Category: फिचर

  • खुमलटार–बालकोट दुरी घट्दै,स्थानीय निर्वाचनमा धक्का खाएको एमाले नयाँ विकल्पको खोजीमा

    खुमलटार–बालकोट दुरी घट्दै,स्थानीय निर्वाचनमा धक्का खाएको एमाले नयाँ विकल्पको खोजीमा

    काठमाडौं । प्रदेश र संघीय तहको निर्वाचनको चर्चा चल्दै गर्दा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फेरि नजिकिन थालेका छन् । लामो समयसम्म संवादहिनतामा रहेका दुई दल आइतबार साँझ संवादमा जुटेका हुन् ।

    आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता नारायणकाजी श्रेष्ठबीच झण्डै २ घण्टासम्म छलफल भएको बुझिएको छ । ओली निवास बालकोटमा नेताहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफल पछि नेता श्रेष्ठ ओलीसँग छलफलका लागि पुगेका थिए । ओली र श्रेष्ठबीच भेटवार्ता हुनुपूर्व शनिबार एमाले सचिव प्रदीप ज्ञवाली र माओवादी नेता वर्षमान पुन छलफलमा जुटेका थिए ।

    स्थानीय तहको निर्वाचनमा नराम्रोसँग धक्का खाएको एमाले नयाँ विकल्पको खोजीमा छ । पाँच दलीय गठबन्धनलाई निर्वाचनसम्म लान दिन नहुने एमालेको निष्कर्ष छ । सोही अनुसार माओवादी केन्द्रसँग छलफल बढाएको बुझिएको छ ।

  • रोकिएन शेयर बजारको ओरालो यात्रा, लगातार दोहोरो अंकको गिरावट

    रोकिएन शेयर बजारको ओरालो यात्रा, लगातार दोहोरो अंकको गिरावट

    काठमाडौं । शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरेका छन् ।

    केन्द्रीय बैंकले शेयर बजारमैत्री नीति अवलम्बन नगर्दा त्यसको प्रभाव शेयर बजारमा परेको छ । जसको कारण शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक नेप्से १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३० कम्पनीको ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँ बराबरको २९ लाख २० हजार ७०५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । शुक्रवार ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    कारोबारमा आएका १३ वटा समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १.६४ प्रतिशतले घटेको छ । त्यस्तै, होटल, निर्जीवन बीमा, उत्पादनमूलक समूहको पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    दोहोरो अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । ग्रीन भेन्चर्स र बलेफी हाइड्रोपावरका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    घट्दो बजारमा आज मानुषि लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ५.४० प्रतिशत गुमाएका छन् ।

    त्यसैगरी, ओरेन्टल होटल ५.२०, बुद्धभूमि हाइड्रोपावर ५.०६, उपकार लघुवित्त ४.५१, हिमालयन बैंक, लक्ष्मी लघुवित्त, लिबर्टी इनर्जी, राष्ट्रि बीमा कम्पनीको प्रमोटर शेयर र नेपाल इन्स्योरेन्सको शेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

    आज सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यसैगरी, उपकार लघुवित्त साढे ५ करोड र सिभिल बैंक ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • आइतवार बिदा खारेजसँगै नेप्सेको नयाँ निर्णय, शेयर बजार सातामा ६ दिने खुल्ने

    आइतवार बिदा खारेजसँगै नेप्सेको नयाँ निर्णय, शेयर बजार सातामा ६ दिने खुल्ने

    काठमाडौं । शेयर बजार अब हप्तामा ६ दिन खुल्ने भएको छ । सोमबार बसेको नेप्सेको बैठकले सातामा ६ दिन कारोबार संचालन गर्ने निर्णय गरेको हो।

    साताको ६ दिन कारोबार खुल्ने भए पनि शुक्रबार भने आधादिन अर्थात् २ घण्टा (११ बजेदेखि १ बजेसम्म) मा मात्र शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

    अहिले सातामा ५ दिन (सोमबार-शुक्रबार) बिहान ११ बजेदेखि ३ बजेसम्म सेयर बजार खुल्दै आएको छ । जेठअघि आइतबारदेखि बिहीबारसम्म बजार खुल्दै आएको थियो ।

    सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा घोषणा गरेसँगै जेठदेखि सोमबारदेखि शुक्रबारसम्म खुल्दै आएको छ ।

    सरकारले असारदेखि आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै अब आइतबारदेखि शुक्रबारसम्म बजार खुल्ने भएको हो ।

  • पैगम्बर मोहम्मद विवादबारे प्रदर्शनमा उत्रिएका विदेशी कामदारलाई कुवेतले देश निकाला गर्ने

    पैगम्बर मोहम्मद विवादबारे प्रदर्शनमा उत्रिएका विदेशी कामदारलाई कुवेतले देश निकाला गर्ने

    काठमाडौं\एजेन्सी । भारतमा केही नेताहरुले पैगम्बर मोहम्मदबारे दिएको विवादास्पद बयानपछि विश्वभर भारतको आलोचना भइरहेको छ । मुस्लिम धर्मावलम्बी र यसलाई मान्ने मुलुकमा भारत विरोधी प्रदर्शन भएका छन् । यस्तै प्रदर्शनमा भाग लिएका कुवेतमा काम गरिरहेका विदेशी नागरिकलाई भने समस्या सिर्जना भएको छ । कुवेतले प्रदर्शनमा भाग लिनेहरुलाई नियन्त्रणमा लिई देश निकाला गर्ने निर्णया गरेको छ । इकोनोमिक्स टाइम्सका अनुसार गत शुक्रबार नमाज लगत्तै केही मानिसहरुले प्रदर्शन गरेका थिए ।

    कुवेत सरकारले विदेशी कामदारबारे नयाँ निर्णय गर्दै जसजसले प्रदर्शनमा भाग लिएका थिए, उनीहरुलाई सम्बन्धित मुलुकमै फर्काइने उल्लेख रहेको समाचारमा जनाइएको छ । सरकारले सबै प्रवासी नागरिकलाई समान कानून आकर्षित हुने समेत स्पष्ट पारेको छ ।

    इश्लामिक मुलुकहरुमा विदेशी नागरिकले प्रदर्शनमा भाग लिन पाउँदैनन् । ती मुलुकमा प्रदर्शन गर्नु गम्भीर अपराध मानिन्छ । प्रदर्शन गर्नेमा पाकिस्तानी, बंगलादेशी, भारतीय र अन्य केही अरबी मुलुकका नागरिक रहेको बताइएको छ । यसरी देश निकाला गरिएका व्यक्ति पुनः सो मुलुक जान पाउँदैनन् ।

  • अमेरिकामा बन्दुक नियन्त्रण गर्न माग गर्दै देशभर प्रदर्शन, कडा कानून बनाउन सिनेटरहरु सहमत

    अमेरिकामा बन्दुक नियन्त्रण गर्न माग गर्दै देशभर प्रदर्शन, कडा कानून बनाउन सिनेटरहरु सहमत

    काठमाडौं । लगातारका गोलीकाण्डहरूपश्चात् अमेरिकी सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानुनको ढाँचामा सहमत भएको छ। त्यसमा २१ वर्षमुनिका खरिदकर्ताको कडा जाँच गर्ने र अवैध बन्दुक खरिदलाई नियन्त्रण गर्न अनुमति दिने कुरा समावेश हुनेछ। प्रस्तावलाई १० जना रिपब्लिकनहरूले पनि समर्थन गरेका छन्। त्यसको अर्थ उक्त नयाँ कानुनको पक्षमा मतदान गर्नेको सङ्ख्या पुग्न सक्छ। राष्ट्रपति जो बाइडनले आफ्नो योजना सही दिशामा अघि बढेको तर आफूहरूले आह्वान गरेभन्दा धेरै कम समर्थन पाएको बताएका छन्।

    बन्दुकसम्बन्धी कानुनलाई कडा पार्ने अघिल्ला प्रयासहरूले कङ्ग्रेसमा आवश्यक समर्थन प्राप्त गर्न असफल भएका थिए। हालैका दुईवटा सामूहिक गोलीकाण्डका घटनापछि अमेरिकामा बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै शनिवार हजारौँले र्‍याली निकालेका थिए।

    उक्त द्विपक्षीय सिनेट समूहले एउटा विज्ञप्तिमा भनेको छ, ‘आज हामी अमेरिकाका बालबालिकाको सुरक्षा गर्न, हाम्रा विद्यालयहरूलाई सुरक्षित राख्न र हाम्रो देशमा हुने हिंसाको खतरालाई कम गर्नका लागि एउटा सामान्य द्विपक्षीय प्रस्तावको घोषणा गरिरहेका छौँ’ परिवारहरू डराएका छन् र आज हामी एकजुट भएर समुदायमा सुरक्षाको भावना पुनर्स्थापित गर्नका निम्ति मद्दत पुग्ने केही गर्नु हाम्रो कर्तव्य हो।’

    सिनेटरहरूले मानसिक स्वास्थ्य सेवा र विद्यालयमा सुरक्षाका लागि आवश्यक कुराहरूमा लगानी बढाउनका निम्ति पनि आह्वान गरेका छन्। घरेलु हिंसाको सजायमा कडाइ र बन्दुक किन्ने व्यक्तिहरूको पृष्ठभूमि जाँचका लागि राष्ट्रव्यापी डाटाबेस बनाउनुपर्ने कुरामा पनि उनीहरूको जोड छ। राष्ट्रपति बाइडनले सांसदहरूलाई प्रस्तावहरू चाँडै पारित गर्न आग्रह गरे गरेका छन्।

    उनले अझै व्यापक सुरधारमा जोड दिएका छन्। त्यसमा एसल्ट राइफलहरूमा पूर्ण प्रतिबन्ध वा किन्न पाउने उमेरलाई बढाउने लगायतका प्रस्ताव छन्। उनले एउटा वक्तव्यमा भनेका छन्, ‘स्पष्ट रूपमा, यसले मैले ठानेको जस्तो आवश्यक पर्ने सबै कुरा गर्दैन, तर सही दिशाका महत्त्वपूर्ण कदमलाई प्रतिबिम्बित गर्छ अनि केही दशकमा कङ्ग्रेसले पारित गर्ने सबैभन्दा महत्त्वपूर्ण बन्दुक सुरक्षासम्बन्धी कानुन हुनेछ।’

    सिनेटका डेमोक्र्याट नेता चक शुमरले यी योजनाहरू ‘एउटा राम्रो पहिलो कदम’ भएको बताएका छन्। उनले विधेयकसम्बन्धी आवश्यक काम सकिएपछि आफूले चाँडै त्यसलाई सिनेटमा मतदानका लागि पेस गर्न चाहेको बताएका छन्। बन्दुक नियन्त्रणको पैरवी गरिरहेका केही अभियातकर्ताहरूले पनि उक्त कुराको स्वागत गरेका छन्। अमेरिकाको न्याशनल राइफल एसोसिएसनले पूर्ण पाठ जारी भएपछि मात्र प्रतिक्रिया दिने जनाएको छ।
    बीबीसी

  • मुलुकका अधिकांश स्थानमा वर्षा हुँदै

    मुलुकका अधिकांश स्थानमा वर्षा हुँदै

    काठमाडौं । सोमबार सुदूरपश्चिमबाहेक देशका अधिकांश स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू भागका थोरै स्थानमा मेघ गर्जन÷चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । अहिले नेपालको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। राति प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका भूभागहरूमा आंशिक देखि मौसम सामान्यतया सफा रहनेछ।

  • बजेटमा उठेका प्रश्नको जवाफ आजबाट मन्त्रीहरुले संसदमा दिँदै

    बजेटमा उठेका प्रश्नको जवाफ आजबाट मन्त्रीहरुले संसदमा दिँदै

    काठमाडौं । ससदमा बजेट अधिवेशन जारी छ । १५ जेठमा ल्याएको बजेटमा आइतबारसम्म मन्त्रालयगत छलफल जारी थियो । ती छलmफलमा उठेका विषयवस्तुबारे सोमबारबाट मन्त्रीहरुले जवाफ दिने भएका छन् । प्रतिनिधि सभाको बैठक आज जेठ ३० गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार सोमबार ८ मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ ।

    सोमबार कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपन्क्षी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । सम्बन्धित मन्त्रीहरुले जवाफ दिने काम सकिएपछि बजेट पारित हुने छ ।

  • एमाले सचिवालय बैठक आज, स्थानीय तह निर्वाचनको समिक्षा गर्ने

    एमाले सचिवालय बैठक आज, स्थानीय तह निर्वाचनको समिक्षा गर्ने

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बोलाइएको छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल गर्ने तयारीमा नेकपा एमाले जुटेको छ ।

    सोमबार बस्ने सचिवालय बैठकको एजेण्डा आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले निर्धारण गरेको छ । स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिइने भएको छ । यस्तो काम यसअघि माओवादी केन्द्रले गरिसकेको छ ।

  • रेमिट्यान्सले ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुग्यो : अर्थमन्त्री

    रेमिट्यान्सले ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुग्यो : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । रेमिट्यान्स कम्पनी आईएमईको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तीमा रेमिट कम्पनीको भूमिका महत्वपूर्ण रहेको बताए ।
    ‘रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मद्दत मिलेको छ’ उनले भने, ‘बिदेशमा रहेका नेपालीको कमाई सुरक्षित रुपमा नेपाल पठाउने माध्यम रेमिट कम्पनी बनिरहेका छन् ।’

    रेमिट्यान्सको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उनले बताए । हुण्डी कारोबारलाई न्यूनीकरण गरी वैधानिक च्यानलबाट विदेशमा रहेको नेपालीको रकम भित्र्याउन रेमिट्यान्स कम्पनीले गरेको योगदानको उनले प्रशंसा गरे । आर्थिक वर्ष ०७९–८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट वैदेशिक मुद्रा भित्र्याउने धेरै विषयलाई सम्बोधन गरेको उनको भनाइ छ ।

    ‘बजेटले रेमिट्यान्सबाट आएको पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन । आर्थिक वर्ष ०७९–८० को बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ प्रस्थान गरेको उनले बताए । औद्योगिक वस्तु र कृषि उपजसँगै सेवा क्षेत्रको समेत निर्यात थालनी गर्नेगरी बजेट आएको उनको भनाइ छ ।

    कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले गाँस, बास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकोमा आउादा दिनमा पुँजी निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा आईएमई ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले एउटा कोठाबाट सुरु भएको आइएमई ग्रुपले ४० हजारलाई प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी दिने स्थितिमा आइपुगेको जानकारी दिए ।

  • मनसुन शुरु भएसँगै चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी बन्द

    मनसुन शुरु भएसँगै चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी बन्द

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ। निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरू भएसँगै निकुञ्ज भित्रका कच्ची वन पथ बिग्रने, जंगलमा भएका स(साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरूद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो। ‘अर्को सूचना जारी नभए सम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको छ,’ उनले भने।

    निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ। योसँगै राप्ती नदीमा गरिने डुंगा सफारी बन्द गरिएको उनले जानकारी दिए। वर्षातको समयमा डुंगा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई बन्द गरिएको हो। निकुञ्जभित्र हुने पर्यटकीय गतिविधिबाट यस आवको वैशाखसम्म आठ करोड १७ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। सो समयमा एक लाख ५९ हजार ८८१ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए।

    उनीहरूमध्ये एक लाख ३६ हजार ५२२ नेपाली, १० हजार ९३४ सार्क मुलुकका र १२ हजार ४२५ अन्य मुलकका रहेको निकुञ्जले जनाएको छ। सोही अवधिमा निकुञ्जभित्र दुई करोड ४१ लाख ४० हजार पटक जंगलमा जिप सफारी गरिएको छ। निकुञ्जको मुख्य आम्दानी पर्यटकबाट हुने जंगल सफारी रहेको छ । रासस

  • एमाले सचिवालय बैठकमा घनश्याम भुसाललाई कारवाही गर्ने एजेण्डा नै परेन

    एमाले सचिवालय बैठकमा घनश्याम भुसाललाई कारवाही गर्ने एजेण्डा नै परेन

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेन्डा तय गरेको छ। सचिवालय बैठक सोमबार दिउँसो १ बजे च्यासलमा बस्दैछ। केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेको हो ।

    एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट बैठकमा पेस गरिने छ । आइतबारको केन्द्रीय कार्यालय बैठकमा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न अनुशासन आयोगले गरेको सिफारिसबारे भने छलफल नै नभएको नेताहरुले बताएका छन् । आइतबार एजेण्डमै नपरेपछि बैठकमा सो बारे छलफल हुने सम्भावना समेत कम रहेको बताइएको छ ।

  • दुईतर्फी नै खुल्यो मुग्लिन-आँबुखैरेनी सडक

    दुईतर्फी नै खुल्यो मुग्लिन-आँबुखैरेनी सडक

    तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा खुलेको छ । २७ जेठको बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो सडक अवरुद्ध भएको थियो । २७ गते दिउँसो भित्तो खारेर सडक बनाएपछि दिउँसोको समयमा साना गाडी चल्दै आए पनि रातिको समयमा सडक पूर्ण रुपमा बन्द थियो । यस्तै मालबाहक तथा ठूला सवारी साधान २७ गतेदेखि नै बन्द थिए ।

    तर अब सबै प्रकारका गाडी जतिखेर पनि चल्न पाउने स्थानीय प्रशासनले जनाएको छ । मुग्लिन आँबुखैरेनी सडक खुल्ला भए पनि याम्फा फाँट–घाँसीकुवा खण्डमा भने राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द गरिएको छ । यो सडक मर्मतका लागि भन्दै यसअघि नै रातिको समयमा बन्द गर्ने गरिएको थियो ।

  • महानगरपालिकाले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने, शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिने

    महानगरपालिकाले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने, शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ ।

    सार्वजनिक शौचालय नहुँदा सर्वसाधरणले सास्ती खेप्नु परेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको हो ।

    ‘छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ । १० वटा नयाँ ट्वाइलेट सञ्चालनमा ल्याइने छ,’ आइतबार बसेको काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख बालेन्द्र शाहले भने ।

    काठमाडौं महानगर भित्रका केही संस्थाहरुले आफ्नो शौचालयहरु स्वस्फुर्त रुपमा सर्वसाधरणलाई प्रयोग गर्न दिने निर्णय गरेको उनले बताए ।

    यस्ता संस्थाहरुले कार्यालय समयमा आफ्नो शौचालय सर्वसाधरणलाई पनि प्रयोग गर्न दिने उनले जनाए । शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिईने समेत उनले बैठकमा स्पष्ट पारे ।

    आफ्नो शौचालय सर्वसाधरणलाई प्रयोग गर्न दिने संस्थाहरुलाई हरेक चार/चार महिनामा महानगरले सरसफाई सामाग्री उपलब्ध गराउने उनले बताए ।

  • ताइवानलाई नउक्साउन अमेरिकालाई चीनको चेतावनी

    ताइवानलाई नउक्साउन अमेरिकालाई चीनको चेतावनी

    काठमाडौं । चीनले ताइवानलाई आफ्नो देशबाट छुट्ट्याउने प्रयत्नविरुद्ध सैन्य शक्ति प्रयोग गर्ने चेतावनी संयुक्त राज्य अमेरिकालाई दिएको छ। चीनका रक्षामन्त्री वे फङ्खले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग एशियाली सुरक्षा सम्मेलनको अवसर पारेर सिङ्गापुरमा भेटेका थिए। सो अवसरमा कुराकानी गर्दै ताइवानलाई चीनबाट छुट्ट्याइए चिनियाँ सेनासँग लड्नुबाहेक अरू विकल्प नहुने र त्यसले युद्ध निम्त्याउने धारणा वेले व्यक्त गरे। पछि अस्टिनले चिनियाँ सैनिक गतिविधिलाई उत्तेजनापूर्ण र अस्थिरता निम्त्याउने कदमको सङ्ज्ञा दिए।

    उक्त प्रायःद्वीपमाथि दिनहुँजसो ठूलो सङ्ख्यामा चिनियाँ वायुयानहरू उडिरहेका र त्यसले उक्त क्षेत्रमा शान्ति र स्थिरतालाई अवमूल्यन गरिरहेको उनको भनाइ थियो। चीनले स्वशासित ताइवानलाई आफ्नो भूमिको अभिन्न अङ्ग मान्ने गर्छ। उक्त अवधारणाकै कारण रक्षामन्त्री वेले ताइवानलाई हतियार विक्री गर्ने अमेरिकी कदमको निन्दा गरेका थिए। उनलाई उद्धृत गर्दै एक प्रवक्ताले भनेका छन्, ‘यदि कसैले ताइवानलाई चीनबाट अलग गर्ने प्रयास गर्छ भने चिनियाँ जनमुक्ति सेनासमक्ष कुनै पनि मूल्यमा लड्नु र‘ स्वतन्त्र हुने ताइवानको प्रयासलाई दमन गर्नु र देशको राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्नुको अरू विकल्प हुँदैन।’

    रक्षामन्त्री अस्टिनले बेइजिङलाई चीनको सम्पूर्ण सरकारको मान्यता दिने र ताइवानी स्वतन्त्रताको विपक्षमा उभिने यथास्थितिको नीतिलाई स्वीकार गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका थिए। अमेरिकी र चिनियाँ रक्षामन्त्रीहरूको यो भेटवार्ता झन्डै एक घण्टा चलेको थियो। दुवै पक्षले हार्दिकतापूर्ण छलफल भएको बताएका छन्। चीनका रक्षामन्त्री वे फङ्ख र अमेरिकी समकक्षी लोयड अस्टिनबीच सिङ्गापुरमा पहिलो प्रत्यक्ष भेटवार्ता भएको हो ।

    अस्टिनले कुनै पनि असमझदारी उत्पन्न हुन नदिन चीनको सेनासँग पूर्ण रूपमा सञ्चारको संयन्त्र खुला राख्नुपर्नेमा जोड दिएका थिए। मेको अन्त्यमा ताइवानले आफ्नो हवाई सुरक्षा क्षेत्रमा चीनले पठाएका ३० वटा लडाकु विमानलाई चेतावनी दिन आफूले पनि युद्धक विमानहरू परिचालन गरेको बताएका थियो।
    बीबीसी

  • तीन जलविद्युत आयोजनाबाट आज दिनभर विद्युत उत्पादन नहुने, यस्तो छ कारण

    तीन जलविद्युत आयोजनाबाट आज दिनभर विद्युत उत्पादन नहुने, यस्तो छ कारण

    काठमाडौं । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट विद्युत उत्पादन बन्द भएको छ । मर्मत कार्यका लागि विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द भएको हो । गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमस्र्याङ्दी–मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द ९सट डाउन० गरिएको हो । प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत उत्पादन बन्द हुने छ ।

    पहिरोले मध्य मर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनस्र्थापना प्रणाली ९इआरएस० जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो । अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत पनि बन्द हुने छ ।

    करिब १५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने छ । आइतबार मध्यमस्र्याङ्दीबाट विद्युत उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत निर्यात कम हुने छ । शुक्रबार करिब साढे दुई सय मेगावाट विद्युत निर्यात हुने छ ।

  • नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा बराबरीमा टुंगियो

    नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा बराबरीमा टुंगियो

    काठमाडौं । आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल र अमेरिकाबीच रोमाञ्चक खेलमा बराबरीको नतिजा आएको छ । अन्तिम दुई बलमा नेपालले दुई विकेट लिएपछि अमेरिकासँगको खेल बराबरीमा रोकिएको हो । दुवै टीमबाट समान २७४ रन बन्यो । दुबै टीमले १÷१ अंक बाँडेका छन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो । जवाफमा अमेरिकाले समेत २७४ रन नै बनाउन सक्यो । उसका लागि स्टेभेन टेलरले शतक प्रहार गरे । अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन जोडेको हो ।

    अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएको थियो । नेपालमा आदिल अन्सारीले बलिङ गरेका थिए । सुरुआती तीन बलमा अमेरिकाले एक÷एक रन जोडेको थियो । चौथो बल नो बल भएपछि अमेरिकाले नो बलमा एक रन जोड्दै रन बराबरी ग¥यो । तर, अन्तिम दुई बलमा नेपालले विकेट लिएपछि खेल बराबरीमा टुंगिएको हो । अमेरिकाका लागि ओपनर टेलरले ११४ रन जोडे ।

  • कुवेतसँगको हारपछि नेपाल एसियन कप छनोटबाट बाहिरियो

    कुवेतसँगको हारपछि नेपाल एसियन कप छनोटबाट बाहिरियो

    काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ ले पराजित भएको छ । शनिबार राती कुवेतको जाबेर अह अहमेद ईन्टरनेशनल स्टेडियममा भएको खेलमा कुवेतले नेपालमाथि एकपक्षीय नतिजा निकालेको हो । यससँगै नेपाल छनोटबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल जोडर्नसँग पराजित भएको थियो । कुवेतका लागि युसुफ अल सुलाईमानले ४८ र ७० मिनेटमा गोल गरे । त्यस्तै, फहल अल रासपदीले २८ र मुबारक अल फानेनीले ७३ मिनेटमा गोल गरे ।

    नेपालका लागि दर्शन गुरुङले ईन्जुरी टाईममा सान्त्वना गोल फर्काए । नेपालले ४० वर्षपछि कुवेत विरुद्ध गोल गरेको हो । सन् १९८२ को एसियन गेम्सका वाई बी घलेले कुवेत विरुद्ध गोल गरेयता नेपालले सो मुलुकविरुद्ध गोल गर्न सक्ेको थिएन । यो खेलमा खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदानमै बेहोस भए हुन् ।

  • जन्मदेश कुवेतविरुद्धको खेलमा मैदानमा ढलेका प्रशिक्षक अलमुताइरी डिस्चार्ज

    जन्मदेश कुवेतविरुद्धको खेलमा मैदानमा ढलेका प्रशिक्षक अलमुताइरी डिस्चार्ज

    कुवेत । एएफसी एसियन कप छनोटमा जन्मदेश कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रशिक्षक अल्मुताइरीलाई उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो ।

    डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल ।’ उनले भोलिबाट पुनः काममा फर्कने बताउँदै पराजयका लागि क्षमा मागेका छन् । दोस्रो हाफको सुरु भएलगत्तै अल्मुताइरी नेपालको टेक्निकल एरियामा बेहोस भएका थिए । लगत्तै मेडिकल टिमले उनलाइ स्ट्रेचरमा राखेर अस्पतालतर्फ लैजाँदै गरेको दृश्य प्रत्यक्ष प्रशारणमा देखाइएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मुखमा अक्सिजन मास्क लगाइएको थियो ।


    नेपालले कुवेतसँग पहिलो हाफमा १ गोल खाएको थियो । कुवेतकै नागरिक रहेका अल्मुताइरी पहिलो हाफमा रेफ्री र फोर्थ अफिसियलसँगको विवादमा तनावमा देखिएका थिए । त्यसबापत उनलाई पहेलो कार्डसमेत देखाइएको थियो । पहिलो खेलमा जोर्डनसँग २(० ले हारेको नेपालले कुवेतसँगको यो खेल ४–१ गोलअन्तरले गुमाएको छ ।

  • धमाधम व्यवस्थापन हुँदै काठमाडौंको फोहोर, शनिबार २३ सय मेट्रिक टन उठ्यो

    धमाधम व्यवस्थापन हुँदै काठमाडौंको फोहोर, शनिबार २३ सय मेट्रिक टन उठ्यो

    काठमाडौं । स्थानीयबासीसँग सहमती जुटेसँगै काठमाडौंबाट फोहोर उठ्न थालेको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा शनिवार करिव २ हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। शुक्रवार १५३ ट्रक फोहोर व्यवस्थापन गरिएकोमा शनिवार २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको हो ।

    फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यका लागि केही अवरोध नरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । यही गतिमा काम भएमा केही दिनमै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुने महानगरले जनाएको छ ।

  • साउदीस्थित नेपाली दुतावासले भन्यो : सामान्य जानकारी लिएर मात्र साउदी आउनु

    साउदीस्थित नेपाली दुतावासले भन्यो : सामान्य जानकारी लिएर मात्र साउदी आउनु

    काठमाडौं । साउदी अरबमा रहेको नेपाली दूतावासले साउदी आउनुपूर्व त्यहाँको सामान्य नीति नियम, भाषा, धर्मसंस्कृति र हावापानीबारेमा बुझेर आउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । साउदीको बारेमा सामान्य जानकारीबिना आउँदा ठूलो सङ्ख्याका नेपाली श्रमिक समस्या परेको भन्दै दूतावासले सूचनामार्फत यस्तो आग्रह गरेको हो ।

    दूतावासका अनुसार साउदी आएका श्रमिकले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र एजेन्टले जाने बेलामा भनेअनुरूपको काम र तलब नपाएको, लाखौँ रकम तिरेर आएको तर आउनासाथ आफूले दुःख पाएको भन्नेजस्ता गुनासो दिनहुँ बढेका छन् । समस्यामा पर्नेमा आफ्नै चिनजानकै मानिसमार्फत साउदी आएकाहरू धेरै रहेको दूतावासले जनाएको छ ।

    नेपाल सरकारले साउदी जाने श्रमिकको विभिन्न पदअनुसारको पारिश्रमिक तोकेको छ । जसअनुसार अदक्ष श्रमिकका लागि न्यूनतम मासिक साउदीको एक हजार रियाल र खानाको सुविधाबापत तीन रियाल हुनुपर्नेछ ।

  • नुवाकोटमा एक व्यक्ति आठ घण्टासम्म प्रसारण लाइनको तारमा चढेपछि..

    नुवाकोटमा एक व्यक्ति आठ घण्टासम्म प्रसारण लाइनको तारमा चढेपछि..

    नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको हो ।

    शनिबार विहान करिब ११ बजे ककनी गाउँपालिका ७ स्थित त्रिशुली–मातातीर्थ प्रशारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका-१२ का माइला विक दिनभर प्रसारण लाइनको तारमा झुण्डिएर बसेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उनलाई प्रसारण लाइनबाट ओराल्ने कोशिस गर्दा पनि असफल भएका थिए । साढे ६ बजेतिर नेपाली सेनाको उद्धार टोली पुगेपछि उनलाई भुइँमा झारिएको नुवाकोट प्रहरीले जनाएको छ ।

    नेपाली सेनाको उद्धार टोलीले इक्वीपमेन्टसहित पोलमा चढेर ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । प्रसारण लाइनमा चढेका विक दिनभर तारम झुण्डिएर बस्दा त्रिशुली थ्री ए र यस नजिकका अरु साना जलविद्युत गृह बन्द गरिएको थियो । प्रशारण लाइनमा विद्युत प्रवाह गर्दा दुर्घटना हुने जोखिम भएका कारण करिब ८ घण्टा विद्युत प्रशारण बन्द गरिएको थियो ।

  • मुग्लिन-आबुखैरेनी खण्डमा आज साना सवारीलाई मात्र अनुमती

    मुग्लिन-आबुखैरेनी खण्डमा आज साना सवारीलाई मात्र अनुमती

    तनहुँ । पृथ्वी राजमार्गको तनहुँमा पर्ने मुग्लिन–आँबुखैरेनी सडक खण्डमा शनिबार साना गाडी मात्र चलाउन पाइने भएको छ । आबुखैरेनीको मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि सडक अवरूद्ध भएको थियो। सडक मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको छ।

    शुक्रबार बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक बिहान ५ बजे खुले पनि साना गाडी मात्रै सञ्चालन गर्न सकिने आँबुखैरेनी प्रहरीले जनाएको छ। सडक विभागले भित्तातर्फको पहिरो करिब २ फिट काटेर शुक्रबार बिहान ११ बजेदेखि साना सवारीसाधन सञ्चालन गरेको हो। यो खण्डमा ठूला सवारी साधन भने चल्ने छैनन् । शुक्रबार बिहान सडक भासिएर कार, मोटरसाइकल र स्कुटर खस्दा दुई जनाको ज्यान गएको थियो।

  • आइसीसी विश्वकप लिग टु : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

    आइसीसी विश्वकप लिग टु : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

    काठमाडौं । अमेरिकाको टेक्सासमा जारी नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टुमा नेपालले घरेलु टोली अमेरिकाको सामना गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । शृंखलामा दुवैले एक एक खेल खेलिसकेका छन् । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको छ ।

    अमेरिकाले पहिलो खेलमा ओमानलाई हराएको छ । लिग टु मा नेपाल र अमेरिका खेल्न लागेको यो तेस्रो शृंखला हो । यसअघि यी दुई टोलीले लिग २ मै चार खेल खेलिसकेका छन् । जसमा नेपाल अघि छ । नेपालले ३ खेल जित्दा अमेरिकाले १ खेल जितेको छ ।

    नेपाल लिग टू अन्तर्गत नै पछिल्लो शृंखलामा अमेरिकासँग २०२१ सेप्टेम्बरमा ओमानमा खेलेको पछिल्लो खेलमा ६ विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिका ३० ओभरभित्र पूरा गर्दा स्टेभेन टेलरले ९२ र मोनाक पटेलले अविजित ३८ रन बनाएका थिए । त्यस खेल खेलेका कुशल र आसिफसहित ९ खेलाडी अहिले पनि अमेरिका गएको नेपाली टिममा छन् ।

    सन् २०२० मा नेपालमै भएको शृंखलामा भने नेपालले अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गर्दै कीर्तिमानसमेत बनाएको थियो । एक दिवसीय अन्तर्राष्ट्रिय कुनै पनि टिमले बनाएको यो संयुक्त रुपमा सबैभन्दा कम स्कोर थियो ।

  • एएफसी एसियन कप : आज नेपाल र कुवेत भिड्दै

    एएफसी एसियन कप : आज नेपाल र कुवेत भिड्दै

    काठमाडौं । एएफसी एसियन कप छनोटमा शनिबार कुवेत र नेपाल भिड्ने भएका छन् । खेल कुवेतको कुवेत सिटीस्थित जाबेर अह अहमद इन्टरनेशनल स्टेडियममा हुनेछ । कुवेत नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको मुलुक समेत हो । उनले नेपालकोतर्फ पहिलो पटक आफ्नै देश कुवेतको विपक्षमा रहेर प्रशिक्षक सम्हाल्दैछन् । शुक्रबार अल्मुताइरीले कुवेती भाषामा दिएको एउटा अन्तर्वार्ताको अंश सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै आफूले कुवेतलाई माया गर्ने तर भोलिको खेलमा नेपालको जितका लागि प्रतिस्पर्धा गर्ने लेखेका छन् ।

    खेलाडीसँगको विवादका कारण कप्तान किरण कुमार लिम्बुसहित ११ सिनियर खेलाडीलाई बाहिर राख्दै कम अनुभवी र युवा खेलाडीको टिम लिएर कुवेत पुगेका अल्मुताइरीले पहिलो खेलमा जोर्डनविरुद्ध नेपालले संतोषजनक प्रदर्शन गरेको मान्छन् । फिफा वरीयतामा कुवेत नेपाल भन्दा २२ स्थान माथि छ । नेपालले कुवेतलाई अहिलेसम्म हराएको छैन । वरीयतामा कुवेत १४६औं र नेपाल १६८औं स्थानमा छ ।

  • काठमाडौंमा ४.७ म्याग्नेच्युटको ठूलो भूकम्पको धक्का

    काठमाडौंमा ४.७ म्याग्नेच्युटको ठूलो भूकम्पको धक्का

    काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । राति २ः३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रको भनाई छ । रातको समयमा भुकम्प आएपछि उपत्यकामा मानिसहरु त्रसित बनेका थिए ।

  • दुई ठूला वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट र मेगा गाभिने, बन्ने भयो नेपालकै ठूलो बैंक

    दुई ठूला वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट र मेगा गाभिने, बन्ने भयो नेपालकै ठूलो बैंक

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल एक आपसमा गाभिने भएका छन् । शुक्रबार इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै दुई बैंक गाभिने निश्चित बनेको छ । इन्भेष्टमेन्ट बैंकको १ सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता स्वाप रेसियो हुनेगरी मर्जर गर्ने प्रारम्भिक सहमति भएको हो ।

    इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ छ। त्यसपछि बन्ने बैंक नेपालकै सबैभन्दा ठूलो हुनेछ। बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुने भएको छ । यी दुई बैंकको १ बराबर ०.९ प्रतिशत स्वाप रेसिया कायम हुँदा चुक्ता पुँजी ३२ अर्ब ८० करोड रूपैयाँ पुग्छ ।

  • पृथ्वी राजमार्गको आबुखैरेनीमा सडक भासिदा ज्यान गुमाएका दुबै जनाको पहिचान खुल्यो

    पृथ्वी राजमार्गको आबुखैरेनीमा सडक भासिदा ज्यान गुमाएका दुबै जनाको पहिचान खुल्यो

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखरस्थित बाँध नजिक शुक्रबार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको पहिचान खुलेको छ। घटनापश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो। सो घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरेको दिउँसै पहिचान भएको थियो।

    अर्का मृतक मकवानपुर जिल्ला हेटौंडा नगरपालिका–७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए। सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएपछि पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजतलास कार्यलाई तीव्रता दिइरहेको छ।

    भासिएको सडक विस्तारका लागि सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले काम गरिरहेको छ। ठूला सवारी पास नहुने भएकाले साना सवारीलाई काम गरेको समयमा रोकेर अन्य समयमा पठाउने गरिएको निरीक्षक नेपालले बताए। रासस

  • रेमिट्यान्समा सामान्य सुधार, १० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो

    रेमिट्यान्समा सामान्य सुधार, १० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले वृद्धि भई रु.८ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को १० महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,७८,२९८ पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २,३०,४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो ।

  • मुद्रास्फीति ७.८७ प्रतिशत , गेडागुडी, तेल, फलफूल, अण्डा लगायतको मूल्यवृद्धि उच्च

    मुद्रास्फीति ७.८७ प्रतिशत , गेडागुडी, तेल, फलफूल, अण्डा लगायतको मूल्यवृद्धि उच्च

    काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

    नेपाल राष्ट्र बैंकले शुत्रलवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को १० महिनाको तथ्यांक अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको
    मुद्रास्फीति ८.४५ प्रतिशत रहेको छ ।

    २०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ५.८४ प्रतिशत रहेको छ ।
    द्द। २०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत रहेको छ ।

    साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः २१.८१ प्रतिशत, ११.६४ प्रतिशत र ८.२१ प्रतिशत रहेको छ ।

    समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.१५ प्रतिशत, पहाडमा ७.८९ प्रतिशत र हिमालमा ८.२१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ३.६२ प्रतिशत, ३.५१ प्रतिशत, ४.१४ प्रतिशत र १.३३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

    थोक मुद्रास्फीति द्ध। २०७९ वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १६.०६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०५ प्रतिशत रहेको थियो । २०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत थोक मुद्रास्फिति ८.७१ प्रतिशत रहेको छ ।
    छ। समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २२.२० प्रतिशत, १३.९७ प्रतिशत र ७.९७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २६.८२ प्रतिशत रहेको छ ।

  • विद्युत व्यापारमा नयाँ फड्को, आजदेखि ३६४ मेगावाट भारत निर्यात हुँदै

    विद्युत व्यापारमा नयाँ फड्को, आजदेखि ३६४ मेगावाट भारत निर्यात हुँदै

    काठमाडौं । भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ। अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो। गत मनसुनमा मात्रै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो। त्यसको बजार मूल्यमा हिसाब गर्दा पाँच अर्ब बराबर थियो।

    यस वर्ष भने प्राधिकरणले त्यो समस्या भोग्नुपरेको छैन। सरकारको सार्थक प्रयासका कारण यस वर्ष प्राधिकरणले बिजुली जगेडामा राख्नुपरेको छैन। आफ्ना विद्युत् उत्पादनगृह बन्द गरेर निजी क्षेत्रको बिजुली खरिद गर्नुपर्ने बाध्यतासमेत हटेको छ।

    गत वर्ष प्राधिकरणले अर्धजलाशय प्रकृतिका आयोजनाको उत्पादन बन्द गरेर निजी क्षेत्रका आयोजनाबाट बिजुली खरिद गर्नैपर्ने बाध्यताका कारण समस्या भोग्नुपरेको थियो । यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नियमित पहल र प्राधिकरणको प्राविधिक तथा अन्य तयारीका कारण सार्थक सफलता प्राप्त भएको छ ।

    निर्यातका लागि प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात ३६४ मेगावाट बराबरको बिजुली आजदेखि भारत निर्यात सुरु भएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् यही जेठ १९ गतेदेखि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो।

    भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत् आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको थियो।

    गत चैतमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो। त्यसलगत्तै प्राधिकरणले थप चार जलविद्युत्गृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।

    आजदेखि निजी क्षेत्रको ग्रिन भेन्चर्सकोे लिखु–४ बाट उत्पादित विद्युत् निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत् भारतीय बजारमा बिक्री सुरु भएको हो । प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ‘ए’को १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ बाट उत्पादित ५१ मेगावाट विद्युत् दैनिकरूपमा भारतीय बजारमा निर्यात भइरहेको छ।

    पानी परेसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत्गृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिकरूपमा खपत गरी अतिरिक्त भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत दैनिकरूपमा भारतीय बजारमा निर्यात भइरहेको छ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत् भारतीय बजारमा बिक्री हुन थाल्नु दुई मुलुकबीचको विद्युत् व्यापारका लागि कोशेढुङ्गा भएको जानकारी दिए।

    ‘स्वीकृत क्षमताअनुसारकै विद्युत् निर्यात सुरु भएसँगै दुई मुलुकका प्रधानमन्त्रीले संयुक्तरूपमा जारी गरेको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको छ, यो दुई मुलुकबीचको विद्युत् व्यापारका लागि एउटा कोशेढुङ्गा हो, यसले दुई मुलुकबीचको व्यापार घाटालाई समेत कम गर्ने छ,’ कार्यकारी निर्देशक घिसिङले भने।

    आन्तरिकरूपमा खपत गरी अतिरिक्त भएको सबै विद्युत् निर्यात गरिरहेको उनले बताए । यसबाट मुलुकभित्र उत्पादित विद्युत् बिक्री गर्न नसकी खेर फाल्नुपर्ने अवस्था तत्कालका लागि अन्त्य भएको छ । आगामी दिनमा थप विद्युत् निर्यातका लागि स्वीकृतिका लागि भारतीय पक्षसँग निरन्तर छलफल भइरहेको उनले जानकारी दिए।

    यसको नतिजा छिट्टै देखिनेमा आशावादी रहेको उनको भनाइ छ । उनले दुई मुलुकबीचको विद्युत् व्यापारलाई यो चरणसम्म ल्याउन पहल तथा सहयोग गर्ने सम्बद्ध सबै व्यक्ति र निकायलाई धन्यवाद दिए। आइएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ।

    प्राधिकरणले शुक्रबारका लागि विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः १९.२ रुपैयाँ (१२ भारु) र ३.९९८४ रुपैयाँ (२.४९९ भारु) पाएको छ । औसत मूल्य प्रतियुनिट ११.४२ रुपैयाँ (७.१४ भारु) रहेको छ । भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट)मा विद्युत् बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा छ।

    विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रतियुनिट बिक्रीदर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गरिन्छ । प्राधिकरणकातर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभीएन)ले गर्छ । एनभिभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ।

    मुलुकको प्रणालीमा कूल दुई हजार ३०० मेगावाट बराबरको जडित क्षमता पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार हाल कूल आन्तरिक माग एक हजार ६३३ मेगावाट बराबर छ। प्रणालीमा लगातार बिजुली थप भइरहेको छ।

    चालु आवमा कूल ६२१ मेगावाट बिजुली थप भएको छ । केही आयोजनाबाट बिजुली थपिने क्रममा नै छ । आगामी आवमा कूल ७०० मेगावाट बढी बिजुली थप हुने सरकारले प्रक्षेपण गरिएको छ । हाल प्रणालीमा प्राधिकरणको १० हजार ६७७ मेगावाट घण्टा, प्राधिकरणका सहायक कम्पनीबाट ११ हजार २५१ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट १४ हजार ९२२ मेगावाट घण्टा बिजुली उपलब्ध छ।

    भारततर्फ बिजुली निर्यातको मात्रा बढेपछि टनकपुर बिन्दुबाट भने दुई हजार ८६ मेगावाट घण्टा बराबरको बिजुली आयात भइरहेको छ । पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइनको क्षमता नभएका कारणले गर्दा टनकपुरबाट बिजुली आयात गर्नु परिरहेको छ।

    पश्चिम क्षेत्रमा ठूला जलविद्युत् आयोजना नभएकाले त्यहाँको आन्तरिक माग धान्नका लागि पनि बिजुली आयात गर्नु परिरहेको छ । प्राधिकरणले कूल ८७ मेगावाट बिजुली आयात गरिरहेको छ । त्यसलाई वर्षाको समयमा रोक्नका लागि पनि पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध हट्नु पर्छ।

    नवलपरासीको दुम्कीबासमा दुईवटा टावर निर्माणमा स्थानीयवासीले अवरोध गरेका कारण विगत १२ वर्षदेखि निर्माण सम्पन्न हुनसकेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लगातार प्रयास गरे पनि सर्वोच्च अदालतले आवश्यक फैसला नगरिदिँदा प्रसारण लाइन निर्माण हुन नसक्दा नेपालले बिजुली निर्यात गरेको खबर सुनेका पश्चिम नेपालका नागरिक भने खुसी हुनसकेका छैनन् ।
    -रासस