लण्डन । विश्व जगतलाई नै स्तब्ध पार्नेगरी १३ अक्टोबरमा लण्डनबाट एक खबर सार्वजनिक भयो । जहाँ एक लरी भित्र ३९ जना मानिसको शव भेटिएको थियो । बेलायतको एसेक्सस्थित ग्रेसमा भेटिएका ती सबै भियतनामी नागरिक रहेको र उनीहरुको परिचय समेत खुलेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । एसेक्स प्रहरीले हुलियाका आधारमा ती नागरिक चिनियाँ रहेको बताएको… Continue reading लरीमा मृत भेटिएका सबै ३९ भियतनामीको सनाखत
Category: फिचर
युवालाई रोजगार दिन सरकारले ऋण लिने
काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न १ सय २० मिलियन डलर (करीव १३ अर्ब ६२ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ । सरकारले विश्वबैंकबाट उक्त रकम ऋण लिन लागेको हो । अघिल्लो आर्थिक वर्षबाट सरकारले बेरोजगारलाई न्युनतम १०० दिनको रोजगारी दिने कार्यक्रम थालेको थियो । पहिलो वर्षको कार्यक्रम भने निकै भद्रगोल भएको… Continue reading युवालाई रोजगार दिन सरकारले ऋण लिने
विदेशी विश्वविद्यालयका कार्यक्रम चलाउने १५ कलेजमाथि कारवाही हुने
काठमाडौं । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा एक लेवल कार्यक्रम चलाइरहेका १५ कलेजमाथि कारवाही हुने भएको छ । खासगरी बैदेशिक कार्यक्रम संचालन गर्न लिएको अनुमति नविकरण नगर्न र धरौटीसमेत नबुझाएका १५ कलेजमाथि नेपाल सरकारले कारवाही गर्न लागेको हो । अब उनीहरुको सम्बन्धन खारेज हुने भएको छ । शिक्षा मन्त्रालयले नवीकरण तथा धरौटी नबुझाइ उच्च शिक्षाका… Continue reading विदेशी विश्वविद्यालयका कार्यक्रम चलाउने १५ कलेजमाथि कारवाही हुने
एउटा पनि अन्तराष्ट्रिय रंगशाला नहुँदा राष्ट्रिय लज्जा, नेपालको होम गेम भूटानमा गर्न प्रस्ताव
काठमाडौं । १२ बैशाख २०७२ भूकम्पले कमजोर बनाएपछि मर्मत थालिएको दशरथ रंगशालाको मर्मतको काम भूकम्पपछिको ४ वर्षसम्म पनि सकिएको छैन । उक्त रंगशालाबाहेक नेपालमा अन्तराष्ट्रिय मापदण्ड पुगेको अर्को रंगशाला पनि छैन । एउटा पनि स्तरीय रंगशाला नहुँदा नेपालले नै राष्ट्रिय लज्जा बेहोर्नु परेको छ । किनकी फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३… Continue reading एउटा पनि अन्तराष्ट्रिय रंगशाला नहुँदा राष्ट्रिय लज्जा, नेपालको होम गेम भूटानमा गर्न प्रस्ताव
नक्सा विवादमा भारतसँग कुराकानी हुन्छ: बास्कोटा, देउवाले राजदूतलाई गरे फोन
काठमाडौं । नेपाल सरकारले नक्सा विवादबारे भारतीय पक्षसँग कूटनीतिक तथा राजनीतिक रुपमै छलफल चलाउने भएको छ । नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गर्दै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि त्यसको नेपालमा व्यापक विरोध भइरहेको छ । यही सन्दर्भमा सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँग कुटनीतिक र राजनीतिक रुपमा कुराकानी हुने बताएका… Continue reading नक्सा विवादमा भारतसँग कुराकानी हुन्छ: बास्कोटा, देउवाले राजदूतलाई गरे फोन
नेपाली महिला पडकास्टरलाई न्युयोर्कमा लिडरशीप अवार्ड
न्युयोर्क न्युयोर्क शहरमा अध्ययनरत एक नेपाली विधार्थीलाई सन् २०१९ को ‘एल. सी. यु. फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप’ प्रदान गरिएको छ । १६० वर्षभन्दा पुरानो इतिहास रहेको द. एल. सी. यु. फण्ड फर वीमन एडुकेशनले बुधबार बरुक कलेजमा अध्ययनरत दिपिका श्रेष्ठलाई आफ्नो पडकास्ट मार्फत अमेरिकामा बस्दै आएका आप्रवासीहरुकालागि सहयोग हुने काम गर्दै आएकाले… Continue reading नेपाली महिला पडकास्टरलाई न्युयोर्कमा लिडरशीप अवार्ड
अब काठमाडौं महानगरमा नयाँ विद्यालय नखुल्ने
काठमाडौं । काठमाडौँ महानगरपालिकाले तत्कालका लागि महानगरभित्र नयाँ विद्यालय सञ्चालनको अनुमति नदिने निर्णय गरेको छ । अहिले चलिरहेका विद्यालयको संख्या नै अधिक रहेको र शिक्षाको गुणस्तर बढाउनु पर्ने आवश्यकता रहेको भन्दै महानगरले तत्काल नयाँ विद्यालय स्थापना तथा संचालनको अनुमति नदिने निर्णय गरेको हो । अहिले काठमाडौंमा औसतः विद्यार्थी संख्याको आधारमा विद्यालय संख्या धेरै छन् ।… Continue reading अब काठमाडौं महानगरमा नयाँ विद्यालय नखुल्ने
अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै
डडेल्धुरा । चिकित्सा शिक्षामा व्यापक सुधारको माग गदै अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रर्दै गएको छ । उनी सोमबारदेखि डडेलधुरा पुगेर एक निजी घरमा अनसन थालेका थिए । यो उनको १७ औं अनसन हो । उनी क्लिनिक रहेकै घरमा अनसन बसेका छन् । यहााँट जिल्ला अस्पताल समेत नजिकै छ । चिसो र कमजोर… Continue reading अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै
उपनिर्वानको मनोनयन आज, तयारी तिब्र
काठमाडौं । आगामी १४ मंसिरका लागि तोकिएको उपनिर्वाचनको तयारी तिब्र पारिएको छ । त्यस दिन हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो । स्थानीय तहमा हुने उपनिर्वाचनको मनोनयन दर्ता २७ कात्तिकका लागि राखिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार १० बजेबाट १ बजेसम्म मनोनयन दर्ता गरिसक्न पर्ने भएको छ । मनोनयन… Continue reading उपनिर्वानको मनोनयन आज, तयारी तिब्र
मध्यावधी निर्वाचनले ट्रम्पलाई धक्का, केन्टकीको गभर्नर गुम्यो, भर्जिनियाको दुबै सदनमा डेमोक्र्याट
न्यूयोर्क मंगलबार अमेरिकाका बिभिन्न राज्यमा सम्पन्न मध्यावधी निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गम्भीर धक्का दिएको छ । रेडस्टेटको परम्परागत छवी बनाएको केन्टकीको गभर्नर डेमोक्र्याट उम्मेद्वारले हत्याएका छन् भने भर्जिनियाको संसदको दुबै सदनमा पहिलोपटक डेमोक्र्याटको बहुमत पुगेको छ । केन्टकीका बहालवाला गभर्नरमा म्याट बेभिनलाई राज्यका महान्याधीवक्ता एवं डेमोक्रेटिक उम्मेद्वार एन्डी बेसेरले अत्यन्त प्रतिश्पर्धात्मक निर्वाचनमा पराजित गरेका हुन्… Continue reading मध्यावधी निर्वाचनले ट्रम्पलाई धक्का, केन्टकीको गभर्नर गुम्यो, भर्जिनियाको दुबै सदनमा डेमोक्र्याट
मेलम्ची पुग्यो संसदीय टोली, के आयो सन्देश ?
काठमाडौं । प्रतिनिधिसभा, विकास समितिको एक टोलीले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गरेको छ । काकाकुल काठमाडौंको तिर्खा मेटाउन दुई दशक अगाडीबाट शुरु भएको यो आयोजनाको कार्यप्रगतिप्रति आम जनताले विश्वास नै गर्न छाडिसकेको बेला समितिको टोली स्थलगत अनुगमनमा पुगेको हो । हालै मेलम्चीको रोकिएको काम पुनः शुरु भएपछि यो आयोजना सम्पन्न हुने विश्वास जागेको छ… Continue reading मेलम्ची पुग्यो संसदीय टोली, के आयो सन्देश ?
भारतले सीमा मिचेकोमा जनताकाे तीब्र बिरोध पछि परराष्ट्रले निकाल्यो ‘झारा टार्ने’ विज्ञप्ति
काठमाडौँ । भारतले पश्चिम नेपालका भूभाग आफ्नो क्षेत्रमा समेटेर नयाँ नक्सा जारी गरेको प्रतिकृया स्वरुप नेपाल सरकारले विज्ञप्ति प्रकाशित गरेको छ । भारतले ५० बर्ष देखि मिच्न कोशिस गर्दै आएको भूभाग अन्नतः आफ्नो क्षेत्रफलमा समेटेर केही दिन अघि नयाँ नक्सा जारी गरेको थियो । पश्चिम नेपालका विवादिद क्षेत्रहरु लिपुलेक र कालापानी भारतले एकपक्षिय रुपले आफ्नो… Continue reading भारतले सीमा मिचेकोमा जनताकाे तीब्र बिरोध पछि परराष्ट्रले निकाल्यो ‘झारा टार्ने’ विज्ञप्ति
नेपाल एयरलाइन्सको आर्थिक स्वास्थ्य सुधारोन्मुख, न्यारोबडीको किस्ता तिर्यो
काठमाडौं । ४० अर्ब भन्दा माथि ऋण बोकेर संचालन भइरहेको नेपाल वायुसेवा निगमको क्रमशः आफ्नो आर्थिक स्वास्थ्यमा सुधार गर्दै गएको छ । निगमले न्यारोबडी जहाजको तीन महिनाको एकमुष्ट किस्ता हालै तिरेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । उनका अनुसार निगमले कूल ३३ करोड रुपैयाँ किस्ता तिरेको हो । कर्मचारी संचायकोषबाट जहाज किन्दा लिएको… Continue reading नेपाल एयरलाइन्सको आर्थिक स्वास्थ्य सुधारोन्मुख, न्यारोबडीको किस्ता तिर्यो
आलमको बयान बुधबार पनि सकिएन, घटना नै नघटेको दाबी
रौतहट । रौतहट बम काण्डका मूख्य आरोपी कांग्रेस सांसद अफताव आलममाथिको बयान बुधबारसमेत जारी रह्यो । बुधबार सम्पन्न नभएको बयान बिहीबारसम्म चल्नेछ । बुधबार उनलाई दुई दर्जन प्रश्न सोधिएको छ । बिहान १० बजेदेखि जिल्ला अदालत रौतहतमा बयान शुरु भएको थियो । न्यायाधीश दीपक ढकालको इजलाशमा आलमलाई प्रश्न सोधिएको थियो । प्रश्नको जवाफमा भने आलमले… Continue reading आलमको बयान बुधबार पनि सकिएन, घटना नै नघटेको दाबी
अमेरिकाले भन्यो नेपाल आतंकबादी संगठनको गतिबिधिका लागि ठुलो अखडा
न्युयोर्क आतङ्कवाद संवन्धि संयुक्त राज्य अमेरिकाको वार्षिक प्रतिवेदनले ‘नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने’ खतरा औँल्याएको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ‘कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८’ मा नेपालबारे पनि चर्चा गरिएको छ। प्रतिवेदनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएका घटनालाई ‘आन्तरिक आतङ्कवादी गतिविधि’को… Continue reading अमेरिकाले भन्यो नेपाल आतंकबादी संगठनको गतिबिधिका लागि ठुलो अखडा
सागमा नेपालको सहभागिता शतप्रतिशत खेलमा, भारतले क्रिकेट नखेल्ने
काठमाडौं । संसारकै उत्कृष्ट टोली मानिने भारतीय क्रिकेट टीमले नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदमा भने सहभागिता नजनाउने भएको छ । सामान्यतया क्षेत्रीय खेलहरुमा दोस्रो, तेस्रो डिभिजनका खेलाडी पठाउने प्रचलन छ । तर, भारतले यस पटक क्रिकेटमा भाग नै नलिने भएको छ । सागमा कूल २७ खेल हुने नेपाल ओलम्पिक कमिटिले जनाएको छ । सागमा… Continue reading सागमा नेपालको सहभागिता शतप्रतिशत खेलमा, भारतले क्रिकेट नखेल्ने
सकियो डीभी भर्ने समय, हजारौं नयाँ पासपोर्ट थपिए
काठमाडौं । सन् २०२१ का लागि डाइभर्सिटी भिसा (डिभी) कार्यक्रममा सहभागी हुन फारम भर्ने समय सकिएको छ । यस वर्षदेखि अमेरिकाले डीभीमा पासपोर्टको विवरण अनिवार्य गरेपछि एक महिनाको अवधिमै हजारौं नयाँ पासपोर्ट थपिएका छन् । एक महिनाको अवधीमा २१ हजार ३ सय ४० जनाले दू्रत गतीमा नयाँ पासपोर्ट निकालेका छन् । यो प्रक्रियाबाट धेरै रकम… Continue reading सकियो डीभी भर्ने समय, हजारौं नयाँ पासपोर्ट थपिए
भारतको नयाँ नक्सा विवादित, नेपालको भूभागलाई भारतमा राखियो
काठमाडौं । भारतको नयाँ नक्सा विवादित बनेको छ । नेपालको ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन भारततर्फ राख्दै नयाँ राजनीतिक नक्सा भारतले सार्वजनिक गरेपछि त्यसले नेपाल र भारतबीचको सीमा विवाद पुनः सतहमा आएको हो । भारतले शनिबार आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । नक्साको विश्लेषण गर्दा नेपालको भूभागसमेत भारतका पारिएको फेला परेको… Continue reading भारतको नयाँ नक्सा विवादित, नेपालको भूभागलाई भारतमा राखियो
भूटानी ग्रामिण भेगमा पुगे विराट र अनुष्का, स्थानीयले चिनेनन्
भूटान । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली आफ्नी जीवनसंगिनी अनुष्का शर्माका साथमा बिदा मनाउन निस्किएका छन् । मंगलबार उनको ३१ औं जन्मोत्सव । यसैक्रममा उनी श्रीमतीका साथ भूटान पुगेका हुन् । भूटान यात्राका केही तस्वीर अनुष्काले सामाजिक संजालमार्फत सार्वजनिक गरेकी छिन् । उनले रमाइलो अनुभव समेत साटेकी छिन् । उनले टुइट गर्र्दै विराट र… Continue reading भूटानी ग्रामिण भेगमा पुगे विराट र अनुष्का, स्थानीयले चिनेनन्
दैलेखमा सफल होला पेट्रोलियम अन्वेषण ?
दैलेख । दैलेख पेट्रेलियम पदार्थको उच्च सम्भावना भएका क्षेत्र मानिन्छ । खासगरी प्राकेतिक ग्यासका कारण बल्ने दियोले यहाँ पेट्रोलियम पदार्थको भण्डार रहेको देखिएको छ । यही सम्भावनालाई अब नेपाल र चीनले संयुक्त रुपमा अन्वेषण गर्ने भएका छन् । नेपाल सरकार र चीन सरकारबीच दैलेखको पेट्रोलियम अन्वेषण गर्ने सम्झौता भएको थियो । पेट्रोलियम पदार्थको सम्भावना देखिएको… Continue reading दैलेखमा सफल होला पेट्रोलियम अन्वेषण ?
देउवाको गृह जिल्ला पुगेर गोविन्द केसीले थाले अनसन
डडेलधुरा । विगतका सहमति सरकारले पालना नगरेको भन्दै डा. गोविन्द केसी अनसनमा बसेका छन् । उनले यस पटक सरकारी निकाय नभई एक सर्वसाधारणको घरलाई छनोट गरेका छन् । पूर्वसहमति कार्यान्वयनको माग गर्दै उनी कांग्रेस सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर अनसन थालेका हुन् । यो उनको १७ औं अनसन हो । उनले सरकारी जागिरबाट… Continue reading देउवाको गृह जिल्ला पुगेर गोविन्द केसीले थाले अनसन
नेपाल र यूइएबीच वार्ता, कामदारको पक्षमा के भयो सहमती ?
नेपाल र यूएईबीच द्धीपक्षीय बैठक राजधानीमा सम्पन्न भएको छ । आइतबारबाट दुई दिनसम्म चलेको बैठकले नेपाली कामदारको पक्षमा महत्वपूर्ण निर्णयहरु गरेको श्रम मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालय स्रोतका अनुसार अब कामदारले म्यानपावरमा लाग्ने सेवा शुल्क, भिसा शुल्क, हवाई टिकट र मेडिकल शुल्क कुनै पनि तिर्नु नपर्ने गरी सहमती भएको छ । यस पटक दुई… Continue reading नेपाल र यूइएबीच वार्ता, कामदारको पक्षमा के भयो सहमती ?
आलमविरुद्ध ३२ वर्षको जेल सजाए माग, मुदा दर्ता
रौतहट । इटा भट्टामा मान्छेलाई जिउँदै जलाउने जघन्य अपराधको अभियोगमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमविरूद्ध जिल्ला अदालत रौटहतमा अभियोग पत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले रौटहत बमकाण्डका प्रमुख आरोपीआलमसहित १० जनाविरूद्ध अभियोग पत्र दर्ता गरेको हा । मूख्य आरोपी आलमसहित दस जनाविरुद्ध भिन्नाभिन्नै तीन कसूरमा अलग-अलग सजाय र एक जनालाई… Continue reading आलमविरुद्ध ३२ वर्षको जेल सजाए माग, मुदा दर्ता
अदालतले महरालाई पठायो जेल, अदालतबाट भावुक मुद्रामा निस्किए
काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । यससँगै महराको सांसद पदसमेत गुमेको छ । अब उनी अन्तिम फैसला नआएसम्म कारागार चलान भएका छन् । सोमबार थुनछेक बहस सकिएपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको… Continue reading अदालतले महरालाई पठायो जेल, अदालतबाट भावुक मुद्रामा निस्किए
सरकारले सातै प्रदेशमा तोक्यो नयाँ प्रमुख
काठमाडौं । सरकारले सातवटै प्रदेशमा प्रमुख नियुक्ति गर्न नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साथै प्रदेशका लागि प्रमुखको नाम नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । आइतबार सरकारले यसअघि नियुक्त सातै जना प्रदेश प्रमुखलाई बर्खात गरेपछि नयाँ नियुक्त गरेको हो । सरकारले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, प्रदेश २… Continue reading सरकारले सातै प्रदेशमा तोक्यो नयाँ प्रमुख
नयाँ प्रदेश प्रमुख आजै नियुक्तीको सम्भावना
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सोमबारका लागि बोलाइएको छ । नेकपा स्रोतका अनुसार सोमबार नयाँ प्रदेश प्रमुखहरुको सिफारिस पार्टीका तर्फबाट हुनेछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । पार्टीले सिफारिस गरेका प्रदेश प्रमुखलाई त्यसपछि बस्ने मन्त्रीपरिषदले नियुक्त गर्ने सम्भावना रहेको बताईको छ । सरकारले आइतबार मात्र सात… Continue reading नयाँ प्रदेश प्रमुख आजै नियुक्तीको सम्भावना
नेपाल र एमसीसी आज भिड्दै, ज्ञानेन्द्रको कप्तानी
काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा आज पहिलो पटक नेपाली क्रिकेट टोली मैदानमा उत्रदैछ । आज नेपाल र अष्ट्रेलियाको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)बीच प्रतिस्पर्धा हुँदैछ । क्लव अहिले नेपाल भ्रमणमा छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल बिआन सवा ९ बजेबाट प्रारम्भ हुँदैछ । आइतबार क्लवले नेपाली जुनियर टोलीलाई हराएको थियो । नेपाली टोली आइतबार… Continue reading नेपाल र एमसीसी आज भिड्दै, ज्ञानेन्द्रको कप्तानी
अब घर किन्दा ७० प्रतिशतसम्म ऋण पाइने
काठमाडौं । पहिलो पटक घर किन्दै गरेका व्यक्तिलाई नेपाल राष्ट्र बैंकले खुसी बनाउने गरी नीति ल्याएको छ । अब कम पैसा भएपनि आफ्नै घरमा बस्ने तपाईको आँटमा बैंकले सजिलै साथ दिनेछ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७६ जारी गरेको छ । जहाँ आवास वा घर कर्जा सम्बन्धमा नयाँ प्रावधान ल्याइएको छ । अब ३०… Continue reading अब घर किन्दा ७० प्रतिशतसम्म ऋण पाइने
सुकुटे बस दूर्घटनामा १७ को निधन, दर्जनौं घाइते
सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दूर्घटनामा पर्दा कम्तिमा १७ जनाले ज्यान गुमाएका छन् । आइतबार साँझसम्म घटनास्थल र अस्पतालमा गरी १७ को ज्यान गइसकेको प्रहरीले जनाएको छ । मृतकमध्ये ७ जनाको सनाखत भएको छ भने अन्यको विवरण संकलन भइरहेको बताइएको छ । १५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको… Continue reading सुकुटे बस दूर्घटनामा १७ को निधन, दर्जनौं घाइते
सातै प्रदेशका प्रमुख बर्खास्त
काठमाडौं । सरकारले सात वटै प्रदेशका प्रमुखलाई एकै साथ हटाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सात वटै प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरी सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले प्रदेश प्रमुख हटाउने निर्णय… Continue reading सातै प्रदेशका प्रमुख बर्खास्त