बाइडेनको सथपग्रहण समारोहमा ट्रम्प नजाने

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा नजाने भएका छन् । आगामी जनवरी २० नयाँ राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोह हुने छन् । ट्रम्प स्वयमले यस्तो घोषणा गरेका हुन् । नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति उपस्थित भएर औपचारिक बधाइ दिने प्रचलन रहेको छ । तर, ट्रम्पले शुक्रबार… Continue reading बाइडेनको सथपग्रहण समारोहमा ट्रम्प नजाने

टोखामा विभत्स हत्याकाण्ड, श्रीमानको हत्यापछि श्रीमतिबाट आत्महत्या

काठमाडौं । काठमाडौंको टोखामा एक विभत्स घटना भएको छ । टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार सुर्खेत स्थायी घर भई टोखास्थित एक अपार्टमेण्टमा बस्ने श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी आफुले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान अगाडी… Continue reading टोखामा विभत्स हत्याकाण्ड, श्रीमानको हत्यापछि श्रीमतिबाट आत्महत्या

ट्रम्पको ट्वीटर अकाउन्ट बन्द

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द भएको छ । अमेरिकी सामाजिक संजाल ट्वीटर स्वयमःले उनको अकाउन्ट बन्द गरिदिएको हो । हिंसालाई प्रशय दिएको आरोप लगाउँदै ट्वीटरले उनको अकाउन्ट नै बन्द गर्ने निर्णय लिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ट्वीटरले एक बयान सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरेको… Continue reading ट्रम्पको ट्वीटर अकाउन्ट बन्द

सरकारले बढायो प्रधानमन्त्रीको सुरक्षा

काठमाडौं । सरकारले प्रधानमन्त्रीमाथि सुरक्षा बढाएको छ । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि गृह मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको विश्लेषण गरेको छ । सोही अनुसार प्रधानमन्त्रीमाथि सुरक्षा बढाइएको हो । प्रधानमन्त्री पछिल्लो समय बाक्लै गरी सार्वजनिक कार्यक्रम निस्किएका कारण समेत उनीमाथि सुरक्षा बढाउनु परेको हो । राष्ट्रपति… Continue reading सरकारले बढायो प्रधानमन्त्रीको सुरक्षा

इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै

काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा हवाई सम्पर्कमा जोडिने भएका छन् । इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले त्यहाँको राजधानी जकार्ताबाट नेपालको राजधानी काठमाडौंमा सिधा उडानको योजना सार्वजनिक गरेको हो । कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गर्दै यस्तो तयारी थालेको हो । कम्पनीका अनुसार आगामी जुन, जुलाईबाट… Continue reading इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै

ओली-रावल बाझाबाझ : को हो भगौडा ?

काठमाडौं । शुक्रबार धनगढी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिए । त्यसको जवाफमा भीम रावलले ओलीलाई भगौडा भन्दै कटाक्ष गरेका छन् । दुई नेताबीचको रोमाञ्चक बाझाबाझ भने दुई छुट्टाछुट्टै कार्यक्रममा भएको हो । खासगरी प्रधानमन्त्रीको बोली रावलतर्फ नै लक्षित थियो । सुदुरपश्चिममा रावललाई आफ्नो पक्षमा पार्न असफल ओलीले प्रचण्ड समुहका… Continue reading ओली-रावल बाझाबाझ : को हो भगौडा ?

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, ५८५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय ८५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, ५८५ जना डिस्चार्ज

‘हामीलाई गालीगलौज गर्ने फुर्सद छैन, देश बनाउनु छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गाली गलौजमा उत्रिने फुर्सदै नभएको बताएका छन् । शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले प्रचण्ड–माधव नेपाल समूहका नेताले शीर्ष नेतृत्वलाई गाली गलौज गरेर हिँड्ने गरेको भन्दै आफूहरुलाई काम गर्नमा व्यस्त भएकाले गालीगलौजमा उत्रिने फूर्सद नभएको बताएका हुन् । नेकपा दाहाल–नेपाल समूहलाई कटाक्ष गर्दै भने, ‘केही भगौडाहरु… Continue reading ‘हामीलाई गालीगलौज गर्ने फुर्सद छैन, देश बनाउनु छ’

‘आफ्नो पद नबच्‍ने भएपछि पार्टी विधान र संविधान मान्दिनँ भन्न पाइँदैन’

काठमाडौं । राष्ट्रियसभा सदस्य तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कार्य भएको बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै श्रेष्ठले अहिलेको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको बताएका छन् । श्रेष्ठले लोकतन्त्रका लागि जेल बसेको दाबी गर्ने प्रधानमन्त्रीले आफ्नो पद सुरक्षित नदेखेपछि प्रतिनिधिसभा नै भंग गर्ने… Continue reading ‘आफ्नो पद नबच्‍ने भएपछि पार्टी विधान र संविधान मान्दिनँ भन्न पाइँदैन’

अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकारे हार, सत्ता सुम्पने घोषणा

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनमा पराजय स्वीकार गरेका छन् । अमेरिकी संसदमा बुधबार भएको अप्रिय हमलापछि ट्रम्पप्रति विश्वरभरबाट चर्को आलोचना भइरहेका समयमा उनले हार स्वीकार गरेका हुन् । संसदमा समेत उनलाई राष्ट्रपति पदबाट तत्काल हटाउनु पर्ने माग चर्किएको छ । उनले चुनावमा धाँधली भएको दाबी गर्दै आएका छन् । विहीबार ट्वीटरमा… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकारे हार, सत्ता सुम्पने घोषणा

बालुवाटारको घेराबाट सरकार चलाएका प्रधानमन्त्री पार्टी फुटाएपछि देशदौडाहामा

काठमाडौं । करीव साढे दुई वर्षसम्म सरकार संचालनका दौरान वालुवाटार भित्रको चौघेरामा बसेका प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन र पार्टी फुटाएपछि भने देश दौडाहामा निस्कने भएका छन् । यसअघि कोरोना महामारीको कारण देखाउँदै उनी पार्टी कार्यालय जान समेत आनाकानी गर्थे । प्रधानमन्त्रीका रुपमा सिंहदरवार नटेकेको धेरै भइसकेको छ । ओली पार्टीको कार्यक्रममा सहभागी हुन… Continue reading बालुवाटारको घेराबाट सरकार चलाएका प्रधानमन्त्री पार्टी फुटाएपछि देशदौडाहामा

महोत्तरीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

काठमाडौं । महोत्तरीमा चिसोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार धुर्मुस सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन जनाको निधन भएको हो । बीस दिनको अवधिमा रामरती सदाका घरमा बुहारी, नाति र एक नवजात नातिनीको मृत्यु भएको छ । बिहीबार पत्रकारको एक… Continue reading महोत्तरीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

ट्रम्पलाई फेसबुकको कारवाही, राष्ट्रपति छउन्जेल लेख्न नपाउने

वासिंटन डिसी । सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कारवाही गरेको छ । फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गका अनुसार राष्ट्रपति रहुन्जेल फेसबुकमा ट्रम्पले फेसबुकमा कुनै पनि पोष्ट गर्न नपाउने गरी कारवाही गरिएको हो । जुकरबर्गले बुधबार संसद भवनम ट्रम्पको उक्साहटमा उनका समर्थक फैलाएको हिंसापछि उनलाई फेसबुकको सेवा दिइरहनु चुनौतीपूर्ण हुने उल्लेख… Continue reading ट्रम्पलाई फेसबुकको कारवाही, राष्ट्रपति छउन्जेल लेख्न नपाउने

अमेरिकी संसद भवनमा भएको घटनाले स्तब्ध बनायो : देउवा

काठमाडौं । अमेरिकी संसदमा राष्ट्रपति ट्रम्प समर्थकले गरेको हंगामाको संसारभर आलोचना भइरहेको छ । यस घटनाबारे नेपाली नेतामध्ये नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो धारणा सार्वजनिक भएको छ । उनले बुधबार अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । अमेरिकी संसद भवनको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको… Continue reading अमेरिकी संसद भवनमा भएको घटनाले स्तब्ध बनायो : देउवा

अन्तर बैंक एटीएम प्रयोग गर्दा अब शुल्क लाग्ने

काठमाडौ । अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क तिर्नु पर्ने भएको छ । आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको हो । नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गरेको छ । जसअनुसार अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरिएको हो। तर, महिनामा… Continue reading अन्तर बैंक एटीएम प्रयोग गर्दा अब शुल्क लाग्ने

अमेरिकी संसदले प्रमाणित गर्‍यो राष्ट्रपतिमा बाइडेनको जित

अमेरिका । अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ । स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो । बिहिबार बिहान ट्रम्प समूहले गरेको हिंसात्मक आक्रमणका कारण इलेक्टोलर कलेज… Continue reading अमेरिकी संसदले प्रमाणित गर्‍यो राष्ट्रपतिमा बाइडेनको जित

जे मन लाग्यो त्यही गर्ने, प्रधानमन्त्री को हो ? हिटलर हो ?

काठमाडौं । राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओेलीलाई हिटलरको संज्ञा दिएका छन् । राष्ट्रियसभा बैठकमा विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका रायमाझीले ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको आरोप लगाएका हुन् । उनले असंवैधानिक काम गर्ने व्यक्तिलाई प्रधानमन्त्री भन्ने कि नभन्ने भन्दै यस्तो प्रश्न गरे । प्रधानमन्त्री ओलीले… Continue reading जे मन लाग्यो त्यही गर्ने, प्रधानमन्त्री को हो ? हिटलर हो ?

‘अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो’

काठमाडौं । नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको ठाउँमा आफू भएको भए राजीनामा दिने बताएका छन् । राष्ट्रियसभा बैठकमा पहिलोपटक बोल्दै गौतमले पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । उहाँले राजीनामा दिएको भए मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो गौतमले भने ।… Continue reading ‘अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो’

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु, १५ दिनसम्म आपतकाल घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको छ। मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जना (एक महिला र दुई पुरूष) को अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ। अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको… Continue reading ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु, १५ दिनसम्म आपतकाल घोषणा

अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको संसारभरबाट आलोचना

वासिंटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले वासिंटन डीसीस्थित संसद भवनमा गरेको हिंसात्मक प्रदर्शनको विश्वभरबाट व्यापक आलोचना शुरु भएको छ । खासगरी विश्वका नेताहरुले यो कदमले संसारलाई नै लज्जित बनाएको प्रतिक्रिया दिएका छन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न कंग्रेसको बैठक बसिरहेका समयमा ट्रम्पको… Continue reading अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको संसारभरबाट आलोचना

कतारको नाकाबन्दी हटाएकोमा नेपालको स्वागत

काठमाडौं । कतारमाथि साउदी अरबले लगाएको नाकाबन्दी हटाएकोमा नेपालले त्यस कदमको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले साउदी अरब र कतारले जमिन, हवाई र सामुन्द्रिक सीमा खोल्ने बारे गरेको निर्णयको स्वागत गरेको हो । यो कदमलाई गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले लिएको महत्वपूर्ण कदम भएको समेत नेपाल सरकारको प्रतिक्रिया छ । यो कदमले काउन्सिलका सदस्य… Continue reading कतारको नाकाबन्दी हटाएकोमा नेपालको स्वागत

अमेरिकामा राष्ट्रपति ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शन, एक जनाको मृत्यु

वासिंटन डिसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित प्रदर्शनकारीको हिंसात्मक प्रदर्शनका दौरान एक जनाको मृत्यु भएको छ । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने प्रयासमा ट्रम्प छन् । यसका लागि उनले सडकमा उग्र प्रदर्शन गर्न आफ्ना समर्थकलाई उक्साएको अमेरिकी संचारमाध्यमले लेखेका छन् । सोही क्रममा भएको हिंसामा गोली लागेर एक महिलाको मृत्यु भएको । अहिले राजधानी… Continue reading अमेरिकामा राष्ट्रपति ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शन, एक जनाको मृत्यु

कोरोना महामारीका बीच भारतमा बर्डफ्लु आतंक, नेपालमा बढाइयो सतर्कता

काठमाडौं । कोरोना महामारीका बीच भारतमा बर्डफ्लुको संक्रमण फैलिएको छ । अहिलेसम्म भारतका चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएको भारतीय संचारमाध्यमले लेखेका छन् । भारतमा यो रोगको संक्रमण देखिएपछि सचेतना भने नेपालमा समेत शुरु भएको छ । नेपाल सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । भारतबाट नेपाल भित्रिने… Continue reading कोरोना महामारीका बीच भारतमा बर्डफ्लु आतंक, नेपालमा बढाइयो सतर्कता

सन् २०२० मा २ लाख ३० हजार मात्र पर्यटक आए, अमेरिकी पर्यटक पाँचौ स्थानमा

काठमाडौं । सन् २०२० मा नेपालमा पर्यटक आगमनमा ठूलो कमी आएको छ । यस वर्ष सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थिया । तर, आगमन भने मात्र २ लाख ३० हजार ८५ जना रहेको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस वर्ष त्रिभुवन विमानस्थलबाट १ लाख ८३ हजार १३० र स्थलमार्गबाट ४६ हजार… Continue reading सन् २०२० मा २ लाख ३० हजार मात्र पर्यटक आए, अमेरिकी पर्यटक पाँचौ स्थानमा

नेपालमा थप ४०९ जनामा कोरोना संक्रमण, ४९५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ९५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ४०९ जनामा कोरोना संक्रमण, ४९५ जना डिस्चार्ज

लयमा फर्कियो नेपाली सेयर बजार,नेप्से १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । पछिल्ला दुई दिन लगातार ओरालो लागेको बजार आज दोहोरो अंकले बढेर लयमा फर्किएको हो । सूचकमा सूधार आए पनि कारोबार रहम भने बढ्न सकेन् । मंगलबारको तुलनामा आज कारोबार रकम १४ करोड बढीले गिरावट आएको छ । आज सेयर बजार मापक सूचक नेप्से १३.०७ अंकले बढेर २१७८.५७… Continue reading लयमा फर्कियो नेपाली सेयर बजार,नेप्से १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन रहेको घोषणा गर्दै राजीनामा दिएका हुन् । पूर्वमाअ‍ोवादी नेतासमेत रहेका बोहरा उद्योगमन्त्री लेखराज भट्ट निकट मानिन्छन् । उनले अछामबाट चुनाव लडेका हुन् । पूर्वमाओवादीको कोटाबाट मन्त्री बनेको भट्टसमेत ओली नेतृत्वको नेकपामा आएका थिए… Continue reading सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले दिए राजीनामा

संसद विघटनविरुद्ध परेको मुद्धाको अर्को सुनुवाई २९ गते हुने

काठमाडौं । संसद विघटनविरुद्ध परेको मुद्धाहरुको अर्को सुनुवाई २९ गते हुने भएको छ । संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्धाहरुको अर्को सुनुवाई आउने २९ गते बुधबार हुने निर्णय गरेको हो । आजको सुनुवाइका क्रममा बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संवैधानिक इजलासले भन्दा पनि वृहत पूर्ण इजलासले यो विषयमा राम्ररी निर्णय गर्न सक्ने भन्दै वृहत पूर्ण… Continue reading संसद विघटनविरुद्ध परेको मुद्धाको अर्को सुनुवाई २९ गते हुने

संसद विघटनसम्बन्धी मुद्दा हेर्ने इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा

काठमाडौं । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलास मा नबस्ने भएका छन्। बहस गरिरहेका अधिवक्ताले कार्कीमाथि प्रश्न उठाए पछि कार्की बेञ्चमा नबस्ने भएका हुन्। कार्की ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता थिए । बुधबार अधिवक्ताहरुले न्यायाधीश कार्की इजलासमा बस्न नहुने तर्क पेश गरेका थिए । त्यसपछि कार्की इजलासमा नबस्ने निर्णयमा पुगेका हुन् ।… Continue reading संसद विघटनसम्बन्धी मुद्दा हेर्ने इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा

खुल्न थाल्यो काठमाडौंको आकाश, प्रदुषण भने कायमै

काठमाडौं । आइतबारदेखि ढाकिएको काठमाडौंको आकास आजबाट खुल्न थालेको छ । आज बिहान काठमाडौंमा घाम लागेका छ । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । काठमाडौंको आकाश अहिले पनि धुम्म छ । तर, दिउँसोपछि भने अधिकांश भूभागमा घाम लाग्नेछ… Continue reading खुल्न थाल्यो काठमाडौंको आकाश, प्रदुषण भने कायमै