आज एमालेका दुई खेमाका छुट्टाछुट्टै बैठक

काठमाडौं । नेकपा एमालेका दुई खेमाका छुट्टाछुट्टै बैठक आज बस्दैछन् । एमाले नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको हो । अध्यक्ष ओली पक्षीय खेमाले भने आज संसदीय दलको बैठक बोलाएको छ । छ। शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको हो । यो बैठकमा उपत्यकामा उपलब्ध… Continue reading आज एमालेका दुई खेमाका छुट्टाछुट्टै बैठक

नेपालमा लकडाउन नहुने अर्थमन्त्रीको स्पष्टोक्ति

काठमाडौं । नेपालमा लकडाउन नहुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट पारेका छन् । बिहीबार नेपाली संचारमाध्यमहरुसँग कुरा गर्दै उनले कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भएपनि नेपालमा लकडाउन नहुने बताएका हुन् । उनले सरकारले लकडाउन र सीमा नाका बन्द गर्ने पक्षमा नरहेको बताएका छन् । तर, स्वास्थ्य सुरक्षाका मापदण्डमा भने कुनै सम्झौता नगरिने उनको भनाई छ… Continue reading नेपालमा लकडाउन नहुने अर्थमन्त्रीको स्पष्टोक्ति

नेपाल एयरलाइन्सले चिनियाँ जहाज बेच्न सक्ने

काठमाडौं । नेपाल एयरलाइन्ससँग रहेका ६ वटा चिनियाँ जहाज बिक्रि गर्न सक्ने भएको छ । पहिले यी जहाजलाई भाडामा लगाउन प्रयास गर्ने र त्यसो गर्दा पनि व्यवस्थापन हुन नसके बिक्रि गर्न सकिने राय अर्थ मन्त्रालयले दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अर्थले यस्तो राय दिएसँगै जहाज व्यवस्थापनको बाटो खुलेको हो ।… Continue reading नेपाल एयरलाइन्सले चिनियाँ जहाज बेच्न सक्ने

थ्री नेसन्स कप : नेपाल र कीर्गिस्तानले अंक बाँडे

काठमाडौं । काठमाडौंमा जारी थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपाल र कीर्गिस्तान यू२३ बीचको खेल गोलरहित बराबरीमा सकिएको छ । करीव आधा दर्जन अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न नसकेको नेपालले अन्ततः अंक बाड्न बाध्य भएको हो । अर्कोतर्फ १० खेलाडीमा सिमित रहेको कीर्गिस्तानले समेत नेपाललाई बराबरीमा रोक्न सफल भएको छ । खेल बिहीबार… Continue reading थ्री नेसन्स कप : नेपाल र कीर्गिस्तानले अंक बाँडे

दुर्गाप्रसादले पाए नेपाली नागरिकता

इलाम । हत्या आरोपमा भारतमा चार दशक लामो जेल जीवन बिताएर नेपाल आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाएका छन् । उनलाई विहीबार जिल्ला प्रशासन कार्यालय इलामले नागरिकता प्रदान गरेको हो । सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुएँलले नागरिकता प्रदान गरेका छन् । व्यक्ति हत्याको आरोपमा थुनामा राखेपनि उनीविरुद्धको आरोप… Continue reading दुर्गाप्रसादले पाए नेपाली नागरिकता

भागरथी हत्याका आरोपी दिनेशको डीएनए भजाइनल स्वावसँग मिल्यो

काठमाडौं । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतक भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । यससँगै यो घटनाको अनुसन्धानमा थप प्रमाण प्राप्त भएको प्रहरीको भनाई छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको प्रहरीले जनाएको छ । नेपाली संचारमाध्यमले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका उदृत गर्दै… Continue reading भागरथी हत्याका आरोपी दिनेशको डीएनए भजाइनल स्वावसँग मिल्यो

दैलेखमा बालकको हत्यापछि आमाले गरिन् आत्महत्याको प्रयास

दैलेख । दैलेखमा तीन वर्षिय बालकको आफ्नै आमाले हत्या गरेकी छिन् । घाँटी थिचेर छोराको हत्यापछि आमाले आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । घटना दैलेख, डुंगेश्वर गाउँपालिका ३ को हो । स्थानीय २९ वर्षिय हिरा थापाले आत्महत्याको प्रयास गरेको प्रहरीले उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर… Continue reading दैलेखमा बालकको हत्यापछि आमाले गरिन् आत्महत्याको प्रयास

ओछ्यानबाटै बेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा फेला

काठमाडौं । ओछ्यानबाटै बेपत्ता मुसाफिर झा र उनकी पत्नी गीतादेवी मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको पिपरा गाउँपालिका–५ का झा दम्पतीको शव महोत्तरीको त्रिपुरा गाउँपालिका–२ मा शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । झा दम्पत्ती गत फागुन १० गते राति वेपत्ता भएका थिए । यसअघि दम्पतीको अपहरण गरेको भन्दै प्रहरीले चार जनालाई… Continue reading ओछ्यानबाटै बेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा फेला

रोहिङ्ग्या शरणार्थी शिविरमा भएको आगलागी स्थलमा १५ शव भेटिए, ४ सय जना अझै वेपत्ता

Photo : AA.COM

ढाका । दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार भएको भिषण आगलागी स्थलबाट कम्तिमा १५ जनाको शव भेटिएको छ । करीव १ सय घर जलेर खरानी भएको यो घटनामा थप मानवीय क्षति भएको अनुमान छ । आगोलागी नियन्त्रण्मा आएसँगै खोजी कार्य तिब्र बनाइएको थियो । अधिकारीहरुका अनुसार १५ जनाको शव भेटिएको छ । शव जलेको अवस्थामा… Continue reading रोहिङ्ग्या शरणार्थी शिविरमा भएको आगलागी स्थलमा १५ शव भेटिए, ४ सय जना अझै वेपत्ता

भारतले रोक्ने भयो कोरोना खोपको निर्यात, नेपालमा हुन सक्छ संकट

Photo Source : Himalkhabar

काठमाडौं । भारत सरकारले कोरोना खोपको निर्यात रोक्ने निर्णय गरेको छ । भारतमा बढ्दो संक्रमण र ठूलो जनसंख्यार्मा एक साथ खोप वितरण गर्नुपर्ने भएसँगै भारतले केही समयका लागि खोपको निर्यात रोक्ने निर्णय लिएको हो । यसबाट नेपालमा खोपको आपूर्ति प्रभावित हुने भएको छ । नेपालले भारतसँग खरीद गरेको १० लाख डोज खोप अझै नेपाल आएको… Continue reading भारतले रोक्ने भयो कोरोना खोपको निर्यात, नेपालमा हुन सक्छ संकट

नेपालले पनि अब इ-पासपोर्ट बाड्ने

काठमाडौं । नेपालले अब इ-पासपोर्ट वितरण गर्ने भएको छ । अहिले नेपालमा मेसिन रिडएबल पासपोर्ट (एमआरपी) प्रचलनमा रहेको छ । एमआरपीलाई समेत विस्थापित गरी अब इ-पासपोर्टमा जान लागेको राहदानी विभागले जनाएको छ , विभागले अतिआवश्यक नपरेसम्म एमआरपी नबनाउन समेत आग्रह गरेको छ । आगामी सेप्टेम्बरबाट नेपालमा इपासपोर्ट प्रचलनमा आउने भएको हो । विभागले इ-पासपोर्ट छाप्ने… Continue reading नेपालले पनि अब इ-पासपोर्ट बाड्ने

समातेको बाघ भागेपछि बाँके राष्ट्रिय निकुञ्जमा बढ्यो जोखिम

Photo : Naresh Subedi

बाँके । मान्छे माथि आक्रमण गरी आतंक फैलाएको बाघ समातेको केही दिनमै खोरबाट भागेपछि बाँके राष्ट्रिय निकुन्जमा जोखिम बढेको छ । खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि निकुन्जमा उच्च सतर्कता अपनाइएको निकुन्ज प्रशासनलाई उदृत गर्दै राससले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती… Continue reading समातेको बाघ भागेपछि बाँके राष्ट्रिय निकुञ्जमा बढ्यो जोखिम

एमालेको मूख्यालय अब थापाथलीको आलिसान भवनमा

काठमाडौं । सत्तारुढ नेकपा एमालेको मूख्यालय अब काठमाडौं, थापाथलीस्थित आलिसान भवनमा सर्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन्। प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती दुगडका आफन्तको यो घर अब एमालेले ५ वर्षसम्म रहने गरी लिन लागेको बताइएको छ । कार्यालय थापाथली हाइटस्थित… Continue reading एमालेको मूख्यालय अब थापाथलीको आलिसान भवनमा

काठमाडौं उपत्यकामा मास्क अनिवार्य, होली घरमै मनाउन आह्वान

File Photo

काठमाडौं । प्रशासनले काठमाडौं उपत्यकामा मास्क अनिवार्य गरेको छ । कोरोना भाइरसको बढ्दो महामारीलाई ख्याल गर्दै मास्क अनिवार्य रुपमा लगाउन उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गरेका छन् । प्रशासनले भिडभाड नगर्न र होली पर्व समेत घरमा मात्र मनाउन समेत भनेको छ । बुधबार काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै बसेको डिस्ट्रिक कोभिड १९… Continue reading काठमाडौं उपत्यकामा मास्क अनिवार्य, होली घरमै मनाउन आह्वान

यस्तो छ थ्री नेसन्स कपमा खेल्ने नेपाली टीम

Photo : The kathmandu post

काठमाडौं । मंगलबारबाट काठमाडौंको दशरथ रंगशालामा थ्री नेसन्स कप फुटबल शुरु भएको छ । यो प्रतियोगितामा नेपालले बिहीबार पहिलो खेलमा कीर्गिस्तानको सामना गर्दैछ । यस खेलका लागि नेपालले आफ्नो टोलीको घोषणा गरेको छ । नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । गोलकिपर दीप कार्की,… Continue reading यस्तो छ थ्री नेसन्स कपमा खेल्ने नेपाली टीम

नेपालमा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४०३२ जनाको पीसीआर परिक्षण गर्दा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९० जना… Continue reading नेपालमा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न ७७ जिल्लामा गृहको परिपत्र

फाइलफोटो

काठमाडौं । कोभिड-१९ को सम्भावित दोस्रो लहरलाई लिएर गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। कोभिड १९ को खतरा फेरि दोहोरिन सक्ने भन्दै गृहले क्वारेन्टाइन र आइसोलेसन कक्षलाई तयारी अवस्थामा निर्देशन दिएको हो। गृहमन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी खुमकान्त आचार्यले चैत ९ गतेकै मितिमा देशका सबै ७७ वटै जिल्ला प्रशासनलाई कोभिडको… Continue reading क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न ७७ जिल्लामा गृहको परिपत्र

भारतका १८ राज्यमा कोरोनाको ‘डबल म्युटेट भेरियन्ट’ भेटियो

नयाँ दिल्ली । भारतका १८ राज्यहरुमा कोरोना भाइरसको ‘नयाँ डबल म्युटेट’ भेरियन्ट फेला परेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले बुधबार १८ वटा राज्यमा ‘डबल म्युटेट’ भेरियन्ट फेला परेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले भारतमा बढी रहेको कोरोना संक्रमण र कोरोनाको नयाँ भेरियन्टबीच केही सम्बन्ध छ कि छैन भन्‍ने विषयमा भने कुनै तथ्य-तथ्यांक खुलाएको छैन… Continue reading भारतका १८ राज्यमा कोरोनाको ‘डबल म्युटेट भेरियन्ट’ भेटियो

नेपालमा लकडाउनको एक वर्ष, अझै सकिएन स्वास्थ्य चूनौति

file

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउनको आज ठ्याक्कै एक वर्ष पुगेको छ । सरकारले गत वर्ष चैत ११ गतेबाट लकडाउन थालेको थियो । यसबीचमा नेपालले पटकपटक गरी चार महिनाभन्दा बढी समय पूर्ण देशव्यापी लकडाउन गर्यो । तर, एक वर्षसम्म पनि स्वास्थ्य सुरक्षा सम्बन्धी चूनौति भने कायम नै रहेको छ । नेपालमा… Continue reading नेपालमा लकडाउनको एक वर्ष, अझै सकिएन स्वास्थ्य चूनौति

दिल्लीमा सार्वजनिक रुपमा होली मनाउन रोक

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीले सार्वजनिक रुपमा होली मनाउन रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच भारतका विभिन्न राज्यमा प्रतिवन्ध शुरु भएका छन् । यसै क्रममा नयाँ दिल्लीमा सार्वजनिक स्थानमा होली, सबै प्रकारको विवाह उत्सव तथा नवरात्रिको उत्सव मनाउन समेत रोक लगाइएको छ । दिल्ली आपतकालिन प्रवन्धन प्राधिकरण (डीडीएमए)ले औपचारिक आदेश… Continue reading दिल्लीमा सार्वजनिक रुपमा होली मनाउन रोक

आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने

file

काठमाडौं । आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने भएका छन् । ट्राफिक प्रहरीले नै यस्तो निर्णय गरेसँगै पठाओले आफ्नो राइडरलाई यसबारे जानकारी गराएको छ । पठाओले राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन रोक लगाएको जनाएको छ । विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक… Continue reading आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने

चीनले दिएको अनुदानको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप लिन नेपाल वायुसेवा निगमको जहाज बेइजिङजाने भएको छ । निगमको वाइड बडी ए ३३० जहाज १५ चैतमा चीन जान लागेको हो । बेइजिङबाट कोरोना खोप लिएर निगमको जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौँ अवतरण गर्ने भएको छ । सरकारले १ चैतको मन्त्रिपरिषद्को बैठकबाट मित्रराष्ट्र चीनबाट… Continue reading चीनले दिएको अनुदानको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने

ट्याक्टरबाट खसेर घाइते सहचालकलाई जब आफ्नै साथिले नदीमा बगाइदिए…

पक्राउ परेका राना

काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा एक जना पक्राउ परेका छन् । यस घटनामा दुई जनाको हात रहेपनि एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गल्याङ नगरपालिका ९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९ वर्षका… Continue reading ट्याक्टरबाट खसेर घाइते सहचालकलाई जब आफ्नै साथिले नदीमा बगाइदिए…

भारतमा ४० वर्ष जेल बसेर फर्केका दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने

विराटनगर । हत्याको आरोपमा ४० वर्षसम्म भारको जेलमा बिताएका दुर्गाप्रसाद तिम्सिनाको उपचारमा प्रदेश १ सरकारले सहयोग गर्ने भएको छ । आरोप प्रमाणित नभए पनि उनी ४० वर्ष जेलमा बस्नु परेको हो । यसबारे भारतीय संचारमाध्यमसम्म खबर पुगेसँगै उनको रिहाईको बाटो खुलेको थियो । अदालतले तत्काल उनलाई जेलमुक्त गर्न आदेश दिएपछि तिम्सिना अहिले इलामस्थित घरमा आइपुगेका… Continue reading भारतमा ४० वर्ष जेल बसेर फर्केका दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने

प्रधानमन्त्री र जसपाबीचको छलफल ‘निष्कर्ष विहीन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीचको भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । मंगलबार बिहान प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच बालुवाटारमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले भने, ‘आजको छलफलमा पनि पुरानै कुरा दोहोरिए, कुनै सहमति हुन सकेन ।’ आजको… Continue reading प्रधानमन्त्री र जसपाबीचको छलफल ‘निष्कर्ष विहीन’

नेपालमा कोरोना संक्रमणको संख्या बढ्यो, एकैदिन १८८ संक्रमित थपिए

काठमाडौं । नेपालमा थप १८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४०३२ जनाको पीसीआर परिक्षण गर्दा थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७७ जना… Continue reading नेपालमा कोरोना संक्रमणको संख्या बढ्यो, एकैदिन १८८ संक्रमित थपिए

काठमाडौं-तराई फास्ट ट्रयाकको १९ प्रतिशत काम पूरा

File

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)को भौतिक प्रगति वार्षिक लक्ष्यको १८ दशमलब ९५ प्रतिशत सम्पन्न भएको छ। यही अवधिमा वित्तीय प्रगति १९ दशमलब १२ रहेको छ। वि.सं. २०८० को असारसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको चौमासिक लक्ष्यअनुसार भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६४ दशमलब नौ प्रतिशत रहेको छ।… Continue reading काठमाडौं-तराई फास्ट ट्रयाकको १९ प्रतिशत काम पूरा

नाइजरमा बन्दुरधारीले लिए १३७ गाउँलेको ज्यान, घरघरमा आक्रमण

File Photo by Mohammed Elshamy/Anadolu Agency/Getty Images)

नाइजर । अफ्रिकी मुलुक नाइजरमा पुनः बन्दुकधारीले ग्रामिण भेगमा हिंसा मच्याएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बन्दुकधारीको आक्रमणबाट कम्तीमा १३७ गाउँलेको ज्यान गएको छ । बन्दुकधारीले घरघरमा पसि आक्रमण गरेका थिए । अपरिचित बन्दुकधारी स्थानीय समय अनुसार आइतबार राति मोटरसाइकलमा गाउँ पसेर आक्रमण गरेको स्थानीय अधिकारीहरूले जानकारी गराएका छन् । यो घटना छिमेकी मुलुक मालीसँग… Continue reading नाइजरमा बन्दुरधारीले लिए १३७ गाउँलेको ज्यान, घरघरमा आक्रमण

बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बस्ने शिविर आगलागीबाट नष्ट

Photo : AA.COM

ढाका । बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बसिरहेको एक शिविरमा आगलागी हुँदौ एक हजार भन्दा बढी घर जलेर नष्ट भएका छन् । स्थानीय संचारमाध्यमका अनुसार त्यहाँको सबैभन्दा ठूलो शरणार्थी शिविरमा आगलागी भएको हो । बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको बताइएको छ । अग्नि नियन्त्रक र स्वयंसेवकले घण्टौं प्रयासपछि मात्र आगो निभाउन सकेका थिए… Continue reading बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बस्ने शिविर आगलागीबाट नष्ट

अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली चल्यो, कम्तिमा ६ जनाको मृत्यु

Photo : CNN\GettyImages

कोलोराडो । अमेरिकाको कोलोराडोमा एक बन्दुरधारीेले चलाएको गोली लागेर कम्तिमा ६ जनाको मृत्यु भएको छ । कोलोराडो राज्यका बोल्डर काउन्टीस्थित एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । यसक्रममा एक प्रहरी अधिकारीसहित कम्तिमा ६ जनाको मृत्यु भएको खबर छ । स्थानीय समयअनुसार घटना सोमबार दिउँसो साढे तीन बजे भएको हो ।… Continue reading अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली चल्यो, कम्तिमा ६ जनाको मृत्यु