नेपाल र पाकिस्तान खेलको टिकट मुल्य १ हजार र ५ सय, एक भाग्यमानीलाई विश्वकपको खेल हेर्न अवसर

काठमाडौं । पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि टिकटदर तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको हो। यस्तै भीभीआईपी टिकटतर्फ ८० वटा टिकट छुट्टायाइएको छ। सो खेलको एक भाग्यमानी दर्शकले कतारमा हुने विश्वकपको ब्राजिल र क्यामरुनबीचको… Continue reading नेपाल र पाकिस्तान खेलको टिकट मुल्य १ हजार र ५ सय, एक भाग्यमानीलाई विश्वकपको खेल हेर्न अवसर

अब सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । बिहीबार एक सूचना गर्दै राष्ट्र बैँक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले सुन तथा चाँदीको असर्फी खरिद गर्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने जनाएको हो । यसअघि नेपाल राष्ट्र बैँकको मुद्रा व्यवस्थापन विभाग तथा टक्सार महाशाखामा यस्तो व्यवस्था थिएन… Continue reading अब सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने

गठबन्धनमा धोका नभए संखुवासभामा कांग्रेसका दीपक खड्काले बाजी मार्ने

काठमाडौं । संखुवासभामा प्रतिनिधिसभा सदस्यकालागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दीपक खड्का र नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमबीच मुख्य प्रतिस्पर्धा छ । उम्मेदवार र एजेन्डाकै कारण जिल्लाबासीमा कुनै उत्साह छैन । विगतमा एक अर्कामा हारजित बेहोरिसकेका खड्का र गौतम स्वयम् तेस्रो पटक आमनेसामने भएका हुन् । तर, चुनावी माहोल भने कांग्रेसको जिल्ला सभापतिसमेत रहेका खड्काले खिचेका छन्… Continue reading गठबन्धनमा धोका नभए संखुवासभामा कांग्रेसका दीपक खड्काले बाजी मार्ने

अमेरिकामा रिपब्लिकन दलले प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण

File Photo Source : CTV news

न्यूयोर्क । अमेरिकामा भएको संसदीय निर्वाचनमा रिपब्लिकन दलले तल्लो सदन प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण गरिएको छ। सो परिणामले राष्ट्रपति बाइडनलाई धक्का लाग्ने ठानिएको छ। तल्लो सदनको सबै ४३५ सिटका निम्ति निर्वाचन भएको छ। बहुमत ल्याउन २१८ सिट आवश्यक पर्छ। मङ्गलवारको निर्वाचन अगाडि राष्ट्रपति बाइडनको दल डेमोक्र्याटको २२० सिटसहित बहुमत थियो। यो निर्वाचनमा सीबीएस न्यूजले हालसम्म… Continue reading अमेरिकामा रिपब्लिकन दलले प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण

राष्ट्रपतिद्धारा आइसल्याण्डमा पदक ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्यान्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी छिन् । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ ९डब्लूपीएल०को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति भण्डारीले मञ्चद्वारा प्रदान गरेको अवार्ड ग्रहण गेकी हुन् । उनलाई ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लूपीएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान… Continue reading राष्ट्रपतिद्धारा आइसल्याण्डमा पदक ग्रहण

बैंकविरुद्धको आन्दोलन चुनावसम्म स्थगित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशका विभिन्न स्थानमा भइरहेको बैंकविरुद्धको आन्दोलन रोक्न आह्वान गरेको छ । अहिले देशभरका जिल्लारनगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुले विभिन्न माग राख्दै बैंकविरुद्ध आन्दोलन गरिरहेका छन् । यी मागमा ऐक्यबद्धता जनाउँदै महासंघले निर्वाचनसम्म सबै आन्दोलनका कार्यक्रम रोक्न आह्वान गरेको हो । तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर… Continue reading बैंकविरुद्धको आन्दोलन चुनावसम्म स्थगित

पत्रकार तथा लेखक अधिकारी मृत फेला

काठमाडौं । पत्रकार तथा लेखक सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत भेटिएका छन् । अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोरालाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए। उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन… Continue reading पत्रकार तथा लेखक अधिकारी मृत फेला

टी–२० क्रिकेट विश्वकपको फाइनलमा पुग्यो पाकिस्तान

काठमाडौं । पाकिस्तान आइसिसी पुरूष टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान तेस्रो पटक विश्वकपको उपाधि नजिक पुगेको हो। न्यूजिल्याण्डले दिएको १५३ रनको मध्यम लक्ष्य पाकिस्तानले ५ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो। पाकिस्तानको जितमा कप्तान बाबर अजाम र मोहम्मद रिजवानले उत्कृष्ट पारी… Continue reading टी–२० क्रिकेट विश्वकपको फाइनलमा पुग्यो पाकिस्तान

बसुन्धरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु भएको छ । बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कालिका ९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका ५ वर्षीय कल्पना राना मगर छन्… Continue reading बसुन्धरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

समस्याग्रस्त सहकारीका सञ्चालक, ऋणी र कर्मचारीलाई ऋण तिर्न १५ दिने ‘अल्टिमेटम’

काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण र दायित्वको साँवाब्याज बुझाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ताकेता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न मितिमा समस्याग्रस्त घोषित गरेका सहकारीहरुका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन समितिले १५… Continue reading समस्याग्रस्त सहकारीका सञ्चालक, ऋणी र कर्मचारीलाई ऋण तिर्न १५ दिने ‘अल्टिमेटम’

धनकुटामा त्रिपक्षीय प्रतिस्पर्धा : सुनील र राजेन्द्रलाई हेमराजको चुनौती

काठमाडौं । धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि नौ जना चुनावी मैदानमा छन् । तर, मुख्य तीन उम्मेदवारको प्रतिस्पर्धा भने रोचक बनेको छ । कांग्रेस नेतृत्वको गठबन्धनबाट सुनिलबहादुर थापा उम्मेदवार छन् । एमाले नेतृत्वको गठबन्धनबाट राजेन्द्र राई मैदानमा छन् । अघिल्लो निर्वाचनमा राई थापालाई पराजित गर्दै निर्वाचित भएका थिए । त्यसबेला कांग्रेस एक्लै मैदानमा थियो । राईलाई… Continue reading धनकुटामा त्रिपक्षीय प्रतिस्पर्धा : सुनील र राजेन्द्रलाई हेमराजको चुनौती

शेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक नेप्से ३९.१५ अंकले घटेर १९१७.२२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२३ कम्पनीको १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँ बराबरको ३६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच भएका छन्… Continue reading शेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

तीव्र गतिमा सवारी चलाए अब १ घण्टा अनिवार्य कक्षा लिनुपर्ने

काठमाडौं । के तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ ? चलाउने भए होसियार ! एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । यसअघि मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने र लेन अनुशासन… Continue reading तीव्र गतिमा सवारी चलाए अब १ घण्टा अनिवार्य कक्षा लिनुपर्ने

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । कात्तिक १६ बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गत वर्षभन्दा प्रति किलो दुई रुपैयाँ बढी न्यूनतम समर्थन मूल्य तोकिएको छ। अघिल्लो वर्षका तुलनामा एक क्विन्टलमा न्यूनतम समर्थन मूल्य कम्तीमा २१५ रुपैयाँ बढाइएको छ। मोटा धानको न्यूनतम समर्थन मूल्य… Continue reading सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाइने, कुन-कुन कागजातले पाइन्छ ?

काठमाडौं । थपिएका नयाँ मतदाताहरूले आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि मतदाता परिचयपत्र नपाउने भएका छन्। केही प्राविधिक कारणले यसपालि मतदाता परिचयपत्र नदिने निर्णय गरिएको आयोगले जनाएको छ । तर परिचयपत्र नपाएका र पहिला पाइसकेर पनि हराएको वा च्यातिएको खण्डमा परिचय खुलाउने सरकारी कागजातका आधारमा मतदान गर्न दिने तयारी गरिएको छ । आयोगका अनुसार मङ्सिर… Continue reading मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाइने, कुन-कुन कागजातले पाइन्छ ?

प्युठानमा जिप दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

प्युठान । प्युठानमा भएको जिप दुर्घटना परी कम्तिमा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिएका छन्… Continue reading प्युठानमा जिप दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

डोटी भूकम्पमा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पश्चिम नोपलको अधिकांश भूभाग मंगलबार रातभर भूकम्पको त्रासमा रह्यो । डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टी भएको छ । ५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा… Continue reading डोटी भूकम्पमा मृत्यु हुनेको संख्या ६ पुग्यो

पश्चिम नेपालमा भूकम्प, डोटी केन्द्रविन्दु

काठमाडौं । डोटी केन्द्रबिन्दु भएर मंगलबार राति ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ। राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि आइतबार राति ताप्लेजुङ केन्द्र भएर ५ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको थियो। मंगलबारको भूकम्पको धक्का पश्चिम… Continue reading पश्चिम नेपालमा भूकम्प, डोटी केन्द्रविन्दु

नेपाली कांग्रेसले ७४ जनालाई गर्यो निष्काशन, को-को परे ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्काशन गरेको छ । बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट निष्कासन गरेको कांग्रेस केन्द्रीय अनुशासन समितिले जानकारी गराएको हो । ‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन(२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार… Continue reading नेपाली कांग्रेसले ७४ जनालाई गर्यो निष्काशन, को-को परे ? (सूचीसहित)

विमानस्थलबाट दुई महिनामा साढे ५ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दुई महिनामा करिब साढे ५ किलो सुन बरामद गरेको छ । पछिल्लो दुई महिनामा अवैध रुपमा भित्र्याइएको करिब साढे ५ करोड मूल्य बराबरको उक्त परिमाणको सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ । यात्रुले झिटीगुन्टा सुविधाको दुरुपयोग गदै र तस्करी प्रयोजनका लागि लुकाएर ल्याएको उक्त परिमाणको सुन बरामद… Continue reading विमानस्थलबाट दुई महिनामा साढे ५ किलो सुन बरामद

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, सुरुङ खन्ने काम ६७ प्रतिशत सम्पन्न

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम दुई तिहाई बढी सम्पन्न भएको छ । नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार कात्तिक २२ गतेसम्म सुरुङ खन्ने काम ६७.३० प्रतिशत पूरा भएको छ । कुल ५ हजार ४९९ मिटर (क्रस प्यासेजसहित)मध्ये हालसम्म ३ हजार ७०२.८० मिटर सुरुङ खन्ने… Continue reading नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, सुरुङ खन्ने काम ६७ प्रतिशत सम्पन्न

गठबन्धन इमान्दार भए ललितपुरमा राणाको पक्षमा पल्लाभारी

ललितपुर । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि सबैभन्दा नजिक रहेको जिल्ला हो ललितपुर । तर यहाँका कतिपय क्षेत्र अझै दुर्गम र अविकसित छन् । चुनावमा विजयी गराएर पठाएका जनप्रतिनिधिले अविकसित क्षेत्रको विकासमा प्रभावकारी भूमिका नखेलेको भनेर मतदाता सदिऔंदेखि आक्रोश पोखिरहेका छन् ।यसपाली पनि मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा… Continue reading गठबन्धन इमान्दार भए ललितपुरमा राणाको पक्षमा पल्लाभारी

थप अधिकार सहित बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण भएको छ । नयाँ बीमा ऐन कार्यान्वयनमा आएसँगै बीमा समितिले मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम सुरु गरेको हो । बीमा ऐन २०७९ अन्र्तगत समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणको रुपमा अघि बढेको छ । गत भदौ अन्तिममा संघीय संसदले पारित गरेको बीमा विधेयक असोज २२… Continue reading थप अधिकार सहित बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण

नेप्सेमा झिनो अंकको गिरावट, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.५७ अंकले घटेर १९५६.३६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ रुपैयाँ बराबरको २७ लाख ७३ हजार ७७३ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading नेप्सेमा झिनो अंकको गिरावट, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

अमेरिकामा आज मध्यावधिक निर्वाचन

File Photo Source : CTV news

काठमाडौं । अमेरिकामा आज मध्यावधि चुनाव हुँदैछ। अमेरिकामा राष्ट्रपति चुनावको दुई वर्षपछि यस्तो निर्वाचन हुने गर्छ । मध्यावधि अर्थात् मध्यान्तर चुनाव भनिन्छ । यो चुनावमा तल्लो सदनका सबै ४ सय ३५ र माथिल्लो सदन सिनेटको एक सयमध्ये ३५ ठाउँमा चुनाव हुँदैछ । राष्ट्रपतिको कार्यकाल तथा लोकप्रियता मापनको माध्यम यो चुनावलाई अमेरिकी नागरिकले निकै महत्त्वका साथ… Continue reading अमेरिकामा आज मध्यावधिक निर्वाचन

प्रचण्ड र रवि पुनः परे आयोगको स्पष्टीकरणमा

काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् गोरखा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्यका चितवन क्षेत्र नम्बर–२ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । उनीहरुले चुनाव प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेपछि स्पष्टीकरणमा परेका हुन्… Continue reading प्रचण्ड र रवि पुनः परे आयोगको स्पष्टीकरणमा

युक्रेन युद्धबारे अमेरिका र रुसबीच संवाद भइरहेको खुलासा

File Photo : Doug Mills/The New York Times

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा युद्धका जारी रहेका बेला वाशिङ्टन र मस्कोबीच सञ्चारका माध्यमहरू खुला रहेको पुष्टि गरेका छन्। न्यूयोर्कमा बोल्दै सुलिभानले क्रेमलिनसँग सम्पर्क कायम राख्नु अमेरिकाको हितमा रहेको बताएको बीबीसीले लेखेको छ । तर अधिकारीहरू आफूहरू कोसँग व्यवहार गरिरहेका छौँ भन्ने कुरामा स्पष्ट रहेको बताए। ह्वाइट हाउसले युक्रेनमा पारमाणविक तीव्रता… Continue reading युक्रेन युद्धबारे अमेरिका र रुसबीच संवाद भइरहेको खुलासा

विश्वकपका लागि ब्राजिलको टीम घोषणा

काठमाडौं । नोभेम्बर २० बाट कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्राजिल सर्वाधिक पाँच पटकको विश्व च्याम्पियन हो । ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ । पछिल्लो पटक २००२ मा एसियामै… Continue reading विश्वकपका लागि ब्राजिलको टीम घोषणा

प्रकाश दूतराजको सन्देश: कसरी मार्न सक्थे र यो शरीरलाई ?

काठमाडौं । आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गर्दै भावुक सदेश प्रकाशित गरेका छन् । दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेको समाचार सोमबार प्रकाशित भएका थिए । उनी अहिले अष्ट्रेलियामा छन् । दूतराजले मंगलबा बिहानै सामाजिक सञ्जालमार्फत यो समाचारको खण्डन गरेका छन् । उनले भनेका छन्, ‘ म केही छिन् हराउँनु… Continue reading प्रकाश दूतराजको सन्देश: कसरी मार्न सक्थे र यो शरीरलाई ?

नवलपरासी पश्चिम-१ मा चौधरीलाई त्रिपाठीको चुनौती कति?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा यसपटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ मा रोचक प्रतिस्पर्धा हुँदैछ। यो निर्वाचन क्षेत्रका खेलाडी मानिएका हृदयेश त्रिपाठीलाई टक्कर दिन कांग्रेसले केन्द्रीय सदस्य विनोद चौधरीलाई मैदानमा उतारेपछि प्रतिस्पर्धा रोचक हुन लागेको हो। पहिलोपटक प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार भएका चौधरी ६ पटक चुनाव लडेका त्रिपाठीसँग भिड्दै गर्दा जित निकाल्ने आत्मविश्वासमा देखिन्छन्। गत स्थानीय तहको… Continue reading नवलपरासी पश्चिम-१ मा चौधरीलाई त्रिपाठीको चुनौती कति?