विश्व बैंकले १८ अर्ब १५ करोड उपलब्ध गराउने

काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व सुदृढ, वित्तीय समाधानमा विविधता ल्याउन र वित्तीय सेवाहरूमा पहुँच बढाउन ऋणस्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय शुक्रबार गरेको… Continue reading विश्व बैंकले १८ अर्ब १५ करोड उपलब्ध गराउने

डोनाल्ड ट्रम्पले हिलरी क्लिन्टनविरुद्ध किन हाले मुद्दा ?

काठमाडौं (बीबीसी) । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो निर्वाचन अभियानलाई रुससँग जोडिदिएर हिलरी क्लिन्टन र डेमोक्र्याटिक पार्टीका अन्य नेताहरूले धाँधली गर्न खोजेको आरोप लगाउँदै उनीहरूविरुद्ध मुद्दा दायर गरेका छन्। उक्त निर्वाचनमा ट्रम्पले क्लिन्टनलाई पराजित गरेका थिए। तर आफ्नो निर्वाचन अभियानविरुद्ध षड्यन्त्र भएको ट्रम्पको दाबी छ। ट्रम्पको अभियान र टोलीलाई रुसी… Continue reading डोनाल्ड ट्रम्पले हिलरी क्लिन्टनविरुद्ध किन हाले मुद्दा ?

अमेरिकाद्वारा नेपाललाई थप ७ लाख ६६ हजार डोज खोप सहयोग

काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराएको थप ७ लाख ६६ हजार ३ सय ५० डोज कोरोना खोप काठमाडौं ल्याइएको छ। नेपालस्थित अमेरिकी राजदूत बेरीले ट्वीटमा जनाए अनुसार शुक्रबार अपरान्ह उक्त संख्याको फाइजर खोप ल्याइएको हो। अमेरिकाले ३१ लाख डोज कोरोना खोप नेपाललाई उपलब्ध गराइसकेको छ। त्यसैगरी विश्वका ११० देशमा कूल ५० करोड डोज खोप अमेरिकाले… Continue reading अमेरिकाद्वारा नेपाललाई थप ७ लाख ६६ हजार डोज खोप सहयोग

नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित,रोहितको रेकर्ड नै रेकर्ड

काठमाडौं । रोहितकुमार पौडेलले नयाँ कीर्तिमानी बनाएका खेलमा नेपाल पपुवा न्यूगिनीसँग ६ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीले दिएको २९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले सम्मानजनक हार ब्यहोरेको हो । नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो पीएनजीसँग नेपालको यो पहिलो हार हो । नेपालले एक… Continue reading नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित,रोहितको रेकर्ड नै रेकर्ड

चुनावमा सहभागी हुने वा नहुनेलाई लिएर विप्लव नेकपा तीन धारमा विभाजित

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आगामी चुनावमा सहभागी हुने वा नहुने भन्ने कोणबाट विभाजन देखिएको छ । केन्द्रीय समिति बैठकमा पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई लिएर नेताहरु विभाजित भएका हुन् । चुनावको विषयले नेताहरु तीन धारमा विभाजित देखिएका छन् । विप्लवले चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव आफ्नो… Continue reading चुनावमा सहभागी हुने वा नहुनेलाई लिएर विप्लव नेकपा तीन धारमा विभाजित

नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र १ हजार ५२० जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिए

यस्तो छ चिनियाँ विदेशमन्त्रीको भ्रमण तालिका

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी आज शुक्रबार अपराह्न तीन बजे काठमाडौं आइपुग्दैछन्। वाङ नेतृत्वको टोली आज साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने कार्यतालिका रहेकोमा दुई घण्टा अगाडि सरेको छ। नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका वाङलाई विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्काको टोलीले स्वागत गर्नेछ। विमानस्थलबाट उनी सिधै बत्तिीसपुतलीस्थित होटल द्वारिकाज पुग्नेछन् र केहीबेर आराम गरेर… Continue reading यस्तो छ चिनियाँ विदेशमन्त्रीको भ्रमण तालिका

अमेरिकाका सँग जेलेन्स्कीको गुनासो–’आश्वासन होइन, रुससँग लड्न मिसाइल देऊ’

काठमाडौं । रुस–युक्रेन युद्धको आज ३० औं दिन हो । झण्डै एक महिना बितिसक्दा पनि युक्रेन हार मानेको छैन र रुस पनि पछि हट्न तयार छैन । बिहीबार, नेटोले ब्रसेल्समा यस संकटलाई लिएर आपतकालीन बैठक गर्यो। अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो शिखर सम्मेलनलाई सम्बोधन गरे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध रासायनिक हतियार प्रयोग गरेमा… Continue reading अमेरिकाका सँग जेलेन्स्कीको गुनासो–’आश्वासन होइन, रुससँग लड्न मिसाइल देऊ’

घरेलु दर्शकसामु आज नेपालले पीएनजीसङ्ग एकदिवसीय क्रिकेट खेल्दै

काठमाडौं । नेपालले आज त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा  पपुवा न्युगिनी (पीएनजी)सङ्ग पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । हालै आइसिसी विश्वकप  लिग टुमा भिडेका यी दुई टोलि बीच लगत्तै सिरिज हुन लागेको हो । सिरिजका लागि पिएनजिको टिम नेपालमा छ ।नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ । नेपाली… Continue reading घरेलु दर्शकसामु आज नेपालले पीएनजीसङ्ग एकदिवसीय क्रिकेट खेल्दै

इटाली लगातार दोस्रोपल्ट विश्वकप पुग्न असफल, पोर्चुगलको सम्भावना कायमै

काठमाडौं । नर्थ मासेडोनियासँग प्ले अफमा हारेसङ्गै युरो च्याम्पियन इटली लगातार दुई विश्वकप फुटबलमा पुग्न असफल भएको छ । इटालीले कतार विश्वकप गुमाएको हो ।  अलेक्जान्दर त्रास्कोभ्स्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट गरेको सानदार गोल नै इटालीलाई विश्वकपमा तोक्ने माध्यम बन्यो । खेल अवधीभर पकड राखेपनी गोल हुन सकेको थिएन । आठ महिनाअघि रोवर्टो मान्सिनीले सम्हालेको… Continue reading इटाली लगातार दोस्रोपल्ट विश्वकप पुग्न असफल, पोर्चुगलको सम्भावना कायमै

चिनियाँ विदेश मन्त्री तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउदै

काठमाडौं ।  चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार  काठमाडौं अवतरण गर्दैछन् । बिहिवार अफगानिस्तानको काबुलबाट भारत झरेका उनी नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका हुन् । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् ।परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा… Continue reading चिनियाँ विदेश मन्त्री तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउदै

बलियो टोलि थाइल्यान्डसङ्ग हार्यो नेपाल

काठमाडौं । थाइल्याण्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल २–० ले पराजित भएको छ । बिहीबार थाइल्याण्डको चोन्बुरी स्टेडियममा भएको खेलमा नेपालले ७७ मिनेटसम्म गोलरहित बराबरीमा रोकेको थियो । तर ७८ औं मिनेटमा पी रोलेरले गोल गरे भने ८९औं मिनेटमा सी विराचार्टले गोल गरे । खेल अवधिभर नेपालले डिफेन्समा ध्यान दिएको थियो । जसले गर्दा थाइल्यान्डलाई गोल… Continue reading बलियो टोलि थाइल्यान्डसङ्ग हार्यो नेपाल

स्थानीय तह निर्वाचनमा काङ्ग्रेसको घोषणापत्र गगनको नेतृत्वमा बन्ने

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक बनाएको छ । केन्द्रीय कार्यसमिति बैठकको अघिल्लो दिन देउवाले महामन्त्री थापालाई घोषणापत्र तयारी समितिको संयोजक तोकेका हुन् । ३० वैशाखमा स्थानीय तहको निर्वाचन तोकिएको छ । अहिले दलहरू निर्वाचन केन्द्रित तयारीमा होमिएका छन् ।

नेपालमा थप ३५ जनामा कोरोना संक्रमण, २६६ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ८ सय ८१ पिसिआर परिक्षणका क्रममा ३२ जना र १ हजार ३ सय ८७ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २… Continue reading नेपालमा थप ३५ जनामा कोरोना संक्रमण, २६६ जना संक्रमण मुक्त

नेपालमा ९३.१ प्रतिशतले लगाए कोरानाविरुद्धको खोप, धेरै खोपदिने चीन

Reuters

काठमाडौं । नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो । चीन सरकारले अनुदान, खरिद र सहयोग गरेर नेपाललाई विभिन्न समयमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको हो । चीनले सिनोफार्म कम्पनीको भेरोसेल खोप उपलब्ध गराएको छ ।… Continue reading नेपालमा ९३.१ प्रतिशतले लगाए कोरानाविरुद्धको खोप, धेरै खोपदिने चीन

स्थानीय तहको निर्वाचनमा एमालेको उम्मेदवार हुन यी ६ मापदण्ड अनिवार्य

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ । बिहीबार कार्की ब्यांक्वेट काठमाडौंमा जारी केन्द्रीय कमिटीकाे दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका बारेमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै एमालेमा छलफल सुरु भएको हो । जसअनुसार एमालेबाट स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र… Continue reading स्थानीय तहको निर्वाचनमा एमालेको उम्मेदवार हुन यी ६ मापदण्ड अनिवार्य

दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रमको लागि सलमानलाई ४ करोड ८० लाख पारिश्रमिक

काठमाडौं । जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् । आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जनाए अनुसार सलमानसहित भारतबाट आउने कलाकारले मात्र पारिश्रमिकवापत ९ करोड ६० लाख रुपैयाँ लैजाने छन् । जसमध्येबाट सलमानले ४ करोड ८० लाख रुपैयाँ… Continue reading दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रमको लागि सलमानलाई ४ करोड ८० लाख पारिश्रमिक

नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने फाइनान्सका लगानीकर्ता

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२४ कम्पनीको ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँ बराबरको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने फाइनान्सका लगानीकर्ता

कोरियामा प्रवासी श्रमिकको भिसा एक वर्ष थपिने, नेपाली श्रमिक लाभान्वित

काठमाडौं (रासस) । ईपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ। कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः खाेलिए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो। दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२… Continue reading कोरियामा प्रवासी श्रमिकको भिसा एक वर्ष थपिने, नेपाली श्रमिक लाभान्वित

युकेनका रास्ट्रपतिको आह्वान : संसारभरबाट सडकमा उत्रिएर हामीलाई समर्थन दिनुहोस

काठमाडौं । निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका छन् । बिबिसीका अनुसार आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन्। उनले भने, “तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व… Continue reading युकेनका रास्ट्रपतिको आह्वान : संसारभरबाट सडकमा उत्रिएर हामीलाई समर्थन दिनुहोस

नेपालले आज बलियो टोलि थाइल्यान्डसङ्ग मैत्रीपुर्ण फुटबल खेल्दै

काठमाडौं । नेपाल र थाइल्यान्ड बीच आज मैत्रीपुर्ण अन्तर्राष्ट्रिय फुटबल खेल हुदैछ । खेल थाइल्यान्डको चोनबरीमा हुनेछ । नेपाली समयअनुसार साँझ ५:४५ मा खेल सुरु हुने कार्यक्रम छ ।नेपाल एसिया कप छनोट तेस्रो चरणको तयारीमा छ । सोही तयारी अनुसार बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले थाइल्यान्डको सामना गर्न लागेको हो ।  नेपालले सन् १९८७ यता तीन… Continue reading नेपालले आज बलियो टोलि थाइल्यान्डसङ्ग मैत्रीपुर्ण फुटबल खेल्दै

मोरङको लेटाङमा आजबाट हट्यो कर्फ्यु

विराटनगर । मोरङको लेटाङमा बिहिवार बिहानबाट  कर्फ्यु हटाइएको छ । जिल्ला सुरक्षा समितिको बुधबार  बसेको बैठकले अवस्था सामान्य बनेको भन्दै आज बिहान ६ बजेदेखि कर्फ्यु हटाउने निर्णय गरेको हो । लेटाङ–५ मा स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको विषयलाई लिएर गएको आइतवार तनाव भएको हो ।  आइतवार स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप… Continue reading मोरङको लेटाङमा आजबाट हट्यो कर्फ्यु

त्रिभुवन विमानस्थलका संचार उपकरणमा समस्या आएपछि उडान-अवतरण प्रभावित

काठमाडौं । त्रिभुवन विमानस्थलका संचार उपकरणमा समस्या आएपछि बिहीबार बिहानैबाट उडान अवतरण प्रभावित बनेका छन् । विमानस्थल कार्यालयका अनुसार अहिले प्रत्येक १५ मिनेटमा एउटा उडान गर्न सकिने गरि व्यवस्था मिलाएको बताएका छ । सामान्य अवस्थामा प्रत्येक तीन मिनेटमा एउटा उडान वा अवतरण गर्न सक्ने सुविधा छ । सोहीकारण बिहीबार दिनभर उडानहरु प्रभावित हुने भएका छन्… Continue reading त्रिभुवन विमानस्थलका संचार उपकरणमा समस्या आएपछि उडान-अवतरण प्रभावित

चीनमा दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटियो

काठमाडौं । दक्षिणी चीनको पहाडी क्षेत्रमा दुर्घटनामा परेको चाइना ईस्टर्न विमानको ब्ल्याक बक्स भेटिएको छ । चिनियाँ सरकारी सञ्चार माध्यमले यसको पुष्टी गरेका छन् । बीबीसीका अनुसार चिनियाँ उड्डयन अधिकारीहरूले दुई दिनको खोजी पश्चात् ब्ल्याक बक्स भेटिएको बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन्। अधिकारीहरूले मृतकको सङ्ख्या अझै यकिन गरिसकेका छैनन् । तर विमानमा सवार… Continue reading चीनमा दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटियो

चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

file

काठमाडौं । काठमाडौंको चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार न. १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको बाइकलाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगेको थियो। त्यहाँ पुर्‍याउँदा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका… Continue reading चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

पर्यटनमन्त्री आले र बलिउड अभिनेता सलमान खानबीच भिडियो वार्ता, के भयो कुराकानी ?

काठमाडौं । पर्यटनमन्त्री प्रेम आले र अभिनेता सलमान खानबीच मंगलबार भर्चुअल संवाद भएको छ । उनीहरु झण्डै १० मिनेट भिडियोको माध्यमबाट जोडिए । सो क्रममा फिल्मी कहानीदेखि सलमानलाई नेपाल भ्रमणको निमन्त्रणसम्मका सन्दर्भ जोडिए । नेपालको पर्यटन प्रवद्र्धनमा सलमान खानलाई सहभागी गराउने एक अयिभानेका प्रयास थियो, भर्चुअल संवाद । आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा… Continue reading पर्यटनमन्त्री आले र बलिउड अभिनेता सलमान खानबीच भिडियो वार्ता, के भयो कुराकानी ?

नेपालमा थप ३८ जनामा कोरोना पुष्टी, २६९ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार ५२१ जनाको एन्टिजेन परीक्षण गर्दा ४ गरी ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading नेपालमा थप ३८ जनामा कोरोना पुष्टी, २६९ जना संक्रमण मुक्त

बालुवाटारबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री चन्द्रागिरिमा

काठमाडौं । दिगो पर्वतीय समाधानका निम्ति क्षेत्रीय नीति संवाद कार्यक्रमलाई सम्बाेधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका छन् । दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन सहभागी हुन आएका १३ मुलुकका प्रतिनिधिलाई ‍नेपालको तर्फबाट सम्वोधन गर्न प्रधानमन्त्री देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका हुन् । वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सो सम्मेलनमा पर्वतीय महिला, पर्वत–समथर भू–भाग,… Continue reading बालुवाटारबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री चन्द्रागिरिमा

विश्वका प्रदूषित देशमध्ये नेपाल १० नम्बरमा

काठमाडौं । विश्वका ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य छन् । यसका कारणले जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ । विश्व स्वास्थ्य संगठनको अनुसन्धानमा संसारका कम्तीमा पनि ८० प्रतिशत नागरिकले फेर्ने सासको हावाको गुणस्तर अत्यन्तै कमसल तथा प्रदूषित रहेको पाइएको हो । यस्ता सहरमा यात्रा गर्ने वा स्थायी बसोबास गर्ने गरको… Continue reading विश्वका प्रदूषित देशमध्ये नेपाल १० नम्बरमा

यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । देशभरका यातायात व्यवस्था विभाग कार्यालयको सर्भरमा समस्या देखिएको छ । सर्भरमा समस्या देखिएपछि विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्ने निर्णय गरेको छ । विभागले बुधवार एक सूचना निकाल्दै अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब सवारी दर्ता, नामसारी, नवीकरण र कर… Continue reading यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द