२६ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गरेका छन् । त्यस अवसरमा मन्त्री पौडेलले पछिल्ला तीन दशकमा नेपालले मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र… Continue reading संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन, के भने ?
Category: फिचर
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
२६ चैत, म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको… Continue reading अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो
२६ चैत, काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी महासङ्घलाई वार्ता र संवादका लागि आह्वान गरेका छन् । वार्ताको समय भने… Continue reading सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो
नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु
काठमाडौं । नेपाललाई ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ । जिम्मेवार निकाय, क्रियाकलाप र क्रियाकलाप सम्पन्न गर्ने समयसीमा सहित कार्ययोजना… Continue reading नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु
६ किलो गाँजासहित थाइल्याण्डकी २७ वर्षिय युवती काठमाडौं विमानस्थलबाट पक्राउ
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाइल्याण्डकी २७ वर्षीया कनोकवान पोंगसुवान छिन् । उनलाई विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनी थाइ एअरको उडानमार्फत काठमाडौं आएकी थिइन् । उनलाई थप… Continue reading ६ किलो गाँजासहित थाइल्याण्डकी २७ वर्षिय युवती काठमाडौं विमानस्थलबाट पक्राउ
बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा हुँदै
२६ चैत, काठमाडौँ । बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा सहभागी हुन सदस्य राष्ट्रका कृषिसँग सम्बन्धित मन्त्रीहरु काठमाडौँ आउँदै छन् । यसअघि सचिवस्तरीय बैठक काठमाडौंमा बसेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको सचिवालयले जनाएको छ । सो बैठकमा बिम्स्टेक राष्ट्रका कृषिसँग सम्बन्धित सचिवहरु सहभागी थिए । सचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकका प्रस्ताव… Continue reading बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा हुँदै
प्रधानमन्त्री भन्छन् : राजतन्त्र फर्कन्छ भन्नु दिउँसै देखेको सपनाजस्तै
२६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्र भएको बताएका छन् । सिरहा सदरमुकाममा नेकपा एमालेको ११औँ जिल्ला अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पक्षधर कस्ता हुँदा रहेछन् भन्ने कुरा १५ चैतको क्रियाकलापले स्पष्ट पारिसकेको बताए । उनले नेपाली जनताले राजतन्त्रलाई नस्वीकार्ने बताए । “राजतन्त्र फर्किन्छ भन्ने… Continue reading प्रधानमन्त्री भन्छन् : राजतन्त्र फर्कन्छ भन्नु दिउँसै देखेको सपनाजस्तै
म्यानमार सहयोग पठाउँदै सरकार
२६ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको आज साँझ निरीक्षण गरेका छन् ।गोदाघर निरिक्षण पश्चात मन्त्री लेखकले विपद्का बेला सबैले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए । सरकारले विभिन्न निकायमा रहेको मौज्दात राहत सामग्री तथा निजी क्षेत्रबाट सङ्कलित सामग्री बुधबार नेपाल वायुसेवा निगमको चार्टर विमानबाट म्यानमार पठाउँदै छ… Continue reading म्यानमार सहयोग पठाउँदै सरकार
चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान
२६ चैत, डुम्रे । चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रले चैते धानखेती प्रवर्द्धन कार्यक्रममार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरी सहज बनाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिृकत… Continue reading चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
२६ चैत, फुङ्लिङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ । गत साता शार्फु–४ पिकमा… Continue reading ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
राप्रपासहित विभिन्न समूहको आन्दोलनले काठमाडौंको ट्राफिक अस्तव्यस्त हुँदै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा प्रदर्शन गर्दैछ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपालाई बल्खुमा प्रदर्शन गर्न ठाउँ तोकेको हो। उता, शिक्षकसहित विभिन्न समूहको आन्दोलन समेत काठमाडौंमा जारी छ । यसले आज दिनभर काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाउने छ । राप्रपाले बिहान साढे ११ बजे बल्खुमा सभाको तयारी गरेको छ। राप्रपा अध्यक्ष… Continue reading राप्रपासहित विभिन्न समूहको आन्दोलनले काठमाडौंको ट्राफिक अस्तव्यस्त हुँदै
आज राजावादीको आन्दोलन, सुरक्षा व्यवस्था चुस्त
काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा सभा आयोजना गरेको छ । आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी पार्टीले गरेको छ । ११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किने भएको छ । सभामा… Continue reading आज राजावादीको आन्दोलन, सुरक्षा व्यवस्था चुस्त
रुपन्देहीमा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु
२६ चैत, काठमाडौं । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८… Continue reading रुपन्देहीमा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
म्याग्दी, २६ चैत । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यावलोकन गरी प्रकृतिमा रमाउन आउने पर्यटकको सुविधाका लागि नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् सुविधा विस्तार गरेको हो । पर्यटकको सहजताका लागि पदमार्ग उज्यालो बनाउन,… Continue reading पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
चीनले जवाफी ट्यारिफ फिर्ता नलिए थप ५० प्रतिशत महसुल लगाउने ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई नयाँ चेतावनी दिएका छन् । उनले चीनलाई थप ५० प्रतिशत महसुल थप गर्ने चेतावनी दिएका हुन् । चीनले ३४ प्रतिशत ट्यारिफ अमेरिकामाथि लगाएको छ । यो फिर्ता नलिए अमेरिकाले ५० प्रतिशत ट्यारिफ लगाउने उनको चेतावनी छ । अमेरिकी राष्ट्रपति कार्यालयले जनाए अनुसार ९ अप्रिलबाट चीनदेखि आउने सामानमा ३४… Continue reading चीनले जवाफी ट्यारिफ फिर्ता नलिए थप ५० प्रतिशत महसुल लगाउने ट्रम्पको चेतावनी
रवि लामिछाने कारागार चलान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् ।दुई दिन जिल्ला प्रहरी कार्यालय, रूपन्देहीको हिरासतमा राखिएका लामिछाने आज जिल्ला कारागार चलान भएका हहुन् । सोमबार बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उनलाई कारागार चलान गरिएको हो । अदालत पेस गरेपछि… Continue reading रवि लामिछाने कारागार चलान
प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा सोमबार सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवहरुसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिइएको… Continue reading प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल
हिउँपहिरोमा परेर दुई जना बेपत्ता
काठमाडौं । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले जानकारी दिए । आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौंबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत… Continue reading हिउँपहिरोमा परेर दुई जना बेपत्ता
प्रधानमन्त्रीले भेटे हर्क साम्पाङ, धरानमा खानेपानी आयोजना सुरु गर्ने आश्वासन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको प्रतिनिधिमण्डल भेट्न पुगेका थिए । भेटमा धरानवासीलाई खानेपानी पुर्याउने प्रक्रिया अघि बढेको बारे प्रधानमन्त्रीले जानकारी गराएको उनको सचिवालयले जनाएको छ । ‘धरानवासीले खानेपानी पिउन… Continue reading प्रधानमन्त्रीले भेटे हर्क साम्पाङ, धरानमा खानेपानी आयोजना सुरु गर्ने आश्वासन
सडकमा मापदण्ड विपरीतका सवारी सञ्चालनमा रोक लगाउने तयारी
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी भइरहेको बताएका छन् । सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरूसँगको छलफलमा उनले नियम विपरीत सञ्चालनमा रहेका सवारीसाधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताए । सडक… Continue reading सडकमा मापदण्ड विपरीतका सवारी सञ्चालनमा रोक लगाउने तयारी
ट्रम्पको व्यापार नीतिले सेयर बजारमा पहिरो, के भन्छन् राष्ट्रपति ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । अमेरिकाले १ सय भन्दा बढी देशमा रेसिप्रोकल महसुल घोषणा गरेको थियो । यसको असर सेयर बजारमा देखिएको छ । यसबारे राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘म कुनै पनि क्षेत्रमा गिरावट चाहँदिन, तर केही चिज ठिक… Continue reading ट्रम्पको व्यापार नीतिले सेयर बजारमा पहिरो, के भन्छन् राष्ट्रपति ?
म्यानमार भूकम्पमा ज्यान गुमाउनेको संख्या ३,३५४
काठमाडौं । म्यानमारमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ५४ जना पुगेको छ । गत मार्च २८ मा गएको भूकम्पमा सो संख्यामा मानिसहरुको ज्यान गएको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ । देशभरका भवन र पूर्वाधारसमेत ध्वस्त पारेको उक्त भूकम्पमा परी ४ हजार ५ सय ८ जना घाइते तथा २ सय… Continue reading म्यानमार भूकम्पमा ज्यान गुमाउनेको संख्या ३,३५४
न्यूयोर्क पुगे स्वास्थ्य मन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्युयोर्क पुगेका छन् । मन्त्री पौडेललाई संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरे । मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुगेका थिए ।… Continue reading न्यूयोर्क पुगे स्वास्थ्य मन्त्री
माल्टामा नेपाल महोत्सव आयोजना हुँदै
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको आयोजनामा मे १४ मा नेपाल महोत्सव हुने भएको छ । नेपाली नव वर्ष २०८२ को अवसर पारेर गर्न लागिएको नेपाल महोत्सवमा नेपाली कला संस्कृति झल्काउने विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ। ‘नेपाललाई विश्व सामु चिनाऔुं भन्ने अभियानका साथ कला, संस्कृति, पर्यटन प्रवर्द्धन अनि नेपाल र माल्टा बीचको संस्कति… Continue reading माल्टामा नेपाल महोत्सव आयोजना हुँदै
पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनित, सामाजिक सञ्जालमा तिव्र आलोचना
काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा मनोनित भएका छन् । पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनित गरिएको स्रोतले बताएको छ । माओवादी केन्द्रको १८ र १९ चैमा बसेको पदाधिकारी बैठकले उनलाई उपाध्यक्षमा मनोनित गरेको बताएको छ । पुन दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए । पछिल्दो समय… Continue reading पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनित, सामाजिक सञ्जालमा तिव्र आलोचना
रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आइतबार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनको राति पौने ८ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिइएको छ । ९७ वर्षीय पाका पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा… Continue reading रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल
मनास्लु क्षेत्रको भ्रमणमा पुगेका बेलायती पर्यटकको मृत्यु
काठमाडौं । लार्के पास पार गर्न मनास्लु क्षेत्र पुगेका एक बेलायती पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतका नागरिक ६१ वर्षीय थोम्सन आयन रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् । डीएसपी सुवेदीका अनुसार लार्के पास गर्ने क्रममा आइतबार बिहान करिब १० बजे चुमनुव्री गाउँपालिका–१ लार्केमा उनी… Continue reading मनास्लु क्षेत्रको भ्रमणमा पुगेका बेलायती पर्यटकको मृत्यु
लेखा व्यवसायीको राष्ट्रिय सम्मेलन मंगलबारदेखि
काठमाडौं । लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु हुने भएको छ । ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण मार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नारासाथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले जानकारी दिएको छ । कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक… Continue reading लेखा व्यवसायीको राष्ट्रिय सम्मेलन मंगलबारदेखि
अमेरिकामा भीषण आँधी, कम्तिमा १६ जनाको मृत्यु
काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो । अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुर्याएको छ । सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन् । टेनेसी राज्यको पश्चिमी… Continue reading अमेरिकामा भीषण आँधी, कम्तिमा १६ जनाको मृत्यु
इजरायली सेनाले गाजामा १५ स्वास्थ्थकर्मीको हत्या गरेको चिहानमा रहेको मोवाइलबाट पुष्टी
इजरायली सेनाले २३ मार्चमा दक्षिणी गाजामा १५ जना आपत्कालीन सेवाका स्वास्थ्यकर्मीहरूको हत्या गरेको खुलेको छ । सेनाले सो बारे आफ्ना सैनिकले गल्ती गरेको स्वीकार गरेको बीबीसीले जनाएको छ । प्यालेस्टिनी रेड क्रेस्सेन्ट सोसाइटी पीआरसीएसका एम्बुलेन्सका लस्करहरू, संयुक्त राष्ट्रसङ्घको कार र गाजाको सिभिल डिफेन्सको दमकल रफाहा नजिकै गोलाबारीमा परेका थिए। इजरायलले सुरुमा गाडीका लस्करहरू हेडलाइट वा… Continue reading इजरायली सेनाले गाजामा १५ स्वास्थ्थकर्मीको हत्या गरेको चिहानमा रहेको मोवाइलबाट पुष्टी