धरहरा चढ्ने समय १ घण्टा बढ्यो

काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनर्निर्माणपश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय बढाइएको हो । १४ माघसम्म ३स्१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४स्१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म… Continue reading धरहरा चढ्ने समय १ घण्टा बढ्यो

रुग्ण उद्योग साझेदारीको ढाँचामा सञ्चालनको ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालनमा ल्याउनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सम्पन्न उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशीघ्र ल्याउन… Continue reading रुग्ण उद्योग साझेदारीको ढाँचामा सञ्चालनको ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रसँग प्रधानमन्त्रीको आग्रह

गोसाइँकुण्डको जमेको पानीमाथि किन लगाइयो हिड्न प्रतिवन्ध

काठमाडौं । रसुवाको गोसाइँकुण्डलगायत उच्च हिमाली क्षेत्रस्थित जमेका तालतलैयामाथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको छ। पानी जमेको मौका छोपी पवित्र तालतलैयामाथि सर्वसाधारण हिँड्नेक्रम बढ्न थालेसँगै रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डलगायतका तालतलैयमामाथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले बताए । पवित्र धार्मिकस्थलका रुपमा परिचित गोसाइँकुण्ड क्षेत्रको संरक्षण गर्न र सम्भावित दुर्घटना रोक्न यस किसिमको… Continue reading गोसाइँकुण्डको जमेको पानीमाथि किन लगाइयो हिड्न प्रतिवन्ध

ट्रम्पले लगाएको स्टील र आल्मुनियमको ट्यारिफले विश्व व्यापारमा के पर्छ असर ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र आल्मुनियममा २५ प्रतिशत महसुल लगाउने घोषणा गरेका छन् । उनले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यस्तो घोषणा गरेका हुन् । उनले भनेका छन्, अमेरिका पुनः एक पटक धनी बन्ने कदमको यो सुरुवात हो । यो महसुल सबै देशका लागि लागू हुनेछ । आफ्नो देशलाई चाहिनी स्टील र… Continue reading ट्रम्पले लगाएको स्टील र आल्मुनियमको ट्यारिफले विश्व व्यापारमा के पर्छ असर ?

दक्षिण कोरियामा बेरोजगारी दर कम

काठमाडौं । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत वर्षको सोही महिनाको तुलनामा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या ७।९ प्रतिशतले घटेर जनवरीमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक… Continue reading दक्षिण कोरियामा बेरोजगारी दर कम

कतारमा गैरकानूनी बसेका आप्रवासीलाई घरफिर्तिको अवसर

File

काठमाडौं । कतारमा अलेखबद्ध ९भिसाको म्याद सकिएका वा गैरकानुनी रूपमा प्रवेश गरेका० रूपमा बसिरहेका आप्रवासीलाई जेल सजाय र आर्थिक जरिबानाबिना स्वदेश फर्किन तीन महिनाको समय दिएको छ । कतारको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयको सूचनालाई उद्धृत गर्दै कतारमा रहेको नेपाली दूतावासले अलेखबद्ध नेपाली श्रमिकलाई तीन महिनाभित्र घर फर्किन सक्ने योजनालाई अवसरका रूपमा लिन आग्रह गरेको हो ।… Continue reading कतारमा गैरकानूनी बसेका आप्रवासीलाई घरफिर्तिको अवसर

संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७… Continue reading संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची

हमासलाई ट्रम्पको चेतावनी : युद्धविराम तोडिन सक्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका छन् । हमासले बन्धक रिहाइ बन्द गरेसँगै ट्रम्पले प्रतिक्रिया दिएका छन् । उनले बन्दी रिहा नभए युद्धविराम अन्त्य गर्ने र हमासलाई निमिट्यान्न पार्ने चेतावनी दिएका हुन् । हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषयमा इजरायलको तर्फबाट अहिलेसम्म प्रतिक्रिया आएको छैन… Continue reading हमासलाई ट्रम्पको चेतावनी : युद्धविराम तोडिन सक्छ

हमासले थप बन्दी रिहा नगर्ने, किन लियो यस्तो निर्णय ?

काठमाडौं । हमासले बन्धकमा रहेकाको रिहाइ रोकेको छ । इजरायलबाट युद्धविराम सम्झौता उल्लंघन भएको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । पूर्वसम्झौता अनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो । शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो । हमासले मुक्त गर्ने व्यक्तिहरुको सूचीमा नेपाली… Continue reading हमासले थप बन्दी रिहा नगर्ने, किन लियो यस्तो निर्णय ?

अमेरिकी सामानमा चीनको जवाफी आयात शुल्क लागू

File (Photo by SAUL LOEB / AFP) (Photo by SAUL LOEB/AFP via Getty Images)

काठमाडौं । चीनले केही अमेरिकी सामानमा तोकेको आयात कर आजदेखि लागू भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १० प्रतिशत कर लगाएपछि त्यसको जवाफमा चीनले पनि केही अमेरिकी सामानमा थप करको घोषणा गरेको थियो । चीनले फेब्रुअरी ४ तारिखमा यस्तो योजना घोषणा गरेको थियो । अमेरिकी सामानमा लगाइने चीनको पछिल्लो आयात शुल्कमा अमेरिकी… Continue reading अमेरिकी सामानमा चीनको जवाफी आयात शुल्क लागू

कांग्रेस नेता कोइरालाले गरे अध्यादेशको विरोध

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताएका छन् । भक्तपुरमा जिपि कोइराला फाउन्डेसनले सोमबार आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा नेता कोइरालाले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताएका हुन् । ‘दुईतिहाइको सरकारलाई अध्यादेश ल्याउनु पर्ने जरुरी नै थिएन,’ उनले भने, ‘संसद्लाई… Continue reading कांग्रेस नेता कोइरालाले गरे अध्यादेशको विरोध

नो केवलकार समूह र सरकारबीचको वार्ता असफल, थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । वार्ताप्रति सरकार संवेदनशील नबनेको र आन्दोलनरत पक्षलाई थकाउने रणनीतिमा देखिएको भन्दै पाथीभरा क्षेत्रको नो केबलकार समूहले थप संघर्षका कार्यक्रम घोषणा गरेको छ। मुक्कुम्लुङ सेमुक्तु मुक्तुबो माङ (पाथीभरा) धार्मिक स्थलमा केबलकार बनाउन नहुने अडान राख्दै आएको संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत् पुनः संघर्षका कार्यक्रम घोषणा गरेको हो। ‘माघ २२ गतेका दिन सरकारी वार्ता समिति र… Continue reading नो केवलकार समूह र सरकारबीचको वार्ता असफल, थप आन्दोलनका कार्यक्रम घोषणा

निकुन्ज नजिकका जलविद्युत आयोजनामा सहजीकरण गर्न निजी क्षेत्रका लगानीकर्ताको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन आग्रह गरेको छ । सोमबार सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक भेट्दै इप्पानले राष्ट्रिय निकुञ्ज र विभिन्न संरक्षण क्षेत्रभित्र पनि जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन आग्रह गरेको हो… Continue reading निकुन्ज नजिकका जलविद्युत आयोजनामा सहजीकरण गर्न निजी क्षेत्रका लगानीकर्ताको माग

नेपालका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा

काठमाडौं । नेपालका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । सोमबार बझाङ साइपालमा ७५३औं स्थानीय तहमा बैंक शाखा सञ्चालनमा आएको छ । उक्त शाखा उद्घाटन गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बझाङ पुगेका थिए । उनले साइपाल गाउँपालिकामा एभरेस्ट बैंक लिमिटेडको शाखा उद्घाटन गरे । योसँगै सबै स्थानीय तहमा वाणिज्य बैंक शाखा… Continue reading नेपालका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा

मस्कको आलोचना हुन थालेपछि बचाउमा उत्रिए ट्रम्प

काठमाडौं । इलन मस्कले ट्रम्प शासनमा गरिरहेको मनपरीको विपक्षी दलबाट विरोध सुरु भएको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उनको बचाउ गरेका छन् । उनले अमेरिकी सरकारका तर्फबाट मस्कले फजुल खर्च कम गर्न काम गरिरहेको बताएका छन् । यसअघि यस्ता कदमबाट सरकार भन्दा मस्कलाई बढी फाइदा पुगेको भन्दै डेमोक्रेटिक पार्टीले विरोध जनाएको थियो ।… Continue reading मस्कको आलोचना हुन थालेपछि बचाउमा उत्रिए ट्रम्प

ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने एमाले निकट विद्यार्थी नेताहरु पक्राउ

file

काठमाडौं । काठमाडौंको ठमेलमा दुई प्रहरीमाथि कुटपिट गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत दिनेश सिग्देल र रमेश फुलारा प्रहरीले पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरू दुवै जना नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियुका नेता हुन्। यस घटनामा थप व्यक्ति फरार छन्। उनीहरूले बिहीबार मध्यराति क्युआरटी (क्विक रेस्पोन्स… Continue reading ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने एमाले निकट विद्यार्थी नेताहरु पक्राउ

बुढानिलकण्ठको एक घरमा प्रहरीको छापा, २३ जना पक्राउ

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारी नेतृत्वको टोलीले दुईतले सो घरमा अवैध रूपमा सट्टेबाजी खेल भइरहेको सूचना पाएर छापा मारेको बताइएको छ । सूचनापछि एसएसपी अधिकारी सहितको टोलीले छापा मारेर आइतबार २३ जनालाई पक्राउ गरेको हो। प्रहरीले घरबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप… Continue reading बुढानिलकण्ठको एक घरमा प्रहरीको छापा, २३ जना पक्राउ

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । सोमबार देशका धेरैजसो ठाउँमा मौसम बदली हुने भएको छ । मधेश प्रदेशबाहेक सबै प्रदेशमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकोले मौसम बदली भएको हो । बिहान तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो पनि लागेको छ । आज दिउँसोदेखि साँझसम्म कोशी प्रदेशका केही स्थानमा वर्षासमेत हुने… Continue reading कस्तो रहनेछ आजको मौसम ?

संसद बैठक आज पनि, के छ कार्यसूचीमा ?

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार… Continue reading संसद बैठक आज पनि, के छ कार्यसूचीमा ?

नागार्जुनका मेयरविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा

काठमाडौं । पद दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निलम्बित नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बस्नेमाथि ८ करोड ६९ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको र त्यो रकम भ्रष्टाचारबाट कमाएको दाबी गरेको छ । अख्तियारको दाबी अनुसार, कुल २८ करोड ६५ लाख रुपैंयाको… Continue reading नागार्जुनका मेयरविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा

मुलुकमा ठूलो आन्दोलनको आवश्यकता छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थालेको बताएका छन् । प्रदेशलाई अधिकार दिन नचाहने, स्थानीय तहलाई बलियो बनाउन नचाहने तर शासनमा बसिरहने गर्दा अधिकारको लागि एउटा ठूलो आन्दोलनको महसुस भइरहेको हो कि भन्ने आफूलाई लाग्न थालेको प्रचण्डले बताए । संविधान निगरानी समूह र आइएसएसआरले आइतबार काठमाडौंमा… Continue reading मुलुकमा ठूलो आन्दोलनको आवश्यकता छ : प्रचण्ड

धनुषाधाम विद्युत चोरीमुक्त नगरपालिका घोषणा

काठमाडौं । धनुषा जिल्लास्थित धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ। धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिका प्रमुख बालेश्वर मण्डलले शनिबार धनुषाधाममा आयोजित कार्यक्रममा नगरपालिकालाई विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरेका हुन् । कार्यक्रममा धनुषाधाम नगरपालिका क्षेत्रमा बसोबास गर्ने… Continue reading धनुषाधाम विद्युत चोरीमुक्त नगरपालिका घोषणा

चीनमा पहिरोमा परी कम्तिमा २९ वेपत्ता

काठमाडौं । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको सङ्ख्या अझै पुष्टि हुन नसकेको बताइएको छ । निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ । यिबिन सहरको जुनलियन काउन्टीको जिनपिङ गाउँमा पहिरो गएको थियो ।

चक्कु देखाएर धम्काई किशोरीको बलात्कार

GETTY IMAGES

काठमाडौं । धनगढीमा किशोरीमाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी किशोरीलाई चक्कु देखाएर एक १८ वर्षीय किशोरले बलात्कार गरेका हुन् । घट्ना बिहीबार साँझको भए पनि प्रहरीमा शनिबार राति साढे ८ बजेमात्र जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । धनगढीको एक विद्यालयमा अध्ययन… Continue reading चक्कु देखाएर धम्काई किशोरीको बलात्कार

काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना : कम्तिमा २ जनाको ज्यान गयो

काठमाडौं । काठमाडौँको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरी वृत्त कीर्तिपुरका अनुसार दुर्घटनामा चालक र एक विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ४१ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरिक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन् । प्रहरीकाअनुसार दक्षिणकाली नगरपालिकाको जुनकिरी स्कुलको बा १ क ५६६४ नम्बरको… Continue reading काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना : कम्तिमा २ जनाको ज्यान गयो

सुर्खेतमा बस दुर्घटना : ४० जना घाइते

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरबाट तिर्थयात्री बोकेर भारतको प्रयागराज कुम्भ मेला जाँदै गरेको बस बबई नजिक दुर्घटनामा परेको छ। सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेततका उपपरीक्षक रूपेश खड्काले जानकारी दिए । उनका अनुसार महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ साढे पाँच बजेतिर दुर्घटनामा परेको… Continue reading सुर्खेतमा बस दुर्घटना : ४० जना घाइते

क्यारेबियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएसँगै सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको बीबीसीले लेखेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण(पश्चिम छ । भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका,… Continue reading क्यारेबियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

पाकिस्तानमा शरण लिइरहेका १८ हजार अफगानी शरणार्थी स्वदेशी फिर्ता

काठमाडौं । गत महिना छिमेकी मुलुक पाकिस्तानबाट १८ हजार भन्दा बढी अफगान शरणार्थी आफ्नो स्वदेश फर्किएका छन् । ती अवैध आप्रवासीहरूमध्ये करिब एक हजार इस्लामावादबाट घर फर्काइएका रिपोर्टमा उल्लेख छ । सन् २०२३ सेप्टेम्बर १५ देखि आठ लाख २५ हजार ६०० भन्दा बढी अफगानीहरू पाकिस्तान सरकारको गैरकानुनी विदेशी स्वदेश फिर्ता योजनाको कार्यान्वयनपछि फर्केका छन् ।… Continue reading पाकिस्तानमा शरण लिइरहेका १८ हजार अफगानी शरणार्थी स्वदेशी फिर्ता

चितवनमा बस दुर्घटना, २३ घाइते

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएको प्रहरीले जनाएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएका छन् । उनका अनुसार घाइतेको… Continue reading चितवनमा बस दुर्घटना, २३ घाइते

प्रतिनिधि सभामा आज पनि छैन अध्यादेश पेश गर्ने कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत् प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन, २०८१ पेश गर्ने कार्यसूची छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन्। आज नेपाल नागरिकता (दोस्रो… Continue reading प्रतिनिधि सभामा आज पनि छैन अध्यादेश पेश गर्ने कार्यसूची