खोपको मात्रा पुरा गरेर आउने विदेशीलाई नेपालमा अनअराइभल भिसा निरन्तर

काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीका बीचमा पनि नेपालमा खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले अनअराइभल भिसा सुविधा निरन्तर पाउने भएका छन् । अध्यागमन विभागले नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि सूचना जारी गर्दै सो जानकारी गराएको छ । विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका नागरिकले खोपको पूर्ण मात्रा लगाएकालाई… Continue reading खोपको मात्रा पुरा गरेर आउने विदेशीलाई नेपालमा अनअराइभल भिसा निरन्तर

भिजिट भिसामा खाडी मुलुक जान नपाइने

काठमाडौं । सरकारले भिजिट भिसा लिएर खाडी मुलुकमा जान रोक लगाएको छ । गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गर्दै सूचना सार्वजनिक गरेको छ । बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको हो । गृह प्रवक्ता… Continue reading भिजिट भिसामा खाडी मुलुक जान नपाइने

जीटूजी प्रक्रियाबाट नेपाली श्रमिक इजरायल लैजान शुरु

काठमाडौं । नेपाली श्रमिकलाई इजरायल लैजान शुरु गरिएको छ । दीर्घकालीन सहायक श्रमिक (केयर गिभर) का लागि छनोट भएका मध्ये पहिलो चरणमा ९९ जना नेपाली श्रमिक बुधबार इजरायल प्रस्थान गरे । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । निजी क्षेत्र तथा बिचौलीयारहित सरकार(सरकार (जिटुजी) प्रक्रियामार्फत श्रमिक पहिलोपटक… Continue reading जीटूजी प्रक्रियाबाट नेपाली श्रमिक इजरायल लैजान शुरु

दैनिक राहदानी वितरण संख्या आधा कटौती

काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच राहदानी विभागबाट वितरण हुने दैनिक राहदानी वितरणको संख्या कतौती गरिएको छ । यसअघि दैनिक १२ सय राहदानी जारी हुने गरेकोमा विभागले अब ६ सयलाई मात्र वितरण गर्ने भएको छ । विभागमा एकै पटक १५ जना कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रभावित बनेको हो । पासपोर्ट बनाउन ठूलो भिडभाड हुने र… Continue reading दैनिक राहदानी वितरण संख्या आधा कटौती

गैरआवासीय नेपाली संघद्धारा सुदुरपश्चिम प्रदेशलाई मोबाइल ब्लड बैंक बस हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुदुरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण गरेको छ । संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडमार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई सो बस धनगढीमा आयोजित एक कार्यत्रमकाबीच सोमवार हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा एनआरएनएका संरक्षक जीवा लामिछाने, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा. हेम राज… Continue reading गैरआवासीय नेपाली संघद्धारा सुदुरपश्चिम प्रदेशलाई मोबाइल ब्लड बैंक बस हस्तान्तरण

नेपाली नर्स लैजान बेलायत तयार, कहिलेबाट शुरु हुन्छ प्रक्रिया ?

काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। राससका अनुसार दुवै देशका अधिकारीबीच शुक्रबार भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि… Continue reading नेपाली नर्स लैजान बेलायत तयार, कहिलेबाट शुरु हुन्छ प्रक्रिया ?

आइतबारबाट श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र वितरण हुने

काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुने राससले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम… Continue reading आइतबारबाट श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र वितरण हुने

लिपुलेकमा भारतले संरचना बनाइरहेको बारे बोल्यो कांग्रेस

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको प्रतिक्रिया दिएको छ । यस विषयमा सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सडक निर्माण रोक्न माग गर्दै कांग्रेसले नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्ने समेत बताएको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा… Continue reading लिपुलेकमा भारतले संरचना बनाइरहेको बारे बोल्यो कांग्रेस

अमेरिका जाने लोभमा दुई व्यक्तिको डुब्यो ३४ लाख

planetware

काठमाडौं । अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको ३४ लाख रकम डुबेको छ । राससका अनुसार रकम मात्र डुबेन, उनीहरु आफैँ मानव बेचबिखनको जालोमा समेत फसेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेको छन् । मानव बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतिमध्ये श्रीमती सुधा… Continue reading अमेरिका जाने लोभमा दुई व्यक्तिको डुब्यो ३४ लाख

नेपाली नर्स बेलायत लैजानेबारे शुक्रबारबाट वार्ता

BBC

काठमाडौं । नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धमा बेलायत र नेपालबीच औपचारिक वार्ता शुक्रबारदेखि शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेको हो । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले यस्तो जानकारी गराएका हुन् । बेलायत सरकारले… Continue reading नेपाली नर्स बेलायत लैजानेबारे शुक्रबारबाट वार्ता

अतिआवश्यक काम नपरि विदेश भ्रमण नगर्न अध्यागमनको आह्वान

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै अतिआवश्यक काम नपरी विदेश भ्रमणमा नजान सरकारले नागरिकलाई आह्वान गरेको छ । अध्यागमन विभागले बुधबार ट्राभल एडभाइजरी जारी गर्दै यस्तो आह्वान गरेको हो । विभागको ट्राभल एडभाइजरीमा भनिएको छ, ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएको मुलुकहरुमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरुले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरिन्छ… Continue reading अतिआवश्यक काम नपरि विदेश भ्रमण नगर्न अध्यागमनको आह्वान

लिपुलेकमा भारतले संरचना बनाउँदा सरकार नबोलेको भन्दै एमालेको खबरदारी

काठमाडौं । भारतले लिपुलेकको नेपाली भूमिमा सडकसहितका संरचना बनाउँदा पनि सरकार नबोलेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले खबरदारी गरेको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति निकाल्दै सीमालगायत थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमतिविपरित भारतले नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेको उल्लेख गरेका छन् । यस विषयामा एमालेको ध्यानाकर्षण… Continue reading लिपुलेकमा भारतले संरचना बनाउँदा सरकार नबोलेको भन्दै एमालेको खबरदारी

अर्थमन्त्रीले गैरआवासीय नेपालीलाई भने : नेपालमा डलर खाता खोल्नुहोस

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसारभर बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोल्न आह्वान गरेका छन् । यसले नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुने समेत उनको भनाई छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार आयोजित एक वेबिनारमा अर्थमन्त्री शर्माले एनआरएनले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र… Continue reading अर्थमन्त्रीले गैरआवासीय नेपालीलाई भने : नेपालमा डलर खाता खोल्नुहोस

न्युयोर्कमा खुम्बु पासाङल्हामु शेर्पा समाज युएसए गठन

पासाङ शेर्पा, न्युयोर्क सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका तथा आसपासका क्षेत्रबाट अमेरिकाको न्युयोर्क तथा अन्य सहरहरुमा बसोबास गर्दै आएका शेर्पाहरुको गत शनिबार जनवरी ८ तारिख २०२२ मा प्रथम भेला भएको छ ।न्युयोर्कको ज्याक्सन हाइट्सस्थित सुम्निमा रेष्टुरेण्टमा सम्पन्न भेलामा महामारी कोरोना प्रकोपको त्रास र कामको व्यस्तताका बाबजुद पनि करिव ५० जनाले सहभागिता जनाएका छन् ।… Continue reading न्युयोर्कमा खुम्बु पासाङल्हामु शेर्पा समाज युएसए गठन

परराष्ट्र मन्त्री र भारतीय समकक्षीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच बिहीवार टेलिफोन वार्ता भएको छ । जयशंकरले ट्वीट गर्दै यसबारे जानकारी गराएका छन् । उनका अनुसार टेलिफोन कुराकानीमा उहाँहरूबीच प्रधानमन्त्री शेरबहादुर देउवाको स्थगित भारत भ्रमण र द्विपक्षीय सम्बन्धका विषयमा चर्चा भएको छ । ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भारत भ्रमण तत्कालका… Continue reading परराष्ट्र मन्त्री र भारतीय समकक्षीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

न्यूह्यामसायरमा आचार्यको उपन्यास ‘मोचन’ मन्थन

कंकर्ड युवा साहित्यकार डा. तुलसी आचार्यद्वारा लिखित उपन्यास मोचन माथिको समिक्षात्मक छलफल न्यूह्यामसायरमा सम्पन्न भएको छ । राज्यको राजधानी कंकर्डमा शनिबार सम्पन्न छलफलमा साहित्यकार महेश्वर पन्त एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका (अनेसास) केन्द्रिय उपाध्यक्ष गोवर्धन पूजा लगायतले कृति माथि समिक्षा गरेका थिए । पन्तले उपन्यासले नेपाली मध्यम वर्गीय युवा पुस्ताको प्रतिनिधित्व गरेको बताए । किताबमा… Continue reading न्यूह्यामसायरमा आचार्यको उपन्यास ‘मोचन’ मन्थन

पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालिका सञ्चालक र व्यवस्थापक गरी दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौं मैतिदेवी बस्ने बाग्लुङ गल्कोट नगरपालिका–६ घर भएका २८ वर्षीय अमृत सोती मगर र… Continue reading पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

प्रधानमन्त्री देउवा आगामी आइतबार भारत भ्रमणमा जाने

RSS

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने निश्चित भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको स्थानीय संचारमाध्यमले लेखेका छन् । प्रधानमन्त्री देउवाको साथमा  २५ सदस्यीय टोली रहने छ । सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको हो । चार दिने भ्रमणका क्रममा… Continue reading प्रधानमन्त्री देउवा आगामी आइतबार भारत भ्रमणमा जाने

रोजगारीका लागि विदेश जाने बढे

Photo : BBC

काठमाडौं । वैदेशिक रोजगारीका विदेश जाने नागरिकको सङ्ख्या बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्न थालेको हो । कोरोनाका कारण रोकिएको कामदारको माग पुनः बढ्न थालेसङ्गै रोजगारीका लागि विदेशिने नेपालीको सङ्ख्या समेत बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिना (साउन-मङ्सिर)मा ९७ देशमा जान… Continue reading रोजगारीका लागि विदेश जाने बढे

इपीएसबाट कोरिया गएकाको भिसा अवधि एक वर्ष थपियो

काठमाडौं । ईपीएसमार्फत दक्षिण कोरिया पुगि काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो । राससका अनुसार कोरिया श्रम… Continue reading इपीएसबाट कोरिया गएकाको भिसा अवधि एक वर्ष थपियो

विदेशमा एमबीबीएस पढेका विद्यार्थीले नेपालमा इन्टर्नसिप दिन सक्ने

काठमाडौं । विदेशमा एमबीबीएस अध्ययन गरेका नेपाली विद्यार्थीले अब स्वदेशमै इन्टर्नसिप दिन सक्ने भएका छन् । सरकारले मन्त्रीपरिषद् बैठकबाटै यस्तो निर्णय गरेको हो । खासगरी चीनमा एमबीबीएस पढेकमा विद्यार्थीलाई कोरोना भाइरसको संक्रमणका कारण चीनले प्रवेश अनुमती दिएको छैन । यसबाट उनीहरुको अध्ययन नै प्रभावित हुने भएपछि सरकारले सहजिकरण गरिदिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि… Continue reading विदेशमा एमबीबीएस पढेका विद्यार्थीले नेपालमा इन्टर्नसिप दिन सक्ने

बिदेश जाने तयारीमा रहेका ९ युवा सामुहिक बलात्कारको अभियोगमा पक्राउ

काठमाडौं । बिदेश जाने तयारीमा ९ जना युवा सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई  काठमाडौको नयाँ बसपार्क, गोंगबुबाट पक्राउ गरेको हो । मङ्गलबार र बुधबार बिहान गरि ८ जना समातिएका थिए ।  एकजना फरार रहेकोमा उनी समेत बुधबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका… Continue reading बिदेश जाने तयारीमा रहेका ९ युवा सामुहिक बलात्कारको अभियोगमा पक्राउ

सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’को उपाधि

लण्डन । सन् २०२० को बीबीसी मास्टरसेफ प्रतियोगिताका उपविजेता सन्तोष साहले आफ्नो दोस्रो पतिस्पर्धामा बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्। सोमबार सम्पन्न फाइनलमा नेपाली सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिने । बीबीसीले विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टलाई भिडाएको थियो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्ट सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन्… Continue reading सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’को उपाधि

विदेश जाँदै हुनुहुन्छ ? यी ठाउँमा लगाउनुहोस् कोरोना विरुद्धको खोप

Reuters

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेहरुका लागि उपत्यकाका चार वटा अस्पतालमा कोरोना विरुद्धको खोप लगाइने जनाएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विदेश जानेको लागि छाउनीको वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जको नेपाल प्रहरी अस्पताल, बलम्बुको सशस्त्र प्रहरी अस्पताल र टेकुको शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निःशुल्क खोप लगाउन पाउने जनाएको हो ।… Continue reading विदेश जाँदै हुनुहुन्छ ? यी ठाउँमा लगाउनुहोस् कोरोना विरुद्धको खोप

नेवा: नख: न्यूयोर्कको चौंथो साधारण सभा र तेश्रो निर्वाचन सम्पन्न

न्युयोर्क नेपाल सम्बत ११४२ थिंलाथ्व: पुन्हि, य:मरि पुन्हिका दिन १९ डिसम्बर २०२१ मा नेवा: नख: न्यूयोर्कको चौंथो साधारण सभा र तेश्रो निर्वाचन सम्पन्न भएको छ ।नख:का महासचिव डा. नरेश मान शाक्यद्वारा जूमको माध्यमबाट संचालन गरिएको साधारण सभाको अध्यक्षता नख:का अध्यक्ष बिष्णुमान प्रधानले गरेका थिए भने प्रमुख अतिथिमा नख:का संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान थिए । उक्त… Continue reading नेवा: नख: न्यूयोर्कको चौंथो साधारण सभा र तेश्रो निर्वाचन सम्पन्न

विदेश जानेलाई प्राथमिकताका साथ जोन्सन एन्ड जोन्सनको खोप

काठमाडौं । नेपालमा सरकारले विदेश जानेलाई प्राथमिकताका साथ खोप वितरण शुरु गरेको छ । काठमाडौँका विभिन्न अस्पतालमा जोन्सन एन्ड जोन्सनको खोप दिन थालिएको हो । सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट यो खोप लगाउन सकिने भएको… Continue reading विदेश जानेलाई प्राथमिकताका साथ जोन्सन एन्ड जोन्सनको खोप

के विदेशमा बस्ने नेपालीले नेपालमा भोट हाल्न पाउलान् ?

धुलिखेल । नेपालमा तीन वटै तहको निर्वाचन नजिकिएको छ । यसको तयारी समेत जोडतोडले गरिएको छ । सम्भवतः एक वर्ष भित्र तीन वटै तहको निर्वाचन भइसक्छ । यो निर्वाचनमा विदेशमा रहेका नेपालीलाई समेत भोट हाल्न पाउने व्यवस्था गर्न तयारी शुरु भएको छ । सो निर्वाचनमा विद्युतीय मतदानमार्फत विदेशमा रहेका नेपालीलाई) सहभागी गराउने तयारी भइरहेको निर्वाचन… Continue reading के विदेशमा बस्ने नेपालीले नेपालमा भोट हाल्न पाउलान् ?

दुई महिना अगाडी ग्रिसमा सवारी दुर्घटनामा ज्यान गुमाउने ४ जना नेपाली को थिए ?

File

काठमाडौं । संगठित मानव तस्करले प्रहरीको आँखा छल्दै ग्रिस पु¥याएका ४ जना नेपालीको कात्तिक २५ मा भएको दुर्घटनामा ज्यान गएको थियो । तर, उनीहरुको पहिचान खुलेको थिएन । गत सोमबार उनीहरुको पहिचान खुलेको छ । ग्रिसको राजधानी एथेन्सबाट ५ सय २ किमि पूर्वमा दुर्घटनामा ७ जनाको ज्यान गएको थियो । जसमा चार जना नेपाली थिए… Continue reading दुई महिना अगाडी ग्रिसमा सवारी दुर्घटनामा ज्यान गुमाउने ४ जना नेपाली को थिए ?

वैदेशिक रोजगारले निम्त्याएको यौन कुण्ठा : आफन्तसँगै यौन सम्बन्ध बढ्दो

सप्तरी। राजविराज नगरपालिका–१ कि ३९ वर्षीया पानोदेवी खंग ( नाम परिवर्तन) को वैदेशिक रोजगारका लागि श्रीमान विदेशिएको नौ वर्ष भयो। श्रीमान विदेश गएपछि सासुससुरा र दुई छोरा र तीन छोरीसहित आठ जनाको जिम्मेवारी काँधमा बोकेकी पानोदेवीलाई हरेक समस्यामा श्रीमानका मितले सहयोग गर्न थाले। उनलाई आफ्ना सासुससुराले पनि सहयोग नगर्ने भने होइन। सँगै श्रीमानका मितले पनि… Continue reading वैदेशिक रोजगारले निम्त्याएको यौन कुण्ठा : आफन्तसँगै यौन सम्बन्ध बढ्दो

भारतको उत्तर प्रदेशमा नेपाली मजदुर चढेको बस दुर्घटना, एक शिशुको मृत्यु

कैलाली । भारतको उत्तर प्रदेशमा नेपाली मजदुर चढेको बस दुर्घटनामा परि एक शिशुको ज्यान गएको छ । नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटनामा परेको हो । दुघृटनामा ५ जना घाइते भएका छन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका… Continue reading भारतको उत्तर प्रदेशमा नेपाली मजदुर चढेको बस दुर्घटना, एक शिशुको मृत्यु