Category: फिचर

  • संसदमा बजेटमाथिको छलफल आजबाट

    संसदमा बजेटमाथिको छलफल आजबाट

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा मंगलबारबाट बजेटको सैद्धान्तिक छलफल प्रारम्भ हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् । सरकारले आगामी आवमा १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

  • तारा एयर जहाज दुर्घटनाका मृतकमध्ये १० जनाको शव काठमाडौं ल्याइयो

    तारा एयर जहाज दुर्घटनाका मृतकमध्ये १० जनाको शव काठमाडौं ल्याइयो

    काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइएको छ। २२ जना सवार जहाज आइतबार बिहान दुर्घटनामा परेको थियो । सोमबार बिहान दुर्घटनास्थल पत्ता लागेको हो । त्यसपछि सुरु भएको सर्च अपरेशनका दौरान २१ जनाको शव भेटिएको थियो । त्यसमध्ये पहिलो चरणमा १० जनाको शव सोमबार साँझ काठमाडौँमा ल्याइएको छ । एक जनाको शव अझै भेटिएको छैन ।

    केन्द्रका अनुसार १० जनाको शव बोकेर नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर काठमाडौं आइपुगेको हो । ती शव शिक्षण अस्पताल लगिएको छ । शवको सनाखत भइसकेको छैन । भेटिएका २१ शवमध्ये ११ वटा शव घटनास्थलमै छन् । पोखराबाट आइतबार बिहान ९ ः ५५ मा जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ मा जोमसोम विमानस्थलबाट सम्पर्क विच्छेद बनेको थियो । जहाजमा चालक दलका तीन सदस्यसहित १२ जना नेपाली, चारजना भारतीय र दुईजना जर्मनी नागरिक गरी २२ जना चढेका थिए ।

  • वडाध्यक्ष डंगोलले भने-‘फोहोरमैला व्यवस्थापन नभएसम्म बैठकको भत्ता लिन्नँ, खातामा पैसा नहाल्नु होला’

    वडाध्यक्ष डंगोलले भने-‘फोहोरमैला व्यवस्थापन नभएसम्म बैठकको भत्ता लिन्नँ, खातामा पैसा नहाल्नु होला’

    काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकमा वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने घोषणा गरेका छन्।

    सोमबार बसेको महागरपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

    ‘फोहोरमैला व्यवस्थापन नभएसम्म मैले बैठकको भत्ता लिन्नँ। कृपया खातामा पैसा नहाल्नु होला,’ उनले भने।

    त्यस्तै उनले सार्वजनिक शौचालयलाई व्यावसायिक गर्न नहुने पनि धारणा राखेका छन्।

  • नगर कार्यपालिका बैठकमा मेयर बालेनको प्रस्ताव-‘फोहोर व्यवस्थापनदेखि रेष्टुरेन्टहरुको शौचालय निःशुल्क प्रयोगसम्म’

    नगर कार्यपालिका बैठकमा मेयर बालेनको प्रस्ताव-‘फोहोर व्यवस्थापनदेखि रेष्टुरेन्टहरुको शौचालय निःशुल्क प्रयोगसम्म’

    काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकमा ६ वटा एजेन्डामा छलफल भएका छन्।

    सोमबार बसेको महागरपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै उनले फोहोर व्यवस्थापनलाई राखेका प्रमुख एजेण्डाको रुपमा फोहोर व्यवस्थापनलाई राखेका छन् ।

    उनले उनले काठमाडौं महानगरपालिकाको फोहोर सिसडोल बन्चरेडाँडामा फ्याँक्ने गरिएको भन्दै त्यसबाट हुने हानी न्यूनिकरण गर्न पहल गर्न आह्वान गरेका थिए।

    त्यस्तै उनले महानगरभित्र रहेका चिकेन स्टेसन र बर्गर हाउस नाम गरेका रेष्टुरेन्टमा रहेका शौचालय महानगरवासीले निःशुल्क प्रयोग गर्न सक्ने बताए ।

    ‘यस्ता रेष्टुरेन्टका अगाडि निःशुल्क शौचालय लेखिएको साइन बोर्ड हुनेछ । जोसुकैले यो शौचालय निःशुल्क प्रयोग गर्न पाउनेछन्,’ उनले भने ।

    महानगरभित्र रहेका अरु चेन रेष्टुरेन्टसँग पनि निःशुल्क शौचालय प्रयोग गर्न मिल्ने गरी छलफल भइरहेको बालेनले बताए । नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याउने समते उनले बताएका छन् ।

  • दौरा सुरुवालसहित नेपाल भाषामा पनि शपथ लिएका बालेनले किन लगाएनन् माला ?

    दौरा सुरुवालसहित नेपाल भाषामा पनि शपथ लिएका बालेनले किन लगाएनन् माला ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शपथ लिएका छन्।

    राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमका बीच शाहले शपथ लिएका हुन्।

    दौरा सुरुवालमा देखिएका बालेननले नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए ।

    राष्ट्रियसभा गृहमा आयोजित शपथग्रहण समारोहमा मेयर साहले माला लगाउन अस्वीकार गरेका थिए ।

    यसअघि ओखरपौवास्थित डम्पिङ साइटमा पुग्दा काठमाडौंको फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने तथा कुनै उत्सव नमनाउने स्थानीयसामु बाचा गरेका थिए ।

    सोही बाचाकै कारण मेयर साहले नवविर्वाचित सबै जनप्रतिनिधिले माला लगाउँदा पनि माला नलगाएका हुन् । तर, बालेनसँगै गएकी उनकी श्रीमती सविना काफ्लेले भने माला लगाएकी थिइन् ।

    साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।

    नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहले बताए ।

  • मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

    मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डे थप ७ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

    आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका क्रममा एक सहभागीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई उच्च अदालत काठमाडौंले एक साताको म्याद थप गरेको हो ।

    पीडित युवतीले सामाजिक सञ्जालमार्फत आठ वर्षअघिको घटनाबारे खुलासा गरेकी थिइन् । सक्सेस पार्टी भनेर होटलमा बोलाएर बेहोस बनाउँदै अभियुक्तले बलात्कार गरेको आरोप उनीमाथि लागेपछि पाण्डे जेठ ७ गते पक्राउ परेका थिए।

    नेपाल प्रहरीको अनुसन्धान महाशाखाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो। गत सोमवार जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिनको अनुमति दिएको थियो।

  • सवारी लाइसेन्सका लागि हालसम्म परेका सबै आवेदन रद्द, साँझदेखि पुनः नयाँ खुल्ने

    सवारी लाइसेन्सका लागि हालसम्म परेका सबै आवेदन रद्द, साँझदेखि पुनः नयाँ खुल्ने

    काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

    विभागले सूचना जारी गर्दै नयाँ अनलाइन प्रणाली सुरु गर्नको लागि नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको जनाएको हो ।

    नयाँ अनलाइन आवेदन जेठ १६ गते सोमबार साँझ ६ बजेदेखि सुरू हुनेछ ।

    जेठ १६ गतेभन्दा पछाडि कार्यालय भिजिटको मिति पाएका सेवाग्राहीले समेत नयाँ आवेदन दिनुपर्नेछ ।

    यसअघिको सिस्टममा समस्या आएपछि विभागले नयाँ अनलाइन आवेदन प्रणाली विकास गरेको हो ।

    नयाँ सवारी चालक अनुमतिपत्रका लागि यहाँ क्लिक गरेर आवेदन दिन सकिने छ ।

    साथै वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि अर्कोहप्ताको सोमबारबाट आवेदन खुल्ने छ ।

  • काठमाडौं महानगर प्रमुख बालेन्द्रले लिए शपथ

    काठमाडौं महानगर प्रमुख बालेन्द्रले लिए शपथ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शपथ लिएका छन्।

    राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमका बीच शाहले शपथ लिएका हुन्।

    शपथ ग्रहणअघि निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको थियो।

    नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए ।

    बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन् । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी छन् ।

    मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए ।

  • मुस्ताङ दुर्घटनामा परे एकै परिवारका ७ जना

    मुस्ताङ दुर्घटनामा परे एकै परिवारका ७ जना

    काठमाडौं । मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जना रहेको खुलेको छ । धनुषाबाट मुक्तिनाथ दर्शनका लागि हिडेका एकै परिवारका सात जना परेपछि धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँ शोकमा डुबेको छ ।

    बिमान दुर्घटनामा १३ जना नेपाली मध्ये सात जना एकै परिवारको रहेको हो । उहाँहरुमध्ये ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्ग छन् । उनीहरु दुर्घटनामा परेको खबरसँगै गाउँ नै शोकमा डुबेको छ ।

  • काठमाडौंका मेयर र उपमेयरको सपथ आज

    काठमाडौंका मेयर र उपमेयरको सपथ आज

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिको पद तथा गोपनियताको शपथ ग्रहण आज हुने भएको छ । बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउने छन् । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

  • उदयपुरमा ट्रक दुर्घटना, चार जनाको मृत्यु

    उदयपुरमा ट्रक दुर्घटना, चार जनाको मृत्यु

    उदयपुर । उदयपुरकमा ट्रक दुर्घटनामा परी चार जनाको मृत्युु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटनामा परेको छ । राति करिब २ः३० बजेतिर ट्रक सडकबाट एक सय मिटरजति तल खसेको थियो ।

    दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

  • हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला

    हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला

    काठमाडौं । आइतबारबाट हराइरहेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको हो । स्थानीयले जहाज दुर्घटनाग्रस्त भएको स्थान पत्ता लगाएका छन् ।

    अब त्यहाँ सैनिक र सुरक्षाकर्मीको टोली पुग्ने तयारी छ । आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।

  • १७ खर्ब ९३ अर्बको बजेट, राजस्वबाट १२ खर्ब ४० अर्ब उठाउने लक्ष्य

    १७ खर्ब ९३ अर्बको बजेट, राजस्वबाट १२ खर्ब ४० अर्ब उठाउने लक्ष्य

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्बको आकारको बजेट ल्याएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ आकारको बजेट ल्याएका हुन् ।

    बजेट चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड बिनियोजन गरिएको छ । पुँजीगत तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड बिनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ३० अर्ब २२ करोड र प्रदेश तथा स्थानीय तहमा जाने विभिन्न शिर्षकको अनुदान तर्फ प्रदेश ४ खर्ब २९ अर्ब बिनियोजन गरिएको छ ।

    बजेटको स्रोतमा राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड, बैदेशिक अनुदान ५५ अर्ब ४६ करोड उठाउने लक्ष्य राखिएको छ ।
    यसरी अपुग भएको स्रोतमा बैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब र २ खर्ब ५६ अर्ब उठाइने लक्ष्य राखिएको छ ।

  • कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, साउनदेखि लागू हुने

    कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, साउनदेखि लागू हुने

    काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ ।

    आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

    उक्त तलब साउन एक गतेदेखि लागु हुनेछ । सरकारी कोषबाट तलब बुझ्ने निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि हुने छ ।

    साथै सिधै सरकारी कोषबाट तलब बुझ्ने कर्मचारी बाहेक सरकारको पुर्ण वा आंशिक स्वामित्वमा रहेका आयोग, संस्थान, कम्पनी, प्राधिकरण, आदि लगायतका संस्थामा काम गर्ने कर्मचारीहरुको समेत सोही आधारमा तलब बढ्ने गर्दछ ।

  • सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन गर्ने देशभरका सबै परिवारले एउटा विद्युतीय चुलो पाउने

    सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन गर्ने देशभरका सबै परिवारले एउटा विद्युतीय चुलो पाउने

    काठमाडौं । सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन थाल्ने सरकारको घोषणा
    काठमाडौं । सरकारले आगामी आवदेखि ‘एलपि ग्यास छोडौ, विजुली जोडौ’ अभियान सञ्चालनमा ल्याउने भएको छ । जसअनुसार एलपि ग्यासमा उपलब्ध गराउदै आएको अनुदान क्रमशः कटौती गर्दै लगिने बताइएको छ ।

    त्यस्तै सिंहदरबार परिसरभित्रबाट आगामी साउनभित्र सबै ग्यास सिलिन्डर हटाएर विद्युतिय चुलो जडान गरिने बताइएको छ । विस्तारै काठमाडौैं महानगर पालिकालाई ग्याँस मुक्त बनाउने सरकारको योजना छ ।

    स्थानीय तह मार्फत एक परिवार एक विद्युतीय चुलो वितरण गरिने भएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

  • शिक्षामा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन, स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड

    शिक्षामा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन, स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड

    काठमाडौं । सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका लागि रु ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ।

    आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

    केन्द्रको लागि ५ अर्व ३२ करोड रकम बजेट बिनियोजन गरिएको छ भने स्थानीय तहका लागि रु १ खर्ब २१ अर्ब २१ करोड बिनियोजन गरिएको बताए ।

    यस्तै सरकारले स्वदेशमै उच्च शिक्षाको व्यवस्था मिलाउने प्रबन्ध गर्ने भएको छ।

    स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन भएको छ।

    सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ।

    उक्त बजेट संघ, प्रदेश र स्थानीय तहको हो। संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड बजेट छुट्याइएको छ।

  • अब ६८ वर्षमै वृद्धभत्ता, भत्ता नलिने घोषणा गर्ने नागरिकलाई सम्मान

    अब ६८ वर्षमै वृद्धभत्ता, भत्ता नलिने घोषणा गर्ने नागरिकलाई सम्मान

    काठमाडौं । सरकारले ६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ।

    आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

    हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् । नयाँ व्यवस्था साउनदेखि कार्यान्वयनमा आउनेछ । भत्ता नलिने घोषणा गर्ने नागरिकलाई सम्मान गरिनेछ ।

  • गरिबलाई खाद्य सुरक्षा परिचयपत्र, सुपथ मूल्यमा खाद्यान्न दिइने

    गरिबलाई खाद्य सुरक्षा परिचयपत्र, सुपथ मूल्यमा खाद्यान्न दिइने

    काठमाडौं । सरकारले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिने भएको छ । यस्तै, उनीहरूलाई सुपथ मूल्यमा खाद्यान्न समेत दिइनेछ ।

    आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

  • पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट, औद्योगिक पूर्वाधारलाई पौने ४ अर्ब

    पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट, औद्योगिक पूर्वाधारलाई पौने ४ अर्ब

    काठमाडौं । सरकारले पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    संसदमा आईतवार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बराबरको बजेट विनियोजन गरिएको बताए ।

    पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रम समावेश गरी उनले सो रकम विनियोजन गरेको जानाकारी दिए।

    उनका अनुसार सबै मठ मन्त्रीको मूर्तिहरु झल्कने गरी प्रतिकारात्मक संग्रालयको समेत स्थापना आगामाी आर्थिक वर्षमा हुने भएको हो।

    त्यस्तै सरकारले सम्भावित क्षेत्रमा सरकारी नीजि साझेदारीमा औद्योगिक ग्राम स्थापना गरिने घोषणा गरेको छ।

    नेपाल सरकारबाट घोषणा भएका १०५ वटा औद्योगिकग्राम तीनै तहका सरकारको समन्वयमा कार्यन्वयन गरिने नयाँ वर्षको बजेटमा उल्लेख रहेको छ।

    बाँकी स्थानीय तहमा औद्योगिक क्षेत्र स्थापना गर्न तयारी गरिने व्यवस्था गरिएको छ। दमक, मोतिपुर, दैजीमा औद्योगिक पूर्वधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ।

    औद्योगिक पूर्वधारतर्फ ३ अर्ब ७९ करो बजेट विनियोजन गरिएको छ।

  • कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

    कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

    काठमाडौं । सरकारले सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।

    आइतबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

    उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा प्राथमिकता दिने पनि उनले बताए ।

  • वित्तीय समानीकरण अनुदानः प्रदेश र स्थानीयलाई कति बजेट ?

    वित्तीय समानीकरण अनुदानः प्रदेश र स्थानीयलाई कति बजेट ?

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमार्फत प्रदेश र स्थानीय तहलाई दिइने बजेट छुट्याएका छन्।

    आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहलाई दिइने बजेट सार्वजनिक गरेको हन् ।

    यसअनुसार प्रदेश र स्थानीय तहको अधिकारको आधारमा समानीकरण अनुदान प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

    सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

    पूर्वाधारसम्बन्धी कार्यान्वयन गर्न समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड विनियोजन गरेको छ।

    विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ करोड विनियोजन गरेको छ।

    राजस्व बाँडफाँटबाट प्रदेश र स्थानिय तहमा १ खर्ब ६३ अर्ब करोड रुपैयाँ हस्तान्तरण हुने अनुमान गरिएको छ।

  • खाद्यान्न आयात ३० प्रतिशतले कम गर्ने, भूमिहीन र दलितलाई तीन वर्षभित्र आवास

    खाद्यान्न आयात ३० प्रतिशतले कम गर्ने, भूमिहीन र दलितलाई तीन वर्षभित्र आवास

    काठमाडौं । सरकारले धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने उद्देश्य लिएको छ ।

    आगामाी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमनत्री जनार्दन शर्माले खाद्यान्न३० प्रतिशत र समग्र आयत २० प्रतिशतले क मगर्ने लक्ष्य रहेको बताएका हुन्।

    यस्तै, उनले निर्यात दोब्बर गर्ने र आयात २० प्रतिशतले घटाउने पनि बजेटको उद्देश्य रहेको बताए । पाँच वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने उद्देश्य सरकारको छ । यस्तै, उनले रोजगारी ३० प्रतिशतले बढाउने पनि बताए ।

    आगामाी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने बताए । भूमिहीनलाई आवास उपलब्ध गराउने , नेपालीलाई निरपेक्ष गरिबीबाट माथि ल्याउने उनको भनाइ छ।

    स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरी मानव सुचाङ्कमा सुधार ल्याउने योजना रहेको उनको भनाइ छ। यो सूचकांक ० दशमलव ६५ पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए।

  • जहाज हराउनु अघि के भनेका थिए पाइलटले, को-को थिए जहाजमा ? (नामसहित)

    जहाज हराउनु अघि के भनेका थिए पाइलटले, को-को थिए जहाजमा ? (नामसहित)

    काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे जहाज सवा सम्पर्कविहीन नै छ । म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् ।

    तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दुर्घटनामा परेको हो। १९ यात्रु लिएर पोखराबाट आइतबार बिहान ताराको जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

    जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको जहाजका पाइलट प्रभाकर घिमिरेले लेतेको आकाशमाथिबाट अन्तिमपटक कुराकानी गरेको खुलेको छ ।

    विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माले पाइलट घिमिरेसँग कुराकानी भएको बताए ।

    पाइलट घिमिरले कुराकानीमा हावाको गतिको विवरण सोधेको शर्माले बताए ।

    हावाको विवरण दिएपछि आफूले समिटको जहाज अवतरण गराउन लागेको र त्यसपछि तारा एयरको जहाजलाई पुन: सम्पर्क गर्दा सम्पर्क नभएको शर्माले बताए ।

    जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाईमा रहेको शर्माको भनाइ छ ।

    जोमसोम विमानस्थल ९ हजार फिट उचाईमा छ । शर्माका अनुसार घिमिरेलाई जानकारी दिँदा जोमसोमको हावाको गति २५ नटिकल माइल प्रतिघण्टा (४६.३ किमि)को गतिमा थियो । यो गति सामान्य नभए पनि जोमसोममा भने यो गतिमा विमान टेक अफ र अवतरण हुने शर्माले जनाए ।

    तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ९ एन-एईटी कलसाइनको जहाजमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए ।

    जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए।

    जहाजमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए।

    यात्रुहरुमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजीना श्रेष्ठ थिए ।

    यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी र वी विलनर सवार थिए।

  • खराब मौसमका कारण सम्पर्कविहीन जहाजको खोजीमा गएको हेलिकप्टर फर्कियो

    खराब मौसमका कारण सम्पर्कविहीन जहाजको खोजीमा गएको हेलिकप्टर फर्कियो

    काठमाडौं । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीका लागि पठाइएको हेलिकप्टर फर्किएको छ।

    नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टर खराब मौसमका कारण जोमसोम फर्किएको छ ।

    मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीका लागि पठाइने विज्ञप्तिमा उल्लेख छ।

    पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीन अटर ९एनएईटी विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो ।

    विमानको खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

  • पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

    पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

    काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन नै छ । म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् ।

    बादल लागेका कारण जहाज नदेखिएको तर आवाज ठूलो आएको उनीहरूलाई उदृत गर्दै लेतेमा रहेका पत्रकार सुशील थकालीले जानकारी दिए ।

    ‘यहाँका स्थानीयले आवाज सुनेका रहेछन् । प्रहरीले पनि त्यो आवाज सुनेको भन्नेछ,’ उनले भने, ‘बादलले टम्मै छ । कतै केही देखिँदैन । हल्का पानी परिरहेको छ ।’

    अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटेको उनले बताए । साे जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।

  • सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६९ वर्ष पुरा

    सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६९ वर्ष पुरा

    काठमाडौं । संसारकै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६९ वर्ष पुरा भएको छ । सोही सम्झनामा आज नेपाल र विदेशमा समेत अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सगरमाथा ‘विश्वको सर्वोच्च शिखर, नेपालको गौरव’ भन्ने नाराका साथ दिवस मनाइंदैछ । सन् १८३० को दशकमा बेलायती भुगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने कामको सुरुवातसँगै सन् १८४७ मा विश्वकै अग्लो हिमालको रुपमा सगरमाथाको पहिचान भएको थियो ।

    सन् १९५३ मे २९ का दिन तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखर चुम्न सफल भएको सम्झनामा सन् २००८ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जलवायु परिवर्तनले हिमाली जनजीवनमा जोखिम बढेको र विश्व तापमानमा देखिएको वृद्धिसँगै हिमालमा हिउँ पग्लन थालेकाले कार्बन उत्सर्जनलाई कम गर्नुपर्नेमा जोड दिएको छ । सगरमाथा नेपालमा पर्यटक आकर्षित गर्ने मूख्य माध्यम पनि हो ।

  • सबल र आत्मनिर्भर अर्थतन्त्रसहित विकसित राष्ट्र बनाउनु गणतन्त्रको मूख्य कार्यभार : राष्ट्रपति

    सबल र आत्मनिर्भर अर्थतन्त्रसहित विकसित राष्ट्र बनाउनु गणतन्त्रको मूख्य कार्यभार : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन् ।

    सन्देशमा भनिएको छ, ‘यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।’जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको शुभकामना सन्देशमा छ ।

    नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौँ । वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताले नै छानेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु गणतन्त्रको मुलभूत विशेषता रहेको उल्लेख छ ।

  • विकास र समृद्धिको आकंक्षा पुरा गर्ने यात्रामा क्रियाशील छौँ : प्रधानमन्त्री

    विकास र समृद्धिको आकंक्षा पुरा गर्ने यात्रामा क्रियाशील छौँ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक,अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत् र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ्न आह्वान गरेका हुन् ।

    प्रधानमन्त्री देउवाले इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, नागरिक सङ्घर्ष, त्याग तथा बलिदानको फलस्वरूप मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कायम भएको चौध वर्ष पूरा भएको उल्लेख गरेका छन् । विसं २०६५ जेठ १५ गते तत्संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको थियो । सोही दिनको स्मृतिमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ ।

    उनले दिवसको अवसरमा मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने अभियानमा आफ्नो अमूल्य देह उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।साथै लोकतन्त्र एवं गणतन्त्रात्मक शासन व्यवस्थाको लागि नेतृत्व प्रदान गर्ने अग्रज तथा यस अभियानमा सहभागी हुनुहुने सबैमा उच्च सम्मान र आदरभाव व्यक्त गर्दै प्रधानमन्त्री देउवाले गणतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    प्रधानमन्त्री देउवाले मुलुकका सबै नागरिकलाई बिनाभेदभाव समान हक, अधिकार र शासन प्रणालीमा सहभागी हुने अवसर प्रदान गर्ने संसारकै उत्तम शासन व्यवस्थामध्येको एक लोकतान्त्रिक गणन्त्रात्मक शासन व्यवस्थामार्फत आज हामीले मुलुकलाई अगाडि बढाइरहेको बताएका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्, ‘संविधानले आम नेपाली नागरिकको मौलिक हक र स्वतन्त्रताको सुनिश्चत गर्दै नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहने कुराको प्रत्याभूति गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्पूरा गर्ने यात्रामा आज हामी क्रियाशील छौँ ।’
    रासस

  • आज गणतन्त्र दिवस, विविध कार्यक्रमसहित मनाइंदै

    आज गणतन्त्र दिवस, विविध कार्यक्रमसहित मनाइंदै

    काठमाडौं । आज गणतन्त्र दिवस, देशभर विविध कार्यक्रम आयोजना गरी मनाइंदैछ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनका रुपमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवस मनाइंइछ । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा आजैका दिन भएको हो ।

    जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।

    विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे ।

    विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा ९माओवादी०का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो । विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए ।

    चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो । विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो ।

    बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो ।

    पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

  • आज बजेट : चुनाव लक्षित आकर्षक कार्यक्रम समेटिने

    आज बजेट : चुनाव लक्षित आकर्षक कार्यक्रम समेटिने

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट आज संसदमा प्रस्तुत गर्दैछ । आगामी आवमा प्रदेश र संघीय संसदको निर्वाचन गर्नुपर्ने भएकोले सरकारले यस बजेटमा लोकप्रिय कार्यक्रमलाई प्राथमिकता दिँदैछ । खासगरी कृषि र उद्योग क्षेत्रमा अधिकतम सहुलीयतपूर्ण कार्यक्रमहरु राखिने भएको छ । केही कार्यक्रमले सिधै कृषकसम्म अनुदान जाने छ । केही कार्यक्रम भने विजुलीमा सहुलियतदेखि छूटसम्मका हुनेछन् ।

    उद्योगमा समेत निर्यातमुलक उद्योगमा सरकारले उदार हुने संकेत गरेको छ । निजामती कर्मचारीको तलववृद्धि एउटा एजेण्डा रहेको छ । आयकरको सीमा केही बढाउने तयारी छ । विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा बजेटले जोड दिने भएको छ । वृद्धभत्ताको उमेर समेत केही घटाउने तयारी रहेको छ । बन्द भएका सार्वजनिक संस्थान ब्यूताउने बताएको सरकारले रोजगारीका कार्यक्रमलाई समेत प्राथमिकता दिने बताएको छ । बजेट साँझ ४ बजे बस्ने संसदका दुबै सदनको संयुक्र बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ४ बजे पढ्न थाल्ने छन् ।