Category: फिचर

  • तामिलनाडु हेलिकोप्टर दुर्घटनामा एक मात्र जिवित क्याप्टेन सिंहको स्वास्थ्य कस्तो छ ?

    तामिलनाडु हेलिकोप्टर दुर्घटनामा एक मात्र जिवित क्याप्टेन सिंहको स्वास्थ्य कस्तो छ ?

    नयाँ दिल्ली । बुधबार भारतको तामिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका सबैभन्दा माथिल्लो पदका अधिकारी बिपिन रावतसहित १३ को मृत्यु भयो । आगोले जलेर शवहरु चिन्न नसकिने अवस्थामा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्दपी रावत र उनकी पत्नीको शवको भने पहिचान बुधबार नै भएको थियो । यस्तो भयानक दुर्धटनामा समेत एक चमत्कारको आश अझै गरिएको छ । त्यो हो हेलिकोप्टरका चालक क्याप्टेन वरुण सिंहको स्वास्थ्यमा नाटकीय सुधार ।

    भारतीय रक्षामन्त्री राजनाथ सिंहले बिहीबार यो घटनबारे राज्यसभामा जानकारी गराएका छन् । उनले त्यहाँ ग्रुप क्याप्टेन वरुण सिंहको स्थितिबारे पनि बयान दिए । उनका अनुसार सिंहको स्थिति गम्भीर तर स्थिर छ । यसै वर्ष अगस्ट महिनामा सिंहलाई शौर्य चक्र प्रदान गरिएको थियो। उनले उडाएको तेजस विमानमा उडानको समयमा प्राविधिक समस्या आएको थियो तर उक्त आपत्कालीन स्थितिमा सिंहले तेजसको सुरक्षित अवतरण गराउन सफल भएका थिए।

    संसारभरबाट उनको स्वास्थ्य लाभको कामना भइरहेको छ । यसैबीच, रावत र उनकी श्रीमतीको अन्तिम संस्कार शुक्रवार दिल्लीमा गरिने भएको छ । सोही सिलसिलामा उनको शव दिल्ली लगिएको छ ।

  • कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा

    कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

    राजधानीमा एक कार्यक्रम गर्दै शुक्रवारदेखि सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    थापाले कुर्सीमा बस्नमात्रै उमेदवारी दिन लागेको नभइ परिवर्तनका लागि भएको बताएका छन् ।

    ‘कुर्सीमा बस्नमात्रै महामन्त्रीमा उमेदवारी दिन लागेको होइन । राजनीतिक लाइन प्रस्तावित गर्ने काम महामन्त्रीको हो उनले भने ।’

    उम्मेदवारी घोषणा गर्दै भने- ‘म महामन्त्री हुन्छुरहुन्न, थाहा छैन, तर यही पार्टीभित्र बसेर योगदान पुर्‍याउनका लागि मैले महामन्त्री पदमा उम्मेदवारी दिएको हुँ।’

    नेपाली कांग्रेसको समुचित प्रयोग गरेर हाम्रै जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्नेमा आफूलाई विश्वास रहेको उनले बताए।

  • नेपालमा थप २११ जनामा कोरोना पुष्टी, ३२९ जना संक्रमण मुक्त

    नेपालमा थप २११ जनामा कोरोना पुष्टी, ३२९ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १४३३ जनाको एन्टिजेन परीक्षण गर्दा १४ गरी २११जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ५५४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३२९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ५ हजार ९०० पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार १०५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५४४९ पुगेको छ ।

  • नेपाली सेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    नेपाली सेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । यससाता सोमबार ३२ अंकले बढे पनि अन्य चार दिन नेप्सेमा गिरावट आएको हो । समग्रमा यससाता नेप्से १२५ अंकले घटेको छ ।

    साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक सूचक नेप्से ५.८४ अंकले घटेर २४४९.९७ विन्दुमा आइपुगेको छ । आज २३१ कम्पनीको २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९२ रुपैयाँ बराबरको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल, अन्य र म्यूचुअल फण्ड बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । होटल समूह सबैभन्दा धेरै ०.६४ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै ०.७६ प्रतिशतले घटेको छ ।

    आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अपी पावर र नबिल बैंक ८/८ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

    झिनो अंकले घटेको बजारमा आज सामुदायिक लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ५.८२ प्रतिशत गुमाएका छन् । त्यसैगरी, श्री इन्भेष्टमेन्ट ५.१४, एनआइसी एशिया लघुवित्त र घलेम्दी हाइड्रोपावरको सेयर मूलय ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    त्यस्तै, सबैको लघुवित्त, स्वाभिमान लघुवित्त, माउन्टेन इनर्जी, महिला लघुवित्त, न्यादी हाइड्रोपावर मनकामना स्मार्ट लघुवित्त लगायत १ दर्जन कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ । घट्दो बजारमा आज सिनर्जी पावरका सेयरधनीले भने सबैभन्दा धेरै ४.५५ प्रतिशत कमाएका छन् ।

  • ट्राफिकले चिट काट्ने वित्तिकै ‘अन द स्पट’ जरिवाना तिर्न सकिने, कागजात तत्कालै फिर्ता

    ट्राफिकले चिट काट्ने वित्तिकै ‘अन द स्पट’ जरिवाना तिर्न सकिने, कागजात तत्कालै फिर्ता

    काठमाडौं । उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान नै थालेको छ ।ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधि मैत्री बनाउदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियान तर्फ लम्कीरहेको अबस्थामा आजदेखी थप सेवा सुचारु गरेको हो ।

    सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरीले जारि गर्ने २४ घण्टे पुर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारवाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको छ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज एक कार्यक्रमका वीच प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट ( इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ व्यवस्थाको शुरुवात गरेका हुन् ।

    सो अवसरमा एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुदै गएको चर्चा गर्नुहुदैं अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको शुरू गरेको बताए ।

    चिटकाटेको चिट नम्बर र रसिद नम्बर मोबाइलमा राखेपछि क्यूआरबाट सजिलै जरिवाना तिर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

    व्यक्तिले ३० दिन भित्र बैंकमा गएर समेत चिटको रकम भुक्तानी गर्न सक्ने छन् । अहिले ट्राफिक कारवाहीमा परेरमा सवारीधनीले अनलाइन भुक्तानी वा ग्लोबल आइएमई बैंकको कुनै पनि शाखामा जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

    साथै, जरिवाना भुक्तानी गरेकोे प्रमाण लिएर सम्बन्धित ट्राफिक प्रहरी कार्यालय गएर कागजात फिर्ता लिने गरेका छन् ।

    यसका लागि ट्राफिक प्रहरी महाशाखाले डकुमेन्ट ट्र्याकिङ प्रणालीमार्फत् एसएमएस पठाएर कारवाहीमा नियन्त्रणमा लिइएको कागजात कुन कार्यालयमा छ भनेर बुझ्न सकिने व्यवस्था गरेको थियो ।

    पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरी पाँच वटा ट्राफिक कार्यालयबाट शुरु गरेको यो सेवालाई क्रमश अन्य कार्यालयमा समेत विस्तार गर्ने महाशाखाले जनाएको छ ।

    यद्दपि महाशाखाको अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामुलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिनेछन् ।

  • अमेरिकी खोप फाइजरले ओमिक्रोनविरुद्ध पनि प्रभावकारी प्रतिरक्षा गर्ने पुष्टी

    अमेरिकी खोप फाइजरले ओमिक्रोनविरुद्ध पनि प्रभावकारी प्रतिरक्षा गर्ने पुष्टी

    न्यूयोर्क । फाइजर बायोएनटेकले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने पुष्टी गरेको छ । बीबीसीका अनुसार अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले जनाएको हो । यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले बताइसकेको छ ।

    विश्वभरका अध्ययनकर्ताहरूले ओमिक्रोनबारेका तथ्याङ्कलाई नजिकबाट नियालीरहेका छन्। ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिअन्ट हो। बुधवार एक विज्ञप्ति सार्वजनिक गर्दै फाइजरका प्रमुख कार्यकारीले खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सुरक्षा बढाउने जनाएका छन्।

    तर उक्त कम्पनीले पछिल्लो नतिजा प्रारम्भिक रहेको बताउँदै वास्तविक प्रभावकारिता मूल्याङ्कनुु गर्नका लागि तथ्याङ्क सङ्कलन जारी राख्ने बताएको छ। फाइजरले ओमिक्रोनलक्षित खोप विकास गरिरहेको र त्यो एकसय दिनभित्र वितरण गर्नका लागि तयार हुने जनाएको छ।

  • ४० वर्ष बिना सुनुवाई जेलमा बिताएका दुर्गाप्रसादले ५ लाख भारु क्षतिपूर्ति पाउने

    ४० वर्ष बिना सुनुवाई जेलमा बिताएका दुर्गाप्रसादले ५ लाख भारु क्षतिपूर्ति पाउने

    काठमाडौं । भारतीय जेलमा ४० वर्षसम्म बिना सुनुवाइ बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले ५ लाख भारतीय रुपैयाँ (८ लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति पाउने भएका छन् । कलकत्ता उच्च अदालतले यस्तो आदेश गरेको हो । न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई पाँच लाख भारु तत्काल क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारका नाममा आदेश दिएको हो। अदालतले रकम ६ साताभित्र तिम्सिनाको खातामा पठाइसक्न भनेको छ ।

    हत्या अभियोगमा ४० वर्षअघि पक्राउ परेका तिम्सिनालाई गत वर्ष चैतमा अभियन्ताहरुको पहलमा छुटाइएको थियो । बिना सुनुवाइ जेलमा राखिएका तिम्सिनालाई कलकत्ता उच्च अदालतले गत वर्ष रिहाईका आदेश दिएको हो । अदालतको आदेशपछि रिहा भएका तिम्सिना गत चैतमा इलामको लुम्बाकमा रहेको घरमा फर्किएका हुन् । उनको घरको आर्थिक अवस्था निकै कमजोर रहेको छ । साथै उनको मानसिक अवस्था समेत कमजोर बनेपछि अहिले उनलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको छ ।

  • कांग्रेसमा वर्तमान कार्यसमितिको अन्तिम बैठक आज

    कांग्रेसमा वर्तमान कार्यसमितिको अन्तिम बैठक आज

    काठमाडौं । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको अन्तिम बैठक बिहीबार बस्ने भएको छ । पार्टीको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको हो । बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाइएको छ ।


    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ । शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हो । कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन हुँदैछ । उदघाटनसत्रपछि सुरु हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ ।

  • प्रकाशमानले अडान नछाड्दा कांग्रेसमा देउवाको प्रतिस्पर्धी छान्न सकस

    प्रकाशमानले अडान नछाड्दा कांग्रेसमा देउवाको प्रतिस्पर्धी छान्न सकस

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री प्रकाशमान सिंहले आफु पार्टी सभापतिमा उम्मेदवार हुने अडान नछाडेका कारण संस्थापन इत्तर पक्षले उमेदवार तय गर्न अझै सकेको छैन । साझा उम्मेदवार खोजि देउवालाई टक्कर दिने रामचन्द्र पौडेल समूहको प्रयास अझै सार्थक हुन सकेको छैन । कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरबाट शुरु हुँदैछ , तर, अहिलेसम्म साझा उमेदवार तय हुन नसक्दा देउवाको सम्भावना अझ बलियो बन्दै गएको छ । निर्वाचन कार्यतालिका अनुसार २५ गते उम्मेदवारी दर्ता र २७ गते मतदानको तालिका छ ।

    सभापतिका आकांक्षीमा सहमतिको प्रयास गर्न पछिल्लो तीन दिन लगातार बैठक बस्दा पनि सहमति जुुटेन । बुधबार चाक्सीबारीमा बसेको बैठक तनावपूर्ण रहेका कारण अब साझा उमेदवार चयन हुने सम्भावना कम भएको हो । वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भएको छलफलमा पौडेलले पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य कोइरालालाई ‘तपाईहरु मिल्नुस्, नभए मलाई मान्नुस्’ भनेका थिए ।

  • भक्तपुरमा ३३ वर्षिय युवाको आफ्नै साथिले गरे हत्या, ऋण तिर्न नपरोस भनि मारेको बयान

    भक्तपुरमा ३३ वर्षिय युवाको आफ्नै साथिले गरे हत्या, ऋण तिर्न नपरोस भनि मारेको बयान

    भक्तपुर । भक्तपुरमा एक जनाको कुटपिटबाट हत्या भएको छ । आफूले लिएको ऋण तिर्न नपरोस् भनेर भक्तपुरमा एक जनाले आफ्नै साथीको हत्या गरेको खुलेको हो । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको आफ्नै साथीले फर्माले हानेर हत्या गरेको खुलेको हो ।

    मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भइ सूर्यविनायक–३ बस्ने श्रेष्ठको हिजो मङ्गलवार राति कुटपिट गरी फर्माले हानेर हत्या गरिएको थियो ।

    हत्यामा संलग्न रहेको आरोपमा बालकोट बस्ने राजनकै साथी हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विक पक्राउ परेका छन् । उनीहरुले श्रेष्ठसँग लिएको ऋण तिर्न नपरोस भनि हत्या गरेको बयान दिएका छन् ।

  • १८ वर्ष मुनीका बालबालिकालाई लगाउन १५ लाख मोडर्ना खोप बिहिबार आउने

    १८ वर्ष मुनीका बालबालिकालाई लगाउन १५ लाख मोडर्ना खोप बिहिबार आउने

    काठमाडौं । नेपालमा १८ वर्ष भन्दा मुनीका बालबालिकालाई लगाउने प्रयोजनका लागि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको करिब १५ लाख मोडर्ना खोप बिहीबार नेपाल आइपुग्दैछ । स्वास्थ्य सेवा विभागले यस्तो जानकारी गराएको हो । बिहीबार १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप आउन लागेको हो । यसअघि गत शुक्रबार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आएको छ ।

    त्यसो त बुधबार समेत कोभिशिल्ड खोप नेपाल आएको छ । नेपालमा अहिलेसम्म कुल एक करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप वितरण भइसकेको ेछ । एक करोड पाँच लाख चार हजार ७६४ जनाले पहिलो मात्रा र ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सरकारले आगामी चैत भित्र सबै नागरिकमा खोप वितरण गरिसक्ने लक्ष्य लिएको छ ।

  • कांग्रेसको महाधिवेशन लक्षित आचारसंहिता, के-के छन् नियम ?

    कांग्रेसको महाधिवेशन लक्षित आचारसंहिता, के-के छन् नियम ?

    काठमाडौं । कांग्रेसले १४ औं महाधिवेशन लक्षित आचारसंहिता जारी गरेको छ। कांग्रेसको निर्वाचन समितिले बुधबार निर्वाचनलाई लक्षित गरि ६ बुँदे आचारसंहिता जारी गरेको हो । नियम अनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड सामान्य अपिल मात्र वितरण गर्न सकिने छ। कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार(प्रसार गर्न पाइने छैन । कांग्रेसको केन्द्रीय कार्यालय र राष्ट्रिय सभागृह, भृकुटीमण्डपको वरपर पाँच सय मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रचार सामग्री, ब्यानर, भित्तेलेखन, पोस्टर, चुल, पम्प्लेट टाँस्न र माइकिङ गर्न पाइने छैन ।

    प्रचारलाई मर्यादित, संयमित र अनुशासित बनाउन निर्वाचन समितिले अनुरोध गरेको छ। मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लिएर जान पाइने छैन । कांग्रेस महाधिवेशन मंसिर २४ मा उद्घाटन हुँदैछ। उम्मेदवारी मनोनयन मंसिर २५ मा, मतदान मंसिर २७ बिहान ८ बजेदेखि हुने कार्यक्रम छ । यज्ञपी महाधिवेशन स्थलमा पप्लेट र बोर्ड राख्न आजैबाट शुरु भइसकेको छ ।

  • भारतीय सेनाको सबैभन्दा उच्च अधिकारी विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु

    भारतीय सेनाको सबैभन्दा उच्च अधिकारी विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु

    कर्नाटका । भारतीय सेनाका सबैभन्दा उच्च अधिकारी चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । भारतीय वायुसेनाले ट्वीट गरि यो खरबको पुष्टी गरेको हो । यसअघि उनी सवार हेलिकोप्टर बुधबार बिहान दुर्घटनमा परेको थियो । हेलिकप्टरमा कुल १४ जना सवार थिए । त्यसमध्ये १३ जनाको निधन भएको सेनाले पुष्टी गरेको छ । एक जनाको गम्भीर अवस्थामा उपचार जारी छ ।

    ANI

    रावत चढेको हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित देशका ठूला नेताले दुर्घटनामा ज्यान गुमाएका जनरल रावतप्रति श्रद्धाञ्जली व्यक्ति गरेका छन् । भारतीय वायु सेनाको एमआई १७भी५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको छ । जेनरल रावत भारतीय सेनाका पूर्वप्रमुख हुन ।

    उनी गत जनवरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफमा नियुक्त भएका थिए । रावतसँगै उनकी पत्नीको पनि निधन भएको छ । सो हेलिकप्टर सुलुरस्थित सैन्य क्षेत्रबाट वेलिंगटनस्थित सैन्य क्षेत्रतर्फ उडेको थियो ।

  • भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकोप्टर दुर्घटना

    भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकोप्टर दुर्घटना

    काठमाडौं । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत सवार रहेको भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

    भारतीय वायु सेनाको ट्वीटअनुसार एमआई–१७बी५ हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टरमा उनी लगायत वरिष्ठ सैन्य अधिकारीहरु पनि सवार थिए ।

    दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खराब मौसमको कारणले दुघर्टना भएको पूर्वानुमान गरिएको छ ।

    जेनेरल रावत १ जनवरी २०२० मा देशको पहिलो चिफ डिफेन्स अफ स्टाफ नियुक्त भएका थिए ।

    रावत यसअघि भारतीय सेनाका प्रमुख थिए। उनीपछि मनोजमुकुन्द नरवाणे सेना प्रमुख भएका छन्।

    रावत अहिले चिफ अफ डिफेन्स स्टाफ थिए। यो पद केही महिना अघिमात्रै सिर्जना गरिएको हो।। भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको अवस्थाबारे केही पनि बताइएको छैन ।

  • साना लगानीकर्ता अतालिँदा नेपाली सेयर बजारमा ठूलो गिरावट

    साना लगानीकर्ता अतालिँदा नेपाली सेयर बजारमा ठूलो गिरावट

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको चौंथोदिन दिन शेयर बजार मापक सूचक नेप्से ५३.१० अंकले घटेर २४५५.८१ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२६ कम्पनीको २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६१९ रुपैयाँ बराबरको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्सका लगानीकर्ता रहेका छन् ।

    बैंकिङ समूहको शेयर २६ अङ्कले, विकास बैंकको एक सय ५१, होटलको ७५ , फाइनान्सको ७४, माइक्रोफाइनान्सको १२५ र जलविद्युत् समूहको शेयर ८९ ले घटेको छ ।

    यस्तै उत्पादन समूहको शेयर १७० अङ्कले, जीवन बीमा समूहको २९४ अङ्कले, निर्जीवन बीमा समूहको २३५ घटेको छ । र अन्य समूहको शेयर २२ अङ्कले घटेको छ ।

    मौद्रिक नीतिको समीक्षापछि निरन्तर ओरालो लागेको शेयर बजार बुधवार चालु आर्थिक वर्षकै न्यून बिन्दुमा झरेको छ।

    गत आर्थिक वर्ष २०७७/०७८ को अन्तिम दिन असार ३१ गते बजार ३०२२.११ मा पुगेर रोकिएको थियो।

    उच्च अंकले घटेको बजारमा आज सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ८.५४ प्रतिशत गुमाएका छन् । त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंक ८.३०, ग्रीन डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त, सामलिङ पावर र जनउत्थान लघुवित्तको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, नेपाल टेलिकम पौने ११ करोड र हिमालयन डिस्ट्रीलरी ९ करोडको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

    मौद्रिक नीति सार्वजनिक हुनभन्दा एक दिन अगाडि साउन २८ गते नेप्से परिसूचक ३१७८ को अंकमा पुगेर बजार रोकिएको थियो। साउन २८ गते नेप्से १६ अंकले बढेर कारोबार बन्द भएको थियो।

    त्यसपछि निरन्तर घटको शेयर बजार मंसिर २१ गते मंगलवार सबैभन्दा न्युन विन्दु २५०८.९१ अंकमा आइपुगेको थियो।

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति २०७८ साउन २९ मा जारी गर्दा सेयर कर्जामा व्यक्तिगत तर्फ ४ करोड र संस्थागत १२ करोडको सीमा तोकेसँगै बजार निरन्तर ओरालो लागि रहेको छ ।

    राष्ट्र बैंकले अघिल्लो सार्वजनिक गरेको समीक्षामा शेयर धितो राखेर लिइने कर्जाको सीमामा कुनै पनि हेरफेर नगरेपछि लगानीकर्ताहरु आत्तिए बिक्रीको चाप बढ्दै गएको छ । जसका कारण शेयर बजारमा भारी गिरावट आइरहेको छ ।

  • अमेरिका जान हिँडेका एक नेपाली युवाको पेरुमा मृत्यु

    अमेरिका जान हिँडेका एक नेपाली युवाको पेरुमा मृत्यु

    काठमाडौं । अमेरिका जान नेपालबाट हिँडेका एक युवाको पेरुमा मृत्यु भएको छ। स्थानीय संचारमाध्यमले जनाए अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ३ गोटीखोलाका २२ वर्षीय साहिल बोहराको पेरुमा ज्यान गएको हो । उनको सोमबार बेलुका निधन भएको खबर छ । उनी कुन माध्यमबाट कसरी अमेरिका छिर्दै थिए भन्ने नखुलेको पारिवारिक स्रोतलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् । उनको मृत्यु भएको बारे भने उनीसँगै रहेका अन्य दुई नेपालीले बताएका हुन् ।

    पेरुमा हिँड्दै गर्दा छाती दुख्यो भनेर ढलेको र अस्पताल लैजानासाथ मृत घोषणा भएको जनाइएको छ । सँगै हिँडिरहेका तीन नेपालीमध्ये साहिलको मृत्युपछि अन्य दुई जना युवालाई पेरुको प्रहरीले पक्राउ गरेको समेत समाचारमा उल्लेख छ । उनको शव नेपाल ल्याउने बारे समेत अन्यौल उत्पन्न भएको परिवार स्रोतको भनाई छ । पेरुमा नेपाली दूतावास छैन । यहाँ ब्राजिलमा रहेको दूतावासले काम गर्छ ।

  • कोरोना विरुद्धका खोप अमिक्रोनविरुद्ध पनि प्रभावकारी छन् : डब्चूएचओ

    कोरोना विरुद्धका खोप अमिक्रोनविरुद्ध पनि प्रभावकारी छन् : डब्चूएचओ

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले अहिले प्रयोगमा रहेका कोरोना भाइरस विरुद्धका खोपहरु नयाँ भेरियन्ट ओमिक्रोन विरुद्ध समेत प्रभावकारी रहेको जनाएको छ । पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको यो भेरियन्टलाई फाइजर खोपमा परीक्षण गरिएको थियो । प्रयोगशाला परीक्षणमा सकारात्मक नजिता आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सोही आधारमा डब्ल्यूएचओले अहिले प्रयोगमा रहेका खोपले ओमिक्रोनविरुद्ध समेत काम गर्ने छन् ।

    खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताएका छन् । अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे थाहा पाउन भने थप अनुसन्धानको आवश्यकता औल्याएका छन् । ओमिक्रोनले खोपलाई छल्ने सम्बन्धमा अरु भेरियन्ट भन्दा शक्तिशाली भने बाहिर हल्ला भएजसतो पाइएको छैन ।

  • युक्रेन मामिलामा अमेरिका-रुस टकराव बढ्यो, बाइडेनको कडा चेतावनी

    युक्रेन मामिलामा अमेरिका-रुस टकराव बढ्यो, बाइडेनको कडा चेतावनी

    वासिंटन डिसी । युक्रेनमा रुसले आक्रमण गर्नसक्ने त्रास फैलिरहेको बेला त्यसको कडा प्रतिक्रिया जनाउने तयारी गरिएको अमेरिकाले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति र उनका रुसी समकक्षीबीच भएको भिडिओ वार्तापछि वासिङ्टनले त्यसो भनेको बीबीसीले जनाएको छ । भिडिओ वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेका थिए ।

    उनले बलियो आर्थिक तथा अन्य प्रतिक्रियाको धम्की दिएको वासिङ्टनले जनाएको छ। पछिल्लो समय युक्रेनसँगको सीमा नजिकै रुसले सैन्य उपस्थिति बढाएको छ। छलफलमा रुसले युक्रेनलाई आक्रमण नगर्ने जनाएको समेत समाचारमा उल्लेख छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसनजिक हतियार तैनाथ नगर्ने र पूर्वतर्फ उत्तर एटलान्टिक सन्धि संगठन नेटोको विस्तार नगरिने विषयमा प्रत्याभूतिको माग गरेका थिए। रुसी समाचार संस्था टासका अनुसार विगतमा स्थापना गरिए पनि प्रयोग भने नगरिएको एक सुरक्षित भिडिओ लिङ्कमार्फत् बाइडन र पुटिनबीच कुराकानी भएको छ ।

  • राम-सिता विवाह महोत्सव आज, जनकपुरमा धुमधामसहित मनाईंदै

    राम-सिता विवाह महोत्सव आज, जनकपुरमा धुमधामसहित मनाईंदै

    जनकपुर । त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको दिनका रुपमा आज विवाह पञ्चमी महोत्सव मनाइँदै छ ।विवाह पञ्चमी भनिने यसदिन राम र सीताको पूजाआराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइन्छ । जनकपुरमा भने ठूलो मेला लाग्छ । जनकपुरमा साप्ताहिक रुपमा विवाह पञ्चमी मनाइन्छ ।

    यसको मुख्य आकर्षण भने आजको राम(जानकीको प्रतीकात्मक विवाह हो । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिन्छ । राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी जनकपुरको रंगभूमिमा पुर्‍याइन्छ । जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।

    रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता(रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । विवाह महोत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ति र डोला हेरिने परम्परा छ । नेपाल र भारतबाट ठूलो संख्यामा श्रद्धालु आज जन्तीका रुपमा जनकपुर पुग्छन् ।

  • ढोरपाटनमा नौ नाउर र तीन झारलको शिकार

    ढोरपाटनमा नौ नाउर र तीन झारलको शिकार

    बागलुङ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा यो सिजनमा ९ नाउर तथा तीन वटा झारलको शिकार गरिएको छ । यो क्षेत्र नेपालको शिकार पर्यटनको एक मात्र गन्तब्य हो । ढोरपाटन शिकार आरक्षको विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार गरिएको आरक्ष प्रशासनले जनाएको छ । नेपालका पाँच शिकार कम्पनीमार्फत शिकार गरिएको छ । शिकारमा पुगेका विदेशी शिकारीले यस पटक निर्धारित कोटाभन्दा कम शिकार गरेका हुन् ।

    पहिलो शिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । यस पटक तीन वटा झारल र एक नाउरको शिकार हुन सकेनन् । एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसियाली नागरिक इभिजिनी सिरोक्यो शिकारका लागि आएनन् । शिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत फ्रान्सेली नागरिक मार्लियर आन्द्रेले सेन ब्लकमा एक नाउर, ओभिन एन्टोनी नोयलले सेनब्लकमा एक नाउरको शिकार गरे ।

    हिमालयन सफारीमार्फत मेक्सिकन नागरिक फ्रान्सीको जोई भिजेकोनले सेन ब्लकमा एक नाउरको शिकार गरे । ट्याक एण्ड ट्राभल्सले दुई जना युक्रेनी नागरिकलाई शिकारमा लगेको थियो । सेरिया लरेन र नाटालियन लरेनले धुस्तुङ ब्लकमा दुई नाउर र एक झारलको शिकार गरे । ग्लोबल सफारीमार्फत दोगाडी ब्लकमा स्पेनिस नागरिक जोएक्वाईन बेन्जिमेनले एक नाउरको शिकार गरे । स्पेनिस नागरिक मुगलले पनि सोही ब्लकमा नाउरको शिकार गरे ।

    चे रिब्लिकन नागरिक रोमनले सुनदह ब्लकमा एक झारल र एक नाउरको शिकार गरे । ढोरपाटनमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खान्छन् । सिङ, खुर र छाला भने आफ्नो मुलुक लैजान्छन् । शिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार गर्न पाउँछन् ।

  • विश्वकप टी-२० छनोटमा नेपाल सहज समूहमा, कुन-कुन टीम परे ?

    विश्वकप टी-२० छनोटमा नेपाल सहज समूहमा, कुन-कुन टीम परे ?

    काठमाडौं । सन् २०२२ अक्टोबर\नोभेम्बरमा अस्ट्रेलियामा आयोजना हुने आइसिसी टी-२० विश्वकपको छनोटमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । विश्व छनोटको समूह विभाजनमा नेपाल समूह ए मा परेको छ। समूह ए मा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई छन् ।

    यो समूहका खेल आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। यो प्रतियोगिताको समूहबाट शीर्ष दुई टिम विश्वकप खेल्न छनोट हुने छन् । समूह बी मा भने आयोजक जिम्बावेसहित हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका छन्। यो समूह अर्को समुहको तुलनामा बलिया टीमहरु रहेका छन् । विश्वकपमा कुल १६ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

    १२ टिमको भने विश्वकप सहभागिता निश्चित भइसकेको छ । सन् २०२१ को टी-२० विश्वकपको सुपर १२ मा पुगेका अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले सन् २०२२ को टी-२० विश्वकपमा सिधै पुगेका हुन् । अस्ट्रेलिया भने आयोजकको हैसियतमा विश्वकपमा छनोट भएको छ ।

  • शशांकले सभापतिको दावेदारी छाड्ने, रामचन्द्रमा होला सहमती ?

    शशांकले सभापतिको दावेदारी छाड्ने, रामचन्द्रमा होला सहमती ?

    काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन इत्तर समूहबाट सभापतिको उमेदवार तय गर्न सकस भएको छ । तर, महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार रहेको बताएका छन् । मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा कोइरालाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफू सभापतिमा दावी छाड्न तयार रहेको जानकारी गराएका हुन् ।

    बैठकमा उनले सबभन्दा पपुलर आफू भएको दाबी गर्दै साझा उम्मेदवार दिन नसक्ने हो भने हार्ने निश्चित भएकाले सभापतिमा दाबी छाड्न आफू तयार रहेको बताए । बैठकपछि महामन्त्री कोइरालाले मैले त छाडेँ, तीन जनामा छलफल भइरहेको भन्दै प्रतिक्रिया दिएका थिए । उनले दावि छाडेपछि अब रामचन्द्र पौडेलको स्वभाविक दावेदारी रहने छ ।

  • रोकिएन पूर्वराजामाथि कमल थापाको आक्रोश, हस्तक्षेप हुँदैन भनेर कुन मुखले भन्ने ?

    रोकिएन पूर्वराजामाथि कमल थापाको आक्रोश, हस्तक्षेप हुँदैन भनेर कुन मुखले भन्ने ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले आफू पराजित हुनुमा पूर्वराजा ज्ञानेन्द्र शाहको हात भएको आरोप लगाएका छन् ।

    मंगलबार प्रेस वक्तव्य जारी गर्दै थापाले उक्त आरोप लगाएका हुन्।

    थापाले राप्रपालाई ‘भजन मण्डली’ बनाउने गलत नियत राखेर आफूलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट देखिएको बताएका छन् ।

    उनले विज्ञप्तिमा भनेका छन् ‘म नैतिक र धर्मसंकटमा परेको छु। यसैगरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होइन, ‘राप्रपालाई भजन मण्डली बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं ।’

    पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा हस्तक्षेप गरेको दाबी गर्दै राजसंस्थाप्रतिको आधारभूत मान्यतामाथि गम्भीर आघात पुगेको उनको भनाइ छ।

    राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाको प्रेस वक्तव्य :

    राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका सथा सम्पन्न भएको छ । महाधिवेशन सफल तुल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक वधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु ।

    महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको छ । विगतमा पटकपटक विभाजनको पिडा भोगेको हुंदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुंदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको छ । अध्यक्ष पदमा पराजयका वावजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहने छ । केन्द्रिय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पुर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ।

    मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ । तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यता माथी नै गंभीर आघात पुगेको छ । नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दा माथी उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ ।

    राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीति भन्दा माथी उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं । अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहरी हस्तक्षेप (यस सम्वन्धि यथेष्ट प्रमाण हामीसंग सुरक्षित छ) हुन्छ भने भोली राजसंस्था स्थापित हुंदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुंदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ । विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुंदैन भनेर अब हामीले कुन मुखले भन्ने?

    अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो । म नैतिक र धर्मसंकटमा परेको छु । यसैगरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होईन, राप्रपालाई ‘भजन मण्डली’ बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ । राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं ।
    राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा अब राप्रपा भित्र बहस शुरू हुनेछ ।

  • राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २० गते मनोनयन दर्ता

    राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २० गते मनोनयन दर्ता

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

    स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका १–१० पुससम्म दर्ता गर्नुपर्ने छ ।

    १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ ।

    १८–१९ पुसमा निवेदन तथा उजुरीमाथि छानविन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । २० पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    २१ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २२–२३ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

    २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छन् । त्यसपछि तोकिएका मतदान केन्द्रमा १२ माघको बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने कार्यक्रम आयोगले तय गरेको छ ।

  • दोहोरो अंकले घट्यो नेपाली सेयर बजार,३ अर्बको कारोबार

    दोहोरो अंकले घट्यो नेपाली सेयर बजार,३ अर्बको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ३७.१८ अंकले घटेर २५०८.९१ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३१ कम्पनीको ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० रुपैयाँ बराबरको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूह मध्ये १० वटाको परिसूचक राताम्मे भएका छन् । भने दुइवटा बढेका छन् । धेरै गुमाउने फाइनान्सका लगानीकर्ता रहेका छन् ।

    बैंकिङ समूहको शेयर १३ अङ्कले, विकास बैंकको एक सय ४०, होटलको ४९, फाइनान्सको ९०, माइक्रोफाइनान्सको ७२ र जलविद्युत् समूहको शेयर ७४ ले घटेको छ ।

    यस्तै उत्पादन समूहको शेयर ९२ अङ्कले, जीवन बीमा समूहको ७३ अङ्कले, निर्जीवन बीमा समूहको १६० घटेको छ । र अन्य समूहको शेयर ५६ अङ्कले बढेको छ ।

    आज अधिकांश म्युचुअल फण्डमा सामान्य वृद्धि देखिएको छ । आईसीर्एफसी फाइनान्सको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

    आज यस कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत भन्दा बढीले घटेको छ । हिमालयन फाइनान्स, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट, सेन्टर फाइनान्स, मेरो माइक्रोफाइनान्स, गुडविल फाइनान्स र सामलिङ पावरका लगानीकर्ताले पनि ५ प्रतिशभन्दा धेरै गुमाएका छन् ।

    यस्तै, कारोबारको आधारमा प्राइम कमर्शियल बैंकको सर्वाधिक कारोबार भएको छ ।

    यसको १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, महालक्ष्मी विकास बैंक साढे ११ करोड र आइसीएफसी फाइनान्स ११ करोडको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

  • नेपालमा थप ३१५ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

    नेपालमा थप ३१५ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ गरी ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार १०२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३०४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ५ हजार २०५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ ।

  • अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने निश्चित

    अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने निश्चित

    वासिंटन डिसी । अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने भएको छ । यो कूटनीतिक बहिष्कार भएका कारण अमेरिकी खेलाडी भने खेलबाट वञ्चित हुने छैनन् । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो।

    बीबीसीका अनुसार गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमवार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलिम्पिक्सको ूउत्सवू मा योगदान नगर्ने बताएकी छिन् ।

    साकीले अमेरिकी सरकारले ुुयो क्षणका लागि प्रशिक्षण गरिरहेका खेलाडीहरूलाई दण्डित गर्नु सही कदम नहुने तर २०२२ का खेलहरूमा आधिकारिक अमेरिकी प्रतिनिधिमण्डल नपठाउनुले स्पष्ट सन्देश दिन सक्ने महसुस गरेको बताइन् । अमेरिकाले सन् २०२८ मा लस एन्जलसमा ओलिम्पिक्स आयोजना गर्दैछ।

    चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई नाङ्गो राजनीतिक उक्साहटपूर्ण कार्युको सङ्ज्ञा दिँदै उक्त कार्य चिनियाँ जनताविरुद्ध अपराध ठहरिने बताएको थियो । वाशिङ्टनस्थित चिनियाँ दूतावासले बहिष्कारलाई एक कपटपूर्ण कार्य र राजनीतिक पहलुको सङ्ज्ञा दिँदै प्रतियोगिताको सफलतामा यसले कुनै असर नपार्ने जनाएको छ।

  • कांग्रेसमा देउवाको विपक्षी उमेदवार आज तय होला ?

    कांग्रेसमा देउवाको विपक्षी उमेदवार आज तय होला ?

    काठमाडौं । नेपाली कांग्रेसमा प्रधानमन्त्री तथा सभापति शेर बहादुर देउवाको विपक्षमा उठ्ने उमेदवार तय गर्न सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । रामचन्द्र पौडेल समूहमा केन्द्रीय सभापतिको साझा उम्मेदवार टुंगो लगाउन गृहकार्य भने शुरु भएको छ । नेताहरुले मंगलबार पुनः यो विषयमा छलफल गर्ने भएका छन् । प्रदेश अधिवेशन सकिएपछि सभापतिका चार आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा भेला भएका थिए ।

    वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच सभापतिको उम्मेदवारका विषयमा छलफल भएको हो । देउवा विरुद्ध ,सहमतिमा साझा उम्मेदवार दिनुपर्नेमा भने सबै नेता तयार छन् । पछिल्लो समय वरिष्ठ नेता नेता पौडेल र महामन्त्री डा. कोइरालाले सहमतिमा आफूहरु त्याग गर्न तयार रहेको संकेत गरिरहेका छन् ।

  • महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने

    महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने

    काठमाडौं । १४ औं महाधिवेशनका क्रममा नेपाली कांग्रेसले शक्ति प्रदर्शन नगर्ने भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस्तो जानकारी गराएका हुन् । मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने उनको भनाई छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार उनले सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताए । कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।

    प्रधानमन्त्री देउवाले आफूले पार्टीको विधानबमोजिम एक पटक पुनः सभापतिमा उम्मेदवारी दिने समेत जानकारी दिए । उनले सञ्चारकर्मीसँग सहयोगको आह्वान समेत गरे । आफू अहिले गठनबन्धनका तर्फबाट प्रधानमन्त्री रहेको अवस्थामा पुनः सभापति हुँदा पार्टी र सरकारले राम्रो गर्ने उनको भनाई छ । उनले सत्ता गठबन्धन दलहरुबीच चुनावी गठनबन्धन तत्काल राष्ट्रियसभा सदस्य निर्वाचनसम्मका लागि तय भएको बताए ।

  • बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

    बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

    काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
    राससका अनुसार समितिको सोमबार बसेको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएको थियो ।

    त्यससँगै उनीहरुको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको छ ।