Category: फिचर

  • रोकिएन शेयर बजारको आरालो यात्रा, कारोबार करोडमा झर्‍यो

    रोकिएन शेयर बजारको आरालो यात्रा, कारोबार करोडमा झर्‍यो

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से १४.६४ अंकले घटेर २०४८.१६ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २२९ कम्पनीको ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँ बराबरको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । विहीवार १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

    कारोबारमा आएका १३ वटा समूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै २.०२ प्रतिशतले घटेको छ । त्यस्तै, व्यापार, होटल, विकास बैंक, फाइनान्स समूह १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य उच्च वृद्धि भएको छ ।

    शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा ग्रीन भेञ्चर लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् । ग्रीन भेञ्चर लिमिटेडको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९१.६० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८२९.६० रुपैयाँ पुगेको छ । भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर २७१.२० रुपैयाँ पुगेको छ ।

    घट्दो बजारमा आज सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ५.७५ प्रतिशत गुमाएका छन् ।

    आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंक ४ करोड र मेगा बैंक ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • यी हुन् सरकारले हड्ताल गर्न निषेध गरेको अत्यावश्यक २५ सेवाहरु

    यी हुन् सरकारले हड्ताल गर्न निषेध गरेको अत्यावश्यक २५ सेवाहरु

    काठमाडौं । सरकारले अत्यावश्यक २५ वटा सेवामा हड्ताल निषेधित क्षेत्र घोषणा गरेको छ ।

    अत्यावश्य सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालये हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची राजपत्रमा प्रकाशित गरेको हो ।

    हड्ताल गर्न बन्देज लगाइएको क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, बैंकिङ सेवा, बिमा सेवा, विद्युत सेवालगायत छन् ।

    यस्तै मास्कसम्बन्धी सेवा, ह्याण्ड सेनिटाइजरसम्बन्धी सेवा, भेटेनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, इन्टरनेट सेवा पनि हड्ताल निषेधित क्षेत्र तोकिएको छ ।

    आवश्यक सेवा सञ्चालन ऐनअनुसार निषेध गरिएका सेवामा कुनै व्यक्तिले हड्ताल गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा उसलाई ६ महीनासम्म कैद वा २०० सय रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

    ऐनकै दफा ५ मा निषेध गरिएको कुनै हड्ताल गर्न वा त्यसमा भाग लिन भाग लिइ राख्न कुनै व्यक्तिले अरुलाई दुरुत्साहन गरेमा उसलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

  • युक्रेनमा दैनिक २ सय सैनिकले गुमाइरहेका छन् ज्यान

    युक्रेनमा दैनिक २ सय सैनिकले गुमाइरहेका छन् ज्यान

    काठमाडौं (बीबीसी, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको बताएका छन्। पूर्वी डोन्बास क्षेत्रमा रुसी फौजको सामना गर्नका निम्ति सयौँ पश्चिमा युद्ध प्रणाली युक्रेनलाई आवश्यक रहेको मिखाइलो पोदोलियाकले बताए। मस्कोसँग शान्तिवार्ता पुनः सुरु गर्न किएभ तयार नभएको पनि उनले उल्लेख गरे। सिङ्गो डोन्बासमाथि नियन्त्रण गर्ने प्रयासमा रहेका रुसी फौजहरूको निरन्तर बमबारीको युक्रेनी फौजले सामना गर्नु परेको छ।

    रुसी फौजहरूले पारमाणविक अस्त्रबाहेक लगभग सबै प्रणालीबाट हमला गरिरहेको पोदोलियाकले बताए। युद्धमा युक्रेनतर्फ धेरै क्षति हुनुका कारण दुई पक्षबीच प्रतिरक्षा गर्ने सामर्थ्य समान नहुनु भन्दै पश्चिमा देशहरूले थप अस्त्र उपलब्ध गराउनु पर्ने युक्रेनको माग उनले दोहोर्‍याए। ‘हामीले अस्त्र माग गर्नु केवल मागका लागि मात्रै होइन‘बरु युद्ध मैदानको स्थितिअनुसार तथ्यपरक माग हो,’ पोदोलियाकले भने। रुसको सामना गर्न युक्रेनलाई १५० देखि ३०० वटासम्म रकेट प्रणाली चाहिएको उनले बताए। यो सङ्ख्या अहिलेकै युक्रेनले प्राप्त गरिसकेकोभन्दा बढी रहेको समेत उनले बताए ।

    गत फेब्रुअरी २४ तारिखमा सुरु गरेको अतिक्रमणयता कब्जा गरेका सबै भूभाग रुसले फिर्ता गरे मात्रै शान्तिवार्ता पुनः शुरू हुन सक्ने पोदोलियाकले स्पष्ट पारे। युद्धको अग्रपङ्क्तिमा दैनिक १०० देखि २०० को बीचमा युक्रेनी सैनिकले ज्यान गुमाइरहेको भन्नु भनेको पहिला अनुमान गरिएको सङ्ख्याभन्दा उच्च हो। बिहीवार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले युद्धमा दैनिक १०० जना सैनिकले ज्यान गुमाइरहेको र ५०० जना घाइते भइरहेको बताएका थिए।

  • कमजोर ब्याटिङका कारण नेपाल हार्दा करणको प्रदर्शन ओझेलमा

    कमजोर ब्याटिङका कारण नेपाल हार्दा करणको प्रदर्शन ओझेलमा

    टेस्सास । आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपाल पहिलो खेलमा ओमनसँग पराजित भएको छ । अमेरिकाको टेक्सासमा शुक्रबार विहान सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले हारेको हो । ओमान, अमेरिका र नेपालबीचको यो त्रिकोणात्मक सिरिजमा ओमानले भने पहिलो जित निकाल्यो। करन केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले बलिङमा ओमानलाई मध्यम योगफलमा रोक्न सफल भएको थियो । ५० ओभरमा ८ विकेट गुमाएको ओमनले २११ रन मात्र बनाउन सक्यो । २१२ रनको लक्ष्य पछ्याएको नेपाल २ बल खेल्न बाँकी छदा १९८ रनमै अलआउट भयो। नेपालका लागि आरिफ शेखले ६६ रन बनाए ।

    ओपनरद्वय सुवास खकुरेल ३ रन र सुनील धमला १२ रनमा आउट भए। देव खनाल ३४ रन र रोहित पौडेल २० रन जोडेर आउट भए । दीपेन्द्रसिंह ऐरीले १६ रन र विनोद भण्डारीले १४ रन बनाए । करण केसी ८ रन, सोमपाल कामी १३ रन र कप्तान सन्दीप लामिछाने २ रन मात्र जोड्न सके । बलिङमा ओमानका जीशन मक्सूद र खावर अलीले ३(३ विकेट लिए। बलिङमा नेपालका करण केसीले ५ विकेट लिएका थिए । कप्तान सन्दीप लामिछानेले २ र सोमपाल कामीले १ विकेट लिए ।

  • पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध, सडक भासियो

    पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध, सडक भासियो

    तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध बनेको छ । गत रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो।

    सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्कालाई उदृत गर्दै राससले लेखेको छ । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए। यसअघि बिहीबार दिनभर नारायणगढ–मुग्लिङ सडक अवरुद्ध बनेको थियो ।

  • १७ वर्षसम्म उमेर समुहका व्यक्तिले आजबाट कोरोनाको बुस्टर डोज लगाउन सक्ने

    १७ वर्षसम्म उमेर समुहका व्यक्तिले आजबाट कोरोनाको बुस्टर डोज लगाउन सक्ने

    काठमाडौं । आजबाट १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सक्ने भएका छन् । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने छन् । यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो । उनीहरुलाई आजबाट बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप दिने सरकारको तयारी छ ।

    यसअघि जुन खोप लगाएकाले पनि बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप लगाउन सक्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । १२ देखि १७ बर्षसम्मका बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाए पनि हुने भएको छ । पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा सम्पर्क राखेर खोप लगाउन सकिने भएको छ ।

  • काठमाडौं महानगर र बन्चेडाँडाका स्थानीयबीच अर्को सहमति, उठ्ला फोहोर ?

    काठमाडौं महानगर र बन्चेडाँडाका स्थानीयबीच अर्को सहमति, उठ्ला फोहोर ?

    काठमाडौं । काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुका ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । यसअघि स्थानीय जनप्रतिनिधिसँग मात्र भएको चित्त नबुझाइ स्थानीयले निरनतर आन्दोलन गरिरहेका थिए । महानगरपालिका र स्थानीय बासिन्दाबीच गएराति १ बजेतिर सम्पन्न बैठकमा फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने र रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका सहमति भएको हो ।

    सिसडोल तथा बन्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने लगायतका सहमति पनि भएको छ ।
    यस्तो छ सहमति पत्र

  • पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि

    पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि

    काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य आठ रुपैयाँ बढेको छ । १७० रुपैयाँमा एक लिटर पाइने पेट्रोलको मूल्य अब १७८ पुगेको छ । निगमले डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर १२ रुपैयाँ बढाएको छ ।

    अब डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने चलाएको छैन । मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजेलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमको दाबी छ । मट्टिेतलमा भने प्रतिलिटर १७ रुपैयाँ ०१ पैसा नाफा छ ।

  • अमेरिकी सेनाका एक उच्च कमाण्डर चार्ल्स ए फ्लिन नेपाल भ्रमणमा

    अमेरिकी सेनाका एक उच्च कमाण्डर चार्ल्स ए फ्लिन नेपाल भ्रमणमा

    काठमाडौं । अमेरिकी सेनाको प्यासिफिक कमान्डका एक उच्च कमान्डर जनरल चार्ल्स ए फ्लिन नेपाल भ्रमणमा आएका छन् । अमेरिकी सेनाको प्यासिफिक कमान्डिङ जनरल चार्ल्स ए फ्लिन नयाँदिल्ली हुँदै बिहीवार काठमाडौं आएका हुन् । उनी चार दिने भ्रमणमा सिलसिलामा आएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासहित विभिन्न उच्च अधिकारीलाई भेट्ने कार्यक्रम छ । प्रधानसेनापति प्रभुराम शर्माले आगामी असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमण गर्नु अगाडी अमेरिकी सेनाका उच्च कमाण्डर नेपाल आएका हुन् ।

    नेपाली सेनाले जनरल फ्लिनको भ्रमणलाई सद्भावना भ्रमण भनेको छ । यो भ्रमणलाई नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवको अवसर पारेर दुवै देशबाट भइरहेका उच्चस्तरीय भ्रमणहरूको निरन्तरताका रूपमा हेरिएको छ। उनलाई सैनिक मुख्यालय भद्रकालीमा गार्ड अफ अनर दिइने छ । शनिवार बिहान जेनरल फ्लिन सगरमाथा आधार शिविरको भ्रमणमा जानेछन् ।

  • आइसीसी विश्वकप लीग टू : नेपाल र ओमन भिड्दै

    आइसीसी विश्वकप लीग टू : नेपाल र ओमन भिड्दै

    काठमाडौं । आइसिसी विश्वकप लिग २ मा नेपाल र ओमन भिडिरहेका छन् । नेपालले टस हारेको छ । ओमानले ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको छ । खेल अमेरिकाको टेक्सासस्थित पर्लल्यान्डको मोसा रंगशालामा जारी छ । नेपाली टिममा आज सुनील धमलाले डेब्यू गरेका छन्। सन्दीप लामिछानेले कप्तानी गरिरहेका छन् । घरेलु टिम अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । हिजोदेखि सुरू भएको सिरिजमा घरेलु टिम अमेरिकाले विजयी सुरुवात गरिसकेको छ। अमेरिकाले ओमानमाथि ११४ रनको फराकिलो अन्तरको जित निकालेको थियो।

    जारी लिग २ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल अंक तालिकामा छैठौं स्थानमा छ। शीर्ष स्थानको ओमानको ३३ खेलबाट ४० अंक छ भने दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक छ। तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अंक छ। यस्तै अमेरिकाले २१ खेलबाट २० अंक जोड्दै चौथो स्थानमा रहँदा नामिबिया १४ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ। नेपालभन्दा पछि रहेको सातौं स्थानको पपुवा न्युगिनीले २० खेलबाट २ अंक मात्र जोडेको छ। लिग २ मा नेपालले सबैभन्दा कम खेल खेको छ ।

  • काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार सर्वपक्षीय बैठक बस्दै

    काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार सर्वपक्षीय बैठक बस्दै

    काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन बारे शुक्रबार सर्वपक्षीय छलफल हुने भएको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसँगै स्थानीय वासिन्दासँग शहरी विकास मन्त्रालयले छलफल गर्न लागेको हो । शहरी विकास मन्त्री रामकुमारी झाँक्री समेत सहभागी हुने बैठकमा मन्त्रालयका सचिव, महाशाखा प्रमुख समेत बस्ने छन् ।

    गत सोमबार शहरी विकास मन्त्रालय, उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्र पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच सहमति भएको थियो । तर उक्त सहमतिमा स्थानीय वासिन्दाले चित्त नबुझाएपछि फोहोर लिएर गएका सवारीलाई रोकिरहेका छन् । फोहोर बोकेको गाडी रोकी अवरोध गर्दा प्रहरीले पक्राउ गरेका बञ्चरेडाँडाका स्थानीयलाई समेत प्रहरीले बिहीबार नै छाडेको छ ।

  • प्रधानमन्त्री र महानगरपालिकाका प्रमुख बालेनबीच भेटवार्ता

    प्रधानमन्त्री र महानगरपालिकाका प्रमुख बालेनबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच बिहीबार पुनः भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र महानगरपालिका प्रमुख साहबीच भेटवार्ता भएको हो । भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् । पछिल्लो समय काठमाडौंको फोहोर उठ्न नसक्दा उपत्यकामा समस्या बल्झिएको छ । उता, बन्चरे डाँडामा स्थानीयको अवरोध जारी रहेको छ । बिहीबार समेत फोहोर उठ्न सकेन ।

  • अनुमतिबिना स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन, कारबाही गर्ने चेतावनी

    अनुमतिबिना स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन, कारबाही गर्ने चेतावनी

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।

    प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।

    पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।

    अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनीरूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत अनुरोध गरेको छ ।

  • प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन

    प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिहरुको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

    नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उच्चपदस्थ अधिकारीको खातालाई निगरानी गर्न निर्देशन दिएको हो ।

    योसँगै बैंक तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्ति, सदका सदस्य, संवैधानिक निकायका प्रमुख तथा उच्च सरकारी कर्मचारीको खाता निगरानीमा गर्नुपर्नेछ ।

    यस्तै, कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खाता समेत निगरानीमा राख्नुपर्ने निर्देशन राष्ट्र बैंकले जनाएको छ ।

  • सुपारी, केराउ, मरिच र छोकडा आयातमा एलसी मार्जिन हट्यो

    सुपारी, केराउ, मरिच र छोकडा आयातमा एलसी मार्जिन हट्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपारी, केराउ, मरिच र छोकडा आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ । बैंकले बिहीबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै हाललाई यी वस्तुहरूको आयातमा लाग्दै आएको शतप्रतिशत एलसी मार्जिनको व्यवस्था हटाएको हो।

    नयाँ व्यवस्था अनुसार यी सामाग्री प्रयोग गर्ने उद्योगले सतप्रतिशत नगद मार्जिन राखेर आयात गर्न पाउनेछन् तर यी वस्तु औद्योगिक प्रयोजनका लागि आयात गर्नुपर्नेछ ।

    सुपारी, केराउजस्ता वस्तु उद्योगको कच्चा पदार्थ रहेकोले उद्योग आफैले आयात गरेका आधारमा बैंकहरुले सटही सुविधा दिन सक्नेछन् । सरकारले औद्योगिक प्रयोजनका लागि गत फागुन २६ गते सुपारी, मरिच र केराउ आयात खुल्ला गरेको भन्दै यस्ता वस्तु आयातमा एलसी खोल्दा नगद मार्जिन चाहिनेछैन् ।

    अब उद्योगले नगद मार्जिन नराखी नै एलसी खोलेर सुपारी, मरिच तथा छोकडा आयात गर्न सक्नेछन् ।

    राष्ट्र बैंकले ०७१३.१०.००, ०८०२.८०.००, ०८०२.९०.०० र ०९०४.११.०० हार्मोनिक कोड भएका वस्तुहरु औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योगले आफै आयात गर्नसक्ने भन्दै सोही व्यवस्थाको अधिनमा रही विदेशी मुद्राको सटही सुविधा प्रधान गर्न बैंकहरुलाई भनेको हो ।

    एकीकृत परिपत्र २०७८ को १.१.१५ मा ‘विउ विजन ऐन, २०४५ ले नेपालमा सुचीकृत एवम् दर्ता भएका विउ विजनको मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था गरेकोले उक्त ऐनमा सुचीकृत भएका बालीहरुको विउ तथा विरुवाहरु मात्र आयात गर्नु पर्नेछ। निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अन्तर्गत नेपाल सरकारले समय समयमा निकासी पैठारी गर्न पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुहरू सोही बमोजिम हुनेछ।

    साथै, भन्सार उप शीर्षक ०७१३.१०.०० को केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ अवधिको लागि कूल ८०,००० (असी हजार) मेट्रिक टन परिमाण ननाघ्ने गरी भन्सार उपशीर्षक ०८०२.८०.०० र ०८०२.९०.०० को सुपारीको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ अवधिको लागि कूल २५,००० ( पच्चीस हजार) मेट्रिक टन परिमाण ननाघ्ने गरी, भन्सार उपशीर्षक ०८०४.१०.०० को छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ अवधिको लागि कूल ५,००० (पाँच हजार) मेट्रिक टन परिमाण ननाघ्ने गरी र भन्सार उपशीर्षक ०९०४.११.०० को नधुल्याएको मरिचको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७५ अवधिको लागि कूल १५,००० (पन्ध हजार) मेट्रिक टन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने परिमाणात्मक बन्देज लगाइएको हुँदा सोही व्यवस्थाको अधीनमा रही विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सकिनेछ।’ व्यवस्था थियो ।

    विदेशी मुद्राको सञ्चिती घटेको भन्दै सरकारले सुपारी, केराउ, मरिच, छोकडा, महँगा गाडी, टेलिभिजन, मोबाइल फोन, रक्सी तथा चुरोट जस्ता वस्तुको आयातमा रोक लगाएको थियो । यसैगरी, यी वस्तुहरुको हकमा मार्जिन र सर्तहरुसम्बन्धी व्यवस्था लागू नहुने उल्लेख छ।

    तर सिमित व्यापारीको स्वार्थमा सरकारले सुपारी, केराउ जस्ता वस्तुको आयातमा कोटा तोकि प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।

  • एक दिन पनि टिकेन नेप्सेको उछाल, शेयर बजारमा दोहोरो अंकको गिरावट

    एक दिन पनि टिकेन नेप्सेको उछाल, शेयर बजारमा दोहोरो अंकको गिरावट

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको चौथोदिन शेयर बजार मापक सूचक नेप्से १७.६९ अंकले घटेर २०६२.७५ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२९ कम्पनीको १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    बुभवार पूँजी बजारका समस्या समाधानका लागि ४ सदस्यीय समिति गठनले लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको थियो

    अर्थमन्त्री शर्माले बोर्डको ३० औंं वार्षिक साधारणसभामा अर्थमन्त्रालयको अग्रसतामा शेयर बजारको समस्या समाधानको लागि ४ सदस्यीय समिति गठन गरेको जानाकारी गराएसँगै उछाल आएको बजार आजफेरि ओरालो लागेको छ ।

    कारोबारमा आएका १३ वटा समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.३४ प्रतिशतले घटेको छ भने विकास बैंक समूह पनि २ प्रतिशतले घटेको छ ।

    घट्दो बजारमा आज दुई कम्पनीको शेयरमूल्य उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् ।

    उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५७२.४० रुपैयाँ पुगेको छ । भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर २४६.६० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, आज समित लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

    बजारमा आज नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयरधनीले सबैभन्दा धेरै ६.६१ प्रतिशत गुमाएका छन् । त्यसैगरी, सिंगटी हाइड्रोपावर ५.३४, समिट लघुवित्त ५.०३, इमर्जिङ नेपाल, लुम्बिनी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतले घटेको छ ।

    त्यस्तै, सामलिङ पावर, किसान लघुवित्त, गुडविल फाइनान्स, नेपाल फाइनान्सको मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । यस बैंकको आज ६ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रलरी ४ करोड र अरुण काबेली झन्डै ४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • काठमाडौंसहित मध्य र पूर्वि नेपालमा अविरल वर्षा जारी

    काठमाडौंसहित मध्य र पूर्वि नेपालमा अविरल वर्षा जारी

    काठमाडौं । काठमाडौं उपत्यकालगायत स्थानमा गत रातिदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार प्रदेश १, मधेश प्रदेश र बागमतीका केही भू–भागमा मेघगर्जन र चट्टयाङसहित वर्षा जारी छ । पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको महाशाखाले बताएको छ।


    महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १ , मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    भोलि शुक्रबार पनि प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही गण्डकी तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रहने र बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु तथा मधेश प्रदेश सहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको

  • म्यानपावर कम्पनीमा छापा मार्दा झ्यालबाट पैसा फालाफाल

    म्यानपावर कम्पनीमा छापा मार्दा झ्यालबाट पैसा फालाफाल

    काठमाडौं । वैदेशिक रोजगार विभागले बुधबार श्रमिकसँग तोकिएको भन्दा बढी शुल्क असुल्दा असुल्दै एक म्यानपावर कम्पनीमा छापा मारेको छ । त्यसक्रममा म्यानपावरका कर्मचारीले पैसा झ्यालबाट बाहिर फालेर बच्ने कोसिस गरेका थिए । बत्तीसपुतलीस्थित गल्फ एसिया म्यानपावर कम्पनीमा छापा मारेर विभागले कम्पनीका सञ्चालक राजेश यादवलाई बिहीबार विभागमा हाजिर हुन निर्देशन दिएको छ ।

    मलेसियाको इस्टोन कम्पनीबाट ५० जना पुरुष र ५० जना महिला कामदार लैजान कम्पनीले पूर्वा स्वीकृति लिएको थियो । त्यसअनुसार कम्पानीले ३५ जनालाई मलेसिया पठाइसकेको छ । बाँकी १७ जनालाई पठाउने क्रममा २ लाख ५० हजारसम्म माग गरिएको उजुरी विभागमा परेको थियो । २ जना श्रमिकले गरेको उजुरीका आधारमा विभागले पैसा बुझाउन गएका एक श्रमिकलाई पछ्याएको थियो । उनले यसअघि नै ५० हजार बुझाइसकेका थिए भने थप २ लाख बुझाउन जाँदै थिए । विभागको टोली आएको थाहा पाएका यादवले पैसा बुझ्नासाथ झ्यालबाट पैसा फ्याँकेका थिए ।

  • जोर्डनसँग हार्यो नेपाल

    जोर्डनसँग हार्यो नेपाल

    काठमाडौं । एएफसी एसियन कप २०२३ को अन्तिम चरणको छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग २–० गोल अन्तरले हारेको छ । समूह ए अन्तर्गत कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति सम्पन्न खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खायो । जोर्डनले अन्तिम २१ मिनेटमा दुई गोल गर्दै महत्वपूर्ण तीन अंक जोड्यो । गोलकिपर दिप कार्कीले उत्कृष्ट प्रदर्शन गरे पनि नेपालले बराबरी समेत गर्न सकेन । दिपले पहिलो हाफमा पेनाल्टी बचाए ।

    खेलमा नेपालले जोर्डनलाई दुई पेनाल्टीको अवसर दियो । खेलाडी प्रशिक्षक विवादले नियमित कप्तान किरणकुमार लिम्बुसहित ११ सिनियर खेलाडी टीम बाहिर राखेर प्रशिक्षकले नयाँ टीमसहित कुवेत पुगेका छन् । ४३औं मिनेटमा नेपालका विकास तामाङले मोहमद फैसल जारिकलाई फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो ।

    तर माउसा मोहमद सुलेमानको पेनाल्टी प्रहार नेपालका गोलकिपर दिप कार्कीले बचाए । ६९औं मिनेटमा अली इयाद ओलवानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाए । दोस्रो हाफमा जोर्डनले अर्को पेनाल्टी पायो । तर यस पटक भने जोर्डनका हम्जा अलदरादेहले सजिलै गोल गरे ।

  • पहिरोले मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

    पहिरोले मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

    चितवन । पहिरोका कारण राजधानी काठमाडौं जोड्ने मूख्य नाका नारायणगढ( मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका(६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि वर्षाका कारण कठिन भइरहेको छ । सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू अलपत्र परेका छन् । बिहानदेखि झन् ठूलो पहिरो खसेको छ । पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा बुधबार राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।

  • लाजिम्पाटमा टुकुचा खोलाले मोटरसाइकल बगायो, चालकको उद्धार

    लाजिम्पाटमा टुकुचा खोलाले मोटरसाइकल बगायो, चालकको उद्धार

    काठमाडौं । बुधबार अपरान्ह काठमाडौंमा भिषण वर्षात भयो । जलमग्न भएको काठमाडौंका मूख्य सडकनै डुबानमा परे । लाजिम्पाटमा भने युवकसहित टुकुचा खोलाले मोटरसाइकल नै बगाएको छ। बुधबार अपरान्ह पौने ५ बजे काठमाडौं महानगरपालिका(२ लाजिम्पाटिस्थित निल सरस्वतीस्थान नजिकै रहेको टुकुचा खोलाले एक युवकलाई मोटरसाइकलसहित बगाएको थियो ।

    प्रहरीका अनुसार काठमाडौंको धापासी घर भएका २१ वर्षीय सुरज अर्याललाई तत्कालै उद्धार गरिएको थियो । ‍उनले चलाएको बागमती प्रदेश ०२– ०१३ प २५८८ नम्बरको मोटरसाइकल भने फेला परेको छैन । काठमाडौंको जमल, अनामनगरसहितका सडकमा लामो समयसम्म पानी जम्दा यातायात प्रभावित बनेको थियो ।

  • बुधबार पनि बन्चरे डाँडामा स्थानीयको अवरोध हटेन, फोहोरका गाडी फर्किए

    बुधबार पनि बन्चरे डाँडामा स्थानीयको अवरोध हटेन, फोहोरका गाडी फर्किए

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विर्सन गर्न नुवाकोटको बन्चरे डाँडा साइट तयार भए पनि स्थानीयको अवरोधका कारण बुधबार समेत फोहोर लैजाने प्रयास सफल भएन । बञ्चरेडाँडामा बुधबार बिहान ६ बजेबाटै सडकमा स्थानीयले अवरोध गरेका थिए । अवरोध हटाउन प्रहरीले अश्रुग्यास हानेको थियो । तर, सफल हुन सकेन । सरकारले मंगलबारबाट स्थानीयको सहमतिबेगर बञ्चरेडाँडा डम्पिङ साइटमा काठमाडौंको फोहोर फाल्न सुरू गरेको थियो । प्रहरी र सशस्त्र परिचालन गरेर मंगलबार दिनभरिमा डेढ सय ट्रकभन्दा बढी फोहोर फालिएको थियो। तीस जनाभन्दा बढी स्थानीय पक्राउ परेका थिए ।

    बुधबार फोहोर बोकेका ट्रक तथा टिपर आउने बाटेमा ढुंगा, मुढा र रूखका हांगा काटेर स्थानीयले अवरोध गरेका थिए । बुधबार समेत प्रहरीले केही स्थानीयलाई नियन्त्रणमा लिएको छ । प्रहरी गाउँमा घुसेपछि स्थानीयले डाँडा माथिबाट ढुंगामुडा गरेका थिए । डाँडामाथिबाट ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो । दिनभरिको झडप र तनावपछि आखिरमा फोहोर लिएर गएका ट्रक तथा टिपरहरू डम्पिङ साइटसम्म नपुगि फर्किएका छन् ।

    सहरी विकास मन्त्रालयले सिसडोल र बञ्चरेडाँडाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई राखेर सोमबार बञ्चरेडाँडामा फोहोर फाल्ने सहमति गरेको थियो। सम्झौता हस्ताक्षर गर्दा स्थानीय बासिन्दालाई संलग्न गराइएको थिएन। आफूलाई सोध्दै नसोधी जनप्रतिनिधिहरूले गुपचुप सम्झौता गरेको भन्दै स्थानीयले मान्न अस्वीकार गरेका छन्।

  • एएफसी एसियन कप छनोट : नेपालले जोर्डनको सामना गर्दै

    एएफसी एसियन कप छनोट : नेपालले जोर्डनको सामना गर्दै

    काठमाडौं । नेपालमा तीव्र विवाद र आलोचना बोकेर कुवेत पुगेको नेपाली फुटबल टीमले आजबाट एक कठिन परीक्षामा भाग लिँदैछ । नेपाल एएफसी एसियन कप छनोट खेल्दैछ । जसमा नेपाल समूह ए बाट जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । प्रतियोगिताको पहिलो खेल आज राती हुँदैछ । नेपाली समय अनुसार बिहान १ बजे शुरु हुने खेलमा नेपाल र जोर्डन भिड्दैछन् । खेलाडी र प्रशिक्षकको विवादका कारण नेपाली टीमका नियमित कप्तान किरणकुमार लिम्बुसहित ११ सिनियर खेलाडी टिममा समावेश नगरी प्रशिक्षक अब्दुल्ला अलमुताइरी कुवेत पुगेका छन् । उनीसँग कम अनुभवी तर युवा खेलाडी छन् । जसको बलमा उनले शक्तिशाली टीमको सामना गर्नुपर्नेछ ।

    कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार बुधबार राति १ बजे सुरु हुनेछ । नेपाली टीमलाई फरवार्ड नवयुग श्रेष्ठले कप्तानी गर्दैछन् । नेपालले दोस्रो खेल कुवेतसँग जेठ २८ गते र तेस्रो इन्डोनेसियासँग जेठ ३१ गते खेल्नेछ । एएफसीले तेस्रो चरणको छनोटमा २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । जसमध्ये नेपाल सम्मिलित समूह ए को सबै खेल कुवेतमा आयोजना हुनेछ । तेस्रो चरणको छनोटबाट ६ समूहका विजेता र पाँच उपविजेता गरी उत्कृष्ट ११ टोली मात्र अर्को वर्ष हुने एसियन कपमा छनोट हुनेछ ।

  • बालेनको अभियानले सार्थकता पाउँदै, नबिल बैंकका यी १८ शाखामा निःशुल्क शौचालय

    बालेनको अभियानले सार्थकता पाउँदै, नबिल बैंकका यी १८ शाखामा निःशुल्क शौचालय

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निजी क्षेत्रमा पनि निःशुल्क सार्वजनिक शौचालय उपलब्ध गराउने अभियानले सार्थकता पाउँदै गएको छ ।

    जेठ १६ गते पदभार सम्हालेसँगै निजी क्षेत्रसँग सहकार्य गर्दै सार्वजनिक शौचालय संचालन गर्ने निर्णय गरेका थिए । त्यसपछि विभिन्न कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्थाहरुले पनि धमाधम आफ्नो शौचालय निःशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेका छन् ।

    यसैबीच, नबिल बैंकले काठमाडौंको १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालन ल्याउने सहमति भएको हो ।

    केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, क्षेत्रपाटी मार्ग, चावहिल, ज‍ोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, मैतीदेवी कम्प्लेक्स, कुलेश्वर, कान्तिपथ, रोयल कम्प्लेक्स बसुन्धारा चौकी, अनामनगर, सिनामंगल, कलंकी भटभटेनी, धुम्बाराही, धर्मपथ न्युरोड, कालीमाटी र शंखमूलस्थित बैंकमा सर्वसाधारणले निःशुल्क शौचालय गर्न पाउनेछन्।

    शौचालयको मर्मत सम्भार, सरसफाइ, पानीको व्यवस्था बैंकले नै गर्नेछ ।

  • शेयर बजारमा उच्च अंकको कमब्याक, कारोबार रकममा पनि सुधार

    शेयर बजारमा उच्च अंकको कमब्याक, कारोबार रकममा पनि सुधार

    काठमाडौं । पूँजी बजारका समस्या समाधानका लागि ४ सदस्यीय समिति गठनले लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको छ ।

    अर्थमन्त्री शर्माले बोर्डको ३० औंं वार्षिक साधारणसभामा अर्थमन्त्रालयको अग्रसतामा शेयर बजारको समस्या समाधानको लागि ४ सदस्यीय समिति गठन गरेको जानाकारी गराएसँगै बजारमा उछाल आएको छ ।

    अर्थमन्त्रालयमा बसेको राष्ट्र बैकका गभर्नर धितोपत्र बोर्डका अध्यक्ष र अर्थमन्त्रालयका अधिकारीहरू सहितमा बैठकले ४ सदस्य रहेको समिति गठन गरेको हो ।

    योसँगै साताको कारोबारको तेस्रो दिन शेयर बजार उच्च अंकले बढेको छ ।

    कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ६०.२२ अंकले बढेर २८८०. ४४ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३१ कम्पनीको १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँ बराबरको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहमध्ये हरियो भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    फाइनान्स समूह सबैभन्दा धेरै ५.०४ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, होटल, व्यापार लगायत ९ समूहको परिसूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    उच्च अंक्ले बढेको बजारमा आज ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सामुदायिक लघुवित्त र उपकार लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावर र कालिका लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, तेह्रथुम पावर ९.४४, उन्नति सहकार्य लघुवित्त ९.२८, सगरमाथा इन्स्योरेन्स, रुरु जलविद्युत्, समिट लघुवित्त, स्वाभिमान लघुवित्त, गुँरास र लघुवित्त र सिंगटी हाइड्रोपावरको शेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर, वरुण हाइड्रोपावर, गोर्खा फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य साढे ७ प्रतिशतले बढेको छ ।

    उच्च अंकले बढेको बजारमा आज यस्तै, युनाइटेड मोदी, किसन लघुवित्त, प्रिमियर इन्स्योरेन्स, गुह्येश्वरी मर्चेन्ट बैंक, माच्छापुच्छे बैंक, कालिका लघुवित्त, गोर्खा फाइनान्स र सनराइज बैंकको शेयर मूल्य साढे ४ प्रतिशतले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको कम्पनीको भएको छ । यस कम्पनीको आज ५ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • सरकारले काठमाडौं आएर पढ्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने

    सरकारले काठमाडौं आएर पढ्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने

    काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्नका लागि आवेदन माग गरेको हो ।

    विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क रुपमा यस्तो चुलो वितरण गर्न लागिएको जनाइएको छ ।

    केन्द्रले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्र प्रतिलिपि तथा लोपोन्मुख आदिवासी जनजाति एवं दलित वर्ग खुल्ने परिचयपत्रको प्रतिलिपिसहित आगामी असार ९ गतेसम्म आवेदन दिन माग गरेको छ ।

    यसका लागि विद्यार्थीले अनलाइनबाट फाराम भर्न सक्नेछन् ।

    अनलाइन फारम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ उर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनु पर्नेछ ।

    यसअघि गएको फागुन ९ गते समेत केन्द्रले सूचना जारी गर्दै विद्यार्थीसँग विद्युतीय चुलोका लागि आवेदन माग गरेको थियो । उक्त आवेदनमा माग पेस गरेका विद्यार्थीले भने पुनः निवेदन दिन नपाउने केन्द्रले जनाएको छ ।

  • अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रममन्त्रीको सम्बोधन : बालश्रम उन्मुलनको प्रतिवद्धता

    अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रममन्त्रीको सम्बोधन : बालश्रम उन्मुलनको प्रतिवद्धता

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रकारका बालश्रम, बाध्यात्मक श्रम तथा मानव बेचबिखन पूर्ण रुपमा उन्मूलन गर्ने नेपालको प्रतिबद्धता रहेको बताएका छन् । स्वीट्जरल्यान्डको जेनेभामा जारी १ सय १०औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सबै प्रकारका बालश्रम सन् २०२५ सम्म उन्मूलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको जानकारी गराएका हुन् । उनले आप्रवासन सम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नै नेपालले काम गरिरहेको स्मरण गराए ।

    कोरोना महामारीका कारण परेको असर कम हुँदै जाँदा नेपालको अर्थव्यवस्था बिस्तारै सुधार हुँदै जाने क्रममा रहेको तर उपभोग्य वस्तुको मूल्य बढेकोले श्रमिकको जीवनस्तर तथा उद्योगमा समेत असर पारेको उनको भनाई छ । मन्त्री श्रेष्ठले नेपालले रोजगारी, सामाजिक सुरक्षा तथा औद्योगिक सुरक्षाको बारेमा गरिरहेको प्रयासबारे सम्मेलनलाई जानकारी गराए ।

    नेपालले सन् २०१८ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अगाडी बढाएको थियो । श्रमिक तथा उनीहरुको परिवारको कामसँग सम्बन्धित जोखिम न्यूनीकरण सम्बन्धमा सामाजिक सुरक्षा योजना महत्त्वपूर्ण कदम रहेको मन्त्री श्रेष्ठको भनाई छ ।

  • इश्लामिक मुलुकहरु भारतसँग रुष्ट, दुई नेताको बयानका कारण सरकार अफ्ठ्यारोमा

    इश्लामिक मुलुकहरु भारतसँग रुष्ट, दुई नेताको बयानका कारण सरकार अफ्ठ्यारोमा

    नयाँ दिल्ली । पैगम्बर मोहम्मदबारे देशको सत्तारूढ दलका दुई नेताले गरेको विवादास्पद टिप्पणीका कारण इस्लामिक मुलुकहरु भारत सरकारसँग रुष्ट बनेका छन् । भारत इश्लामिक मुलुकसँगको सम्बन्धलाई साम्य पार्न प्रयासरत छ । भारतको हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा)की प्रवक्ता रहिसकेकी नूपुर शर्माले गत महिना एक टेलिभिजन बहसमा त्यस्तो टिप्पणी गरेकी थिइन् । सो दलको दिल्ली एकाइको सञ्चार प्रमुख नवीन जिन्दलले समेत यसबारे ट्वीट गरेका थिए। यसबाट देशको अल्पसङ्ख्यक मुस्लिम समुदालयले केही राज्यमा प्रदर्शन समेत गरेका छन् ।

    दुवै नेताहरूले सार्वजनिक रूपमा क्षमायाचना गरिसकेका छन् र पार्टीले शर्मालाई निलम्बन र जिन्दललाई निष्कासन गरेको छ। भाजपाले एउटा विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, ‘भाजपाले जुनकुनै धर्मका जुनकुनै धार्मिक व्यक्तित्वको अपमानलाई कडा रूपमा निन्दा गर्छ। भाजपा कुनै समूह वा धर्मको अपमान गर्ने वा कमजोर देखाउने हरेक वादको विरुद्धमा छ। भाजपाले त्यस्ता मानिस वा सिद्धान्तलाई प्रोत्साहन गर्दैन।’आलोचकहरू शर्मा र जिन्दलका ती अभिव्यक्तिले पछिल्ला केही वर्षमा देशमा भएको गहिरो धार्मिक ध्रुवीकरण दर्साउने बताउँछन्।

    सन् २०१४ मा भाजपा सत्तामा आएदेखि मुस्लिम समुदायविरुद्ध घृणा फैलाउने अभिव्यक्ति र आक्रमणहरू व्यापक रूपमा वृद्धि भइरहेका छन्। विज्ञहरूका भनाइमा भाजपाले यस विषयमा जनाएको प्रतिक्रिया पर्याप्त नहुन सक्छ। यूएई, ओमान, इन्डोनेशिया, इराक, माल्दिभ्स। जोर्डन, लिबिया र बहराइन पनि त्यस्ता अभिव्यक्तिको निन्दा गर्ने इस्लामिक विश्वको पङ्क्तिमा मिसिएका छन्। भारतको आन्तरिक मामिलाले अन्तर्राष्ट्रिय रूप लिँदै गर्दा यसअघि कुवेत, कतार र इरानले भारतीय राजदूतहरूलाई बोलाएर आइतवार विरोध जनाएका थिए। साउदी अरबले पनि आफ्नो धारणा व्यक्त गरेको छ।

    ‘इस्लामप्रति पूर्वाग्रही अभिव्यक्तिलाई दण्डबिनै जारी राख्न दिनुले मानवाधिकार संरक्षणमा गम्भीर खतरा उत्पन्न गराएको छ र यसले थप पक्षपात र सीमान्तीकृत हुने बाटोतर्फ डोर्‍याउँछ। त्यसले हिंसा र घृणाको चक्र सिर्जना गर्छ,’ कतारको विदेश मन्त्रालयले भनेको छ। साउदी अरबले समेत आफ्नो वक्तव्यमा कडा शब्दहरू प्रयोग गरेको छ। ‘विदेश मन्त्रालयले भाजपाकी प्रवक्ताले व्यक्त गरेको धारणाको विरोध र निन्दा गर्छ,’ उसले भनेको छ। भाजपाका वरिष्ठ नेताहरू र अन्य कूटनीतिज्ञहरूले समेत त्यस विवादास्पद अभिव्यक्तिको निन्दा गरेका छन्।
    बीबीसी

  • सिसडोलको फोहोरको गन्ध हटाउने उपाय खोजिँदै

    सिसडोलको फोहोरको गन्ध हटाउने उपाय खोजिँदै

    काठमाडौं । काठमाडौंबाट गएको फोहोर बिसर्जन गरिएको नुवाकोटको सिसडोलमा दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको प्रभावको अध्ययन थालिएको छ । विज्ञहरुको एक टोली पुगेर यसबारे अध्ययन थालेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि संकाय प्रमुख वैज्ञानिक डा.रवीन्द्र ढकाल नेतृत्वको टोली सिसडोल पुगेर पानी र लिचेड को नमूना संकलन गरेको छ । सिसडोलबाट निस्किएको लिचेड, पानीको स्रोत र ग्याँसको परीक्षणका लागि नमूना संकलन गर्नुका साथै फोहोरको दुर्गन्ध हटाउने उपायबारे अध्ययन गर्ने योजना छ ।

    यसअघि जेठ २० गते मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले सिसडोल क्षेत्रको भ्रमण गरी एक हप्ताभित्र दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए । दुर्गन्ध हटाउन जैविक तत्व प्रयोग गर्ने तयारी छ । दर्गन्ध हटाउने जैविक तत्व कति मात्रा प्रयोग गर्ने, कसरी प्रयोग गर्ने भन्नेबारे अध्ययन गर्ने तयारी छ । सिसडोलमा महानगरपालिकाले ‘पोस्ट क्लोजर’को तयारी अघि बढाएको छ । फोहोर फाल्ने ठाउँ नरहेपछि अब बञ्चरेडाँडामा फोहोर फाल्न थालिएको छ ।

  • असार पहिलो सातादेखि ११ वर्षमुनीका बालबालिकालाई कोरोना खोप दिइने

    असार पहिलो सातादेखि ११ वर्षमुनीका बालबालिकालाई कोरोना खोप दिइने

    काठमाडौं । नेपालमा पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ । असार पहिलो साता देखि कोभिडविरुद्धको खोप लगाउने तयारी सरकारले गरेको हो । जेठभरमा खोप नेपाल ल्याउने र त्यसपछि लगाउने तयारी मन्त्रालयले गरेको हो । फाइजर पेडियाट्रिक खोप नेपाल आउने भएको छ । ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गर्ने तयारी छ ।

    पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिने मन्त्रालयको तयारी छ । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ । दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइनेछ ।

    सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा प्रदेश नं.१ बाट झापा, मोरङ, सुनसरी, मधेश प्रदेशबाट सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशबाट काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली जिल्लामा खोप बाड्ने भएको छ । लुम्बिनी प्रदेशबाट पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया, कर्णाली प्रदेशबाट सुर्खेत तथा सुदूरपश्चिम प्रदेशबाट कैलाली, कञ्चनपुर र डडेलल्धुरामा खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।