काठमाडौं । लग्जम्बर्गका विदेश तथा युरोपियन मामिलामन्त्री जेन एसेनबर्न नेपाल आउन लागेका छन् । उनी बुधबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा दुई दिने भ्रमणका सिलसिलामा उनी आउन लागेका हुन् । नेपाल रहँदा उनी बिहीबार प्रधानमनत्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । बुधबार काठमाडौं ओर्लने उनले समकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय… Continue reading लग्जम्बर्गका विदेशमन्त्री नेपाल आउँदै
Category: फिचर
के पत्रकारले अब लाइसेन्स लिनुपर्छ ?
काठमाडौं । अब नयाँ पत्रकारले परिक्षा पास गरी लाइसेन्स लिनुपर्ला ? मिडिया काउन्सिल विधेयकमा यस्तो प्रावधान राखिएको छ । पत्रकारिता पेशामा आउनेका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको हो । सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले यस्तो प्रावधानसहित नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ । समिति सभापति… Continue reading के पत्रकारले अब लाइसेन्स लिनुपर्छ ?
चीनबाट आएका जहाज छुट्टै राखिने
काठमाडौं । अब चीनबाट आएका जहाजलाई छु्ट्टै राखेर यात्रुको व्यवस्थापन गरिने भएको छ । नेपालको छिमेकी मित्रराष्ट चीनमा फैलिएको कोरोना भाइरसका सम्बन्धमा सोमबार पर्यटन मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो । छलफलपछि पर्यटन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा चीनबाट आउने जहाजका लागि छुट्टै व्यवस्थापन गर्न निर्देशन दिए । नेपालभित्र यसको प्रभाव पर्न नदिन प्रधानमन्त्रीज्यूको समुपस्थितिमा आइतबार… Continue reading चीनबाट आएका जहाज छुट्टै राखिने
खाडीबाट भित्रन्छ नेपालमा धेरै रेमिट्यान्स
काठमाडौं । विदेशमा रोजगारीको सिलसिलामा पुगेका नेपालीमध्ये सबैभन्दा धेरै खाडी मुलुकबाट रेमिट्यान्स आउने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यूरोप, अमेरिकालगायत विकसित मुलुकबाट आउने रेमिट्यान्स बढ्न थालेको छ । तर, धेरै रेमिट्यान्स भने खाडी मुलुकबाट प्राप्त भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक अनुसार खाडी मुलुकबाट… Continue reading खाडीबाट भित्रन्छ नेपालमा धेरै रेमिट्यान्स
कांग्रेस मूख्यालयमा विद्यार्थीबीच कुटाकुट
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघका कार्यक्रताबीच कुटाकुट भएको छ । शीर्ष नेताबीच सहमति भएको दुई दिन बित्न नपाउँदै दुई गूटका विद्यार्थीहरुबीच भने केन्द्रिय कार्यालयमा कुटाकुट भएको हो । नेताहरुबीच १४ औं महाधिवेशनको कार्यतालिका संशोधनका विषयमा सहमति भएको थियो । त्यसपछि पहिलोपटक सोमबार केन्द्रिय समिति बैठक बोलाइएको थियो । सहमतिअनुसार बोलाइएको बैठकमा… Continue reading कांग्रेस मूख्यालयमा विद्यार्थीबीच कुटाकुट
प्रिन्सको परोपकारी मन
काठमाडौं राम्रो काम गर्न उमेरले छेक्दैन । अहिलेका प्रख्यात बाल कलाकार ८ बर्षीय प्रिन्स प्रसिद सिंह थापा समाजसेवामा लागेका छन् । उनीबिभिन्न कार्यक्रमहरुमा मोडलिङ्, प्रस्तोता तथा नृत्य गरेर स्वआर्जन गर्छन् । बहुमुखी प्रतिभाका धनी उनले आफ्नो कमाईबाट आएकोपैसा अनि आफ्नो पकेट मनी बचाएर असहाय तथा निम्नआय भएका बालबालिकाहरुलाई न्यानो लुगा बितरण गरेका छन् । मनकारीथापाले… Continue reading प्रिन्सको परोपकारी मन
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम बैशाखपछि
काठमाडौं । राजधानी जोड्ने नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम वैशाखबाट धमाधम शुरु हुने भएको छ । अहिले निर्माण सामग्री, उपकरणलगायत संकलनको काम भइरहेको र बैशाखपछि धमाधाम काम हुरु गर्ने आयोजनाको तयारी रहेको छ । आयोजनाका अनुसार सुरुंग निर्माणको काम जेठबाट शुरु हुने भएको हो । सुरुङ खन्न चाहिने विष्फोटक पदार्थ र उपकरण ल्याउने काम अहिले भइरहेको छ… Continue reading नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम बैशाखपछि
प्रदेश नं दुईको स्थायी राजधानी जनकपुर
जनकपुर । प्रदेश नं दुईको स्थायी राजधानी जनकपुर हुने भएको छ । अहिले अस्थायी राजधानी रहेकै जनकपुरधामलाई स्थायी राजधानी बनाउने सम्बन्धमा सहमति जुटेको हो । प्रदेश दुईको नामाकरण र राजधानी टुङ्गो लगाउने विषयमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा संसदीय विशेष समिति गठन भएको हो । यस समितिमा जनकपुरधामलाई नै स्थायी राजधानी तोक्ने सहमति भएको हो ।… Continue reading प्रदेश नं दुईको स्थायी राजधानी जनकपुर
काठमाडौं आएका एक अमेरिकीमा कोरोनाको आंशका, विमानस्थलबाटै अस्पताल पठाइयो
काठमाडौं । आइतबार नेपाल आइ पुगेका एक अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण रहेको आशंका गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कले चीनबाट नेपाल आएका उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परिक्षणका लागि पठाएको छ । उनी चीन ट्रान्जिट बनाएर नेपाल आएका थिए । विमानस्थलस्थित हेल्थ डेस्क स्रोतका अनुसार नेपाल आउँदाआउँदै… Continue reading काठमाडौं आएका एक अमेरिकीमा कोरोनाको आंशका, विमानस्थलबाटै अस्पताल पठाइयो
मनाङ्गे छुटे, मिलन हिरासतमै
कास्की । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हानेर पक्राउ परेका प्रदेशसभा सदस्य दीपक मनाङ्गे रिहा भएका छन् । उनी ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । मनाङेले झापड हानेका मिलन प्रहरी हिरासतमै रहेका छन् । मूख्यमन्त्री कप फुटबल प्रतियोगिताका विषयमा भएको विवादमा सांसद मनाङ्गेले मिलनलाई गत ७ माघमा झापड हानेका थिए… Continue reading मनाङ्गे छुटे, मिलन हिरासतमै
सभामुख बने अग्नी सापकोटा, निर्विरोध निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा उनी निर्विरोध निर्वाचित भएका छन् । उनी नेकपाका नेता हुन् । सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए । नेम्वाङको प्रस्तावमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद… Continue reading सभामुख बने अग्नी सापकोटा, निर्विरोध निर्वाचित
पर्यटकीय गतिविधि खुम्च्याउँदै चीन
बेइजिंग । चीनले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशभर हुने विभिन्न पर्यटकीय गतिविधि खुम्च्याउने भएको छ । राजधानी बेइजिंगबाट विभिन्न प्रान्तलाई जोड्ने बस बससेवा कटौती गरिदैछ । चीनले सोमबारदेखि सबै प्रकारको पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण तत्कालका लागि रद्द गर्ने निर्णय लिएको हो । यसले अति प्रभवित प्राप्तबाट अन्य स्थानमा कोरोनाको भाइरस नफैलियोस भन्ने… Continue reading पर्यटकीय गतिविधि खुम्च्याउँदै चीन
आज नयाँ सभामुख चुनिने
काठमाडौं । नेकपाका नेता अग्नी सापकोटा आज सभामुख पदमा चयन हुँदैछन् । यो पद असोजयता रिक्त थियो । जसले गर्दा प्रतिनिधिसभाको काम अवरुद्ध भएको छ । तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लागेपछि यो पद रिक्त भएको हो । सभामुख पदमा नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ । नेकपाले जित्ने निश्चित भएकाले… Continue reading आज नयाँ सभामुख चुनिने
सगरमाथा संवादमा भाग लिन भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई नेपालको निम्ता
काठमाडौं । नेपालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नेपालमा निम्ता गरेको छ । नेपालले आगामी चैतमा आयोजना गर्न लागेको सगरमाथा संवादका लागि उनीहरुलाई निम्तो दिएको हो । नेपालले पहिलोपटक ‘सगरमाथा संवाद’ आयोजना गर्दैछ । जलवायु परिवर्तनको असरबारे विश्वमञ्चलाई जानकारी गराउने उद्देश्यले सगरमाथा संवाद आयोजना गर्न लागिएको हो । परराष्ट्र मन्त्री प्रदीप… Continue reading सगरमाथा संवादमा भाग लिन भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई नेपालको निम्ता
कोरोना भाइरसको प्रभाव : विश्वभर चिनियाँ पर्यटकको आवतजावतमा कडाई
काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले मानिसहरुको ज्यान जान थालेसँगै विश्वभर पुग्ने चिनियाँ नागरिकको यात्रा प्रभावित भएको छ । चीन आफैले ११ शहरमा सबै प्रकारका पर्यटकलाई भ्रमणमा रोक लगाएको छ भने संसारभर विमानस्थलमा चिनियाँ नागरिकमाथिको स्वास्थ्य निगरानी कडा बनाइएको छ । खासगरी ठूलो जनसंख्या भएका कारण चीनलाई यात्रामा प्रतिवन्ध लगाउँदा विश्वकै पर्यटन क्षेत्र प्रभावित हुन्छ… Continue reading कोरोना भाइरसको प्रभाव : विश्वभर चिनियाँ पर्यटकको आवतजावतमा कडाई
गृहमन्त्री थापासमेत समेत एमसीसीका प्रावधान संशोधनको पक्षमा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले समेत एमसिसीका केही प्रावधान राष्ट्रको हितमा नभएको बताएका छन् । शनिबार सुर्खेत पुगेका थापाले एमसीसीका केही प्रावधान संशोधनमा जोड दिएका हुन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुईदिने सुरक्षा गोष्ठीमा भाग लिन उनी सुर्खेत पुगेका हुन् । त्यहा पार्टी नेता तथा… Continue reading गृहमन्त्री थापासमेत समेत एमसीसीका प्रावधान संशोधनको पक्षमा
शीर्ष नेताको ७ घण्टा लामो वार्ताले मिलायो कांग्रेस विवाद
काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद सहमतिमा टुंगिएको छ । करीव साढे दुई महिनायता शीर्ष नेतृत्वबीचको पानी बाराबारसम्मको विवाद शुक्रबार करीव ७ घण्टा लामो छलफल र वार्तापछि टुंगिएको हो । सहमति अनुसार अब कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुन ७ मै हुने पक्का भएको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र… Continue reading शीर्ष नेताको ७ घण्टा लामो वार्ताले मिलायो कांग्रेस विवाद
नेपाल एयरलाइन्समा पाइलटको राजिनामा काण्ड
काठमाडौं । शुक्रबार बिहानै एक समाचार नेपाली संचारमाध्यममा भाइरल भयो, ‘नेपाल एयरलाइन्सका २५ पाइलटले एकै साथ राजिनामा दिए, त्यसले अन्तरराष्ट्रिय उडान ठप्प हुने ।’ यो समाचार यस्तो बेला आयो, जहाँ भर्खरै नेपाल एयरलाइन्स नेतृत्वविहिन भएको थियो । सन् २०१९ मा सबैभन्दा धेरै यात्रु बोकेको एयरलाइन्स बन्दै नम्बर वान भएको नेपाल एयरलाइन्समा अचानक के भयो ?… Continue reading नेपाल एयरलाइन्समा पाइलटको राजिनामा काण्ड
‘हाम्रो शहर, हाम्रो भोट’माग गर्दै प्रदर्शन
कल्पना घिमिरे न्यूयोर्क/अमेरिका अमेरिकी नागरिकता नभएपनि कागजपत्र हुनेहरुले नगरपालिकाको निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गर्दै न्यूयोर्कमा प्रदर्शन गरिएको छ । न्यूयोर्क राज्यमा बसोबास गरिरहेका कागजपत्र हुने आप्रवासीहरुले मतदान गर्न पाउनुपर्ने कानुन पारित हुन लागेको अवस्थामा नेपालीहरुले पनि दबाब दिँदै प्रदर्शन गरेका हुन् । नगरपरिषदले उक्त विधेयक पारित गरेपछि नागरिकता नभएका तर कानुनी रुपमा न्युयोर्कमा बस्दै… Continue reading ‘हाम्रो शहर, हाम्रो भोट’माग गर्दै प्रदर्शन
कोरोना भाइरस नेपालमा पनि भेटिएको पुष्टी
काठमाडौं । छिमेकी मुलुक चीनमा महामारीका रुपमा फैलिएको कोराना भाइरस नेपालमा समेत भेटिएको पुष्टी भएको छ । चीनबाट नेपाल आएका विद्यार्थीमा यसको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएको पुष्टी भएको हो । तीन विद्यार्थीको प्रारम्भिक जाँच गरी निश्चित गर्न डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङ पठाइएको थियो ।… Continue reading कोरोना भाइरस नेपालमा पनि भेटिएको पुष्टी
कोरोना भाइरसले महामारी रुप लिँदै, चीनमा मात्र २५ को ज्यान गयो
काठमाडौं । कोरोना भाइरसले चीनमा महामारीका रुप लिएको छ । केही साताअघि मात्र देखा परेको यो भाइरसले अहिलेसम्म २५ जनाको ज्यान गएको छ । संचार माध्यमहरुका अनुसार शुत्रबारसम्म २५ हताहती भएको चिनियाँ सरकारी अधिकारीले सार्वजनिक गरेका छन् । चीनमा मात्र ८ सय ३० व्यक्तिमा यस भाइरसको संक्रमण फैलिएको छ । चीनको नेसनल हेल्थ कमिसनले यस… Continue reading कोरोना भाइरसले महामारी रुप लिँदै, चीनमा मात्र २५ को ज्यान गयो
राष्ट्रियसभा निर्वाचन : १६ पदमा नेकपा, दुई पदमा राजपा विजयी
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन बिहीबार सम्पन्न भएको छ । निर्वाचनमा नेकपाको तर्फबाट उठेका सबै उमेदवारले जितेका छन् । नेकपाले प्रदेश नं २ मा बाहेक अन्यत्र एकल उमेदवारी दिएको थियो । प्रदेश नं २ मा भने राजपासँग मिलेर उमेदवारी दिएको थियो । यहाँ नेकपाको एकल बहुमत थिएन् । सोहीकारण ४ सीटमध्ये २\२ सीट बाँडेका थिए… Continue reading राष्ट्रियसभा निर्वाचन : १६ पदमा नेकपा, दुई पदमा राजपा विजयी
नारायणकाजी बने राष्ट्रियसभा सांसद
काठमाडौं । नेकपाका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सांसद बनेका छन् । उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । बिहीबार सम्पन्न निर्वाचनमा उनी कूल ३४ सय ६२ मतभार प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई हराए । उनी रेग्मीभन्दा १ हजार २ सय १८ मतभारले अगाडी रहे ।… Continue reading नारायणकाजी बने राष्ट्रियसभा सांसद
एनआरएनएसँगको सहकार्यमा १० विमानस्थलको सरसफाई अडिट गरिने
काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँगको सहकार्यमा नेपालका १० विमानस्थलको सरसफाईबारे अडिट गर्ने भएको छ । नेपालका १० ठूला र अति व्यस्त रहने तराई भेगका विमानस्थलमा अहिले भइरहेको सरसफाईको अवस्थाबारे अडिट गरिन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । विमानस्थलहरुमा सरसफाईको मौजुदा अवस्थाबारे एक महिनासम्म स्थलगत अध्ययन गरी जानकारी लिने… Continue reading एनआरएनएसँगको सहकार्यमा १० विमानस्थलको सरसफाई अडिट गरिने
किसानको वक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का
काठमाडौं । सरकारले उखु किसानको पैसा नतिर्ने चिनी मिलको बैक खाता रोक्का गर्ने भएको छ । अन्नपुर्ण सुगर एण्ड जनरल प्रालि, इन्दिरा सुगर एण्ड एग्रो प्रालि र लुम्बिनी चिनी उद्योग प्रालिको बैंक खाता रोक्का गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अन्नपूर्ण र इन्दिरा उद्योगका सञ्चालक राकेश अग्रवाल हुन् ।… Continue reading किसानको वक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का
धादिङमा ग्याङ फाइट, एकको मृत्यु
धादिङ । धादिङमा ग्याङ फाइट भएको छ । युवाको दुई समूहबीच भएको फाइटमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । खनियाँवास गाउँपालिका–४ का २५ वर्षीय सन्तबहादुर तामाङको फाइटमा परी मृत्यु भएको हो । उनी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा केही युवा… Continue reading धादिङमा ग्याङ फाइट, एकको मृत्यु
अमेरिकामा समेत भेटियो कोरोना भाइरस
काठमाडौं । कोरोना भाइरसले चीनमा ६ जनाको निधन भइसकेको छ । यो रोग अब अमेरिकासम्म पुगेको पाइएको छ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको संचारमाध्यमले उल्लेख गरेका छन् । जनवरी १५ मा चीनबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएको छ । रोग नियन्त्रण केन्द्र अमेरिकाका अनुसार ती व्यक्तिको परिचय गोप्य… Continue reading अमेरिकामा समेत भेटियो कोरोना भाइरस
रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन समिति गठन
काठमाडौं । सरकारले मकवानपुरको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा एउटै कोठामा ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन गरेको छ । मंगलबार यस्तो घटना भएको हो । उनीहरुको मृत्युको कारण हिटर बालेर झ्याल ढोका थुनेका कारण निसास्सिएर भएको बताइएको छ । घटनामा रिसोर्टको तर्फबाट के कस्तो कमजोरी भएको हो या होइन ?, रिसोर्टमा मापदण्ड… Continue reading रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन समिति गठन
धादिङमा मिनी ट्रक दूर्घटना, ७ ले गुमाए ज्यान
धादिङ । धादिङको निलकण्ठ नगरपालिका, ८ मा मिनी ट्रक दुर्घटना हुँदा ७ जनाको निधन भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेलाई हलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । ट्रकमा २५ जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलवहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ र… Continue reading धादिङमा मिनी ट्रक दूर्घटना, ७ ले गुमाए ज्यान
दामनको एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीयको मृत्यु
काठमाडौं । भारतको केरेलाबाट नेपाल भ्रमणमा आएका ८ पर्यटकको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा निधन भएको छ । उनीहरु भारतको केरलाबाट १५ जनाको समूहमा आएका थिए । पोखरा, काठमाडौं हुँदै दामनमा बसेर उनीहरु स्वदेश फर्कने क्रममा रहेको बेला यस्तो घटना भएको हो । प्रहरीका अनुसार मंगलबार राती सुतेका उनीहरु एउटै कोठामा थिए । दुई परिवारका बाबु,… Continue reading दामनको एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीयको मृत्यु