काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज थुनछेक बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुधबार थुनछेक बहस हुँदैछ । उनको बयान मंगलबार बयान सकिएको थियो । तर, थुनछेक बहस हुन नपाएपछि बुधबार थुनछेक बहस हुने भएको हो । सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा… Continue reading सन्दीपको मुद्दामा थुनछेक बहस आज
Category: फिचर
ट्वीटर भेरिफाइड बनाउन मासिक ८ डलर शुल्क तोकियो
काठमाडौं । ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने गरी शुल्क तोकिएको छ । ट्वीटरका सीईओ एलन मस्कले यस्तो जानकारी दिएका हुन् । यसअघि उनले २० डलरको प्रस्ताव राखेका थिए । तर फरक फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति अनुसार मासिक आठ डलर तोकिएको… Continue reading ट्वीटर भेरिफाइड बनाउन मासिक ८ डलर शुल्क तोकियो
ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम
काठमाडौं । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न आदेश गरेको छ । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको… Continue reading ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम
दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास थालेपछि भड्कियो उत्तर कोरिया
काठमाडौं । दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास नरोकेमा संयुक्त राज्य अमेरिकाविरुद्ध शक्तिशाली जबाफी कदम चालिने भन्दै उत्तर कोरियाले धम्की दिएको छ। वाशिङ्गटन र सउलले सोमवारदेखि तिनीहरूको सबैभन्दा ठूलो मध्येको संयुक्त हवाई सैन्य ड्रिल अभ्यास आरम्भ गरेका छन् जुन शुक्रवार समाप्त हुने बताइएको छ। उत्तर कोरियाले पनि त्यस्ता कतिपय ड्रिलहरूको जबाफमा भन्दै हालैका हप्ताहरूमा शृङ्खलाबद्ध रूपमा… Continue reading दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास थालेपछि भड्कियो उत्तर कोरिया
पाँच वर्षमा एमालेले के-के गर्छ ? यस्ता छन् ३० कार्यक्रम
काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कर्पोरेट हाउसको नयाँ प्रोडक्ट लञ्चको शैलीमा एमालेले अध्यक्ष केपी शर्मा ओलीको हात स्क्यान गरेर डिजिटल रूपमा घोषणपत्र सार्वजनिक गरिएको हो । भोकमरीको अन्त्य, असुरक्षित बसोबास स्थानान्तरणसहितका २० ग्यारेन्टी भन्दै योजना प्रस्तुत गरेका ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा कि विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्नेसहितका ६ प्रश्न जनतालाई सोधेका… Continue reading पाँच वर्षमा एमालेले के-के गर्छ ? यस्ता छन् ३० कार्यक्रम
नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स बाँडने प्रक्रिया रोकियो
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि रोकेको छ । बोर्डले मंगलबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्ने निर्णय गरेको हो । अब सर्वोच्चबाट अर्को आदेश नआएसम्म स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्सको लागि कुनै पनि आवेदन नलिने… Continue reading नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स बाँडने प्रक्रिया रोकियो
इलोन मस्कले गरे ट्वीटरको निर्देशक बोर्ड बर्खास्त, अब सञ्चालक समितिमा एक्लै
काठमाडौं । ट्विटरको कमाण्ड सम्हालेपछि एलोन मस्कले ट्वीटरको निर्देशक बोर्डलाई बर्खास्त गरेका छन्। यससँगै उनले ट्वीटरलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएका छन्। अब एलोन मस्क ट्वीटरका एक मात्र सञ्चालक बनेका छन् । डेली मेलको रिपोर्टका अनुसार हटाइएका निर्देशकहरूमा मार्था लेन फक्स, ओमिड कोर्डेस्तानी, डेभिड रोजेनब्लाट, प्याट्रिक पिचेट, इगोन फेई-फेई ली र मिमी अलेमेहेउ समावेश छन्।… Continue reading इलोन मस्कले गरे ट्वीटरको निर्देशक बोर्ड बर्खास्त, अब सञ्चालक समितिमा एक्लै
विश्वका २५ धनीको सूची सार्वजनिक, अम्बानी परिवार छैठौं स्थानमा
वासिङटन डिसी । ब्लूमबर्गले विश्वका २५ धनी व्यवसायिक घरानाको सूची सार्वजनिक गरेको छ। तीमध्ये प्रमुख ५ जनाको सूची यसप्रकार रहेको छ: २२४ अरब डलरको मालिक बालमार्ट चलाउने वाल्टन परिवार पहिलो नम्बरमा परेको छ। आम्दानी यति धेरै भएर पनि यो परिवार अमेरिकाको नर्थवेस्ट अर्कान्सास सहरमा बस्छ। अमेरिकाकै मार्स परिवार दोस्रो नम्बरमा छ। यस परिवारको कुल सम्पत्ति… Continue reading विश्वका २५ धनीको सूची सार्वजनिक, अम्बानी परिवार छैठौं स्थानमा
विद्युतीय पोलमा तानिएका जथाभावी तार हटाउन ४५ दिने अल्टिमेटम
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इण्टरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टिभि तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई आग्रह गरेको हो… Continue reading विद्युतीय पोलमा तानिएका जथाभावी तार हटाउन ४५ दिने अल्टिमेटम
युक्रेनमा पानी र बिजुली आपूर्ति प्रभावित, देशभर हाहाकार
काठमाडौं । संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै रुसले ५० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गर्दा देशभरि बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। राजधानी किएभका ८० प्रतिशत बासिन्दा खानेपानीको पहुँचबाट अलग भएको र ३,५०,००० अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताएका छन्। बीबीसीका अनुसार उत्तर पूर्वी सहर खार्किभमा पनि विद्युत् प्रणालीमा… Continue reading युक्रेनमा पानी र बिजुली आपूर्ति प्रभावित, देशभर हाहाकार
जापानको टोकियोमा विदेशीहरुबीच झडप, दुई नेपाली गम्भीर घाइते
काठमाडौं । सोमबार बिहान टोकियोको तोसिमा वार्डमा विदेशीको दुई समूहबीच झडप हुँदा दुई नेपाली पुरुषमाथि खुकुरी प्रहार भएको छ । सो क्रममा उनीहरू गम्भीर घाइते भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले उल्लेख गरेको छ । तोशिमा वार्डको किता ओत्चुकामा रहेको रामेन पसलको अगाडि “विदेशी ग्राहकहरू झगडा गरिरहेका छन” भन्ने रिपोर्ट प्राप्त भएपछि घटनास्थलमा पुगेको महानगरीय प्रहरी विभागको… Continue reading जापानको टोकियोमा विदेशीहरुबीच झडप, दुई नेपाली गम्भीर घाइते
नेपाल र यूएईले एकदीवसीय शृङ्खला खेल्ने
काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ । सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ । नेपाल र यूएईबीचको पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुने तालिका छ । यस्तै दोस्रो खेल नोभेम्बर १६ मा र तेस्रो तथा अन्तिम खेल नोभेम्बर… Continue reading नेपाल र यूएईले एकदीवसीय शृङ्खला खेल्ने
नेकपा एमालेको घोषणापत्र आज सार्वजनिक हुँदै
काठमाडौं । नेकपा एमालेको घोषणा पत्र आज आज सार्वजनिक हुने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेले मंगलबार घोषणा पत्र सार्वजनिक गर्न लागेको हो। होटल याक एन्ड यतिमा कार्यक्रम गरी मंगलबार दिउँसो घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ । घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले… Continue reading नेकपा एमालेको घोषणापत्र आज सार्वजनिक हुँदै
नारायणीमा डुंगा दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिएका छन् । डुङ्गा दुर्घटना हुँदा सुस्ता-४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका… Continue reading नारायणीमा डुंगा दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु
भारतमा डेढ शताब्दी पुरानो पुल भाचिदा कम्तीमा १४१ मारिए
काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा एउटा झोलुङ्गे पुल खस्दा कम्तीमा १४१ जना मानिसहरूको मृत्यु भएको छ। मोरबी सहरमा भएको उक्त घटनामा सयौँ मानिसहरू मच्छू नदीमा खसेका थिए। भिडिओ फुटेजहरूमा बच्न सफल भएकाहरू आंशिक रूपमा डुबेको पुलमा झुन्डिएका देखिन्थे। विवरणहरूका अनुसार घटना हुँदा लगभग ४०० मानिसहरू उक्त पुलमा थिए। बीबीसीका अनुसार अहिलेसम्म १७७ जनाभन्दा धेरै… Continue reading भारतमा डेढ शताब्दी पुरानो पुल भाचिदा कम्तीमा १४१ मारिए
माओवादीको घोषणापत्र: प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली
काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। पार्टी मुख्य कार्यालय पेरिस डाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्। प्रतिबद्धतापत्रमा माओवादीले संसदबाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जान प्रस्ताव गरेको छ । यस्तै, राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व, र समृद्धिको यात्रा तय गर्न राष्ट्रपतीय… Continue reading माओवादीको घोषणापत्र: प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली
नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजारमा हरियाली छाएको छ । तिहार बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२४ कम्पनीको ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
समाजवादीको घोषणापत्र: उत्पादन र रोजगारबाट आर्थिक समृद्धि,आधारभूत स्वास्थ्य शिक्षालाई प्राथमिकता
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव भुसालले बताएका छन् ।… Continue reading समाजवादीको घोषणापत्र: उत्पादन र रोजगारबाट आर्थिक समृद्धि,आधारभूत स्वास्थ्य शिक्षालाई प्राथमिकता
सन्दीपविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर, १० देखि १२ वर्षसम्म कैद सजाय माग
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै बलात्कार मुद्दा दर्ता गरिएको छ। सोमबार काठमाडौँ जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले सोमबार काठमाडौं… Continue reading सन्दीपविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर, १० देखि १२ वर्षसम्म कैद सजाय माग
कात्तिक १७ देखि मंसिर १ सम्ममात्र जुलुस, आमसभा र कोणसभा गर्न पाइने
काठमाडौं । आसन्न निर्वाचनमा उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने आयोगले बताएको हो। आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ… Continue reading कात्तिक १७ देखि मंसिर १ सम्ममात्र जुलुस, आमसभा र कोणसभा गर्न पाइने
राप्रपाको घोषणापत्र: प्रदेश खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय राजसंस्था
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ । सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र अहिलेको… Continue reading राप्रपाको घोषणापत्र: प्रदेश खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय राजसंस्था
निर्वाचन नजिकिएसँगै ग्रुपमाथि फेसबुकको निगरानी निस्क्रिय बनायो ‘एमआरआर’
काठमाडौं । निर्वाचन नजिकिएसँगै फेसबुकको मेटा कम्पनीले ग्रुपमाथि निगरानी बढाएको छ । ग्रुपहरु पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि चुनावको मुखमा निगरानी बढाएको हो । जसको कारबाहीमा चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) परेको छ । फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निस्क्रिय गराएको हो । एमआरआरका अनुसार गु्रप २०२०… Continue reading निर्वाचन नजिकिएसँगै ग्रुपमाथि फेसबुकको निगरानी निस्क्रिय बनायो ‘एमआरआर’
छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आइतवार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई… Continue reading छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु
काठमाडौं । नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिकामा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस बुलिङ्टार–२ मथारमा आइतबार बिहान ४ बजे दुर्घटना भएको हो। बस कालीगण्डकी कोरिडोरको सडकबाट १०० मिटर तल खसेको थियो । दुर्घटनामा परेर पाल्पाको रम्भा गाउँपालिका-१ निवासी ४१ वर्षीया तारा विक,… Continue reading मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु
अमेरिकाका विद्यालयमा बढ्यो बन्दुक आक्रमण
काठमाडौं । संयुक्त राज्य अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना सन् २०२२ मा झन् धेरै भएका छन्। अष्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट सो तथ्य पाइएको हो। सो अनुसन्धानका अनुसार अमेरिकामा पहिलेका वर्षहरुका तुलनामा यस वर्ष दुई महिना बाँकी छँदै विद्यालयमा बन्दुक आक्रमणका घटना बढी देखिएको हो। सन् २०२१ अमेरिकी इतिहासमै सबैभन्दा धेरै यस्ता हिंसाका घट्ना… Continue reading अमेरिकाका विद्यालयमा बढ्यो बन्दुक आक्रमण
महाकाली पारी भारतले सडक खन्दा गराएको विस्फोटको ढुङ्गाले लागेर दार्चुलामा बालकको ज्यान गयो
दार्चुला । महाकाली नदीपारि भारतले सडक चौडा पार्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गएको छ । अर्की बालिका घाइते भएकी छिन् । हिजो भएको घटनामा व्यास गाउँपालिका-२ दुम्लिङका हिक्मत महराका छोरा ९ वर्षीय पवनको ज्यान गएको हो । हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी छिन् । उनकाे खुट्टामा चोट… Continue reading महाकाली पारी भारतले सडक खन्दा गराएको विस्फोटको ढुङ्गाले लागेर दार्चुलामा बालकको ज्यान गयो
इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा दुई वटा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प… Continue reading इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु
तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम
काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । यसले धान बाली भित्र्याउने तयारीमा रहेका कृषकलाइ जोखिम निम्त्याउने छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १,… Continue reading तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम
गगन थापालाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाली कांग्रेसका काठमाडौं–४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापालाई निर्वाचन आयोगले फेरि स्पष्टीकरण सोधेको छ । यसअघि जुन विषयमा स्पष्टीकरण सोधिएको थियो, त्यही विषयमा यसपटक पनि आयोगले स्पष्टिकरण सोधेको हो । यसअघि आयोगले सोधेको स्पष्टीकरणको जवाफमा थापाले सार्वजनिक कार्यक्रममा जवाफ दिएका थिए । यसअघि थापाले सामाजिक सन्जाल फेसबुकमा डेंगी परीक्षण निःशुल्क गर्ने र… Continue reading गगन थापालाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगको स्पष्टीकरण:’नो नट अगेन’ अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानमा बन्द गराउन भन्दै दिएको निर्देशनबाट आलोचित निर्वाचन आयोगले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस अघिको निर्देशनले अभिव्यक्ति स्वतन्त्रतालाई हनन नगरेको भन्दै आफ्नो बचाउ गरेको हो । आयोगले उक्त निर्देशनबाट अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको… Continue reading निर्वाचन आयोगको स्पष्टीकरण:’नो नट अगेन’ अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन