काठमाडौं, १४ मंसिर । कोभिड–१९ का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २ सय ९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा… Continue reading कोरोनाले एक हप्तामा ६ जना गैरआवासीय नेपालीको निधन, कुन देशमा कति ?
Category: फिचर
नेपाली सेयर बजारमा रेकर्डै रेकर्ड, एकैदिन ९ अर्ब २२ करोड बढीको कारोबार
काठमाडौं । आइतबार सेयर बजारमा नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा माथि परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । गतहप्ता मात्र साढे ४ वर्ष पुरानो रेकर्ड तोडेको… Continue reading नेपाली सेयर बजारमा रेकर्डै रेकर्ड, एकैदिन ९ अर्ब २२ करोड बढीको कारोबार
कतारमा रोजगारी परिवर्तन गर्न राजिनामा पत्र अनिवार्य
काठमाडौं । अब कतारमा रोजगारी परिवर्तन गर्न चाहने कामदारले नयाँ कामका लागि आवेदन दिने क्रममा साविकको रोजगारदातासँग बुझाएको राजिनामा पत्र समेत संलग्न गर्नुपर्ने भएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले यस्तो प्रावधान कार्यान्वयनमा ल्याएको हो । अब कामदारले रोजगारी परिवर्तन गर्न खोजेमा नयाँ कम्पनीको अफर लेटरमा हस्ताक्षर र स्टाम्पसमेत आवश्यक हुने… Continue reading कतारमा रोजगारी परिवर्तन गर्न राजिनामा पत्र अनिवार्य
चिनियाँ रक्षामन्त्री आज नेपाल भ्रमणमा आउँदै
काठमाडौं । पछिल्लो समय चीन र भारतबाट निरन्तर नेपालमा उच्चस्तरीय भ्रमण भइरहेको छ । सोही सन्दर्भमा आज चीनका रक्षामन्त्री नेपाल आउँदैछन् । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो एकदिने औपचारिक भ्रमणका सिलसिलामा काठमाडौं आउँदैछन् । नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेट गर्नेछन् । प्रधानसेनापति… Continue reading चिनियाँ रक्षामन्त्री आज नेपाल भ्रमणमा आउँदै
गोल्छा र ढकाल सामु अर्थतन्त्र पुनरुद्धारको चूनौति
काठमाडौं । कोरोना भाइरसको महामारीका बीच अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । यद्दपी सरकार यो स्वीकार्न तयार छैन । तर, सूचकांकहरुले त्यस्तै संकेत गर्छन् । यस्तै चूनौतिका बीच नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएको छ । अब महासंघको नेतृत्व शेखर गोल्छाले गर्दैछन् भने उनलाई भावी नेतृत्व चन्द्र ढकालले साथ दिनेछन् । निर्वाचनमा यी दुई… Continue reading गोल्छा र ढकाल सामु अर्थतन्त्र पुनरुद्धारको चूनौति
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । शनिबार भएको निर्वाचनको मतपरिणाम आइतबार बिहान आएको छ । उनी प्रतिद्वन्द्वी किशोर प्रधानलाई हराउँदै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । सोहीकारण उनी अब महासंघको आगामी कार्यकाल अध्यक्ष… Continue reading नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
प्रचण्डको प्रतिवेदनमाथि ओलीको काउण्टर (पूर्णपाठ)
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको विवाद अहिले उत्कर्षमा छ । दुई अध्यक्ष एक अर्काविरुद्ध राजनीतिक प्रतिवेदनका माध्यमबाट प्रहार गरिरहेका छन् । सर्वप्रथम नेकपाल अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन सचिवालयलमा प्रस्तुत गरेका थिए । उनको काउण्टरमा आज अर्का अध्यक्ष ओलीले प्रतिवेदन ल्याएका छन् । दुबै प्रतिवेदनमा पार्टीलाई मजवुत गराउने भन्दा बढी आरोप प्रत्यारोप देखिन्छ ।… Continue reading प्रचण्डको प्रतिवेदनमाथि ओलीको काउण्टर (पूर्णपाठ)
नेपालमा थप १३८० जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३८० जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३० हजार ७२३ रहेको छ । थप ५१५ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित… Continue reading नेपालमा थप १३८० जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?
थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १९ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १४५४ पुगेको छ । यसअघि शुक्रबार २३, बिहिबार २३, बुधबार २८, मंगलबार २४, सोमबार १६, आइतबार १६ जनाको मृत्यु… Continue reading थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो
रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु
रुकुम पश्चिम । रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कच्ची सडकमा जीप दुर्घटनामा परेको हो । रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरा भन्ने स्थानमा शुक्रबार साँझ जीप दुर्घटनामा परेको हो । यसअघि शुक्रबार नै बिहान गुल्मीमा जीप दुर्घटनामा परी ६ जनाको ज्यान गएको थियो । आठबीसकोट–२ घारीखोलाबाट… Continue reading रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदैछ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाका दौरान नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुन लागेको हो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने प्रावधान छ । अहिले वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने भएका छन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष… Continue reading नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज
चिनियाँ रक्षामन्त्री आइतबार नेपाल भ्रमणमा आउने
काठमाडौं । चिनियाँ रक्षामन्त्री आइतबार नेपाल भ्रमणमा आउने निश्चित भएको छ । सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहीको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको हो । नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाटको कार्यक्रम राखिएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापासँग समेत उनको औपचारिक भेटघाटको कार्यक्रम छ ।… Continue reading चिनियाँ रक्षामन्त्री आइतबार नेपाल भ्रमणमा आउने
रुसी भ्याक्सिन भारतमा पनि उत्पादन हुने, वार्षिक १० करोड डोज उत्पादनको लक्ष्य
मस्को । रुसी कोरोना भ्याक्सिन स्पुतनिक भी भारतमा समेत उत्पादन हुने भएको छ । स्पुतनिक भी उत्पादक कम्पनीले स्थानीय साझेदारमार्फत भारतमै भ्याक्सिन उत्पादनको घोषणा गरेको हो । भारतमा भने हेटेरो नामक औषधि उत्पादक कम्पनीले उत्पादन गर्ने भएको छ । भारतमा वार्षिक १० करोड डोज खोप उत्पादनको सम्झौता भएको छ । हेटेरो भारतको अग्रणी औषधि उत्पादक… Continue reading रुसी भ्याक्सिन भारतमा पनि उत्पादन हुने, वार्षिक १० करोड डोज उत्पादनको लक्ष्य
कास्मिरमा नेपाली गोर्खा सैनिकको मृत्यु
जम्मु कास्मिर । कास्मिरमा शुक्रबार बिहान भएको आतंककारी हमलामा एक गोर्खा सैनिकको ज्यान गएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार नेपालको दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत गोर्खा सैनिकको ज्यान गएको हो । लुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा स्थायी घर भएका ३० वर्षीय प्रेम केसीको आतंककारी हमला परी ज्यान गएको छ । उनीसहित एक… Continue reading कास्मिरमा नेपाली गोर्खा सैनिकको मृत्यु
भैरहवा विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने
काठमाडौं । निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल सञ्चालनमा १० मेगावाटको सोलार प्लान्ट राखिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको छ । शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव… Continue reading भैरहवा विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने
थप १७०३ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति भेटिए ?
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १७०३ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २९ हजार ३४३ रहेको छ । थप १२३६ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये २… Continue reading थप १७०३ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति भेटिए ?
थप २३ संक्रमितको मृत्यु, मृतकको संख्या १४३५ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २३ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १४३५ पुगेको छ । यसअघि बिहिबार २३, बुधबार २८, मंगलबार २४, सोमबार १६, आइतबार १६ जनाको मृत्यु भएको थियो।
सिन्धुपाल्चोकमा आजबाट भौगर्भिक अध्ययन गरिदै
काठमाडौं । सिन्धुपाल्चोकमा आजबाट भौगर्भिक अध्ययनको काम शुरु हुने भएको छ । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त बस्तीहरूको भौगर्भिक अध्ययन गर्न थालिएको हो । सुरूमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरूले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने भएको छ । जिल्ला आयोजना कार्यन्वयन… Continue reading सिन्धुपाल्चोकमा आजबाट भौगर्भिक अध्ययन गरिदै
गुल्मीमा जीप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु
गुल्मी । गुल्मीमा आज भएको सडक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा पर्दा उक्त मानवीय क्षति भएको हो । कुल ९ जा सवार जीपमा तीन जना घाइते रहेको र चालक भने सकुसल रहेको प्रहरीले जनाएको छ । घाइतेलाई थप… Continue reading गुल्मीमा जीप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु
नेपालका परराष्ट्र मन्त्रीलाई भारत भ्रमणको निम्तो
काठमाडौं । भारत सरकारले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको छ । नेपा भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई डिसेम्बर दोस्रो साता भारतमा आयोजना गरिएको परराष्ट्र मन्त्री स्तरीय बैठकका लागि औपचारिक निम्तो दिएका हन् । बैठकको मिति यकिन भएको छैन । तर, डिसेम्बरको दोस्रो साता बैठक… Continue reading नेपालका परराष्ट्र मन्त्रीलाई भारत भ्रमणको निम्तो
म्याराडोनाको सम्मानमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक, अन्तिम दर्शन गर्न लाखौंको भिड
काठमाडौं । डिएगो म्याराडोनाको निधन भएपछि अर्जेन्टिनामा तीन दिनसम्म राष्ट्रिय शोक घोषणा भएको छ । उनको शव राजधानीस्थित पे्रसिडेन्टल प्यालेस कासा रोसारामा राखिएको छ । जहाँ अन्तिम दर्शनको काम जारी छ । सर्वसाधारणलाई समेत अन्तिम दर्शनको मौका दिइएका कारण लाखौं समर्थकले उनको दर्शन गरिरहेका छन् । लोकप्रिय फुटबलर म्याराडोनाको बुधबार ६० वर्षको उमेरका हृदयाघातका कारण… Continue reading म्याराडोनाको सम्मानमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक, अन्तिम दर्शन गर्न लाखौंको भिड
भारतीय विदेशसचिव उच्चस्तरीय भेटवार्तामा व्यस्त
काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्धन शृंगला दुई दिने भ्रमणका सिलसिलामा आज नेपाल आइपुगेका छन् । काठमाडौं आएसँगै उनी द्धिपक्षीय भेटघाटमा व्यस्त रहे । बिहीबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा उनले नेपाली भाषामा आफ्नो प्रतिक्रिया दिएका थिए । त्यसक्रममा उनले नेपालमा आउँदा आफु खुसीको भएको बताएका थिए । विदेश सचिवका रुपमा पहिलो भ्रमणका लागि नेपाल आएपछि… Continue reading भारतीय विदेशसचिव उच्चस्तरीय भेटवार्तामा व्यस्त
नेपालमा थप १६१४ जनामा कोरोना पुष्टि, १४३७ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा परीक्षण गर्दा १६१४ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २७ हजार ६४० रहेको छ । थप १४३७ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये दुई लाख… Continue reading नेपालमा थप १६१४ जनामा कोरोना पुष्टि, १४३७ जना संक्रमणमुक्त
‘सरकारले उद्यमी र व्यवसायीबीच भेदभाव गर्दैन, गच्छे अनुसारको मात्रै अपेक्षा गर्नुहोस्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मनको गरिब नभएको तर साधन स्रोतको भने सीमितता रहेको बताएका छन् । उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार मनको गरिब नभएपनि धनको भने गरिब रहेकाले सोही अनुसार अपेक्षा राख्नुपर्ने बताएका हुन् । प्रधानमन्त्रीले साधारण सभालाई सम्बोधन गर्दै केटाकेटीले अभिभावको गक्ष हेरेर सोही… Continue reading ‘सरकारले उद्यमी र व्यवसायीबीच भेदभाव गर्दैन, गच्छे अनुसारको मात्रै अपेक्षा गर्नुहोस्’
नेपाली सेयर बजारमा नयाँ कीर्तिमान, एकैदिन दुई रेकर्ड
नेपाकाठमाडौं । सेयर बजारमा दुई नयाँ रेकर्ड कायम भएका छन्। बजारको परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार परिसूचक १ हजार ८९३ अंकमा कायम भएको छ। जुन अंक अहिलेसम्मकै उच्च हो। यसअघि २०७३ साउनमा परिसूचक १ हजार ८८१ अंकमा पुगेको थियो। कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ। यस दिन ७ अर्ब ६१… Continue reading नेपाली सेयर बजारमा नयाँ कीर्तिमान, एकैदिन दुई रेकर्ड
भारतको तमिलनाडुमा छिर्यो निवार तुफान, हजारौं मानिस प्रभावित
तमिलनाडु । दक्षिण भारतमा शक्तिशाली तुफान निवारका कारण जनजीवन प्रभावित भएको छ । दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीका विभिन्न स्थानमा भारी वर्षा र तीव्र गतिको हावासहित ‘निवार तुफान’ आएको छ । समुन्द्री तटका १ हजार घरपरिवारबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको र जलसेनाका ४० भन्दा बढी उद्धार समुह तयारी अवस्थामा रहेको भारतीय संचारमाध्यमले जनाएका छन्… Continue reading भारतको तमिलनाडुमा छिर्यो निवार तुफान, हजारौं मानिस प्रभावित
व्यस्त कार्यकालिकासहित भारतीय विदेश सचिव आज काठमाडौं आउँदै
काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं अवतरण गर्दैछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउनेछन् । नेपाल र भारतबीचको सम्बन्धमा उचारचढाव आइरहेको समयमा भारतबाट लगातार उच्चस्तरीय भ्रमण भइरहेका छन् । यसअघि गुप्तचर विभागका प्रमुख र सेनाप्रमुखबाट नेपालको भ्रमण भइसकेको छ । त्यसो… Continue reading व्यस्त कार्यकालिकासहित भारतीय विदेश सचिव आज काठमाडौं आउँदै
सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति
काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्ने भएको छ । यसका लागि मन्त्रिपरिषद्ले स्विकृति दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणाको स्वीकृति दिएको हो । अब भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयले सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ । सगरमाथाको उचाई साविकको तुलनामा केही वृद्धि भएको बताइएको छ ।… Continue reading सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति
महान फुटबलर म्याराडोनाको ६० वर्षको उमेरमा निधन
काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जन्टाइन फुटबल एशोसिएनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार उनको हर्टअट्याकका कारण निधन भएको हो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको गत नोभेम्बरमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया भएको थियो । त्यसपछि उनको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने… Continue reading महान फुटबलर म्याराडोनाको ६० वर्षको उमेरमा निधन
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसहित चार जनामा कोरोना पुष्टी
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडी र एक जना स्टाफमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । आजबाट प्रशिक्षण थाल्नु अगाडी उनीहरुको स्वाव संकलन गरिएको थियो । ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेलमा संक्रमण पुष्टी भएको हो । अर्का एक जना स्टाफमा समेत कोरोना पुष्टी भएको छ । खेलाडीमा… Continue reading नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसहित चार जनामा कोरोना पुष्टी