काठमाडौं । नेपालमा अहिलेसम्म ५५० पत्रकारमा कोरोना पुष्टी भएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले सोमबार एक विज्ञप्ति जारी गर्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी गराएका छन् । सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार जारी छ । उनले कोरोना सङ्क्रमण भई उपचारको… Continue reading नेपालमा ५५० पत्रकारमा कोरोना, ७ को मृत्यु
Category: फिचर
नेपालमा संक्रमण र मृत्युमा रेकर्ड, सरकार आफै अलमलमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै कोरोनाको पछिल्लो अपडेट गराइरहँदा जनताले भने खोपको सुनिश्चितता, अक्सिजनको उपलब्धता र अस्पतालमा बेडको संख्या बढेको खबर सुन्न आतूर थिए । तर, प्रधानमन्त्रीसँग सकारात्मक कामको सूची थिएन । केवल कोरोनाको क्षति र संक्रमणको सूचि मात्र थियो । पार्टी विभाजन, प्रदेशहरुमा सरकार र सत्ता टिकाउन अनेक… Continue reading नेपालमा संक्रमण र मृत्युमा रेकर्ड, सरकार आफै अलमलमा
नेपालमा थप ७४४८ जनामा कोरोना पुष्टी, ३७ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार… Continue reading नेपालमा थप ७४४८ जनामा कोरोना पुष्टी, ३७ जनाको मृत्यु
गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त, नयाँ नियुक्तिमा सीता र गंगाप्रसाद
काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त भएका छन् । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन् । उनीहरु दुवै माओवादी निकट हुन् । प्रदेश प्रमुखलाई राष्ट्रपतिले मात्रै हटाउन सक्ने संवैधानिक व्यवस्था छ । पदमुक्त लगत्तै गण्डकीमा सीता… Continue reading गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त, नयाँ नियुक्तिमा सीता र गंगाप्रसाद
निषेधाज्ञा थप कडा गर्ने प्रधानमन्त्रीको घोषणा (सम्बोधनको पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञालाई थप कडा बनाउने बताएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले कोरोनाको लहर फैलिन नदिने लकडाउन नै विकल्प रहेको बताएका हुन् । ‘लकडाउन नै कोरोना संक्रमणको चेन रोक्ने उत्तम विकल्प रहेको सुझाव विज्ञहरूले दिएकाले सरकारले लकडाउनलाई थप कडा बनाउन लागेको हो,’ उनले भने । कुनै पनि नागरिकलाई लकडाउनको… Continue reading निषेधाज्ञा थप कडा गर्ने प्रधानमन्त्रीको घोषणा (सम्बोधनको पूर्णपाठ)
कोरोनाका कारण भारतमा एक सातामै २० नेपालीको मृत्यु
काठमाडौं । कोरोना संक्रमणका कारण गत साता मात्रै भारतमा २० जना नेपालीको मृत्यु भएको छ । त्यसबाहेक कुवेतमा २ र कतारमा १ नेपालीको कोरोनाकै कारण मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाले बताए । भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको महामारीका कारण नेपालीको पनि मृत्यु हुने क्रम बढेको एनआरएनएको भनाइ… Continue reading कोरोनाका कारण भारतमा एक सातामै २० नेपालीको मृत्यु
भारतमा सातामा दुई उडान बाहेक सबै अन्तर्राष्ट्रिय उडान बैशाख मसान्तसम्म बन्द
काठमाडौं । सरकारले बैशाख मसान्तसम्म सबै अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ । यो उडान प्रतिवन्ध वैशाख… Continue reading भारतमा सातामा दुई उडान बाहेक सबै अन्तर्राष्ट्रिय उडान बैशाख मसान्तसम्म बन्द
एक महिनामा वैदेशिक रोजगारीमा ३२ हजार १४२ विदेशीय
काठमाडौं । कोरोना महामारीका बीच मुलुकमा रोजगारीको अवसर नहुँदा पुनः विदेश जाने नेपालीको संख्या बढेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनसार चैत २०७७ मा मात्र ७३ देशमा कुल ३२ हजार १४२ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । यसमध्ये दुई हजार १०७ महिला छन् । फागुनमा १९ हजार ८०८ जनाले श्रम स्वीकृति लिएको… Continue reading एक महिनामा वैदेशिक रोजगारीमा ३२ हजार १४२ विदेशीय
आजबाट बैंक तथा वित्तीय संस्थामा २५ प्रतिशत मात्र कर्मचारीले काम गर्ने
काठमाडौं । नेपालमा आजबाट बैङ्क तथा वित्तीय संस्थामा २५ प्रतिशत मात्र कर्मचारी राखी काम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार एक निर्देशन जारी गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीमार्फत सेवा प्रदान गर्न निर्देशन दिएको छ । सरकारले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम… Continue reading आजबाट बैंक तथा वित्तीय संस्थामा २५ प्रतिशत मात्र कर्मचारीले काम गर्ने
निषेधाज्ञा घोषणा भएको जिल्ला ४२ पुग्यो
काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणमा बीच नेपालमा निषेधाज्ञा लागेको जिल्ला ४२ पुगेको छ । संक्रमित संख्या शहरमा ५ सय र पहाडमा २ सय नाघेमा निषेधाज्ञा गर्न सक्ने अधिकार सरकारले स्थानीय प्रशासनलाई दिएको छ । सोही अनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा गरिरहेका छन् । गृह मन्त्रालयका अनुसार अहिलेसम्म अति प्रभावित ४२ जिल्लामा पूर्ण तथा आंशिक… Continue reading निषेधाज्ञा घोषणा भएको जिल्ला ४२ पुग्यो
आफु हारेर पनि ममता वेनर्जीले पार्टीलाई दिलाइन् ऐतिहासिक जित
पश्चिम बंगाल । भारतीय राज्य पश्चिम बंगालमा तृणमूल कंग्रेसकी अध्यक्ष तथा मुख्यमन्त्री ममता बेनर्जी पराजित भएकी छन् । तर, उनको एकल तागतमा प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहसहित हेभिवेट नेताले प्रचार गरेको भाजपा नराम्रोसँग हारेको छ । तृणमूल कंग्रेसले भने पश्चिम बंगालमा पुनः सानदार जित निकाल्न सफल भएको छ । यहाँ विधान सभाको मतगणनामा… Continue reading आफु हारेर पनि ममता वेनर्जीले पार्टीलाई दिलाइन् ऐतिहासिक जित
प्रदेश दुईमा संक्रमित स्वास्थ्यकर्मीको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने
जनकपुर । प्रदेश २ मा कोरोना महामारी न्यूनिकरणमा लडिरहेका जनशक्ति स्वयमः संक्रमित भएमा उनीहरुको खर्च सरकारले बेहोर्ने भएको छ । प्रदेश २ सरकारले कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो । राससका अनुसार आइतबार बसेको प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय लिएको हो… Continue reading प्रदेश दुईमा संक्रमित स्वास्थ्यकर्मीको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने
शंकर पोखरेलले लिए मूख्यमन्त्रीको सपथ, कांग्रेस र माओवादीद्धारा कडा विरोध
काठमाडौं । विपक्षी गठबन्धनबाट बहुमत आफुसँग रहेको दावि गर्दै हस्ताक्षर बुझाएपनि मूख्यमन्त्रीमा नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन । आज बिहान पदबाट राजिनामा गरेका उनले एमालेसँग एक्लै बहुमत रहेको दावि गरेका थिए । उनलाई नियुक्त नगर्न विपक्षी दलले हस्ताक्षर बुझाएपनि प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पोखरेललाई नै मूख्यमन्त्रीमा… Continue reading शंकर पोखरेलले लिए मूख्यमन्त्रीको सपथ, कांग्रेस र माओवादीद्धारा कडा विरोध
राष्ट्रपतिले बोलाइन् संसदको विशेष अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले २७ वैशाखमा बस्ने गरी विशेष अधिवेशन बोलाएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । आइतबार बसेको मन्त्रिपरिषद… Continue reading राष्ट्रपतिले बोलाइन् संसदको विशेष अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिने
आन्तरिक उडान भोली रातीबाट बन्द, भारतसँगको उडान रद्द
काठमाडौं । सरकारले सोमबार मध्यरातिदेखि लागु हुने गरी आन्तरिक उडान बन्द गरेको छ । सोमबारका लागि निर्धारित उडान भने जारी रहने छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सोमबार राती १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । बैठकले भारतबाट हुने सम्पूर्ण उडान रद्द गरेको छ… Continue reading आन्तरिक उडान भोली रातीबाट बन्द, भारतसँगको उडान रद्द
नेपालमा एकैदिन ७ हजार २११ जना कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १६ हजार १४७ नमुना परीक्षणमा ७१३७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ६२३ जनाको एन्टिजेन परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित… Continue reading नेपालमा एकैदिन ७ हजार २११ जना कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु
शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवज्यूले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी… Continue reading शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त
लयमा फर्कियो नेपाली शेयर बजार: नेप्से ५४ अंकले बढ्दा ७ अर्बको कारोबार
काठमाडौं । लकडाउनको दोस्रो कारोबारको दिन शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आइतबार नेप्से ५४ अकले बढेर २६६५.११ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२६ कम्पनीको ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँ बराबरको १ करोड, ५८ लाख ३२… Continue reading लयमा फर्कियो नेपाली शेयर बजार: नेप्से ५४ अंकले बढ्दा ७ अर्बको कारोबार
शंकर पोखरेलको बहुमत गुम्यो, विमला वली माओवादी केन्द्रमा प्रवेश
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको बहुमत गुमेको छ । नेकपा एमालेकी प्रदेशसभा सदस्य विमला वली माओवादी केन्द्रमा प्रवेश गरेपछि मुख्यमन्त्री पोखरेलको बहुमत गुमेको हो । सांसद वली उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित भएकी थिईन । प्रदेशसभामा बहुमत रहेको उनको पक्षमा ४० जना सांसद मात्र भएका छन् । सरकार निर्माण गर्न वा टिकाउनका लागि… Continue reading शंकर पोखरेलको बहुमत गुम्यो, विमला वली माओवादी केन्द्रमा प्रवेश
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो। प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार… Continue reading लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
अमेरिका र फ्रान्सले भारत पठाए ठूलो संख्यामा मेडिकल सामग्री
नयाँ दिल्ली । अमेरिका र फ्रान्सले भारतका लागि ठूलो संख्यामा मेडिकल सामग्री भारत पठाएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार कोरोना संकटसँग जुधिरहेको भारतलाई सहयोग गर्न अमेरिकाले तीन कार्गो प्लेन भारत पठाएको छ । जसमा अक्सिजन उपकरणसँग सम्बन्धित सामग्री र एन९५ मास्क रहेको बताइएको छ । यूएस एजेन्सी फर इन्टनेशनल डेवलपमेन्टले प्रेस विज्ञप्ती जारी गर्दै यसको… Continue reading अमेरिका र फ्रान्सले भारत पठाए ठूलो संख्यामा मेडिकल सामग्री
हङकङले रोक्यो नेपालसँगको हवाई उडान
हङकङ । काठमाडौंबाट हङकङका लागि हुने हवाई उडान रोकिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच हङकङले नेपालसँगको हवाई उडान रोक्ने निर्णय गरेको हो । संचारमाध्यमहरुका अनुसार शनिबारदेखि लागू हुने गरि नेपालसँगका सबै हवाइ उडान रोक्ने निर्णय त्यहाँको सरकारले गरेको छ । नेपालमा कोरोनाभाइरसको संक्रमण तिब्र छ । तर, हङकङमा भने विदेशबाट आएका मानिसहरुमा मात्र… Continue reading हङकङले रोक्यो नेपालसँगको हवाई उडान
लुम्बिनीका मूख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आज टेबुल हुँदै
बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव टेबुल हुँदैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा ६ वैशाखमा अविश्वासको प्रस्तवा दर्ता भएको हो । सो प्रस्ताव आजको बैठकमा पेश गर्न लागिएको हो । यसबारे शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको हो । नेकपा… Continue reading लुम्बिनीका मूख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आज टेबुल हुँदै
भारतले पनि आयात गर्यो रुसी खोप, पहिलो चरणमा एक लाख डोज ल्याइयो
हैदरावाद । नेपालको छिमेकी मुलुक भारतले पनि रुसी खोप आयात शूरु गरेको छ । कोरोना विरुद्धको लडाईमा खोपलाई महत्वपूर्ण मानिएको छ । खोप लगाएका व्यक्तिमा कम सर्ने र सरिहालेमा पनि अवस्था गम्भीर नहुने विश्लेषण गरिएको छ । सोहीकारण भारतले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउन थालेको छ । भारत कोरोनाको दोस्रो भेरियन्टबाट संसारको सबैभन्दा… Continue reading भारतले पनि आयात गर्यो रुसी खोप, पहिलो चरणमा एक लाख डोज ल्याइयो
दाङमा भारतीय कार भित्र तीन नेपाली बालकको शव फेला, दुई जना पक्राउ
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा भारतीय कार भित्र तीन नेपाली बालकको शव फेला परेको छ । करीव तीन महिना अगाडी देखि रोकि राखेको कार भित्र शव रहेको शनिबार मात्र खुलेको थियो । आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन बालकको पहिचान भएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गाइडर… Continue reading दाङमा भारतीय कार भित्र तीन नेपाली बालकको शव फेला, दुई जना पक्राउ
कोभिडसँग लड्न अमेरिकाले नेपाललाई करीव १ अर्ब बराबरको सहयोग गर्ने
काठमाडौं । कोरोना महामारीसँग लड्न अमेरिकाले नेपाललाई करीव १ अर्ब रुपैयाँ (८५ लाख डलर) बराबरको सहयोग गर्ने भएको छ । कोभिड रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई उक्त सहयोग गर्न लागेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । शनिबार नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै युएसएआइडीमार्फत ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने घोषणा… Continue reading कोभिडसँग लड्न अमेरिकाले नेपाललाई करीव १ अर्ब बराबरको सहयोग गर्ने
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना, अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । उनको सचिवालयले यसको पुष्टी गरेको हो । उनमा पखालासहितको लक्षण देखिएको छ । यद्दपी उनको अवस्था सामान्य रहेको बताइएको छ । शुरुमा मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएपछि नर्भिक अस्पताल ल्याइएको छ । पछिल्लो समय नेपालमा कोरोनाले चरम रुप… Continue reading पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना, अस्पताल भर्ना
नेपालमा एकैदिन ५७६३ जना कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ५७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ९६९ नमुना परीक्षणमा ५७६३ जनामा संक्रमण पुष्टि भएको हो । १४ हजार ४०३ जनाको पीसीआर विधिबाट गरिएको नमूना परीक्षणमा ५७०६ र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा… Continue reading नेपालमा एकैदिन ५७६३ जना कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु
काठमाडौं उपत्यकामा २४९५ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा २४९५ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ गरी २४९५ कोरोना संक्रमित थपिएका हुन्।
भारत यात्रामा अष्ट्रेलियाको कडा नियम, स्वदेश फर्किए ५ वर्ष जेल
सिड्नी । अष्ट्रेलियाको सरकारले अहिले भारत भ्रमणमा जानु गैरकानूनी भएको घोषणा गरेको छ । उसले आफ्ना नागरिकलाई भारत भ्रमणबाट फर्किएर अष्ट्रेलियामा आए ५ वर्षसम्मको जेल सजाय हुन सक्ने नियम ल्याएको बीबीसीले जनाएको छ । भारतमा कोरोनाभाइरस सङ्क्रमित भई क्वारन्टीनमा बसिरहेका अस्ट्रेलियाका नागरिकहरूको सङ्ख्याका आधारमा पछिल्लो निर्णय लिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै साताको शुरूतिर… Continue reading भारत यात्रामा अष्ट्रेलियाको कडा नियम, स्वदेश फर्किए ५ वर्ष जेल