नेपालमा १६७ जनामा कोरोना पुष्टि, २२६ संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ४,२८३ पीसीआर परीक्षणमा १५७ जना र २,१६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । कोरोना… Continue reading नेपालमा १६७ जनामा कोरोना पुष्टि, २२६ संक्रमण मुक्त

कांग्रेसको नयाँ केन्द्रिय कार्यसमिति बैठकले के निर्णय गर्यो ?

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बसेको छ । केन्द्रीय निर्वाचन समितिबाट प्रमाण पत्र बुझेपछि पार्टी कार्यालय सानेपामा कार्यसमिति बैठक बसेको बसेको हो । बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको महामन्त्री गगन थापाले जानकारी गराए । बैठकले पार्टी महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने… Continue reading कांग्रेसको नयाँ केन्द्रिय कार्यसमिति बैठकले के निर्णय गर्यो ?

ओलीले भने : चुनावसम्मै संसद अवरुद्ध गर्छौं

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा जारी अवरोध चुनावसम्मै कायम रहने बताएका छन् । एमालेले कारवाही गरेका सांसदलाई सभामुखले कारवाही नगरेको विरोधमा एमालले संसदमा अवरोध जारी राखेको छ । संसदमा एमालेको अवरोध चुनावसम्मै रहने ओलीले शनिबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा बताए । आफूहरूले पार्टीबाट निकालेका मान्छेलाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा आफूहरू नजाने… Continue reading ओलीले भने : चुनावसम्मै संसद अवरुद्ध गर्छौं

आइतबारबाट माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन, कमजोरीको आत्मसमिक्षा गर्ने प्रचण्डको भनाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबारबाट काठमाडौंमा शुरु हुने छ । सिद्धान्नतः महाधिवेशन भन्न मिल्ने यो सम्मेलनबाट माओवादी केन्द्रले आगामी कार्यदिशा तय गर्नेछ । तर, नेतृत्वमा भने ठूलो फेरबदलको सम्भावना छैन । राष्ट्रिय सम्मेलनको पूर्वसुन्ध्यामा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा हुने बताएका छन्… Continue reading आइतबारबाट माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन, कमजोरीको आत्मसमिक्षा गर्ने प्रचण्डको भनाई

आफुलाई भोट नदिनेको समेत भावनाको कदर गर्ने कांग्रेस सभापति देउवाको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबैको प्रतिनिधित्व हुने बताएका छन् । उृनले आफुलाई भोट नदिएको समेत भावनाको कदर गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा १४ औं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानमन्त्री देउवाले ३३ प्रतिशत महिला, आदिवासी जनजातिलगायत सबै नेपालीलाई आत्मसात… Continue reading आफुलाई भोट नदिनेको समेत भावनाको कदर गर्ने कांग्रेस सभापति देउवाको प्रतिवद्धता

१४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १४ मा स्थानीय तहको निर्वाचन देशभर एकैपटक गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगले उक्त मितिमा चुनाब गराउन प्रस्ताव गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलमा एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण बैशाख १४ गते बुधबार र दोस्रो चरण… Continue reading १४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

आज क्रिसमस डे, इसाई धर्मावलम्बीले विश्वभर मनाउँदै

काठमाडौं । इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसर पारी आज विश्वभर ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखमा येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वास क्रिश्चियन समुदायमा छ । मानिसलाई प्रेम गरेर… Continue reading आज क्रिसमस डे, इसाई धर्मावलम्बीले विश्वभर मनाउँदै

नेपाली कांग्रेसको नयाँ कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । नयाँ कार्यसमिति निर्वाचित भएपछि आज पहिलो बैठक बस्न लागेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । आजै बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण… Continue reading नेपाली कांग्रेसको नयाँ कार्यसमितिको बैठक आज बस्दै

एसएसपी यादवले किन रोजे आत्महत्याको बाटो ?

भैरहवा । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोषकुमार यादवले आत्महत्या गरेका छन् । उनलाई संघीय इकाई कार्यालय भैरहवाको सरकारी आवासमै झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला पारिएको हो । प्रहरीले उनले आत्महत्या गरेको पुष्टी गरेको छ । संगठनले यसबारे अनुसन्धान थालेको समेत जनाएको छ । उनी सोही कार्यालयमा कार्यरत थिए । २०४९ सालमा सेवा प्रवेश गरेका यादव… Continue reading एसएसपी यादवले किन रोजे आत्महत्याको बाटो ?

गुगललाई उछिन्दै टिकटक बन्यो लोकप्रिय साइट

काठमाडौं । गुगललाई जित्दै टिकटक सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बनेको छ । भाइरल भिडिओ एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी हिट पाउन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । प्रयोगकर्ता अब गुगलमा भन्दा धेरै समय टिकटकमा रमाउन थालेका छन्। सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले यस्तो विवरण सार्वजनिक गरेको छ । इन्टरनेटका… Continue reading गुगललाई उछिन्दै टिकटक बन्यो लोकप्रिय साइट

बंगलादेशमा ५ सय यात्रु चढेको पानीजहाजमा आगलागी, कम्तिमा ३७ जना मारिए

REUTERS

ढाका । बंगलादेशमा एक यात्रुवाहक पाजीजहाजमा आगलागी हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको छ। कैयौं मानिस घाइते भएका कारण मृतक अझै बढ्न सक्ने अनुमान गरिएको छ । त्यहाँको सुगन्धा नदीमा घटना भएको हो। घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३७ वटा शव फेला पारिएको जानकारी गराएको बीबीसीले लेखेको छ ।… Continue reading बंगलादेशमा ५ सय यात्रु चढेको पानीजहाजमा आगलागी, कम्तिमा ३७ जना मारिए

‘पार्टी प्रवेशका नाममा सिला खोज्दै हिँडेका अवसरवादीले आगोसँग खेल्ने दुस्साहस नगर्नू’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगोसँग खेल्ने दुस्साहस नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । नेकपा (मसाल) बाट विद्रोह गरेको समूहसँग एकीकरण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको लक्षित गरेर यस्तो टिप्पणी गरेका हुन्। आफूले ओलीलाई आगोसँग नखेल्न भनेको स्मरण गर्दै प्रचण्डले थपे, ‘के भयो… Continue reading ‘पार्टी प्रवेशका नाममा सिला खोज्दै हिँडेका अवसरवादीले आगोसँग खेल्ने दुस्साहस नगर्नू’

नेपालमा थप २६० जनामा कोरोना पुष्टी, ३४९ जना संक्रमण मुक्त

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर २६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २३७ जना र ३ हजार ३३८ जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी २६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २६ हजार… Continue reading नेपालमा थप २६० जनामा कोरोना पुष्टी, ३४९ जना संक्रमण मुक्त

क्रिसमसका अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । क्रिसमस डेको अवसरमा सरकारले शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको बताए। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता कार्कीले शनिबार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। मन्त्रिपरिषद्… Continue reading क्रिसमसका अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौं । राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शर्मा जानकारी दिए । शर्मा यसअघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् । त्यस्तै मन्त्री कार्कीकाअनुसार बैठकले औद्योगिक व्यवसाय ऐन, ०७६ को दफा ५ (१) बमोजिम… Continue reading राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

विदेश जानेलाई प्राथमिकताका साथ जोन्सन एन्ड जोन्सनको खोप

काठमाडौं । नेपालमा सरकारले विदेश जानेलाई प्राथमिकताका साथ खोप वितरण शुरु गरेको छ । काठमाडौँका विभिन्न अस्पतालमा जोन्सन एन्ड जोन्सनको खोप दिन थालिएको हो । सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट यो खोप लगाउन सकिने भएको… Continue reading विदेश जानेलाई प्राथमिकताका साथ जोन्सन एन्ड जोन्सनको खोप

के विदेशमा बस्ने नेपालीले नेपालमा भोट हाल्न पाउलान् ?

धुलिखेल । नेपालमा तीन वटै तहको निर्वाचन नजिकिएको छ । यसको तयारी समेत जोडतोडले गरिएको छ । सम्भवतः एक वर्ष भित्र तीन वटै तहको निर्वाचन भइसक्छ । यो निर्वाचनमा विदेशमा रहेका नेपालीलाई समेत भोट हाल्न पाउने व्यवस्था गर्न तयारी शुरु भएको छ । सो निर्वाचनमा विद्युतीय मतदानमार्फत विदेशमा रहेका नेपालीलाई) सहभागी गराउने तयारी भइरहेको निर्वाचन… Continue reading के विदेशमा बस्ने नेपालीले नेपालमा भोट हाल्न पाउलान् ?

अध्ययनको निष्कर्ष : ओमिक्रोन घातक छैन

Photo source : Axios

लण्डन । ओमिक्रोन सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको बेलायत र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनले देखाएका छन्। बीबीसीका अनुसार प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन भेरियन्टले सङ्क्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिस अस्पताल भर्ना भएको देखाएको छ। तर ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै… Continue reading अध्ययनको निष्कर्ष : ओमिक्रोन घातक छैन

अमेरिकाबाट पाँच महिनामा १९ अर्बको आयात, साढे ७ अर्बको निर्यात

काठमाडौं । अमेरिका नेपालसँग बढी व्यापार हुने मुलुकको पहिलो ५ मुलुक भित्र पर्छ । सबैभन्दा ठूलो हिस्सा भारतले ओगटेको छ । त्यसपछि चीन आउँछ । चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मंसिरसम्म)अमेरिकाबाट नेपालमा १८ अर्ब ८८ करोडको सामान आयात भएको भन्सार विभागले जनाएको छ । यस अवधिमा नेपालबाट अमेरिकामा भने ७ अर्ब ३३ करोड रुपैयाँको… Continue reading अमेरिकाबाट पाँच महिनामा १९ अर्बको आयात, साढे ७ अर्बको निर्यात

नेपाली कांग्रेसमा १३४ पदकै आयो मतपरिणाम, (सूचिसहित)

rss

काठमाडौं । नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनबाट आगामी ५ वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको सेट तयार भएको छ । निर्वाचनबाट आउने १३४ पदको मतपरिणाम सार्वजनिक भएको हो । काँग्रेस केन्द्रीय निर्वाचन समितिले सभापति पदको मतगणना महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न गरेको थियो । अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना ललितपुरको सानेपास्थित पार्टी… Continue reading नेपाली कांग्रेसमा १३४ पदकै आयो मतपरिणाम, (सूचिसहित)

जब हरेस खाँदै रन्जु दर्शनाले विवेकशील साझा पार्टी त्यागिन्

काठमाडौं । केही दिन अगाडी ग्रिसमा ३५ वर्षिय युवा राष्ट्रपति बनेको खबर खुसीसाट साटेका नेपालीले बिहीबार नेपालमै एक राजनीतिक खबर सुन्न पाए । खबर थियो रन्जु दर्शनाले विवेकशील साझा पार्टी त्यागिन् । सके राजनीतिमा फोहोर सफा गर्छु, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा होमिएकी दर्शना अन्ततः यो फोहोर राजनीतिबाट हार मानेकी छिन् । उनले पार्टीको मूल… Continue reading जब हरेस खाँदै रन्जु दर्शनाले विवेकशील साझा पार्टी त्यागिन्

प्राधापकमाथि आक्रमण गर्ने विद्यार्थी आरआर क्याम्पसबाट निष्काशित

काठमाडौं । क्याम्पसको आन्तरिक परीक्षा चलिरहेको समयमा परीक्षा हल भित्र प्रवेश गरि शिक्षकमाथि आक्रमण गर्ने एक जनालाई आरआर क्याम्पसले निष्काशन गरेको छ । क्याम्पस प्रमुख डा. जीवनधर ज्ञवालीले बिहीबार सूचना प्रकाशित गरि यसबारे जानकारी गराएका हुन् । ६ पुसमा आरआर क्याम्पसको स्नातक तह पहिलो वर्षको परीक्षा चलिरहेको समयमा स्नातक दोस्रो वर्षका विद्यार्थी कुबेर जेठाराले परीक्षा… Continue reading प्राधापकमाथि आक्रमण गर्ने विद्यार्थी आरआर क्याम्पसबाट निष्काशित

मुलुकको व्यापारघाटा डरलाग्दो अवस्थामा, आठ खर्बको आयात हुँदा एक खर्बको मात्र निर्यात

काठमाडौं । सरकारले आयात प्रतिस्थापन गर्दै निर्यातलाई प्रोत्साहन गर्ने भाषण गरे पनि मुलुकको व्यापारघाटा भने डरलाग्दो अवस्थामा पुगेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा देशको वैदेशिक व्यापारघाटा ५४ दशमलव ७० प्रतिशतले वृद्धि भई सात खर्ब ३५ अर्ब पुगेको छ । यस अवधिमा नेपालबाट एक खर्ब दुई अर्ब बराबरको… Continue reading मुलुकको व्यापारघाटा डरलाग्दो अवस्थामा, आठ खर्बको आयात हुँदा एक खर्बको मात्र निर्यात

चार्ल्स शोभराजलाई थुनामा राखेकोबारे सर्वाेच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले कारण देखाऊ आदेश दिएको हो। शोभराजको मागअनुसार, किन आदेश नगर्ने भन्दै सर्वोच्चले सरकारलाई कारण पेश गर्न आदेश दिएको छ। उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन् । उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई… Continue reading चार्ल्स शोभराजलाई थुनामा राखेकोबारे सर्वाेच्चको कारण देखाउ आदेश

दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, साढे ४ अर्बको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बुधवार ९२ अंकले बढेको नेप्से साताको कारोबारको अन्तिम दिन १२ अंकले बढेको छ । बिहीवार नेप्से १२.५३ अंकले बढेर २५२०.२३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२९ कम्पनीको ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँ बराबरको ८३ लाख २३… Continue reading दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, साढे ४ अर्बको कारोबार

कांग्रेसको सबै क्लष्टरको मतगणना आज सकिने

रासस

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको केन्द्रीय कार्यसमिति सदस्यको मतगणना बिहीबार सकिने भएको छ । गत मंसिर २४ गतेदेखि काठमाडौंमा शुरु भएको महाधिवेशनमा मंसिर २७ मा केन्द्रीय पदाधिकारी र सदस्यका लागि चुनाव भएको थियो । तर, लामो प्रक्रियाका कारण मतगणना सकिएको छैन । मतदानलगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना शुरु… Continue reading कांग्रेसको सबै क्लष्टरको मतगणना आज सकिने

दुई महिना अगाडी ग्रिसमा सवारी दुर्घटनामा ज्यान गुमाउने ४ जना नेपाली को थिए ?

File

काठमाडौं । संगठित मानव तस्करले प्रहरीको आँखा छल्दै ग्रिस पु¥याएका ४ जना नेपालीको कात्तिक २५ मा भएको दुर्घटनामा ज्यान गएको थियो । तर, उनीहरुको पहिचान खुलेको थिएन । गत सोमबार उनीहरुको पहिचान खुलेको छ । ग्रिसको राजधानी एथेन्सबाट ५ सय २ किमि पूर्वमा दुर्घटनामा ७ जनाको ज्यान गएको थियो । जसमा चार जना नेपाली थिए… Continue reading दुई महिना अगाडी ग्रिसमा सवारी दुर्घटनामा ज्यान गुमाउने ४ जना नेपाली को थिए ?

बाघ गन्न राखिएका क्यामरा चोरी भएपछि….

file

चितवन । नेपालमा बाघ गणनाका लागि राखिएका क्यामरा चोरी भएको छ । राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएको राससले लेखेको छ । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा गत मङ्सिर १९ गतेदेखि सुरु भएको… Continue reading बाघ गन्न राखिएका क्यामरा चोरी भएपछि….

पाटनमा ढल खन्दा भेटिएको अंशुबर्माको शासनकालको शिलालेखमा के लेखिएको छ ?

ललितपुर । ललितपुरको पाटन दरबार क्षेत्रमा लिच्छविकालीन अभिलेख फेला परेको छ । मंगलबजारमा ढलको खाडल खन्ने क्रममा भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको हो । यो शिलालेख अंशुवर्माको शासनकालको भएको पुष्टी लिपिविज्ञहरुले गरेका छन् । यसअघि गोकर्णमा समेत यस्तै शिलालेख भेटिएको थियो । दुबै एकै वर्ष गाडिएको समेत पुष्टी भएको… Continue reading पाटनमा ढल खन्दा भेटिएको अंशुबर्माको शासनकालको शिलालेखमा के लेखिएको छ ?

क्यानका ६ जना बोर्ड सदस्यले भने : खेलाडीमाथिको कारवाही फिर्ता गर

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) का ६ जना केन्द्रीय सदस्यले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेका छन् । क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी, सञ्जयराज सिंह र छुम्बी लामाले बुधबार पत्रकार सम्मेलन गरी खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका हुन् । क्यानको गत… Continue reading क्यानका ६ जना बोर्ड सदस्यले भने : खेलाडीमाथिको कारवाही फिर्ता गर