माधव नेपालसहितका नेताहरु चन्द्रागिरी रिसोर्टमा

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितको टोली चन्द्रागिरी पुगेकाे छ । निर्वाचन आयोगले भदौ ९ गते सनाखतका लागि बोलाएका बेला नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपालसहित ३१/३२ जनाको समूह चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेका हुन् । बैठकमा सहभागी एक नेताकाअनुसार नयाँ पार्टीको दस्तावेजका विषयमा छलफल गर्न नेताहरुको समूह चन्द्रागिरी पुगेको हो ।… Continue reading माधव नेपालसहितका नेताहरु चन्द्रागिरी रिसोर्टमा

नेपालमा थप १८०१ जनामा कोरोना पुष्टी, १९२४ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षणमा १५४८ र २६२२ एन्टिजेन परीक्षणमा २५३ गरी १८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप १८०१ जनामा कोरोना पुष्टी, १९२४ जना संक्रमण मुक्त

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत पाएका छन् । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत पाएका हुन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र… Continue reading लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप

काठमाडौं । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप दिइने भएको छ । अफगानिस्तानबाट नेपाल फर्किएका नेपालीलाई सोमबारबाट त्रिभुवन विमानस्थलमै पोलियो खोप दिने तयारी भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण तथा खोप महाशाखाले जानकारी दिएको छ । नेपालमा ५ वर्षमुनिका बालबालिकालाई मात्र पोलियो खोप लगाइन्छ। अफगानिस्तान पोलियो रोगको जोखिम भएको मुलुक हो ।… Continue reading अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप

एमाले विवाद सहमति नजिक, दश बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच भएको छलफल सहमति नजिक पुगेको छ । अध्यक्ष ओलीको निवास बालकोटमा भएको छलफलमा कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्ने सहमति भएको हो । त्यसको लागि नेकपा एमालेले मंगलबार स्थायी कमिटीको बैठक बोलाएको छ । मंगलबार २०७५ जेठ २ को अवस्थाको… Continue reading एमाले विवाद सहमति नजिक, दश बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार

कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलायो

काठमाडौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाएको छ । प्राविधिक विषय मिलिसकेका कारण सोमबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरिएको छ । तीन जना केन्द्रीय सदस्य रहेको क्रियाशील सदस्यता छानबिन समितिले आइतबार यस विषयलाई अन्तिम रूप दिएको हो । सो क्रममा नेताहरुले शीर्ष नेतासँग परामर्श लिएका थिए ।… Continue reading कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलायो

मनसुन सक्रिय, एक साता जोखिम

Photo : wrightouttanowhere.com

काठमाडौं । नेपालमा मनसुन सक्रिय भएको छ । यसले कम्तिमा एक साता ठूलो वर्षा गराउने भएको छ । जसले गर्दा पहाडमा पहिरो र नदी किनार तथा तराई भेगमा डुबानको समस्या निम्त्याउने जोखिम रेको छ । यो पटक मनसुनको समयमा औसतभन्दा धेरै वर्षा भएको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब… Continue reading मनसुन सक्रिय, एक साता जोखिम

गाइजात्रा प्रारम्भ, उपत्यकामा बिदा

काठमाडौं । गाइजात्रा पर्व आजबाट शुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ शुरु भएको हो । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ आफ्ना क्षेत्रमा परिक्रमा गराउने प्रचलन रहेको छ । उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै… Continue reading गाइजात्रा प्रारम्भ, उपत्यकामा बिदा

अफगानिस्तानमा उद्धार उडानका लागि अब गैरसैनिक जहाज पनि खटिने

Reuters

काबुल । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट मानिसहरूको उद्धार गर्न अब गैरसैनिक वायुसेवाका विमान समेत प्रयोग गर्न सक्ने गरि अनुमति दिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने उल्लेख गरेको बीबीसीले लेखेको छ । अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित… Continue reading अफगानिस्तानमा उद्धार उडानका लागि अब गैरसैनिक जहाज पनि खटिने

अफगानिस्तानबाट अमेरिकी सैन्य जहाज चढेकी महिलाबाट जहाजमै सन्तान पैदा

US AIR MOBILITY COMMAND/ TWITTER\BBC

लण्डन । अफगानिस्तानबाट अमेरिकी सैन्य जहाज चढेकी एक महिलाले जहाजमै सन्तान पैदा गरेकी छिने । बीबीसीका अनुसार उनी अफगान नागरिक हुन् । उद्धारका लागि परिचालन गरिएको अमेरिकी उडानका क्रममा उनले जर्मनीमा बच्चा जन्माएकी हुन् । आइतवार सामाजिक सञ्जाल ट्विटरमा यूएस एअर मोबीलीटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला प्रसव पीडा सुरु भएको… Continue reading अफगानिस्तानबाट अमेरिकी सैन्य जहाज चढेकी महिलाबाट जहाजमै सन्तान पैदा

क्रान्तीकारी शक्तिसँग एकता प्रक्रिया अगाडी बढाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणमा जाने निर्णय लिएको छ । पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। बैठक पेरिसडाँडामा शनिबार र आइतबार… Continue reading क्रान्तीकारी शक्तिसँग एकता प्रक्रिया अगाडी बढाउने माओवादी केन्द्रको निर्णय

निर्वाचन आयोगद्धारा एमाले अध्यक्ष ओलीले पठाएको २६० केन्द्रीय सदस्यलाई मान्यता दिन अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर पठाएको केन्द्रीय सदस्य संख्यालाई निर्वाचन आयोगले तत्काल मान्यता नदिने भएको छ । गत मंगलबार पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ बाट २६० पारेर आयोगलाई विवरण दिएको थियो । स्रोतका अनुसार आयोगले कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान… Continue reading निर्वाचन आयोगद्धारा एमाले अध्यक्ष ओलीले पठाएको २६० केन्द्रीय सदस्यलाई मान्यता दिन अस्वीकार

दोस्रो धारका नेताबारे गोकुल बाँस्कोटाको टिप्पणी-‘जानेलाई बाटो छ, मंगलबारपछि बुधबार आउँछ’

काठमाडौं । एमाले नेता भीम रावललगायत दोस्रो धारका नेताहरुले मंगलबारसम्म दिएको अल्टिमेटमबारे गोकुल प्रसाद बाँस्कोटाले लागि कडा टिप्पणी गरेका छन् । रावललगायतका नेताहरुले मंगलबारसम्म दश बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिएपछि नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् । मंगलबारे समयको रोईलो मैले बुझिन।बस्नेलाई राडी बिच्छ्यएको फलैचा जानेलाई बाटो।काग र कोईली कालै… Continue reading दोस्रो धारका नेताबारे गोकुल बाँस्कोटाको टिप्पणी-‘जानेलाई बाटो छ, मंगलबारपछि बुधबार आउँछ’

नेपालमा थप १९२० जनामा कोरोना पुष्टी, २४ जना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९२० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा २,२४८… Continue reading नेपालमा थप १९२० जनामा कोरोना पुष्टी, २४ जना संक्रमितको मृत्यु

शनिबार एकै पटक मलेसियाबाट ल्याइयो २४ नेपालीको शव र अस्तु

काठमाडौं । शनिबार मलेसियाबाट एकै उडानमा २४ जना नेपालीको शव र अस्तु ल्याइएको छ । वैदेशिक रोजगारीमा जाँदा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव एकै पटक नेपाल ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट ती शव नेपाल ल्याइएको हो । वैदेशिक रोजगार बोर्डले यी शव नेपाल ल्याउन भूमिका खेलेको हो । सचिवालयका अनुसार मलेसियाबाट ९… Continue reading शनिबार एकै पटक मलेसियाबाट ल्याइयो २४ नेपालीको शव र अस्तु

भारतले विश्व मै पहिलो पटक कोरोनाको डीएनए खोपलाई दियो स्वीकृति

नयाँ दिल्ली । भारतले विश्वमै पहिलो पटक कोरोना भाइरस विरुद्धको डीएनए खोपलाई मान्यता दिएको छ । भारतको औषधि नियामक निकायले आपतकालीन प्रयोगका लागि कोरोनाभाइरसविरुद्ध निर्मित विश्वको पहिलो डीएनए खोपलाई स्वीकृति प्रदान गरेको भारतीय संचारमाध्यमले लेखेका छन् । तीन मात्रा दिनुपर्ने जाईकोभ-डी नामक उक्त खोप लिएका ६६ प्रतिशत मानिसमा लक्षणयुक्त सङ्क्रमण हुन नपाएको खोप उत्पादन गर्ने… Continue reading भारतले विश्व मै पहिलो पटक कोरोनाको डीएनए खोपलाई दियो स्वीकृति

आज रक्षा वन्धन, देश तथा विदेशमा मनाइदै

काठमाडौं । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बीले धुमधामसाथ मनाउँदैछन् । जनै पूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा गरिन्छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र)… Continue reading आज रक्षा वन्धन, देश तथा विदेशमा मनाइदै

अफगानिस्तानबाट फर्कने नेपालीको संख्या ५०४ पुग्यो

Reuters

काठमाडौं । अफगानिस्तानबाट नेपाल फर्कने नागरिकको संख्या ५०४ पुगेको छ । परराष्ट्र मन्त्रालयको तथ्यांक अनुसार शनिबार टर्किस एयरको जहाजमा २६ र जजिरा एयरको जहाजमा थप ९ जना गरि कुल ३५ जना नेपाली घर आएका छन् । कन्सुलर सेवा विभागको वेव पोर्टलमा शनिबार साँझसम्म ३ सय भन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गरेको तथ्यांक छ ।… Continue reading अफगानिस्तानबाट फर्कने नेपालीको संख्या ५०४ पुग्यो

अमेरिका र ओमनसँगको सिरिज खेल्ने नेपाली क्रिकेट टीम घोषणा, को-को परे ?

काठमाडौं । अमेरिका र ओमानसँग नेपालले खेल्न लागेको सिरिजका लागि राष्ट्रिय क्रिकेट टीमको घोषणा भएको छ । आगामी सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको हो । नेपाल क्रिकेट संघले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको… Continue reading अमेरिका र ओमनसँगको सिरिज खेल्ने नेपाली क्रिकेट टीम घोषणा, को-को परे ?

नेपालमा थप २०७५ जनामा कोरोना, ३० जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २,०७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सो बारे जानकारी गराइएको छ । पछिल्लो २४ घण्टामा थप ३० जनाको कोभिड १९ का कारणले मृत्यु भएको छ । मन्त्रालयका अनुसार अब नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख २५ हजार नाघेको छ । मृतकको सङ्ख्या… Continue reading नेपालमा थप २०७५ जनामा कोरोना, ३० जनाको मृत्यु

अफगानिस्तानबाट १३ हजार मानिसको गरियो हवाई उद्धार, अझै ६० हजार भन्दा बढी पर्खाइमा

file

वासिंटन डिसी । अफगानिस्तानबाट अहिलेसम्म १३ हजार मानिसको हवाई उद्धार भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो आंकडा सार्वजनिक गरेका हुन् । ह्वाइटहाउसमा पत्रकारसँग कुरा गर्दै उनले यो अहिलेसम्मकै सबैभन्दा ठूलो उद्धार मिसन भएको समेत बताएका छन् । यसलाई उनले सबैभन्दा जोखिमपूर्ण उद्धार समेत भनेका छन् । बाइडनका अनुसार अमेरिकी फौजलाई सहयोग गरेका ६०… Continue reading अफगानिस्तानबाट १३ हजार मानिसको गरियो हवाई उद्धार, अझै ६० हजार भन्दा बढी पर्खाइमा

एनसेलमाथि प्राधिकरणले लगायो जरिवाना, १ अर्ब ११ करोड क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि कारवाही गरेको छ । यो दूरसञ्चार क्षेत्रको अहिलेसम्मकै ठूलो कारबाही हो । ग्राहकको मन्जुरी नलिई गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सर्भिस आफैँ नवीकरण गराएको र यसबाट रकम लिएको अभियोग एनसेलमाथि लागेको छ । प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलमाथि १ अर्ब… Continue reading एनसेलमाथि प्राधिकरणले लगायो जरिवाना, १ अर्ब ११ करोड क्षतिपूर्ति तिर्नुपर्ने

झापामा पक्राउ परे तीन युट्युवर, के थियो कारण ?

झापा । नेपालमा युट्युवरका कारण पत्रकारिता बदनाम भइरहेको छ । पछिल्लो समय बिकृत युट्युवकारिता गरिरहेका केही व्यक्ति समाजको निसानामा पर्न थालेका छन् । झापामा चरित्र हत्या हुनेगरी भिडिओ खिचेको आरोपमा प्रहरीले युट्युबरसहित तीन जनालाई पक्राउ गरेको छ। होटलमा खाजा खाँदै गर्दा युट्युबरले अनुमति बिना कोठा भित्र प्रवेश गरी भिडिओ खिचेर सार्वजनिक गरेको उजुरी परेपछि उनीहरु… Continue reading झापामा पक्राउ परे तीन युट्युवर, के थियो कारण ?

गत वर्ष चीनबाट विद्यार्थी ल्याउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च

काठमाडौं । गत वर्ष कोरोना भाइरसको उदगमस्थल चीनको बुहानबाट नेपाली विद्यार्थीलाई घर फिर्ता गराउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च भएको पाइएको छ । यो उडान सरकारले निःशुल्क गरेको थियो । नेपाली नागरिकलाई उद्धार गरि काठमाडौं ल्याउँदा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च भएको पाइएको हो । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले यस्तो… Continue reading गत वर्ष चीनबाट विद्यार्थी ल्याउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च

नेपालमा बेरुजु सवा ४ खर्बसहित हिसाव नमिलेको रकम साढे ६ खर्ब

काठमाडौं । नेपालमा सवा ४ खर्ब बेरुजुसहित हिसाव नमिलेको रकम साढे ६ खर्ब भन्दा माथि पुगेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६\७७ को ५८ औँ वार्षिक प्रतिवेदन पेश गर्दै महालेखा परिक्षकको कार्यालले यस्तो जानकारी गराएको हो । प्रतिवेदनका अनुसार सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम रु ६ खर्ब ७६ अर्ब ४१… Continue reading नेपालमा बेरुजु सवा ४ खर्बसहित हिसाव नमिलेको रकम साढे ६ खर्ब

गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक समिति गठन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को दसौं विश्व सम्मेलनको प्रयोजनका लागि उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ । परराष्ट्रमन्त्री अध्यक्ष रहेनगरी २० सदस्यीय उच्चस्तरीय आयोजक कमिटि गठन भएको मन्त्रालयले जनाएको छ । सम्मेलन कात्तिक ६–८ मा काठमाडौंमा हुँदैछ । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू,… Continue reading गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक समिति गठन

अमेरिकाले आफ्ना नागरिकलाई कोरोना विरुद्धको बुस्टर डोज लगाउँदै, सेप्टेम्बर २० बाट शुरु

Photo source : Skynews

वासिंटन डिसी । अमेरिकाले आफ्ना नागरिकलाई कोभिड खोपको बूस्टर डोज सेप्टेम्बर २० बाट लगाउन शुरु गर्ने भएको छ यसलाई खोपको तेस्रो मात्रा समेत भनिएको छ । यो खोप सबै अमेरिकीले पाउने भएका छन् । सेप्टेम्बर २० तारिखदेखिसबै अमेरिकीका लागि बुस्टार डोज उपलब्ध हुने बीबीसीले जनाएको छ । करिब ८ महिना अगाडि खोप दिइएका स्वास्थ्यकर्मी, नर्सिङ… Continue reading अमेरिकाले आफ्ना नागरिकलाई कोरोना विरुद्धको बुस्टर डोज लगाउँदै, सेप्टेम्बर २० बाट शुरु

काठमाडौंमा राँगोलाई गोली हानेर मार्नु परेपछि…

प्रतिकात्मक तस्वीर

काठमाडौं । काठमाडौंमा भागेको एक राँगोलाई गोली हानेर मार्नु परेको छ । काठमाडौंको सडकमा आतंक मच्याएपछि राँगोलाई प्रहरीले गोली हानेर मारेको हो । यो घटना बिहीबार राति करिब १० बजेतिरको हो । कालिमाटी रामघाटस्थितबाट एक राँगो दौडेर सडकमा निस्किएपछि सडकमा भागदौड मच्चिएको थियो । त्यसक्रममा राँगोले सवारीसाधन तथा मानिसहरूलाई हान्न थालेको थियो । बधशालामा ट्रकबाट… Continue reading काठमाडौंमा राँगोलाई गोली हानेर मार्नु परेपछि…

नेपालमा थप ३०४२ जनामा कोरोना पुष्टी, २२४४ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षणमा २०७९ र ७१२४ एन्टीजेन परीक्षणमा ९६३ जना गरी कुल ३०४२ जनामा संक्रमण पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४४ हजार ३०७ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ३०४२ जनामा कोरोना पुष्टी, २२४४ जना संक्रमण मुक्त

निर्वाचन आयोगमा माधव नेपालको नयाँ पार्टी दर्ता, नाम ‘नेकपा एकीकृत समाजवादी’

काठमाडौं । माधव नेपालको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । माधव नेपाल अध्यक्ष रहेको ‘नेकपा एकीकृत समाजवादी’ को नाम दर्ता भएको हो । नेपाल समूहले यसअघि नेकपा एमाले (समाजवादी) नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर, आयोगले एमाले नाम जुधेको भन्दै नाम संशोधन गर्न आग्रह गर्दै फिर्ता पठाएको थियो… Continue reading निर्वाचन आयोगमा माधव नेपालको नयाँ पार्टी दर्ता, नाम ‘नेकपा एकीकृत समाजवादी’