काठमाडौं । ताप्लेजुङको फुङलिङ बजारमा ‘नो केबुलकार’ समूह र प्रहरीबीच झडप भएको छ । झडपले ताप्लेजुङको फुङलिङ बजारमा तनाव बनेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार झडपमा परेर केही प्रहरी पनि घाइते भएका छन् । पाथिभरामा केबुलकार बनाउन सुरु आन्दोलनकारी पक्षका व्यक्तिहरूले फुङलिङ बजारमा सर्वसाधारणकै घरमा आगोका राँको फाल्न थालेपछि अवस्था तनावग्रस्त बन्न… Continue reading पाथिभरा केवलकार विवाद अझै चर्कियोः फुङलिङ बजारमा झडप
Category: फिचर
प्यूठानमा दम्पत्ति मृत फेला
काठमाडौं । प्यूठानमा एक दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन्। माण्डवी गाउँपालिका–२ रातामाटेका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नो घरभित्रै मृत फेला परेका हुन्। शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि एक जना छिमेकी परियारको दम्पतीलाई बोलाउँदै ढोका ढकढक्याउन गएका थिए। त्यही क्रममा ती छिमेकीले… Continue reading प्यूठानमा दम्पत्ति मृत फेला
प्रधानमन्त्री भन्छन् : राधिकाले मलाई भित्राएकी हुन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यले आफूलाई विवाह गरेर घर भित्र्याएको बताएका छन्। शनिबार श्रीमती राधिकाको आत्मकथा करूणा लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले राधिकालाई नभई राधिकाले चाहीँ आफूलाई विहे गरेर भित्र्याएको बताए । त्यो कुरा उनले पुस्तकमा पनि उल्लेख रहेको प्रधानमन्त्री ओलीले बताए। ‘उनले ठीकै लेखेकी छन् कि मलाई केपी… Continue reading प्रधानमन्त्री भन्छन् : राधिकाले मलाई भित्राएकी हुन्
यूरोप भ्रमणमा परराष्ट्र मन्त्री, के के छन् कार्यक्रम ?
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार जेनेभा प्रस्थान गरेकी हुन् । मन्त्री राणालाई शनिबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरे । यही फागुन १२… Continue reading यूरोप भ्रमणमा परराष्ट्र मन्त्री, के के छन् कार्यक्रम ?
अमेरिकामा नेपालसहित १७ देशले पाइरहेको टीपीएस खारेज, साढे ८ लाख आप्रवासी प्रभावित
काठमाडौं । अमेरिकी गृह सुरक्षा विभागले अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गर्ने निर्णय गरेको छ । यस निर्णयले करिब आठ लाख ५० हजार आप्रवासी प्रभावित हुने नेपालको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । ट्रम्प प्रशासनले हाल कायम नेपाललगायत १७ देशका आप्रवासीको टिपीएस खारेज गर्ने निर्णय गरेको हो । यसले टिपीएस वाहक प्रभावित हुने भएको हो… Continue reading अमेरिकामा नेपालसहित १७ देशले पाइरहेको टीपीएस खारेज, साढे ८ लाख आप्रवासी प्रभावित
च्याम्पियन्स ट्रफीमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित
काठमाडौं । च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरूद्ध ठूलो अन्तरको जित निकालेको छ। गतराति कराँची नेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हरायो । दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २०८ रन बनाउँदैअलआउट भयो । अफगानिस्तानलाई सस्तोमा समेट्न कगिशो रबाडाले तीन, लुंगी एन्गिडी र विआन मुल्दरले २–२ तथा मार्को जनसेन… Continue reading च्याम्पियन्स ट्रफीमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित
आज पनि इजरायल र हमासबीच कैदी -बन्दी आदानप्रदान हुँदै
काठमाडौं । इजरायलले आज ६०२ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने भएको समाचार छ । जसमा आजीवन कारावासको सजाय पाएका ५० जना र लामो जेल सजाय भोगिरहेका अन्य ६० जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । रिहा हुनेमा २०११ को सम्झौअन्तर्गत रिहा भएर पुनः पक्राउ परेका ४७ जना प्यालेस्टिनी र अक्टोबर ७, २०२३ पछि गाजाबाट पक्राउ गरिएका… Continue reading आज पनि इजरायल र हमासबीच कैदी -बन्दी आदानप्रदान हुँदै
सम्पत्ति शुद्धीकरणमा नेपाल ‘ग्रे लिस्ट’मा
काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको छ । यो दोस्रो पटक भएको हो । फ्रान्सको पेरिसमा शुक्रबार सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रूप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिम पूर्ण सूची लिस्टमा राखेको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसको पुष्टी गरेका… Continue reading सम्पत्ति शुद्धीकरणमा नेपाल ‘ग्रे लिस्ट’मा
त्रिभुवन विश्वविद्यालयले निकाल्यो स्ववियू निर्वाचन तालिका
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २७ गते देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयन पत्र नामवली दाखिला सोही दिन हुने समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । उम्मेदवारी… Continue reading त्रिभुवन विश्वविद्यालयले निकाल्यो स्ववियू निर्वाचन तालिका
प्रधानमन्त्री भन्छन् : मलाई किन सम्पति चाहियो ? दुईरोटी र अलिकति दाल खाने हो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने बताएका छन् । ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजोसँगै रहेर मस्यौदा गरेका केही मान्छेहरूले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् हुन लाग्यो भनेर सामाजिक… Continue reading प्रधानमन्त्री भन्छन् : मलाई किन सम्पति चाहियो ? दुईरोटी र अलिकति दाल खाने हो
विपि र प्रचण्ड यूगनायक हुन् : वर्षमान
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बीपी र प्रचण्ड युगनायक भएको बताएका छन् । झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युग परिवर्तन गर्ने आन्दोलनको नेतृत्व गरेको बताए । कोही इतिहास बदल्ने नेता र कोही नियमित नेता हुन्छन् भन्दै पुनले यी दुई… Continue reading विपि र प्रचण्ड यूगनायक हुन् : वर्षमान
पशुपतिको जलहरीसम्बन्धी विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी निर्माणको भ्रष्टाचारका आरोपितहरुलाई विशेष अदालतले त्रुटीपूर्ण रुपमा सफाइ दिएको दावी गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवहरु डा. प्रदीप ढकाल र डा. मिलनकुमार थापालाई सफाइ दिने विशेष अदालतको फैसलालाई त्रुटिपूर्ण भनेको छ । उसले विशेष अदालतको फैसला उल्ट्याएर आरोपितहरुलाई दोषी… Continue reading पशुपतिको जलहरीसम्बन्धी विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
परराष्ट्रमन्त्री राणा शनिबार जेनेभा जाने
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन स्विट्जरल्याल्डको जेनेभा जाने भएकी छन् । उनी शनिबार प्रस्थान गर्ने सचिवालयले जानकारी दिएको छ । उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने तय छ ।मन्त्री डा राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने मन्त्रालयले… Continue reading परराष्ट्रमन्त्री राणा शनिबार जेनेभा जाने
इजरायलमा बसमा विष्फोटको खबर, क्षतिको विवरण आउँदै
काठमाडौं । इजरायलको प्रमुख शहरमध्येएक तेल अविवमा बसमा विष्फोटको समाचार आएको छ । बीबीसीका अनुसार यस घटनामा हताहतीको विवरण भने आएको छैन । इजरायली पुलिसले सम्भावित आतंकवादी हमला भनेको छ । गाजामा इजरायलको आक्रमण, कम्तिमा दुई जनाको ज्यान गयो प्रहरीका अनुसार बसमा विष्फोट गराउने उद्देश्यले जडित डिभाइसहरु निष्कृय पारिएको छ । इजरायलले सबै बस र… Continue reading इजरायलमा बसमा विष्फोटको खबर, क्षतिको विवरण आउँदै
च्याम्पियन्स ट्रफी : भारतको जित–गिलले हाने सतक
काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफीमा भारतले सानदार सुरूवात गरेको छ। बिहीबार दुबईमा भएको खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै भारतले समूह ‘ए’ मा जित निकालेको हो । यो समूहको पहिलो खेलमा आयोजक पाकिस्तानलाई न्युजिल्यान्डले हराएको छ । ट्रफीमा भारतका खेल युएई र अरु देशका खेल पाकिस्तानमा जारी छन् । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आजबाट दुबई अन्तर्राष्ट्रिय… Continue reading च्याम्पियन्स ट्रफी : भारतको जित–गिलले हाने सतक
राप्रपाले प्रदेशहरुमा भण्डाफोर कार्यक्रम गर्दै, आज पोखरामा सभा
काठमाडौं । संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ । त्यसको सुरुवात आज पोखराबाट गरिँदैछ । यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि सुरु गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।राप्रपाले गणतन्त्रतात्मक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्नुपर्ने मत राख्दै आएको… Continue reading राप्रपाले प्रदेशहरुमा भण्डाफोर कार्यक्रम गर्दै, आज पोखरामा सभा
ट्रम्पलाई बालेनको मेन्सन : हाम्रा रत्न फिर्ता देउ, हामी आफ्नो देश बनाउँछौं
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् । उनले अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्रीं बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाएका छन् । भूमी सम्बन्धी अध्यादेश जारी भएपछि बालेनको कटाक्ष उनले… Continue reading ट्रम्पलाई बालेनको मेन्सन : हाम्रा रत्न फिर्ता देउ, हामी आफ्नो देश बनाउँछौं
हनुमानढोकामा एक व्यक्ति मृत फेला, दुई जना नियन्त्रणमा
काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएका छन् । यस प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक बिहीबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । नेपालमा सडक दुर्घटनाका कारण प्रतिदिन… Continue reading हनुमानढोकामा एक व्यक्ति मृत फेला, दुई जना नियन्त्रणमा
दिल्लीको मूख्यमन्त्रीका रुपमा भाजपा नेतृ रेखा गुप्ताले लिइन् सपथ
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विधायक रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीका अलावा भाजपाका अन्य नेताहरू पनि उपस्थित थिए । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, सङ्घीय गृहमन्त्री अमित शाह, युनियन मन्त्री जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंहलगायत भारतीय जनता पार्टीका शीर्ष नेता, अन्य राज्यका मुख्यमन्त्री… Continue reading दिल्लीको मूख्यमन्त्रीका रुपमा भाजपा नेतृ रेखा गुप्ताले लिइन् सपथ
एप्पलबाट १६ ई शृंखलाको नयाँ बजेट आइफोन सार्वजनिक
काठमाडौं । एप्पलले एसई मोडलको सट्टा १६ ई शृंखलाको नयाँ आइफोन सार्वजनिक गरेको छ । बहुप्रतीक्षित बुधबारको कार्यक्रममा कम्पनीले बजेट फोनअन्तर्गतको पुरानो एसई भर्सनलाई अन्त्य गर्दै नयाँ आइफोन शृंखला बजारमा ल्याएको बताएको छ । किफायती मूल्यको यस स्मार्टफोनमा कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि एप्पल इन्टेलिजेन्स समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आईफोन १६ भित्र… Continue reading एप्पलबाट १६ ई शृंखलाको नयाँ बजेट आइफोन सार्वजनिक
हमासद्धारा चार इजरायली बन्धकको शव हस्तान्तरण
काठमाडौं । हमासले गजामा मृत्यु भएका चार जना इसराइली बन्धकको शव हस्तान्तरण गरेको छ। बिहीबार दिउँसो रेड क्रसमार्फत ती शवहरू हमासले इसराइललाई हस्तान्तरण गरेको हो। टाइम्स अफ इसराइलका अनुसार सन् २०२३ को अक्टोबर ७ मा इसराइलबाट बन्धक बनाएर हमासले गाजा पुर्याएका ३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल र झन्डै २ वर्षका छोरा… Continue reading हमासद्धारा चार इजरायली बन्धकको शव हस्तान्तरण
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो नेपाल
काठमाडौं । नेपाल र म्यानमार एक खेल अगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न खेलमा नेपालले लेबनानमाथि १–० को जित निकालेपछि दुवै टोलीले फाइनल पुगेका हुन् । नेपालको जितमा पहिलो हाफमा भएको एकमात्र गोल नै निर्णायक बन्यो । ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोलमा परिणत… Continue reading अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो नेपाल
काभ्रेमा बस दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका-३ स्थित कुँडालमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा परी तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । चुस्त व्यवस्थापनमा चुकेपछि धादिङ र काभ्रेका सीडीओ… Continue reading काभ्रेमा बस दुर्घटना, एक जनाको मृत्यु
पाकिस्तानी सेनाको कारवाहीमा ३० आतंककारी मारिएको दावि
काठमाडौं । पाकिस्तानी सुरक्षा बलले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा गुप्तचरमा आधारित अपरेशनको क्रममा ३० आतङ्ककारीलाई मारेको दावि गरेको छ । इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले बुधबार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानी सेनाले सररोघा क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिको बारेमा विश्वसनीय गुप्तचर रिपोर्टहरू पछि मङ्गलबार राती अपरेशन सुरु गरिएको थियो । आईएसपीआरले यस क्षेत्रमा फेला… Continue reading पाकिस्तानी सेनाको कारवाहीमा ३० आतंककारी मारिएको दावि
ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई किन भने तानासाह ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भनेका छन् । जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी गरेपछि ट्रम्पले जेलेन्स्कीबारे कडा टिप्पणी गरेका हुन् । उनले सोसल मिडिया ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनावविना राष्ट्रपति बनेको तानाशाहको संज्ञा दिएका हुन् । रुसलाई घातक हतियार प्रयोग गर्नबाट… Continue reading ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई किन भने तानासाह ?
आईसीसी च्याम्पियन्स ट्रफी : आज बंगलादेश र भारत भिड्दै
काठमाडौं । पाकिस्तानमा सुरु भएको नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज दोस्रो खेल हुँदैछ । समूह ए अन्तर्गतको खेलमा भारत र बंगलादेश खेल्दै छन् । भारत पाकिस्तान नगएकाले भारतका खेलहरू यूएईको दुबईमा हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ । समूह ए अन्तर्गत बुधबार भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई… Continue reading आईसीसी च्याम्पियन्स ट्रफी : आज बंगलादेश र भारत भिड्दै
प्रकृतिको शव नेपाल ल्याइयो, राती नै अन्त्येष्टी
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ । उनको शव गतराति १२ बजे रुपन्देहीको सिद्धार्थननगर नगरपालिका ८ स्थित बैंकरोड कोलोनीमा ल्याइएको थियो । त्यसपछि स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिसक्दा आज विहीबार बिहान चार बजेको थियो । प्रकृतिको शव ओडिसाबाट… Continue reading प्रकृतिको शव नेपाल ल्याइयो, राती नै अन्त्येष्टी
प्रजातन्त्र दिवसको बिदामा स्काईवाक टावर माथि प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं कमलादीस्थित स्काईवाक टावर अवलोकन भ्रमण गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा टावरको टुप्पोमा नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले बालकदेखि वृद्धसम्म सबैका लागि सहज हुने आकर्षक गन्तव्य स्काइवाक टावर रहेको प्रतिक्रिया दिए । पत्नी राधिका शाक्य र आफ्ना सचिवालय सदस्य सहित सार्वजनिक बिदाको अवसर पारेर प्रधानमन्त्रीको भ्रमणले… Continue reading प्रजातन्त्र दिवसको बिदामा स्काईवाक टावर माथि प्रधानमन्त्री
कलिंगा घटनाबारे परराष्ट्रमन्त्री र ओडिसाका शिक्षामन्त्रीबीच टेलिफोन संवाद
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा नेपाली विद्यार्थीको रहस्यमय मृत्युको घटनामा न्याय दिलाउन नेपाल सरकारले कुटनीतिक प्रयास जारी राखेको छ । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत भेटिएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबाट पीडित नेपाली विद्यार्थीको न्यायका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पहल गरिरहेकी छन् । मन्त्री राणाले सामाजिक… Continue reading कलिंगा घटनाबारे परराष्ट्रमन्त्री र ओडिसाका शिक्षामन्त्रीबीच टेलिफोन संवाद
अब नेपाल एयरलाइन्सको टिकटमा जापान एयरलाइन्समार्फत विश्वभर यात्रा गर्न सकिने
काठमाडौं । नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबीच द्विपक्षीय सम्झौता भएको छ । दुई कम्पनीबीचको आपसी सम्झौताले जापानबाट अन्य गन्तव्य जाने यात्रुलाई सहज हुने निगमले जनाएको छ । अहिले नेपाल एयरलाइन्सले काठमाडौंबाट जापानको नारितासम्म सिधा उडान गर्दै आएको छ ।यो सम्झौतासँगै नेवानि जहाजबाट नारिता पुगी छोटो र छिटो ‘कनेक्टिङ फ्लाइट’ मार्फत अमेरिकी तथा पश्चिमी मुलुक… Continue reading अब नेपाल एयरलाइन्सको टिकटमा जापान एयरलाइन्समार्फत विश्वभर यात्रा गर्न सकिने