काठमाडौं । दशैंको फुलपातीको दिन नेपाली सेनाले टुडिखेलमा भब्य कार्यक्रम आयोजना गरी र्ष बढाई गर्छ । त्यसक्रममा देशभर शक्तिपिठहरुमा पूजाआजा समेत हुने गर्छ । तर, कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यो वर्षको दशैं साविकमा जस्तै हुने छैन । त्यसकारण फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिकरूपमा मात्र आयोजना गरिने भएको छ । कोभिड–१९… Continue reading यो वर्ष फुलपातीमा हर्षबढाई नहुने, सांकेतिक रुपमा मनाइने
Category: फिचर
बाँकेमा थप दुईको कोरोनाबाट मृत्यु
नेपालगन्ज । बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका दुईजना कोरोना संक्रमितको ज्यान गएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोकका ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ निवासी ७१ वर्षीया महिलाको गत राती निधन भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको… Continue reading बाँकेमा थप दुईको कोरोनाबाट मृत्यु
२८ औं दिनमा अनसन तोड्दै डा. केसी, भयो ८ बुँदै सहमति
काठमाडौं । आज २८ औं दिनमा अनसनरत डा. गोविन्द केसीले अनसन अन्त्य गर्ने भएका छन् । मध्यरातमा सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति भएसँगै उनी अनसन तोड्न सहमत भएका हुन् । शनिबार राती डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा… Continue reading २८ औं दिनमा अनसन तोड्दै डा. केसी, भयो ८ बुँदै सहमति
पर्यटन मन्त्री भट्टराईलाई कोरोना संक्रमण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उनी आफैले यसको पुष्टी गरेका छन् । ट्वीटमार्फत उनले आफुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको जानकारी गराएका हुन् । उनका अनुसार शुक्रबार हल्का ज्वरो आएपछि शनिबार परीक्षण गरेका थिए । त्यसअघि सोमबार कोरोना परीक्षण गराएर नेगेटिभ भई काठमाडौं… Continue reading पर्यटन मन्त्री भट्टराईलाई कोरोना संक्रमण
नेपालमा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १९ हजार ३२० जनाको पीसीआर परीक्षणमा थप ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ। पछिल्लो २४ घन्टामा थप… Continue reading नेपालमा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?
आज नेपालमा कोरोनाको रेकर्डै-रेकर्ड
काठमाडौं । आज नेपालमा कोरोना भाइरसको संक्रमणले कीर्तिमान कायम गरेको छ । एकै दिन संक्रमितको सर्वाधिक संख्या, कुल संख्या, पिसिआर परीक्षणको संख्या, काठमाडौं उपत्यकामा संक्रमितको संख्यासहित कोरोना तथ्यांकमा आज रेकर्ड कायम भएको हो । आज कोरोना भाइरसको संक्रमण देखिएयताकै सर्वाधिक अर्थातः ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यस दिन कुल… Continue reading आज नेपालमा कोरोनाको रेकर्डै-रेकर्ड
गोविन्द केसी र सरकारबीचको वार्ता आज पनि असफल, अनसन तोड्न सरकारको आग्रह
काठमाडौं । सरकारले अनसन तोड्न डा. गोविन्द केसीसँग आग्रह गरेको छ । डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच शनिबार समेत सहमति नबनेपछि सरकारले अनसन अन्त्य गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको हो । सहमति प्रयास शनिबार समेत गरिएको थियो । तर, सफल हुन सकेन । त्यसपछि शिक्षा सचिव गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले… Continue reading गोविन्द केसी र सरकारबीचको वार्ता आज पनि असफल, अनसन तोड्न सरकारको आग्रह
बहराइन राजकुमारलाई गोरखालीको उपहार : चुचुरोको नाम ‘रोयल बहराइन पिक’
गोरखा । बहराइन रोयल फोर्सको टोली यतिबेला नेपालमा छ । कुल १८ जनाको टोली नेपालका दुई हिमाल लोबुचे र मनास्लुको आरोहणका दौरान आएको हो । उनीहरुको नेपाल भ्रमणले कोरोनाबाट प्रभावित नेपालको पर्यटन पुनरुद्धारमा ठूलो योगदान दिएको छ । नेपाली पनि पाहुनालाई खुसी राख्ने मामलामा कमजोर छैनन् । उनीहरुले रोयल फोर्सको सम्मानमा एउटा डाँडोको नामै फेरिदिएका… Continue reading बहराइन राजकुमारलाई गोरखालीको उपहार : चुचुरोको नाम ‘रोयल बहराइन पिक’
कोरोनाबाट १५ वर्षिय किशोरसहित थप तीन जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको ज्यान गएको छ । बाँके, दाङ र रूपन्देहीका एक एक जनाको मृत्यु भएको हो । कोहलपुर नगरपालिका ९ पिपरीका ३८ वर्षीय पुरूषको शुक्रबार राति ११ बजे मृत्यु भएको छ । उनको भेरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनी १३ असोजमा कोहलपुर मेडिकल कलेज भर्ना हुन्… Continue reading कोरोनाबाट १५ वर्षिय किशोरसहित थप तीन जनाको मृत्यु
सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ता असफल, आज पुनः वार्ता हुने
काठमाडौं । सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीच शुक्रबारको वार्ता असफल भएको छ । वार्ता बिना निश्कर्ष टुङ्गिएको वार्तामा सहभागीहरुले जानकारी दिएका छन् । शुक्रबार राती अबेरसम्म चलेको छलफलमा बिहीबार बनेको सहमतिको मस्यौदाबाट सरकार पछि हटेको आरोप केसी पक्षधर सदस्यहरुले लगाएका छन् । सोहीकारण शुक्रबार नै सहमति हुने भनिएको वार्ता भाँडिएको थियो । उता,… Continue reading सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ता असफल, आज पुनः वार्ता हुने
अजरबैजान र आर्मेनिया युद्धबिराम गर्न सहमत
मस्को । युद्धरत अजरबैजान र आर्मेनिया युद्ध रोक्न सहमत भएका छन् । आफ्ना दर्जनौं सैनिक मारिएपछि दुबै मुलुक युद्ध रोक्न सहमत भएका हुन् । यद्दपी उनीहरुलाई रूसले हस्तक्षेप गरेको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसको हस्तक्षेपसँगै युद्धरत आर्मेनिया र अजरबैजान अस्थायी युद्धविरामका लागि तयार भएका हुन् । विवादित नागोर्नो काराबाख क्षेत्रमा प्रभुत्व स्थापित गर्न यतिखेर… Continue reading अजरबैजान र आर्मेनिया युद्धबिराम गर्न सहमत
गैरआवासीय नेपालीसँग प्रधानमन्त्री भन्छन् : बाँच्नका लागि देश छाड्नु नपरोस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि नेपालीले बाँच्नकै लागि देश छाड्ने अवस्था नआउने बताएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रबारबाट शुरु भएको एनआरएन विश्व ज्ञान सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो दावि गरेका हुन् । उनले जीविकाकै लागि विदेश जानु पर्ने बाध्यता अब नेपालीलाई नपर्ने बताए। उनले मुलुक समृद्धिको दिशातर्फ अघि बढेकाले जीविकाका… Continue reading गैरआवासीय नेपालीसँग प्रधानमन्त्री भन्छन् : बाँच्नका लागि देश छाड्नु नपरोस
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो,कुन जिल्लामा कति थपिए ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार २७९ जनाको पीसीआर परीक्षणमा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ। पछिल्लो २४ घन्टामा थप १६८० जना कोरोना… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो,कुन जिल्लामा कति थपिए ?
संक्रमितहरु आइसोलेसनमा नबसी बाहिर हिँडे ६ महिना जेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमण भएका व्यक्तिहरु आइसाेलेसनमा नबसी बाहिर हिँडेको पाइए कारबाही गरिने बताएको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोभिड-१९ पोजिटिभ देखिएका व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको जानकारी आएको बताउँदै त्यस्तो थाहा पाए जानकारी गराउन आग्रह गरे। आइसोलेसनमा नबस्ने व्यक्तिहरुलाई संक्रामक रोग एन अनुसार ६ महिना जेल सजाय हुने गौतमको भनाई… Continue reading संक्रमितहरु आइसोलेसनमा नबसी बाहिर हिँडे ६ महिना जेल
वालेटमार्फत राजस्व भुक्तानी शुल्क पुससम्म निःशुल्क
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाले सञ्चालन गरेका वालेटमार्फत राजस्व तिर्दा बढीमा ३० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै वालेटमार्फत सरकारी खातामा राजश्व दाखिला गर्दा बढीमा ३० रुपैयाँमा शुल्क लिन पाउने गरी शुल्क निर्धारण गरेको हो । केन्द्रिय बैंकले भुक्तानी प्रणली सम्बन्धि एकिकृत… Continue reading वालेटमार्फत राजस्व भुक्तानी शुल्क पुससम्म निःशुल्क
राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार
काठमाडौं । यस वर्षको नोबेल पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई प्रदान गरिने घोषणा गरिएको छ। शुक्रबार द नर्वेजियन नोबेल कमिटीले डब्ल्यूएफपीलाई यो पुरस्कार दिने घोषणा गरेको हो । भोकमरीविरुद्ध लडाईको प्रयासका लागि विश्व खाद्य कार्यक्रमलाई नोबेल पुरस्कार २०२० बाट पुरस्कृत गर्ने निर्णय भएको नोबेल कमिटीले ट्वीट मार्फत जनाएको छ । ‘डब्लूएफपीले भोकलाई… Continue reading राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार
लिबियाबाट सात भारतीय नागरिकको अपहरण
नयाँ दिल्ली । लिबियाबाट सात जना भारतीय नागरिकको अपहरण भएको छ । लिबियाको तेल प्रशोधन केन्द्रमा काम गरिरहेका भारतीय मजदुर अपहरणमा परेका हुन् । भारतीय नागरिक स्वदेश फर्कने क्रममा थिए । तर, विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट उनीहरुलाई अपहरण गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अपहरणमा परेका नागरिकहरु आन्द्र प्रदेश, बिहार र गुजरातका रहेको बताइएको… Continue reading लिबियाबाट सात भारतीय नागरिकको अपहरण
दशैंमा पिङ नहाल्नु, भीडभाड नगर्नु
काठमाडौं । दशैं भन्नासाथ मनोरन्जनका लागि सार्वजनिक पिङको याद आउँछ । तर, सरकारले यो वर्ष पिङ हालेर सार्वजनिक स्थानमा नखेल्न सर्वसाधारणसँग आह्वान गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै सरकारले यस्तो आह्वान गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको हो । सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड… Continue reading दशैंमा पिङ नहाल्नु, भीडभाड नगर्नु
नेपाल एयरलाइन्समा सरकारले ल्यायो महाप्रवन्धक
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगममा महाप्रवन्धक नियुक्त गरेको छ । नेपाल एयरलाइन्सको नेतृत्वमा अहिले कार्यकारी अध्यक्ष सुशील घिमिरे रहेका छन् । तर, सरकारले यसअघि संचालक समिति सदस्य रहेका डिमप्रकाश पौडेल (प्रकाश)लाई महाप्रवन्धक नियुक्त गरेको हो । यसले दुई जनाबीच अब पदको द्धन्द्ध बढ्ने देखिएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य… Continue reading नेपाल एयरलाइन्समा सरकारले ल्यायो महाप्रवन्धक
दशैंको टिका कुन मुलुकमा कति बजे ?
काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालभन्दा बाहिर रहने नेपालीका लागि साइत सार्वजनिक गरको छ । दशैंको टीका लगाउने उत्तम साइत तयार पारेर समितिले बिहीबार सार्वजनिक गरेको हो । समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिएका छन् । धेरै नेपालीको बसोबास रहेको… Continue reading दशैंको टिका कुन मुलुकमा कति बजे ?
चरम मन्दीमा धकेलिँदै दक्षिण एशियाली मुलुक, नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै
काठमाडौं । विश्व बैंकको पछिल्लो दक्षिण एशिया स्तरिय आर्थिक प्रतिवेदना अनुसार कोभिड लकडाउनले आर्थिक गतिविधिमा, विशेषगरी पर्यटन क्षेत्रमा, पुर्याएको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि सन् २०२१ मा बढेर ०.६ प्रतिशत पुग्ने अनुमान छ । आज सार्वजनिक गरिएको अर्ध–वार्षिक ‘अपडेट’का अनुसार महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एशिया यो… Continue reading चरम मन्दीमा धकेलिँदै दक्षिण एशियाली मुलुक, नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै
फिनल्यान्डमा १ दिनका लागि १६ वर्षीय किशोरीलाई किन बनाइयो प्रधानमन्त्री ?
काठमाडौं । लैङ्गिक समानताको सूचीमा फिनल्यान्ड प्रायः माथि पर्छ। तर प्रधानमन्त्री सन्ना मरिनले लैङ्गिक भिन्नता अन्त्यको निम्ति लड्न थप कदम उठाउँदै १६ वर्षीया किशोरीलाई आफ्नो कुर्सी बुधवार एक दिनको निम्ति हस्तान्तरण गरिन्। कुनै नयाँ कानून नबनाए पनि एभा मुर्तोले दिनभरि राजनीतिकर्मीहरूसँग बैठकको कार्यतालिका थियो। जसको उद्देश्य हो प्रविधिमा महिला अधिकारको विषयमा जोड दिनु। संयुक्त राष्ट्रसङ्घको… Continue reading फिनल्यान्डमा १ दिनका लागि १६ वर्षीय किशोरीलाई किन बनाइयो प्रधानमन्त्री ?
अमेरिकासहित तीन मुलुकका राजदूतबारे उजुरी माग
काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया थालेको छ । सरकारले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नाम प्रस्ताव गरेको थियो । उनीहरुको नाम संसदीय सुनुवाइका लागि… Continue reading अमेरिकासहित तीन मुलुकका राजदूतबारे उजुरी माग
२५ हजार सक्रिय संक्रमित नाघ्दा तीन जिल्ला सुरक्षित
काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय संक्रमण २५ हजारभन्दा माथि पुगेको छ । यस्तो अवस्थामा पनि नेपालका तीन जिल्ला भने अहिले पनि संक्रमण मुक्त रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र सोलुखुम्बु अहिले भाइरसमुक्त जिल्ला बन्न सफल भएका छन् । अन्य हिमाली भेगमा समेत संक्रमण न्यून छ । तर, काठमाडौं उपत्यकासहित… Continue reading २५ हजार सक्रिय संक्रमित नाघ्दा तीन जिल्ला सुरक्षित
चैतयता रोकिएका सबै प्रकारका परीक्षा संचालन हुने
काठमाडौं । गत चैतयता रोकिएका सबै प्रकारका परीक्षा अब संचालन हुन भएका छन् । सरकारले कोरोनाबाट रोकिएको सबै परिक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार सुरक्षा मापदण्ड अपनाएर रोकिएको सबै परीक्षा सञ्चालन गर्न सकिने भएको छ ।… Continue reading चैतयता रोकिएका सबै प्रकारका परीक्षा संचालन हुने
सरकार र डा. केसीबीच आज वार्ता, होला सहमती ?
काठमाडौं । आमरण अनसन शुरु भएको २५ दिनपछि आज पहिलो पटक सरकारलले डा. गोविन्द केसीसँग वार्ता गर्ने भएको छ । त्यसका लागि सरकारले केसी पक्षधर दुबैले वार्ता टोली गठन गरेका छन् । सरकारले अनशनरत डा. केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। यसअघि मङ्गलबार… Continue reading सरकार र डा. केसीबीच आज वार्ता, होला सहमती ?
अन्ततः डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
काठमाडौं । २४ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । चर्को जनदवाव, नेकपाका शीर्ष नेताको दवाव, विपक्षी नेपाली कांग्रेसको दवाव र चिकित्सकहरुको आन्दोलन घोषणासँगै सरकारले डा. गोविन्द केसीका मागका सम्बन्धमा छलफल गर्न समिति गठन गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता… Continue reading अन्ततः डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित ५ को मृत्यु
जाजरकोट । जाजरकोटमा जीप दूर्घटनामा ५ जनाको मृत्यु भएको छ । जाजरकोट, जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको हो । दुई जना वेपत्ता छन् । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका १ औलखोलामा दुर्घटनामा परेको स्थानीय प्रहरीले जानकारी गराएको छ । जिल्ला सदरमुखकाम खलंगाबाट… Continue reading जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित ५ को मृत्यु
शुक्रबारदेखि दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन हुने
काठमाडौं । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउने उद्देश्यले आयोजना भएको विश्व ज्ञान सम्मेदन शुक्रबारबाट शुरु हुने भएको छ । दुई वर्षअघि देखि विश्व ज्ञान सम्मेलन आयोजना थालिएको हो । यसको निरन्तरता दिँदै दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन २०२० अक्टोबर ९ देखि ११ सम्म… Continue reading शुक्रबारदेखि दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन हुने
नेपालमा एकैदिन थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षणमा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगैकूल संक्रमितको संख्या ९४ हजार २३५ पुगेको छ। पछिल्लो २४ घन्टामा थप ११२६ जना कोरोना… Continue reading नेपालमा एकैदिन थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि