लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाबाट बच्न घोषित लकडाउन खोल्ने विषयमा हतार नगर्न मुलुकहरुलाई सचेत गराएको छ । संगठनका प्रमुख टेड्रोस अदोनम गिब्रियससले कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन हतारमा हटाए स्थिति झनै भयावह हुने चेतावनी दिएका हुन् । लकडाउन अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क हुनुपर्ने उनको सुझाव छ । किनकी भाइरस सुशुप्त अवस्थामा… Continue reading लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको ज्यान गएको मुलुकमा अमेरिका दोस्रो स्थानमा आइसकेको छ । कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २ हजार ३७ जनाको मृत्यु भयो । यो सँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ७ सय १९ पुगेको छ। अमेरिकाभन्दा माथि इटली छ । इटलीमा १८ हजार ८ सय मानिसको ज्यान… Continue reading कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

१० एसएसपीको भयो डीआइजीमा बढुवा

काठमाडौं । शुक्रबार रातीसम्म बालुवाटारमा भएको छलफलपछि डीआइजी बढुवा प्रक्रिया टुंगो लागेको छ । गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गर्न गरेको छ । बढुवा गरिएका मध्ये चार जना ०४९ वैशाखमा एकै पटक प्रहरी सेवामा छिरेका हुन् । ६ जना भने ०४९ चैतमा प्रहरीमा… Continue reading १० एसएसपीको भयो डीआइजीमा बढुवा

लकडाउनका कारण संसारभर घट्यो पेट्रोलियम पदार्थ खपत, तेलको उत्पादन कटौती

मस्को । कोरोना भाइरसका कारण संसारभर हरेक जसो मुलुक लकडाउनमा छन् । जसले गर्दा आर्थिक गतिविधि र यातायात ठप्प प्राय भएका छन् । यसको असर पेट्रोलियम पदार्थको खपतमा देखिएको छ । सोहीकारण पेट्रोलियम निर्यात गर्ने देश र यसमा संलग्न सहयोगी संगठन कोरोना भाइरस लकडाउनका कारण तेलको मागमा आएको गिरावटको प्रतिरोधमा उत्पादन कटौती गर्न सहमत भएका… Continue reading लकडाउनका कारण संसारभर घट्यो पेट्रोलियम पदार्थ खपत, तेलको उत्पादन कटौती

नेपाल एयरलाइन्सका दुई वटै जहाज आकासमा

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका दुई वटै जहाज आज दुई गन्तब्यमा उडेका छन् । निगमको एक जहाज जापानका करीव २ सय नागरिकलाई बोकेर नारितातर्फ उडेको छ । अर्को जहाज भने चीनको ग्वाङ्जाओ तर्फ उडेको हो । चीनबाट यो जहाजले मेडिकल सामान ल्याउने छ । यहाबाट नेपाल एयरलाइन्सले निजी क्षेत्रका व्यवसायीको अर्डरमा सामान… Continue reading नेपाल एयरलाइन्सका दुई वटै जहाज आकासमा

कोरोना संक्रमणबारे ओली-मोदी टेलिफोनवार्ता

काठमाडौं । कोरोना संक्रमण र यसले निम्त्याएको आर्थिक तथा सामाजिक समस्याबारे नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको हो । नेपाल र भारतबीच लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको प्रधानमन्त्री… Continue reading कोरोना संक्रमणबारे ओली-मोदी टेलिफोनवार्ता

चिकित्सक र सुरक्षाकर्मीको तलव नकाटिने

काठमाडौं । सरकारले चिकित्सक र सुरक्षाकर्मीको तलव सुविधा नकाट्ने स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नियमित प्रेस ब्रिफिंगका दौरान यस्तो स्पष्टिकरण दिएको हो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कोरोना कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलव नकाटिएको बताए । यता, प्रहरी प्रधान कार्यालयले भने यसअघि अधिकृत तहभन्दा माथिका कर्मचारीको तलव कटौती गरी कोरोना… Continue reading चिकित्सक र सुरक्षाकर्मीको तलव नकाटिने

लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

काठमाडौं । नेपालमा लगातार छैटौं दिनसम्म पनि कोरोना भाइरसका थप संक्रमित फेला परेनन् । यसअघि अघिल्लो साता शनिबार एकैपटक तीन जनामा संक्रमण पुष्टी भएको थियो । तर, त्यसपछिको परिक्षणमा भने कोरोना देखिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक सातायता कोरोनाको परिक्षण तिब्र बनाइएको छ । अघिल्लो सताको तुलनामा दोब्बर भन्दा बढीमा परिक्षण भएको छ… Continue reading लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

भारतमा बढ्दो संक्रमण, नेपालमा जोखिम

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण र मानवीय क्षति निरन्तर बढिरहेको छ । बिहीबार सम्मको तथ्यांक अनुसार कोभिड–१९ बाट भारतमा २ सय २७ जनाको ज्यान गइसकेको छ । भारतमा यस भाइरसबाट संक्रमित मानिसको संख्या ६ हजार ७ सय २५ रहेको छ । भारतमा पछिल्लो समय संक्रमित बढ्ने क्रम तिब्र रहेको छ । २१ दिनको लकडाउन… Continue reading भारतमा बढ्दो संक्रमण, नेपालमा जोखिम

ओमानका सबै नेपाली सुरक्षित

मस्कट । कोभिड १९ संसारका सबैजसो मुलुकमा फैलिएको छ । यसले सबै देशका नागरिकलाई समस्यामा पारेको छ । त्यसमा पनि संकटका बेला आप्रबासी नागरिक तथा कामदार बढी समस्यामा पर्छन् । किनकी स्वाभाविक रुपमा मुलुकहरुको प्राथमिकता आफ्ना देशका नागरिकको सुरक्षा प्रमुख हुन्छ । कोभिड–१९ बाट ओमानमा रहेका नेपाली भने सुरक्षित रहेको पाइएको छ । मस्कटस्थित नेपाली… Continue reading ओमानका सबै नेपाली सुरक्षित

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक

काठमाडौं । कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या अब १ लाख हाराहारी पुगेको छ । बिहीबार सम्मको तथ्यांका अनुसार संसारभर कोरोना भाइरसले ९५ हजार ५ सय ६ जनाको ज्यान लिइसकेको छ । यो भाइरसले सबैभन्दा बढी इटलीमा मानवीय क्षति भएको छ । यहाँ अहिलेसम्म १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको तथ्यांक रहेको… Continue reading कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक

नेपाल-भारत सीमानामा बढाइयो प्रहरी बल

काठमाडौं । सरकारले नेपाल र भारतको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा दस्ता बढाएको छ । भारतमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै सरकारले नेपाल-भारत सीमानामा कडाई थालेको हो । भारतसँग सिमाना जोडिएका जिल्लामा थप २२ सय ८० जना जनशक्ति थपिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले जनशक्तिसँगै सीमा नाकामा चेकपोस्टको संख्या समेत बढाएको छ ।… Continue reading नेपाल-भारत सीमानामा बढाइयो प्रहरी बल

भाइरस संक्रमण र बेरोजगारी चुलिँदै जाँदा ट्रम्पप्रति निराश अमेरिकीको संख्या बढ्दो

गुगल फाईल फोटो

न्यूयोर्क / कोरोना भाइरसबाट अमेरिकामा लाखौँ संक्रमित एवं हजारौँले ज्यान गुमाइसक्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प भने ट्विटरमा उत्सव मनाउँदै थिए । कारण थियो, भाइरस सम्बोधनका लागि उनले चालेका कदमप्रति जनताको समर्थन । मार्च दोस्रो साता कोरोनाका कारण उत्पन्न परिस्थितीसँग जुध्न राष्ट्रिय संकटकालको घोषणा, सामाजीक दूरी कायम गर्ने एवं परिक्षणलाई तीब्रता दिने निर्णय र दिनहुँ ह्वाइट… Continue reading भाइरस संक्रमण र बेरोजगारी चुलिँदै जाँदा ट्रम्पप्रति निराश अमेरिकीको संख्या बढ्दो

शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

काठमाडौं । शनिबार यता नेपालमा कोरोना संक्रमित फेला परेनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना अतिप्रभावित क्षेत्रबाट प्राप्त कूल ६६ वटा नतिजा परिक्षण भएको थियो । तर, सबै परिक्षण नेगेटिभ आएको छ । सरकारले सातवटै प्रदेशमा र्‍यापिड डाइगोनिस्टिक किटबाट कोरोनाको परीक्षणको तयारी समेत गरेको छ । लकडाउन गरिरहेको सरकारले परिक्षण समेत… Continue reading शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त चिकित्सकलाई समेत सेवामा खटाउने भएको छ । यसबाहेक सरकारी छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालनको योजना बनाएको छ । सरकारले पारिश्रमिक लिएर वा स्वयंसेवी रुपमा केही अवधिका लागि उनीहरुको सेवा लिने तयारी गरिएको हो । यसका लागि सार्वजनिक आह्वान गर्न लागिएको  छ । सरकारले निजी स्वास्थ्य… Continue reading अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

काठमाडौं । नेपाली कांग्रेसका १० नेताले सांसद विकास कोष र पूर्वपदाधिकारीको सुविधा कटौती गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाउन सुझाव दिएका छन् । उनीहरुले बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो सुझाव दिएका हुन् । अहिले सरकारले खर्च कटौती गरी रकमको जोहो गर्न खोजिरहेको छ । संकटको समयमा खर्च कटौतीका लागि सांसद विकास कोषको रकम… Continue reading कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

सरकारको आलोकाँचो निर्णयले जनता अन्यौलमा, यातायात खुलाउने निर्णय डेढ घण्टामै फिर्ता

काठमाडौं । बिहीबार अपरान्ह सरकारले एक निर्णय गर्यो । निर्णय अनुसार काठमाडौंबाट उपत्यका छाड्ने चाहनेका लागि शुक्रबार र शनिबार सार्वजनिक यातायात खुला गर्ने । काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय कोभिड १९ सम्बन्धी उच्चस्तरीय संयन्त्रबाट भयो । तर, यो निर्णय करीव डेढ घण्टा मात्र टिक्यो । सरकारको यो निर्णयलाई प्रदेश सरकारहरुले… Continue reading सरकारको आलोकाँचो निर्णयले जनता अन्यौलमा, यातायात खुलाउने निर्णय डेढ घण्टामै फिर्ता

बहराइनमा नेपालीमाथि बढ्दो संक्रमण, २२ जनामा पुग्यो कोरोना संक्रमण

मनामा । बहराइनमा रहेक नेपालीमाथि कोरोनाको संक्रमण बढेको छ । यस मुलुकमा मात्र कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको हो । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएको मनामास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । यसअघि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो… Continue reading बहराइनमा नेपालीमाथि बढ्दो संक्रमण, २२ जनामा पुग्यो कोरोना संक्रमण

कोरोना संक्रमित १५ लाख नाघे, अमेरिकामा एकै दिन १९ सयको मृत्यु

काठमाडौं । कोरोना भाइरसको इपिसेन्टर अमेरिकामा यस भाइरसको कहर जारी रहेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणकै कारण १९ सय मानिसले ज्यान गएको छ । २४ घण्टामा अमेरिकामा १८ सय ९७ मानिसको ज्यान गएको बताइएको छ । यहाँ एक दिनमै थप २९ हजार ९ सय ३६… Continue reading कोरोना संक्रमित १५ लाख नाघे, अमेरिकामा एकै दिन १९ सयको मृत्यु

विश्व स्वास्थ्य संगठनको ट्रम्पलाई जवाफ, महामारीलाई राजनीतिकरण नगर

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीका विषयर्ला लिएर राजनीतिकरण नगर्न विश्वका नेताहरुसँग आह्वान गरेको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले नियमित पत्रकार सम्मेलनका दौरान यस्तो आग्रह गरेका हुन । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संगठन चीनको मात्र समर्थनमा रहेको र अमेरिकालाई गलत सुझाव दिएको आरोप लगाएका थिए । घेब्रेससले… Continue reading विश्व स्वास्थ्य संगठनको ट्रम्पलाई जवाफ, महामारीलाई राजनीतिकरण नगर

अवैतनिक वाणिज्यदूतको कूटनीतिक सुविधा खोसियो

काठमाडौं । अवैतनिक वाणिज्यदूतले कुटनीतिक सुविधाअन्तर्गत सवारीमा नीलो नम्बर प्लेट लगाउन पाउने सुविधा खोसिएको छ । यसअघि सुलभ अग्रवालले कालोबजारीको काममा कुटनीतिक सुविधाको सवारी साधन प्रयोग गरेका थिए । उनी पक्राउ परेका छन् । यस काण्डपछि परराष्ट्र मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयका अनुसार कुनै पनि अवैतनिक वाणिज्यदूतहरुले आफ्नो सवारीमा निलो नम्बर प्लेट… Continue reading अवैतनिक वाणिज्यदूतको कूटनीतिक सुविधा खोसियो

न्यूयोर्कबाट देखेको कोरोना र अमेरिका

योगेश आदी, न्यूयोर्क अहिलेलाई संयोग मात्रै ठानौं कि अमेरिकाको सबैभन्दा कोरोना प्रभावित राज्य न्यूयोर्क सहरको एउटा बस्ती – जसको नाम पनि “कोरोना” हो, जुन हाल कोरोना भाइरसको एपिसेण्टर बनेको छ । जहाँ म परिवारका साथ बस्दछु । यही ठाउँबाट म, मेरो कोरोना अनुभव लेख्दैछु । मेरो अनुमान गलत होस् तर सत्य साबित के हुनेवाला छ भने; अबको १ हप्तामा… Continue reading न्यूयोर्कबाट देखेको कोरोना र अमेरिका

सिनेटर बर्नी स्यान्डर्स राष्ट्रपतिय होडबाट बाहिरिए, पूर्व उपराष्ट्रपति बाइडेन र ट्रम्पको प्रतिश्पर्धा निश्चित

न्यूयोर्क सिनेटर बर्नी स्यान्डर्सले आफ्नो राष्ट्रपतिय होड अन्त्य गरेका छन् । बुधबार ट्विटर लाइभबाट आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै स्यान्डर्सले उम्मेद्वारी प्रकृयाबाट बाहिरिएको जनाएका हुन् । पहिलो डेमोक्रेटिक ककस भएको आईवामा सर्वाधिक लोकप्रिय मत एवं न्यूह्यामसर प्राइमरी र नेभादा ककस जितेपछि स्यान्डर्स डेमोक्रेटिक पार्टीको सम्भावित उम्मेद्वारकै रुपमा उदाएका थिए । तर, साउथ क्यारोलिनामा पूर्व उपराष्ट्रपति जो… Continue reading सिनेटर बर्नी स्यान्डर्स राष्ट्रपतिय होडबाट बाहिरिए, पूर्व उपराष्ट्रपति बाइडेन र ट्रम्पको प्रतिश्पर्धा निश्चित

कोरोनाका कारण विदेशमा ८ नेपालीको गयो ज्यान

काठमाडौं । तुलनात्मक रुपमा नेपाल भित्र कोरोनाको संक्रमण नियन्त्रण मै छ । संसारभर करीव ८० हजार मानिसको ज्यान जाँदा नेपाल भित्र मात्र ९ जनामा संक्रमण देखिएको छ । संक्रमितको अवस्था पनि सामान्य छ । तर, नेपाल बाहिर संक्रमण भएका नेपालीलाई भने यस भाइरसले पनि नराम्रोसँग सताएको छ । नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका… Continue reading कोरोनाका कारण विदेशमा ८ नेपालीको गयो ज्यान

वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु

वुहान । कोरोनाको उद्गमस्थल चीनको हुबेई प्रान्तको राजधानी वुहानमा लकडाउन खुलेको छ । यससँगै चीनबाट यो रोगको संक्रमण उन्मुलन भएको छ । बुधबारदेखि यहाँ यातायात सेवा सूचारु भएको चिनियाँ संचारमाध्यमले उल्लेख गरेका छन् । यहाँ लगातार ७६ दिन लकडाउन भयो । सरकारले यसबीचमा व्यापक स्वास्थ्य अभियान संचालन गरेको थियो । यो शहरले करीव ३ हजार… Continue reading वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु

प्रधानमन्त्रीलाई गगन थापाका प्रश्नै-प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका करीव एक दर्जन प्रश्न सामाजिक संजालबाट सार्वजनिक गरेका छन् । संसद स्थगित भएको अवस्थामा प्रधानमन्त्रीलाई सोध्नु पर्ने प्रश्नहरु आफुले सामाजिक संजालबाटै सोधेको उनको भनाई छ । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रमा उनले कूल ११ प्रश्न सोधेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार… Continue reading प्रधानमन्त्रीलाई गगन थापाका प्रश्नै-प्रश्न

कोरोना संकटका बेला पनि सेवामा नखट्ने ५ डाक्टर निलम्बित

बुटवल । प्रदेश नं ५ सरकारको निर्देशनमा कोरोनाका बेला बिरामीको सेवामा नखटिने ५ डाक्टर निलम्बनमा परेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै आएका पाँच जना चिकित्सक पछिल्लो डेढ सातायता अस्पतालमा अनुपस्थित थिए । उनीहरुबारे सूचना प्रदेश सरकारमा पुगेको थियो । सरकारले बर्खास्त गर्न सिफारिस गरेसँगै अस्पतालले उनीहरुलाई सेवाबाट निकालेको हो ।… Continue reading कोरोना संकटका बेला पनि सेवामा नखट्ने ५ डाक्टर निलम्बित

अमेरिकी राष्ट्रपतिबाट डब्लूएचओको आलोचना, सहयोग रोक्ने चेतावनी

वासिंटन डिसी । विश्व स्वास्थ्य संगठन चीन परस्त भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गरेका छन् । उनले संगठनलाई अमेरिकाले दिदै आएको सहयोग समेत रोक्ने चेतावनी दिएका छन् । संगठनले कोरोना भाइरसको महामारी फैलिएका बेला गलत सुझाव दिएको उनको आरोप छ । मंगलबार ह्वाईट हाउसमा नियमित प्रेस ब्रिफिंगका दौरान राष्ट्रपति ट्रम्पले अमेरिकाबाटै धेरै रकम… Continue reading अमेरिकी राष्ट्रपतिबाट डब्लूएचओको आलोचना, सहयोग रोक्ने चेतावनी

लगातार चौथो दिन नेपालमा भेटिएनन् कोरोना संक्रमित, बढाइयो परिक्षणको दायरा

काठमाडौं । सरकारले कोरोना परिक्षणको दायरा बढाएको छ । बुधबारसम्म कूल २३६६ जनाको नमुना परिक्षण भएको छ । त्यसमध्ये ९ जनामा मात्र कोरोना पोजेटिभ पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार लगातार  चौथो दिन नेपालमा थप संक्रमित भने फेला परेनन् । सरकारले अहिले काठमाडौंस्थित केन्द्रिय प्रयोगशालासहित देशभर १० स्थानबाट कोरोनाको… Continue reading लगातार चौथो दिन नेपालमा भेटिएनन् कोरोना संक्रमित, बढाइयो परिक्षणको दायरा

अमेरिकामा एकै दिन सर्वाधिक व्यक्तिको मृत्यु

न्यूयोर्क । कोरोनाको इपीसेन्टर अमेरिकामा एकै दिन सर्वाधिक जिन्दगीको अन्त्य भएको छ । । यसले कोरोनाको उच्चतम रुप यहाँ देखिएको छ । मंगलबार अमेरिकामा १९ सय ५२ जनाको ज्यान गयो । उक्त अवधिमा ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परे । यसले कोरोनाको संक्रमण अमेरिकाको नियन्त्रणबाट बाहिर गएको देखिएको छ । अमेरिकामा कोरोना संक्रमणबाट… Continue reading अमेरिकामा एकै दिन सर्वाधिक व्यक्तिको मृत्यु