लण्डन । बेलायतमा कोरोना भाइरसको महामारीले पुनः जनजिवन प्रभावित बनाउन शुरु गरेको छ । भाइरसको दोस्रो लहर शुरु भएपछि यहाँ चार साता लामो देशव्यापी लकडाउन घोषणा भएको छ । लकडाउन आगामी विहीबारबाट लागु हुने भएको हो । बेलायतमा गत मार्च २३ मा पहिलो पटक लकडाउन घोषणा भएको हो । यो लकडाउन जुलाईमा खोलिएको थियो ।… Continue reading बेलायतमा चार साताका लागि लकडाउन घोषणा
Category: डायस्पोरा
लकडाउनयता विदेशबाट सवा १ लाख नेपाली घर फर्किए
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनपछि नियमित उडान बन्द भयो । सरकारले १६ भदौबाट नियमित उडान समेत खोल्यो । ११ चैतमा शुरु भएको लकडाउनयता विदेशबाट १ लाख २२ हजार५ सय जना नेपाली घर फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबारसम्म उक्त संख्यामा नेपाली घर आएका हुन्… Continue reading लकडाउनयता विदेशबाट सवा १ लाख नेपाली घर फर्किए
विदेशमा थप एक नेपालीको कोरोनाबाट मृत्यु
काठमाडौं । विदेशमा थप एक जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गरेको साप्ताहिक अपडेटमा उक्त जानकारी दिइएको हो । अघिल्लो साता साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको छ । एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपालीमा कोरोना… Continue reading विदेशमा थप एक नेपालीको कोरोनाबाट मृत्यु
नेपालका हिमालले रोमाञ्चित बनायो : बहराइन राजकुमार
काठमाडौं । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाले आफु नेपालका हिमाल र यहाँको प्राकृतिक सौन्दर्यबाट रोमाञ्चित बनेको बताएका छन् । मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्कने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । राजकुमार खलिफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाइ गरेका छन् । राजकुमार… Continue reading नेपालका हिमालले रोमाञ्चित बनायो : बहराइन राजकुमार
यूरोपमा पुनः बढ्न थाल्यो संक्रमण, विभिन्न मुलुकमा प्रतिवन्ध
काठमाडौं । यूरोपमा कोरोना भाइरसको महामारीले पुनः फैलावट लिन थालेको छ । यससँगै विभिन्न मुलुकले प्रतिवन्ध र कर्फ्यु शुरु गरेका छन् । फ्रान्सले कोरोना संक्रमण नियन्त्रणका लागि राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यु लगाएको छ। संक्रमण बढ्दै गएपछि राति ९ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यु लगाइएको राष्ट्रपति इम्यानुएल म्याक्रोले घोषणा गरेका छन् । उनका अनुसार… Continue reading यूरोपमा पुनः बढ्न थाल्यो संक्रमण, विभिन्न मुलुकमा प्रतिवन्ध
क्यान्सरको क्रुरतासँग गलेका तामाङ स्वदेश फर्कँदै, आर्थिक सहयोगको अपिल
सुन्दर जीवनको सपना साँचेर अमेरिका आइपुगेका युवा विक्रम तामाङलाई क्यान्सरको गम्भीर संक्रमणले सताएपछि सहयोगका लागि आर्थिक संकलन सुरु गरिएको छ । तामाङलाई गत जुनमा चौथो स्टेजको ठूलो आन्दा (कोलोन) र कलेजो (लिवर) क्यान्सर पुष्टि भएको थियो । इलाममा जन्मिएका तामाङ सात बर्ष अघि अमेरिका आइपुगेका थिए । उनी न्यूह्यामसरको म्यानचेष्टरमा बसोबास गर्दै आएका छन् ।… Continue reading क्यान्सरको क्रुरतासँग गलेका तामाङ स्वदेश फर्कँदै, आर्थिक सहयोगको अपिल
कनेक्टिकट चौतारी २०२० को विमोचन सम्पन्न
न्युयोर्क कनेक्टिकट नेपाली समाज (नेकोन – USA) को वार्षिक मुखपत्र कनेक्टिकट चौतारीको सातौँ संस्करणको विमोचन कार्यक्रम सामाजिक दुरी कायम राख्दै वेस्ट हार्टफोर्डको वालकट पार्कमा अक्टोवर ११, २०२० मा सम्पन्न भयो । कवि धन लामा प्रमुख सम्पादक रहनुभएको उक्त प्रकाशनलाई संस्थाका पदाधिकारी, सल्लाहकार, समाजका विभिन्न अग्रज एवं सामाजिक व्यक्तिहरुको माझ वेस्ट हार्टफोर्ड टाउनकी मेएर सेरी केन्टरले… Continue reading कनेक्टिकट चौतारी २०२० को विमोचन सम्पन्न
न्यूह्यामसर नेपाली खुल्ला टेनिसको उपाधि भट्ट र हुमागाईलाई
न्यूह्याम्पसर राज्यमा स्थापित नेपालीभाषीहरुको छाता संस्था न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता २०२० (पुरुष सिंगल्स) को उपाधि सरोज भट्टले जितेका छन् । शनिबार सम्पन्नफाइनल खेलमा किरण हुमागाईलाई ६–४, ५–७, ६–४ को सेटमा पराजित गर्दै भट्टले सिङ्गल्सतर्फको उपाधि हासिल गरेका हुन् । यस्तै प्रतियोगिताको डबल्स संस्करणमा मनिश हुमागाई र किरण हुमागाईको जोडी बिजयी भएको… Continue reading न्यूह्यामसर नेपाली खुल्ला टेनिसको उपाधि भट्ट र हुमागाईलाई
नेपाली युवा खडग् पुलामी बोरो प्रेसिडेण्डद्वारा सम्मानित
न्युयोर्क नेपाली कला र संस्कृतिको प्रवर्धनमा निरन्तर योगदान पुर्याए बापत ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक आडम्सले नेपाली समुदायका खडग् बहादुर पुलामी उर्फ ‘बिक्की पुलामी’ लाई सम्मान गरेको छ । न्युयोर्क क्वीन्सको ज्याक्सन हाईट्समा आयोजित एक कार्यक्रममा बिक्की पुलामीलाई बोरो प्रेसिडेण्ट आडम्सले निरन्तर सामाजिक सेवा गरेको भन्दै ‘साइटेसन-पत्र’ सहित सम्मान गरेको हो । पुलामी सन् २००५ देखि… Continue reading नेपाली युवा खडग् पुलामी बोरो प्रेसिडेण्डद्वारा सम्मानित
गैरआवासीय नेपालीसँग प्रधानमन्त्री भन्छन् : बाँच्नका लागि देश छाड्नु नपरोस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि नेपालीले बाँच्नकै लागि देश छाड्ने अवस्था नआउने बताएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रबारबाट शुरु भएको एनआरएन विश्व ज्ञान सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो दावि गरेका हुन् । उनले जीविकाकै लागि विदेश जानु पर्ने बाध्यता अब नेपालीलाई नपर्ने बताए। उनले मुलुक समृद्धिको दिशातर्फ अघि बढेकाले जीविकाका… Continue reading गैरआवासीय नेपालीसँग प्रधानमन्त्री भन्छन् : बाँच्नका लागि देश छाड्नु नपरोस
शुक्रबारदेखि दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन हुने
काठमाडौं । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउने उद्देश्यले आयोजना भएको विश्व ज्ञान सम्मेदन शुक्रबारबाट शुरु हुने भएको छ । दुई वर्षअघि देखि विश्व ज्ञान सम्मेलन आयोजना थालिएको हो । यसको निरन्तरता दिँदै दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन २०२० अक्टोबर ९ देखि ११ सम्म… Continue reading शुक्रबारदेखि दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन हुने
४ वर्षअघि काबुलमा मारिएका नेपालीका परिवारले पाउने भए सम्मानजनक क्षतिपूर्ति
काठमाडौं । ४ वर्षअघि अफगानिस्तानको राजधानी काबुलमा भएका आतंकवादी हमलामा १५ नेपालीसहित केही भारतीय सुरक्षाकर्मीको समेत ज्यान गयो । तर, उनीहरुको परिवारले उचित क्षतिपूर्ति पाएका थिएनन् । अब आक्रमणमा परी ज्यान गुमाएका तथा घाइते भएका नेपालीको परिवार र क्यानडा सरकारबीच मिलापत्र भएको छ । २० जुन २०१६ मा क्यानडा राजदूतावासअगाडी आत्मघाती आक्रमण भएको थियो ।… Continue reading ४ वर्षअघि काबुलमा मारिएका नेपालीका परिवारले पाउने भए सम्मानजनक क्षतिपूर्ति
पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस
काठमाडौं । सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो। यस्तै, मुख्यसचिव रहेर राजिनामा दिएका लोकदर्शन रेग्मीलाई सयुक्त अधिराज्य बेलायतको राजदूतका लागि नियुक्त गर्ने सिफारिस गरेको छ । रेग्मीले… Continue reading पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस
खाडी क्षेत्रका चार मुलुकबाट अब काठमाडौंमा नियमित हवाई उडान
काठमाडौं । सरकारले पिसिआर परीक्षण सहज नभएका खाडी क्षेत्रका मुलुकमा नियमित उडान रोकेको थियो । यी मुलुकमा माग अनुसार चार्टर्ड उडान हुँदै आएका थिए । यसले भाडा महगाें हुने गरेको थियो । बिहीबारबाट भने उक्त प्रतिवन्ध हटेको छ । अब खाडीका चार मुलुकबाट अक्टोबर १ देखि नियमित हवाई उडान सुरु हुने भएको छ । साउदी… Continue reading खाडी क्षेत्रका चार मुलुकबाट अब काठमाडौंमा नियमित हवाई उडान
लकडाउनयता विदेशबाट फर्किए ७७ हजार नेपाली
काठमाडौं । लकडाउनयता संसारका ३२ मुलुकबाट समस्यामा रहेका करीव ७७ हजार नेपाली घर फर्किएका छन् । विदेशमा काम गुमाएका, घुमघामका सिलसिलामा विदेश पुगेर अड्किएका, गैरकानूनी रुपमा बसिररहेका नेपाली घर फर्किएका छन् । नियमित उडान शुरु भएपछि भने स्वच्छाले घर फर्कने नेपालीसमेत यो सूचिमा थपिएका छन् । कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका… Continue reading लकडाउनयता विदेशबाट फर्किए ७७ हजार नेपाली
ओमानमा अक्टोवरबाट विदेशीको प्रवेश खुला, नेपाली पनि जान पाउने
काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमसँगै लागेको विदेशी नागरिक प्रवेशमाथिको प्रतिवन्ध ओमानले हटाएको छ । नयाँ प्रावधान भने १ अक्टोबरबाट लागु हुने भएको छ । अब ओमानले विदेशी आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने घोषणा गरेको हो । यसले त्यहाँ कामको सिलसिलामा जाने नेपाली समेत लाभान्विन हुने भएका छन् । किनकी नेपाल सरकारले समेत अब वैदेशिक… Continue reading ओमानमा अक्टोवरबाट विदेशीको प्रवेश खुला, नेपाली पनि जान पाउने
विदेशमा उडान संख्या बढाउन राजदूतहरुको आग्रह
काठमाडौं । विदेशमा काम गर्न गएका नेपालीहरुको नेपाल फर्कने संख्यालाई मध्यनजर गर्दै विदेशमा उडान संख्या बढाउन विभिन्न मुलुकका राजदूतले सरकारलाई सुझाव दिएका छन् । कोरोना संक्रमणको जोखिमका कारण विभिन्न देशमा नेपालीहरु अलपत्र छन् । उनीहरुलाई घर फर्काउन उद्धार तथा नियमित उडानको संख्या बढाउनु पर्ने सुझाव राजदूतहरुले दिएका छन् । लकडाउनपछि नेपाल आउन नपाएका, रोजगारी गुमाएका… Continue reading विदेशमा उडान संख्या बढाउन राजदूतहरुको आग्रह
कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४ पुगेको छ । पछिल्लो एक सातामा थप एक जनाको ज्यान गएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १७ मुलुकमा नेपालीको मृत्यु भएको छ । यससँगै नेपालसहित कोरोनाका कारण विश्वभर कुल ६४५ नेपालीको ज्यान गएको तथ्यांकले देखाएको छ… Continue reading कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४
क्यानडामा डेढ महिनामा तीन नेपालीको मृत्यु
काठमाडौं । पछिल्लो डेढ महिनामा क्यानडाले तीन जना नेपाली समुदायका सदस्यलाई गुमाउन पुगेको छ । गत आइतबार राजधानी अटोवा निवासी मान्भी श्रीवास्तव विष्टको ज्यान गएको गैरआवासीय नेपाली संघले जनाएको छ । उनको घरमै लडेर ज्यान गएको हो । उनी ५० वर्षीया रहेको संघले जनाएको छ । यसअघि २७ अगस्तमा ओटवामा बस्ने जगन्नाथ र उर्मिला ओझाका… Continue reading क्यानडामा डेढ महिनामा तीन नेपालीको मृत्यु
विदेशमा समस्याग्रस्त नेपालीको एक महिनाभित्र उद्धार गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । संसकदीय समितिले विदेशमा समस्यामा रहेका सबै नेपालीको उद्धार एक महिना भित्र गरिसक्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई उद्दार गरी एक महिना भित्र नेपाल ल्याइसक्न सरकारलाई निर्देशन दिएको हो । समितिको बैठक आइतबार सिंहदरबारमा बसेको हो । बैठकले वैदेशिक… Continue reading विदेशमा समस्याग्रस्त नेपालीको एक महिनाभित्र उद्धार गर्न संसदीय समितिको निर्देशन
विदेशमा फेरी बढ्यो नेपालीको मृत्युदर
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या कुनै समय शुन्यमा पुगेको थियो । तर, पछिल्ला दिनमा पुनः वृद्धि भएको छ । विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जनाको मृत्यु भएको यो साता मात्र पुष्टी भएको छ । गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु… Continue reading विदेशमा फेरी बढ्यो नेपालीको मृत्युदर
पर्यटक र गैरआवासीय नेपालीलाई नेपाल प्रवेश अनुमति खुलाउने तयारी
काठमाडौं । सरकारले विदेशी पर्यटक तथा विदेशको नागरिकता दिएका गैरआवासीय नेपालीलाई समेत नेपाल प्रवेशको अनुमति खुला गर्ने तयारी थालेको छ । संसारका धेरै मुलुकमा विदेशी नागरिकमाथिको प्रतिवन्ध क्रमशः खुकुलो बनाउँदै लगिएको छ । यसै सन्दर्भमा नेपालमा समेत पर्यटकलाई स्वास्थ्य मापदण्ड पालना गर्ने गरी आगमन अनुमति खुला गर्ने तयारी गरिएको हो । यसअघि नेपालमा अतिआवश्यक काम… Continue reading पर्यटक र गैरआवासीय नेपालीलाई नेपाल प्रवेश अनुमति खुलाउने तयारी
अमेरिकाबासी थापा परिवारका लाेभैलाग्दा करेसाबारी
सुपेन्द्र बस्नेत, बोष्टन काेराेना कहरका कारण थाङथिलो भएकाे परिवेशमा उर्जालाई चलायमान राख्ने विभिन्न उपाय हुन सकदछ । चाहे याे बिपत्ति प्राकृतिक हाेस् या कृतिम, यसले प्राणीजगतमा पुर्याएकाे प्रत्यक्ष अप्रत्यक्ष प्रभाव साँच्चै कहाली लाग्दाे छ । यद्यपि, काेराेना कहरका बीच आफ्नाे उपलब्ध फुर्सदकाे समय खेर नफाली करेसाबारीकाे स्याहारसुसारमा सदुपयाेग गरेर करेसाबारी लाेभैलाग्दाे बनाउने नेपालीहरुकाे पनि कमी… Continue reading अमेरिकाबासी थापा परिवारका लाेभैलाग्दा करेसाबारी
न्युयोर्कमा जमैका नेपाली सोसाईटी गठन
न्युयोर्क नेपालीहरुको बस्ति न्युयोर्क सहरको सबै क्षेत्रमा बढेसँगै जमैका आसपासका क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुले जमैका नेपाली सोसाईटीको हाललाई तदर्थ समिति गठन गरेका छन् । क्विन्सको जमैंका क्षेत्रका नेपालीलाई संगठित गर्दै आपसमा सदभाव र सहयोगी भाव विस्तार गर्ने उदेश्यले सॅंस्थाको आवश्यकता महसुस गरी करिव ५० जनाको उपस्थितिमा तदर्थ समिति गठन गरेको हो । कार्यसमिति बिस्तार… Continue reading न्युयोर्कमा जमैका नेपाली सोसाईटी गठन
नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंका संक्रमणबाट काठमाडौंमा तीन सहित थप ९ जनाको मृत्यु हो । उनका अनुसार मोरङकी ४३, मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिला तथा पर्साका ७५, महोत्तरीको ७८, काठमाडौंका ४१, ५९, ४५ र रुपन्देहीको ४०… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो
गैरआवासीय नेपाली दूतावासको सिफारिसमा नेपाल आउन पाउने
काठमाडौं । सरकारले लकडाउन र कोरानो महामारीका बीच गैरआवासीय नेपालीका लागि समेत नेपाल आउने ढोका खोलेको छ । तर, सबै गैरआवासीय नेपाली भने नेपाल आउन पाउने छैनन् । सम्बन्धित मुलुकस्थित नेपाली कुटनीतिक नियोगको सिफारिसमा मात्र उनीहरुलाई नेपाल आउने अनुमति मिल्नेछ । तर, सिफारिस लिने कन्डिसन भने विशेष मात्र तोकिएको छ । कुनै पनि गैरआवासीय नेपालीको… Continue reading गैरआवासीय नेपाली दूतावासको सिफारिसमा नेपाल आउन पाउने
विश्वभर कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ४१०
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउने नेपालीको संख्या ४१० पुगेको छ । नेपालमा शनिबार साँझसम्म २१५ जनाको निधन भएको छ । नेपाल बाहिर भने कुल १ सय ९५ जनाको निधन भएको छ । यसरी संसारभर रहेका नेपालीको कुल मृत्यु ४१० पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । संघका अनुसार संक्रमणबाट विदेशमा… Continue reading विश्वभर कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ४१०
मलेसियाबाट एउटै जहाजमा ल्याइयो १६ शव
काठमाडौं । शुक्रबार मलेसियाबाट एउटै जहाजले नेपालीका १६ वटा शव नेपाल ल्याएको छ । कोरोना भाइरस र लकडाउनका कारण विदेशमा अड्किएका नेपाली नागरिकको उद्धारका क्रममा शव ल्याउने क्रम समेत जारी छ । सोही सिलसिलामा आज १६ वटा शव नेपाल ल्याइएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सको जहाजले मलेसियाबाट २६२ यात्रुलाई काठमाडौं ल्याएको छ… Continue reading मलेसियाबाट एउटै जहाजमा ल्याइयो १६ शव
विदेशबाट भेदभाव बीना उद्धार गर्न एनआरएनएको माग
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशबाट बीना भेदभाव अप्ठेरोमा परेका सबै नेपालीको उद्धार गर्न सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको भर्चुअल बैठकमा भाग लिँदै एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकार गर्ने उद्धारमा कुनै पनि नेपालीमाथि भेदभाव हुन नहुने बताए । अब राज्यले श्रम गरेर आएका र नआएका नभनी… Continue reading विदेशबाट भेदभाव बीना उद्धार गर्न एनआरएनएको माग
विदेशबाट आउँदा पिसिआर नेगेटिभ भएका नेपाली काठमाडौंबाट सिधै घर जान पाउने
काठमाडौं । सरकारले सेप्टेबर महिनाका लागि नियमित तथा चार्टर्ड उडानको तालीका तय गरेको छ । त्यसअनुसार नेपाल आउन पाउने र नपाउने शर्तसमेत तोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अब विदेशबाट फर्कदा कम्तिमा ७२ घण्टायताको पिसिआर नेगेटिभ आएको प्रमाण यात्रुले एयरलाइन्सलाई दिनु पर्नेछ । त्यसो नभएसम हवाईजहाज चढ्न पाइने छैन । तर… Continue reading विदेशबाट आउँदा पिसिआर नेगेटिभ भएका नेपाली काठमाडौंबाट सिधै घर जान पाउने