ओली र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिने भएका छन् । भारतको नयाँ दिल्लीबाट मोदी र सिंह्दरबारबाट जोडिने ओलीले आज खासगरी दुई परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भारतीय सहयोगमा विराटनगरमा निर्माण भएको एकिकृत भन्सार जाँच चौकी (आइसीपी) आज भारतले नेपाललाई हस्तान्तरण गर्दैछ । करीव ३ वर्ष… Continue reading ओली र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिदै

न्यूयोर्कमा मगरहरुको ‘माघे सक्रान्ती’

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका अमेरिकाको न्यूयोेर्कमा बस्दै आएका मगरहरुले आफ्नो कला र संस्कृति झल्काउँदै माघे सक्रान्ती मनाएका छन् । यसलाई मकर सक्रान्ती पनि भन्ने गरिन्छ । मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा आइतबार मगर समुदायको राष्ट्रिय पर्वको रुपमा रहेको माघे सक्रान्ती मनाइएको हो । हिन्दु परम्परा अनुसार माघ १ गतेलाई माघे सक्रान्तीको रुपमा मनाइदै आएको छ… Continue reading न्यूयोर्कमा मगरहरुको ‘माघे सक्रान्ती’

नेकपाको आचार संहिता : तँ उच्चारण निषेध

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता, कार्यक्रता र सदस्यका लागि ११ बुँदे जारी आचार संहिता सार्वजनिक गरेको छ । यस आचार संहितामा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् । जसअनुसार पारिवारिक महत्वलाई मूख्य स्थानमा राख्न भनिएको छ । सबै सदस्य जुटेर पारिवारिक बैठक गर्नुपर्ने, दिनभर गर्नुपर्ने… Continue reading नेकपाको आचार संहिता : तँ उच्चारण निषेध

२ मार्चदेखि नारिता उड्ने भयो नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारितामा उडानको मिति सार्वजनिक गरेको छ । निगमका अनुसार २ मार्च २०२० बाट निगमको नारिता उडान निश्चित भएको हो । यसअघि निगमले जापानकै ओशाका शहरमा उडान गरिरहेको थियो । अब ओशाका बन्द गरेर निगमले नारितामा उडान बिस्तारको तयारी गरेको छ । यस रुटमा साताको तीन उडान गर्ने निगमको तयारी… Continue reading २ मार्चदेखि नारिता उड्ने भयो नेपाल एयरलाइन्स

अमेरिकाको भर्जिनियामा बन्दुकसम्बन्धी र्‍यालीमा हिँसाको आशंकामा आपत्‌काल घोषणा गरियो

बन्दुक राख्न पाउने अधिकारको समर्थनमा अमेरिकाको भर्जिनिया राज्यको रिचमन्ड शहरमा हजारौँ मानिस सोमवार एउटा वार्षिक र्‍यालीमा सहभागी हुने अपेक्षा गरिएको छ।उक्त र्‍याली हिंसात्मक हुन सक्ने राज्यका अधिकारीहरूको आशङ्का छ। गभर्नर राल्फ नर्थमले भर्जिनियामा आपत्‌कालीन अवस्थाको घोषणा गर्दै संसद्‌ भवन वरिपरिका क्षेत्रमा गोलीगट्ठाको प्रदर्शनमा प्रतिबन्ध लगाएका छन्। तर बन्दुक राख्न पाउने नियम हुँदाहुँदै नियन्त्रण गर्ने कैयौँ… Continue reading अमेरिकाको भर्जिनियामा बन्दुकसम्बन्धी र्‍यालीमा हिँसाको आशंकामा आपत्‌काल घोषणा गरियो

यमनमा ड्रोन हमला, १ सय भन्दा बढी सैनिक मारिए

काठमाडौं । यमनमा सैन्य शिविरस्थित एक मस्जिदमा मिसाइल तथा ड्रोन आक्रमण भएको छ । यसबाट १ सय भन्दा बढी सैनिकको ज्यान गएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । अन्य सयौं यमनी सैनिक घाइते भएको समाचारमा जनाएको छ । आइतबार भएको यस आक्रमणमा हूती विद्रोहिको हात रहेको बताईएको छ । ईरान समर्थित हूती विद्रोही र साउदी… Continue reading यमनमा ड्रोन हमला, १ सय भन्दा बढी सैनिक मारिए

आजबाट नयाँ सभामुख चयन प्रक्रिया शुरु

काठमाडौं । यसअघि तीन पटकसम्म सूचना टाँस गरी स्थगित भएको प्रतिनिभिसभाको बैठक आज बस्दैछ । आजको बैठकले सभामुख चयन प्रक्रिया थाल्ने बताइएको छ । त्यसक्रममा उपसभामुखको राजिनामा समेत आउने छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार मात्र सभामुखका उम्मेदवारको टुंगो लगाएको थियो । अब सभामुख अग्नी सापकोटा बन्दैछन् । पुस ११, १६ र २७… Continue reading आजबाट नयाँ सभामुख चयन प्रक्रिया शुरु

काठमाडौंमा विजुली बसको नाटक, बागमती प्रदेश सरकारले चलाउने

काठमाडौं । काठमाडौं उपत्यकामा भएको ट्रली बस राजनीतिक खिचातानीका कारण अस्ताएको करीव एक दशक पुग्न लागिसक्यो । नेपाल विद्यूत प्राधिकरण भन्छ, नेपाल अब विद्यूतमा आत्मभिर्नर भयो, खपत बढाइदिनुस । तर, विद्यूत खपत बढाउने गरी अगाडी बढेका धेरै योजना भने अलपत्र अवस्थामा छन् । त्यस्तै भएको छ विजुली बसमा समेत । साझा यातायातले ३ सय वटा… Continue reading काठमाडौंमा विजुली बसको नाटक, बागमती प्रदेश सरकारले चलाउने

यूएईमा १ वर्षमै गयो १०३ नेपालीको ज्यान

यूएई । पछिल्लो एक वर्षमा यूइएमा मात्र १ सय ३ जना नेपालीको ज्यान गएको छ । यूएईस्थित नेपाली दूतावासको तथ्यांक अनुसार यसरी ज्यान जानेमा ९९ जना पुरुष छन् भने ४ जना महिला छन् । यस मुलुकमा दूर्घटनाका कारण धेरैले ज्यान गुमाउँछन् । खासगरी तिबै गतिमा सवारी साधन चल्ने भएकाले सानो गल्तीको सजाय नि यहाँ मृत्यु… Continue reading यूएईमा १ वर्षमै गयो १०३ नेपालीको ज्यान

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष खरेलले राजिनामा दिए

काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा गरेका छन् । आइतबार बिहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा पत्र बुझाएर गएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको बलमा दोस्रो पटक कार्यकारी भूमिकामा नेपाल एयरलाइन्स पुगेका हुन् । तर, दुई पटक नै उनी असफल भई राजिनामा दिन बाध्य भए ।… Continue reading नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष खरेलले राजिनामा दिए

अग्नी सापकोटा बन्ने भए नयाँ सभामुख

काठमाडौं । अग्नी सापकोटा नयाँ सभामुख बन्ने भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उनको नाम सिफारिस गरेको हो । यसअघि नेकपाका शीर्ष नेतृत्वले सापकोटाको नाममा सहमति जुटाएको थियो । त्यसपछि सचिवालयले बैठकले औपचारिक रुपमा उनको नाम अनुमोदन गरेको हो । अब सोमबार हुने निर्वाचन प्रक्रियाबाट उनी सभामुख बन्ने भएका छन् । सोमबार नै… Continue reading अग्नी सापकोटा बन्ने भए नयाँ सभामुख

ह्यारी र मेघनको शाही उपाधी खारेज

लण्डन । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघनको शाही उपाधी खारेज भएको छ । अब उनीहरुले हिज–हर रोयल हाइनेस उपाधि प्रयोग गर्न पाउने छैनन् । यसका साथै पब्लिक फन्डका रुपमा प्राप्त हुने रकमको भोगाचलन समेत रोकिएको छ । बेलायती राजदरबारले शनिबार यस्तो घोषणा गरेको हो। राजकुमार दम्पतीले राजखानदानबाट अगल बस्ने निर्णय गर्दै त्यसको जानकारी… Continue reading ह्यारी र मेघनको शाही उपाधी खारेज

विकासमा अवरोध, सोलुमा हवाइ फायर

सोलुखुम्बु । सोलुखुम्बुको तिङ्लामा तनाव भएको छ । शनिबार तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्ने कार्यक्रम विथोलेपछि प्रहरीले हवाई फायर गर्नु परेको छ । प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरी भीड नियन्त्रणमा लिनु परेको थियो । तर, प्रदर्शनकाीले भने दर्जनभन्दा बढी मोटरसाइकल र एउटा गाडीलाई जलाएर ध्वस्त बनाएका छन् । तिङ्लामा निर्माण भएको… Continue reading विकासमा अवरोध, सोलुमा हवाइ फायर

अन्नपूर्ण आधार शिविर जाने बाटोमा आधा दर्जन हिमपहिरो, दर्जनौं व्यक्ति परेको आशंका

पोखरा । अन्नपूर्ण आधार शिविर एबिसी) पदमार्गमामा शुक्रबार गएको हिउँपहिरोमा दर्जनौं व्यक्ति परेको आशंकामा शनिबार पनि खोज तथा उद्दार जारी रहेको छ । प्रहरीका अनुसार शनिबार मात्र करीव २ सय पर्यटक तथा नेपालीलाई सुरक्षित स्थानमा ल्याइएको छ । ६० जना भन्दा बढी पर्यटक तथा नेपाली गाइड र भरिया हराइरहेको आंशका छ । यद्दपी र्संख्या यकिन… Continue reading अन्नपूर्ण आधार शिविर जाने बाटोमा आधा दर्जन हिमपहिरो, दर्जनौं व्यक्ति परेको आशंका

कहिले टुंगिएलान द्वन्द्वकालीन मुद्दा ?

काठमाडौं । १ माघमा टुडिखेलमा आयोजित कार्यक्रममा सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले हरेक पल सामना गर्ने एक पेचिलो आरोपबारे मुख खोले । प्रचण्डलाई १७ हजार मानिस मारेको आरोप लाग्छ । तर, उनले नेतृत्व गरेको माआवादीबाट भएको हत्याभन्दा तेब्बर संख्यामा तत्कालिन सरकारबाछ मानिस मरेका छन । उनले सोही सन्दर्भमा ५ हजारको मात्र जिम्मा आफूले लिने तर… Continue reading कहिले टुंगिएलान द्वन्द्वकालीन मुद्दा ?

७ दिनभित्र पशुपति क्षेत्रका अवैध संरचना हटाउन निर्देशन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले क्षेत्र भित्र निर्माण भएका अवैध संरचना हटाउन अल्टिमेटम दिएको छ । सात दिनको अल्टिमेटम दिएको कोषले उक्त समय भित्र पनि नहटाए आफैले हटाउने चेतावनी समेत दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एक साता अघि कोषको भ्रमण गरी व्यवस्थापनका लागि निर्देशन दिएका थिए । सोही… Continue reading ७ दिनभित्र पशुपति क्षेत्रका अवैध संरचना हटाउन निर्देशन

अन्नपूर्ण पदमार्गमा हिमपहिरो, ९ जना परेको आंशका

पोखरा । अन्नपूर्ण पदमार्ग क्षेत्रमा हिमपहिरो गएको छ । पदमार्गको देउराली नजिकै हिउँ पहिरो गएको र त्यसमा केही पर्यटकसहित नेपाली सहयोग समेत परेको आशंका गरिएको ट्रेकिंग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले जनाएको छ । हिमपहिरोमा केही चिनियाँ र कोरियाली पर्यटक परेको अनुमान छ । हिमपहिरोका कारण ५ जना हराइरहेको पुष्टी टानले गरेको छ । कूल… Continue reading अन्नपूर्ण पदमार्गमा हिमपहिरो, ९ जना परेको आंशका

विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

काठमाडौं । विश्वकै होचा व्यक्तिका नाममा कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उनको शुक्रबार निधन भएको हो । उनी २८ वर्षका थिए । उनलाई परिवारले बिहीबार अस्पतालमा भर्ना गरेका थिए । उनको आइसीयूमा राखेर उपचार गरिएको थियो । अस्पतालले शुक्रबार दिउँसो करिव ३ बजे उनलाई मृत घोषणा गरेको थियो… Continue reading विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

एमसीसीबारे अमेरिकाले दियो १० बुँदै स्पष्टिकरण

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे उठेका विभिन्न प्रश्नबारे प्रष्ट पारेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले यस परियोजनामा सैन्य संलग्नता अमेरिकी कानूनद्धारा नै निषेध भएको जनाएको छ । नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न खेमामा एमसीसी परियोजना इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै व्यापक विरोध भइरहेको छ । यही सन्दर्भमा अमेरिकाले… Continue reading एमसीसीबारे अमेरिकाले दियो १० बुँदै स्पष्टिकरण

आज पनि ओली र प्रचण्ड भेट, खुल्ला सभामुखको गाँठो ?

काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता हुँदैछ । सम्भवतः आज सभामुखको टुंगो लाग्ने नेकपाका नेताहरुले बताएका छन् । बिहीबारको वार्ता सहमति नजिक पुगेको र शुक्रबार सभामुखको टुंगो लाग्ने बताइएको छ । यद्दपी बिहीबार यसबारे ठोस के कुराकानी भयो भन्ने चाही खुलाइएको छैन । प्रतिनिधिसभा ६ माघका लागि बोलाइएको छ… Continue reading आज पनि ओली र प्रचण्ड भेट, खुल्ला सभामुखको गाँठो ?

यूएईमा भयानक बस दूर्घटना, तीन नेपालीसहित ६ जनाको ज्यान गयो

यूएई । यूएईको आबुधाबीमा बिहीबार भयानक बस दूर्घटना भएको छ । दुर्घटनामा परि अहिलेसम्म तीन नेपालीसहित ६ जनाले ज्यान गुमाएका छन् । यूएइस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारी र प्युठानकी भावना कुँवरको ज्यान गएको छ । घरको ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङले समेत दूर्घटनामा ज्यान गुमाएकी छिन् । आवुधावीको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम… Continue reading यूएईमा भयानक बस दूर्घटना, तीन नेपालीसहित ६ जनाको ज्यान गयो

सुनिताले जन्माइन चम्ल्याहा शिशु

पोखरा । पोखराको मणिपाल कलेजमा चम्ल्याहा (चार) बच्चा जन्मिएका छन् । स्याङ्जा, पुतलीबजार १ की २६ वर्षीया सुनिता पौडेल प्रधानको कोखबाट भाग्यमानी चार सन्तानको जन्म भएको हो । ३ छोरी र १ जना छोराको जन्म भएको । चिकित्सकका अनुसार शल्यक्रिया गरी बच्चा जन्माइएको हो । बिहीबार जन्मिएका यी शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको… Continue reading सुनिताले जन्माइन चम्ल्याहा शिशु

त्रिशुलीमा दुई बच्चासहित दम्पत्तीले हाम फाले

प्रतिकात्मक तस्वीर

काठमाडौं । त्रिशुली नदीमा बिहीबार दुई बच्चासहित एक दम्पत्तीले हाम फालेको छन् । यस घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जनालाई बचाउन सकिएको प्रहरीले जनाएको छ । धादिङमा भएको घटनामा दुई नाबालक र एक महिलाको निधन भएको छ र पुरुषलाई भने सकुसल बचाएर प्रहरीले निन्त्रणमा राखेको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार… Continue reading त्रिशुलीमा दुई बच्चासहित दम्पत्तीले हाम फाले

भूकम्प सुरक्षा दिवसकै दिन बझाङमा भूकम्प

काठमाडौं । बझाङमा बिहीबार बिहान भूकम्पको धक्का महसुश गरिएको छ । आज माघ २ भूकम्प सुरक्षा दिवस मनाउने दिनमै पश्चिम नेपालमा भूकम्पको अनुभव गरिएको हो । बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले उल्लेख गरेको छ । भूकम्पको क्षतिबारे भने थाहा… Continue reading भूकम्प सुरक्षा दिवसकै दिन बझाङमा भूकम्प

काभ्रेको जंगलबाट जुवाडे पक्राउ

फाइल तस्वीर

काठमाडौं । काभ्रेमा जंगलबाट जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी गराएको छ । उनीहरु जंगलमा लुकेर तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । बुधबार बेलुका उनीहरुलाई पक्राउ गरिएको र उनीहरुको साथबाट नगद रु एक… Continue reading काभ्रेको जंगलबाट जुवाडे पक्राउ

राजधानीका चोक-चोकमा बल्न थाले ट्राफिक लाइट

काठमाडौं । राजधानी काठमाडौंका सडकमा ट्राफिक लाइट बल्न थालेका छन् । सडक विभाग र महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट बिग्रेका ट्राफिक बत्ति मर्मत तथा नयाँ जडान गरी ट्राफिक लाइट बाल्न सफल भएका हु्न । बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगञ्ज चोक, कालिमाटी, तीनकुने, पद्मोदय चोक, पुतलीसडक, बागबजार, पुरानो बानेश्वर, मित्रपार्कमा ट्राफिक बत्ति बल्न थालेको छ । यसले ट्राफिक… Continue reading राजधानीका चोक-चोकमा बल्न थाले ट्राफिक लाइट

ललितानिवास काण्डका आरोपीको घरमा बम विस्फोट

फाइल तस्वीर

काठमाडौं । बालुवाटारको ललितानिवास जग्गा काण्डका आरोपित मध्ये एक शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । बुधबार साँझ उनको नागार्जुनस्थित घरमा बम विस्फोट भएको प्रहरीले पुष्टी गरेको छ । नागार्जुन, १ नर्सरी चोकमा उनको घर रहेको छ । विस्फोटले घरमा सामान्य क्षति भएको र पार्किङ गरी राखेको गाडीमा समेत सामान्य क्षति भएको बताइएको छ… Continue reading ललितानिवास काण्डका आरोपीको घरमा बम विस्फोट

प्रचण्डले भने : १७ हजार मारेको दोष किन मलाई मात्र ?

काठमाडौं । १० वर्ष लामो सशस्त्र द्वन्द्वमा विद्रोही माओवादीको नेतृत्व गरेका नेकपा अध्यक्ष प्रचण्डले १७ हजार मान्छे मारेर आएको भन्ने तथ्यांकलाई सच्याउन आग्रह गरेका छन् । उनले जनयुद्धका क्रममा भएका नराम्रा कामको जिम्मेवारी लिने भन्दै माओवादीका तर्फबाट मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने बताएका छन् । १२ हजार मानिस हिँजोका राज्य सत्ताले मारेको र… Continue reading प्रचण्डले भने : १७ हजार मारेको दोष किन मलाई मात्र ?

आधा आर्थिक वर्ष सकिदा मात्र १३.७२ प्रतिशत विकास खर्च

काठमाडौं । विकास खर्चका सन्दर्भमा यस पटक पनि सरकार असफल भएको छ । आर्थिक वर्ष २०७६\७७ को आधा समय घर्किएको छ । तर, यसबीचमा मात्र १३.७२ प्रतिशत विकास खर्च सम्भव भएको सरकारी तथ्यांकले देखाएको छ । महालेखा नियन्त्रकको कार्यालयले जारी गरेको आंकडा अनुसार यस बीचमा २५.५१ प्रतिशत बजेट खर्च भएको छ । त्यसमध्ये पूँजिगत खर्च… Continue reading आधा आर्थिक वर्ष सकिदा मात्र १३.७२ प्रतिशत विकास खर्च

नेजाको अधिवेशन तयारीका लागि न्यूयोर्कमा पत्रकार भेला

न्युयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी मे महिनामा न्यूयोर्कमा हुन लागेको सातौं अधिवेशनको तयारीबारे पत्रकारहरुबीच छलफल गरिएको छ । नेजाले आइतबार न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजना गरेको छलफलमा अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा कार्यरत पत्रकारहरु सहभागी भएका थिए । नेजाको सातौं अधिवेशन तथा १४ औं साधारण सभा आगामी मे महिनाको २ र ३ गते हुँदैछ… Continue reading नेजाको अधिवेशन तयारीका लागि न्यूयोर्कमा पत्रकार भेला