तराईबासी नेपालीको महान चाड छठ शुरु

काठमाडौं । नेपालको तराईमा विशेष महत्वका साथ मनाईने पर्व छठको विधिवत शुरुवात भएको छ । घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरि छठको शुरुवात गरिएको हो । यो वर्ष छठ अन्तर्गत आज नहायखाय मनाइन्छ । बिहिबार खरना, शुक्रबार सन्ध्या अर्घ्या र शनिबार छठको पारणा गर्ने गरी साइत जुराइएको छ । पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि… Continue reading तराईबासी नेपालीको महान चाड छठ शुरु

आज सार्वजनिक बिदा, नेवार समुदायले भाइटिका लगाउँदै

Photo : The Rising Nepal

काठमाडौं । नेवार समुदायले आज भाइटिका लगाउने भएका छन् । सोही प्रयोजनका लागि सरकारले आज देशैभर सार्वजनिक बिदा समेत घोषणा गरेको छ । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेको भन्दै नेवार समुदायका केही समुहले भने आज भाइटीका लगाउन लागेका हुन् । अधिकांश समुहले भने सोमबार नै भाइटिका लगाएका छन् । अन्य… Continue reading आज सार्वजनिक बिदा, नेवार समुदायले भाइटिका लगाउँदै

भूकम्पपछि पहिलो पटक खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर

Photo by wondersofnepal.com

काठमाडौं । दाजु भाई नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाईले आजैका दिन रानीपोखरीको बिच भागमा अवस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर एक अर्कालाई टिका लगाउने प्रचलन रहेको छ । तर, यो उत्सव विगत ५ वर्षदेखि बन्द थियो । किनकी भूकम्पले क्षतिग्रस्त रानीपोखरी र यसको मन्दिर पुनर्निर्माणका क्रममा रहेका कारण मन्दिर बन्द रहेको थियो । २०७२ साल बैशाखको… Continue reading भूकम्पपछि पहिलो पटक खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर

आज तिहारको भाइटिका, धुमधामसहित मनाईंदै

Photo : The Rising Nepal

काठमाडौं । आज हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटिका मनाइदैछ । नेपालसहित विश्वभर रहेका नेपालीले आज दाजुभाइलाई दिदीबहिनीले टिका माला लगाइदिने तथा शुभकामना र उपहार आदान प्रदान गरी यो पर्व मनाइदैछ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्ने प्रचलन रहेको छ । टीका लगाइदिइसकेपछि दिदीबहिनीले… Continue reading आज तिहारको भाइटिका, धुमधामसहित मनाईंदै

आज तिहारको चौथो दिन, गाई र गोरु पूजा गरिँदै

काठमाडौं । यमपञ्चकको आज चौथो दिन गाई र गोरुको पूजा गरेर मनाइदैछ । गाईलाई नेपालमा भगवान मानिन्छ । उनको पूजा गर्दा आमासरह माया पाइने धार्मिक विश्वास रहेको छ । धार्मिक अनुष्ठानहरुमा गाईको दूध, गहुँत र गोबर पवित्र हुन्छ । सोहीकारण पनि हिन्दुहरु गाईलाई भगवान मान्ने गर्छन् । आधुनिक विज्ञानमा समेत स्थानीय गोरस रोगको प्राकृतिक औषधिका… Continue reading आज तिहारको चौथो दिन, गाई र गोरु पूजा गरिँदै

आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइदै

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन मनाइदैछ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा मनाइने गरेकोमा यो वर्ष तीथिमा भएको परिवर्तनले यी दुबै पर्व एकै दिन मनाउनु पर्ने भएको हो । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आजै बिहान नदी, तलाउ वा धारामा… Continue reading आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइदै

आज काग तिहार, यमदूतका रुपमा पूजा गरिँदै

Photo : THT

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज काग तिहार परेको छ । यमदूतका रुपमा आज कागलाई पूजा गर्ने प्रचलन रहेको छ । कागलाई मनपर्ने खाना खान दिने र पूजा गर्ने प्रचलन रहेको छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने धार्मिक विश्वास लिइन्छ । त्यसो त सूचना प्रविधिको जमाना शुरु नभएको बेला कागलाई सन्देशबाहक पंक्षीका… Continue reading आज काग तिहार, यमदूतका रुपमा पूजा गरिँदै

आजबाट नेपालको दोस्रो ठूलो पर्व तिहार शुरु

काठमाडौं । आजबाट हिन्दु धर्मावलम्बीको महान पर्व तिहार शुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक आजबाट प्रारम्भ भएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार बिहीबार बेलुकी यमदीपदान शुरु गरिन्छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार भने शुक्रबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक… Continue reading आजबाट नेपालको दोस्रो ठूलो पर्व तिहार शुरु

उपत्यकामा तिहार केन्द्रीत चहलपहल बढ्यो,सुरक्षा व्यवस्थामा थप कडाइ

काठमाडौं । उपत्यकामा तिहार केन्द्रीत चहलपहल बढेको छ । कोरोना भाइरसको संक्रमण र जोरा बिजोरको बीच नै चहलपहल बढेपछि नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर ट्राफिक चेकिङमा कडा गर्न लागेको हो । दशैँको तुलनामा अहिले भीडभाड बढेसँगै सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ । दशैँअघिदेखि नै सुरु भएको एकीकृत सुरक्षा योजना बमोजिम तिहार नजिकिँदै… Continue reading उपत्यकामा तिहार केन्द्रीत चहलपहल बढ्यो,सुरक्षा व्यवस्थामा थप कडाइ

हास्य टेलिश्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टिभिबाट आउने

काठमाडौं । नेपालको लोकप्रिय हास्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ। कोरोना महामारीका कारण यो श्रृङ्खला रोकिएको थियो । यसअघि नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको ‘सक्किगोनी’ अब हिमालय टिभिबाट आउने गरी सम्झौता भएको हो । कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’का अनुसार आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण… Continue reading हास्य टेलिश्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टिभिबाट आउने

भाइटीकाको उत्तम साइत ११:३७ बजे

Photo : The Rising Nepal

काठमाडौं । यो वर्ष भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ लाई तोकेको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार मंसिर १ गते टीका परेको छ । त्यस दिन टीका लगाउन साइत हेर्नु नपरे पनि उत्तम साइत भने साढे ११ बजे रहेको हो ।… Continue reading भाइटीकाको उत्तम साइत ११:३७ बजे

यो वर्ष शिकार आरक्षमा एक नाउर र एक झारलको मात्र शिकार हुने

Photo : Lonely Planet

काठमाडौं । कोरोना भाइरसको प्रभावले यो वर्ष शिकार आरक्षमा हुने शिकार घट्ने भएको छ । नेपालमा बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकका लागि शिकार गर्न अनुमति दिइन्छ । कोरोना अगाडि धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा जम्मा एक नाउर र एक झारल मात्र सिकार… Continue reading यो वर्ष शिकार आरक्षमा एक नाउर र एक झारलको मात्र शिकार हुने

गोरखामा समेत देउसी भैलो बन्द

गोरखा । नजिकिएको तिहारलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ । कोराना भाइरस संक्रमणको डर रहेको भन्दै तिहारमा जिल्लामा देउसी भैलो खेल्ने, नाचगान गर्ने, पिङ हाल्ने र खेल्ने गर्न पाइने छैन । तिहार आफू र आफ्नो परिवारसँगै मनाउन र विगतमा जस्तो आफन्तकोमा जाने, भिड गर्ने काम नगर्न निमित्त प्रमुख… Continue reading गोरखामा समेत देउसी भैलो बन्द

भीआइपी भेटसँगै भम्रणमा समेत रमाएर फर्किए भारतीय सेनाध्यक्ष

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किए । उनी शुक्रबार साढे ४ बजे भारतीय वायु सेनाको विशेष विमान चढेर दिल्ली फर्किएका हुन् । उनी बुधबार काठमाडौं आएका थिए । बुधबार काठमाडौं ओर्लिएर होटेलमा पुगेपछि उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किएका थिए । बिहीबार भने उनी… Continue reading भीआइपी भेटसँगै भम्रणमा समेत रमाएर फर्किए भारतीय सेनाध्यक्ष

भाइटीकापछि खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द

काठमाडौं । काठमाडौंको खुलामञ्चलगायत सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका र अभियन्ताहरुबीच मंसिर २ अर्थात् भाइटीकाको भोलिपल्टदेखि सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति शुक्रबार भएको हो । लकडाउनपछि खाना खुवाइरहेका अभियन्ताहरु र काठमाडौं महानगरपालिकाबीच भाइटीकाको भोलिपल्टदेखि निश्चित स्थान पहिचान गर्ने वा प्याकेटमा मात्र खाना वितरण गर्ने सहमति भएको… Continue reading भाइटीकापछि खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द

बाग्लुङमा तिहारमा देउसी भैलो खेल्न नपाइने

बाग्लुङ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच बाग्लुङमा तिहारमा देउसी भैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाग्लुङले १२ बुँदे निर्देशन जारी गर्दै यस्तो जानकारी गराएको हो । जिल्लामा सक्रिय सङ्क्रमित बढी भएर समुदायमा फैलिएको केही वडामा लकडाउन गर्ने, तिहारका अवसरमा खेलिने देउसी भैलोमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । साथै यो… Continue reading बाग्लुङमा तिहारमा देउसी भैलो खेल्न नपाइने

आज कोजाग्रत पूर्णिमा, दशैं सकिँदै

Source : Hamro patro

काठमाडौं । आजबाट दशैं औपचारिक रुपमा सकिँदै छ । कोजाग्रत पूर्णिमाका अवसरमा आज अन्तिम दिन दसैंको टीका प्रसाद लगाउने काम पुरा गरी दशैंको समापन हुने भएको हो । आज बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमरा नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गर्ने प्रचलन छ । त्यससँगै दशैंको औपचारिक समापन हुन्छ । आश्विन शुक्ल पूर्णिमाका… Continue reading आज कोजाग्रत पूर्णिमा, दशैं सकिँदै

हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौं । हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी स्वयमले त्यसको पुष्टी गरेका हुन् । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वास्थ्य परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको उनले उल्लेख गरेका छन् । उनका अनुसार दाजुमा संक्रमण पुटी भएको थियो । दाजुलाई अस्पताल लैजाने–ल्याउने क्रममा आफुलाई कोरोना सरेको हुन सक्ने गजुरेलको… Continue reading हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

आज बडादशैं, टिका जमरा र आर्शिवाद लेनदेन गरी मनाइयो

काठमाडौं । आज बडादशैं, हिन्दु धर्मावलम्बीहरुले धुमधामसाथ मनाइरहेका छन् । आज सर्वसाधारणले मान्यजनबाट टिका ग्रहण गरी आर्शिवाद लिएर बडा दशैं मनाएका छन् । यस दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका छन्। शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले टीका ग्रहण गरेका हुन्। राष्ट्रपति भण्डारीले भने आफ्नी आमा र गुरुको हातबाट टिका… Continue reading आज बडादशैं, टिका जमरा र आर्शिवाद लेनदेन गरी मनाइयो

आज दशैंको महानवमी, पशुबली र आरधना गरी मनाइदै

काठमाडौं । आज दशैंको नवौं दिन, महानवमी धुमधामसाथ मनाइदैछ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका दिन दुर्गा भवानीको पूजा आराधना र पशुबलिसहित मनाइन्छ । यो दिन शक्तिपिठहरुमा बली दिने गरिन्छ । तर, यो वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण पूजा प्रभावित भएको छ । अधिकांश शक्तिपिठमा बली रोकिएको छ । यस वर्ष नियमअनुसार… Continue reading आज दशैंको महानवमी, पशुबली र आरधना गरी मनाइदै

स्वास्थ्य मापदण्ड पुरा गरी दशैं मनाऔं : स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी दसैं मनाउन सर्वसाधारणसँग अपिल गरेका छन् । कोरोना महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने हुँदा दसैं सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था आएको उनको भनाई छ । उनले परिस्थितिले सिर्जना गरेको बाध्यता अनुसार चाडपर्व मनाउन आमअपिल गरेका छन् । उनले भनेका छन्, ‘विगतमा पनि… Continue reading स्वास्थ्य मापदण्ड पुरा गरी दशैं मनाऔं : स्वास्थ्य मन्त्री

दशैंको ८ दिनमा मात्र सवा २ लाखले छाडे उपत्यका

काठमाडौं । दशैंको घटस्थापनायताको ८ दिनमा सवा दुई लाख मात्र मानिसले काठमाडौं छाडेका छन् । यो संख्या अघिल्ला दशैंहरुको तुलनामा निकै कम हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ८ दिनमा कुल २ लाख १८ हजार ९ सय १६ जना मानिसले काठमाडौं छाडेका छन् । दशैँ सुरु भएयता भने पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मानिस… Continue reading दशैंको ८ दिनमा मात्र सवा २ लाखले छाडे उपत्यका

देशबासीलाई प्रधानमन्त्रीको सम्बोधन, सजग भएर दशैं मनाऔं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको त्रासका बीच सचेत र सजग भएर दशैं मनाउन देशबासीलाई आह्वान गरेका छन् । शुक्रबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध भने सरकारले गर्ने दाबी गरे । कोरोना भाइरसका कारण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको उनको भनाई छ । मान्यजनसँग… Continue reading देशबासीलाई प्रधानमन्त्रीको सम्बोधन, सजग भएर दशैं मनाऔं

आज दशैंको सातौ दिन, फुलपाती भित्राइदै

Pic : Hamropatro

काठमाडौं । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती पर्व मनाइदैछ । यस दिन घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । आज फुलपातीको दिन नेपाली सेनाले टुडिखेलमा गर्ने… Continue reading आज दशैंको सातौ दिन, फुलपाती भित्राइदै

रानीपोखरीको उद्घाटन, तिहारमा सर्वसाधारणलाई खुला

Photo by wondersofnepal.com

काठमाडौं । ऐतिहासिक सम्पदा रानीपोखरीको उद्घाटन भएको छ । पुननिर्माणको काम पुरा भएसँगै बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरीको उद्घाटन भएको हो । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको रानीपोखरीको पुनर्निर्माणको काम भने २०७२ माघ २ बाट शुरु भएको थियो । त्यसबेला राष्ट्रपतिबाटै यसको शिलान्यास भएको थियो । रानीपोखरी र त्यहाँस्थित बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै… Continue reading रानीपोखरीको उद्घाटन, तिहारमा सर्वसाधारणलाई खुला

बडा दशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा आराधना गरिदैं

काठमाडौं । बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरि मनाउंदै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको… Continue reading बडा दशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा आराधना गरिदैं

कास्कीको घान्द्रुक जाने योजना थियो ? मंसिरसम्म बन्द

file

काठमाडौं । तपाईले कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुक जाने योजना बनाउनु भएको थियो ? किनकी यसअघि हवाई तथा पर्यटन व्यवसायीले यस गाउँलाई लक्षित गरी प्याकेजहरु बनाएका थिए । तर, गाउँ स्वयमःले भने तत्काल पर्यटकलाई प्रवेश निषेध गरेको छ । कोरोना भाइरस कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै पर्यटन व्यवस्थापन समिति घान्द्रुकले मंसिरको पहिलो हप्तासम्म पर्यटकहरुलाई प्रवेश… Continue reading कास्कीको घान्द्रुक जाने योजना थियो ? मंसिरसम्म बन्द

बहराइन रोयल फोर्सबाट मनास्लु हिमाल सफल आरोहण

File photo : Seven summit treks pvt

काठमाडौं । बहराइनका राजकुमारसहितको टोलीले आज नेपालको ८ हजार मिटरभन्दा अग्लो हिमाल गोरखास्थित मनास्लुको सफल आरोहण गरेको छ । कुल १८ जना मध्ये १४ जना आराही बिहान करीव ७ बजे चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागकी निर्देशक मिरा आचार्यले फेसबुकमार्फत यसको पुष्टी गरेकी छिन् । मनास्लु आधार शिविरमा रहेका सरकारी सम्पर्क अधिकृतलाई उदृत… Continue reading बहराइन रोयल फोर्सबाट मनास्लु हिमाल सफल आरोहण

शक्तिपिठहरू कात्तिक १ देखि खुल्ने, पूजाआजा बाहेकका गतिविधि बन्द

काठमाडौं । कोरोना जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन्। काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवीलगायतका शक्तिपीठहरु कात्तिक एक गतेदेखि खुल्ने भएका हुन्। दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका… Continue reading शक्तिपिठहरू कात्तिक १ देखि खुल्ने, पूजाआजा बाहेकका गतिविधि बन्द

यो वर्ष फुलपातीमा हर्षबढाई नहुने, सांकेतिक रुपमा मनाइने

Pic : Hamropatro

काठमाडौं । दशैंको फुलपातीको दिन नेपाली सेनाले टुडिखेलमा भब्य कार्यक्रम आयोजना गरी र्ष बढाई गर्छ । त्यसक्रममा देशभर शक्तिपिठहरुमा पूजाआजा समेत हुने गर्छ । तर, कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यो वर्षको दशैं साविकमा जस्तै हुने छैन । त्यसकारण फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिकरूपमा मात्र आयोजना गरिने भएको छ । कोभिड–१९… Continue reading यो वर्ष फुलपातीमा हर्षबढाई नहुने, सांकेतिक रुपमा मनाइने