काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको हो । ग्याँसमा प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ । अन्य इन्धनमा भने प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको… Continue reading पेट्रोलियम पदार्थमा एकैपटक उच्च मूल्य वृद्धि, खाना पकाउने ग्याँसमा २००, अन्यमा १०\१० रुपैयाँ बढ्यो
Category: फिचर
बंगलादेश, म्यानमान र ओमनका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिबाट बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदूतको नाम अनुमोदन भएको छ । आइतबार सिंहदरवारमा बसेको समितिको बैठकले बंगलादेशका लागि प्रस्तावित घनश्याम भण्डारी, म्यानमारका लागि प्रस्तावित हरिश्चन्द्र घिमिरे र ओमानका लागि प्रस्तावित डोरनाथ अर्यालको नाम अनुमोदन गरेको हो । आइतबारको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा छात्रवृत्तिमा… Continue reading बंगलादेश, म्यानमान र ओमनका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
रोहित चन्द इण्डोनेसियन क्लव पेरिसिक केडिरीमा आवद्ध
काठमाडौं । नेपालका चर्चित फुटबलर रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीमा आवद्ध भएका छन् । क्लबले आइतबार यसको पुष्टी गरेको हो । सामाजिक सञ्जालमा ‘हाम्रो हिमालयन टाइगर’ भन्दै क्लवले रोहितको तस्वीर राखेको छ । रोहितले शनिबार ईन्डोनेसियाको अर्को क्लव पर्सिजा जाकार्ता छाडेको क्लवले जनाएको थियो । सो क्लवमा उनले सन् २०१७ यता निरन्तर खेलेका थिए… Continue reading रोहित चन्द इण्डोनेसियन क्लव पेरिसिक केडिरीमा आवद्ध
काठमाडौं महानगर: सिंह र स्थापितको मतान्तर बढ्यो, बालेन शाहको फराकिलो अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले एमालेका केशव स्थापितलाई पछि पारेकी छन्। १ लाख १६ हजार ८८५ गणनामा शाहले ४१ हजार २७९ मत ल्याएका छन्। पछिल्लो मतगणनाअनुसार कांग्रेसका सिर्जना सिंहले एमालेका उम्मेदवार… Continue reading काठमाडौं महानगर: सिंह र स्थापितको मतान्तर बढ्यो, बालेन शाहको फराकिलो अग्रता कायमै
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना पुष्टी
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १ हजार ६९६ पीसीआर तथा ५३० एन्टिजेन परीक्षण गर्दा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११… Continue reading नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना पुष्टी
धरान उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार राई निर्वाचित
काठमाडौं । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् । राईले २० हजार ८२१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे । उपप्रमखमा नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । बेघा २० हजार ५१० मत ल्याएर निर्वाचित हुँदा निकटतम… Continue reading धरान उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार राई निर्वाचित
काठमाडौं महानगरमा ८७ हजार मत गणना हुन बाँकी, बालेनको ४० हजार मतसहित फराकिलो अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । हालसम्म १ लाख १२ हजार १२७ मत गणना सकिएको छ । जारी मतगणना अनुसार महानगरको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ९बालेन० ले ४० हजार मत कटाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनले… Continue reading काठमाडौं महानगरमा ८७ हजार मत गणना हुन बाँकी, बालेनको ४० हजार मतसहित फराकिलो अग्रता
काठमाडौं महानगर : केशव स्थापित तेस्रोमा झर्दा बालेनको मत ४० हजार नजिक
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको ४० हजार नजिक पुगेको छ । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पच्छयएकी छिन् । एमाले उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । आइतबार बिहानसम्मको तथ्यांक अनुसार सिर्जनाले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् । सिर्जना र केशवको… Continue reading काठमाडौं महानगर : केशव स्थापित तेस्रोमा झर्दा बालेनको मत ४० हजार नजिक
देशका विभिन्न स्थानमा जारी वर्षा तीन दिनसम्म रहने
काठमाडौं । स्थानीय वायु र भारतको बिहार हुँदै पश्चिम बंगालको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशैभर तीनदिनसम्म वर्षा हुने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ । सामान्य देखि मध्यम सम्मको चट्याङसहित बर्षा हुने महाशाखाले विज्ञप्ती निकाल्दै जनाएको हो । देशको बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्ण बदली रही… Continue reading देशका विभिन्न स्थानमा जारी वर्षा तीन दिनसम्म रहने
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल विजयी
धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरे । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए । हमालले ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाए ।… Continue reading धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल विजयी
भरतपुरमा रेनुको अग्रता ७ हजार भन्दा माथि
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मत गणना भएको छ । यस क्रममा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता ७ हजार कटाएकी छिन्. । आइतबार बिहानको मत परिणाम अनुसार रेनुले ३५ हजार २३० पाएकी छिन् । एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७ हजार… Continue reading भरतपुरमा रेनुको अग्रता ७ हजार भन्दा माथि
इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेस विजयी
इटहरी । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेल एमालेका यामकुमार चुङ्गवाङलाई हराउँदै मेयर बनेका हुन् उनले ३३०४९ मत ल्याए । एमालेका यामकुमारले २८०३१ मत पाए । तेस्रो बनेका राप्रपाका आकाश हाङ्ग लिम्बुले ३९०८ मत पाए । उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएकी छन् ।… Continue reading इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेस विजयी
मकवानपुरमा मिनि ट्रक दुर्घटना, ४ जनाको मृत्यु
काठमाडौं । हेटौंडाबाट काठमाडौं आउँदै गरेको मिनी ट्रक दुर्घटनामा पर्दा ४ जनाको मृत्यु भएको छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ सिमखोलामा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटना तीव्र गतिका कारण भएको अनुमान प्रहरीले… Continue reading मकवानपुरमा मिनि ट्रक दुर्घटना, ४ जनाको मृत्यु
भरतपुरमा रेनुको अग्रता ६५०० भन्दा माथि
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता ६ हजार ५ सय भन्दा माथि पु¥याएकी छिन् । शनिबार साँझसम्म ७९ हजार ९१० मत गनि सक्दा रेनुले ३१ हजार १२२ मत पाइन् । नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १० हजार ९७८ मत… Continue reading भरतपुरमा रेनुको अग्रता ६५०० भन्दा माथि
ट्याक्सी चालकसँग झगडा गरेपछि दक्षिण कोरियाले फिर्ता पठायो दुई अमेरिकी गुप्तचर
सोल (बीबीसी) । दक्षिण कोरियामा झगडा गरेपछि त्यहाँ खटिएका अमेरिकी गुप्तचर सेवाका दुई कर्मचारीलाई विमानमा हालेर स्वदेश फिर्ता पठाइएको छ । उनीहरू अमेरिकी राष्ट्रपति जो बाइडनको दक्षिण कोरिया भ्रमणअघि सोल पठाइएको अगुवा टोलीका सदस्य थिए। अमेरिकी सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणअनुसार उनीहरू बिहीवार राति सोलको मदिरालयमा गएका थिए। तीमध्ये एक जनाले एक स्थानीय ट्याक्सीचालकसँग हात हालाहाल गरेका… Continue reading ट्याक्सी चालकसँग झगडा गरेपछि दक्षिण कोरियाले फिर्ता पठायो दुई अमेरिकी गुप्तचर
बलात्कार अभियोग लागेका पाण्डे पक्राउ
काठमाडौं । आठ वर्षअघि काठमाडौंमा एक सौन्दर्य प्रतियोगिताका दौरान आफुमाथि आयोजकले बलात्कार गरेको भन्दै भिडियो सार्वजनिक भएपछि आरोपित मनोज पाण्डे पक्राउ परेका छन् । सन् २०१४ मा किशोरीलाई होटेलमा बलात्कार गरेको अभियोग ती युवतीले लगाएकी छिन् । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनीमाथि शनिबार बिहानैबाट निगरानी बढाइएको… Continue reading बलात्कार अभियोग लागेका पाण्डे पक्राउ
विष्णु पौडेलको गढ बुटवलमा जब कांग्रेसको झण्डा फहरियो
बुटवल । बुटवल उपमहानगरपालिकामा साढे दुई दशकपछि एमालेको विरासत अन्त्य भएको छ । यस उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय ३० हजार १३० मतसहित विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार बाबुराम भट्टराई भन्दा ७ हजार ५३३ मत धेरै ल्याए । उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार सावित्रादेवी अर्याल २४,९०४… Continue reading विष्णु पौडेलको गढ बुटवलमा जब कांग्रेसको झण्डा फहरियो
नेपाली टीमका बलिङ कोच श्रीलंकाली धम्मिका प्रसादले पाएनन् अमेरिकाको भिसा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कोच धम्मिका प्रसादले अमेरिकाको भिसा नपाएको सामाजिक संजालमार्फत जनाएका छन् । श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको उनले ट्वीट गर्दै बताएका हुन् । क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल अमेरिका जाँदै छ । नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट धम्मिका नेपाली टिमलाई बलिङको प्रशिक्षण दिन अमेरिका जाने तयारीमा थिए… Continue reading नेपाली टीमका बलिङ कोच श्रीलंकाली धम्मिका प्रसादले पाएनन् अमेरिकाको भिसा
गठबन्धनको बलमा हेटौडामा भत्कियो एमालेको ३० वर्ष पुरानो गढ
हेटौडा । सत्तारुढ गठबन्धनको बलमा हेटौंडा उपमहानगरपालिकामा एमालेको ३० वर्ष पुरानो गढ भत्किएको छ । हेटौडाको मेयरमा एकीकृत समाजवादीकी मिना लामा र उपमेयरमा कांग्रेसका राजेश बाँनिया विजयी भएसँगै एमालेको गढ भत्किएको हो ।लामाले एमालेका अनन्त पौडेल र बाँनियाले एमालेकै सुमित्रा काफ्लेलाई पराजित गरे । लामा २०७४ सालको निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयर बनेकी थिइन् । पार्टी… Continue reading गठबन्धनको बलमा हेटौडामा भत्कियो एमालेको ३० वर्ष पुरानो गढ
युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गरेको रुसको दाबी
काठमाडौं (बीबीसी) । रुसले महिनौँदेखि युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गर्ने आफ्नो प्रयास सफल भएको दाबी गरेको छ। उसले त्यहाँ रहेको आजोभ्स्टाल स्टील उद्योगको रक्षा गरिरहेका बाँकी सैनिकहरूले आत्मसमर्पण गरेको जनाएको छ। महिनौँसम्म उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी लडाकुहरूले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न रोकिरहेका थिए। शुक्रवार युक्रेनी फौज पछि… Continue reading युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गरेको रुसको दाबी
उपमहानगरपालिका : ५ वटामा नतिजा सार्वजनिक, ६ वटामा कसको अग्रता ?
काठमाडौं । ११ वटा उपमहानगरपालिकामध्ये ५ वटा नगरपालिकाको नतिजा आएको छ । हेटौँडा, नेपालगञ्ज, घोराही, कलैया र जितपुर सिमराको नतिजा सार्वजनिक भएको छ । हेटौँडाको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस, नेपालगञ्जको मेयरमा कांग्रेस र उपमेयरमा जसपा, कलैयामा मेयर र उपमेयर दुवैमा एमाले, दाङको घोराहीमा पनि मेयर र उपमेयरमा एमाले तथा बाराको जितपुर सिमरामा… Continue reading उपमहानगरपालिका : ५ वटामा नतिजा सार्वजनिक, ६ वटामा कसको अग्रता ?
६८३ स्थानीय तहमा आयो नतिजा, कुन पार्टीको कति जित ?
काठमाडौं । एक महानगरपालिकासहित देशभर ६८३ स्थानयि तहको नतिजा सार्वजनिक भएको छ । शनिबार बिहानसम्म मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ६८३ स्थानको परिणाम सार्वजनिक भएको छ । वैशाख ३० मा ७५३ स्थानीय तहमा एकै पटक स्थानीय तहको निर्वाचन भएको हो । परिणामअनुसार ३०४ स्थान जितेर कांग्रेस पहिलो स्थानमा छ । दोस्रोमा रहेको एमालेले १८६, माओवादी केन्द्रले… Continue reading ६८३ स्थानीय तहमा आयो नतिजा, कुन पार्टीको कति जित ?
काठमाडौंमा स्थापित र सिंहबीच दोस्रो स्थानमा प्रतिस्पर्धा, बालेन धेरै अगाडी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहँदा दोस्रो स्थानमा भने केशव स्थापित र सिर्जना सिंहबीचको अन्तर कमभएको छ । बालेनले अहिलेसम्म ३३ हजार २६० मत पाइसकेका छन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा १५ हजार ५६८ मत अगाडी छन् । स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका… Continue reading काठमाडौंमा स्थापित र सिंहबीच दोस्रो स्थानमा प्रतिस्पर्धा, बालेन धेरै अगाडी
रेनुको अग्रता ५ हजारमाथि
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता ५ हजार कटाएकी छिन् । गणना भएको कुल ६९६१२ मत मध्ये ठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २७०७८ मत पाएकी छन्। उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५०१८ मतले पछि पारेकी हुन् । सुवेदीले २२०६० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ… Continue reading रेनुको अग्रता ५ हजारमाथि
महानगरमा पहिलो रिजल्ट : विराटनगरमा कांग्रेस विजयी
विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित बनेका छन् । मेयरमा काङ्ग्रेस उम्मेदवार नागेशले ३० हजार १७० मत प्राप्त गरे । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत पाए… Continue reading महानगरमा पहिलो रिजल्ट : विराटनगरमा कांग्रेस विजयी
चितवनमा विनासकारी हुरि, तीन जनाको मृत्यु
चितवन । चितवनमा शुक्रबार साँझ भीषण हावाहुरी र वर्षा भएको छ । जसमा परि तीन जनाकाे मृत्युु भएको छ । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेलाई उदृत गर्दै संचार माध्यमले जनाएका छन् । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १… Continue reading चितवनमा विनासकारी हुरि, तीन जनाको मृत्यु
अमेरिकी उपमन्त्री जिया नेपालमा
काठमाडौं । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल अवतरण गरेकी छिन् । उनी भारतको नयाँदिल्ली हुँदै काठमाडौं अवतरण गरेकी हुन् । उनी तीन दिने भ्रमणका लागि शुक्रबार करिब ३ बजे दिउँसो एयर इन्डियाबाट काठमाडौं आइ पुगेकी हुन् । उनलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरु र अमेरिकी… Continue reading अमेरिकी उपमन्त्री जिया नेपालमा
सामाजिक संजालमार्फत सार्वजनिक यौन हिंसाको घटना अध्ययन गर्न समिति गठन
काठमाडौं । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानविन समिति बनाएको छप्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वमा बनेको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल,… Continue reading सामाजिक संजालमार्फत सार्वजनिक यौन हिंसाको घटना अध्ययन गर्न समिति गठन
काठमाडौं महानगर: बालेन शाहको फराकिलो अग्रता कायमै, कसले कति ल्याए ?
काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । शुक्रबार दिउँसो साढे चार बजे आयोगले गरेको अद्यावधिक विवरणमा साहले २७,१३४ मतसहित आफ्नो अग्रता कायमै राखेका हुन् । त्यस्तै साहका प्रतिस्पर्धी एमालेका केशव स्थापितले १४,५६३ र गठबन्धन उम्मेदवार सिर्जना श्रेष्ठले १४०७४ ल्याएकी छन् । साह… Continue reading काठमाडौं महानगर: बालेन शाहको फराकिलो अग्रता कायमै, कसले कति ल्याए ?
एसियन कप फुटबल छनोटका लागि अन्तिम टोली घोषणा,को-को परे ?
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् । प्रशिक्षकसँग विवादमा परेका खेलाडीहरु लाई बाहिर राखेर टिम घोषणा गरेका हुन् । छनोट अन्तर्गत नेपाल समूह ‘ए’ मा आयोजक कुवेत, जोर्डन र इन्डोनेसियासँगै रहेको छ । नेपालले पहिलो खेलमा जोर्डनविरुद्ध जुन… Continue reading एसियन कप फुटबल छनोटका लागि अन्तिम टोली घोषणा,को-को परे ?