काठमाडौं । सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएका छन्। एएफपी अनुसार कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो। मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए। उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन्। ‘ट्वीटरमा… Continue reading ट्वीटरले गर्यो एक साथ ३ हजार ५ सय कर्मचारी कटौती
Category: फिचर
डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्ने तयारीमा
काठमाडौं । डोनल्ड ट्रम्पले उनी फेरि ह्वाइट हाउसमा फर्कन चाहेको हालसम्मकै सबभन्दा प्रस्टमध्येको एक सङ्केत दिएका छन्। आयोवा राज्यको सु सहरमा आयोजित र्याली सम्बोधन गर्दै उनले सन् २०२४ मा आफू ‘फेरि लड्ने एकदमै, एकदमै, एकदमै सम्भावना’ भएको बताएको बीबीसीले लेखेको छ । अमेरिकी संसद सदस्य तथा कैयन् सिनेट सदस्यहरू चुनिने आगामी साताको निर्वाचनका निम्ति तय… Continue reading डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्ने तयारीमा
अक्टोवरमा साढे ८८ हजार पर्यटक नेपाल आए, अमेरिकी नागरिक दोस्रो स्थानमा
काठमाडौं । सन् २०२२ को दश महिनामा झन्डै पाँच लाख पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीदेखि अक्टोबर सम्ममा चार लाख ७३ हजार ५६३ जना पर्यटक भित्रिएको पाइएको छ । अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक भित्रिएका हुन्। सेप्टेम्बरमा ५८ हजार पर्यटक आएका थिए। अक्टोबरमा घुम्न आउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका… Continue reading अक्टोवरमा साढे ८८ हजार पर्यटक नेपाल आए, अमेरिकी नागरिक दोस्रो स्थानमा
काठमाडौंमा इजरायलले खुल्ला व्यायामशाला बनाउन गर्यो लगानीको प्रस्ताव
काठमाडौं । काठमाडौं महानगरसँग इजरायलले खुल्ला व्यायामशाला बनाउन स्थान माग गरेको छ । नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले, खुल्ला व्यायामशाला बनाउन चाहेको बताउँदै यसका लागि आवश्यक प्रक्रिया मिलाइदिन महानगरसँग अनुरोध गरेका हुन् । महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा भेट्दै राजदूत गोडेरले यस्तो प्रस्ताव गरेका हुन् । उपप्रमुख डंगोलले गोडेरलाई स्थानको विषयमा प्रश्न गरेपछि उनले… Continue reading काठमाडौंमा इजरायलले खुल्ला व्यायामशाला बनाउन गर्यो लगानीको प्रस्ताव
राष्ट्रपति भण्डारी आइसल्याण्ड जाने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो सोमबार आइसल्याण्ड जाने भएकी छिन् । विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा हुने८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी सोमबार आइसल्याण्ड प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । डब्लूपीएलले भण्डारीलाई यो वर्षको डब्लूपीएल ट्राइलब्लेजर अवार्ड पनि प्रदान गर्ने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।… Continue reading राष्ट्रपति भण्डारी आइसल्याण्ड जाने
तीन महिनामा ८७ अर्ब लगानीको उद्योग दर्ता, ६ हजारलाई रोजगारी प्रस्ताव
काठमाडौं । चालू आर्थिक वर्ष २०७९र८० को ३ महिनामा ८६ अर्ब बढी ८५ करोड लगानीका ८६ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि असोज मसान्तसम्ममा ८६ उद्योगमा ८७ अर्ब ८५ रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । विभागमा दर्ता भएका ८६ उद्योगमध्ये २६ वटा ठूला, ३१ वटा मझौला र… Continue reading तीन महिनामा ८७ अर्ब लगानीको उद्योग दर्ता, ६ हजारलाई रोजगारी प्रस्ताव
मंसिर १ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन मंसिर १ गतेदेखि बन्द हुने भएको छ। प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा रोक्नु परेका सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले बताएको छ। यातायात व्यवस्था विभागद्धारा जारी सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुने जनाइएको छ… Continue reading मंसिर १ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द
निहारिकाका छोरा र बलात्कार आरोपी श्रेष्ठको डीएनए मिल्यो
काठमाडौं । ‘कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ । विधि विज्ञान प्रयोगशाला काठमाडौंले उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका–३ का शिवराजको डिएनए ९९.९९ प्रतिशत मिलेको हो। उच्च अदालत जनकपुरले डीएनए टेस्ट गराउन आदेश दिएपछि निहारिकाका छोरा र श्रेष्ठको डीएनए पीक्षण गरिएको थियो… Continue reading निहारिकाका छोरा र बलात्कार आरोपी श्रेष्ठको डीएनए मिल्यो
एमालेको चुनावी सभा दार्चुलाबाट,एक इन्च भूमि पनि मिचिन् नदिने उद्घोष
काठमाडौं । नेकपा एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गरेको छ । चुनावी सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उाले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताएका छन् । उनले भने उनले आफ्नो एक इन्च जमिन अरुलाई नछाड्ने बताए । उनले भने, ‘राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छोड्नेवाला… Continue reading एमालेको चुनावी सभा दार्चुलाबाट,एक इन्च भूमि पनि मिचिन् नदिने उद्घोष
सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनलाई सुन्धारा (जगन्नाथ देवल) स्थित केन्द्रीय कारागारमा राखिने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध १० देखि १२ वर्षको… Continue reading सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली हानियो
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एउटा विरोध जुलुसका क्रममा गोली प्रहार भएको छ । उनी घाइते भएको र अस्पतालमा भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उनको दल पीटीआईका सदस्यहरूले थप चारजना घाइते भएको बताएका छन्। उक्त घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ। खानको गोडाको कुन भागमा गोली लागेको भन्ने… Continue reading पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली हानियो
वैदेशिक रोजगारीमा रहेका नागरिकले आइपीओमा आरक्षण पाउने निर्देशिका लागु
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने कम्पनीलाई वैदेशिक रोजगारीमा जाने नेपालीका लागि १० प्रतिशत कोटा छुट्याउने निर्देशन दिएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (छैठौं संशोधन) निर्देशिका, २०७९ लागु गर्दै वैदेशिक रोजगारीमा रहेको युवालाई १० प्रतिशत आरक्षणको व्यवस्था कार्यान्वयनमा ल्याएको छ । संगठित संस्थाले सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको… Continue reading वैदेशिक रोजगारीमा रहेका नागरिकले आइपीओमा आरक्षण पाउने निर्देशिका लागु
एमाले उम्मेदवार योगेश भट्टराईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले) का उम्मेदवार योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोेधेको छ । भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका वडा नं. ३ सिकैचामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाट समेत… Continue reading एमाले उम्मेदवार योगेश भट्टराईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
गौतमबुद्ध विमानस्थलबाट १३५ यात्रु लिएर मलेसिया उड्यो हिमालय एयरलाइन्स
काठमाडौं । नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालनमा रहेको हिमालय एयरलाइन्सको जहाजले पहिलोपटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको छ । एयरलाइन्सले बिहीबार १३५ जना यात्रु बोकेर भैरहवाबाट मलेसियाको क्वालालम्पुरका लागि पहिलो उडान शुरु गरेको हो। भैरहवाबाट चार्टर्ड उडानका लागि हिमालयले हिमालयले बुधबार राती काठमाडौंबाट यात्रु लगेको थियो । चार्टर्ड भएपनि दैनिक रुपमा नियमित दरकै भाडामा… Continue reading गौतमबुद्ध विमानस्थलबाट १३५ यात्रु लिएर मलेसिया उड्यो हिमालय एयरलाइन्स
पछिल्लो २४ घण्टामा ४९ जना कोरोना संक्रमित थपिए, २३ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३१२ जनामा गरिएको नमुना परीक्षणमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा २३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ५७५ जना कोरोनाका सक्रिय… Continue reading पछिल्लो २४ घण्टामा ४९ जना कोरोना संक्रमित थपिए, २३ जना संक्रमण मुक्त
नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । साताको कारोबारको अन्तिमदिन शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२० कम्पनीको ८९ करोड ८९ लाख ७ हजार ८२९ रुपैयाँ बराबरको २७ लाख ६७ हजार ५३९ कित्ता शेयर किनबेच… Continue reading नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
स्वतन्त्र पार्टीको‘वाचापत्र’: ‘नेपालबाट गरिबी उन्मूलन गर्ने, ‘वडा एक व्यवसाय अनेक’ योजना’
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी सभापति रवि लामिछानलेसहित नेताहरूले बिहीबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा वि.सं. २११० सम्ममा नेपालबाट गरिबी उन्मूलन गर्ने जनाएको छ । त्यस्तै आगामी २११० सम्म कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान… Continue reading स्वतन्त्र पार्टीको‘वाचापत्र’: ‘नेपालबाट गरिबी उन्मूलन गर्ने, ‘वडा एक व्यवसाय अनेक’ योजना’
राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’: स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ । पार्टी सभापति रवि लामिछानलेसहित नेताहरूले बिहीबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् । कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’: स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
डडेलधुरामा ७ स्थानको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा
डडेलधुरा । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा मतदाता भेटघाट र घरदैलोका लागि कैलालीको धनगढी पुगेका छन् । उनी बिहीबार गृह जिल्ला डडेल्धुरा पुग्नेछन् । डडेल्धुराबाट उनले चुनावी आमसभाको सुरुवात गर्नेछन् । देउवाले आज गृह जिल्ला पुगेर जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी आइतवारसम्म गृह जिल्लामै… Continue reading डडेलधुरामा ७ स्थानको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा
आजबाट निर्वाचन प्रचार-प्रसारमा आमसभा गर्न पाइने
काठमाडौं । ४ मंसिरमा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आजबाट प्रचार गर्न पाइने भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् । उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न सक्छन् । चुनाव प्रचारका लागि… Continue reading आजबाट निर्वाचन प्रचार-प्रसारमा आमसभा गर्न पाइने
उत्तर र दक्षिण कोरियाले एक-अर्का देशमा प्रहार गरे क्षेप्यास्त्र, तनाव बढ्ने संकेत
काठमाडौं । उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ क्षेप्यास्त्र प्रहार गरेका छन्। ती क्षेप्यास्त्रहरू दुवै देशका तटस्थित पानीमा खसेका छन्। कोरिया विभाजन भएयता पहिलोपटक ती दुई देशले समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार गरेका हुन्। त्यसले उक्त क्षेत्रमा तनाव निकै बढेको सङ्केत गर्ने बीबीसीले लेखेको छ । प्योङयाङले बुधवार छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार… Continue reading उत्तर र दक्षिण कोरियाले एक-अर्का देशमा प्रहार गरे क्षेप्यास्त्र, तनाव बढ्ने संकेत
नेपाललाई अमेरिका र स्वीट्जरल्याण्डसँग हवाई सेवा सम्झौताको बाटो खुला, सिधा उडान गर्न सहज
काठमाडौं । अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सेवा सम्झौता गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार मन्त्रिपरिषद्को बैठकबाट यस्तो स्वीकृति प्राप्त भएको हो । यस अनुसार अब प्राधिकरणलाई दुवै मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने बाटो खुलेको हो । अब दुवै मुलुकको सहमतिमा समय तोकेर सम्झौता हुने भएको छ । सम्झौतापछि… Continue reading नेपाललाई अमेरिका र स्वीट्जरल्याण्डसँग हवाई सेवा सम्झौताको बाटो खुला, सिधा उडान गर्न सहज
निर्वाचन प्रचारअन्तर्गत जुलुस, आमसभा र कोणसभा भोलिदेखि गर्न पाइने
काठमाडौं । राजनीतिक दलहरुले बिहीवारदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । राजनीतिक दलहरुले बिहीवारबाट सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलहरुले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् । यस्ता कार्यक्रम गर्दा… Continue reading निर्वाचन प्रचारअन्तर्गत जुलुस, आमसभा र कोणसभा भोलिदेखि गर्न पाइने
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार
काठमाडौं । शेयर बजार झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ७.३२ अंकले बढेर १९३८.३० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२७ कम्पनीको १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबरको ४३ लाख ४६ हजार ७०८ कित्ता शेयर किनबेच भएका… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार
ओलीको धम्की-‘एमालेको एकल बहुमत नआए देशले दुर्भाग्य भोग्नुपर्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माले बाहेक अर्को राष्ट्रिय शक्ति हुन नसक्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार किरण पौडेलको निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उक्त कार्यक्रममा ओलीले आगामी चुनावमा आफ्नो पार्टीको एकल बहुमत नआएको खण्डमा देशमा दुर्भाग्य हुने चेतावनी समेत… Continue reading ओलीको धम्की-‘एमालेको एकल बहुमत नआए देशले दुर्भाग्य भोग्नुपर्छ’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न हिमालय एयरलाइन्स तयार
काठमाडौं । हिमालय एयरलाइन्सले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ। एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र गौतम बुद्ध विमानस्थलबाट कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको आश्वासन नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको हिमालयले जनाएको छ। हिमालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्नेछ। नेपाल र मलेसियाको… Continue reading गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न हिमालय एयरलाइन्स तयार
अमेरिकासँग नेपालको आग्रह : ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न सहजीकरण गरिदिनुहोस
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पर्यावरणसम्बन्धी समस्या भोग्दै आएको नेपालले ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न नपाएको भन्दै यसमा सहजीकरण गरिदिन अमेरिकासँग आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा मंगलबार बिहान नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी… Continue reading अमेरिकासँग नेपालको आग्रह : ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न सहजीकरण गरिदिनुहोस
निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई दियो २ सय सवारी उपहार
काठमाडौं । निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई दुई सयवटा सवारीसाधन प्रदान गरेको छ। मङ्गलबार राजधानीमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई उक्त सवारीसाधन प्रदान गरेका हुन् । यी सवारीसाधन निर्वाचनको समयमा प्रयोग गरिनेछ। जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछ। समारोहमा अर्थमन्त्री… Continue reading निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई दियो २ सय सवारी उपहार
सुरक्षाकर्मीबाहेक निर्वाचनमा साढे २ लाख कर्मचारी खटिँदै
काठमाडौं । ४ मंसिरमा तोकिएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षाकर्मी बाहेक साढे २ लाख कर्मचारी खटिने भएका छन् । निर्वाचन आयोगका अनुसार २ लाख ४६ हजार जनशक्ति परिचालन गर्ने तयारी छ । आवश्यक कर्मचारी तथा चुनावको तयारी निरन्तर भइरहेको आयोगको भनाई छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचन… Continue reading सुरक्षाकर्मीबाहेक निर्वाचनमा साढे २ लाख कर्मचारी खटिँदै
तीन जनाको ज्यान जाने गरी कार दुर्घटना गराएका फरार चालक पक्राउ
रुपन्देही । रूपन्देहीको ओमसतिया गाउँपालिका–४ पननीमा तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाको कार चालक पक्राउ परेका छन्। दुर्घटनापश्चात कारसहित फरार रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीलाई रूपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो। प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई उदृत गर्दै राससले जनाए अनुसार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट पक्राउ गरिएको हो। सोमबार भएको दुर्घटनापछि कार चालक चौधरी फरार थिए।… Continue reading तीन जनाको ज्यान जाने गरी कार दुर्घटना गराएका फरार चालक पक्राउ