हराइरहेका २० जना नभेटिदै सिन्धुपाल्चोकमा अर्को पहिरो, ५ जना वेपत्ता

file

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा फेरी पहिरोमा परी ५ जना वेपत्ता भएका छन् । गएराति अविरल वर्षासँगै गएको पहिरोमा परेर पाँच जना बेपत्ता भएका हुन । सिन्धुपाल्चोको भोटेकोसी गाउँपालिका वडा नम्बर ४, फुल्पिङकट्टीमा बुधबार राति पहिरोले घर पुर्दा एकै परिवारका ५ जना बेपत्ता भएका हुन् । स्थानियको अनुसार ग्यान्जेन शेर्पाको घर पहिरोले बगाएको हो। तर उनी काठमाडौं… Continue reading हराइरहेका २० जना नभेटिदै सिन्धुपाल्चोकमा अर्को पहिरो, ५ जना वेपत्ता

आज नेकपा शीर्ष नेताको छलफल, निस्केला निकास ?

काठमाडौं । सत्तारुढ नेकपाको विवाद अझै सुल्झिएको छैन । सोही सन्दर्भमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बुधबारको छलफल बुधबारसमेत निष्कर्षबिहिन बनेको छ । नेताहरुबीच बिहीबारसमेत छलफलको तयारी छ । बुधबार दुई नेता करीव ३ घण्टा छलफल गरेका थिए । साउन २ गतेसम्म स्थायी… Continue reading आज नेकपा शीर्ष नेताको छलफल, निस्केला निकास ?

ठोरीमा रामको जन्मभूमिबारे उत्खनन् होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थान भारतमा नभई पर्साको ठोरीस्थित अयोध्यापुरीमा भएको बताएसँगै अहिले ठोरी चर्चामा रहेको छ । ठोरीबासी समेत हर्सित छन् । प्रधानमन्त्रीले बीना अध्ययन बोलेको आरोप लागेसँगै अब भने आधिकारिक निकायलाई ठोरीमा अध्ययन गर्न दवाव बढेको छ । सोही क्रममा सरकारले पर्साको ठोरीस्थित ‘अयोध्यापुरी’ मा भगवान रामसँग जोडिएका पुरातात्विक… Continue reading ठोरीमा रामको जन्मभूमिबारे उत्खनन् होला ?

नेपालमा पौने ७ खर्ब बेरुजु, सामान्य सुधार

काठमाडौं । नेपालमा सरकारी बेरुजु ६ खर्ब ६४ अर्ब ४४ करोड कायम भएको छ । अघिल्लो आवको तुलनामा बेरुजु केही सुधार भएको छ । महालेखा परीक्षकको ५७ औं प्रतिवेदन आज राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष बुझाइएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५\७६ मा कुल ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ बेरुजु कायम भएको हो ।… Continue reading नेपालमा पौने ७ खर्ब बेरुजु, सामान्य सुधार

टेक्सासमा एक नेपाली झुण्डिएको अवस्थामा फेला

टेक्सास अमेरिकामा दिन-दिनै नेपालीको मृत्‍युको खबर बढ्दै छ । दुई दिन अगाडि मात्र दुई नेपाली युवाको माछा मार्न जाने क्रममा मृत्‍यु भएको खबरको पिडा सेलाउन नपाउँदै मंगलवार साँझ सेन्ट्रल टेक्सासको कलिनस्थित एक नेपाली युवा झुन्डिएको अवस्थामा फेला परेका छन् । मुलघर रुकुम खलङगा निवासी ३० बर्षीय पारस खड्का मंगलवार साँझ ५:३० बजे तिर बरण्डामा झुन्डिएको… Continue reading टेक्सासमा एक नेपाली झुण्डिएको अवस्थामा फेला

नेपालमा चर्चित ‘पठाओ’ का संस्थापकको मृत शरीर न्युयोर्कको अपार्टेमेन्टमा भेटियो

न्युयोर्क मोटर साईकलमा यात्रु ओसार पसार गर्ने ‘पठाओ’ का एक संस्थापक सदस्य फहिम सलेहको मृत शरीर न्युयोर्क सहरको लोअर ईष्ट साईडको एक सुबिधा सम्पन्न अपार्टमेन्टमा सोमबार भेटिएको अमेरिकास्थित मुलधारका संचार माध्यमले जनाएका छन् । युवा उद्यमी फहिमले नाईजेरियाको लागि ‘गोखडा’ एप्स बनाएर संचालनमा ल्याएका थिए भने नेपाल र बंगलादेशमा ‘पठाओ’ चर्चित छ ।   फहिमलाई… Continue reading नेपालमा चर्चित ‘पठाओ’ का संस्थापकको मृत शरीर न्युयोर्कको अपार्टेमेन्टमा भेटियो

अमेरिकामा आजदेखि कोरोना संक्रमणको सम्पूर्ण सुचना सिडिसीलाई होईन डिसीलाई जाँदैछ

न्युयोर्क अमेरिकामा अब देशभरका अस्पतालहरुले कोरोना भाईरसको आँकडा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) लाई होईन बाटो बदलेर सोझै ह्वाईट हाऊस प्रशासनलाई  पठाउनु पर्ने भएको छ । ट्रम्प प्रशासनले अस्पतालहरुलाई सिडिसिलाई पन्छाएर सोझै व्हाईट हाऊस प्रशासनको  “ ‘सेन्ट्रल डाटाबेस सिस्टम’मा अमेरिका भरका बिरामीहरुको आँकडा पठाउन आदेश गरेको हो । ट्रम्प प्रशासनको यो कदमले अमेरिकास्थित… Continue reading अमेरिकामा आजदेखि कोरोना संक्रमणको सम्पूर्ण सुचना सिडिसीलाई होईन डिसीलाई जाँदैछ

अब एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गरे पैसा लाग्‍ने

काठमाडौं । भोलिबाट अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क लाग्ने भएको छ । यसअघि नेपाल बैंकर्स संघ डेभलमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र नेपाल क्लियरिङ हाउसले संयुक्त रूपमा अर्को सूचना जारी नहुँदासम्म विद्युतीय कारोबार र अन्तर बैंक एटीएम सेवामा कुनै शुल्क नलाग्ने बताएका थिए । बैंकहरुले चैत ७ गतेदेखि विद्युतीय कारोबारहरु निःशुल्क प्रदान गर्दै आएका… Continue reading अब एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गरे पैसा लाग्‍ने

अनलाइन कक्षा बन्द गर्ने निर्णय, शिक्षक-कर्मचारीलाई बेतलबी बिदा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्। नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन्। विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको कारण साउन १ गतेदेखि शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने निर्णय… Continue reading अनलाइन कक्षा बन्द गर्ने निर्णय, शिक्षक-कर्मचारीलाई बेतलबी बिदा

कोेरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

काठमाडौं  । नेपालमा कोरोना भाइरस सं‌क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार रौतहटको परूवा नगरपालिका-७ का ३६ वर्षका पुरुषको मृत्यु भएको हो । उनका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो । उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो ।… Continue reading कोेरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण,६९७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ५ हजार ९० जनाको नमुना परिक्षण गरिएकोमा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७… Continue reading नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण,६९७ जना डिस्चार्ज

आजबाट फेरी शुरु हुँदैछ नेपालीको उद्दार उडान

File Photo

काठमाडौं । दुई दिन बन्द भएपछि आजबाट विदेशमा अलपत्र नेपालीको उद्दारको काम फेरी प्रारम्भ हुँदैछ । पछिल्लो एक महिनायता विदेशबाट धमाधम नेपालीलाई स्वदेश फर्काउने अभियान जारी रहेको छ । यसक्रममा करीव २६ हजार नेपाली स्वदेशी फर्किसकेका छन् । यसअघि दुई चरणमा भएको उद्दार उडानको काम अब तेस्रो चरणमा प्रवश गरेको छ । यस क्रममा कुल… Continue reading आजबाट फेरी शुरु हुँदैछ नेपालीको उद्दार उडान

महानायक काण्डमा बोले राजेश हमाल : दीपाश्रीलाई क्षमा गरिदिनुस

काठमाडौं । नायक राजेश हमालले महानायकका सन्दर्भमा कलाकार दीपाश्री निरौलालाई क्षमा गरिदिन आफ्ना फ्यानहरुलाई आह्वान गरेका छन् । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाल प्रति लक्षित गर्दै उनलाई महानायक केही संचारकर्मीले मात्र बनाएको धारणा राखेकी थिइन् । अहिले सिनेमा उद्योगमा राजेश हमाल नभएको समेत उनको तर्क थियो । यो तर्क सार्वजनिक भएपछि फ्यानहरुले उनको… Continue reading महानायक काण्डमा बोले राजेश हमाल : दीपाश्रीलाई क्षमा गरिदिनुस

नवलपरासी र चितवनमा थपिए १९ संक्रमित

चितवन । कोरोना भाइरसको संक्रमणको दर केही कम भएको छ । खासगरी भारतबाट आउने मानिसको संख्या घटेको र विदेशबाट फर्कनेको पिसिआर परीक्षण अनिवार्य गरिएका कारण कोरोना भाइरसको संक्रमण कम भएको छ । समुदायस्तरमा भने अहिलेसम्म भयानक रुपमा कोरोना फैलिएको पाइएको छैन । यसैबीच, बुधबार नवलपरासी पूर्व र चितवनमा थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको… Continue reading नवलपरासी र चितवनमा थपिए १९ संक्रमित

‘अत्यावश्यक नपरेसम्म सार्वजनिक बसमा नचढ्नु’

काठमाडौं । सरकारले अत्यावश्यक नपरेसम्म सार्वजनिक यातायातमा नचढ्न सर्वसाधारणलाई सचेत गराएको छ । सार्वजनिक यातायात खुला गरेपनि यसले कोरोना भाइरसको संक्रमणलाई बिस्तार गर्न सहयोग पुग्ने भन्दै अति आवश्यक काम नपरेसम्म सार्वजनिक यातायात नचढ्न सरकारले सचेत बनाएको छ । सडकमा केही सार्वजनिक सवारी साधनले सेवा थालिसकेका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयले सार्वजनिक सवारीमा अनावश्यक यात्रा नगर्न… Continue reading ‘अत्यावश्यक नपरेसम्म सार्वजनिक बसमा नचढ्नु’

मेलम्ची परिक्षणका दौरान दुई कर्मचारी वेपत्ता

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणका दौरान दुई कर्मचारी वेपत्ता भएका छन् । पानीले बगाएर उनीहरुलाई वेपत्ता पारेको छ । जसले गर्दा तत्कालका लागि सुरुङ परिक्षणको काम समेत स्थगित हुन पुगेको छ । मंगलबार आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक परेको समयमा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर ४ जनालाई बगाएको थियो । त्यसक्रममा दुई जनाको… Continue reading मेलम्ची परिक्षणका दौरान दुई कर्मचारी वेपत्ता

प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रको स्पष्टीकरण : कसैको भावनासँग चोट पुर्याउने उद्देश्य होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामबारे दिएको अभिव्यक्तिमा व्यापक आलोचना भएपछि परराष्ट्र मन्त्रालयले स्पष्टिकरण सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति कसैको भावनामाथि चोट पुर्याउने उद्देश्यले नआएको स्पष्ट पारेको छ । प्रधानमन्त्रीको भारतसहित नेपाल भित्र समेत आलोचना भइरहेको छ । सोही सन्दर्भमा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेको हो… Continue reading प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रको स्पष्टीकरण : कसैको भावनासँग चोट पुर्याउने उद्देश्य होइन

नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय१६जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ४ हजार ३ सय ४१ वटा नमुना परिक्षण गरिएकोमा १ सय १६जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको मन्त्रालयले… Continue reading नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो

धरहरा निर्माणमा १० औं तला सम्पन्न, अब ११ औं तला निर्माण गरिने

काठमाडौं । धरहराको १० औं तलासम्मको निर्माण काम सम्पन्न भएको छ । अब ११ औं तला र टावर निर्माणको काम थालिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । टावर निर्माणको काम दुई÷तीन दिनमा सुरु हुने बताइएको छ । लकडाउनका बेला धरहरामा टावरबाहेक अरु काम हुँदै थियो । झण्डै साढे तीन महिनापछि टावरको काम थाल्न लागिएको प्राधिकरणले… Continue reading धरहरा निर्माणमा १० औं तला सम्पन्न, अब ११ औं तला निर्माण गरिने

भगवान रामबारे प्रधानमन्त्रीको अभिव्यक्तिको भारतमा कडा निन्दा र आलोचना

काठमाडौं । भगवान राम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबारे भारतमा व्यापक निन्दा र आलोचना शुरु भएको छ । पौराणिक कालदेखि मान्यताप्राप्त इतिहासलाई बीना कुनै तथ्य बोलिदिएपछि ओलीको पुनः एक पटक निन्दा शुरु भएको हो । ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति सोमबार दिएका थिए । भारतको सत्तारुढ दल तथा… Continue reading भगवान रामबारे प्रधानमन्त्रीको अभिव्यक्तिको भारतमा कडा निन्दा र आलोचना

सिद्धार्थ राजमार्ग अवरुद्ध, दोभानमा खस्यो पहिरो

बुटवल । पटक पटक पहिरोका कारण अवरुद्ध हुने सिद्धार्थ राजमार्गमा फेरी पहिरो खसेको छ । जसले गर्दा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध हुन पुगेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै पहिरो खसेको छ । रातीको समयमा सवारी साधन भएको बेला खसेका कारण मानवीय क्षति भने हुन पाएन । पहिरोसँगै ठूला–ठूला ढुंगा सडकमा… Continue reading सिद्धार्थ राजमार्ग अवरुद्ध, दोभानमा खस्यो पहिरो

राम नेपाली हुन, भारतले नक्कली अयोध्या बनायो : प्रधानमन्त्री

काठमाडौं । भारतसँग शब्दयुद्ध लडिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अर्को प्रहार गरेका छन् । प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मेको र नेपाली रहेको उल्लेख गरे । उनले भारतले  नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको समेत आरोप लगाएका छन् । २०७ औं भानु जयन्तीका अवसरमा आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक औपचारिक कार्यक्रमलाई सम्बोधन… Continue reading राम नेपाली हुन, भारतले नक्कली अयोध्या बनायो : प्रधानमन्त्री

चार च्यानलबाहेक भारतीय न्यूज च्यानलको प्रतिवन्ध खुला

काठमाडौं । नेपालमा प्रतिवन्धमा परेका भारतीय न्यूज च्यानलहरु फेरी देखिन थालेका छन् । केवल अपरेटरहरूले चार वटा भारतीय समाचार च्यानलबाहेक अन्यको प्रसारण खुला गर्ने निर्णय लिएका हुन् । केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलको प्रसारण प्रतिवन्ध भने यथावत राखेका छन् । यी च्यानल नेपालबारे उग्र तथा कपोलकल्पित समाचार… Continue reading चार च्यानलबाहेक भारतीय न्यूज च्यानलको प्रतिवन्ध खुला

मंगलबारदेखि काठमाडौंमा ४ वटा विद्यूतीय सार्वजनिक बस चल्ने

काठमाडौं । सरकारले ५० प्रतिशत यात्रु राखेर सार्वजनिक यातायात चलाउन खुला गरेको छ । तर, यातायात व्यवसायीले भने सर्वसाधारणलाई सेवा दिन मानिरहेका छैनन् । यसैबीच, सुन्दर यातायातले मंगलबारबाट चार वटा विद्यूतीय बस संचालन गर्ने भएको छ । सरकारले ५० प्रतिशत यात्रु राखेर सवारी संचालन गर्ने दिने निर्णय गरेसँगै ५० प्रतिशत भाडा समेत बढी उठाउन पाउने… Continue reading मंगलबारदेखि काठमाडौंमा ४ वटा विद्यूतीय सार्वजनिक बस चल्ने

नेपालमा कोरोना संक्रमित डिस्चार्जमा रेकर्ड ब्रेक, कसरी सम्भव भयो ?

काठमाडौं । संसारमा कोरोना महामारीले मानिसको स्वास्थ्य अवस्थालाई गम्भीर मोडमा पुर्याएको छ । धेरैजसो विकसित मुलुकले मानिसको ज्यान बचाउन ठूलो संघर्ष गर्नु परेको छ । त्यसको ठिक विपरित कमजोर स्वास्थ्य प्रणाली भएपनि नेपालमा भने कोरोनाको प्रभाव कमजोर देखिएको छ । यसको प्रमाण सोमबार एकैदिन १७ सय जना कोरोना संक्रमितले कोरोनालाई जित्नु समेत हो । स्वास्थ्य… Continue reading नेपालमा कोरोना संक्रमित डिस्चार्जमा रेकर्ड ब्रेक, कसरी सम्भव भयो ?

नेपालमा एकैदिन १७०५ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट थप १७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ।

नेपालमा थप १ सय ४४ जनामा कोरोना संक्रमण

काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ५ हजार ८ सय ५६ वटा नमुना परिक्षण गरिएकोमा १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार… Continue reading नेपालमा थप १ सय ४४ जनामा कोरोना संक्रमण

म्याग्दीमा पहिराले ज्यान गुमाएका १९ जनाको सामुहिक अन्त्येष्टी, ज्यान गुमाउने संख्या २८

म्याग्दी । म्याग्दीमा पहिरोमा परी ज्यान गुमाउने मानिसको संख्या २८ पुगेको छ । आइतबार एक जनाको शव फेला परेको हो । उनीहरुमध्ये १९ जनाको भने सामुहिक अन्त्येष्टी गरिएको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परी दर्जनौं मानिस वेपत्ता भएका थिए । त्यसमध्ये २८ जनाको ज्यान गएको छ… Continue reading म्याग्दीमा पहिराले ज्यान गुमाएका १९ जनाको सामुहिक अन्त्येष्टी, ज्यान गुमाउने संख्या २८

तनहुँमा समेत पहिरोको कहर, ११ जना वेपत्ता

प्रतिकात्मक तस्वीर

तनहुँ । नेपालको पहाडी भेगमा पहिरोले ठूलो जनधनको क्षति गर्ने क्रम जारी रहेको छ । सोहीक्रममा तनहुँमा समेत विभिन्न स्थानमा गएको पहिरोले ११ जना मानिसलाई वेपत्ता पारेको छ । अविरल वर्षापछि जिल्लाका थुप्रै स्थानमा पहिरो गएको छ । प्रहरीका अनुसार पहिरोमा ऋषिङ गाउँपालिकाका–८ पल्ट्याङका एकै घरका ५ जना वेपत्ता छन् । व्यास नगरपालिका–९ माझकोटमा घर… Continue reading तनहुँमा समेत पहिरोको कहर, ११ जना वेपत्ता

न्युयोर्क सहरमा शनिबार पहिलो पटक कोरोनाबाट शुन्य मृत्‍यु

न्युयोर्क       कुनै दिन राष्ट्र कै कोरोना एपिसेन्टर बनेको न्युयोर्क सहरमा गत शनिबार ११ तारिख पहिलो पटक कोरोनाको कारण मृत्‍यु तथ्यांक शुन्य रह्यो । कोरोनाको कारण मार्च ११ तारिख पहिलो एक जनाको मृत्‍यु भएको न्युयोर्क सहरमा गत अप्रिल ७ तारिख सबैभन्दा धेरै ५ सय ९७ को मृत्‍यु भएको थियो । न्युयोर्क सहरमा कोरोनाको… Continue reading न्युयोर्क सहरमा शनिबार पहिलो पटक कोरोनाबाट शुन्य मृत्‍यु