विदेशबाट ७८ हजार नेपालीको उद्धार, एकैसाता २१ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको कोभिड– उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन… Continue reading विदेशबाट ७८ हजार नेपालीको उद्धार, एकैसाता २१ जनाको कोरोनाबाट मृत्यु

त्रिविमा रोकिएका परीक्षा छठपछि धमाधम

फाइलफोटो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कोरोना भाइरसको संक्रमणयता रोकिएका सबै परीक्षा छठपछि धमाधम सकिने भएको छ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको तयारी थाल्न सरोकारवाला निकायलाई निर्देशन समेत गरिसकेको जानकारी विश्वविद्यालयले दिएको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको छ… Continue reading त्रिविमा रोकिएका परीक्षा छठपछि धमाधम

तीन दिन देखि खुलेन सिद्धार्थ राजमार्ग, पहाडी भेगको यातायात ठप्प

File

बुटवल । सिद्धार्थ राजमार्ग पछिल्लो तीन दिनयता बन्द छ । जसले गर्दा मध्य नेपालको पहाडी भेगमा यातायात सेवा अवरुद्ध हुन पुगेको छ । अविरल वर्षापछि विभिन्न स्थानमा झरेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध छ । यसमा खासगरी सिद्धबाबाको पहिरोले ठूलो जोखिम निम्त्याउँछ । शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएको र यात्रु… Continue reading तीन दिन देखि खुलेन सिद्धार्थ राजमार्ग, पहाडी भेगको यातायात ठप्प

छाङरुमा अब बाह्रैमास बस्ने भयो सशस्त्र प्रहरी

दार्जुला । नेपाल भारत विवादित भूमि नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म अब बाह्रैमास बस्ने भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिएका छन् । त्यहा अहिले स्थायीरुपमा संरचना निर्माण भइसकेको छैन । सोहीकारण प्रहरी अहिलेलाई भाडाको घरमा बस्ने छ ।… Continue reading छाङरुमा अब बाह्रैमास बस्ने भयो सशस्त्र प्रहरी

कोरोनाबाट थप एक सैनिक जवानको मृत्यु, दुई पुगे ज्यान गुमाउने

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने सैनिकको संख्या २ पुगेको छ । शुक्रबार एक जना सैन्य जवानको कोरोनाकै कारण ज्यान गएको हो । बझाङ घर भई काठमाडौं उपत्यकामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो । उनी असोज ६ मा छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना भएको थिए । त्यसपछि उनमा… Continue reading कोरोनाबाट थप एक सैनिक जवानको मृत्यु, दुई पुगे ज्यान गुमाउने

थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

काठमाडौं । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीमा ६३, काठमाडौंमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, ललितपुरमा ७६, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको… Continue reading थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ११४७ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा थप ११४७… Continue reading नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ११४७ जना संक्रमण मुक्त

रुपन्देहीमा बाढी- ७ घर बगे, ५० घर डुबानमा

File

बुटवल । रुपन्देहीमा रोहिणी नदी, सुखौरा खोला र तिनाउ नदीमा बढेको पानीको बहावले घरहरु डुबानमा परेका छन् । रातभर अविरल वर्षा भएपछि त्यसले बाढी निम्त्याएको हो । बाढीमा बस्तीमा पसेपछि ७ वटा घर बगेका छन् । ५० वटा घर भने डुवानमा परेको स्थानीय प्रहरीले जनाएको छ । तिलोत्तमा नगरपालिका भित्रै विभिन्न स्थानमा ७ वटा घर… Continue reading रुपन्देहीमा बाढी- ७ घर बगे, ५० घर डुबानमा

लकडाउनयता विदेशबाट फर्किए ७७ हजार नेपाली

काठमाडौं । लकडाउनयता संसारका ३२ मुलुकबाट समस्यामा रहेका करीव ७७ हजार नेपाली घर फर्किएका छन् । विदेशमा काम गुमाएका, घुमघामका सिलसिलामा विदेश पुगेर अड्किएका, गैरकानूनी रुपमा बसिररहेका नेपाली घर फर्किएका छन् । नियमित उडान शुरु भएपछि भने स्वच्छाले घर फर्कने नेपालीसमेत यो सूचिमा थपिएका छन् । कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका… Continue reading लकडाउनयता विदेशबाट फर्किए ७७ हजार नेपाली

डब्लूएचओ भन्छ: कोरोनाको खोप आउनुअघि थप १० लाख मानिसको ज्यान जान्छ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको खोप बजारमा आउनुअघि नै थप १० लाख मानिसको ज्यान जाने चेतावनी दिएको छ । खोप पत्ता लाग्नु अगाडी विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी डब्लूएचओले दिएको हो । अहिले १० लाख मानिसको ज्यान गइसकेको छ । डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक… Continue reading डब्लूएचओ भन्छ: कोरोनाको खोप आउनुअघि थप १० लाख मानिसको ज्यान जान्छ

मत सर्भेक्षणमा लगातार पछि परेपछि बुढापाकालाई २०० डलरको स्वास्थ्य कुपन बाँढ्ने ट्रम्पको आश्वासन

फाईल फोटो

न्यूयोर्क मत सर्भेक्षणहरुश्रमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग लगातार पछि परेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आश्वासन बाँडेका छन्- बृद्धहरुलाई स्वास्थ्य कुपन दिने । विहीबार आफ्नो स्वास्थ्य योजना सार्वजनिक गर्दै ट्रम्पले ६५ बर्ष माथिका तीन करोड ३० लाख बृद्ध बृद्धालाई दुई/दुई सय डलर दरको कुपन दिने घोषणा गरेका हुन् । ‘यो यसअघि कहिल्यै भएको थिएन, ट्रम्पको… Continue reading मत सर्भेक्षणमा लगातार पछि परेपछि बुढापाकालाई २०० डलरको स्वास्थ्य कुपन बाँढ्ने ट्रम्पको आश्वासन

साउनमा रेमिट्यान्स आप्रवाहमा उत्साहजनक वृद्धि, एक महिनामा आयो ९३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा विदेशबाट नेपालीले आफ्नो मुलुक र परिवारका लागि उत्साहजनक रुपमा रेमिट्यान्स पठाएका छन् । नेपालीबाट एक महिनामा ९२ अर्ब ७१ करोड रुपैयाँ नेपाल आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो महिनाको तुलनामा २३ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको छ ।… Continue reading साउनमा रेमिट्यान्स आप्रवाहमा उत्साहजनक वृद्धि, एक महिनामा आयो ९३ अर्ब

अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो, १७ घर बगे

प्रतिकात्मक तस्वीर

सन्धीखर्क । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ मा भीषण पहिरो गएको छ । पहिरोले १७ वटा घर बगाएको छ । दिउँसोको समयमा आएको पहिरोका कारण मानवीय क्षतिको भने कुनै खबर प्राप्त नभएको प्रहरीले जनाएको छ । स्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने स्थानमा पहिरोेले १७ वटा घर बगाएको बताइएको छ । पछिल्लो तीन दिनयता निरन्तर वर्षा भएको… Continue reading अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो, १७ घर बगे

नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षणमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा… Continue reading नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

नेपालीको मोबाइल मोह: डिजेलभन्दा मोबाइलको आयात बढी

काठमाडौं । प्रविधिको विकासले विश्वमा नयाँ नयाँ मोबाइलको विकास हुँदै गएको छ। पछिल्लो समय रहरले भन्दापनि बाध्यताले नेपालीहरुमा मोबाइलको मोह बढेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीले मोबाइलको आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा ९ लाख ९५ हजार मोबाइल सेट आयत भएको… Continue reading नेपालीको मोबाइल मोह: डिजेलभन्दा मोबाइलको आयात बढी

काठमाडौं महानगरपालिका कोरोनाको उच्च जोखिममा, कुन वडामा कति संक्रमित ?

काठमाडौं । काठमाडौं महानगरपालिका देकै सवैभन्दा धेरै कोरोना प्रभावित स्थानीय तह बनेको छ । अहिलेसम्म काठमाडौं महानगरपालिकाभित्र ७ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये २ हजार ३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने ६३ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या काठमाडौं महानगरपालिकामा ह्वात्तै… Continue reading काठमाडौं महानगरपालिका कोरोनाको उच्च जोखिममा, कुन वडामा कति संक्रमित ?

ओमानमा अक्टोवरबाट विदेशीको प्रवेश खुला, नेपाली पनि जान पाउने

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमसँगै लागेको विदेशी नागरिक प्रवेशमाथिको प्रतिवन्ध ओमानले हटाएको छ । नयाँ प्रावधान भने १ अक्टोबरबाट लागु हुने भएको छ । अब ओमानले विदेशी आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने घोषणा गरेको हो । यसले त्यहाँ कामको सिलसिलामा जाने नेपाली समेत लाभान्विन हुने भएका छन् । किनकी नेपाल सरकारले समेत अब वैदेशिक… Continue reading ओमानमा अक्टोवरबाट विदेशीको प्रवेश खुला, नेपाली पनि जान पाउने

शुक्रबार पनि थामिने छैन वर्षा, कुन कुन क्षेत्रमा छ जोखिम ?

काठमाडौं । नेपालमा मनसुन लम्बिएको छ । यसले देशभर निरन्तर वर्षा समेत गराइरहेको छ । पछिल्लो तीन दिनदेखि जारी वर्षा शुक्रबार समेत थामिने छैन । मौसम पुर्वानुमान महाशाखाका अनुसार शुक्रवार देशका विभिन्न स्थानमा पानी पर्नेछ । यसले तराईमा जलस्तर बढाउने भएको छ । पहाडमा पहिरोको जोखिम उत्तिकै रहनेछ । भारतको मध्य प्रदेशको पुर्वी भूभागमा न्यून… Continue reading शुक्रबार पनि थामिने छैन वर्षा, कुन कुन क्षेत्रमा छ जोखिम ?

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

काठमाडौं । संसारभर कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउने संक्रमितको संख्या १० लाख नजिक पुगेको छ । शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ९ लाख ८७ हजार १५६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८७२ जनाले ज्यान गुमाएको तथ्यांक छ । यो अवधिमा नेपालमा मात्र १८ जनाको ज्यान गएको छ । जुन सर्वाधिक संख्या… Continue reading विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको सामुहिक दाहसंस्कार

स्याङ्जा । स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको बिहीबार सामुहिक दाहसंस्कार गरिएको छ । उनीहरुको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार भएको नेपाल दलित सङ्घ स्याङ्जाले जनाएको छ । रामनदी धाम स्याङ्जा र पाल्पाको संगमस्थल हो । यो कालीगण्डकी नदीमा पर्छ । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाएर दाहसंस्कार गरिएको छ ।… Continue reading स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको सामुहिक दाहसंस्कार

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा

काठमाडौं । सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा उपलब्ध गराएको छ । यसअघि नेपाल एयरलाइन्सले मात्र नेपालमा ग्राउन्ड ह्यान्डलिङको सेवा गर्न पाउने गरी अनुमति पाएको थियो । सरकारले दिएको अनुमतिसँगै अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिमालयले आफ्ना जहाज र यात्रुको व्यवस्थापन कम्पनीले स्वयमःले गर्न पाउने छ । कम्पनीले आवश्यक पर्ने उपकरण र जनशक्ति समेत आफैं… Continue reading हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा

शुक्रबार सार्क विदेशमन्त्रीहरुको भर्चुअल बैठक, नेपालले गर्नेछ अध्यक्षता

काठमाडौं । शुक्रबार सार्क राष्ट्रका विदेशमन्त्रीहरूको भर्चुअल बैठक आयोजना हुने निश्चित भएको छ । भारतीय विदेशीमन्त्री एस जयशंकरले सहभागिता निश्चित गरेसँगै बैठक समेत संचालन हुने भएको हो । बैठकको नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने छन् । भारत र पाकिस्तान विवादका कारण यी दुबै मुलुकका विदेश मन्त्री सहभागी हुने वा नहुने निश्चित थिएन ।… Continue reading शुक्रबार सार्क विदेशमन्त्रीहरुको भर्चुअल बैठक, नेपालले गर्नेछ अध्यक्षता

कुलमानको बर्हिगमनसँगै विजुली जाने क्रम बढ्यो, मन्त्रालयलाई तनाव

file

काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्हिगमन भएको छ । सँगै नेपालमा विजुलीको आपूर्ति समेत अनियमित बनिरहेको छ । यसै त कुलमानको पुननियुक्ति माग गरिरहेक जनता सरकारप्रति रुष्ट छन् । त्यसमाथि पुनः विजुली जाने क्रम बढेसँगै उर्जा मन्त्रालयलाई भने तनाव थपिदिएको छ । सोहीकारण उर्जा मन्त्री वर्षमान पुनःले बिहीबार मन्त्रालयमा प्राधिकरणका अधिकारीहरुसँग आकष्मिक बैठक… Continue reading कुलमानको बर्हिगमनसँगै विजुली जाने क्रम बढ्यो, मन्त्रालयलाई तनाव

स्याङ्जा पहिरो : एकै परिवारका ८ सहित ९ को मृत्यु

स्याङ्जा । स्याङ्जामा पहिरोले घर भत्काउँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसमा ८ जना एकै परिवारका सदस्य रहेका छन् । जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुरिएको थियो । आज दिनभरको उद्धारका क्रममा ९ जनाकै शव निकालिएको छ । प्रहरीका अनुसार एक जनाको जिवितै उद्धार भएको छ । बिहीबार बिहान… Continue reading स्याङ्जा पहिरो : एकै परिवारका ८ सहित ९ को मृत्यु

नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४५३ पुग्यो

काठमाडौं । नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको हो । मृतयु हुनेमा काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको रहेका छन् । यस्तै, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९,… Continue reading नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४५३ पुग्यो

नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९, ३०१ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षणमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ४५७… Continue reading नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९, ३०१ पुग्यो

स्याङ्जामा पहिरोले घर पुर्यो, कम्तीमा ८ जना वेपत्ता

file

स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएको बताइएको छ । यहाँ एकजनाको शव भेटिसकेको छ । प्रहरीका अनुसार एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको छ । अहिले सशस्त्र र नेपाल प्रहरीले बेपत्ताको… Continue reading स्याङ्जामा पहिरोले घर पुर्यो, कम्तीमा ८ जना वेपत्ता

सामान्य खुल्यो रसुवागढी नाका, दशैंका सामान आउलान ?

file

काठमाडौं । चीनतर्फको एक मात्र सक्रिय रसुवागढी नाका निरन्तर बन्द भएको ८ महिना पुगिसकेको छ । यो बीचमा केही दिन नाका सूचारु भएपनि कोरोना भाइरसको महामारीको बाहनामा चीनले निरन्तर नाका बन्द गराइदिएको छ । बुधबारबाट भने नाका आशिंक रुपमा संचलनमा आएको छ । नेपाली कामदारलाई कोरोना संक्रमण देखिएको भन्दै चीनले यो नाका बन्द गराएको थियो… Continue reading सामान्य खुल्यो रसुवागढी नाका, दशैंका सामान आउलान ?

शनिबारदेखि मात्र मौसममा सुधार

काठमाडौं । बिहीबार र शुक्रबार नेपालमा अविरल वर्षा जारी रहने भएको छ । मौसममा शनिबारदेखि मात्र क्रमिक सुधारको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारबाट भने मौसममा क्रमिक सुधारको सम्भावना छ । देशका अधिकांश स्थानमा आगामी दुई दिन वर्षा जारी रहने भएको छ । अहिले… Continue reading शनिबारदेखि मात्र मौसममा सुधार

नेपालमा अविरल वर्षा जारी, पाल्पामा पहिरोले ६ जना वेपत्ता

प्रतिकात्मक तस्वीर

पाल्पा । नेपालमा पछिल्लो ४८ घण्टायता अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ । यसले विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम समेत बढाएको छ । पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले ६ जना वेपत्ता पारेको र तीन वटा घर पुरिएको प्रहरीले जनाएको छ । यद्दपी संख्यामा थपघट हुन सक्ने बताइएको छ । भर्खरै… Continue reading नेपालमा अविरल वर्षा जारी, पाल्पामा पहिरोले ६ जना वेपत्ता