Category: फिचर

  • २४ घण्टे अल्टिमेटम दिएर एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलायो

    २४ घण्टे अल्टिमेटम दिएर एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलायो

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

    सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने निर्णय गरेको हो ।

    एकीकृत समाजवादीका तर्फबाट अहिले विरोध खतिवडा, प्रेम आले, राकुमारी झाँक्री, किसान श्रेष्ठ मन्त्री छन् भने भवानी खापुङ राज्यमन्त्री छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाँदा नेता व्यवस्थापनका लागि आलोपालो गर्ने सहमति भएको थियो । सोही सहमतिका आधारमा सबै मन्त्री फिर्ता बोलाइएका जनाइएको छ ।

    पार्टी स्रोतका अनुसार मन्त्रीहरू फिर्ता हुने बित्तिकै नयाँ मन्त्री चयन गरिने छ । पहिलो चरणमा मन्त्री बन्न नपाएका मेटमणि चौधरी, जीवनराम श्रेष्ठलगायत मन्त्रीको दौडमा अगाडि छन् ।

  • रुपन्देही बस दुर्घटना अपडेट:  ५ जनाको सनाखत

    रुपन्देही बस दुर्घटना अपडेट: ५ जनाको सनाखत

    भैरहवा । रुपन्देहीस्थित रोहिणी खोलाको पुलबाट खोलामा झर्दा भएको यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ जनाका पहिचान खुलेको छ । गृह मन्त्रालयका अनुसार रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमाका विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्षप्रसाद बस्याल र भारतीय नागरिक अरविन्द शर्माको निधन भएको छ । बसमा सवार ३३ जना नै घाइते छन् । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८९१ नम्बरको बस आइतबार बिहान ४ बजेर ४५ मिनेट जाँदा खोलामा खसेको थियो ।

    मृतकमध्ये १ महिला र ८ पुरुष रहेक छन् । उता, गृहमन्त्री बालकृष्ण खाँणले दुर्घटनाका घाइतको उपचारमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् । उनले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरी यस्तो निर्देशन दिएका हुन् । चालक निदायका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

  • विश्व वातावरण दिवस मनाइंदै

    विश्व वातावरण दिवस मनाइंदै

    काठमाडौं । विश्व वातावरण दिवस आइतबार संसारभर एक साथ मनाइंदैछ । जुन ५ मा विश्व वातावरण दिवस मनाउँदै वातावरण संरक्षणमा चासो र चिन्ता व्यक्त गरिन्छ । यस वर्ष दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो । यस दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५० वर्ष अघिदेखि मनाउन थालिएको दिवसको सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको उल्लेख गरेकी छिन् ।

    प्रकृतिको स्वाभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापले पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको उनको भनाई छ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गइ जलवायु परिवर्तन हुँदा संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको बताएका छन् ।

    विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिदै उहाँले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपदबाट जनधनको क्षतिजस्ता असर बढेको बताएका हुन । यस दिन वृक्षरोपण र जनचेतनामुुलक कार्यक्रमहरु बढी आयोजना गरिन्छन् ।

  • मुग्लिङ-पोखरा सडक खण्ड आजबाट दैनिक ५ घण्टा बन्द हुने

    मुग्लिङ-पोखरा सडक खण्ड आजबाट दैनिक ५ घण्टा बन्द हुने

    तनहुँ । मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड आज आइतबारदेखि राति ११ बजेबाट बिहान ४ बजेसम्म बन्द हुने भएको छ । यस क्षेत्रमा सडक बिस्तारको काम गर्नु पर्ने भएकाले अर्को सूचना जारी नभएसम्म राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने मुग्लिङ–पोखरा सडक आयोजना (पूर्वीखण्ड) तनहुँले जनाएको छ ।

    राति ११ बजे अगाडि र बिहान ४ बजे पछाडिको समयमा मात्र सो सडकखण्डमा गाडी चलाउन आयोजनाले आग्रह गरेको छ । हाल मुग्लिन–पोखरा सडकखण्डका बिभिन्न स्थानमा सडक फराकिलो बनाउने र मर्मत गर्ने काम भइरहेको छ ।

  • भारतको उत्तर प्रदेशमा रासायनिक कारखानामा विष्फोट, कम्तिमा ८ जना मारिए

    भारतको उत्तर प्रदेशमा रासायनिक कारखानामा विष्फोट, कम्तिमा ८ जना मारिए

    भारतको उत्तर प्रदेशमा रहेको हाहापुरमा रासायनिक कारखानामा विस्फोटमा कम्तिमा आठ जनाको मृत्यु भएको छ । शनिबार अबरे भएको घटनामा १५ जना घाइते छन् । घटनापछी घटनास्थलमा ठूलो संख्यामा दमकल पठाएर उद्धार गरिएको थियो ।

    प्रहरीले घटना कसरी भयो भन्नेबारे अनुसन्धान थालेको बताएको छ । हापुरको विद्युतीय उपकरण उत्पादन गर्ने कारखानामा विष्फोट भएको बताइएको छ । घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेश राज्यका मूख्यमन्त्री योगी आदित्यनाथसहितका नेताले दुख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिने बताएका छन् ।

  • उपत्यकामा उठेन फोहोर, झरीका कारण दुर्गन्ध बढ्दै

    उपत्यकामा उठेन फोहोर, झरीका कारण दुर्गन्ध बढ्दै

    काठमाडौं । काठमाडौँ उपत्यकामा फोहोर उठ्न नसक्दा प्रदुषण बढेको छ । निरन्तर भइरहेको वर्षात र फोहोर थुप्रिएपछि उपत्यकामा घर र सडक दुबैमा समस्या निम्तिएको हो । दुई साता अगाडी प्रहरी लगाएर फोहोर व्यवस्थापनको काम सुरु भएको थियो । तर, महानगरपालिामा नयाँ जनप्रतिनिधि निर्वाचत भएपछि मेयर बालेन साह नुवाकोटको बन्चरे डाँडा पुगी समस्या समाधानको आश्वासन दिएका थिए । त्यसपछि पनि देखिने गरी ठोस पहल नहुँदा फोहोर उठेको छैन ।

    बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न स्थानीयवासीले अवरोध गरिरहेका छन् । यसअघि फोहोर विसर्जन सिसडोलमा हुँदै आएको थियो । तर, सिडोल भने फोहोरले भरिएपछि बन्चरे डाँडामा लैजान थालिएको हो । महानगरले फोहोरलाई कुहिने र नकुहिने छुट्याएर कुहिने फोहोरलाई मल बनाउन थाल्ने र नकुहिनेमध्ये पनि पुनःप्रयोगमा नआउने फोहारलाई मात्र व्यवस्थापन गर्ने बताउँदै आएको छ ।

  • अनुशासन कमिटिले घनश्याम भुसाललाई कारवाही सिफारिस गर्नुको कारण के हो ?

    अनुशासन कमिटिले घनश्याम भुसाललाई कारवाही सिफारिस गर्नुको कारण के हो ?

    काठमाडा । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको सिफारिस गरेसँगै एमाले वृत्तमा पुनः तरगं सिर्जना भएको छ । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको हो । । पार्टीको सचिवालयको बैठकबाट पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारबाहीको सिफारिस गरेको र उनी घनश्याम भुसाल रहेको एक नेताले बताए ।

    पार्टीमा बसेर पार्टी, अध्यक्ष , महाधिवेशन र नीतिको विरुद्धमा बोलेको भन्दै यस्तो निर्णय भएको नेताहरुले बताएका छन् । स्थानीय चुनावपछि जेठ ८ मा हिमालय टेलिभिजनबाट प्रसारण भएको यक्ष प्रश्न कार्यक्रममा अन्तरवार्ता दिँदै भुसालले अध्यक्ष ओलीको आलोचना गरेका थिए । त्यहाँ उनले एमाले भनेकै ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएको बताएका थिए ।

  • रुपन्देहीमा बस दुर्घटना, कम्तिमा ९ जनाको मृत्यु

    रुपन्देहीमा बस दुर्घटना, कम्तिमा ९ जनाको मृत्यु

    बुटजल । परासी–भैरहवा सडकखण्डमा पर्ने रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलमा बस दुर्घटनामा परी ९ जनाको मृतयु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेको प्रहरीले जनाएको छ । आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए ।

    घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृतकमध्ये एक महिला र ८ जना पुरुष छन् । उनीहरूको पहिचान खुलिसकेको छैन । घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार जारी छ । दुर्घटनाको कारण खुलेको छैन ।

  • निजगढ विमानस्थल यसै वर्ष निर्माण प्रारम्भ हुन्छ : अर्थमन्त्री

    निजगढ विमानस्थल यसै वर्ष निर्माण प्रारम्भ हुन्छ : अर्थमन्त्री

    वीरगन्ज । अर्थमन्त्री जनार्दन शर्माले निजगढ विमानस्थलको निर्माण यसै वर्ष प्रारम्भ हुने बताएका छन् । शनिबार वीरगंज उद्योग वाणिज्य संघको ४६ औं साधारणसभामा बोल्दै मन्त्री शर्माले विमानस्थल बनाउन यही वर्षदेखि सुरू गरिने बताए। ‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरू गर्ने हो। यसको लागि जे पनि गर्न तयार छु,’ उनले भने, ‘यो जनार्दन शर्माको प्रतिबद्धता हो। शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो।’

    उनले वीरगंजमा चिनी मिल चलाउन बजेटमा उल्लेख गरेको कुरालाई मजाकको रूपमा नलिन पनि अनुरोध गरे। ५\७ महिनादेखिको अध्ययनबाट मिल चलाउन सरकार तयार भएको उनले बताए। उनले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगंज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेको समेत बताए ।

  • नेपालमा थप १६ जनामा कोरोना पुष्टी

    नेपालमा थप १६ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार १८४ नमुना परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो । ९५७ पीसीआर परीक्षणमा ८ जना र एक हजार २२७ एन्टिजन परीक्षणमा पनि ८ जना नै संक्रमित भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या भने ९ रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११० रहेको छ । मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

  • महिला क्रिकेट : यूएईसामु नेपाल निरिह

    महिला क्रिकेट : यूएईसामु नेपाल निरिह

    यूएई । आईसीसी यू १९ टी २० विश्वकप एसिया छनोटमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको छ । नेपालको ब्याटिङ कमजोर बन्दा ८ रनमै अलआउट भएको थियो । ९ रनको लक्ष्य यूएईले १.१ ओभर खेल्दै विना विकेट पूरा गर्‍यो । यूएईका तीर्थ सतिस ४ र लाभन्य केनी ३ रनमा अविजित रहे ।
    यसअघि पहिले ब्याटिङ गरेको नेपालले जम्मा ८ रन जोडेको थियो ।

    स्नेहा महराले ३ रन बनाइन् । यो नै व्यक्तिगत उच्च रन रह्यो । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् । यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन दिएर सर्वाधिक ५ विकेट लिइन् । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् ।

  • टर्कीले किन नाम राख्यो टर्कीय ?

    टर्कीले किन नाम राख्यो टर्कीय ?

    इस्तानबुल । सन् १९२३ मा विभिन्न मुलुकको उपनिवेशबाट स्वतन्त्र भएको टर्कीले नाम परिवर्तन गरी टर्कीये राखेको छ । अंकाराको आग्रहसँगै संयुक्त राष्ट्र संघले टर्कीको नाम टर्कीये राख्न सहमति दिएको हो । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफा दुजारिचले बुधबार टर्किस विदेशमन्त्री मेभलुत चाभुसोलुले पठाएको पत्र प्राप्त भएको जानकारी दिएका छन् । पत्रमा अबदेखि सबै गतिविधिमा टर्कीको सट्टा टर्किये प्रयोगमा ल्याउन आग्रह गरिएको थियो । प्रवक्ता दुजारिचका अनुसार पत्र प्राप्त भएसँगै नाम परिवर्तन भइसकेको छ ।

    विदेशमन्त्री चाभुसोलुले भनेका छन्, ‘संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संगठन र मुलुकहरूका लागि पनि टर्कीये प्रयोगमा ल्याउन हामी सफल भएका छौँ।’ गत डिसेम्बरमै राष्ट्रपति रेचेप तय्यप एर्दोआनले सबै भाषामा टर्किये सम्बोधन गरिने बताएका थिए । राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा टर्कियेलाई अम्ब्रेला ब्रान्डका रूपमा स्विकारिएको छ, ’उनले भनेका थिए, ‘टर्किस नागरिकको संस्कृति, सभ्यता र मान्यतालाई सही प्रतिनिधित्व टर्किये ले नै गर्नेछ। राष्ट्रपति एर्दोआनले विभिन्न कम्पनीलाई निर्यात गरिने वस्तुमा पनि मेड इन टर्किये लेख्न सल्लाह दिएका थिए ।

    टर्कीले क्रिसमस, नयाँ वर्ष र थ्यांक्सगिभिङसँग जोडिएको चरा बुझिने भएकाले पनि देशको नाम परिवर्तन गरिएको बताइएको छ । त्यस्तै क्याम्ब्रिज इंग्लिस डिक्सनरीमा पनि टर्कीुलाई असफल वा मूर्ख व्यक्ति रूपमा परिभाषित गरिएको छ । आफ्नो मुलुकको नाम परिवर्तन गर्ने टर्की पहिलो मुलुक होइन। सन् २०२० मा हल्यान्डबाट नेदरल्यान्ड्स गरिएको थियो । ग्रीससँगको राजनीतिक विवादका कारण युगोस्लाभ गणतन्त्र म्यासेडोनियाबाट नाम परिवर्तन गरी नर्थ म्यासेडोनिया बनाइएको थियो । त्यस्तै सन् २०१८ मा राजा स्वाती तेस्रोले स्वाजिल्यान्डको नाम परिवर्तन गरी इस्वातिनी बनाएका थिए । त्यस्तै सन् २०१६ मा चेक गणतन्त्रले आफ्नो आधिकारिक नाम चेकिया बनाएको थियो ।

  • काठमाडौं महानगरपालिकाका मेयर बालेनले भेटे प्रचण्डलाई

    काठमाडौं महानगरपालिकाका मेयर बालेनले भेटे प्रचण्डलाई

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । मेयर साह शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् । भेटका क्रममा प्रचण्डले मेयर साहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका हुन् ।

    भेटमा प्रचण्ड र बालेनले एकअर्काको प्रशंसा गरेका थिए । मेयर साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । मेयर निर्वाचित भइसकेपछि बालेनले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि भेटेका छन् ।

  • आज मच्छिन्द्रनाथको भोटो देखाइंदै, देशभर सार्वजनिक बिदा

    आज मच्छिन्द्रनाथको भोटो देखाइंदै, देशभर सार्वजनिक बिदा

    काठमाडौं । आज वर्ष र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ। मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने चलन छ। शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो । तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्‍याइएको थियो। मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको छ।

    भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ। भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्‍याइन्छ। यसैबीच सरकारले आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ। राष्ट्रपतिको समुपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएकाले आज शनिवार देशभर सार्वजनिक बिदा रहेको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

  • रुकुम पूर्वमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु

    रुकुम पूर्वमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु

    काठमाडौं । रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका(४ स्थित दादीङमा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्र्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम-पूर्वले जानकारी दिएको छ । मृत्यु हुनेमा सिस्ने ४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम९पूर्व० का प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए । उनका अनुसार दुई जना घाइते भएका छन् ।

    घाइतेकोे रुकुम-पूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए । चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक खत्रीले भने, ‘ट्र्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । सडकदेखि तल पनि खसेको छैन तर दुईदुई जनाको ज्यान गएको छ । ट्र्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको नि हुनसक्छ, झर्ने बेलामा आत्तिएको नि हुनसक्छ ।’घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।
    रासस

  • रुस-युक्रेन युद्धको १०० औं दिन पुरा

    रुस-युक्रेन युद्धको १०० औं दिन पुरा

    काठमाडौं । युक्रेनमा रुसको युद्ध सुरु भएको एकसय दिन पुगेको छ । युक्रेनका राष्ट्रपतिले आफ्नो देशले गरिरहेको प्रतिरोधको प्रशंसा समेत गरेका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, जित हाम्रो हुनेछ ।’ क्रेम्लिनले चाहिँ रुसले उपलब्धि हासिल गरिरहेको बताउँदै आफ्ना उद्देश्य हासिल नहुँदासम्म पछि नहट्ने जनाएको छ। किएभमा राष्ट्रपति कार्यालय अगाडि उभिएर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रवार एउटा मार्मिक भिडियो सार्वजनिक गरे। भिडिओमा जेलेन्स्कीको आसपास युक्रेनका प्रधानमन्त्री सहित उनका केही निकट सहकर्मीहरू थिए।

    भिडिओमा उनले भने, ‘युक्रेनका सशस्त्र फौज समेत यहाँ छन्।।।हाम्रो देशका नागरिकहरू समेत यहाँ छन्। हामीले युद्धको प्रतिरोध अहिलेसम्म १०० दिन गरिसकेका छौँ। जित हाम्रो हुनेछ। युक्रेन जिन्दाबाद।’
    रुसले अतिक्रमण सुरु गरेको एक दिनपछि २५ फेब्रुअरीमा समेत जेलेन्स्कीले ठ्याक्कै त्यही ठाउँबाट उस्तैखाले भिडिओ सार्वजनिक गरेका थिए। त्यसपछि पश्चिमा देशहरूबाट उनलाई उद्धार गरेर देशबाहिर लैजान आएको प्रस्तावलाई अस्वीकार गर्दै आफूलाई त्यस्तो सवारीको सहायता नभइ हतियार चाहिएको बताएका थिए। सय दिनपछि युद्ध जारी रहँदा उनी आफ्नो पदमा कायम छन्।

    यसैबिच नेटोका प्रमुख येन्स स्टोलटेनबर्गले पश्चिमा देशहरूलाई लामो यात्राको लागि तयार रहन सजग गराएका छन्। युक्रेन सङ्कटका लागि राष्ट्रसङ्घीय संयोजक अमिन अवादले यस युद्धमा विजेता न अहिले कोही छ न कहिल्यै हुनेछ, भनेका छन्। दक्षिण रुसको सोची शहरमा पुटिनलाई भेटेका सेनेगलका राष्ट्रपतिले युद्धले सिर्जना गरेको खाद्य अभावबारे सोच्न भनेका छन्।

    अफ्रिकी सङ्घका अध्यक्ष समेत रहेका म्याकी साललाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले पुटिनले युद्धमैदानबाट पर रहेका देशहरू पनि आर्थिक तहमा पीडित बनिरहेको बुझ्नुपर्ने जनाएको छ। क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोफले भने मस्कोले भन्ने गरेको सैन्य कारबाहीको एउटा मुख्य लक्ष्य स्वघोषित डोनेट्स्क र लुहान्स्क गणराज्यमा मानिसहरूलाई सुरक्षित राख्नु रहेको बताएका छन्। हालसम्म रुसी फौजहरूले युक्रेनको २० प्रतिशत भूभागमा नियन्त्रण जमाएका छन्।

    BBC

  • एक महिनामा वैदेशिक रोजगारीमा गए  ४५ हजार नेपाली

    एक महिनामा वैदेशिक रोजगारीमा गए  ४५ हजार नेपाली

    काठमाडौं । वैशाख महिनामा वैदेशिक रोजगारीका लागि ४५ हजार ४ नेपाली विदेसिएका छन् । यो सङ्ख्या चैत महिनाको तुलनामा साढे १० हजार जना कम हो । वैशाख महिना भर विदेशिने नेपालीको संख्या ४५ हजार ४ रहेको वैदेशकि रोजगार विभागले जनाएको छ । जबकी चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए ।

    फागुनमा भन्दा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले घटेको थियो । चैतमा दैनिक औसत १ सय ८५० जना श्रमिक विदेश गएकोमा चैतमा त्यो संख्या १५ सयमा झरेको छ ।

    वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो । गत वैशाख महिनामा २३ हजार ३ सय १७ जना नेपाली नयाँ श्रम स्वीकृति लिएर विदेश गाएका थिए भने बाँकीले पुरानै श्रम स्वीकृति नवीकरण गरेका थिए 
    वैशाखमा श्रम स्वीकृति नवीकरण गरेर जाने र नयाँ स्वीकृति लिएर जाने दुवै खालका श्रमिकको संख्या घटेको हो

  • एमालेलाई अर्थमन्त्रीको जवाफ-‘संविधानमा ५/७ महिनाका लागि बजेट ल्याउने व्यवस्था लेखिएको भए त्यसै गर्नहुन्थ्यो, यो पूर्ण बजेट हो’

    एमालेलाई अर्थमन्त्रीको जवाफ-‘संविधानमा ५/७ महिनाका लागि बजेट ल्याउने व्यवस्था लेखिएको भए त्यसै गर्नहुन्थ्यो, यो पूर्ण बजेट हो’

    काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले हरेक सरकारले जस्तोसुकै अवस्थामा पनि बार्षिक बजेट नै प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको बताएका छन्।

    शुक्रबार संसदमा बजेटमाथिको छलफलका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले संविधानमा पाँच वर्षका लागि बजेट ल्याउने व्यवस्था नरहेको बताएका हुन्।

    बजेटमाथिको छलफलका क्रममा एमालेका सांसदहरुले चुनावी सरकारले पूर्ण बजेट ल्याएको भन्दै आलोचना गरेका थिए । त्यसको जवाफ दिने क्रममा अर्थमन्त्रीले भने, ‘संवैधानिक व्यवस्थाअनुसार बजेट प्रस्तुत गरेको छु । पाँच महिनाको लागि लेखिएको भए त्यसै गर्नहुन्थ्यो, ७ महिनाका लागि लेखिएको भए त्यसै गर्नहुन्थ्यो। त्यो संवैधानिक व्यवस्था भेटिएन, त्यसैले याे पूर्ण बजेट हाे।’

    उनले नयाँ नेतृत्वको सरकार आएपनि बजेटले उथलपुथल नहुने बताएका छन्। ‘अध्यादेशबाट आएको बजेट हामी कार्यान्वयन गरिरहेका छौं । अहिले पेश गरेको बजेट पनि पछि आउने सरकारले कार्यान्वयन गर्छ,’ उनले भने।

    उनले तोकिएकै समयमा चुनाव हुनेमा सरकार प्रतिवद्ध रहेको र त्यसका लागि बजेट विनियोजन गरिएको बताए।

  • स्थानीय जनप्रतिनिधिलाई अर्थमन्त्रीको निर्देशन-‘ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्’

    स्थानीय जनप्रतिनिधिलाई अर्थमन्त्रीको निर्देशन-‘ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्’

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पालिका भित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरेका छन् । स्थानीय जनप्रतिनिधिसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

    ‘तपाईहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् र त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्’ उनले भने, ‘स्थानीय जनतालाई स–साना काम गरेरै खुसी बनाउने प्रयास गर्नुस ’ स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकताहरु पुरा गरेर सबैको मन जित्ने काम गर्नुस् ।’

    स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठूला परियोजना प्रदेश र संघले बनाउने पनि जानकारी दिए ।

    मन्त्री शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रबार बिहान अर्थमन्त्रालयमा भेटमा पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न पनि निर्देशन दिए ।

    ‘कार्यालयमा सेवाग्राही आउनासाथ नमस्ते गर्दै स्वागत गर्न एउटा कर्मचारी राख्न समेत आग्रह गरेका छन् ।
    ती कर्मचारीलाई सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्त गराउन सहजीकरण गर्न लगाउन सुझाव दिए ।

    उनले भने जनप्रनिधि पनि नमस्ते खाएर बस्ने होइन, विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस् ।’

    संघ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्यांकन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पुरा गर्न निर्देशन दिए ।

    त्यस्तै प्रत्येक हप्ता जनताको बीच गएर अन्तरक्रिया, भेटघाट र सामिप्यता बढाउन सुझाव दिए ।

    मन्त्री शर्माले स्थानीयस्तरका बारेमा पर्याप्त ज्ञान राख्न, वडा सदस्यहरुलाई विभिन्न समिति बनाई जिम्मेवारी दिन, विकास–योजनाका बारेमा जिल्लास्तरका कर्मचारीहरुसँग छलफल गर्न, जनप्रतिनिधिलाई नैतिक आचरणबारे प्रशिक्षण दिन, दुई वा सो भन्दा बढी पालिकास्तरमा समन्वय गरी काम गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

  • शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह

    शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको माग अनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गरेका छन् ।

    काठमाडौँ विश्वविद्यालयको दोस्रो चरणको २७औँ दीक्षान्त समारोहलाई आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उनले बढ्दो शैक्षिक बेरोजगारी हटाइ बौद्धिक प्रतिभा पलायनलाई नरोक्दासम्म मुलुकमा उज्यालो भविश्य सुनिश्चित गर्न नसकिने बताए ।

    प्रधानमन्त्री देउवाले शिक्षित युवा जनशक्ति मुलुकको विकास र परिवर्तनका संवाहक भएकाले दीक्षित युवा जनशक्तिलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

    यसका लागि विश्वविद्यालयलाई आवश्यक पर्ने सहयोग र सहजीकरणका लागि सरकार तयार रहेको पनि उनले बताए ।

    प्रधानमन्त्री देउवाले काठमाडौँ विश्वविद्यालयले शैक्षिक क्षेत्रमा मुलुकको शिक्षा क्षेत्रको प्रतिष्ठा प्रवद्र्धन गरी विश्वमा पुर्‍याउन सहयोग पुगेको बताएका छन् ।

    उनले विश्वव्यापीरुपमा फैलिएको कोभिड– १९ को महामारीका बीचमा पनि आफ्ना शैक्षिक क्यालेण्डर अनुसार कार्यक्रमलाई निरन्तरता दिएको र बौद्धिक जनशक्तिको पलायनलाई रोक्न सीपयुक्त जनशक्ति उत्पादनमा लागेको भन्दै विश्वविद्यालयको भूमिका प्रशंसनीय रहेको बताए ।

    प्रधानमन्त्री देउवाले आगामी दिनमा मुलुकभित्र रहेको खनिज पदार्थ परिचालन, प्रशोधन तथा जलविद्युत् व्यवस्थापन र जलवायु न्यूनीकरण, जैविक वनस्पतीय जडीबुटीको खोज र अनुसन्धान क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक सामाजिक विकासमा थप टेवा पुर्‍याउन पनि विश्वविद्यालयलाई आग्रह गरे ।

    साथै उनले अन्तर्राष्ट्रियस्तरमा पहुँच पुर्‍याउने काममा थप अग्रसर हुन पनि विश्वविद्यालयलाई आग्रह गरे । सो समारोहमा यहाँबाट यस अवधिमा विभिन्न कार्यक्रमबाट दीक्षित भएका एक हजार ७१५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । दीक्षित हुने विदेशी विद्यार्थीमध्ये भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्याण्ड र जर्मनी गरी नौ देशका १५७ जना छन् ।

    सो विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विश्वविद्यालयबाट ३८ हजार ३३६ जना उत्तीर्ण भएका जानकारी दिए ।

  • सेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    सेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । सोमबारदेखि निरन्तर ओरालो लागेको नेप्सेले लगातार पाँचौं दिन गिरावट आएको हो । यस साताको ५ दिनमा मात्रै नेप्से १४४ अंकले घटेको छ ।

    सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १४ करोड बढेर सवा १ अर्ब नाघेको छ ।

    शुक्रबार नेप्से ३३.७६ अंकले घटेर २०७८.७० विन्दुमा आइपुगेको छ । यसदिन २२६ कम्पनीको १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँ बराबरको ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर किनबेच भएको छ ।
    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । व्यापार समूह सबैभन्दा धेरै २.५६ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा समूह पनि २.३४ प्रतिशतले घटेको छ ।

    आज एनआइसी एशियाको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, नागरिक लगानी कोषको ४ करोड र हिमालयन डिस्ट्रीलरीको पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    उच्च अंकले घटेको बजारमा आज किसान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.९५ प्रतिशतले घटेको छ । त्यसैगरी, उन्नति सहकार्य लघुवित्त ४.६५, प्रोग्रेसिभ फाइनान्स ४.६०, लिबर्टी इनर्जी ४.४४, एशियन लाइफ, प्रभु इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

    त्यस्तै, युनिलिभर, नेरुडे लघुवित्त, माउन्टेन हाइड्रो, आइएमई जनरल र सूयोदय लघुवित्तका सेयरधनीले साढे ३ प्रतिशत गुमाएका छन् । घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरकोयसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • ‘देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाऔं’-गगन थापा

    ‘देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाऔं’-गगन थापा

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउन माग गरेका छन्।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उक्त कुरा बताएका हुन् ।

    महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौति थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराए। ​

    संसद् चलिरहेको बेलामा म माननीय मन्त्रीज्यूलाई आग्रह गर्न चाहान्छु, पेट्रोलियम ऐन चाहियो हामीलाई’, उनले भनेका छन्, ‘पेट्रोलियम ऐन लिएर आयौं भने बल्ल हामीलाई बाटो देखाउँछ।’

    थापाले सरकारले १० वर्ष भित्र डिजेल, पेट्रोल र एलपी ग्याँसमुक्त देश बनाउने गरी काम गर्न आजैबाट सुरु गर्नुपर्ने बताए । तत्कालका लागि चाहिँ कुनै विकल्प खोजेर पेट्रोलियम पदार्थको मूल्य थप घटाउनु पर्ने उनको भनाई छ ।

    ‘नेपाललाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त देश बनाउन आजकै मितिबाट महत्त्वकांक्षी योजनाका साथ लाग्यो भने बाँच्छौँ हामी”, थापाले भने, “अहिले कतै कर घटाउने भन्दा पनि यसको दीर्घकालीन उपाय भनेको यसबाट मुक्त अर्थात् पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउने हो ।’

    थापाले आयातित इन्धन विस्थापन गर्ने नीतिसँगै तत्कालका लागि चाहिँ मर्मत, प्रदूषण शुल्क घटाएर भए पनि मूल्य घटाउनुपर्ने बताए । ‘यो उपाय शुरू गर्ने हो, अहिलेको लागि आज १० रूपैयाँ घटाइएको छ, अन्य घटाउने ठाउँ छन् भनेर त्यहाँबाट घटाएर भए पनि राहत दिनका लागि आग्रह गर्न चाहन्छु”, उनले भने ।

    उनले भने, ‘कोभिड र त्यसपश्चात रुस–युक्रेन युद्धका कारणले गर्दा अन्तराष्ट्रिय बजारमा जसरी मूल्य आकासिएको छ । सप्लाई जसरी अवरुद्ध भएको छ ।

    यसले आउने दिनहरू झनै चुनौतिपूर्ण हुने संकेत गरिरहेको छ । त्यसकै आधारमा भारतले अब जस्तो निर्णय गर्छ, त्यस हाम्रो बजारलाई थप प्रभावित पार्छ ।

  • काठमाडौं–कुमिङ हवाई उडान, हिमालयले गर्यो परीक्षण उडान

    काठमाडौं–कुमिङ हवाई उडान, हिमालयले गर्यो परीक्षण उडान

    काठमाडौं । काठमाडौंदेखि चीनको दक्षिणी क्षेत्रमा पर्ने युन्नान प्रान्तस्थित कुमिङसम्म हवाई उडान प्रारम्भ भएको छ । नेपालस्थित चिनियाँ दूतावासले पहिलो काठमाडौ(कुमिङ उडान भएको जानकारी गराएको छ । बिहीबार दूतावासले ट्विटरमार्फत पहिलो काठमाडौं-कुमिङ उडान भएको जनाउँदै सो अवसरमा बधाईसमेत दिएको छ ।

    कोभिड १९ महामारीपछि नेपाल र चीनबीचको धेरै गन्तब्यको उडान रोकिएको छ । परीक्षणका लागि मंगलबार हिमालय एयरलाइन्सको एच९७८४ विमान त्रिभुवन विमानस्थलबाट चीनको कुमिङ पुगेर फर्किएको हो । अहिले चीनले आफ्ना नागरिकलाई अन्य मुलुक जान अनुमति नदिएका कारण एयरलाइन्सले सेवा बिस्तार गर्न पाएका छैनन् ।

  • गाउँपालिकामार्फत कोरियामा मौसमी कामदार नपठाउन मन्त्रालयको परिपत्र

    गाउँपालिकामार्फत कोरियामा मौसमी कामदार नपठाउन मन्त्रालयको परिपत्र

    काठमाडौं । स्थानीय तहमार्फत कोरियामा मौसम पठाउन थालिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसो नगर्न स्थानीय तहलाई सचेत गराएको छ । दक्षिण कोरियामा ६ महिने मौसमी कामदार पठाउने कार्यमा संलग्न नहुन पालिकाहरूलाई मन्त्रालयले परिपत्र गरेको हो । दक्षिण कोरियाका स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरी पालिकाहरूले गैरकानुनी ढंगले आफूखुसी मौसमी कामदार पठाउन थालेपछि संघीय मन्त्रालयको यस्तो निर्णय सार्वजनिक भएको हो ।

    कोरियाली र नेपाली एजेन्टको सक्रियतामा भगिनी सम्बन्ध जोडेर केही पालिकाले मौसमी कामदार पठाउन थालेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छोटो समयावधिका लागि वैदेशिक रोजगारीमा पठाउन श्रम स्वीकृति समेत नदिएका कारण त्यसरी कामदार पठाउनु गैरकानूनी मानिन्छ । झन्डै ३० वटा स्थानीय तहले कोरियामा मौसमी कामदार पठाउने प्रक्रियामा रहेको बताइएकोछ । केही पालिकाले एजेन्टसँग मिलेमतो गरेर श्रम स्वीकृतिबिना कामदार पठाइसकेका छन् । कोरिया जाने कामदारले हवाई टिकट, भिसा र बिमाबापत लागेको रकम भुक्तानी गर्नुपरेको बताइएको छ ।

  • अमेरिकामा सैनिकले जस्तै हतियार बोक्ने उमेर १८ बाट २१ पुर्याउन राष्ट्रपतिको प्रस्ताव

    अमेरिकामा सैनिकले जस्तै हतियार बोक्ने उमेर १८ बाट २१ पुर्याउन राष्ट्रपतिको प्रस्ताव

    न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडनले बन्दुकका कारण हुने हिंसा र हत्याकाण्ड रोक्न घातक खालका अस्त्रहरू र उच्च क्षमताका म्यागजिनमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। ह्वाइट हाउसबाट प्राइम टाइम अर्थात् सबैभन्दा धैरेले टेलिभिजन हेर्ने समयमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिकामा दैनिक धेरै स्थलहरू हत्या गर्ने क्षेत्र बनिरहेको बताए। अमेरिकी कङ्ग्रेसले त्यस्ता हातहतियारलाई गैरकानुनी बनाउन नसके ती हतियार खरिद गर्ने उमेर १८ बाट २१ वर्ष पुर्‍याउनुपर्ने बाइडनको भनाइ छ।

    देशमा भएका श्रृङ्खलाबद्ध गोलीकाण्डहरूपछि राष्ट्रपति बाइडनको उक्त भनाइ आएको हो। ह्वाइट हाउसबाट बोल्दै उनले बन्दुक खरिदकर्ताहरूको पृष्ठभूमि जाँचलाई ख्याल गर्न आह्वान गरेका छन्। त्यस्तै देशव्यापी रूपमा रेड फ्ल्याग ल को विस्तारमा पनि उनले जोड दिए। त्यस्तो कानुनले कुनै पनि हतियारधारी व्यक्तिद्वारा अरुमाथि वा आफैँमाथि पनि खतरा भएको ठानिएमा त्यस्ता व्यक्तिसँगको हतियार उसबाट खोस्ने आदेश दिन अदालतहरूलाई अनुमति दिन्छ।

    ‘यो कसैको बन्दुक खोस्नेबारे होइन,’ उनले भने, ‘यो कसैको अधिकार खोस्ने कुरा होइन, यो बालबालिकाको सुरक्षाको कुरा हो।’ उनले खतरनाक र धेरै क्षमताका बन्दुकहरू सामान्य मानिसलाई आवश्यक नपर्ने सङ्केत गरेका छन्। बाइडनले भने, ू‘किन ईश्वरको नाममा एक साधारण नागरिकले ३० राउन्ड म्यागजिनहरू भएको घातक हतियार किन्नुपर्छ ? त्यसले सुटरहरूलाई केही मिनेटमा सयौँ गोली चलाउने सुविधा दिन्छ।’

    अमेरिकाका बफेलो, न्यूयोर्क, टेक्सस, ओक्लाहोमा लगायतका क्षेत्रमा हालैका दिनमा भएका गोलीकाण्डको पृष्ठभूमिमा बाइडनले उक्त आह्वान गरेका हुन्। बिहीवार उनी बोल्न तयार हुँदै गर्दा पनि विस्किन्सन राज्यको एक अन्तिम संस्कार स्थलमा एउटा गोलीकाण्डमा कैयौँ व्यक्तिलाई गोली हानिएको घटना भएको थियो। बीबीसी

  • बैतडीमा दुई जना मृत फेला

    बैतडीमा दुई जना मृत फेला

    बैतडी । छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु भएको छ । एक जनाको भिरबाट लडेर मृत्यु भएको छ भने अर्को एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो ।

    बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले जानकारी दिए । यस्तै सिगास–१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका छन् । धामी स्थानीय गाजरीबजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए । घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ । रासस

  • सरकारले कर कटौती गरेसँगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    सरकारले कर कटौती गरेसँगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको जानकारी गराएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०÷१० रुपैयाँले घटाउने निर्णय गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँमा झरेको छ ।

    अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको हो । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको छ । सरकारले बजेटबाट कर हटाउने निर्णय लिएको थियो । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत छ ।

  • एक महिनामा अमेरिकाबाट भित्रिए ७ हजार २७४ पर्यटक

    एक महिनामा अमेरिकाबाट भित्रिए ७ हजार २७४ पर्यटक

    काठमाडौं । नेपालमा मे २०२२ मा ५३ हजार ६०८ जना पर्यटक आएका छन् । यसमध्ये अमेरिकाबाट मात्र ७ हजार २७४ जना रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालमा भारतपछि यो वर्ष अमेरिकाबाट पर्यटक आएका छन् । सन् २०२२ को पहिलो ५ महिनामा १ लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार एक महिनामा भारतबाट मात्र २६ हजार ६६२ जना पर्यटक नेपाल आएका छन् । यो हवाई मार्ग प्रयोग गरेर आउने भारतीयको मात्र संख्या हो ।

    दोस्रो स्थानमा अमेरिकी नागरिकको संख्या धेरै छ । मे महिनामा अमेरिकाबाट मात्र ७ हजार २७४ जना पर्यटक नेपाल आएका छन् । तेस्रो स्थानमा बंगलादेश रहेको छ । यस मुलुकबाट ३ हजार २६८ जना नागरिक मे महिनामा नेपाल आएका छन् । बेलायतबाट २ हजार ४५१ जना पर्यटक नेपाल आएका छन् ।अध्यागमन विभागको तथ्यांक अनुसार एक महिनामा नेपाल आएका ५३ हजार ६०८ जना नागरिकहरु संसारभरका १६९ वटा मुलुकका नागरिक हुन् ।

    यो सूचीमा युद्धरत मुलुक युक्रेनबाट ७१ र रसियाबाट ४८८ जना नागरिक नेपालको भ्रमणमा आएको देखिएको छ । एक महिनाको अवधिमा नेपालबाट ६१ हजार ३५० जना विदेशी नागरिकले देश छाडेका छन् । विभागका अनुसार मे महिनामा विभिन्न मुलुकमा रहेका ७४ हजार ६९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । यसै अवधिमा १ लाख १३ हजार ७१६ जना नेपालीले भने स्वदेश छाडेर विदेश उडेको अध्यागमन विभागले जनाएको छ

  • तारा एयर दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण

    तारा एयर दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण

    काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गर्ने काम बिहीबार सम्पन्न भएको छ । आइतबार पोखराबाट मुस्ताङ जाँदै गर्दा तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो । दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको थियो । दुर्घटनाको कारण खोज्न सरकारले छानविन आयोग गठन गरेको छ ।

  • केन्द्र सरकारबाट कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट ?

    केन्द्र सरकारबाट कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट ?

    काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश र स्थानीय तहलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ४ खर्ब २९ अर्ब ८३ करोड बजेट दिने भएको छ ।

    केन्द्र सरकारले आगामी वर्ष समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार शीर्षकमा प्रदेश र स्थानीय तहलाई उक्त रकम उपलब्ध गराउने भएको हो ।

    अर्थ मन्त्रालयले ७ वटा प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड र ७५३ स्थानीय निकायहरुलाई ३ खर्ब ३७ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको हो ।

    ७ प्रदेशमध्ये वाग्मती प्रदेशले सबैभन्दा धेरै २० अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पाएको छ भने गण्डकी प्रदेशले सबैभन्दा कम १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ पाएको छ ।