Category: फिचर

  • ओलीप्रति आक्रामक प्रचण्ड : आँखा जुधाएर बहस गर्न चूनौति

    ओलीप्रति आक्रामक प्रचण्ड : आँखा जुधाएर बहस गर्न चूनौति

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रप्रति गरेको टिप्पणीलाई लिएर अध्यक्ष प्रचण्ड आक्रामक बनेका छन् । संसदमा ओलीले कुनै दल अरुको सहारा बीना निर्वाचनमा जान नसक्दै भन्दै व्यंग गरेका थिए । साथै उनले जनयुद्धबारे समेत कटाक्ष गरेका थिए । जवाफमा प्रचण्डले एउटा कालखण्डमा भएको आन्दोलनलाई लिएर पटक पटक प्रहार गर्दा अन्याय हुने बताए । साथै उनले भने, ‘तपाइहरु पनि टाउको काटेर जेल गएको हो भन्यो भने के हुन्छ ?’ एमालेको विगत समेत सोही रहेको तर्फ उनले स्मरण गराए ।

    एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन माओवादी र आफुले ठूलो योगदान गरेको भन्दै आगामी निर्वाचनबाट एक्लै एमालेको प्रधानमन्त्री बनेर देखाउन समेत प्रचण्डले चूनौति दिए । ओलीको प्रवृत्तिसँग काम गर्न असहज भएको भन्दै उनलेृ एमालेका अन्य नेता र कार्यकर्तासँग काम गर्न भने कुनै कठिन नभएको बताए । दाहालले प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि सहभागी हुने क्रममा ओलीलाई आफ्नो प्रवृत्ति सुधार्न सुझाव दिए ।

    उनले भने, ‘मलाई त एमालेका धेरै नेता कार्यकर्ताप्रति भरोसा, विश्वास छ अहिले पनि । यो प्रवृत्ति जसमा यति धेरै अहंकार, यतिधेरै दम्भ र निषेधात्मक प्रवृत्ति नहुने हो भने एमालेका नेता कार्यकर्तासँग काम गर्न कठिन हुने देखिँदैन ।’ यसअघि प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन, संघीय र प्रदेश सरकार गुमाएको कुरालाई लिएर ओलीले आत्मसमीक्षा गरी वामपन्थी एकताको कुरा गर्ने अपेक्षा गरेको तर त्यसो नभएको बताए । एमाले अध्यक्ष ओलीले निर्वाचनमा माओवादी पत्तासाफ हुने भनेको सम्झँदै उनले आँखा जुधाएर बहसमा आउन समेत ओलीलाई चूनौति दिए ।

  • एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको आह्वान : जनमतको कदर गर

    एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको आह्वान : जनमतको कदर गर

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले छिटपुट घटनालाई लिएर समग्र निर्वाचनबारे धारणा बनाउन नहुने बताएका छन् । एमाले अध्यक्ष ओलीले राज्यसत्ताको दुरुपयोग भएको, पञ्चायत कालमा भन्दा पनि बढ्ता बुथ कब्जा गर्ने काम गरेको भन्दै भन्दै संसदमा सरकारको आलोचना गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले प्रधानमन्त्री देउवाले छिटफुट घटनालाई लिएर निर्वाचनप्रति संशय व्यक्त नगर्न आग्रह गरे ।

    उनले भने, ‘छिटफुट घटनालाई दिएर निर्वाचनको समग्र प्रक्रिया र परिणमममा संशय व्यक्त गर्नु उपयुक्त हुन्न, ‘सार्वभौम जनता नै निर्णयक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प छैन ।’ उनले नीति तथा कार्यक्रममा ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणाक आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषय समाधान गरिने उल्लेख भएको पं्रसंग निकाले । यसअघि संसदमा ओलीले लिपुलेक, लिम्पियाधुरा, लिपुलेकबारे नीति तथा कार्यक्रममा उल्लेख नभएको भन्दै प्रश्न गरेका थिए ।

    प्रधानमन्त्री देउवाले भने, , ‘लिम्पियाधुरा, लिपुलेक र कालपानी नेपालको भूमि नेपालको हो भन्नेमा नेपाल सरकार प्रष्ट छ ।’ बुढीगण्डकी जलविद्यत् आयोजना नेपालले नै बनाउने निर्णय गरेको, बीआरआईबारे केही उल्लेख नभएको भन्दै ओलीले परराष्ट्र नीतिमाथि प्रश्न उठाएका थिए । अमेरिकी विदेश उपमन्त्रीले गुम्बा भ्रमण गरेको विषयमा लिएर ओलीले नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ कि छैन भनेर प्रश्न गरेका थिए ।

    प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताए । अमेरिकी उपमन्त्रीको गुम्बा भ्रमणबारे ओलीले उठाएको प्रश्नमा देउवाले छिमेकी मित्रराष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन सरकार सचेत रहेको बताए । नेपाल सरकारको आर्थिक सामाजिक विकासमा मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त हुने उदार सहायता र सहयोगका लागि आभार समेत व्यक्त गरे ।

  • यस्तो छ नेपाली अर्थतन्त्रको चित्र

    यस्तो छ नेपाली अर्थतन्त्रको चित्र

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ मा नेपाली अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब पुगेको छ । कुल ५.८४ प्रतिशतले बिस्तार भएको अर्थतन्त्रको आकार साढे ४८ खर्ब पुगेको आर्थिक सर्वेक्षणमा देखिएको छ । अर्थ मन्त्री जनार्दन शर्माले शनिबार आर्थिक सर्वेक्षण २०७८\ ७९ संसदमा पेश गरेका हुन् । अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको रहेको छ । जीडीपीमा बागमती प्रदेशको हिस्सा ३६.९ प्रतिशत छ । सबैभन्दा कम कर्णाली प्रदेशको हिस्सा ४.१ प्रतिशत छ । नेपालीको प्रतिव्यक्ति आय १ हजार ३८१ डलर पुगेको छ । नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो ।

    नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको टाउकोमा ६३ हजार ३१० रुपैयाँ सार्वजनिक ऋण पर्न जान्छ । अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड र बाह्या ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ छ । सरकारले यस वर्ष फागुन मसान्तसम्म ८९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । फागुन सम्म अनुदान र ऋण गरी बाह्य सहायता ४७ अर्ब ९४ करोड रुपैयाँ उपयोग गर्न सकेको छ । यस अवधिमा वैदेशिक सहायता प्रतिवद्धता भने अनुदानमा ९ अर्ब ४६ करोड र ऋणमा १ खर्ब १६ अर्ब ६१ करोड गरी कुल १ खर्ब २६ अर्ब ७ करोड बराबरको प्राप्त भएको छ ।


    कस्तो छ अर्थतन्त्र

    आर्थिक वृद्धिदर : ५.८४ प्रतिशत
    अर्थतन्त्रको आकार : ४८ खर्ब ५१ अर्ब ६२ करोड
    प्रतिव्यक्ति आय : १३८१ अमेरिकी डलर
    मुद्रास्फीति : ७.१ प्रतिशत
    कुल सार्वजनिक ऋण : १८ खर्ब ४८ अर्ब १९ करोड
    बीमाको दायरामा आएको जनसंख्या : २९ प्रतिशत
    व्यापार घाटा : ११ खर्ब ६० अर्ब
    सोधनान्तर स्थिति : २ खर्ब ५८ अर्ब घाटा
    चालु खाता : ४ खर्ब ६२ अर्ब घाटा
    विप्रेषण आय : ६ खर्ब ३१ अर्ब
    विद्युतको पहुँच पुगेको जनसंख्या : ९४ प्रतिशत
    सामाजिक सुरक्षा भत्ता वितरण : ४६ अर्ब

  • रन्थनिएकाहरुलाई कुण्ठा पोख्न दिनुपर्छ : गगन थापा

    रन्थनिएकाहरुलाई कुण्ठा पोख्न दिनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले कुण्ठा मात्र पोखेको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले केपी ओली रन्थनिएको बताए । यस्तो बेलामा जसरी बोले पनि त्यसको जवाफ दिइरहन नपर्ने उनको भनाई छ । ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रारम्भमै घण्टौंको गन्थन प्रस्तुत भैसकेपछि केही साथीहरूले भन्नुभयो, गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ । मैले साथीहरूलाई भनें, प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति, असहमति व्यक्त हुन सक्छ । तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन,’ उनले भने ।
    उनले थपे, ‘कुण्ठामा केवल सहानुभूति हुन्छ । त्यसैले यो बेलामा साथीहरूले भन्नुभयो घण्टौं बसेर बोल्ने ? भैले भनें, यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ,’ थापाले भने ।

  • बालेन र हर्क साङपाङ संघीय लोकतान्त्रिक गणतन्त्रका सुन्दर फूल हुन् : प्रचण्ड

    बालेन र हर्क साङपाङ संघीय लोकतान्त्रिक गणतन्त्रका सुन्दर फूल हुन् : प्रचण्ड

    काठमाडौं । माआवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साङपाङ संघीय लोकतान्त्रिक गणतन्त्रका सुन्दर फूल भएको बताएका छन् । उनीहरुले निर्वाचन जित्नु साँचो अर्थमा स्वतन्त्र उम्मेदवारले जितेको मानिने उनको भनाई छ । शनिबार संसदमा बोल्दै प्रचण्डले उनीहरुको पछाडि कुनै पनि पार्टी र उनीहरुको नेताको साथ नरहेको उल्लेख गरे । काठमाडौं र धरानमा जनताले उम्मेदवारको विचार, प्रवृत्ति र संकल्प मन पराएकै कारण स्वतन्त्र उम्मेदवारले जितेको उनले बताए । उनले भने संघीय लोकतान्त्रिक गणतन्त्रभित्र काठमाडौं र धरानमा फेरि दुईटा नयाँ फूलहरु फक्रिएका हुन्, फूलबारी संघीय लोकतान्त्रिक गणतन्त्र नै हो ।’ उनले घेराबन्दीबाट बचेर काम गर्न स्वतन्त्र मेयरहरुलाई सुझाव दिए ।

  • युक्रेनको साटो देशका विद्यालयको सुरक्षामा प्राथमिकता देउ : ट्रम्प

    युक्रेनको साटो देशका विद्यालयको सुरक्षामा प्राथमिकता देउ : ट्रम्प

    ह्यूस्टन । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्ससको एक प्राथमिक विद्यालयमा भएको हमलाबारे आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले युक्रेनलाई सहायता दिनुको साटो आफ्नो विद्यालयमा सुरक्षा बढाउन भनेका हुन् । उनले अमेरिकाले युक्रेनमा सहायता बढाउनुको साटो विद्यालयको सुरक्षामा बढी फण्डिङ गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्व राष्ट्रपतिले यदि अमेरिकाले युक्रेनको सहायतामा अर्बौ डलर खर्च गर्न सक्छ भने विद्यालयको सुरक्षा किन गर्न सक्दैन भन्दै प्रश्न गरेका हुन् ।

    ह्यूस्टनमा नेशनल राइफल एशोसिएशनको एक बैठकमा भाग लिएका ट्रम्पले यस्तो बताएका हुन् । नेशनल राइफल एशोसिएशन अमेरिकाको सबैभन्दा ठूलो गन ग्रुप हो । पूर्व अमेरिकी राष्ट्रपतिको यो बयान यूवाल्डेमा एक विद्यालयमा भएको हमलाको तीन दिन पछि आएको हो । हमलामा दुई दर्जन बालबालिका तथा शिक्षकको ज्यान गएको छ । उनले इराक, अफगानिस्तानमा अमेरिकाले गरेको अर्बौं रुपैयाँको लगानीको समेत कुनै प्रतिफल नआएको समेत स्वीकार गरे ।

  • मेयर बनेको पहिलो दिनमै बालेन ल्याण्डफिल साइट अवलोकनमा

    मेयर बनेको पहिलो दिनमै बालेन ल्याण्डफिल साइट अवलोकनमा

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बनेको पहिलो दिनमै बालेन शाह शुक्रबार काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइटको स्थलगत अनुगमन गर्न पुगेका छन् । पछिल्लो समय सिसडोल र बन्चरेडाँडामा नियमित गाडी जान नसक्दा काठमार्डौंमा फोहोर उठ्न सकेको छैन । स्थानीयले विभिन्न माग राखेर गाडीमा अवरोध गरिरहेका छन् । बालेन शुक्रबार धन्यवाद र्‍याली सकेर सिसडोल र बन्चरेडाँडा पुगेका हुन् ।

    बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले अवरोध भने जारी राखेका छन् । उनले स्थानीयहरुसँग फोहोर व्यवस्थापनको अवस्था र उनीहरुको मागबारे छलफल गरे । मंगलबारदेखि सरकारले प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर विसर्जन गर्न प्रयास थालेको छ । उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ । शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन सुरु भएपछि स्थानीयबासी आन्दोलित भएका हुन् ।

  • आज आर्थिक सर्वेक्षण, भोली बजेट

    आज आर्थिक सर्वेक्षण, भोली बजेट

    काठमाडौं । प्रतिनिधि सभामा शनिबार चालु आर्थिक वर्ष २०७८\०७९ को आर्थिक सर्वेक्षण पेस हुँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे आह्वान भएको छ । सोही बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्नेछन् । आर्थिक सर्वेक्षण शुक्रबार नै पेस गर्ने कार्यसूची थियो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधले गर्दा सम्भव भएको थिएन ।

    आगामी आर्थिक वर्षको बजेट आइतबार पेश हुँदैछ । त्यसअघि आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने प्रावधान रहेको छ । आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्नेछन् । यस पटक सरकारले कृषि र उद्योगमा प्राथमिकताका साथ बजेट राख्ने तयारी गरेको छ ।

  • रिलिजको पहिलो दिनमै कबड्डी-४ को ऐतिहासिक कमाई

    रिलिजको पहिलो दिनमै कबड्डी-४ को ऐतिहासिक कमाई

    काठमाडौं । नेपालमा स्वदेशी चलचित्रले एकै दिन गरेको कमाईमा कबड्डी ४ ले यस अघिका सबै कीर्तिमान तोडेको छ । फिल्मका निर्देशक रामबाबु गुरुङ र वितरक गोविन्द शाहीले फिल्मले पहिलो दिन सबैभन्दा ठूलो व्यापार गर्ने रेकर्ड बनाएको बताएका छन् । शुबmबार मल्टिप्लेक्सका सबै शोमा शतप्रतिशत अकुपेन्सीमा फिल्म चलेको बताइएको छ । ‘कबड्डी ४’ले सबैभन्दा धेरै मल्टिप्लेक्स च्यानल रहेको क्यूएफएक्समा शुक्रबार १ सय ७ शो पाएको थियो । यो संख्या आइतबारसम्म बढ्ने देखिएको छ ।

    फिल्मले पहिलो दिन नेपालभरबाट साढे तीन करोडको व्यापार गरेको आकलन निर्माण पक्षको रहेको छ । आइतबारसम्मका लागि सबै टिकट ‘सोल्डआउट’ भएका कारण समेत उनीहरु उत्साहित भएका हुन् । यो फिल्मलाई बिग मुभिजले १७ र एफक्युबले १७ वटा शो दिएका थिए । कीर्तिपुरमा समेत ६ वटा शो हाउसफुल बनेका छन् । फिल्ममा तीन करोड लगानी भएको बताइएको छ । पहिलो दिनमै लगानी उठेपछि निर्माण पक्ष हर्सित छ । रिलिजअगाडि नै फिल्मले डिजिटल राइट्स र ओभरसिज राइट्स (विदेश व्यापार) बाट समेत लगानी भए बराबरको रकम उठाइसकेको थियो ।

    पहिलो सिरिज विदेशमा अत्यधिक प्रदर्शन भएकैले चौथो सिरिजले डायस्पोरामा राम्रो शो पाएको हो । युरोपभित्रका २० देशमा फिल्म पुगिसकेको हो । माल्टा, साइप्रस, इटाली, नर्वे, जर्मन, पोल्यान्ड, हल्यान्ड, स्विट्जरल्यान्डमा प्रदर्शनको घोषणा भएको निर्माण पक्षले जनाएको छ । न्युजिल्यान्ड, अस्ट्रेलियासँगै अमेरिकाका ६४ राज्यमा प्रदर्शन घोषणा भएको छ । यो संख्या पहिलाको तुलनामा अत्यधिक रूपमा बढेको गुरुङ बताउँछन् । भारतको सुष्मा प्रोडक्सनसँग पनि सम्झौता भइसकेको छ ।

  • गणतन्त्र दिवसको अवसर पारी ८३४ कैदीबन्दीको सजाय माफ

    गणतन्त्र दिवसको अवसर पारी ८३४ कैदीबन्दीको सजाय माफ

    काठमाडौं । सरकारले गणतन्त्र दिवसको अवसर पारेर ८३४ जनाको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट यस्तो निर्णय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय मिनाहा गरिएको हो । उनीहरुले आइतबारबाट यस्तो माफी पाउने भएका हुन् ।

    संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ । सरकारले अचल आचरण भएका, गम्भीर तथा फौजदारी कसुरबाहेक सामान्य अपराधमा सजाय भोगिरहेका र कैदको अधिकांश समय भुक्तान गरिसकेका कैदीको बाँकी कैद माफी दिने प्रावधान रहेको छ । राजनीतिक आस्थाका बन्दीहरु समेत यो समयमा बढी छुट्ने गर्छन् ।

  • स्वास्थ्य मन्त्रालयले भन्यो : मङ्कीपक्सबाट सतर्क रहौं

    स्वास्थ्य मन्त्रालयले भन्यो : मङ्कीपक्सबाट सतर्क रहौं

    काठमाडौं । विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको जानकारी गराएका छन् । उनले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताए । यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्र्पकमा आउँदा तिनीका र्‍याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ।

    यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरिरमा प्रवेश गरेर पनि सर्ने गर्दछ। बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्दछ।

    ज्वरो आउनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनुजस्ता यस रोगमा लक्षण देखिन्छ। यस्तै टाउको, ढाड र मासपेशीदुख्नु, शरिरका ग्रन्धि बढ्नु, लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैँ हराउने गर्दछ। बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने मन्त्रालयले जनाएको छ।

    मङ्कीपक्सबाट बच्नका लागि मङ्कीपक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमति व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेशनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने, नियमितरूपमा साबुन पानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाडा तातो पानीले धुने, सङ्क्रमतिको सम्पर्कमा आएका सहत र स्थान निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नु पर्दछ। मन्त्रालयले ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

  • भक्तपुरमा मेलम्चीको सफल परीक्षण

    भक्तपुरमा मेलम्चीको सफल परीक्षण

    भक्तपुर । मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ। राससका अनुसार आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्यांकीको साँचो खोलेर शुक्रबार नगरपालिकाभित्रका दुई हजार ५ सय घरका धारामा पानी छोडी परीक्षण सम्पन्न गरिएको हो।

    खानेपानीको पुरानो पाइपलाइन रहेका क्षेत्रहरू जगाती आदर्श, पाण्डुबजार, घलाते, चुनदेवी, सुवर्ण चोक, सल्लाघारीदेखि राधेराधे पुलसम्मका घरका धारामा सफलतापूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको काठमाडौं खानेपानी आयोजना भक्तपुरका निमित्त प्रमुख चेतबहादुर ऐरले जानकारी दिए।

    भक्तपुर नगरपालिका क्षेत्रका करिब चार हजारभन्दा बढी धारामा बिहीबार सफलतापूर्वक परीक्षण सफल भएको जानकारी दिँदै उनले बिहीबार र आज गरी सात हजार धारामा पानी वितरण गरिएको र भक्तपुरका चारवटै पालिकामा मेलम्चीको खानेपानी वितरण गरिने जानकारी दिए। बीस लाख लिटर क्षमताको पुरानो र ६० लाखको लिटर क्षमताको नयाँ ट्यांकी गरी ८० लाख लिटरको क्षमताको दुई वटा ट्यांकीमध्ये २० लाख लिटर क्षमताको ट्यांकीबाट पानी वितरण सुरू गरिएको उनले बताए।

  • पत्नी हत्याका दोषि पूर्वडीआजी कोइराला फैसला उल्टिएपछि पक्राउ

    पत्नी हत्याका दोषि पूर्वडीआजी कोइराला फैसला उल्टिएपछि पक्राउ

    काठमाडौं । सर्वोच्च अदालतबाट जन्मकैदको सजाय नघट्ने फैसला आएको भोलीपल्टै पत्नी हत्याका दोषि सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट कोइरालालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको छ । जन्मकैद मुद्दामा जेल सजाय बिताइरहेका कोइराला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ८ वर्ष जेल बसेपछि सजायको मक्सद पूरा हुने फैसला आएपछि गत वर्ष छुटेका थिए ।

    तर बिहीबार कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको इजलासले जबरा र केसीले गरेके फैसला उल्टाउँदै रञ्जनलाई जन्मकैद नै हुने फैसला सुनाएको हो । अब उनी साढे ११ वर्ष जेल बस्नुपर्छ । पक्राउ परेका कोइरालालाई प्रहरीले अब फैसला कार्यान्वयनका लागि अदालतमा पेश गर्ने भएको छ । त्यसपछि उनी पुनः कारागार चलान हुने प्रावधान रहेको छ ।
    कोइरालाले सशस्त्र प्रहरीको डीआईजी रहेका बेला २७ पुस २०६८ मा पत्नी गीता ढकालको हत्या गरेका थिए ।

    पारिवारिक सम्बन्ध बिग्रिँदै गएपछि छुट्टिएर बस्न थालेका रञ्जनले सम्बन्ध विच्छेदका लागि दबाव दिँदै अंश चलनको मुद्दा हालेका थिए । गीताले माना चामल मुद्दा हालेकी थिइन् । गीता बुढानीकण्ठमा बस्दै आएकी थिइन् । रञ्जन नेशनल डिफेन्स कोर्स गर्न चीन गएका थिए । पुस तेस्रो साता नेपाल आएका रञ्जुन २७ गते गीताको घर पुगेर कान्छो छोरा लिएर हिँडेका थिए, त्यसपछि गीताले माइतीलाई जानकारी गराएकी थिइन् । त्यसपछि गीता माइतीको सम्पर्कबाट टाढा भइन् ।

    छोरी सम्पर्कविहीन भएपछि उनका बाबु हरेराम ढकालले ६ माघ २०६८ मा महानगरीय प्रहरी परिसरमा जाहेरी दिएका थिए । प्रहरी अनुसन्धानका क्रममा रञ्जनले २७ पुसमै गीताको हत्या गरेर मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपथको मेत्राङ भन्ने ठाउँमा शव जलाएको पुष्टि भएको थियो । ८ माघमा पक्राउ परेका कोइरालालाई झण्डै २ वर्षपछि जिल्ला अदालत, काठमाडौंले जन्मकैदको फैसला सुनाएको हो ।

  • बलात्कार मुद्दामा उजुरी दिन हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

    बलात्कार मुद्दामा उजुरी दिन हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

    काठमाडौं । यौन दुर्व्यवहारको कसुरमा उजुरी दिने हदम्याद पूर्ण रुपमा हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।

    शुक्रबार संसद् सचिवालयमा दर्ता भएको प्रस्तावमा बालबालिकाबाहेक अन्यको हकमा समेत बलात्कार मुद्दामा उजुरी दिने हदम्यादको व्यवस्था पुनरावलोकन र पुनर्विचार गरी आवश्यक संशोधन गर्नुपर्ने माग गरिएको छ ।

    विभिन्न दल र स्वतन्त्र सांसदको समर्थनमा नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद् सचिवालयमा शुक्रबार संकल्प प्रस्ताव दर्ता गराएकी हुन् । प्रस्तावको समर्थकहरुमा एमाले सांसद बिमला राई पौड्याल, प्रमिलाकुमारी यादव, बिमला घिमिरे, मदनकुमारी शाह ९गरिमा०, शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा रहेका छन् ।

    समाजमा बालबालिकाविरुद्ध यौन हिंसाका घटनाहरु बढिरहेको, डर त्रास, लोभलालच वा विभिन्न शारीरिक र मानसिक अवस्थाका कारण समयमै उजुरी दिन नसकेको र उजुरी दिन सक्षम भइसक्दा हदम्यादका कारण पीडितले न्याय नपाउने, पीडकले उन्मुक्ति पाउने अवस्था देखिएकाले ऐन पुनरावलोकनका लागि प्रस्ताव ल्याइएको संकल्पमा उल्लेख गरिएको छ ।

  • ओलीको आलोचना गरेको भन्दै एमालेद्धारा संसद अवरोध, अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

    ओलीको आलोचना गरेको भन्दै एमालेद्धारा संसद अवरोध, अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

    काठमाडौं । नेकपा (एमाले)ले फेरि संसदमा अवरोध गरेको छ । शुक्रबार बसेको संसद बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमाथि आलोचनात्मक टिप्पणी गरेको विरोधमा एमालेले संसद अवरोध गरेको हो ।

    बैठकमा विशेष समय लिएर बोलेका कानुनमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेका थिए ।

    लगतै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गरे । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि उद्योगमन्त्री बडूले आफ्नो सम्बोधन जारी राखे ।

    आयल निगमलाई निजीकरण गर्न लागिएको भन्दै अध्यक्ष ओलीले बिहीबारको बैठकमा सरकारको आलोचना गरेका थिए ।

    मन्त्रीको बडुले अध्यक्ष ओलीको विषयमा टिप्पणी गर्दै गर्दा एमाले सांसदहरुले सुरुमै नियमापत्ति गरेका थिए । एमाले सांसद खगराज अधिकारीले मन्त्री बडुको अभिव्यक्ति संसद रेकर्डबाट हटाइनुपर्ने माग गर्दै छानबिन समिति गठनको माग गरेका थिए ।

    मागलाई अध्ययन गर्ने सभामुखको अभिव्यक्ति पछि पनि एमाले सांसदहरुले संसदमा होहल्ला गरिरहे । एमालेका सांसदहरुले मन्त्री बडुले बोलेको शब्द आपत्तिजनक भएको भन्दै नहटाएसम्म संसद चल्न नदिने चेतावनी दिए । एमालेको निरन्तर अवरोध पछि सभामुखले संसद बैठक केहीबेरका लागि स्थगित गरेका छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक विषयमा जानकारी गराउने क्रममा अमर्यादित शब्द परेको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदले आपत्ति जनाएका थिए ।

    सभामुख सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर प्रस्तुत गरिएको शब्द हटाउन निर्देशन दिएपछि प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ ।

  • नेपाली शेयर बजारमा दाहोरो अंकको गिरावट, १ अर्ब २९ करोडको कारोबार

    नेपाली शेयर बजारमा दाहोरो अंकको गिरावट, १ अर्ब २९ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)१९.२७ अंकले घटेर २२२०.३३ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २२३ कम्पनीको १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५८९ रुपैयाँ बराबरको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने सुधार आएको छ । ८८ करोड ८७ लाख ८१ हजार ९०७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    यद्यपि कारोबार दिनहुँ घटेकोले लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहेका छन् ।

    आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको परिसूचक राताम्मे भएका छन् । भने एक वटाको बढेको छ । एक कम्पनीको शेयरमूल्यमा ६ प्रतिशत भन्दा बढीको वृद्धि भएको छ । रुरु जलविद्युत परियोजनाको शेयरमूल्य ६.१३ प्रतिशतले बढेरको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज १७ करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ ।

    त्यस्तै, आज दिव्याश्वरी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, अप्पर तामाकोशी हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र साम्लिङ पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

  • पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने सरकारको निर्णय

    पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको छ।

    प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकले पूर्वाधार कर हटाउने निर्णय गरेको जानकारी गराएका छन्।

    अहिले सरकारले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ। हाल पेट्रोलमा नेपाल सरकारले ६३ हाराहारीमा कर उठाइरहेको छ। त्यसमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क समेटिन्छ।

    त्यस्तै स्वचालित प्रणालीमा जाँदा उपभोक्तामाथि उच्च मार पर्ने भन्दै मूल्य स्थिरीकरण कोषमा निगमले आफ्ना सबै बिक्रीको १ प्रतिशत रकम जम्मा गर्छ।

    निगमको बिमासहित प्रशासनिक एवं बिक्री खर्च र उसको प्राविधिक नोक्सानीका लागि थप १ दशमलव ७७ रुपैयाँ जोडिन्छ।

    नेपाल आयाल निगमले १ सय १७ रुपैयाँ १८ पैसामा किनेको पेट्रोल जनतालाई १ सय ८० रुपैयाँमा बेच्दै आएको छ। सरकारले पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटरमा १० रुपैयाँँ तथा खाना पकाउने एलपी ग्यास सिलिन्डरमा दुई सय रुपैयाँ बढाएको थियो।

    निजी क्षेत्र र उपभोक्ता अधिकारकर्मीहरूले समेत करमा केही कटौती गरेर इन्धनको मूल्य घटाउन माग गर्दै आएका थिए।

  • पूर्वी युक्रेनमा रुसले बढायो आक्रमण

    पूर्वी युक्रेनमा रुसले बढायो आक्रमण

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले डोन्बास क्षेत्रमा रूसले गरेको आक्रमणका कारण उक्त क्षेत्र बसोबासका लागि अनुपयुक्त हुनसक्ने बताएका छन्। बीबीसीका अनुसार टेलिभिजनमार्फत् गरिएको सम्बोधनका क्रममा उनले पूर्वी युक्रेनका सहरहरूलाई खरानीमा परिणत गर्ने रुसको मनसाय देखिएको बताए। यसअघि युक्रेनी उपरक्षामन्त्रीले रुसीहरूले एकैसाथ धेरै क्षेत्रमा आक्रमण गरेको र युद्धको गति झन् तीव्र हुँदै गएको बताएकी थिइन्।


    युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले देशको पूर्वी भागमा अवस्था मानिसहरूले बुझे भन्दा निकै खराब रहेको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गर्दै उनले रुसी सेनाविरुद्ध उभिनका लागि पश्चिमा राष्ट्रहरूसँग युक्रेनलाई खासगरी एकै पटक धेरै रकेट प्रहार गर्न सकिने प्रणाली लगायतका शक्तिशाली हतियार उपलब्ध गराउन पुनः आग्रह गर्दै भने, ‘हामीलाई शक्तिशाली अस्त्रको आवश्यकता छ। त्यो नभएको अवस्थामा हामी रसी सेनालाई पछि धकेल्न सक्ने अवस्थामा छैनौँ।’

    मस्कोले हाल डोन्बासका दुई सहर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। कुलेबाले खाद्यान्नको आपूर्ति हुने एउटा मुख्य युक्रेनी बन्दरगाहमा रूसले अवरोध सिर्जना गरेकै कारण विश्वमा खाद्य सङ्कटको खतरा बढेको बताएका छन्। डोन्बासको रूपमा परिचित पुरानो तथा महत्त्वपूर्ण औद्योगिक केन्द्रलाई स्वतन्त्र पार्ने घोषित लक्ष्यका साथ रुसी फौजहरूले पूर्वी युक्रेनका सहरमाथि बमबारी गरिरहेको बताइएको छ।

    दोस्रो ठूलो सहर खार्किभमाथि कब्जा गर्ने अभियानलाई त्यागेका भ्लादिमिर पुटिनले धेरै मात्रामा रुसी भाषा बोलिने पूर्वी युक्रेनमा सैन्य जित हासिल गर्न चाहिरहेका छन् जहाँ युक्रेनले नरसंहार गरिरहेको उनको आरोप छ। युक्रेनमाथि आक्रमण अन्त्य गरी त्यसलाई सफलताको सङ्ज्ञा दिनका लागि पूर्वी युक्रेनमा आफ्नो उद्देश्य पूर्ति गर्नु रुसी राष्ट्रपति पुटिनको न्यूनतम आवश्यकता रहेको बताइएको छ। युक्रेनले डोन्बास क्षेत्रका लागि भइरहेको लडाइँ युरोपमा दोस्रो विश्व युद्धपश्चात् सबैभन्दा ठूलो रहेको जनाएको छ। तर युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो भूमिको प्रत्येक सेन्टिमिटरका लागि सेना लडिरहने बताएका छन्।

  • बालेन, स्थापित र सिर्जना बाहेक काठमाडौंको मेयरमा सबैको जमानत जफत

    बालेन, स्थापित र सिर्जना बाहेक काठमाडौंको मेयरमा सबैको जमानत जफत

    काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा बालेन शाह, सिर्जना सिंह र केशव स्थापित बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ। उपमेयरतर्फ समेत यस्तै नतिजा आएको छ । स्वतन्त्र उम्मेदवार बालेनले ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भए । उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ । दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत ल्याइन् । एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत पाए । तीन जना उम्मेदवारले मात्र काठमाडौंमा १० प्रतिशत मत कटाएका हुन् ।

    आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीको १३ हजार ७ सय ७० मत आयो । यो यो कुल सदर मतको ८.६१ प्रतिशत थियो । उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल ६८ हजार ६ सय १२ मत ल्याइन् । उपमेयरमा गठबन्धन तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८ सय ६ मत पाए। काठमाडौं महानगरका कुल मतदाता ३ लाख २ सय ४२ जना रहेकामा १ लाख ९० हजार ९ सय ६२ मत खसेको थियो । तीमध्ये ७ हजार ६ सय ८२ मत पूर्ण बदर भए।

  • बालेनलाई सिर्जनाको बधाई, मतदातालाई धन्यवाद

    बालेनलाई सिर्जनाको बधाई, मतदातालाई धन्यवाद

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मतदातालाई धन्यवाद दिंदै आफूले मत जित्न नसके पनि नगरवासीको मन जितेको बताएकी छिन् । महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएपश्चात मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई समेत सिंहले दिएकी छिन् ।

    उनले भनेकी छिन्, ‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें ।’ उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि गरेकी छन् । मेयरकी प्रत्यासी सिंह ३८३४१ मतका साथ दोस्रो भएकी छन् । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ६१७६७ मतका साथ निर्वाचित भएका छन् ।

  • काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउँछौं : बालेन

    काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउँछौं : बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार बिहान निर्वाचन कार्यालयले आयोजना गरेको निर्वाचित घोषणा तथा बधाई कार्यक्रममा संक्षिअप्त प्रतिक्रिया दिएका बालेनले यस्तो बताएका हुन् । अबको पाँच वर्ष कार्ययोजना पुरा गर्ने भन्दै यसुमा सबै नगरबासीको सहयोग चाहिने बताए । उनले काठमाडौं बासी सबै एकै परिवार भएको भन्दै सुन्दर काठमाडौं बनाउन सबैको साथ चाहिने समेत बताए ।

  • काठमाडौं महानगरपालिकाको मेयर बने बालेन्द्र साह

    काठमाडौं महानगरपालिकाको मेयर बने बालेन्द्र साह

    काठमाडौं । र्‍यापर बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयर बनेका छन्  । स्वतन्त्र उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गर्दै इतिहास रचेका हुन ।
    साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।

    उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । उनले नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ 

  • बाजुराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखलाई हटाएर बुढिगंगामा पुनः निर्वाचन हुने

    बाजुराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखलाई हटाएर बुढिगंगामा पुनः निर्वाचन हुने

    काठमाडौं । निर्वाचनको स्वच्छतामा आँच आउने काम भएको भन्दै निर्वाचन अयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी , नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाइ अरू कर्मचारी पठाएर बुढिगंगा नगरपालिकामा पुनः निर्वाचन गर्न सरकारलाई निर्देशन दिएको छ । यससँगै बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान हुने भएको छ । वैशाख ३० गते भएको पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो ।

    बिहीवार विज्ञप्ति निकालेर आयोगले वैशाख ३० गते भएको चुनाव रद्द गर्दै फेरि मतदान गर्ने निर्णय गरेको जानकारी दिएको छ । त्यहाँ खटिएका अधिकारीहरुलाई निर्वाचन कसुरअनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन समेत सरकारलाई निर्देशन दिएको पनि निर्वाचन आयोगको विज्ञप्तिमा उल्लेख छ । बुढीगङ्गा नगरपालिकामा दश वटा वडामध्ये ६ वटा वडामा विवाद छ ।

  • पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने सर्वोच्चको फैसला सर्वोच्चले नै उल्ट्यायो

    पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने सर्वोच्चको फैसला सर्वोच्चले नै उल्ट्यायो

    काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्चले उल्टाएको छ ।

    दुई वर्षअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासको कोइरालाको कैद मिनाहाको फैसला उल्ट्याएको हो ।

    कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा। कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसाला उल्टाउने निर्णय गरेका हुन् ।

    पूर्ण इजलासको यो फैसलापछि कारागारबाट रिहा भएका कोइराला अब करिब साढे ११ वर्ष कैद बस्नुपर्नेछ । उनी अहिलेसम्म साढे ८ वर्षमात्र कैद बसेका छन् ।

    कानून अनुसार जन्मकैदको सजाय हुदा २० वर्ष कैद बस्नुपर्ने थियो । सर्वोच्चले यसअघि साढे ८ वर्ष कैद बसेका कोइरालाको बाकी साढे ११ वर्ष कैद मिनाहा गरेको थियो ।

  • विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि एमाले जनप्रतिनिधिले गरे सपथग्रहण बहिष्कार

    विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि एमाले जनप्रतिनिधिले गरे सपथग्रहण बहिष्कार

    काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख मनोज साहको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यक्रम बहिष्कार गरेका छन् ।

    एमालेबाट निर्वाचित ७ वटा वडाध्यक्ष र २९ वटा सदस्यले सपथग्रहण कार्यक्रम सामूहिकरूपमा बहिष्कार गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै एमाले जनप्रतिनिधिले निधिलाई प्रमुख अतिथि बनाएकाले सपथग्रहण समारोहमा उपस्थित हुन असमर्थ भएको उल्लेख गरेका छन् ।

    ‘सपथग्रहण समारोहमा प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री वा नेपाल सरकारका कुनै तहका कर्मचारीलाई प्रमुख अतिथि बनाएको भए आपत्ति थिएन’, विज्ञप्तीमा भनिएको छ ।

    कांग्रेसबाट टिकट नपाएपछि नगर सभापतिबाट राजीनामा दिएर साह स्वतन्त्र उम्मेदवार बनेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका उनले चुनावपछि पनि स्वतन्त्र रहने बताएका थिए । तर, निर्वाचित भएपछि अब कांग्रेसमै रहने साहले बताउन थालेपछि उनी विवादमा तानिएका छन् ।

  • ‘राजनीतिक वितृष्णाले धेरै ‘बालेनहरू’ जन्मन थाले, पार्टीहरूको अस्तित्व समाप्त हुन्छ’

    ‘राजनीतिक वितृष्णाले धेरै ‘बालेनहरू’ जन्मन थाले, पार्टीहरूको अस्तित्व समाप्त हुन्छ’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जनताहरुमा राजनीतिक वितृष्णा बढ्दै गएको बताएका छन् ।

    सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सुरु भएको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले मुलुकमा धेरै बालेनहरु जन्मिएर उनीहरुले राज्य गर्ने र राजनीतिक पार्टीहरू समाप्त भएर जाने चेतावनी दिए ।

    ‘यदि त्यो ढंगले अगाडि बढ्न सकेनौ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौ । र धेरै बालेनहरु जन्मनेछन् । बालेनहरुले राज्य गर्नेछन्, पोलिटिकल पार्टीहरूको अस्तित्व र उपादेयता समाप्त हुनेछ’, खनालको भनाइ छ ।

    ‘संविधानले मार्गदर्शन गरेबमोजिम अगाडि बढ्नु अनिवार्य छ,’ खनालले भने, ‘यदी त्यो ढंगले अगाडि बढ्न सकेनौँ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौँ।’

  • सर्वोच्च अदालद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक

    सर्वोच्च अदालद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक

    काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ।

    न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश दिएको हो ।

    रुख कटान गर्ने विषयमा सुरू भएको विवाद संसदीय समिति हुँदै सर्वोच्च अदालत प्रवेश भएको थियो।

  • यी हुन फोर्ब्सको प्रभावशाली युवा सूचीमा पर्ने ५ नेपाली

    यी हुन फोर्ब्सको प्रभावशाली युवा सूचीमा पर्ने ५ नेपाली

    काठमाडौं । अमेरिकी म्यागजिन ‘फोर्ब्स’ ले प्रभावशाली व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो ।

    फोर्ब्सले सार्वजनिक गरेको ३० वर्षमुनिका ३० जना एसियाली युवाहरूको सूचीमा पाँच जना नेपाली समेटिएका छन् ।

    फोर्ब्सको सूचीमा समेटिएकाहरूमा एक महिलासहित पाँच जना छन् । ऐश्वर्य रानी सिंह, सुजित पाठक, सुमित दाहाल, निरज काफ्ले र सन्तोष पाण्डे यो सूचीमा समेटिएका हुन् ।

    इनग्रेल नेपालका सह संस्थापकसमेत रहेका २९ वर्षिय सुजित पाठक कञ्जुमर टेक्नोलोजीबाट यो सूचीमा पर्न सफल भएका हुन् । इनग्रेल नेपालले नेपालका आठ सय भन्दा बढी विद्यालयमा डिजिटल सहायता पुर्याइसकेको छ ।

    अर्का २७ वर्षिय युवा सुमित दाहाल नासा गोडार्ट स्पेस फ्लाइट सेन्टरका एक्सपेरिमेन्टर एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरल हुन् । उनले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोप निर्माण गरेका छन् ।

    नीरज काफ्ले र सन्तोष पाण्डे काठमाडौंमा उपहार र सरप्राइज प्याकेज डेलिभरी गर्दै आएको अफरिङ ह्यापिनेसका संस्थापकहरू हुन् । २८ वर्षिय निरज र २५ वर्षिय सन्तोषले सन् २०१७ मा अफरिङ ह्यापिनेस सञ्चालनमा ल्याएका थिए ।

    उक्त सूचीमा पर्न सफल अर्की युवा हुन्, ऐश्वर्य रानी सिंह । २८ वर्षिया सिंह सोसल इम्प्याक्ट विधाबाट यो सूचीमा परेकी हुन् ।

    उनी महिनावारी स्वच्छतामा क्रियाशील संस्था पुतली नेपालको संस्थापक बोर्ड अध्यक्षसमेत हुन् । उक्त संस्थाले महिनावारीका बेलामा महिलाहरुलाई मेन्सुरल कप तथा प्याडको प्रयोगमा प्रोत्साहन गर्छ ।

    गतवर्ष नेपालबाट दुईजना नेपाली उक्त सूचीमा परेका थिए । वित्तिय साक्षरता कार्यक्रम चलाइरहेका फिनलिट नेपालका संस्थापक प्रकाश कोइराला र पौडी खेलाडी गौरिका सिंह अघिल्लो वर्ष फोर्ब्सको प्रभावशाली सूचीमा परेका हुन् ।

  • काठमाडौं महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादी निर्वाचित

    काठमाडौं महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादी निर्वाचित

    काठमाडौं । काठमाडौं महानगरमा नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेको छ । महानगरको वडा नम्बर १५ मा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै ईश्वरमान डंगोल निर्वाचित भएका हुन् ।

    डंगोलले कांग्रेसका उम्मेदवार जीवन डंगोललाई फराकिलो अन्तरले पराजित गरे । निर्वाचित डंगोलले तीन हजार ४७६ मत ल्याए ।

    कांग्रेस उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याए । एमालेबाट उम्मेदवार बनेका पूर्णकाजी डंगोलले एक हजार ३९३ मत ल्याए ।

    ईश्वरमान ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

  • थ्री-फेज लाइन जोड्न अनलाइनबाटै आवेदन दिन सकिने

    थ्री-फेज लाइन जोड्न अनलाइनबाटै आवेदन दिन सकिने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थ्री–फेज विद्युत लाइनको लागि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

    यसअघि आफ्नो नजिकको वितरण कार्यालयमा गएर निवेदन बुझाउनुपर्नेमा अब भने अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

    केहि समय पहिलेदेखि नै परिक्षणका रुपमा सुरु गरिएको थियो। उक्त परिक्षण सफल भएपछि देशब्यापी अनलाइन प्रणाली सुरु अनिवार्य गरिएको प्राधिकरणले जनाएको छ ।

    घर वा व्यवसायिक भवनमा धेरै विद्युत् खपत् गर्ने अवस्थामा थ्री फेज लाइन आवश्यक पर्छ ।

    अनलाइन आवेदन दिने ग्राहकहरुले आवेदन कारबाही कुन अवस्थामा रहेको छ, पेस भएका कागजातहरु पर्याप्त छन्र छैनन् । लगायत आवेदन स्वीकृति आदिको जानकारी समेत अनलाइनबाटै लिन सकिन्छ।

    अनलाइन आवेदन दिएपछि सेवाग्राहीलाई दर्ता नम्बरसहितको एसएमएस आउँछ। दर्ता नम्बरका आधारमा ‘अलरेडी रजिष्टर्ड’ अप्सनमा गएर आफ्नो फाइल ट्रयाक गर्न सकिने प्राधिकरणले जनाएको छ।

    सबै विवरण ठिक भए त्यसको जानकारी आउँछ भने विवरण वा कागजात नमिले पुनस् समिटको अनुरोध सहितको एसएमएस आउँछ।

    कुनै कारणले दिन नसकिने भए त्यसको जानकारी समेत सेवाग्राहीलाइ दिइनेछ। भने हार्ड कपी लिएर आवेदन दिन जानेहरुको समेत प्राधिकरणका कर्मचारीले अनलाइन आवेदन भरिदिनेछन्।

    विद्युतीय सवारीको बिक्री बढेसँगै घरघरमा चार्जिङ स्टेशन राख्ने क्रम समेत बढेको छ । घरमा लिफ्ट प्रयोग गर्न, चार्जिङ स्टेशन जडानको लागि प्राधिकरणसँग थ्री फेज लाइन माग्ने ग्राहकको संख्या पनि बढेको छ ।