अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

२० वैशाख, काठमाडौं । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दा बढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले यही वैशाख १७ गतेदेखि १८ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो । शिविरमध्ये शुक्रबार युएइमा कार्यरत नेपाली नागरिकको निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा तीन सय बढीले सेवा लिएका… Continue reading अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

बेलायतका लागि नेपाली राजदूत घिमिरेले राजासमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

१९ वैशाख, काठमाडौं । संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बकिङ्घम राजप्रासादमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजा चाल्र्सले विभिन्न समयमा भएका ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै बेलायत सरकारले… Continue reading बेलायतका लागि नेपाली राजदूत घिमिरेले राजासमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

भारतमा नेपाली छात्राको मृत्युबारे परराष्ट्र मन्त्रालयको चासो

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन् । साथै उनले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएकी छन् । पर्साको… Continue reading भारतमा नेपाली छात्राको मृत्युबारे परराष्ट्र मन्त्रालयको चासो

भारतको कलिंगा इन्स्टिच्यूटमा पुनः नेपाली छात्रा मृत फेला

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा मृत फेला परेकी छिन् । वीरगञ्ज घर भएकी प्रिशा साह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको नेपाली सञ्चारमाध्यमले भारतीय स्रोतलाई उदृत गर्दै पुष्टी गरेका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको… Continue reading भारतको कलिंगा इन्स्टिच्यूटमा पुनः नेपाली छात्रा मृत फेला

प्रधानमन्त्रीसँग भाजपा विदेश प्रमुख चौथाइवालेको भेट

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले भेटवार्ता गर्नुहुँदै । तस्बिर साैजन्य प्रधानमन्त्रीकाे सचिवालय / रासस

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चौथाइवाले तीन दिने नेपाल भ्रमणका लागि काठमाडौंमा छन् ।… Continue reading प्रधानमन्त्रीसँग भाजपा विदेश प्रमुख चौथाइवालेको भेट

विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावरः परराष्ट्रमन्त्री

१८ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसका नेतृ डा आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । कांग्रेसको जनसम्पर्क समिति समन्वयले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले दोस्रो पुस्तालाई नेपालसँग आबद्ध गराउन आवश्यक रहेको बताइन् ।… Continue reading विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावरः परराष्ट्रमन्त्री

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

१५ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भेटका क्रममा उहाँहरूबीच दुई देशको सम्बन्धलाई थप प्रगाढ… Continue reading पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

कश्मीर घटनाबारे पूर्वराजाले सार्वजनिक गरे आफ्नो प्रतिक्रिया

१३ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंककारी समूहको आक्रमणप्रति दुःख व्यक्त गरेका छन् ।शाहले शनिबार एक समवेदना सन्देश जारी गर्दै उक्त आक्रमणका कारण हिन्दूवादी यात्रीहरूको निधन भएकोप्रति आफू दुःखी भएको बताएका छन् । ‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्मु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दूवादी यात्रीहरुको दुःखद्… Continue reading कश्मीर घटनाबारे पूर्वराजाले सार्वजनिक गरे आफ्नो प्रतिक्रिया

नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री

१३ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छिन् । भारत, काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आयोजित सभामा उनले नेपाल सधैँ आतङ्कवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गरिन् । मन्त्री… Continue reading नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री

‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन विश्‍व नेतृत्व र विज्ञलाई बोर्डको आह्वान

१२ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले मे १६ देखि १८ २०२५ सम्म काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन आग्रह गरेका छन् । टर्कीको इस्तानबुलमा २१ देखि २३ अप्रिलसम्म आयोजित ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० वार्षिक सम्मेलन २०२५’ लाई सम्बोधन गर्दै सीईओ जोशीले काठमाडौंमा हुने जलवायु परिवर्तन… Continue reading ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन विश्‍व नेतृत्व र विज्ञलाई बोर्डको आह्वान

भारतीय विदेशमन्त्री र नेपाली राजदूतबीच भेट। काश्मीर हमला र नेपाली नागरिकको मृत्युबारे छलफल

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गरेका छन् । भेटमा पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएको प्रति नेपालका राजदूतमार्फत समवेदना व्यक्त गरिएको विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् । ‘साथै, हाम्रा द्विपक्षीय सम्बन्धमा भएका विकासहरूबारे पनि छलफल गरिएको छ,’ विदेशमन्त्री जयशंकरले एक्समा लेखेका… Continue reading भारतीय विदेशमन्त्री र नेपाली राजदूतबीच भेट। काश्मीर हमला र नेपाली नागरिकको मृत्युबारे छलफल

प्रधानमन्त्री र एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलबीच भेट, के भयो कुराकानी ?

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले भेटघाट गरेका छन् । गत राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा नेपालमा गैरआवासीय नेपालीहरु नेपालमा लगानी बढाउन चाहेको र त्यसका लागि लगानीमैत्री वातावरण बनाउने विषयमा छलफल भएको अध्यक्ष पोख्रेलले जानकारी दिए । “प्रधानमन्त्रीसँग नेपाली समुदायले अष्ट्रेलियाको अर्थतन्त्रमा गरेको योगदानका… Continue reading प्रधानमन्त्री र एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलबीच भेट, के भयो कुराकानी ?

ठगीको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिक पक्राउ

१२ वैशाख, काठमाडौं । नेपाल प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–९ कालिमाटीडो बस्ने बङ्गलादेशको चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय मोहम्मद मुस्तफिजुर रहमान, चाँदपुर तोरागर हाजिगञ्ज घर भएका ४१ वर्षीय मुहम्मद फरहाद हुसेन चौधरी र चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय… Continue reading ठगीको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिक पक्राउ

कश्मिर हमलामा मारिएका नेपाली युवा सुदीपको शव नेपाल ल्याइदैं

AP Photo/Dar Yasin)

१० वैशाख, काठमाडौं । काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याइने भएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव नेपाल ल्याइने व्यवस्था भएको हो । मंगलबार कश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे, युवराज… Continue reading कश्मिर हमलामा मारिएका नेपाली युवा सुदीपको शव नेपाल ल्याइदैं

प्रधानमन्त्री र युएईका उपप्रधानमन्त्रीबीच भेट, के भयो कुराकानी ?

प्रधानमन्त्रीसँग युुएइका उपप्रधानमन्त्रीको शिष्टाचार भेट काठमाडौँ, १० वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार शिष्टाचार भेट गर्नुहुँदै संयुक्त अरब इमिरेट्स (युएइ) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यान । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय\रासस

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले आज शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी मित्रवत् सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले विकासको मार्गमा… Continue reading प्रधानमन्त्री र युएईका उपप्रधानमन्त्रीबीच भेट, के भयो कुराकानी ?

भारतीय विद्युतमन्त्रीको दुईदिने नेपाल भ्रमण सम्पन्न

तस्बिरः सुजन बज्राचार्य\रासस

१० वैशाख, काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुईदिने नेपाल भ्रमण सकेर आज साँझ स्वदेश फर्किएका छन् । मन्त्री खट्टरको भ्रमणले नेपाल–भारतबीचको ऊर्जा सहकार्यलाई नयाँ गति दिएको छ । नेपालमा उत्पादित विद्युत् निकासीका लागि भारतसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने द्विपक्षीय सम्झौताले नेपाललाई सहयोग पुगेको छ । प्रसारण लाइनको अभावमा नेपालमा… Continue reading भारतीय विद्युतमन्त्रीको दुईदिने नेपाल भ्रमण सम्पन्न

प्रधानमन्त्री ओलीद्वारा आतङ्कवादी हमलाको निन्दा

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । “दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आत¬ङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार… Continue reading प्रधानमन्त्री ओलीद्वारा आतङ्कवादी हमलाको निन्दा

भारतमा भएको आतङ्कवादी हमलाको नेपालले गर्यो निन्दा

Photo source : The Asian age

१० वैशाख, काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ । “नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट… Continue reading भारतमा भएको आतङ्कवादी हमलाको नेपालले गर्यो निन्दा

युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आज

१० वैशाख, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मङ्गलबार साँझदेखि काठमाडौँमा छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे । परराष्ट्र मन्त्रालयका अनुसार… Continue reading युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आज

९ महिनामा काम खोज्दै विदेशिए ६ लाख ७ हजार नेपाली

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) मा काम खोज्दै ६ लाख ७ हजार ८ सय ७४ युवा विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चैतमा मात्र ७३ हजार ४ सय ३ युवाले श्रम स्वीकृति लिएका छन् । फागुनसम्म यो संख्या ५ लाख ३४ हजार ४ सय ७१ थियो ।तथ्यांक अनुसार यस… Continue reading ९ महिनामा काम खोज्दै विदेशिए ६ लाख ७ हजार नेपाली

न्युजर्सीमा पहिलो ‘नेपाल डे’ मनाईँदै

न्युजर्सी । न्युजर्सी राज्यको नेपाली समुदायमा पहिलो पटक ऐतिहासिक “नेपाल डे” हुने भएको छ । प्रवासमा नेपाली पहिचानको स्थायित्वकरणको लागि महत्वपुर्ण कोशेढुँगा साबित हुने विश्वास गरिएको नेपाल डे आगामी मे ३१, २०२५ का दिन हुने भएको हो । गत शनिबार “नेपाल डे”को सम्पन्न पहिलो आयोजक समितिको बैठकबाट कार्य समिति गठन गरिएको हो । एनआरएन अभियानकर्ता… Continue reading न्युजर्सीमा पहिलो ‘नेपाल डे’ मनाईँदै

भारतका विधुतमन्त्री आज काठमाडौं आउदै

काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार नेपाल आउँदै हुनुहुन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उहाँ मङ्गलबार बिहान दुईदिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ । विद्युतमन्त्री खट्टरले मङ्गलबार दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३… Continue reading भारतका विधुतमन्त्री आज काठमाडौं आउदै

नेपाल डे परेड २०२५ को सञ्चालन समितिले पायो पुर्णरुप

न्युयोर्क एनआरएनए न्युयोर्क च्याप्टर तथा स्थानीय नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा हुन गइरहेको नेपाल डे परेड २०२५ को सञ्चालन समितिको बैठक ज्याक्सन हाइट्समा सम्पन्न भएको छ । यस वर्षको परेड आगामी मे १८ तारिख आइतबारका दिन न्युयोर्क सहरको म्यानह्याट्टनमा हुने तय भएको छ । एनआरएनए न्युयोर्क च्याप्टरको उपाध्यक्ष छिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न कर्यक्रममा, कन्भेनर मनिता गुरुङ,… Continue reading नेपाल डे परेड २०२५ को सञ्चालन समितिले पायो पुर्णरुप

अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

८ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एसिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी छिन् । बैङ्ककमा आजदेखि सुरु संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रको अध्यक्षतापछि दिएको मन्तव्यमा उनले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको… Continue reading अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

२० वैशाखदेखि एनआरएनए एकता महाधिवेशन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा हुने भएको छ । एनआरएनए उच्चस्स्तरीय समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २० देखि २२ सम्म काठमाडौँको हायात होटलमा महाधिवेशन हुने जानकारी दिइयो । समितिका संयोजक डा. शेष घलेले लामो समयदेखि विवादमा अल्झिएको सङ्घलाई एकताबद्ध गर्दै महाधिवेशनबाट समस्या समाधान हुने बताए । ‘विवादरहित… Continue reading २० वैशाखदेखि एनआरएनए एकता महाधिवेशन

अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु

८ वैशाख, सिड्नी । आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको छ । योसँगै इस्टर सप्ताहन्तमा अस्ट्रेलियाको पूर्वी तटमा विशाल छालहरूले प्रहार गर्दा डुबेर मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । आपत्कालीन सेवाहरूले वाट्टामोला समुद्री तटमा दुई जनालाई छालबाट उद्धार गरेका थिए । तर उनीहरूमध्ये एकलाई बचाउन नसकिएको न्यु साउथ वेल्स प्रहरीले एक… Continue reading अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु

देउवा स-परिवार बैंकक प्रस्थान

File

७ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका आइतबार दिउँसो थाइल्यान्ड बैंकक प्रस्थान गरेका छन् । उनको सिंगापुरमा आँखा र पेटको उपचार भए पनि यसपटक ‘फलोअप’का लागि थाइल्यान्ड गएका हुन् । देउवा प्रत्येक दुईरतीन वर्षमा स्वास्थ्य फलोअपका लागि सिंगापुर जाने गर्दथे ।देउवासँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि थाइल्यान्ड गएकी छिन् । थाइल्यान्डमा सोमबारदेखि सुरु… Continue reading देउवा स-परिवार बैंकक प्रस्थान

पोर्चुगलमा ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता हुने

४ वैशाख, काठमाडौं । मोन्तिजो नेपाली समाज, पोर्चुगलले प्रथम ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर समाजले यही अप्रिल २० तारिखका दिन प्रथम मोन्तिजो कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । खेलकुदको माध्यमबाट नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि… Continue reading पोर्चुगलमा ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता हुने

परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

३१ चैत, इलाम । नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरु आज अपराह्न कन्याम आइपुगेका हुन् । परराष्ट्रमन्त्री डा देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी,… Continue reading परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री पौडेलद्वारा जिपि कोईराला फाउन्डेशन अवलोकन

बिष्णु सिंह, न्युयोर्क संयुक्त राष्ट्रसङ्घ मुख्यालय न्युयोर्कको जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रमा भागलिन न्युयोर्क आएका नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री प्रदीप पौडेलले गत अप्रिल ८ गते जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको अवलोकन गर्नु भयो । उक्त अवसरमा फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले स्वागत गर्नुभएको थियो। कार्यसमिति सदस्यहरु सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री लगायत… Continue reading नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री पौडेलद्वारा जिपि कोईराला फाउन्डेशन अवलोकन