्य बसोबास रहेका क्यानडा, अस्ट्रेलिया र यूकेजस्ता देशमा त्यो अझै चर्चित छ। यसैबीच जयशङ्करले क्यानडालाई भारतले देशबाहिर रहेर काम गर्ने पृथकतावादी सङ्गठित अपराध र नेतृत्वबारे कैयौँ सूचना दिएको जनाएका छन्।

  • नेपालमा ५७ मुलुकको वैदेशिक लगानी, सबैभन्दा धेरै भारतको

    नेपालमा ५७ मुलुकको वैदेशिक लगानी, सबैभन्दा धेरै भारतको

    काठमाडौं । नेपालमा हालसम्म ५७ मुलुकबाट प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक्ष वैदेशिक लगानी सर्भे प्रतिवेदनअनुसार २०७९ असार मसान्तसम्म ५७ मुलुकबाट नेपालमा वैदेशिक लगानी भित्रिएको छ । मुलुकमा कुल २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । चुक्ता पुँजीस्वरुप सबैभन्दा धेरै अर्थात ५३.७ प्रतिशत वैदेशिक लगानी आएको छ ।

    भारतबाट सबैभन्दा धेरै ८८ अर्ब ६० करोड रुपैयाँ बराबर प्रत्येक्ष वैदेशिक लगानी आएको छ । त्यस्तै दोस्रोमा चीनबाट ३३ अर्ब ४० करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ । आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब १० करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ । औद्योगिक क्षेत्रमा प्रत्येक्ष वैदेशिक लगानीको हिस्सा सबैभन्दा धेरै ६२ प्रतिशत रहेको पाइएको छ भने ३७ प्रतिशत सेवा क्षेत्रमा आएको छ ।

  • गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा आर के शर्माले कतारबाट गरे उम्मेदवारी घोषणा

    गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा आर के शर्माले कतारबाट गरे उम्मेदवारी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आर.के.) शर्माले कतारबाट अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा १७ अक्टोबरदेखि तीन दिनसम्म हुने एनआरएनएको ११औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । त्यसका लागि शर्माले औपचारिक रुपमा कतारबाट उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि महेश श्रेष्ठले काठमाडौंमा औपचारिक रुपमा उम्मेदवारी घोषाणा गरिसकेका छन् ।

    दोहास्थित र्‍याडिसन ब्लु होटलमा मध्यपूर्वलगायत विभिन्न देशका एनआरएनएका अध्यक्षहरु तथा एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै शर्माले आफू अध्यक्ष पदमा निर्वाचित भए २४ महिनामा २४ काम गर्ने बाचासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र पनि सार्वजनिक गरेका हुन् ।

    विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको उनले बताए । यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने दाबी गरे ।

    बाचापत्र सार्वजनिक गर्दै शर्माले भने, ‘मैले आईसीसीको उपाध्यक्ष भई कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाईं हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।’

    अध्यक्ष पद प्राप्त गर्ने आफ्नो अभिलाषा नभएको बताउँदै उनले एनआरएनएका लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्रै खोजेको बताएले । ‘मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु । ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु,’ उनले भने ।

    आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सार्वजनिक गर्ने उनले बाचा समेत गरे । शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

  • चीन भ्रमण सोचभन्दा सफल भयो : प्रधानमन्त्री

    चीन भ्रमण सोचभन्दा सफल भयो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन् । तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताए । राष्ट्रपति सी चिनफिङ, चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू गर्नुले चीनले नेपाललाई विशेष महत्त्वका साथ हेरेको पुष्टि भएको प्रधानमन्त्रीको भनाइ छ ।

    भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रूपमा चल्दै आएका साना साना नाकाहरू पनि सबै सञ्चालन गर्ने सहमति भएको प्रधानमन्त्रीले जानकारी दिए । विगतमा सञ्चालन भएका प्रायः सबै नाकाहरू खुलिसकेका र बाँकी रहेका साना ठुला सबै नाकाहरू छिट्टै खुल्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचका सबै नाकाहरू खुलेपछि नेपाल चीनको व्यापार व्यवसायका क्षेत्रमा नयाँ फड्को मार्ने उल्लेख गरे ।


    प्रधानमन्त्री प्रचण्डले अघिल्लो पटक आफूले ल्हासाको भ्रमण गर्दा नेपाली महावाणिज्य दूतावासको भवन पुरानो रहेकोमा अहिले नयाँ भवन बनेको देखेर खुसी लागेको भन्दै नयाँ भवनको उपयोग गर्दै नयाँ उत्साहका साथ काम गर्न महावाणिज्यदूत र दूतावासका सबै कर्मचारीलाई निर्देशन दिए । उहाँले नेपाल चीनबीच भएका सहमति तथा सम्झौताहरू कार्यान्वयनका लागि सक्रिय रहन महावाणिज्यदूत ढकाललाई विशेष निर्देशन दिनुभयो ।

    कार्यक्रममा ल्हासाका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालले नेपाल चीन सम्बन्धमा ल्हासाको भूमिका र महत्त्व, महावाणिज्य दूतावासले गरिरहेको काम तथा अब गर्नुपर्ने महत्त्वपूर्ण कामहरू र भोगिरहेको समस्या लगायतका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

  • प्रधानमन्त्री प्रचण्डले कैलास मानसरोवरको भ्रमण गर्दै

    प्रधानमन्त्री प्रचण्डले कैलास मानसरोवरको भ्रमण गर्दै

    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधवार) छोङ्छिङ्बाट ल्हासा प्रस्थान गरेका छन् । सिचुवन एयरलाइन्स मार्फत ल्हासा प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड ल्हासाको गोङ्गार विमानस्थलमा अवतरण गर्नेछन् । कार्यक्रमको सुची अनुसार आज साँझ उनले चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन् ।


    सचिव वाङले प्रधानमन्त्रीको सम्मानमा रात्रि भोजको आयोजना गर्नेछन् । चीनसँगको सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रका दुर्गम ग्रामीण क्षेत्रमा तिब्बतबाट विध्युत वितरण गर्ने समझदारी बनेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड ल्हासा जान लागेका हुन् । तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर (ताल) एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ ।

  • प्रचण्डद्धारा चीनमा कृषि विज्ञान प्रतिष्ठानको अवलोकन

    प्रचण्डद्धारा चीनमा कृषि विज्ञान प्रतिष्ठानको अवलोकन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोङछिङस्थित कृषिको आधुनिकीकरण सम्बन्धी कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गरेका छन् । कृषि, पशुपालन तथा माछा पालनमा नेपाल र चीनबीच सहयोग आदानप्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले कृषि अनुसन्धानमा ख्यातिप्राप्त यस संस्थाको भ्रमण गरेका हुन् । मङ्गलबार बिहान चीनको राजधानी शहर पेइचिङ्बाट चाइना एअरमार्फत प्रधानमन्त्री प्रचण्ड चीनको दक्षिणपश्चिममा रहेको देशकै ठूला शहरमध्येको एक छोङछिङ शहर पुगेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरेका थिए । आजै चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् छोङछिङ नगरका पार्टी सचिव युआन चिआचुनले प्रधानमन्त्रीसँग भेट गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डको सम्मानमा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य चिआचुनले रात्री भोजको आयोजना गरेका छन् । प्रधानमन्त्रीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ चियानचाओले पनि भेटने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डको साथमा परराष्ट्र मन्त्री एनपी साउद, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, खानेपानी मन्त्री महिन्द्र राय यादवसहित भ्रमण दलका सदस्यहरु छन् ।

  • प्रधानमन्त्रीद्धारा माओत्सेतुङको समाधिस्थलमा श्रद्धाञ्जली व्यक्त

    प्रधानमन्त्रीद्धारा माओत्सेतुङको समाधिस्थलमा श्रद्धाञ्जली व्यक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चीनको राजधानी बेइजिङस्थित थियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका नेता स्वर्गीय माओत्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।

    हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि थियानमेन स्क्वायर पुगेका थिए । प्रधानमन्त्री दाहाललाई त्यहाँ चिनियाँ उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

  • प्रचण्ड र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुँदै

    प्रचण्ड र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुँदै

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज बेइजिङमा भेटवार्ता हुने भएको छ । स्थानीय समय अनुसार बिहान १० बजे (नेपाली समय अनुसार बिहान ८ बजे) हुने भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल हुने बताइएको छ ।

    छलफलपछि केही सहमति पत्रमा दुवै देशका अधिकारीले हस्ताक्षर गर्नेछन् । चिनियाँ राष्ट्रपति सी जिनफिङसँग हाङजाउ सहरमा भएको भेटमा भएको कुराकानीका आधारमा सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड उतैबाट चीनको औपचारिक भ्रमणका लागि हाङजाउ सहरमा पुगेका हुन् ।

    चीन बसाइको क्रममा प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे अवलोकन गर्ने, चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन-नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा जानेछन् । प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर ३० मा नेपाल फर्कने छन् ।

  • नेपालमा लगानी सम्मेलन गर्न चेम्बर र सीसीपीआईटी बीच सहमति

    नेपालमा लगानी सम्मेलन गर्न चेम्बर र सीसीपीआईटी बीच सहमति

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको बीटुबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त रुपमा लगानी सम्मेलन गर्ने सहमति भएको हो ।

    पूर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधि, लगायतका क्षेत्रमा चिनियाँ लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवम् व्यापारिक सम्बन्धबारे समेत चेम्बरले उच्चस्तरीय छलफल गरेको छ । सीसीपीआईटीसँग मिलेर चेम्बरले नेपालमा आगामी वर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने अध्यक्ष मल्लले बताए ।

    अध्यक्ष मल्लले नेपालको जलविद्युत्, कृषि, सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह समेत गरे । ‘चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खासगरी उत्पादन वृद्धि, रोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु’ मल्लले भने । उनले चीनसँगको सीमा नाकाहरुमा पूर्वाधार विकास गरेर आयात निर्यातलाई सहजीकरण गर्नुपर्नेमा जोड दिए । नेपाल चाइना चेम्बर अफ कमर्सका अध्यक्ष एवम् चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले सीसीपीआईटीसँग भएको लगानी सम्मेलनसम्बन्धी सहमति महत्त्वपूर्ण रहेको बताए ।

  • नेपाल र चीनको सम्बन्ध मजवुत बनेको छ : प्रधानमन्त्री

    नेपाल र चीनको सम्बन्ध मजवुत बनेको छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीन दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनेको बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको सम्मानमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा दूतावास परिवारले आइतबार आयोजना गरेको स्वागत समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग सौहार्द एवम् हार्दिकतापूर्वक कुराकानी भएको र यसले दुई देशको सम्बन्धलाई नयाँ आयाम दिने बताए । उनले भने, “चीनमा आएर सर्वोच्च नेता सी चिनफिङसँग सौहार्द र हार्दिकतापूर्वक कुराकानी भयो । यसले निकै उत्साह नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिने, कनेक्टिभिटीलाई नयाँ मार्गप्रशस्त गर्ने, नयाँ गति दिएर आपसी सम्बन्ध मजबुत बनाउन सकिने विश्वास लिएका छौँ ।”

    उनले चीन भ्रमण सफल बनाउन नेपालका लागि चिनियाँ राजदूतले धेरै मिहेनत गरेको भन्दै विशेष सद्भाव र सम्मान प्रकट भएकोमा विशेष धन्यवाद ज्ञापन गरे ।
    प्रधानमन्त्रीको हैसियतले तेस्रो र राजनीतिक नेतृत्वको हैसियतले पाँचौँ चीन भ्रमण भएको उल्लेख गर्दै उनले सबै भेटमा चीनका नेतासँग महत्त्वपूर्ण छलफल गर्दै अघि बढ्ने अवसर प्राप्त भएको स्मरण गरे । प्रधानमन्त्री प्रचण्डले भने, “सम्मान, सद्भाव जे भनेपनि पहिलेभन्दा अलि विशिष्ट हुन गएको मैले महसुस गरेको छु ।’’

    राष्ट्रपति सीसँग आपसीहित, पूर्वाधारको क्षेत्र, कनेक्टिभिटीमा रेल, हवाई यातायात, बाटोघाटो लगायत पर्यटन, शिक्षा, स्वास्थ्य र विशेष गरी कृषि क्षेत्रमा सहयोग सम्बन्धमा छलफल भएको उनको भनाइ छ ।


    शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र दुई पटक शान्तिपूर्ण एवम् प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको विषयमा छिमेकी राष्ट्र, विकसित मुलुक एवम् अन्तर्राष्ट्रिय समुदायले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

  • गैंरआवासीय नेपालीले दूतावासमार्फत नागरिकताको निवेदन दिन सक्ने

    गैंरआवासीय नेपालीले दूतावासमार्फत नागरिकताको निवेदन दिन सक्ने

    काठमाडौं । गैरआवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकारबाहेकका अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन पाउने बाटो खुलेको छ । सरकारले नागरिकता नियमावली २०६३ मा तेस्रो संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरिसकेको छ । त्यस्तो नागरिकता प्राप्तिका लागि गैरआवासीय नेपालीले विदेशबाटै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

    गृह मन्त्रालयका अनुसार गैरआवासीय नेपाली नागरिकता दिने गरी नियमावली क्याबिनेटबाट स्वीकृत भइसकेको छ । नियमावली आएपछि पुरानो कार्यविधिमा नयाँ व्यवस्था थप गरेर कार्यान्वयन हुने छ । प्रशासनिक र राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको छ । नेपालमा तीन पुस्ताभित्रका मानिसले मात्र गैरआवासीय नागरिकता पाउँछ, त्योभन्दा पछाडिका पाउँदैन ।

    मन्त्रालयका अनुसार गैरआवासीय नेपालीलाई आफू रहेको मुलुकस्थित नेपाली राजदूतावास वा महावाणिज्य दूतावासबाट निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । विदेशमा बसोबास गर्ने नेपालीले गैरआवासीय नेपाली नागरिकता लिन चाहेमा आफ्नो बाबु, आमा, बाजे वा बज्यैमध्येको नागरिकताका आधारमा गैरआवासीय नेपाली नागरिकताको लिने हो, सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्ने छ ।

    प्रमुख कटुवालका अनुसार गैरआवासीय नेपाली नागरिकता लिन हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिबद्धता, विदेशी नागरिकता लिएको प्रमाणलगायतका कागजात पेस गर्नुपर्ने छ । सार्क राष्ट्रमा बसोबास गर्नेले भने गैरआवासीय नेपाली नागरिकता नपाउने मन्त्रालयले जनाएको छ ।

    गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले १५ दिनभित्र सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनुपर्ने छ । प्रमुख जिल्ला अधिकारीले निवेदक गैरआवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्ने छ । नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिबद्धता अर्थात् शपथ गराउनुपर्ने व्यवस्था छ ।

  • प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ पुग्दै

    प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ पुग्दै

    काठमाडौं । चीन भ्रमणका सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हान्जाउ प्रान्तबाट राजधानी बेइजिङ पुग्ने भएका छन् । प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछन् । उनलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । विमानस्थलबाट उनी बेइजिङस्थित स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने छन् । उनको बसोबासको प्रबन्ध सोही स्टेट गेस्ट हाउसमा मिलाइएको छ ।

    आज अपराह्न ४ बजे नेपाल–चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने छन् । बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीहरुसहित नेपालबाट गएका उद्योगी व्यवसायीहरुसमेतको टोली सहभागी हुने छ । उक्त समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् । पौने ६ बजे उनी बेइजिङस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुने छन् । सोमबार समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड शनिबार चीनको हान्जाउ पुगेका थिए । त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गर्नुका साथै १९ औं एसियन गेम्सको उदघाटन समारोहमा सहभागी भएका थिए ।

  • प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाने

    प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाने

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा १३ औं ‘इन्डो-प्यासिफिक’ सम्मेलनमा सहभागी हुन भारतको नयाँदिल्ली जाने भएका छ्न । भारतको नयाँदिल्लीमा ८ देखि १० असोजसम्म हुने सम्मेलनमा सहभागी हुन शर्मा आइतबार त्यसतर्फ जाने भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सम्मेलनमा नेपालको नियमित सहभागिता रहँदै आएको र यसपटकको सहभागिता पनि त्यसैको निरन्तरता भएको बताएका छन् ।

    भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरूको सह-आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश र्फकने कार्यक्रम छ । पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि ‘इन्डो-प्यासिफिक’ भनिएको छ । ‘इन्डो-प्यासिफिक’ अमेरिका सहितका देशहरूको सैन्य रणनीति हो । सम्मेलनमा सहभागी हुन प्रधान सेनापति शर्मालाई भारतीय सेनाध्यक्ष मनोज पाण्डेले निमन्त्रणा पठाएका थिए ।

    प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्त बहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ । उपरथी शर्मा र सेनानी गौतम ‘इन्डो-प्यासिफिक’ सम्मेलनसँगै आयोजना हुने ४७ औं ‘इन्डो प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनार’ आईपीएसीसीमा सहभागी हुनेछन् ।

    सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी हुनेछन् । नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, कोरिया, मालदिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत १५ देशका प्रधानसेनापतिहरू नै सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

  • अमेरिकामा बस्ने नेपालीबीच वृहत खेल महोत्सव सुरु, १ हजार खेलाडी सहभागी

    अमेरिकामा बस्ने नेपालीबीच वृहत खेल महोत्सव सुरु, १ हजार खेलाडी सहभागी

    काठमाडौं । अमेरिकामा बस्ने नेपाली समुदायबिच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् । अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका लागि पुरुषतर्फ २४ टोली सहभागी छन् । यस्तै फुटबलमा युवातर्फ १६ र ३५ वर्षमाथिका भेट्रानतर्फ आठ टोली गरी २४ टोली सहभागी छन् । महिलातर्फ भलिबलमा आठ वटा टोली प्रतिस्पर्धामा छन् भने फुटबलमा तीन टोली मैदानमा छन् ।

    इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सुरु भएको तेस्रो इन्ट्रा कप फुटबल तथा भलिबल खेलको उद्घाटन फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले गरेका छन् । उत्तर अमेरिकामा रहेका नेपाली जातिका सबै खेलप्रेमीलाई हौसला बढाउने, नेपाली समाजलाई खेलका माध्यमबाट अनुशासित बनाउने र अमेरिकावासी नेपाली युवायुवतीको मनोबल बढाई भविष्यमा जुनसुकै प्रतिस्पर्धा पनि अगाडि बढ्नसक्ने बनाउने उद्देश्यले फाउण्डेसनले यी खेलहरू आयोजना गरेको उनले बताए ।


    विश्वभरका नेपाली प्रतिभालाई समावेश गराई मेरो डान्स युनिभर्सल र मेरो भ्वाइस युनिभर्सल नामका दुई वटा रियालिटी सोहरू गत महिना नेपालमा समापन गरेको फाउण्डेसनले अमेरिकावासी नेपाली खेलप्रेमीका लागि यो बृहत् खेलकुदको आयोजना गरेको हो । आयोजक समितिका निर्देशक अरुण गुरुङले दिएको जानकारीअनुसार प्रशिक्षक र टोली म्यानेजरसहित लगभग एक हजार खेलाडी सामेल छन् ।

    उनले दुवै खेलमा अमेरिकाका भर्मन्ट, पेन्सिलभेनिया, नर्थ क्यारोलिना, न्यूयोर्क, क्यानडा, ओहायो, मासाच्युसेट्स, केन्टकी, टेक्सास, क्यालिफोर्निया, जर्जिया, नेब्रास्का, मेरिल्याण्डलगायतका राज्यमा टोली सहभागी भएको बताए ।


    प्रतिस्पर्धामा भेट्रान्सतर्फ हिलसिटी क्लब, रिभाइभल क्लब, एक्रोन इन्ट्रा, न्यूयोर्क भेट्रान्स, इन्ट्रा कोलम्बस र ह्यारिसवर्ग भेट्रान्स प्रतिस्पर्धामा छन् भने युवातर्फ साङ्ग्रिला यूथ फुटबल क्लब, न्यूयोर्क नेपाली फुटबल क्लब, टिमाई स्क्वाड, जुनियर योङ्ग गाइज एघार, पथरी एफसी, एफसी युनाइटेड, वाइएस एफसी, सगरमाथा एफसी, इन्ट्रा एफसी, युनाइटेड ओन्टारियो, भर्मन्ट इलेवेन एफसी, न्यु स्पोर्टिङ एफसी, चुके एफसी, युनिक ब्वाइज एफसी, नर्थ क्यारोलिना रोयल एफसी र खुदुनावारी एफसी छन् ।

    त्यसैगरी भलिबलतर्फ बफेलो न्यूयोर्क टिम, इन्ट्रा ह्वाइट, युके ब्रदर्श इरी, सिराकस बिसी टिम, म्याग्दी समाज, अमेरिका टिम, रुकुम बी, रचेष्टर थन्डर, योङ ब्लड टिम, बागलुङ समाज टिम, एनआरएनए क्यालिफोर्निया टिम, एक र टिम दुई, फिफ्टी स्टार युवा क्लब, द सिटी अफ टालमाजे, युटिआइसीए यूथ, रुकुम ए, बेलमन्ट टिम, इयुसिएनसी टिम, मामा भान्जा ह्वाइट टिम, सिन्धु टिम न्यूयोर्क, सार्लेट सिक्स टिम, इन्ट्रा ब्लू टिम, साजनी टेक्सास टिम, मामा भान्जा ब्ल्यू र एएनकेए केन्टकी टिम सहभागी छन् ।

    फाउण्डेसनले युवातर्फको फुटबल विजेतालाई १५ हजार अमेरिकी डलर, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई छ हजार डलर पुरस्कारको व्यवस्था गरेको छ । अर्थात् भलिबलमा पुरुष विजेताले १० हजार, दोस्रोलाई छ हजार र तेस्रोलाई चार हजार अमेरिकी डलर पुरस्कारको व्यवस्था गरेको छ । भेट्रान तर्फ फुटबल विजेतालाई १० हजार, दोस्रोलाई छ हजार र तेस्रो हुनेलाई तीन हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

    योसँगै युवातर्फको विजेता टिमलाई एक सय १५ ग्राम सुनको ट्रफीको व्यवस्था गरेको छ । तर यो सुनको ट्रफीलाई आफ्नो बनाउनका लागि भने एउटै क्लबले तीन वर्ष लगातार जित्नुपर्ने हुन्छ । खेल तीन दिनसम्म चल्नेछ । रासस

  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा समेत गरी एक घण्टा लामो कुराकानी भएको थियो ।

    वार्तामा दुबै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो । उनीहरुबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ । भेटका क्रममा राष्ट्रपति सीले नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदभावविना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्वन्ध थप उचाइमा पुग्ने बताएका थिए ।

    प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताएका थिए । उनले नेपालले एक चीन नीतिप्रतिको प्रतिवद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अंगीकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने धारणा राखेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको वेल्ट एण्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकेको स्मरण गरेका थिए । राष्ट्रपति सीले प्रधानमन्त्री प्रचण्डसँगका यसअघिका भेटहरुको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एशियाबाट पहिलो नेताका रुपमा चीनमा स्वागत गरेको स्मरण गरे । उनले यस किसिमका छलफलले दुई देशबीचका सम्वन्ध र विश्वासलाई अझ सुदृढ गर्ने बताएका थिए । एक हप्ता चीनमा रहने प्रचण्ड प्रचण्ड हाङ्जाउबाट बेइजिङ जाने र त्यहाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ । त्यस्तै उनले नेपालसँगको सीमा क्षेत्र तिब्बत पनि भ्रमण गर्नेछन् ।

  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता आज

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता आज

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुने भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले हाङझावमा चिनियाँ राष्ट्रपति चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री प्रचण्ड शुक्रबार न्युयोर्कबाट चीन गएका थिए। हाङझावमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनुअघि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    आज मध्याह्न १२ बजे संक्षिप्त भेटपश्चात प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङले एउटै रिसोर्टमा लञ्च गर्नेछन्। त्यसपछि अपराह्न ४ बजे द्विपक्षीय भेटवार्ता हुने बताइएको छ। त्यसपछि बेलुका ८ बजे हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सरिक हुनेछन्। प्रधानमन्त्री प्रचण्ड भोलि बेइजिङ जानेछन्। त्यहाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्‍ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल(चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ।

    त्यसपछि प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषी र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू छन्। नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको भ्रमण गरी ३० सेप्टेम्बरमा प्रधानमन्त्री नेतृत्वको टोली स्वदेश फर्कनेछ।

  • प्रचण्ड आज अमेरिकाबाट सिधै चीन जाँदै

    प्रचण्ड आज अमेरिकाबाट सिधै चीन जाँदै

    काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाट सिधै चीन जाने भएका छन् । चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज हाङझाव जान लागेका हुन्। न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली हाङझाव प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । हाङझावमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ। भोलीदेखि सुरू हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक भएपछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच भेट्ने कार्यक्रम छ।

    चीनको सात दिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी ली क्वान र चीनको नेशनल कंग्रेसका अध्यक्ष ‍झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्‍ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल(चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन्।

    त्यसपछि प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषी र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू छन्।

  • संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले गरे सम्बोधन, शान्ति कायम राख्न विश्व समुदायलाई आह्वान

    संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले गरे सम्बोधन, शान्ति कायम राख्न विश्व समुदायलाई आह्वान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् । आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई अपिल गरेका छन् । भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व शान्ति र सुरक्षामा चुनौती बढ्दै गएको बताउँदै उनले संयुक्त राष्ट्र सङ्घको बडापत्रको प्रमुख लक्ष्यमा समेत गम्भीर असर परेको बताए ।


    संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हतियारमा खर्च बढ्दै जाँदा २०३० को एजेन्डा कार्यान्वयनका लागि स्रोतसाधनको अभाव भएको बताए । यस्तो परिस्थितिलाई सच्याउँदै शान्ति, समृद्धि र प्रगतिका साझा लक्ष्यहरूमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डले विश्व समुदायलाई अपिल पनि गरेका छन् ।

    नेपालको राजनीतिक गतिले स्थिर आकार लिएकाले अब नेपालको ध्यान आर्थिक रूपान्तरणको एजेन्डामा रहेको समेत उनले उल्लेख गरे । वर्तमान सरकार विकासका कामलाई तीव्रता दिन र सुशासनलाई सुनिश्चित गर्न सम्पूर्ण शक्ति र स्रोत परिचालनमा केन्द्रित रहेको समेत उनले बताए । दिगो विकास लक्ष्यलाई विकासको भिजन र प्राथमिकताको केन्द्रमा राखेर काम गर्दै आएको समेत प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।


    यद्यपि, कोभिड–१९ महामारी, जलवायु परिवर्तन र बढेको भू–राजनीतिक प्रतिस्पर्धा जस्ता सङ्कटहरूले दिगो विकास लक्ष्यमा भएको प्रगतिलाई खतरामा पारेको उल्लेख गर्दै उनले विकास सहायता, प्रत्यक्ष वैदेशिक लगानी, निर्यात प्रवर्द्धन, प्रविधि हस्तान्तरणमा परिवर्तित स्तरको अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेका छन् ।

  • यूरोप-अमेरिकी पठाइदिने प्रलोभनमा ४ करोड ठगी, म्यानपावरको अनुमति खारेज

    यूरोप-अमेरिकी पठाइदिने प्रलोभनमा ४ करोड ठगी, म्यानपावरको अनुमति खारेज

    काठमाडौं । वीस एचआर सोलुसनका सञ्चालकहरुमाथि झण्डै ४ करोड रुपैयाँ ठगीको अभियोगमा मुद्दा दायर भएको छ । कम्पनीका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ र फडिन्द्र कोइरालाको मिलेमतोमा ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ ठगी गरेको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधीकरण समक्ष अभियोग पत्र दायर गरेको जनाएको छ ।

    विभागका निर्देशक कविराज उप्रेतीका अनुसार यो म्यानपावरबाट पोल्याण्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको थियो । वैदेशिक रोजगारीमा नपठाएको र रकम समेत फिर्ता नगरेपछि उजुरी परेको थियो । पीडितहरुलाई ५० प्रतिशत रकम हर्जना तिर्नुपर्ने निर्णय गर्दै विभागले उक्त म्यानपावर खारेज समेत गरिदिएको छ ।

  • न्यूयोर्कमा नेपाल र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता

    न्यूयोर्कमा नेपाल र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ। प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो।

    दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए। प्रधानमन्त्री दाहालले राष्ट्र सङ्घको फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिइरहेका छन्।

  • संयुक्त राष्ट्रसंघको महासभामा आज प्रधानमन्त्री प्रचण्डको सम्बोधन

    संयुक्त राष्ट्रसंघको महासभामा आज प्रधानमन्त्री प्रचण्डको सम्बोधन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएका छन् । महासभा सुरू भएको चार दिनपछि नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्ने भएका हुन्। सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनैतिक उपलब्धिहरू बारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, दिगो विकास र जलवायु परिवर्तनका बारेमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट धारणा राख्ने यसअघि नै जानकारी गराइसकेका छन्। त्यस्तै नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासनप्रणालीको अभ्यास, समुन्नत नेपाल निर्माणमा नेपालको प्रयास लगायत विभिन्न विषयमा जानकारी गराउनेछन्।

    यसै वर्ष दिगो विकास, जलवायु परिवर्तन दिगो विकासका लक्ष्यहरू हाँसिल गर्न वित्तिय प्रवन्धलगायतका संयुक्त राष्ट्रसंघका मुलुकहरूको साझा चासो र सरोकारका विषयहरूमा पनि धारणा राख्ने प्रधानमन्त्री प्रचण्डले न्युयोर्क जानुअघि संसदलाई जानकारी दिएका थिए। नेपालले यसपालिको महासभामा अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतले नेपालले ४७ देशको प्रतिनिधित्व गर्द साझा चासोका विषयहरूमा विभिन्न मञ्चमा धारणा राखेको छ।
    महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड भोलि न्युयोर्कबाट चीन जानेछन्।

    rss

  • नेपाल बन्यो वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सनको पक्ष राष्ट्र

    नेपाल बन्यो वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सनको पक्ष राष्ट्र

    काठमाडौं । नेपाल वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे)को पक्ष राष्ट्र बनेको छ । सो सम्बन्धी सम्झौतामा नेपालले हस्ताक्षर गरेको छ। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसंघले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

    मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरे । अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ। खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०–३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नेछ।

    सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्रसंघले जनाएको छ। यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० देखि सन् २०२५ को सेप्टेम्बर २० सम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको छ। नेपालले उक्त सम्झौता हस्ताक्षर गर्ने दिनमा नै हस्ताक्षर गरेको छ।

  • नेपालका परराष्ट्र मन्त्री र अमेरिकी पुर्व विदेशमन्त्री बीच भेटवार्ता

    नेपालका परराष्ट्र मन्त्री र अमेरिकी पुर्व विदेशमन्त्री बीच भेटवार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ। भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो।

    यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो। भेटघाटको अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी थिए। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र मन्त्री न्यूयोर्कमा छन् ।

  • न्यूयोर्कमा सार्क सक्रिय बनाउने नेपालको प्रयास किन सफल भएन ?

    न्यूयोर्कमा सार्क सक्रिय बनाउने नेपालको प्रयास किन सफल भएन ?

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा आयोजना हुँदै आएको सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरूको बैठक यस वर्ष पनि हुन नसकेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कमा दक्षिण एशियाका आठ राष्ट्र सदस्य छन्। न्यूयोर्कबाट बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै मन्त्री साउदले सार्क राष्ट्रका केही देशहरूले उक्त बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको बताएका हुन् ।

    परराष्ट्रमन्त्री साउदले बैठकमा उपस्थित नहुने जानकारी गराएका देशहरूको नाम भने खुलाएनन्। “सार्क र बिमस्टेकका साइडलाइन बैठकहरू तय गरिएको थियो। तर हाम्रा सबै सदस्य राष्ट्रहरू त्यो बैठकमा उपस्थित हुन नसक्ने जानकारी हामीले पाएका छौँ,” मन्त्री साउदले भने। “सहमतिले मात्रै सम्पन्न हुन सक्ने यस्ता बैठकहरू तत्काल हुन कठिन भएको छ।” सन् २०१४ मा नेपालमा १८औँ सार्क शिखर सम्मेलन भएयता सार्कको नेतृत्व हस्तान्तरण हुन सकेको छैन ।


    नेपालपछि १९औँ सार्क शिखर सम्मेलनको आयोजना गर्ने पालो पाकिस्तानको भए पनि सन् २०१६ को अन्त्यतिर जम्मु–कश्मीरको उरीमा आफ्ना सैनिकहरूमाथि भएको आक्रमणको दोष पाकिस्तानलाई लगाउँदै भारतले त्यसपछिको शिखर सम्मेलन गर्न चासो दिएको छैन। सार्कका गतिविधि सुस्ताउँदै जाँदा पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानबाहेक दक्षिण एशियाली र दक्षिणपूर्वी एशियाली राष्ट्रहरू सदस्य रहेको बिमस्टेक सक्रिय हुँदै गएको छ। लामो समय बडापत्रबिनै रहेको यो सङ्गठनले गत वर्ष पारित गरेको बडापत्र विभिन्न देशहरूले अनुमोदन गरिरहेका छन्।

    यसअघि सन् २०१९ महासभाका बेला सार्कका मन्त्रीहरूको बैठक भएयता कोभिड महामारीका कारण त्यस्ता बैठकहरू भएका छैनन्। भारत र पाकिस्तानबीचको असमझदारीका कारण पछिल्ला वर्षहरूमा सार्क निष्क्रियजस्तै भएको छ। यसअघि कोभिड महामारीको समयमा सार्कमार्फत् भारतले आयोजना गरेको सरकार प्रमुखस्तरीय भर्चूअल बैठकमा पाकिस्तानले प्रधानमन्त्रीका सल्लाहकारलाई उपस्थित गराएको थियो। सार्कको अध्यक्षका हैसियतले सार्क राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको बैठकका लागि नेपालले प्रयास गर्दै आएको थियो।