काठमाडौं । नेपालमा आगामी आर्थिक वर्ष २०७८\७९ को बजेट आज सार्वजनिक हुने भएको छ । १५ जेठमा बजेट ल्याउनै पर्ने बाध्यताका बीच संसद नभए पनि सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ । सरकारले ल्याउन लागेको पूर्ण बजेटको विपक्षी दलहरुले भने आलोचना गरिरहेका छन् । सरकारले चूनावी कार्यक्रम समेटेर लोकप्रिय कार्यक्रम ल्याउन सक्ने आंशका उनीहरुको छ । सोहीअनुसार… Continue reading आज ४ बजे अध्यादेबाट बजेट सार्वजनिक गरिँदै
Category: फिचर
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमणको देशभर निन्दा, सान्त्वना दिन खोज्दा राष्ट्रपति आलोचित
काठमाडौं । कोभिड १९ संक्रमित बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका आफन्तले भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मीमाथि बिहीबार राती कुटपिट गरेका छन् । यो घटनाको शुक्रबार देशभर कडा निन्दा तथा आलोचना भएको छ । घटनामा सत्तारुढ एमाले निकट प्रदेश स्तरीय नेताको समेत हात रहेको पुष्टी भएसँगै यो घटनाप्रति आक्रोस बढेको छ । नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक… Continue reading भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमणको देशभर निन्दा, सान्त्वना दिन खोज्दा राष्ट्रपति आलोचित
नेपालले चीन र अमेरिकासँग ५०\५० लाख डोज खोप किन्ने तयारी
काठमाडौं । नेपालले अमेरिका र चीनबाट ५०\५० लाख डोज कोरोना खोप किन्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार आगामी दुई सातामा यस प्रक्रियाको टुंगो लाग्नेछ । चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख डोज खोप खरिद प्रकृया अगाडी बढाइएको र यसबारे केही दिनमै ब्रेक थ्रु हुने उनको… Continue reading नेपालले चीन र अमेरिकासँग ५०\५० लाख डोज खोप किन्ने तयारी
चीनले अनुदानमा दिएको खोप लिन वाइडबडी जहाज सोमबार बेइजिंग जाने
काठमाडौं । चीन सरकारले अनुदानमा दिएको खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार चीन जाने भएको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार सोमबार जहाज पठाउने गरि तयारी भएको हो । चीन सरकारले नेपाललाई थप १० लाख डोज खोप दिन लागेको छ । यसअघि चीनबाट ८ लाख… Continue reading चीनले अनुदानमा दिएको खोप लिन वाइडबडी जहाज सोमबार बेइजिंग जाने
सगरमाथामा जोखिम छैन : विभाग
काठमाडौं । पर्यटन विभागले सगरमाथामा पछिल्लो मौसमले जोखिम उत्पन्न नगरेको स्पष्ट पारेको छ । आरोहणमा पुगेका आरोही र उनीहरुको सहयोगी समेत सुरक्षित रहेको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार अनपेक्षित तथा आकस्मिक रुपमा उत्पन्न मौसममा परिवर्तन आएपनि सबै आरोही तथा आरोहण दलका सदस्य सुरक्षित छन् । उनीहरुमा अहिलेसम्म कुनै जोखिम रहेको जानकारी… Continue reading सगरमाथामा जोखिम छैन : विभाग
यस्तो छ प्रधानमन्त्री ओलीको देशवासीका नाममा सम्बोधन ( पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । सम्बोधनमा ओलीले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने बताएका छन्। उनले पहिलो डोज लगाएर दोस्रो डोज लगाउन पर्खिरहेका र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका हुन्। खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना प्रभावित भएको… Continue reading यस्तो छ प्रधानमन्त्री ओलीको देशवासीका नाममा सम्बोधन ( पूर्णपाठ)
नेपालमा ६९५१ जना कोरोना संक्रमित थपिए, ९८४१ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६९५१ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख… Continue reading नेपालमा ६९५१ जना कोरोना संक्रमित थपिए, ९८४१ जना संक्रमण मुक्त
नेपालमा थप ९६ जना कोरोना संक्रमितको निधन, मृतकको संख्या ७ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९६ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९६ जना कोरोना संक्रमितको निधन भएको हो । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।
आर्थिक सर्वेक्षण सार्वजनिक, वृद्धिको लक्ष्य भेट्न मुस्किल
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७ /७८ को आर्थिक सर्वेक्षण सार्वजनक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताएका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण अर्थतन्त्र कमजोर अवस्थामा पुगेको उनको भनाइ छ। अर्थमन्त्री पौडेलले आर्थिक वृद्धिदर चुनौतीपूर्ण रहेको बताएका छन्। आर्थिक वृद्धिको… Continue reading आर्थिक सर्वेक्षण सार्वजनिक, वृद्धिको लक्ष्य भेट्न मुस्किल
कोभिड उत्पत्तिको अनुसन्धान गर्ने अमेरिकाको प्रयासमा चीनको आपत्ति
काठमाडौं\एजेन्सी । चिनियाँ प्रयोगशालाबाट कोभिड१९ को उत्पत्ति भएको हो कि होइन भन्नेबारे थप अनुसन्धान गर्न अमेरिकाले गरिरहेको प्रयासमा चीनले आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने अपेक्षा व्यक्त गरेसँगै चीनको प्रतिक्रिया सार्वजनिक भएको हो । चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र… Continue reading कोभिड उत्पत्तिको अनुसन्धान गर्ने अमेरिकाको प्रयासमा चीनको आपत्ति
१८ जेठबाट कतार, टर्की र चीनमा नियमित उडान खुल्ने
काठमाडौं । आगामी जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा नेपालबाट नियमित उडान खुल्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको पर्यटनमन्त्री भानुभक्त ढकालले संचारमाध्यममा जानकारी गराएका हुन । अहिले सरकारले चार्टर्ड उडान मात्र गरिरहेको छ ।… Continue reading १८ जेठबाट कतार, टर्की र चीनमा नियमित उडान खुल्ने
आजबाट काठमाडौंमा निषेधाज्ञा अझै कडा
काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट थप एक साता निषेधाज्ञा लम्बिएको छ । सरकारले थप गरिएको निषेधाज्ञाको नियममा अझ कडाई गरेको छ । यस्तो कडाईलाई सरकारले भने विरोधका आवाज दवाउन सरकारले गरेको षडयन्त्र भनेको छ । किनकी नेपालमा संक्रमण कम हुँदै गएको सन्दर्भमा निषेधाज्ञा खुकुलो बनाउनु पर्नेमा अझ कडाई गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।… Continue reading आजबाट काठमाडौंमा निषेधाज्ञा अझै कडा
धरानमा प्रहरी चौकीभित्रै युवाहरुबीच ग्याङ फाइट, तीन प्रहरी घाइते
धरान । धरानमा प्रहरी चौकीमा स्थानीय युवाहरुका दुई समूह ग्याङ फाइट भएको छ । फाइट छुट्याउन खोज्दा तीन प्रहरी घाइते भएका छन् । दुई समुहबीच प्रहरी चौकी भित्रै खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एउटा समूह उजुरी लेख्न आएको समयमा अर्को समुहले चौकी मै आक्रमण गर्न आएको थियो ।… Continue reading धरानमा प्रहरी चौकीभित्रै युवाहरुबीच ग्याङ फाइट, तीन प्रहरी घाइते
कोरोना नियन्त्रण उन्मुख दिल्लीमा ‘ब्ल्याक फंगस’लाई महामारी घोषणा
नयाँ दिल्ली । कोरोना भाइरसलाई नियन्त्रणमा लिन सफल देखिएको भारतको राजधानी नयाँ दिल्ली अब आँखा बिगार्ने घातक रोग कालो ढुँसीको चपेटामा आएको छ । यससँगै दिल्ली सरकारले ब्ल्याक फंगसलाई महामारी घोषणा गरेको छ ।दिल्लीका राज्यपालले इपियोडेमिक एक्ट अनुसार बिहीबार यस्तो सूचना जारी गरेका हुन् । म्यूकोरमाइकोसिस भनिने यो रोगका बिरामी दिल्लीमा तिब्र गतिमा फैलिएका छन्… Continue reading कोरोना नियन्त्रण उन्मुख दिल्लीमा ‘ब्ल्याक फंगस’लाई महामारी घोषणा
नेपालमा ६९३९ जना कोरोना संक्रमित थपिए, ७२२६ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६९३९ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् । यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख ४२… Continue reading नेपालमा ६९३९ जना कोरोना संक्रमित थपिए, ७२२६ जना संक्रमण मुक्त
नेप्सेले बनायो नयाँ रेकर्ड, एकैदिन पौने १५ अर्बको कारोबार
काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले फेरि नयाँ कीर्तिमान बनाएको छ । साताको कारोबारको अन्तिमदिन एकैदिन सर्वाधिक कारोबार, सार्वाधिक कित्ता शेयर किनबेचको रेकर्ड बनाएको हो । विहिबार नेप्से १.२० अकले घटेर २८१५.४० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहिबार २१५ कम्पनीको १४ अर्ब ७६ करोड ८८… Continue reading नेप्सेले बनायो नयाँ रेकर्ड, एकैदिन पौने १५ अर्बको कारोबार
प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा सुनुवाइ हुने
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा पठाइएको छ । बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्। संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता छन् । शुक्रबार यसै सम्बन्धी अन्य रिट निवेदन संवैधानिक इजलासमा रहेकाले सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने भन्दै प्रधानन्यायाधीशको इजलासले संवैधानिक इजलासमा पठाएको हो।… Continue reading प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा सुनुवाइ हुने
संसद विघटनबारेका रिटमा आजदेखि सुनुवाई शुरु
काठमाडौं । संसद विघटन र यससँग जोडिएका विभिन्न मुद्दामा परेका रिटमाथि आजबाट सुनुवाई शुरु हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरि संसद विघटन गरेपछि सर्वोच्चमा रिट परेका छन् । सर्वोच्च अदालतमा आजदेखि १९ रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुने कार्यक्रम छ । यी… Continue reading संसद विघटनबारेका रिटमा आजदेखि सुनुवाई शुरु
क्लालिफोर्नियामा अर्को गोली काण्ड, रेल यार्डमा कर्मचारीले गोली चलाएर ८ को हत्या
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा एक बन्दूकधारीले अन्धाधुन्ध गोली चलाएर कम्तिमा ८ जनाको हत्या गरेका छन् । गोली चलाउने व्यक्तिको समेत ज्यान गएको छ । उनले आत्महत्या गरे वा प्रहरीको गोलीबाट ज्यान गयो भन्ने खुलेको छैन । मृत्यु हुनेहरु रेल यार्डमा खटिएका कर्मचारी छन् । समाचार एजेन्सीहरुले जनाए अनुसार गोलीबारीको घटना सान जोसेस्थित सान्टा क्लारा काउन्टी… Continue reading क्लालिफोर्नियामा अर्को गोली काण्ड, रेल यार्डमा कर्मचारीले गोली चलाएर ८ को हत्या
यास आँधीबाट भारत र बंगलादेशमा १० लाख भन्दा बढी घरमा क्षति, कम्तिमा चारको मुत्यु
पश्चिम बंगाल । पूर्वी भारतमा बङ्गालको खाडीबाट आएको शक्तिशाली यासले ठूलो धनजनको क्षति पुर्याएको छ । चक्रवातका कारण कम्तीमा चार जनाको ज्यान रिर्पोट आएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार भारत र बंगलादेशमा मात्र १० लाख भन्दा बढी घरमा क्षति पुगेको छ । पश्चिम बंगालमा मात्र ३ लाख घरमा क्षति पुगेको त्यहाँकी मूख्यमन्त्री ममत वेनर्जीले बताएकी… Continue reading यास आँधीबाट भारत र बंगलादेशमा १० लाख भन्दा बढी घरमा क्षति, कम्तिमा चारको मुत्यु
‘यास आँधी’ले देशभर वर्षा, हिमालबाट मान्छे फर्काउन अनुरोध
काठमाडौं । बंगालको खाडीमा उत्पत्ति भएको शक्तिशाली आँधी यासको प्रभाव नेपालमा मंगलबारबाटै देखिन थालेको हो । यसको प्रभावले अहिले देशभर वर्षा भएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै सचेत गराएको छ । प्राधिकरणले यसबीचमा बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका… Continue reading ‘यास आँधी’ले देशभर वर्षा, हिमालबाट मान्छे फर्काउन अनुरोध
कुवेतमा अब चर्को घाममा काममा लगाउन नपाइने, श्रमिकलाई राहत
कुवेत । कुवेतमा अब दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने भएको छ । यसले श्रमिका रुपमा त्यहाँ जाने नेपालीलाई समेत राहत हुनेछ । अत्यधिक तापक्रमबाट श्रमिकलाई बचाउन भन्दै आउँदो जुन १ देखि कुवेतले दिउँसोको समयमा सिधै घाम पर्ने खुल्ला ठाउँहरूमा काम गर्न रोक लगाउने निर्णय गरेको छ । अगस्ट अत्यसम्म सबै कम्पनीले यसको पालना… Continue reading कुवेतमा अब चर्को घाममा काममा लगाउन नपाइने, श्रमिकलाई राहत
इराक पुग्यो नेपाली फुटबल टीम
काठमाडौं । विश्वकप छनोटका तीन महत्वपूर्ण खेल अगाडी मैत्रीपूर्ण खेलका सिलसिलामा नेपाली राष्ट्रिय फुटबल टोली इराक पुगेको छ । कतार एयरवेजको चार्टर्ड जहाजमार्फत नेपाली टीम इराक पुगेको हो । नेपाल २० वर्षपछि इराकी भूमिका प्रतिस्पर्धामा उत्रिँदैछ । यसअघि नेपाली राष्ट्रिय टोलीले सन् २००७ मा इराकसँग मैत्रिपूर्ण खेल खेलेको थियो । नेपालको विश्वकप छनोटका खेलहरु भने… Continue reading इराक पुग्यो नेपाली फुटबल टीम
योगेश भट्टराई र गोकर्ण विष्ट पुनः माधव पक्षमा खुले, १५ नेताको ओलीविरुद्ध वक्तब्य
काठमाडौं । विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरि भएको प्रस्तावमा हस्ताक्षर गर्न नमानेका योगेश भट्टराई र हस्ताक्षर गरेपछि नखुलेका गोकर्ण विष्ट पुनः माधव नेपाल समुहमा खुलेका छन् । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले हैकमवादि शैलीमा कारबाहीको डण्डा चलाएको भन्दै आज १५ स्थायी कमिटी सदस्यको वक्तब्य आएको छ ।… Continue reading योगेश भट्टराई र गोकर्ण विष्ट पुनः माधव पक्षमा खुले, १५ नेताको ओलीविरुद्ध वक्तब्य
चीनले १० लाख डोज भेरोसेल खोप अनुदान दिने
काठमाडौं । चीनले नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप दिने भएको छ । सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोप दिने घोषणा बुधबार दिउँसो चिनियाँ राष्ट्रपति सी चिनजिङले गरेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् । चीनले यसअघि पनि नेपाललाई ८ लाख डोज खोप सहयोग स्वरुप दिएको थियो। चीनले उक्त १० लाख डोज खोप… Continue reading चीनले १० लाख डोज भेरोसेल खोप अनुदान दिने
नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६७१४ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ९३० जनाको पिसिआर विधिबाट ६६७७ र ३२२ जनाको एन्टीजेन परीक्षणमा ३७ जना संक्रमित पुष्टि भएका हुन्। यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख ३५… Continue reading नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी
नागढुङ्गा सुरुङमार्गमा ३२ कामदारमा कोरोना संक्रमण देखियो
काठमाडौं । नागढुङ्गास्थित सुरुङमार्ग निर्माण स्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माण स्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प) मा राखेर अरू नियमित काम गरिरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म एकलाई अस्पताल लगिएको भए पनि अरू सबै… Continue reading नागढुङ्गा सुरुङमार्गमा ३२ कामदारमा कोरोना संक्रमण देखियो
जर्ज फ्लोइड हत्याको वर्ष दिन पुरा, राष्ट्रपति बाइडेनले परिवारका सदस्यलाई भेट्दै
वासिंटन । अमेरिकाको मिनीपोलिसमा अश्वेत युवा जर्ज फ्लोइडको प्रहरीबाट भएको हत्याको हत्याको वर्ष दिन पुरा भएको छ । गत वर्ष आजकै दिन भएको यो घटनामा संलग्न प्रहरी अधिकृत दोषि सावित भइसकेका छन् । आज अमेरिकामा उनको परिवार, सामाजिक कार्यक्रता र नेताहरुले र्यालीसहितका विभिन्न कार्यक्रम गरि नउको सम्झना गर्दैछन् । यो दिनलाई असमानता र नश्लभेद विरुद्धको… Continue reading जर्ज फ्लोइड हत्याको वर्ष दिन पुरा, राष्ट्रपति बाइडेनले परिवारका सदस्यलाई भेट्दै
अमेरिकाद्धारा डब्लूएचओलाई आह्वान : कोरोना उत्पत्तिको पारदर्शी छानविन गर
न्यूयोर्क\बीबीसी । अमेरिकाले विश्वलाई ठूलो मानवीय क्षति पुर्याएको कोरोना भाइरसको महामारी उत्पत्तिबारे पारदर्शी छानविन गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग आह्वान गरेको छ । बीबीसीका अनुसार अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड १९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओसँग आग्रह गरेका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएको विवरण आएको… Continue reading अमेरिकाद्धारा डब्लूएचओलाई आह्वान : कोरोना उत्पत्तिको पारदर्शी छानविन गर
आज बुद्ध जयन्ती, औपचारिक कार्यक्रम नहुने
काठमाडौं । बौद्ध धर्मावलम्बीहरुका लागि आज विशेष दिन हो बौद्ध जयन्ती । भगवान गौतम बुद्धको जन्म भएको यो दिन विश्वभर विभिन्न गतिविधिका साथ मनाइन्छ । यस वर्ष २५६५ औं बुद्ध जयन्ती मनाउन थालिएको हो । हरेक वर्ष वैशाख पूर्णिमाको बुद्ध जयन्ती पर्छ । यो वर्ष नेपालमा यस दिन कुनै औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन… Continue reading आज बुद्ध जयन्ती, औपचारिक कार्यक्रम नहुने