Category: फिचर

  • बोइङ र एअरबसले अमेरिकी सरकारलाई भने : फाइभजीले नागरिक उड्डयनमा नकारात्मक असर पर्छ

    बोइङ र एअरबसले अमेरिकी सरकारलाई भने : फाइभजीले नागरिक उड्डयनमा नकारात्मक असर पर्छ

    न्यूयोर्क । विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीका अधिकारीहरूले अमेरिका सरकारलाई मोबाइलको फाइभजी प्रविधिलाई लागु गर्न हतार नगर्न आग्रह गरेका छन्। एक पत्रमा बोइङ र एअरबसका प्रमुख अधिकारीहरूले सो प्रविधिले नागरिक उड्डयन उद्योगमा ठूलो नकारात्मक असर पर्न सक्ने चेतावनी दिएकोे बीबीसीले जनाएको छ । यसअघि पनि फाइभजीको सी-ब्यान्ड तरङ्गको प्रयोगले विमानको विद्युतीय उपकरणको कामलाई प्रभावित पार्न सक्ने सम्भावना रहेको बताइएको थियो।

    अमेरिकाका दुई ठूला टेलिकम कम्पनीहरू एटीएन्डटी र भेरिजन सन् २०२२ को ज्यानुअरी ५ देखि फाइभजी प्रविधि लागु गर्ने तयारीमा छन्। फाइभजीले विमानको सुरक्षित उडान गर्ने क्षमतालाई नकारात्मक असर गर्न सक्छ, बोइङमा डेभ कल्हन र एअरबस अमेरिकाका जेफ्री निटलले अमेरिकी यातायातमन्त्री पीट बूटजेजलाई पठाएको पत्रमा लेखिएको छ।

    सो पत्रमा एअरलाइन्स फर अमेरिकाले गरेको एउटा अध्ययनको तथ्याङ्कलाई संलग्न गरिएको छ। सो अध्ययनले सन् २०१९ देखि अमेरिकामा फाइभजी नियम लागु भएको भए अहिलेसम्म ३४५,००० यात्रुवाहक उडान र ५,४०० मालवाहक उडान ढिलो वा अन्यत्रै अवतरण वा रद्द भएको हुने निष्कर्ष निकालेको छ। उड्डयन उद्योग र अमेरिकी नागरिक उड्डयन निकाय एफएएले फाइभजीले विमानका उचाइ मापन यन्त्रजस्ता महत्त्वपूर्ण उपकरणलाई असर गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

    यही महिना एफएएले फाइभजीले उडान अन्यत्रै लग्नुपर्ने अवस्था आउन सक्ने भन्दै यस विषयमा विस्तृत जानकारी जनवरी ५ अगाडि दिने बताएको छ। नोभेम्बरमा एटीएन्डटी र भेरिजनले फाइभजी लागु गर्ने कार्यक्रम ज्यानुअरीलाई सार्दै यसले विमानलाई गर्न सक्ने असर कम गर्ने उपायहरू लागु गर्ने बताएका थिए।

    उड्डयन उद्योगले भने ती उपायहरू पर्याप्त नभएको बताएका छन् भने बोइङ र एअरबसले विमानस्थलमा र वरपर फाइभजी मोबाइल सिग्नल नियन्त्रण गर्ने प्रस्ताव गरेका छन्।

    गत साता यूनाइटेड एअरलाइन्सका प्रमुख कार्यकारी स्कट किर्बीले एफएएको फाइभजी नियमले अमेरिकाका ४० वटाभन्दा बढी ठूला विमानस्थलमा रेडिओ उचाइ उपकरण प्रयोग गर्न नसकिने बताएका थिए। अमेरिकी मोबाइल सेवा प्रदायकहरूको समूह सीटीआईएले भने फाइभजी सुरक्षित रहेको र उड्डयन उद्योगले तथ्य बङ्ग्याएर त्रास उत्पन्न गर्ने काम भएको बताएको छ।

  • पूँजीका रुपमा १५ अर्ब रुपैयाँ लगानी गर्न सरकारसँग नेवानिको प्रस्ताव, जहाज किन्ने योजना

    पूँजीका रुपमा १५ अर्ब रुपैयाँ लगानी गर्न सरकारसँग नेवानिको प्रस्ताव, जहाज किन्ने योजना

    काठमाडौं । नेपाल एयरलाइन्सले नयाँ जहाज किन रकम आवश्यक रहेको भन्दै् सरकारसँग १५ अर्ब रुपैयाँ लगानी माग गरेको छ । यस्तो लगानी पूँजीका रुपमा गर्न र नेपाल एयरलाइन्सलाई बचाउन निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आग्रह गरे । निगमले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको भन्दै उनले यसका लागि सरकारको साथ आवश्यक रहेको बताए ।


    मंगलबार निगममा आयोजित कार्यक्रममा अधिकारीले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने जानकारी समेत गराए । रकम पुँजी वृद्धिका लागि प्राप्त होस् भन्ने चाहेको भन्दै यसले कर्मचारीको तलबमा नलगाई जहाज खरीदमा खर्च गर्ने उनको भनाई छ । उनका अनुसार निगमले जग्गाको उचित व्यवस्थापन, भएका जहाजको अधिकतम उपयोग र नयाँ जहाज खरीद गरि गन्तब्य बिस्तारको योजना बनाइरहेको छ ।

  • नेपालमा थप २९० जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

    नेपालमा थप २९० जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ गरी २९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २६ हजार २०२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २३२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ९ हजार ३८७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार २४२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ ।

  • कांग्रेस केन्द्रीय सदस्य: मधेसी कोटाबाट विनोद चौधरीदेखि पूर्वराष्ट्रपतिका छोरासम्म निर्वाचित

    कांग्रेस केन्द्रीय सदस्य: मधेसी कोटाबाट विनोद चौधरीदेखि पूर्वराष्ट्रपतिका छोरासम्म निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मधेशीतर्फको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ। ५ जनाको लागि भएको मतदानबाट विनोद चौधरी पनि निर्वाचित भएका छन्।

    मधेसी कोटाबाट उद्योगी विनोद चौधरी, अजय चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय र दिनेशकुमार यादव केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

    निर्वाचित ५ मध्ये चन्द्रमोहनबाहेक सबै देउवा प्यानलका हुन्। चन्द्रमोहन पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन्।

    कसको कति मत?

    १. अजय चौरसिया– २५२२

    २. विनोद चौधरी– २२०६

    ३. चन्द्रमोहन यादव–२१३८

    ४. महेन्द्रकुमार राय–१९८४

    ५. दिनेशकुमार यादव–१९५९

  • नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार २ अर्ब ३८ करोडमा सीमित

    नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार २ अर्ब ३८ करोडमा सीमित

    काठमाडौं । शेयर बजारमा सुधार आएको छ । साताको कारोबारको पहिलो दिन १७ अंकले घटेको बजार मंगलवार ५६ अंकले बढेको हो ।

    मंगलवार नेप्से ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२६ कम्पनीको २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४६ रुपैयाँ बराबरको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर किनबेच भएका छन् । सूचकमा सुधार आए पनि कारोबार रकममा भने बढोत्तरी आउन सकेन ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम ८ करोडले घटेर २ अर्ब ३८ करोडमा सीमित भएको छ । आज कारोबारमा आएका १३ समूहकै परिसूचक हरियाली भएका छन् । धेरै कमाउनेमा हाइड्रो र विकास बैकका लगानीकर्ता रहेका छन् ।

    बैंकिङ समूहको शेयर ३२ अङ्कले, विकास बैंकको एक सय ३७, होटलको ३४ फाइनान्सको ३७ ,माइक्रोफाइनान्सको ९० र जलविद्युत् समूहको शेयर ९४ अङ्कले बढेको छ ।

    यस्तै उत्पादन समूहको शेयर १७० अङ्कले, जीवन बीमा समूहको दुई सय ६ अङ्कले, निर्जीवन बीमा समूहको दुई सय ४ , लगानी समूह १ र अन्य समूहको शेयर ७० अङ्कले बढेको छ ।

    उच्च अंकले बढेको बजारमा आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने जानकी फाइनान्सको करिब १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, रसुवागढी जलविद्युत् ९.२१, ग्रीन लाइफ ८.२६, रिलायन्स फाइनान्स, माउन्टेन इनर्जी र आँखुखोला हाइड्रोपावरका शेयरधनीले पनि ७ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

    त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंक, इन्फिनिटी लघुवित्त, सीईडीबी हाइड्रोपावर, सिनर्जी पावर र माउन्टेन हाइड्रोको शेयर मूल्य ६ प्रतिशभन्दा धेरैले बढेको छ ।

    आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज १४ करोड ५८ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • ओमिक्रोनबारे दक्षिण अफ्रिकी अनुभव : खोप नलगाउनेलाई बढी जोखिम

    ओमिक्रोनबारे दक्षिण अफ्रिकी अनुभव : खोप नलगाउनेलाई बढी जोखिम

    काठमाडौंं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रीकाबाट पहिलो पटक देखा परेको थियो । यसमा सो मुलुकले धेरै अध्ययन समेत गरेको छ । ओमिक्रोन अहिले तिकै तिव्रताका साथ विश्वभर फैलिरहेको छ । खासगरि यूरोपमा यसले बढी नै प्रभाव पारेको छ । यसैबीच दक्षिण अफ्रीकाका डाक्टर कोएत्जीले खोप नै यस भाइरसको न्यूनिकरणको एक मात्र उपाय रहेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार खोपको पूर्ण मात्रा लगाएकाहरुमा ओमिक्रोनको प्रभाव निकै कम छ । डाक्टर कोएत्जीले ओमिक्रोन देखिए पनि खोप लगाएका मानिसमो त्यसको प्रभाव निकै कम परेको बताएका छन् । जसका कारण मानिस अस्पताल मै पुग्नु पर्ने अवस्था आउँदैन । खासगरि विकसित मुलुकमा खोप उपलब्ध भएर पनि मानिसहरुले लगाएका छैनन् । गरिब मुलुकहरुले खोप नै नपाएको अवस्था छ । यो असमानताका कारण ओमिक्रोनले विश्वभर पुनः नराम्रो प्रभाव पार्ने हो की भन्ने चिन्ता भने अहिले पनि जनाइएको छ ।

  • क्रिसमसलाई लक्षित गर्दै डब्लूएचओको आह्वान : सकेसम्म यात्रा नगरौं

    क्रिसमसलाई लक्षित गर्दै डब्लूएचओको आह्वान : सकेसम्म यात्रा नगरौं

    ज्यूरिच । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले तिव्र फैलावट लिइरहेको समयमा क्रिसमस र न्यू इयरको रौनक समेत सँगै शुरु भएको छ । यस्तो बेला गरिने यात्रामा संक्रमण फैलावटमा सहयोग पुग्ने भन्दै जनस्वास्थ्यको रक्षार्थ आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ। बीबीसीका अनुसार जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हुने सुझाव विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले दिएका हुन् । केही अवस्थामा यसको अर्थ कार्यक्रमहरू रद्द गर्नु वा पछि सार्नु हुने उनको भनाई छ ।

    उनका अनुसार ओमिक्रोन डेल्टा भेरियन्टको तुलनामा निकै तीव्र गतिमा फैलिरहेको छ । फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियम लागु गर्दै कोरोना फैलिन नदिन यात्रामा प्रतिबन्ध लागु गरेका बेला डा. गेहब्रेयससको पछिल्लो भनाइ आएको हो । उता, नेदरल्यान्ड्सले क्रिसमसका बेला कडा नियम सार्वजनिक गरेको छ। अमेरिकाले भने यस्तो प्रतिवन्धको तयारी समेत गरेको छैन ।

    अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा समेत सङ्क्रमण सर्न सक्ने चेतावनी भने दिएका छन्। अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका छन्।

  • माओवादीले बागमती प्रदेश अध्यक्ष निर्वाचनबाट छान्यो

    माओवादीले बागमती प्रदेश अध्यक्ष निर्वाचनबाट छान्यो

    काठमाडौं । सामान्यतया माओवादी केन्द्रमा निर्वाचनको प्रचलन छैन । तर, दल भित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् । काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई हराउँदै उनी सरल अध्यक्ष बनेका हुन् । पौडेलले १६२ मत ल्याए । गौतमको ८६ मत आयो ।

    तीन जना उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भए । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ (छिन्ताङ) निर्वाचित भए । तीन जना सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भए । कोषाध्यक्षमा संगीता भट्टराई विजयी भइन् । सम्मेलन सुरु भएको १० दिनसम्म पनि अध्यक्षसहित पदाधिकारीमा सहमति हुन सकेको थिएन । त्यसपछि सोमबार राती मतदान भएको हो ।

  • संसदमा अझै हटेन एमालेको अवरोध, आज के होला ?

    संसदमा अझै हटेन एमालेको अवरोध, आज के होला ?

    काठमाडौं । संसदमा एमालेले जारी राखेको अवरोध नहट्दा महत्वपूर्ण एजेण्डामाथि छलफल हुन सकेको छैन । प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दै छ । यसअघि सर्वदलीय बैठकमा उपस्थित नभएको एमालले आज पनि बैठक अवरुद्ध गर्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

    सोमबार सार्वजनिक सम्भावित कार्यसूचीमा कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्नेछन् । मंगलार एमसीसी टेवल हुने बताइएको थियो । तर, दलहरुबीचमा अझै सहमति नजुटेका कारण एमसीसी भने टेवल हुने सम्भावना छैन । एमाले मै छँदा सांसदहरुलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा एमालेले संसद अवरोध गरिरहेको छ ।

  • कांग्रेसमा महिला सदस्यको मतगणना सकियो, को-को निर्वाचित भए ?

    कांग्रेसमा महिला सदस्यको मतगणना सकियो, को-को निर्वाचित भए ?

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला आरक्षण कोटाको मतगणना सम्पन्न भएको छ । यस कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान रहेको छ । सोमबार अबेर सार्वजनिक भएको मत परिणाम अनुसार डिला संग्रौला पन्त सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भइन् । उनले २८८५ मत पाएको निर्वाचन समितिले जनाएको छ । दोस्रो स्थानमा पुष्पा भुसाल २७१८ मत पाएकी छिन् ।

    प्रधानमन्त्रीपत्नी आरजु राणा देउवा २५३६ मत सहित तेस्रो स्थानमा रहिन् । अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९ मत ल्याएर निर्वाचित भएका छन् । सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित भएको समितिले जनाएको छ । महिलातर्फको केन्द्रीय सदस्य ९ पदका लागि ३० जनाको उमेदवारी परेको थियो । सबैभन्दा कम अम्बिका शर्माको १४९ मत आएको छ ।

  • आयात चुलिएपछि विलासिताका सामानबारे नयाँ नियम लागु

    आयात चुलिएपछि विलासिताका सामानबारे नयाँ नियम लागु

    काठमाडौं । नेपालमा आयात व्यापार अत्यधिक चुलिएपछि त्यसको असर बैंकको तरलतामा परेको छ । यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहन गर्न नीतिगत व्यवस्था गरेको छ । सोमबार वाणिज्य र विकास बैंकका नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित गर्न खोजेको हो । डेढ दर्जन वस्तु आयातमा बैंकले आयातकर्ताबाट तोकिएअनुसार अनिवार्य शतप्रतिशत मार्जिन बुझ्नुपर्ने नियम बनाइएको छ ।

    दुई प्रकारका वस्तु आयात गर्न ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने भएको छ । रक्सी, फर्निचर, मार्बल, चाँदी, अत्तर, श्रृङ्गारका सामाग्री, चिनी, चकलेट, चुइगम, इनर्जी ड्रिंक्स, चुरोट आयात गर्दा १०० प्रतिशत नगद मार्जिन राख्नुपर्ने नियम बनेको हो । गाडी र मोटरसाइकल आयातमा त्यस्तो मार्जिन रकम ५० प्रतिशत मात्रै राखेर प्रतीतपत्र खोल्न सकिने भएको छ । विद्युतीय सवारीका हकमा मार्जिनको नीति लिइएको छैन ।

    यसअघि वस्तु आयातको प्रक्रिया थाल्दा नगद मार्जिन अनिवार्य थिएन । बैंकमा पैसा जम्मा भइसकेपछि मात्रै आयातकर्ताले प्रतीतपत्र खोल्न सक्ने भएका छन् । औषधिजन्य पदार्थ र औद्योगिक कच्चा पदार्थमा भने यो नियम लागु हुने छैन । आयात अत्यधिक बढ्दा व्यापार घाटा समेत चुलिएको थियो । अब यसमा केहि नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

  • म्यानमारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलासा

    म्यानमारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलासा

    लण्डन । म्यान्मारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलेको छ । गत जुलाई महिनामा गरेका शृङ्खलाबद्ध सामूहिक हत्याका घटनामा कम्तीमा ४० जनाको ज्यान गएको बीबीसीको अनुसन्धानले देखाएको हो । सबै मृतक पुरुष छन् । उनीहरूलाई अलग पारी हत्या गर्नुअघि १७ वर्ष उमेरसहितका सैनिक जवानहरूले गाउँलेलाई घेरा हालेको प्रत्यक्षदर्शी तथा बाँच्न सफल व्यक्तिहरूले बताएको बीबीसीले लेखेको छ ।

    हत्या गरिएकामध्ये अधिकांश व्यक्तिलाई पहिला यातना दिइएको र चिहानमा गाडिएको भिडिओ तथा तस्बिर सार्वजनिक भएको छ । मध्य म्यान्मारमा पर्ने विपक्षीहरूको बलियो पकड भएको सगाइन जिल्लाको कानी नगरमा गत जुलाईमा चारवटा छुट्टाछुट्टै घटना भएका थिए। नेत्री आङ सान सू ची नेतृत्वको जननिर्वाचित सरकारलाई गत फेब्रुअरीमा हटाएर सत्ता हातमा लिएयता म्यान्मारको सेनाले नागरिक स्तरबाट प्रतिरोधको सामना गर्दै आएको छ।

    बीबीसीले ११ जना प्रत्यक्षदर्शीसँग कुरा गरी उनीहरूले भनेका कुरालाई म्यान्मारमा मानव अधिकार उल्लङ्घनबारे अनुसन्धान गर्दै आएको यूकेस्थित एउटा गैरसरकारी संस्थाले सङ्कलन गरेका मोबाइल फोन फुटेज एवं तस्बिरसँग तुलना गरेको छ । यीन नाम गरेको गाउँमा हत्याको ठूलो घटना भएको पत्ता लागेको छ । जहाँ कम्तीमा १४ जनालाई मृत्यु हुनेगरी कुटपिट गरिएको र पछि उनीहरूका शव जङ्गल भएको क्षेत्रमा एउटा खोल्सोमा फालिएको थियो।

    यीन गाउँका प्रत्यक्षदर्शीहरूले पुरुषहरूलाई डोरीले बाँधेर हत्या गर्नुअघि कुटपिट गरिएको बीबीसीलाई बताएका छन्। एक पुरुषले हत्या गरिएकाहरूलाई सैनिकहरूले चरम यातना दिएको बताएको समेत समाचारमा उल्लेख छ । उनीहरूलाई बाँधिएको थियो, ढुङ्गाले र बन्दुकको कुन्दा हानिएको अनि दिनभरि यातना दिइएको थियो ।

  • नेपालमा होटेल-रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार

    नेपालमा होटेल-रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार

    काठमाडौं । नेपालमा होटेल तथा रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार भएको छ । स्वयमः गृहमन्त्री बालकृष्ण खाणले यस्तो जानकारी गराएका हुन् । व्यवसायीले भने लामो समयदेखि रात्रिकालिन व्यवसाय संचालनको वातावरण बनाउन माग गरिरहेका थिए । गृहमन्त्री खाणले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने बताए । सोमबार अर्थ मन्त्रालयमा पुँजीगत खर्च सम्बन्धी अन्तर–मन्त्रालय छलफलका क्रममा गृहमन्त्री खाँणले यस्तो प्रस्ताव गरेका हुन् ।

    यसबाट व्यवसाय फस्टाउने र राजस्व समेत वृद्धि हुने उनको भनाइ छ । यस प्रयोजनका लागि सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय तयार रहेको समेत गृहमन्त्री खाणले बताए । नेपालमा ठमेल, पोखराको लेकसाइट तथा चितवनको सौराहमा अबेर सम्म पर्यटक सडकमा बस्न रुचाउँछन् । पछिल्लो समय नगरकोट, धुलिखेलसहितका क्षेत्र समेत चलायमान भएका छन् ।

    तर, रातीमा व्यवसाय संचालन गर्न प्रशासनले रोक लगाउने गरेको छ । यसबाट पर्यटकको गतिविधिमार्फएत हुने आम्दानी घटेको हो । कोरोना महामारीका कारण समस्यामा परेको व्यवसायलाई अगाडी बढाउन यो नियम कार्यान्वयनमा ल्याउन व्यवसायीले माग गरिरहेका छन् ।

  • नेपालमा थप २२० जनामा कोरोना पुष्टी, २६३ जना संक्रमण मुक्त

    नेपालमा थप २२० जनामा कोरोना पुष्टी, २६३ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जना र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ गरी १८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ९५४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ९ हजार १५५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ ।

  • क्रिकेट रङ्गशाला निर्माणबाट बाहिरिँदै धुर्मुस-सुन्तली , स्वामित्व लिन महानगरलाई आग्रह

    क्रिकेट रङ्गशाला निर्माणबाट बाहिरिँदै धुर्मुस-सुन्तली , स्वामित्व लिन महानगरलाई आग्रह

    काठमाडौं ।निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ। फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो। आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो। फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको छ।

    फाउण्डेशनले महानगरलाई लेखेको पत्रमा भनिएको छ, ‘फाउण्डेशन र भरतपुर महानगरपालिका बिच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रङगशाला निर्माण कार्य कठिनाई भएको छ।’

    सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ। सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ। महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनले कोभिड– १९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताए।

    यस लगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए। यस सम्बन्धमा युवा तथा खेलकूदमन्त्री महेश्वरजङग गहतराजसँग परामर्श गरी काम अघि बढाइएको दाहालले बताए। महानगरले फाउण्डेशनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउण्डेशन पछि हटेको हो।

    उनका अनुसार फाउण्डेशनले महानगरमा पेश गरेको विवरण सरकारी तवरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पठाएर तिर्नुपर्ने भुक्तानी तिर्नका लागि प्रक्रिया अघि बढाइँदै छ। बाँकी कामका लागि बहुवर्षीय योजना अन्तर्गत बोलपत्र आह्वान गरी काम अघि बढाउन महानगरले सङ्घीय सरकारलाई अनुरोध गरेको दाहालले जानकारी दिए। ‘मन्त्रिपरिषद्ले जे निर्णय गर्छ सोही अनुसार काम गर्न हामी तयार छौं,’ उनले भने। भरतपुर महानगरपालिकाको महत्वपूर्ण आयोजना भएकाले यसलाई निरन्तरता दिएर सम्पन्न गर्न आफू लागि परेको दाहालको भनाइ छ।

    महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रङगशालाका लागि उपलब्ध गराएको हो। फाउण्डेशनले नेतृत्व गरेको भए पनि अधिकांश आर्थिक सहयोग जुटाउन महानगरपालिकाको प्रत्यक्ष भूमिका रहेको छ। ‘रङगशाला सम्पन्न हुन्छ,’ उनले भने। फाउण्डेशनले रु १७ करोडभन्दा बढी ऋण तिर्न बाँकी रहेको महानगरलाई अनुरोध गरेको पत्रमा उल्लेख छ।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले कार्यपालिकाको बैठकले निर्णय गरी फाउण्डेशनले पेश गरेको विवरणको आर्थिक र प्राविधिक पक्षको अध्ययनका लागि सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरमा पठाएको छ। यसैगरी नेपाल चार्टर एकाउन्टेन्ट संस्थामा आर्थिक अध्ययनका लागि पठाइँदै छ। दुवै निकायबाट जाँचबुझपछि खेलकूद मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकमा पठाउने तयारी गरिएको हो। सुवेदीले नेपाल सरकारको नीतिनियम अनुसार आवश्यक प्रक्रिया पुर्‍याएर रङ्गशाला निर्माणको कामलाई पूर्णता दिने बताए।

    आर्थिक अभावका कारण विगत पाँच महिनादेखि रङगशाला निर्माणको काम हुन सकेको छैन। उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक सङ्कलन हुन नसकेको भन्दै काम रोकिएको हो। फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले चरम आर्थिक सङ्कटबाट गुज्रिएपछि काम रोक्नुपरेको बताउँदै आएका थिए।उनले जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभएको र सरकारले नदिएका कारण आर्थिक सङ्कट आएको बताए।

    रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेशनले दाबी गरेको छ। रङ्गशालामा अहिलेसम्म रु ५४ करोड ६२ लाख २१ हजार खर्च भइसकेको यसअघि नै फाउण्डेशनले दाबी गरेको थियो। रङ्गशाला सम्पन्न गर्न रु तीन अर्ब हाराहारी खर्च हुने अनुमान गरिएको छ। रङगशालाको विसं २०७५ माघ १६ गते काठमाडौँमा तत्कालीन प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरसँग विशेष सम्झौता भई काम अघि बढाइएको थियो।

  • दोहोरो अंकले घट्यो सेयर बजार, २ अर्ब ४६ करोडको किनबेच

    दोहोरो अंकले घट्यो सेयर बजार, २ अर्ब ४६ करोडको किनबेच

    काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । दिनभर उतरचढाव आएको नेप्से अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो । सूचकसँगै गिरावट आएसँग कारोबार रकम पनि खुम्चिएको छ । आज करिब साढे २ अर्बको मात्र कारोबार भएको छ ।

    सोमबार सेयर बजार मापक सूचक नेप्से १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा आइपुगेको छ । आज २३१ कम्पनीको २ अर्ब ४६ करोड ८६ लाख ८९ हजार ८६३ रुपैयाँ बराबरको ५४ लाख ३९ हजार ८७ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादनमूलक र माइक्रोफाइनान्स समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै ३.५२ प्रतिशतले बढेको छ भने विकास बैंक समूह २.२३ प्रतिशतले घटेको छ ।

    दोहोरो अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन डिस्ट्रीलरी र गोर्खाज फाइनान्सका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएक छन् ।

    घट्दो बजारमा आज माउन्टेन इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै ६.१७ प्रतिशत गुमाएका छन् । त्यसैगरी, नारायणी विकास बैंक, मैलुङखोला, तेह्रथुम पावर, लिबर्टी इनर्जी र छ्याङदी हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

  • फिलिपिन्स आँधीमा मर्नेको संख्या २०८ पुग्यो

    फिलिपिन्स आँधीमा मर्नेको संख्या २०८ पुग्यो

    मनिला । फिलिपिन्समा अघिल्लो साता आएको राई नामक आँधीमा परि ज्यान गुमाउनेको संख्या २०८ पुगेको छ । विनासकारी आँधीमा परि अझै कैयौं मानिस वेपत्ता रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दक्षिण र मध्य फिलिपिन्सका समुन्द्री टापुलाई आँधीले तहसनहस पारेको छ । यसले आकर्षक पर्यटकयि गन्तब्य समेत प्रभावित बनेको समाचारमा उल्लेख छ ।

    अहिलेसम्म २३९ जना घाइते भएको र अझै ५२ जना हराइरहेको रिर्पोट छ । बिहीबार भएको आँधीका कारण ३० लाख मानिस घर छाडेर भाग्न बाध्य भएका थिए । साथै सरकारी भवन, अस्पताल, विमानस्थल र विद्यालयहरुमा समेत ठूलो क्षति पुगेको छ । मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बचाउ र उद्धारको काम जारी रहेको समेत समाचार छ ।

  • दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा बने राष्ट्रपति

    दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा बने राष्ट्रपति

    काठमाडौं । दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा राष्ट्रपति बनेका छन् । उनी इतिहासकै सबैभन्दा कम उमेरका राष्ट्रपति बनेका हुन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको समाचार एजेन्सीहरुले लेखेका छन् । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका छन् । बीबीसीका अनुसार आइतबार राष्ट्रपतीय चुनावमा सम्पन भएको छ ।

    उनले ५६ प्रतिशत मत ल्याएका छन् । कास्तले ४४ प्रतिशत मत पाएका छन् । बोरिकले आफू गम्भीर चुनौतीको सामना गर्न तयार रहेको समेत उल्लेख गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेता समेत हुन् । उनले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचारविरोधी प्रदर्शनमा समर्थन जनाएका थिए ।

  • क्रिसमस र न्यू इयरको यात्राले कोभिडको नयाँ भेरियन्ट फैलने अमेरिकी विज्ञको चेतावनी

    क्रिसमस र न्यू इयरको यात्राले कोभिडको नयाँ भेरियन्ट फैलने अमेरिकी विज्ञको चेतावनी

    वासिंटन डिसी । नजिकिएको क्रिसमस र न्यू इयरको यात्राले कोभिड विरुद्धका खोपको पूर्ण मात्र लगाइसकेकामा समेत कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी सङ्क्रामक रोगविज्ञले बताएका छन्। बीबीसीका अनुसार डा. एन्थोनी फाउचीले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । महामारीबारे अमेरिकी सरकारलाई सुझाव दिने फाउचीले नयाँ भेरिअन्ट हाल विश्वभर फैलिरहेको बताए।

    अहिले विश्वभर प्रतिवन्ध शुरु गरिएका छन् । युरोपमा फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लगाएका छन् । नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागु गरेको छ। अनुसन्धानकर्ताहरूले बुस्टर मात्राले गम्भीर बिरामी हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्न सक्ने बताएसँगै विभिन्न देशका सरकारहरूले उनीहरूको कोभिड खोपको बुस्टर मात्रा दिने कार्यक्रमहरू अघि बढाइरहेका छन्।

    आइतवार फाउचीले अमेरिकाको पछिल्लो अवस्था हेर्दा ओमिक्रोनले अस्पतालहरूमा व्यापक चाप बढाउन सक्ने देखिएको बताएका छन्। हाल देखिए जस्तै अवस्था रहे अमेरिकी अस्पतालमा निकै चाप बढ्ने उनको चेतावनी छ । फाउचीले सर्वसाधारणहरूले मास्क लगाउने अनि सामाजिक दूरी कायम राख्नेजस्ता सावधानीका उपायहरू अपनाउनुपर्ने बताए।

    उनले धेरै भन्दा धेरै अमेरिकीहरूलाई खोप र बुस्टर मात्रा लगाउन आग्रह गरे । अमेरिकाको जनसङ्ख्याको झन्डै ७३ प्रतिशतले कोभिडविरुद्ध खोपको कम्तीमा एक मात्रा प्राप्त गरेको सेन्टर फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन (सीडीसी)ले जनाएको छ। त्यहाँ हालसम्म ३० प्रतिशत सर्वसाधारणले बुस्टर मात्रा लगाएका छन्।

  • ओलीले संसद विघटन गरेको एक वर्ष पुरा, राजनीतिक अस्थिरताले के भए उथलपुथल ?

    ओलीले संसद विघटन गरेको एक वर्ष पुरा, राजनीतिक अस्थिरताले के भए उथलपुथल ?

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफु तल पर्ने डरले गरेको एक कदमका कारण पछिल्लो एक वर्षमा मुलुकले सबैभन्दा ठूलो क्षति बेहोर्नु परेको छ । यस्तो कदमको शुरुवात भएको दिन हो आज पुस, ५ । गत वर्ष आजकै दिन ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । ओलीले आफू हट्नुपर्‍यो भने प्रधानमन्त्रीको कुर्सीमा कोही पनि बस्न नसक्ने धम्की दिने गरेका थिए ।

    सोही अनुसार उनले संसद विघटन गरेका हुन् । उनको यो निर्णयपछि सबैभन्दा क्षति राष्ट्रपति संस्थाको निष्पक्षता र गरिमामाथि पुगेको छ । खासगरी संविधान विपरितका काममा पनि राष्ट्रपतिले प्रश्न गर्न नसकेको आरोप लागेको छ । यो आरोपले पदकै गरिमा घटाएको हो । यो घटनापछि केन्द्रको सरकारको नेतृत्व गरिरहेको नेकपा फुटेर एमाले र माओवादी घटक छुट्टाछुट्टै भए । फुटको ऋृंखला त्यतिमा रोकिएन ।

    एमाले पार्टी पुनः फुट्यो । केन्द्र सरकार ढलेपछि एमाले नेतृत्वका सबै प्रदेश सरकार ढले । माओवादीले नेतृत्व गरेको स्थानमा पनि हेरफेर गर्नुपर्यो । हुन त ओलीको यो निर्णय लामो समय टिकेन । सवोच्च अदालतबाट ओलीको निर्णय बदर भयो र उनको सरकारल ढलेको हो । ओलीको यसै निर्णयका कारण कांग्रेस सभापति शेर बहादुर देउवा ५ औं पटक मुलुकको प्रधानमन्त्री बने ।

  • कांग्रेसको खुला केन्द्रिय सदस्यमा निर्वाचित ३५ सदस्यको लाग्यो टुंगो, को-को निर्वाचित भए ?

    कांग्रेसको खुला केन्द्रिय सदस्यमा निर्वाचित ३५ सदस्यको लाग्यो टुंगो, को-को निर्वाचित भए ?

    काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना सम्पन्न भएको छ । आइतबार राती आएको अन्तिम मतपरिणाममा डा। शशांक कोइराला सबैभन्दा अग्रस्थानमा रहे । उनले लोकप्रिय मत प्राप्त गरेका छन् । उनको ३८३६ मत आएको छ । त्यसपछि क्रमशः एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडाको बढी मत आएको छ । ३५ औं स्थानमा कृष्णकिशोर घिमिरे परेका छन् । उनको १७०७ मत आएको छ । निर्वाचित केन्द्रिय सदस्यमध्ये १६ जना नयाँ अनुहार छन् । अधिकांश सदस्य शेर बहादुर देउवा प्यानलका विजयी भएको छन् ।


    ३५ जनामा कसले कति मत पाए ?

    १. शशांक कोइराला ३८३६
    २. एनपी साउद २९३७
    ३. बालकृष्ण खाँण २८७९
    ४. उदयशम्शेर राणा २८४३
    ५. रामहरि खतिवडा २८३२
    ६. ज्ञानेन्द्रबहादुर कार्की २८२०
    ७. रमेश लेखक २७८०
    ८. शंकर भण्डारी २७६८
    ९. जिपछिरिङ लामा २७०२
    १०. अर्जुन नरसिंह केसी २६५०
    ११. जितजंग बस्नेत २५५७
    १२. गोपालमान श्रेष्ठ २५३८
    १३. मोहनबहादुर बस्नेत २४७६
    १४. सुनीलबहादुर थापा २४७२
    १५. नैनसिंह महर २४६७
    १६. दिलेन्द्रप्रसाद बडू २४४१
    १७. डा. रामशरण महत २४३४
    १८. बलबहादुर केसी २३८८
    १९. गोविन्द भट्टराई २३५०
    २०. कुन्दनराज काफ्ले २२७९
    २१. दीपक गिरी २२६५
    २२. सुरेन्द्रराज पाण्डे २२०१
    २३. पद्मनारायण चौधरी २०३८
    २४. राजीव ढुंगाना १८९६
    २५. गुरु बराल १८७०
    २६. सञ्जयकुमार गौतम १८६७
    २७. गोविन्द राज पोखरेल १८४३
    २८. मदनबहादुर अमात्य १८३०
    २९. अजयबाबु शिवाकोटी १८११
    ३०. गणेश लामा १७८२
    ३१. दिनेश कोइराला १७८१
    ३२. उमेशजंग रायमाझी १७७६
    ३३. ई. मोहन आचार्य १७५१
    ३४. गोपाल दहित १७१०
    ३५. कृष्णकिशोर घिमिरे १७०७

  • एमालले भाग नलिएको सर्वदलीय बैठकमा के कुरा भयो ?

    एमालले भाग नलिएको सर्वदलीय बैठकमा के कुरा भयो ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा्ले आइतबार बोलाएको सर्वदलीय बैठक सकिएको छ । संसदमा जारी एमालेको अवरोध र अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीको विषयमा आज छलफल भएको छ । बैठकमा एमाले भने सहभागी भएन । सोहीकारण बैठकले ठोस निष्कर्ष भने दिन सकेन ।

    बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सर्वदलीय बैठकमा लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्‍मा गर्दै आएको अवरोध र एमसीसी सम्झौताको विषयमा छलफल भएको जानकारी गराए । थप छलफलबाट यी विषयलाई निष्कर्षमा पुर्याउने सम्बन्धमा आइतबार सहमति जुटेको समेत उनले जानकारी गराए ।


    ‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरेका थिए । संसद् अवरुद्ध हुँदा संसद्को काम र जनताको अपेक्षा प्रभावित भएको विषयमा सत्तारुढ दलले चिन्ता व्यक्त गरेका छन् । असहमति प्रकट गर्ने थलो संसद् भए पनि सशक्त प्रतिपक्षी दलले त्यसलाई बन्धक बनाउनु नहुने नेताहरुले जोड छ । बैठकले संसद् अवरुद्ध हुँदा समग्र संसदीय व्यवस्था कमजोर हुने भन्दै बैठकले यसको निकास खोज्न प्रतिपक्षी दल एमालेलाई अनुरोध समेत गरेको छ ।

    बैठकमा एमसीसी सम्झौतालाई कसरी अगाडि बढाउने भन्ने विषयमा समेत छलफल भएको छ । नेताहरुले एमसीसीको पक्ष र विपक्षमा धारणा राखेका थिए । सम्झौतामाथि थप छलफल हुने उनले बताए ।

    बैठकमा प्रधानमन्त्री देउवा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, सत्तारुढ गठबन्धनका शीर्ष नेता सहभागि भए ।

  • नेपालमा थप १८१ जनामा कोरोना पुष्टी, २८९ जना संक्रमण मुक्त

    नेपालमा थप १८१ जनामा कोरोना पुष्टी, २८९ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४हजार ८३१ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ गरी १८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ७३६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २८९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८ हजार ८९२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ ।

  • उपत्यकामा ४३ करोड लिटर खानेपानी माग, १३ करोड लिटर मात्र वितरण

    उपत्यकामा ४३ करोड लिटर खानेपानी माग, १३ करोड लिटर मात्र वितरण

    काठमाडौ । काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति हुने गरेको छ । उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले त्यसको एक तिहाईभन्दा कम अर्थात् करिब १३ करोड लिटर मात्र उत्पादन एव्म वितरण गर्छ ।

    पुस, माघ र फागुनमा दैनिक १३ करोड लिटर पानी दिन सकिए पनि चैत र वैशाखमा भने दैनिक ११ करोड लिटर पानी मात्र वितरण हुने गरेको लिमिटेडले जनाएको छ । वर्षायाममा भने करिब १६ करोड लिटर पानी वितरण हुने गरेको छ । सुक्खा मौसम लागेसँगै काठमाडौँ उपत्यकामा खानेपानीको अभाव हुन्छ । पुसपछि उपत्यकाका स्रोतको पानी कम हुँदै जान थालेपछि खानेपानीको समस्या हुने गरेको छ । धारामा पानी नआएपछि उपत्यकावासी वैकल्पिक व्यवस्था गर्न बाध्य हुन्छन् । लिमिटेडले उपत्यकामा दुई लाख ३७ हजार धारा जडान गरेको प्रवक्ता प्रकाशकुमार राईले बताउनुभयो । चोरीका धारा पनि बेला बेलामा भेटिने गरेको उहाँको भनाइ छ ।

    काठमाडौँ उपत्यकामा सुन्दरीजल, महादेवखोला, नक्खु मुहान, शेषनारायण, हिटीटोल, सातमूल, कुटुरी, देवकी वासुकी, बल्खुखोला, मूलडोल, चारघरे, विष्णुमती, पाँचमाने, छहरे, अल्ले, महादेवखोलालगायत स्थानबाट पानी सङ्कलन गरेर प्रशोधन गरी वितरण हुने गरेको छ । यी स्रोतमध्ये सबैभन्दा बढी वाग्मती नदीको पानी सुन्दरीजलमा सङ्कलन गरी वितरण हुन्छ । प्राकृतिक स्रोतबाट सङ्कलन गरेको पानीले नपुग्ने भएपछि केही स्थानमा भूमिगत पानी निकालेर पनि वितरण हुने गरेको छ । हाल उपत्यकामा करिब ८० स्थानमा लिमिटेडले भूमिगत पानी निकालेर प्रशोधन गरी वितरण गर्छ । यसै वर्ष करिब एक करोड लिटर पानी भूमिगत स्रोतबाट थप गर्ने तयारीमा लिमिटेड लागेको प्रवक्ता राईले बताउनुभयो ।

    उपत्यकामा बर्सेनि करिब १० प्रतिशत पानीको माग थपिने गरेको एक अध्ययनले देखाएको छ । बढ्दो जनसङ्ख्या, घर÷भवनलगायत भौतिक संरचनाको निर्माणमा वृद्धि र प्राकृतिक स्रोत सुक्न थालेपछि पिउने पानीको अभाव हुन थालेको बताइएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले लिमिटेडलाई ३० वर्षका लागि उपत्यकामा पानी वितरणको व्यवस्था गर्ने गरी सम्झौता गरेको छ । यसका लागि लिमिटेडले बोर्डलाई महसुलको दुई प्रतिशत शुल्क बुझाउनुपर्छ । बोर्डको सम्पत्तिको भने छुट्टै शुल्क बुझाउने व्यवस्था सम्झौतामा गरिएको छ । विसं २०६४ फागुन १ गतेदेखि बोर्डले लिमिटेडलाई उपत्यकामा पानी व्यवस्थापनको जिम्मेवारी दिएको हो ।

    काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधान गर्न खानेपानी संस्थानबाट छुट्याएर अलग व्यवस्था गरेपनि खास परिवर्तन भएको छैन । खानेपानीको समस्या समाधान हुन सकेको छैन । राजधानीको खानेपानी समस्याका लागि मेलम्चीकै पर्खाइमा अझै मानिस तड्पिएका छन् ।

  • कांग्रेसको केन्द्रिय सदस्यको मतगणना आज पनि जारी, कसले लिएको छ अग्रता ?

    कांग्रेसको केन्द्रिय सदस्यको मतगणना आज पनि जारी, कसले लिएको छ अग्रता ?

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचत भएको खुला केन्द्रीय सदस्य पदको मतगणना आज पनि जारी रहने भएको छ । शनिबार २३९३ मतको गणना सकेर स्थगित भएको थियो । मतगणना आज नियमित हुँदैछ । खुला तर्फको ३५ जनाका लागि ९९ जनाको उम्मेदवारी परेको छ ।

    मतगणना पार्टी कार्यालय सानेपामा जारी छ । अहिलेसम्मको मतगणनामा पहिलो नम्बर डा. शशांक कोइराला छन् । उनलाई एनपी साउदले पच्छ्याइरहेका छन् ।

    २३९३ मत गन्दा शीर्ष ३५ मा को को परे ?

    १. डा.शशांक कोइराला :१९७१
    .२. एनपी साउद : १५३८
    ३. बालकृष्ण खाँण : १५०७
    ४. रमेश लेखक : १४५१
    ५. उदय शमशेर राणा : १४४५
    ६. शंकर भण्डारी : १४३७
    ७. ज्ञानेन्द्रबहादुर कार्की : १४२३
    ८. रामहरि खतिवडा : १३९५
    ९. अर्जुननरसिंह केसी : १३८३
    १०. गोपालमान श्रेष्ठ : १३२३
    ११. जिप छिरिङ्ग लामा : १३१२
    १२. जीतजङ्ग बस्नेत : १२८३
    १३. नैनसिंह महर : १२८३
    १४. डा।रामशरण महत : १२८१
    १५. गोविन्द भट्टराई : १२७७
    १६.सुनिलबहादुर थापा : १२४६
    १७. बल बहादुर केसी: १२३३
    १८. दिलेन्द्र प्रसाद बडू : १२३१
    १९. मोहनबहादुर बस्नेत : १२०२
    २०. दीपक गिरी : ११७४
    २१. सुरेन्द्रराज पाण्डे : ११५१
    २२. कुन्दनराज काफ्ले : ११४३
    २३. पद्मनारायण चौधरी: ११३७
    २४. गुरु बराल : १०३६
    २५. सञ्जयकुमार गौतम : १००१
    २६. गोविन्द राज पोखरेल : ९६२
    २७. गोपाल दहित: ९३१
    २८. राजीव ढुंगान: ९३५
    २९. कृष्णकिशोर घिमिरे : ९२९
    ३०. दिनेश कोइराला : ९२५
    ३१. वीरेन्द्रकुमार कनौडिया : ९१९
    ३२. ई। मोहन आचार्य: ९१३
    ३३. अजयबाबु शिवाकोटी: ९०९
    ३४. मदनबहादुर अमात्य : ९०८
    ३५. उमेशजंग रायमाझी: ८९१

  • आज उधौली पर्व, योमरी र धान्य पूर्णिमा, सरकारले दियो सार्वजनिक बिदा

    आज उधौली पर्व, योमरी र धान्य पूर्णिमा, सरकारले दियो सार्वजनिक बिदा

    काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । यस दिन अधिकांश समुदायको कुलपूजा समेत पर्छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा अनुसार विभिन्न समुदायमा धान्य पूर्णिमा धुमधामसाथ मनाइन्छ ।

    नवअन्नप्राशनका लागि समेत आजको दिन पवित्र मानिन्छ । यो दिन काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवीलगायत स्थानमासमेत ठूलो मेला लाग्छ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायमा आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइन्छ । योमरी पूर्णिमालाई योमरी पुन्हि समेत भनिन्छ ।

    नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको छ ।

    किराँत समुदायको उधौली पर्व पनि आजै परेको छ । किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो । हिँउदको शुरु भएलगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुंगी बेसीतिर बसाइँ सर्ने समय भएको संकेतका रुपमा लिइन्छ ।साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । सरकारले उधौली र योमरी पूर्णिमाको अवसरमा आज पर्व मनाउने समुदायका लागि देशभर र काठमाडौंमा सार्वजनिक बिदा दिएको छ ।

  • नेपालमा ५७ जिल्लामा आजबाट किशोर-किशोरीमा कोरोना विरुद्धको खोप वितरण शुरु

    नेपालमा ५७ जिल्लामा आजबाट किशोर-किशोरीमा कोरोना विरुद्धको खोप वितरण शुरु

    काठमाडौं । नेपालमा आजबाट ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोर किशोरीमा कोरोना भाइरसविरुद्धको खोप वितरण शुरु हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उनीहरलाई अमेरिकामा उत्पादन भएको मोडर्ना खोपको पहिलो मात्रा दिइन लागेको हो । आजबाट पुस १४ गतेसम्म अभियान जारी रहने छ ।

    प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुरमा खोप लगाइने भएको छ । प्रदेश नं २ मा सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा खोप लगाइने छ । खोप लगाउनेमा बागमती प्रदेशको दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर रहेका छन् ।

    गण्डकी प्रदेशमा गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत छन् । लुम्बनी प्रदेशमा रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् । कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर छन् ।

    अहिले पहिलो खोप लगाएका विद्यार्थीलाई दोस्रो मात्रा माघ २ देखि १२ गतेसम्म लगाइने भएको छ । यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा समेत फाइजर खोप लगाइने भएको छ ।

  • आज सर्वदलीय बैठक बस्ने, एमाले जाने सम्भावना कम

    आज सर्वदलीय बैठक बस्ने, एमाले जाने सम्भावना कम

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । एमसीसी अनुमोदन र संसदमा जारी अवरोध खुलाउने दुई मूख्य विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक डाकेका हुन् । बैठक अपराह्न ४ बजे बस्ने छ । बैठकमा सहभागी हुने संसदा प्रतिनित्वि गर्ने सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ ।

    विगत लामो समयदेखि नेकपा (एमाले) ले संसदमा अवरोध गरिरहेको छ । तर, आजको बैठकमा एमाले सहभागी हुने कुरा भने निश्चित छैन । बैठकमा नेकपा एसबाट माधव नेपालसहितका नेता सहभागी हुने छन् । एमालेले भने ती नेताहरुमाथि सभामुखले कारवाही नगरेको भन्दै संसदमा अवरोध गरिरहेको छ ।

  • पाकिस्तानको कराँचीमा विष्फोट, कम्तिमा १० जना मारिए

    पाकिस्तानको कराँचीमा विष्फोट, कम्तिमा १० जना मारिए

    कराँची । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार भएको एक विष्फोटमा कम्तिमा १० जना मारिएका छन् । त्यहाँ एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विष्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरी र अस्पताल स्रोतलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । अस्पतालको अभिलेखमा १० शव र १२ घाइतेको नाम दर्ता भएको खबर छ ।

    घटनामा गम्भीर घाइते भएका अधिकांश घाइतेको अवस्था गम्भीर रहेको शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले बताएका छन् । एक निजी बैंक र अन्य थुप्रै कार्यालयहरू भएको भवनमा ग्यास चुहावटका कारण विष्फोट भएको बताइएको छ। विष्फोटमा भवन आंशिक रूपमा ध्वस्त भएको थियो र थुप्रै व्यक्तिहरू भग्नावशेषमा फसेको आशंका गरिएको छ।
    उद्दारटोली फसेका मानिसहरुको खोजीका लागि भग्नावशेष हटाउन प्रयासरत छ । कराँची सिन्धको प्रान्तीय राजधानी हो। सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आतङ्कवादको सम्भावनालाई ध्यानमा राखेर घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। थप अनुसन्धानका लागि बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

  • नेपालमा १८९ जनामा कोरोना पुष्टी

    नेपालमा १८९ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८९ जना संक्रमित थपिएका हुन्। यस अवधिमा ७ हजार ९९७ जनाको कोरोना परीक्षण गरिएको थियो । ५ हजार ४८३ जनाको पिसिआर परीक्षण र २५१४ जनाको एन्टिजेन परीक्षण गरिएको तथ्यांक छ ।

    अब नेपालमा हाल ५ हजार ४२८ जना सक्रिय संक्रमित छन्। २५० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ। काठमाडौं उपत्यकामा ११० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ संक्रमित छन्।