काठमाडौं । संघपछि सात वटै प्रदेश निर्धारित समयमा बजेट सार्वजनिक गर्न सफल भएका छन् । आइतबार सात वटै प्रदेशको प्रदेश सभामा सम्बन्धित प्रदेशका आर्थिक तथा योजना मन्त्रीहरुले बजेट प्रस्तुत गरे । आगामी आर्थिक वर्ष २०७६\७७ का लागि सात वटा प्रदेशमा कूल २ खर्ब ६० अर्ब रुपैयाँको बजेट आएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी… Continue reading सात प्रदेशमा २ खर्ब ६० अर्बको बजेट
Category: फिचर
हायात होटेलका मजदुर आन्दोलनमा, मालिकले पाहुना आफ्नो होटेलमा राखेर हायातलाई वेवास्ता
काठमाडौं । सरकारको समेत स्वामित्व रहेको पाँचतारे होटेल हायात मजदुर आन्दोलनका कारण चार दिन देखि बन्द रहेको छ । होटल बन्द भएपछि यहाँ आएका पाहुनालाई अर्को पाँचतारे होटेल याक एण्ड यतिमा सारिएको छ । बुकिङ समेत रद्द गरिएको छ । यो होटेलमा अहिले अधिकतम स्वामित्व भारतीय नागरिक अरुण सर्राफसँग रहेको छ । अर्को पाँचतारे होटेल… Continue reading हायात होटेलका मजदुर आन्दोलनमा, मालिकले पाहुना आफ्नो होटेलमा राखेर हायातलाई वेवास्ता
तीव्र गतिमा सवारी चलाउने चालक प्रहरीको निसानामा
काठमाडौं । प्रहरीले चक्रपथको कोटेश्वर कलंकी सडक खण्डमा मूख्य लेनमा अधिकतम गति ५० किलोमिटर प्रतिघण्टा र सर्भिस लेनमा २५ किलोमिटर तोकेको छ । यो सीमा उल्लंघन गर्दै अधिकतम गतिमा सवारी साधन कुदाउने चालक धमाधम प्रहरीको पन्जामा पर्न थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २८ जेठबाट यस सडक खण्डमा गति नियन्त्रणको प्रयास थालेको हो ।… Continue reading तीव्र गतिमा सवारी चलाउने चालक प्रहरीको निसानामा
नेपालमा पहिलो पटक स्मार्ट पार्किङ, घरबाटै बुक गर्न सकिने
काठमाडौं । नेपालमा पहिलो पटक सार्वजनिक स्थलमा स्मार्ट पार्किङ प्रणाली शुरु हुँदैछ । आइतबारबाट संचालनमा आउने स्मार्ट पार्किङमा घरमै बसि बसि आफ्नो सवारी साधनको लागि उपयुक्त स्लट घरबाटै बुकिङ गर्न सकिने भएको छ । काठमाडौंको न्यूरोडमा स्मार्ट पार्किङ संचालनमा आउन लागेको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ सेवा… Continue reading नेपालमा पहिलो पटक स्मार्ट पार्किङ, घरबाटै बुक गर्न सकिने
विदेशमा छापिएका पुस्तकको आयात रोकियो
काठमाडौं । नेपालमा पुस्तक आयात तथा बिक्रि गरिरहेका व्यवसायीले विदेशमा छापिएका पुस्तकको आयात रोकेका छन् । सरकारले आगामी आव २०७६्७७ को बजेटमार्फत पुस्तक आयातमा १० प्रतिशत भन्सार शूल्क लगाउने घोषणाको विरोधमा व्यवसायीले पुस्तक आयात नै रोक्ने निर्णय गरेका हुन् । नेपालमा भन्सार नतिरी पुस्तक आयात भइरहेको थियो । जसले गर्दा नेपालमा भन्दा भारतमा छपाई सस्तो… Continue reading विदेशमा छापिएका पुस्तकको आयात रोकियो
भूकम्पपिडितमा नाम टिपाउन छुट्यो ? प्राधिकरणले थप्यो छुटपुट टिपाउने अवधि
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणको अवधि १५ असारसम्म लम्ब्याएको छ । ३२ जेठसम्मको अवधिभित्र पनि अझै गुनासो संकलन तथा छूटपुट दर्ता बाँहि रहेपछि भूकम्प प्रभावित ३२ वटै जिल्लामा १५ असारसम्म दर्ता गर्न पाइने गरी समय थपिएको प्राधिकरणले जानकारी दिएको छ । खासगरी भूकम्प पिडितले निजी आवास अनुदानमा सरकारबाट ३ लाख रुपैयाँ… Continue reading भूकम्पपिडितमा नाम टिपाउन छुट्यो ? प्राधिकरणले थप्यो छुटपुट टिपाउने अवधि
निर्माणाधिन भवनको ढलानले किचेर मजदुरको निधन
दाङ । दाङमा निर्माणाधीन भवनको ढलानले किच्दा ३ मजदुरको निधन भएको छ । शनिबार बिहान लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगमा भवन निर्माणको काम चल्दै गर्दा भवनको ढलान भत्किएको वडा प्रहरी कार्यालय, लमहीले जानकारी दिएको छ । मृत्यु हुने तीनै जना भारतीय कामदार रहेको बताइएको छ । कार्यालयका अनुसार मङ्गल कस्यव, दयाल हरेन र साहेवको… Continue reading निर्माणाधिन भवनको ढलानले किचेर मजदुरको निधन
न्यूयोर्क प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या
न्यूयोर्क शुक्रबार न्यूयोर्कको स्टाटन आईल्याण्डस्थित १२१ पुलिस प्रिसेण्ट पछाडी एक प्रहरीद्वारा आफुले आफैलाई गोली हानी आत्महत्या गरेका छन् । मृत पुलिस अफिसरलाई प्रहरी कार्यालय पछिडीको विल्कक्स स्ट्रिटमा रहेको गाडी भित्र मृत भेटिएको थियो । उनी अफ ड्यूटीमा रहेको बेला शुक्रबार अपरान्ह यस्तो गरेका हुन् । प्रहरी सुत्रका अनुसार उनी घरेलू हिंसा अधिकृतको रुपमा बिगत ७… Continue reading न्यूयोर्क प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या
नेपाल र यूएइबीच श्रम समझदारीमा हस्ताक्षर
काठमाडौं । नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम समझदारीमा हस्ताक्षर भएको छ स्विट्जरल्यान्डको जेनेभामा दुई मुलुकबीच समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको हो । स्विट्जरल्यान्डमा अहिले अन्तरराष्टिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी समारोह चलिरहेको छ । समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट सहभागी छन् । सोही अवसर पारी मन्त्री विष्ट र… Continue reading नेपाल र यूएइबीच श्रम समझदारीमा हस्ताक्षर
गर्मीले लामखुट्टे ल्यायो, लामखुट्टेले डेंगु, धरान र सुनसरी बढी प्रभावित
सरकारले धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको छ । डेंगु रोगको प्रकोप फैलिएपछि धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको छ । बिरामीको संख्या निरन्तर बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पछिल्लो समय तराईमा बढेको अत्यधिक गर्मीका कारण लामखुट्टेको आक्रमण उत्तीकै फैलिएको छ । लामखुट्टेकै कारण फैलने डेंगु रोगले सुनसरी र मोरङ अति… Continue reading गर्मीले लामखुट्टे ल्यायो, लामखुट्टेले डेंगु, धरान र सुनसरी बढी प्रभावित
तराईमा अत्यासलाग्दो गर्मी, वीरगन्जमा विद्यालय बन्द
काठमाडौं । नेपालमा यतिबेला मनसुन पूर्वको समय चलिरहेको छ । तर, मनसुन शुरु हुन सकिरहेको छैन । त्यसकारण देशभरको तापक्रम उच्च दरमा पुगेको छ । शुक्रबार काठमाडौंमा वर्षकै सर्वाधिक तापक्रम पुग्यो । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार काठमाडौंको अत्याधिक तापक्रम ३३.५ डिग्री सेल्सियस मापन भएको छ । शुक्रवार अत्यन्तै गर्मी महशुस गरेका काठमाडौंबासीको… Continue reading तराईमा अत्यासलाग्दो गर्मी, वीरगन्जमा विद्यालय बन्द
दुई दर्जन एकिकृत बस्ती निर्माण हुने
काठमाडौं । अति जोखिमयुक्त बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती निर्माण गर्न सम्भावित २४ स्थान तय गरिएको छ । शहरी विकास मन्त्रालयका अनुसार देशका २४ जिल्लाका एक एक स्थानमा पहिलो चरणमा एकिकृत वस्ती निर्माणको योजना छ । सहरी विकास तथा भवन निर्माण विभागले ०७२ सालमा एकीकृत बस्ती विकास गर्न तत्कालीन पाँचवटै विकास क्षेत्रको प्रारम्भिक अवधारणापत्र बनाएको… Continue reading दुई दर्जन एकिकृत बस्ती निर्माण हुने
चिट्ठा परेको भन्दै इमोबाट लाखौं ठगी
विराटनगर । २५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै इमोमार्फत् ठगी गर्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । मोरङबाट बिहीबार उनीहरुलाई पक्राउ गरिएको हो । विराटनगर महानगरपालिका–११ का २३ वर्षीय निरज मरिक र मोरङको धनपालथान गाउँपालिकाका ३६ वर्षीय श्रवण मलाहा पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनीहरुले पुस १५, २०७५… Continue reading चिट्ठा परेको भन्दै इमोबाट लाखौं ठगी
कारभित्र निदाई रहेका र्यापर माथि ५५ पटक गोली हान्दा
गत फेब्रुअरी ९ तारिख राती आफ्नो कारमा सुतिरहेको अवस्थामा ६ जना प्रहरीले एकै साथ गोली हानी मारेका क्यालिफोर्नियाका र्यापर विली म्याकको हत्यालाई भलेहो सिटी प्रशासनले “उचित” भनेको छ ।क्यालिफोर्निया सान फ्रान्सिस्कोस्थित फाष्ट फुड रेस्टुरेण्ट टाकोबेलको ड्राईभ-थ्रुमा आफ्नै कार भित्र निदाईरहेको अवस्थामा स्थानीय भलेहो शहरका प्रहरीले २० वर्षीय म्याकको कारलाई एक साथ घेरा हाली ३ मिनेट… Continue reading कारभित्र निदाई रहेका र्यापर माथि ५५ पटक गोली हान्दा
कांग्रेस भन्छ : एक महिनामा साढे ३१ हजार कार्यकर्ता थपिए
काठमाडौं । एक महिने राष्ट्रिय जागरण अभियानका दौरान साढे ३१ हजार कार्यकर्ता कांग्रेस बनेको दावि नेपाली कांग्रेसले दावि गरेको छ । अभियान सकेलगत्तै कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त दावि गरेको हो । अभियानका क्रममा दुई हजार हाराहारीमा भेला, सभा तथा अन्तरक्रिया आयोजना भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले सबै जिल्लामा जागरण अभियान… Continue reading कांग्रेस भन्छ : एक महिनामा साढे ३१ हजार कार्यकर्ता थपिए
बाबुराम र उपेन्द्र यादवको दल दर्ता
काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएको छ । यो दल समाजवादी पार्टी नेपालका नाममा बिहीबार दर्ता भएको हो । पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र उपेन्द्र यादव रहेका छन् । दुबै अध्यक्ष पार्टी दर्ताका लागि बिहीबार आयोग पुगेका थिए । एकताअघि नयाँ शक्ति पार्टीको… Continue reading बाबुराम र उपेन्द्र यादवको दल दर्ता
सरकार र मिडियाबीच औपचारिक संवाद शुरु
काठमाडौं । कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेलले बिहीबार विभिन्न संचारमाध्यमका सम्पादकलाई छलफलका लागि बोलाएर सरकार र मिडियाबीच औपचारिक संवाद शुरु गरेका छन् । अहिले सरकार र संचार जगतबीचको सम्बन्ध चिसिएको छ । सरकारले ल्याएको प्रेस काउन्सिल विधेयकविरुद्ध मिडिया अहिले आन्दोलनमा छ । प्रधानमन्त्री केपि शर्मा ओली र संचारमन्त्री गोकुल बास्कोटाले यस आन्दोलनलाई वेवास्ता गर्दै आएका छन्… Continue reading सरकार र मिडियाबीच औपचारिक संवाद शुरु
बढ्यो सार्वजनिक यातायातको भाडा, तर तत्काल लागु नहुने
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । तर, बढेको भाडा तत्काल लागु नहुने भएको छ । असार १ बाटै लागु हुने गरी बिहीबार दिउँसो यातायात व्यवस्था विभागले बढाएको भाडा तत्काल लागु नहुने निर्णय भएको विभागले बिहीबार साँझ जानकारी दिएको छ । विभागका अनुसार नेपाल भर लागु हुने गरी सार्वजनिक यातायातको भाडा अधिकतम १२… Continue reading बढ्यो सार्वजनिक यातायातको भाडा, तर तत्काल लागु नहुने
भारतमा आज शक्तिशाली वायुको चेतावनी, लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो
भारतको गुजरात राज्यमा शक्तिशाली आँधि आउने सम्भावनालाई ध्यानमा राख्दै करीव तीन लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याइएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार बिहीबार बिहानै गुजरातको पोरबन्दरस्थित समुन्द्रमा छालहरु देखिन थालिसकेका छन् । बिहानैदेखि तिब्र गतिमा हावा चलिरहेको र त्यसले कमजोर भौतिक संरचनाहरुमा क्षति पुर्याउन थालिसकेको बताइएको छ । भारतीय मौसम विभागका अनुसार सोमनाथ, पोरबन्दर, राजकोट, देवभूमि,… Continue reading भारतमा आज शक्तिशाली वायुको चेतावनी, लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो
कृषिमा चितवनको फड्को, अब दूधमा आत्मनिर्भर
चितवन । कृषिमा चितवन जिल्लाको निरन्तर फड्को मार्ने क्रम जारी छ । यसअघि पोल्ट्रीमा आत्मनिर्भर घोषित भइसकेको यो जिल्ला अब दूधमा आत्मनिर्भर घोषणा भएको हो । जिल्लामा दैनिक दुई लाख ८९ हजार लिटर दूध उत्पादन हुन थालेको बुधबार आत्मनिर्भर जिल्ला घोषणा कार्यक्रममा जानकारी दिइयो । प्रदेश नम्बर ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री… Continue reading कृषिमा चितवनको फड्को, अब दूधमा आत्मनिर्भर
आफ्नो नामै जुटाउन नसक्ने प्रदेशबाट विकास र समृद्धिको अपेक्षा
काठमाडौं । नेपालमा प्रदेश सरकार गठन भएको डेढ वर्ष नाघिसक्यो । यसबीचमा एउटा पूर्ण बजेट कार्यान्वयन भइसक्यो भने अर्को बजेट बनिरहेको अवस्था छ । तर, यति समय बित्दा पनि कतिपय प्रदेश सरकारले आफ्नो नाम समेत जुटाउन सकिरहेका छैनन् । अहिलेसम्म तीन वटा प्रदेशले आफ्नो नाम राखे । नाममा सहमति गरी पहिलो हुने सरकार कर्णाली हो… Continue reading आफ्नो नामै जुटाउन नसक्ने प्रदेशबाट विकास र समृद्धिको अपेक्षा
नेपालमा कक्षा १२ पास नगरी विदेश पढ्न जान नपाइने
काठमाडौं । सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि दिने गरेको स्वीकृति पत्र (नो अब्जेक्सन लेटर)को प्रावधान परिवर्तन गरेको छ । नयाँ प्रावधान अनुसार अब कक्षा १२ सम्म नेपालमै अनिवार्य शिक्षा लिनुपर्ने प्रावधान ल्याइएको छ । नेपालमा कक्षा १२ पास गरेपछि मात्र विद्यार्थीले विदेश अध्ययन गर्न सरकारको स्वीकृति पाउने भएका छन् । पछिल्लो समय कक्षा… Continue reading नेपालमा कक्षा १२ पास नगरी विदेश पढ्न जान नपाइने
सामाजिक संजालबाट अरुलाई दुख दिने बानी छ ?
काठमाडौं । सामाजिक संजाल (फेसबुक, टुइटर, इन्स्टा, भाइबरलगायत) प्रयोग गरी अरुलाई सताउने बानी छ ? या त्यस्तो काम गर्नेहरुबाट तपाई पिडित हुनुहुन्छ ? अब सामाजिक संजालबाट हुने सबै प्रकारका हानी नोक्सानीमा कारवाही हुने गरी कानून बन्ने भएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन बहुमतबाट पारित गरेको छ ।… Continue reading सामाजिक संजालबाट अरुलाई दुख दिने बानी छ ?
एक सिजनमै सगरमाथा चुचुरोमा पुगे ६ सय ५९ आरोही
काठमाडौं । बसन्त ऋतुमा सगरमाथामा सफल आरोहण गर्ने आरोहीको संख्या ६ सय ५९ पुगेको छ । पर्यटन विभागले बुधबार सार्वजनिक गरेको एकिकृत तथ्यांक अनुसार यस वर्ष सगरमाथा चढ्न ४४ आरोहण दलका ३ सय ८१ र सहयोगी ६ सय ४२ जनाले अनुमति लिएका थिए । त्यसमध्ये २ सय ८१ जना मात्र आरोही चुचुरोमा पुग्न सके ।… Continue reading एक सिजनमै सगरमाथा चुचुरोमा पुगे ६ सय ५९ आरोही
यस्तो छ काठमाडौंको फोहोर राजनीति, वर्षायाममा बिकरालरुप लिंदै
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमा राजनीति हुनु सामान्य कुरा हो । गोकर्ण डम्पिङ साइटदेखि नयाँ ठाउँ बञ्चरेडाँडासम्मको फोहोर व्यवस्थापनमा राजनीति देखिएको छ । सिसडोल र ओखरपौवामा समेत राजनीतिक खिचातानी बेलाबेलामा हुने गरेको छ । राजनीतिक रुपलेनै वर्षायाममा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन समस्यामा पर्छ । यस वर्षपनि त्यस्तै हुनसक्ने फोहोर व्यवस्थापनमा जुटेका नीजि क्षेत्रका कम्पनीले जनाएका… Continue reading यस्तो छ काठमाडौंको फोहोर राजनीति, वर्षायाममा बिकरालरुप लिंदै
नौबिसे-नागढुंगा सुरुङमार्ग बन्दै, ४२ महिनामा निर्माण सकिने
काठमाडौं । राजधानी प्रवेश गर्ने मूख्यद्धार नागढुङगा-नौविसे सडक खण्डमा सुरुङमार्ग निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार असार भित्रै शिलान्यास गरी सुरुङमार्गको काम सुरु गर्ने तयारी छ । सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा\आन्दो जेभीले पाउँदैछ । यो सुरुङमार्गमा जापानले नै ऋण सहयोग गर्दैछ । टेण्डर प्रक्रिया करीव ६… Continue reading नौबिसे-नागढुंगा सुरुङमार्ग बन्दै, ४२ महिनामा निर्माण सकिने
शौखिन प्रधानमन्त्री : बालुवाटारको पुरानो घर भत्काएर अत्याधुनिक बनाउने तयारी
काठमाडौं । सरकारले प्रधानमन्त्री निवास वालुटाटारको वर्तमान संरचना भत्काएर नयाँ बनाउने भएको छ । वर्तमान निवास सही अवस्थामा रहेपनि प्रधानमन्त्री निवास भत्काउन लागिएको हो । करीव ४० करोड खर्चेर वालुवाटारमा दुई नयाँ भवन निर्माण गर्न लागिएको शहरी विकास मन्त्रालयले जानकारी दिएको छ । भवन दुई वर्षभित्र सम्पन्न हुने मन्त्रालयको भनाई छ । वर्तमान निवास, क्षेत्रफलका… Continue reading शौखिन प्रधानमन्त्री : बालुवाटारको पुरानो घर भत्काएर अत्याधुनिक बनाउने तयारी
सगरमाथाको ट्राफिकजामबारे बिबिसीमा प्रधानमन्त्री ओली रक्षात्मक, सचिवालयको तयारी कमजोर
काठमाडौं नेपाल सरकारले हचुवाको भरमा सगरमाथा चढ्ने अनुमती दिँदा यसपाली धेरै आरोहीको निधन भएको बारे प्रधानमन्त्री केपी शर्मा ओली बिबिसी विश्वसेवासँगको अन्तर्वार्तामा रक्षात्मक बन्न पुगेका छन् । युरोप भ्रमणमा गएको ओलीलाई बिबिसीले स्टुडियोमै बोलाएर यसपटकको आरोहण सिजनमा भएको मृत्युको उच्च संख्या बारे प्रश्न गरेको थियो । बिबिसीका प्रस्तोताले किन यति धेरैलाई आरोहण अनुमति दिएको भन्दै… Continue reading सगरमाथाको ट्राफिकजामबारे बिबिसीमा प्रधानमन्त्री ओली रक्षात्मक, सचिवालयको तयारी कमजोर
आफ्नै छोरी बलात्कार गर्ने उपसचिव पक्राउ, नाबालिका बलात्कार गर्ने पूर्वप्रहरी जेलमा
काठमाडौं । मंगलबार मध्यान्ह सार्वजनिक बलात्कारको एक घटनाले धेरैलाई आक्रोशित बनायो । नेपाल सरकारका एक उपसचिव आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा आफ्नै निवासबाट पक्राउ परे । छोरीको परिचय गोप्य राख्न प्रहरीले उनको नाम पनि गोप्य राखेको छ । ४५ वर्षिय ती उपसचिवले आफ्नै १८ वर्षिय छोरीलाई बलात्कार गर्ने गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रशरीले… Continue reading आफ्नै छोरी बलात्कार गर्ने उपसचिव पक्राउ, नाबालिका बलात्कार गर्ने पूर्वप्रहरी जेलमा
नेपाल र मरिससबीच श्रम सम्झौता, कुन क्षेत्रमा जान पाउँछन् नेपाली कामदार ?
काठमाडौं । नेपाल र मरिससबीच मंगलबार श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार स्विट्जरल्यान्डको जेनेभामा मन्त्री गोकर्ण विष्ट र उनका मौरिससका समकक्षीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा भाग लिन यी दुबै मन्त्री जेनेभा पुगेको अवसर पारी विपक्षीय समझदारीमा हस्ताक्षर भएको हो । मन्त्रालयका अनुसार आतिथ्य… Continue reading नेपाल र मरिससबीच श्रम सम्झौता, कुन क्षेत्रमा जान पाउँछन् नेपाली कामदार ?