काठमाडौं । नेपालले पुस अन्तिम साताबाट कोरोना खोपको बुस्टर डोज वितरणको तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार विश्व स्वास्थ्य संगठनले अनुमति दिएमा पुस अन्तिमबाट बुस्टर डोज दिइने छ । बुधबार नियमित प्रेस ब्रिफिंगमा उपस्थित भएका मन्त्री खतिवडाले बुस्टर डोज सुरू गर्दा पहिलो चरणमा फ्रन्टलाइनमा… Continue reading डब्लूएचओको अनुमति पाएमा पुस अन्तिमबाट नेपालमा बुस्टर डोज दिइने
Category: फिचर
एक महिनाभित्र १०६ देशमा फैलियो ‘ओमिक्रोन’, भारतमा सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा
काठमाडौं । पहिलोपटक दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वको १०६ मुलुकमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ । यससँगै अस्पताल भर्ना गर्नुपर्ने विरामीको संख्या बढेको जानकारी दिएको छ । ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ। ‘हालैका तथ्यले ओमिक्रोनका संक्रमित वृद्धि हुनेदर डेल्टाको भन्दा बढी भएको र जनसंख्याको इम्युनिटी क्षमता… Continue reading एक महिनाभित्र १०६ देशमा फैलियो ‘ओमिक्रोन’, भारतमा सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा
पुनर्निर्माण बाँकी काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा पुनर्निर्माणका लागि बजेटको कुनै कमी हुन नदिने बताउँदै समयमै काम सक्न निर्देशन दिएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री देउवाले नेपालको पुनर्निर्माणमा सहयोग पुर्याउने सम्पूर्ण… Continue reading पुनर्निर्माण बाँकी काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
एमाले सांसदको नाराबाजीकाबीच चार अध्यादेश स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि एमालेले अवरोध गरेको छ । अवरोधकाबीच अधिवेशनको तेस्रो बैठकले चारवटा अध्यादेशलाई स्वीकृत गरेको छ । बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८… Continue reading एमाले सांसदको नाराबाजीकाबीच चार अध्यादेश स्वीकृत
शेयर बजारमा उच्च अंकको वृद्धि , यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । मंगलवार ५६ अंकले बढेको नेप्से कारोबारको चौथोदिन ९२ अंकले बढेको छ । बुधवार नेप्से ९२.१६ अंकले बढेर २५०७.७० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३३ कम्पनीको ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँ बराबरको ८१ लाख ४ हजार ३१९… Continue reading शेयर बजारमा उच्च अंकको वृद्धि , यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
सिन्धुलीमा जंगली हात्तिको आतंक, एक सातामा दुई दर्जन घर भत्कायो
सिन्धुली । सिन्धुलीमा जंगली हात्तिले आतंक फैलाएको छ । जिल्लाको दुधौली नगरपालिका–११, डुडेगैरीमा सोमबार राति जङ्गली हात्तीले थप चार घर भत्काएको प्रहरीले जनाएको छ । वडामा एक साता भित्र जङ्गली हात्तीले २८ घर भत्काइसकेको छ । वडा नं. ११ मा सोमबार राति तीनवटा जङ्गली हात्तीले डुडेगैरीको मुसहर समुदायका चार घर भत्काएको हो । हात्तिले अन्न… Continue reading सिन्धुलीमा जंगली हात्तिको आतंक, एक सातामा दुई दर्जन घर भत्कायो
ओमिक्रोनसँग जुध्न अमेरिकाको तयारी, ५० करोड र्यापिड कीट नि:शुल्क बाँड्ने
वासिंटन डिसी । अमेरिकाले कोरोना भाइरसको नयाँ भेरियन्ट आमिक्रोनविरुद्ध लड्न नयाँ योजना सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले ओमिक्रोन भेरियन्टको फैलावटसँग जुझ्न ५० करोड र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । मङ्गलवार सम्बोधनका क्रममा उनले मुलुक भित्र अब परीक्षणलाई तीव्रता दिने बताए । साथै अस्पतालहरूमा सेनाले सहयोग गर्ने उल्लेख गरेका… Continue reading ओमिक्रोनसँग जुध्न अमेरिकाको तयारी, ५० करोड र्यापिड कीट नि:शुल्क बाँड्ने
कांग्रेसको प्रदेश २ नेतृत्वका लागि आज निर्वाचन
जनकपुर । विवादका कारण टुंगो लाग्न नसकेको नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका लागि आज मतदान हुने भएको छ । प्रदेश अधिवेशनअन्तर्गत बुधबारका लागि मतदानको कार्यक्रम राखिएको हो । बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने छ । प्रदेश सभापति, उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला… Continue reading कांग्रेसको प्रदेश २ नेतृत्वका लागि आज निर्वाचन
निमावि तहमा २५९८ शिक्षकको विज्ञापन खुल्यो
काठमाडौं । सरकारले एक साथ २५९८ जना शिक्षकका लागि विज्ञापन माग गरेको छ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको हो । यसअघि १५ सय जना माध्यामिक तहको शिक्षकका लागि विज्ञापन खुलेको थियो । इच्छुक उम्मेदवारले माघ ६ गतेसम्म तोकिएको दस्तुर र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर… Continue reading निमावि तहमा २५९८ शिक्षकको विज्ञापन खुल्यो
यौन दुर्व्यवहारको अभियोगमा ८४ वर्षिय अमेरिकी पादरीमाथि १२ वर्ष जेल सजाय
काठमाडौं । इस्ट टिमोरमा एक अदालतले अमेरिकी क्रिश्चियन पादरीमाथि १२ वर्षको जेल सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार उनीमाथि यौन दुर्व्यवहारको अभियोग लागेको छ । थुप्रै टुहुरा बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेकोमा ८४ वर्षीय रिचर्ड डासबाचलाई मंगलबार अदालतले यस्तो सजाय सुनाएको हो । रिचर्डले १९९० को दशकमा जोखिममा रहेका बालबालिकाका लागि आश्रय दिँदैआएका थिए ।… Continue reading यौन दुर्व्यवहारको अभियोगमा ८४ वर्षिय अमेरिकी पादरीमाथि १२ वर्ष जेल सजाय
बोइङ र एअरबसले अमेरिकी सरकारलाई भने : फाइभजीले नागरिक उड्डयनमा नकारात्मक असर पर्छ
न्यूयोर्क । विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीका अधिकारीहरूले अमेरिका सरकारलाई मोबाइलको फाइभजी प्रविधिलाई लागु गर्न हतार नगर्न आग्रह गरेका छन्। एक पत्रमा बोइङ र एअरबसका प्रमुख अधिकारीहरूले सो प्रविधिले नागरिक उड्डयन उद्योगमा ठूलो नकारात्मक असर पर्न सक्ने चेतावनी दिएकोे बीबीसीले जनाएको छ । यसअघि पनि फाइभजीको सी-ब्यान्ड तरङ्गको प्रयोगले विमानको विद्युतीय उपकरणको कामलाई… Continue reading बोइङ र एअरबसले अमेरिकी सरकारलाई भने : फाइभजीले नागरिक उड्डयनमा नकारात्मक असर पर्छ
पूँजीका रुपमा १५ अर्ब रुपैयाँ लगानी गर्न सरकारसँग नेवानिको प्रस्ताव, जहाज किन्ने योजना
काठमाडौं । नेपाल एयरलाइन्सले नयाँ जहाज किन रकम आवश्यक रहेको भन्दै् सरकारसँग १५ अर्ब रुपैयाँ लगानी माग गरेको छ । यस्तो लगानी पूँजीका रुपमा गर्न र नेपाल एयरलाइन्सलाई बचाउन निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आग्रह गरे । निगमले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको भन्दै उनले यसका लागि सरकारको साथ आवश्यक रहेको बताए । मंगलबार निगममा… Continue reading पूँजीका रुपमा १५ अर्ब रुपैयाँ लगानी गर्न सरकारसँग नेवानिको प्रस्ताव, जहाज किन्ने योजना
नेपालमा थप २९० जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ गरी २९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २६ हजार… Continue reading नेपालमा थप २९० जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन
कांग्रेस केन्द्रीय सदस्य: मधेसी कोटाबाट विनोद चौधरीदेखि पूर्वराष्ट्रपतिका छोरासम्म निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मधेशीतर्फको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ। ५ जनाको लागि भएको मतदानबाट विनोद चौधरी पनि निर्वाचित भएका छन्। मधेसी कोटाबाट उद्योगी विनोद चौधरी, अजय चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय र दिनेशकुमार यादव केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचित ५ मध्ये चन्द्रमोहनबाहेक सबै देउवा प्यानलका हुन्। चन्द्रमोहन पूर्वराष्ट्रपति रामवरण यादवका… Continue reading कांग्रेस केन्द्रीय सदस्य: मधेसी कोटाबाट विनोद चौधरीदेखि पूर्वराष्ट्रपतिका छोरासम्म निर्वाचित
नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार २ अर्ब ३८ करोडमा सीमित
काठमाडौं । शेयर बजारमा सुधार आएको छ । साताको कारोबारको पहिलो दिन १७ अंकले घटेको बजार मंगलवार ५६ अंकले बढेको हो । मंगलवार नेप्से ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२६ कम्पनीको २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४६ रुपैयाँ बराबरको ४९ लाख ७४ हजार २५३… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार २ अर्ब ३८ करोडमा सीमित
ओमिक्रोनबारे दक्षिण अफ्रिकी अनुभव : खोप नलगाउनेलाई बढी जोखिम
काठमाडौंं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रीकाबाट पहिलो पटक देखा परेको थियो । यसमा सो मुलुकले धेरै अध्ययन समेत गरेको छ । ओमिक्रोन अहिले तिकै तिव्रताका साथ विश्वभर फैलिरहेको छ । खासगरि यूरोपमा यसले बढी नै प्रभाव पारेको छ । यसैबीच दक्षिण अफ्रीकाका डाक्टर कोएत्जीले खोप नै यस भाइरसको न्यूनिकरणको एक मात्र उपाय… Continue reading ओमिक्रोनबारे दक्षिण अफ्रिकी अनुभव : खोप नलगाउनेलाई बढी जोखिम
क्रिसमसलाई लक्षित गर्दै डब्लूएचओको आह्वान : सकेसम्म यात्रा नगरौं
ज्यूरिच । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले तिव्र फैलावट लिइरहेको समयमा क्रिसमस र न्यू इयरको रौनक समेत सँगै शुरु भएको छ । यस्तो बेला गरिने यात्रामा संक्रमण फैलावटमा सहयोग पुग्ने भन्दै जनस्वास्थ्यको रक्षार्थ आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ। बीबीसीका अनुसार जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो… Continue reading क्रिसमसलाई लक्षित गर्दै डब्लूएचओको आह्वान : सकेसम्म यात्रा नगरौं
माओवादीले बागमती प्रदेश अध्यक्ष निर्वाचनबाट छान्यो
काठमाडौं । सामान्यतया माओवादी केन्द्रमा निर्वाचनको प्रचलन छैन । तर, दल भित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् । काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई हराउँदै उनी सरल अध्यक्ष बनेका हुन् । पौडेलले १६२ मत ल्याए । गौतमको ८६ मत आयो । तीन जना उपाध्यक्षमा रुपा महर्जन,… Continue reading माओवादीले बागमती प्रदेश अध्यक्ष निर्वाचनबाट छान्यो
संसदमा अझै हटेन एमालेको अवरोध, आज के होला ?
काठमाडौं । संसदमा एमालेले जारी राखेको अवरोध नहट्दा महत्वपूर्ण एजेण्डामाथि छलफल हुन सकेको छैन । प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दै छ । यसअघि सर्वदलीय बैठकमा उपस्थित नभएको एमालले आज पनि बैठक अवरुद्ध गर्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका… Continue reading संसदमा अझै हटेन एमालेको अवरोध, आज के होला ?
कांग्रेसमा महिला सदस्यको मतगणना सकियो, को-को निर्वाचित भए ?
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला आरक्षण कोटाको मतगणना सम्पन्न भएको छ । यस कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान रहेको छ । सोमबार अबेर सार्वजनिक भएको मत परिणाम अनुसार डिला संग्रौला पन्त सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भइन् । उनले २८८५ मत पाएको निर्वाचन समितिले जनाएको छ । दोस्रो स्थानमा… Continue reading कांग्रेसमा महिला सदस्यको मतगणना सकियो, को-को निर्वाचित भए ?
आयात चुलिएपछि विलासिताका सामानबारे नयाँ नियम लागु
काठमाडौं । नेपालमा आयात व्यापार अत्यधिक चुलिएपछि त्यसको असर बैंकको तरलतामा परेको छ । यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहन गर्न नीतिगत व्यवस्था गरेको छ । सोमबार वाणिज्य र विकास बैंकका नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित गर्न खोजेको हो । डेढ दर्जन वस्तु आयातमा बैंकले आयातकर्ताबाट तोकिएअनुसार अनिवार्य शतप्रतिशत मार्जिन… Continue reading आयात चुलिएपछि विलासिताका सामानबारे नयाँ नियम लागु
म्यानमारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलासा
लण्डन । म्यान्मारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलेको छ । गत जुलाई महिनामा गरेका शृङ्खलाबद्ध सामूहिक हत्याका घटनामा कम्तीमा ४० जनाको ज्यान गएको बीबीसीको अनुसन्धानले देखाएको हो । सबै मृतक पुरुष छन् । उनीहरूलाई अलग पारी हत्या गर्नुअघि १७ वर्ष उमेरसहितका सैनिक जवानहरूले गाउँलेलाई घेरा हालेको प्रत्यक्षदर्शी तथा बाँच्न सफल व्यक्तिहरूले बताएको… Continue reading म्यानमारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलासा
नेपालमा होटेल-रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार
काठमाडौं । नेपालमा होटेल तथा रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार भएको छ । स्वयमः गृहमन्त्री बालकृष्ण खाणले यस्तो जानकारी गराएका हुन् । व्यवसायीले भने लामो समयदेखि रात्रिकालिन व्यवसाय संचालनको वातावरण बनाउन माग गरिरहेका थिए । गृहमन्त्री खाणले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने बताए ।… Continue reading नेपालमा होटेल-रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार
नेपालमा थप २२० जनामा कोरोना पुष्टी, २६३ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जना र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ गरी १८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार… Continue reading नेपालमा थप २२० जनामा कोरोना पुष्टी, २६३ जना संक्रमण मुक्त
क्रिकेट रङ्गशाला निर्माणबाट बाहिरिँदै धुर्मुस-सुन्तली , स्वामित्व लिन महानगरलाई आग्रह
काठमाडौं ।निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ। फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो। आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो। फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई… Continue reading क्रिकेट रङ्गशाला निर्माणबाट बाहिरिँदै धुर्मुस-सुन्तली , स्वामित्व लिन महानगरलाई आग्रह
दोहोरो अंकले घट्यो सेयर बजार, २ अर्ब ४६ करोडको किनबेच
काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । दिनभर उतरचढाव आएको नेप्से अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो । सूचकसँगै गिरावट आएसँग कारोबार रकम पनि खुम्चिएको छ । आज करिब साढे २ अर्बको मात्र कारोबार भएको छ । सोमबार सेयर बजार मापक सूचक नेप्से १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा आइपुगेको छ । आज २३१… Continue reading दोहोरो अंकले घट्यो सेयर बजार, २ अर्ब ४६ करोडको किनबेच
फिलिपिन्स आँधीमा मर्नेको संख्या २०८ पुग्यो
मनिला । फिलिपिन्समा अघिल्लो साता आएको राई नामक आँधीमा परि ज्यान गुमाउनेको संख्या २०८ पुगेको छ । विनासकारी आँधीमा परि अझै कैयौं मानिस वेपत्ता रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दक्षिण र मध्य फिलिपिन्सका समुन्द्री टापुलाई आँधीले तहसनहस पारेको छ । यसले आकर्षक पर्यटकयि गन्तब्य समेत प्रभावित बनेको समाचारमा उल्लेख छ । अहिलेसम्म २३९ जना… Continue reading फिलिपिन्स आँधीमा मर्नेको संख्या २०८ पुग्यो
दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा बने राष्ट्रपति
काठमाडौं । दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा राष्ट्रपति बनेका छन् । उनी इतिहासकै सबैभन्दा कम उमेरका राष्ट्रपति बनेका हुन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको समाचार एजेन्सीहरुले लेखेका छन् । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका छन् । बीबीसीका अनुसार आइतबार राष्ट्रपतीय चुनावमा सम्पन भएको छ… Continue reading दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा बने राष्ट्रपति
क्रिसमस र न्यू इयरको यात्राले कोभिडको नयाँ भेरियन्ट फैलने अमेरिकी विज्ञको चेतावनी
वासिंटन डिसी । नजिकिएको क्रिसमस र न्यू इयरको यात्राले कोभिड विरुद्धका खोपको पूर्ण मात्र लगाइसकेकामा समेत कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी सङ्क्रामक रोगविज्ञले बताएका छन्। बीबीसीका अनुसार डा. एन्थोनी फाउचीले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । महामारीबारे अमेरिकी सरकारलाई सुझाव दिने फाउचीले नयाँ भेरिअन्ट हाल विश्वभर फैलिरहेको बताए।… Continue reading क्रिसमस र न्यू इयरको यात्राले कोभिडको नयाँ भेरियन्ट फैलने अमेरिकी विज्ञको चेतावनी
ओलीले संसद विघटन गरेको एक वर्ष पुरा, राजनीतिक अस्थिरताले के भए उथलपुथल ?
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफु तल पर्ने डरले गरेको एक कदमका कारण पछिल्लो एक वर्षमा मुलुकले सबैभन्दा ठूलो क्षति बेहोर्नु परेको छ । यस्तो कदमको शुरुवात भएको दिन हो आज पुस, ५ । गत वर्ष आजकै दिन ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । ओलीले आफू हट्नुपर्यो भने प्रधानमन्त्रीको कुर्सीमा… Continue reading ओलीले संसद विघटन गरेको एक वर्ष पुरा, राजनीतिक अस्थिरताले के भए उथलपुथल ?