काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क नलगाई जान नपाइने भएको छ । कोरोना भाइरसको बढ्दो महामारीका बीच विमानस्थल सुरक्षा कार्यालयले नो माक्स, नो इन्ट्री नियम ल्याएको हो । कार्यालयले विमानस्थलमा अतिआवश्यक नपरेसम्म यात्रु बाहेक अन्य व्यक्ति नआउन र आए पनि गेटबाटै फर्कन आग्रह गरिएको छ । यात्रुलाई पिसिआर रिर्पोट अनिवार्य बोक्न भनिएको छ । भिडभाड… Continue reading त्रिभुवन विमानस्थलमा ‘नो मास्क-नो इन्ट्री’
Category: डायस्पोरा
भारतमा कोरोनाको अर्को रेकर्ड, एकै दिन २ लाख संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमणको अर्को रेकर्ड बनेको छ । २४ घण्टाको अवधिमा सबैभन्दा बढी संख्यामा कोरोना भेटिएको छ । बुधबारमात्रै भारतमा एकैदिन झन्डै २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको त्यहाँका संचारमाध्यमले लेखेका छन् । यस दिन १ लाख ९९ हजार ६ सय २० जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म संसारमा… Continue reading भारतमा कोरोनाको अर्को रेकर्ड, एकै दिन २ लाख संक्रमित
एक वर्षपछि राजदूत पाण्डेले राष्ट्रपति सीलाई बुझाए ओहोदाको प्रमाणपत्र
काठमाडौं । आफु नियुक्त भएको एक वर्षपछि चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले राष्ट्रपति सी जिनपिङलाई ओहोदाको प्रमाणपत्र बुझाउने मौका पाएका छन् । नियुक्त भएर गएपनि उनीले ओहदाको प्रमाणपत्र भने बुझाउन पाएका थिएनन् । बुधबार बेइजिङको ग्रेट हल अफ दि पिपुलमा आयोजित समारोहमा राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।… Continue reading एक वर्षपछि राजदूत पाण्डेले राष्ट्रपति सीलाई बुझाए ओहोदाको प्रमाणपत्र
यसै वर्ष नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने
काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा नेपालले प्राप्त गरेको सफलतालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने उद्देश्यले यसै वर्ष नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले परराष्ट्र मन्त्रालयको समन्वयमा सन् २०२१ को नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो । यस वर्ष नेपालमा… Continue reading यसै वर्ष नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने
जापानकालागि पर्यटनदुतमा राजनकुमार पौडेल नियुक्त
काठमाडौं नेपाल सरकार पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले जापानका लागि पर्यटनदुतमा राजनकुमार पौडेललाई नियुक्त गरेको छ । स्याङ्जा जिल्लाको टक्सारमा जन्मेर बसाईं-सराईको क्रममा सानै उमेरदेखि पोखरामा पढे-हुर्केका राजनले त्रिभुवन विश्वबिधालय पृथ्वीनारायण क्याम्पस पोखराबाट स्तानक (Bachelor’s Degree) तह र त्रिभुवन विश्वबिधालयकै किर्तीपुर क्याम्सबाट Rural &Regional Development मा स्नातकोत्तर (Master’s Degree) तह… Continue reading जापानकालागि पर्यटनदुतमा राजनकुमार पौडेल नियुक्त
कोरियामा बृहत रचनावाचन कार्यक्रम सम्पन्न
चैत, ३० – सौल, कोरिया नेपाली भाषासाहित्य, कला र संस्कृतिको उत्थानमा निरन्तर लागि परिरहेको सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले नयाँवर्ष २०७८ को शुभ अवसर पारेर शुभकामना आदानप्रदान सहितको बृहत् रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा यस अघि आयोजना गरिएको कोरियाव्यापी खुला कविता प्रतियोगिता २०७७ मा विजयी भएका कविहरूलाई पुरस्कार वितरण समेत गरिएको छ… Continue reading कोरियामा बृहत रचनावाचन कार्यक्रम सम्पन्न
नुवाकोट अमेरिका सम्पर्क समिति अमेरिकाद्वारा रक्तदान कार्यक्रम सम्पन्न
टेक्सस नुवाकोट अमेरिका संपर्क समिति र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजनामा टेक्ससको अर्भिङस्थित Carter Blood Care Center मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नुवाकोट अमेरिका सम्पर्क समितिका उपसभापति ज्योति पाण्डेको संयोजनमा सम्पन्न भएको कार्यक्रममा नुवाकोट अमेरिका संपर्क समितिका सल्लाहकार सन्तु तमाङ, ब्लड डोनोर्स अफ अमेरिकाका महसचिव अजय राज बगाले, जानकी सुबेदी, धर्म घिमिरे, इशा… Continue reading नुवाकोट अमेरिका सम्पर्क समिति अमेरिकाद्वारा रक्तदान कार्यक्रम सम्पन्न
८ महिनामा विदेशबाट नेपालीले पठाए ६ खर्ब ४२ अर्ब १४ करोड रेमिट्यान्स
काठमाडौं । नेपालमा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स भने निरन्तर वृद्धि भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा ७५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ । तर, रेमिट्यान्स आप्रवाह भने सोही अवधिमा ८.६ प्रतिशतले बढेको छ । ८ महिनामा नेपालमा ६ खर्ब ४२ अर्ब… Continue reading ८ महिनामा विदेशबाट नेपालीले पठाए ६ खर्ब ४२ अर्ब १४ करोड रेमिट्यान्स
भारतमा एक दिनमा अहिलेसम्मकै बढी संक्रमित भेटिए, उच्च जोखिममा नेपाल
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा एकदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । भारतीय संचारमाध्यमका अनुसार पछिल्लो २४ घण्टाको परीक्षणबाट १ लाख ७० हजार मानिसमा कोरोना देखिएको छ । यो अहिलेसम्मकै उच्च संख्या हो । पछिल्ला दिनमा भारतमा कोरोना संक्रमणको गति तीव्र देखिएको छ । यो संक्रमण पहिलो वेवको तुलनाका बढी फैलावट भएको… Continue reading भारतमा एक दिनमा अहिलेसम्मकै बढी संक्रमित भेटिए, उच्च जोखिममा नेपाल
विदेशमा शिक्षण संस्थाले नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गर्ने बाटो खुल्यो
काठमाडौं । नेपाल सरकारले विदेशमा खुलेका शिक्षण संस्थालाई नेपाली पाठ्यक्रमअनुसार पठनपाठन गर्न स्वीकृति दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिएका छन् । खासगरी गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपाली नागरिकले आफु रहेको मुलुकमा खोलेका शिक्षण संस्थामा नेपाली पाठ्यक्रम अनुसार पठनपाठनको स्वीकृति मागेका थिए… Continue reading विदेशमा शिक्षण संस्थाले नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गर्ने बाटो खुल्यो
कतारमा खोपको मात्र पुरा गरेका विदेशीले क्वारेन्टिन बस्नु नपर्ने
कतार । कतारले क्वारेन्टिन सम्बन्धि मापदण्डमा परिमार्जन गर्दै सहज बनाएको छ । अब विदेशमा कोरोनाविरुद्धको खोप लगाएका कुनै पनि व्यक्तिले कतार भित्र प्रवेश गरेपछि थप क्वारेन्टिन बस्नु पर्ने छैन । कतार बाहिर रहँदा फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एण्ड जोनसन खोप लगाएकाले होटेल क्वारेन्टाइन बस्न नपर्ने गरी नयाँ नियम ल्याएको कतारको स्वास्थ्य मन्त्रालयलाई… Continue reading कतारमा खोपको मात्र पुरा गरेका विदेशीले क्वारेन्टिन बस्नु नपर्ने
दुबईबाट राइस कुकरमा ल्याएको एक किलो सुनसहित एक जना विमानस्थलबाट पक्राउ
काठमाडौं । नेपालमा सुन तस्कर गर्न अनेक उपाय लगाइरहेको फेला पर्छ । आज त्रिभुवन विमानस्थलमा दुबईबाट राइस कुकरमा लुकाएर ल्याएको एक किलो सुनसहित एक जना पक्राउ परेका छन् । मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महराको साथबाट सुन बरामद भएको हो । उनको साथबाट ९ सय ३४ ग्राम… Continue reading दुबईबाट राइस कुकरमा ल्याएको एक किलो सुनसहित एक जना विमानस्थलबाट पक्राउ
ओमानले फेरी रोक्यो विदेशी नागरिकको प्रवेश, नेपाली समेत जान नपाउने
काठमाडौं । ओमन सरकारले विदेशी नागरिकको प्रवेशमा पुनः रोक लगाउने निर्णय गरेको छ । बढ्दो कोरोना भाइरसको संक्रमणका बीच ओमान सरकारले यस्तो निर्णय लिएको हो । यसबाट ओमानमा वैदेशिक रोजगारीमा जाने नेपाली समेत प्रभावित हुने भएका छन् । ओमानको कोरोना (कोभिड–१९) भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी समितिबाट विदेशी नागरिकलाई प्रवेशमा प्रतिवन्ध लगाउने निर्णय… Continue reading ओमानले फेरी रोक्यो विदेशी नागरिकको प्रवेश, नेपाली समेत जान नपाउने
राष्ट्रियसभाका अध्यक्ष स्पेन प्रस्थान
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना एकसाता लामो भ्रमणका लागि स्पेनतर्फ लागेका छन् । चैत २४ देखि ३० गतेसम्म चल्ने पिस कम्फरेन्स अफ लुम्बिनी गार्डन प्रोजेक्टको कार्यक्रममा भाग लिन अध्यक्ष तिमिल्सिना स्पेनतर्फ लागेका हुन् । उनी सोमबार साँझ त्यसतर्फ लागेका छन् । अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण… Continue reading राष्ट्रियसभाका अध्यक्ष स्पेन प्रस्थान
कोरोना संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा यो साता थप चार जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घले गर्ने साप्ताहिक अपडेट अनुसार एक साता भित्र कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको ज्यान गएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार कोरोना सङ्क्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९… Continue reading कोरोना संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु
एनआरएनएले कोभिड महामारीमा विश्वभर १ लाख ७० हजार नेपालीलाई दियो राहत
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड १९ महामारीबाट समस्यामा परेका विश्वभरका १ लाख ७० हजार नेपालाीलाई राहत दिएको छ । समस्यामा परेका विभिन्न मुलुकका ती नेपालीलाई सहयोग गरेको संघले जनाएको छ । कोभिड १९ महामारीपछि संघको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै सघंले यस्तो जानकारी गराएको हो । ५० देशका ३ सयभन्दा… Continue reading एनआरएनएले कोभिड महामारीमा विश्वभर १ लाख ७० हजार नेपालीलाई दियो राहत
दक्षिण कोरियामा राहदानीको अवधि सकिएपछि भिसा थप नहुने
काठमाडौं । दक्षिण कोरियामा बसोबास गरिरहेका विदेशी नागरिकको राहदानीको अवधि सकिएपछि भिसा स्वतः अमान्य हुने भएको छ । कोरियाली न्याय मन्त्रालयबाट आएको नयो नयाँ नियमबारे त्यहास्थित नेपाली दूतावासलाई समेत जानकारी गराइएको छ । दूतावासका अनुसार अब भिसा थप गर्न विदेशी नागरिकको राहदानकी अवधि पनि मिति गुज्रीएको हुनु हुँदैन । नेपाली राजदूतावासले सूचना जारी गर्दै यसबारे… Continue reading दक्षिण कोरियामा राहदानीको अवधि सकिएपछि भिसा थप नहुने
आज बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै
काठमाडौं । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज बस्दैछ । यो बैठक श्रीलङ्काले आयोजना गरेको हो । बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्दैछन् । बैठक अपराह्न ३ बजे भर्चुअल रूपमा बस्ने तय भएको मन्त्रालयले जनाएको छ । बुधबार भर्चुअल रूपमै आजको बैठकबारे तयारी बैठक बसेको थियो । सो… Continue reading आज बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै
रोजगारीमा विदेश जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने
काठमाडौं । वैदेशिक रोजगारी जाने श्रमिकको अब अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी मिल्नु पर्ने भएको छ । त्यसरी नमिलेको पाइएमा भने विमानस्थल बाटै फर्काइने भएको छ । वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिन गरेको… Continue reading रोजगारीमा विदेश जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने
गैरआवासीय नेपालीको लगानी रहने कम्पनी दर्ता सम्पन्न, अब आइपीओ जारी गर्ने तयारी
काठमाडौं । विदेशमा परिश्रम गरी कमाएको रकमले मातृभुमी नेपालमा लगानी गर्ने उद्देश्यले खोलिएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड नामक कम्पनी औपचारिक रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नेतृत्वमा लगानी कम्पनी दर्ता भएको हो । यो कम्पनीमा नेपाल सरकारको ५ प्रतिशत शेयर रहने भएका छ । बाँकि लगानी भने विदेशमा बस्ने गैरआवासीय नेपालीको रहने… Continue reading गैरआवासीय नेपालीको लगानी रहने कम्पनी दर्ता सम्पन्न, अब आइपीओ जारी गर्ने तयारी
भारतीय राष्ट्रपतिको मुटुको शल्यक्रिया, राष्ट्रपति भण्डारीबाट स्वास्थ्य लाभको कामना
काठमाडौं । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको सफल शल्यक्रिया गरिएको छ । आज भएको सफल शल्यक्रियापछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनको स्वास्थ्य लाभको कामना गरेकी छिन् । राष्ट्रपति भण्डारीले साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतीय समकक्षीको स्वास्थ्य लाभको कामना गरेकी हुन् । शल्यक्रिया सम्पन्न भएकोमा राष्ट्रपतिले खुुशी व्यक्त गरेकी छिन् ।
रुसमा नेपाली पत्रकार श्रेष्ठको निधन
मस्को । रुसमा बसेर नेपाली भाषा–साहित्य तथा पत्रकारितामा योगदान गरिरहेका कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले यसको पुष्टी गरेका छन् । उनले भाषा, साहित्य र नेपाल–रुस मित्रतामा श्रेष्ठको योगदान स्मरणीय रहेको बताएका छन् । श्रेष्ठ जगदम्बा पुरस्कार विजेता समेत हुन् । उनको रुसको राजधानी मस्कोमा ८३ वर्षको उमेरमा निधन… Continue reading रुसमा नेपाली पत्रकार श्रेष्ठको निधन
बेलायतले म्यानमारबाट आफ्ना नागरिकलाई फिर्ता बोलायो
काठमाडौं । बेलायत सरकारले म्यानमारबाट आफ्ना नागरिकलाई स्वदेश बोलाएको छ । सेनाले नरसंहार थालेसँगै म्यानमार असुरक्षित बनेको छ । सेनाले सडकमा हिड्ने मानिसहरुलाई ताकी ताकी गोली हान्न थालेसँगै बेलायतले आफ्ना नागरिकलाई घर फर्कन भनेको हो । म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको ज्यादतीको यूरोप, अमेरिका, जापान, अस्ट्रेलियासहितका मुलुकको कडा निन्दा गरेका छन् । शनिबार सेनाले देखाएको बर्बरताको भिडियोहरु… Continue reading बेलायतले म्यानमारबाट आफ्ना नागरिकलाई फिर्ता बोलायो
भारतीय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप प्रदान
काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोरोनाभाइरस विरूद्धको एक लाख डोज खोप दिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार खोप आइतबार काठमाडौं आएको हो । सेनाले कोभिड १९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यसहित भारतीय सेनाबाट नेपाली सेनालाई भ्याक्सिन प्राप्त भएको जनाएको छ । भ्याक्सिनको औपचारिक हस्तान्तरण भने केही दिनपछि हुने छ । भारत सरकारले नेपाल… Continue reading भारतीय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप प्रदान
कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो
काठमाडौं । कोरोना भाइरस -कोभिड १९_ संक्रमणबाट विदेशमा थप ३ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार युकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । गैरआवासीय नेपाली संघ -एनआरएनए_ का अनुसार विश्वव्यापी रुपमा फैलिएको… Continue reading कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो
इजिप्टमा रेल दुर्घटना, कम्तिमा ३२ जनाको मृत्यु
कायरो । इजिप्टमा रेल दुर्घटनामा गरी कम्तिमा ३२ जनाको मृत्यु भएको छ । दुर्घटना शुक्रबार भएको हो । घटनामा ६६ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका अनुसार घटनास्थलमा ३६ एम्बुलेन्स परिचालन भएका थिए । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार जारी रहेको छ । प्रहरीका अनुसार दुई रेल एक आपसमा… Continue reading इजिप्टमा रेल दुर्घटना, कम्तिमा ३२ जनाको मृत्यु
यतिले गर्यो काठमाडौं-वनारस परीक्षण उडान
काठमाडौं । काठमाडौं-वनारस रुटमा यति एयरलाइन्सले परीक्षण उडान गरेको छ । बुधबार भएको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ । दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरूमा चार्टर्ड र नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको यतिले परीक्षण उडान पुरा गरेको हो । यसअघि बनारसमा बुद्धको उडान थियो ।… Continue reading यतिले गर्यो काठमाडौं-वनारस परीक्षण उडान
नेपालले पनि अब इ-पासपोर्ट बाड्ने
काठमाडौं । नेपालले अब इ-पासपोर्ट वितरण गर्ने भएको छ । अहिले नेपालमा मेसिन रिडएबल पासपोर्ट (एमआरपी) प्रचलनमा रहेको छ । एमआरपीलाई समेत विस्थापित गरी अब इ-पासपोर्टमा जान लागेको राहदानी विभागले जनाएको छ , विभागले अतिआवश्यक नपरेसम्म एमआरपी नबनाउन समेत आग्रह गरेको छ । आगामी सेप्टेम्बरबाट नेपालमा इपासपोर्ट प्रचलनमा आउने भएको हो । विभागले इ-पासपोर्ट छाप्ने… Continue reading नेपालले पनि अब इ-पासपोर्ट बाड्ने
बंगलादेश भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमण पुरा गरी स्वदेश फर्किएकी छिन् । उनी मंगलबार नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत काठमाडौं अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा.शीधर मिश्रलगायतले बिदाइ गरेका थिए । राष्ट्रपति भण्डारी… Continue reading बंगलादेश भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता
नेपाली खेलाडी उज्ज्वल ठकुरीले पाकिस्तानी ओलम्पियनको रेकर्ड तोड्दै विश्व कीर्तिमान राखे
न्युयोर्क नेपाली कँराते खेलाडी तथा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ८ रेकर्ड राखिसकेका उज्ज्वल ठकुरीले आफ्नो नाममा ९ औं रेकर्ड पनि कायम राखेका छन् । यसपटक उनले पाकिस्तानका विश्व कीर्तिमानधारी मोहम्मद रसिदले राखेको कीर्तिमानलाई तोडेका हुन् । रसिद ३० पटक बिभिन्न विधाका विश्व किर्तिमानधारी उत्कृष्ट खेलाडी हुन् । ठकुरीले हालै भारतको ओलम्पिक तेक्वान्दो खेलाडीको विश्व… Continue reading नेपाली खेलाडी उज्ज्वल ठकुरीले पाकिस्तानी ओलम्पियनको रेकर्ड तोड्दै विश्व कीर्तिमान राखे