काठमाडौं । सरकारले चिकित्सकहरुले सरकारले तोकेको परामर्श शुल्क बाहेक अन्य शुल्क २०० प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७’ जारी गरेर चिकित्सकीय परामर्श शुल्क सरकारले तोके बमोजिम र अन्य सेवा शुल्क अस्पतालको नियमित सेवा शुल्कमा बढीमा दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको… Continue reading चिकित्सकले परामर्शबाहेक अन्य शुल्क दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था
Category: फिचर
अमेरिकाको डेनभरमा २४२ यात्रु बोकेको युनाइटेड एयरको जहाज ठूलो दुर्घटनाबाट बच्यो
डेनभर । अमेरिकाको डेनभरमा युनाइटेड एयरलाइन्सको एक जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । आकासमै इन्जिन फेल भई आगो लागेको जहाजलाई पाइलटले कुशलतापूर्वक अवतरण गराए । उनको यो बहादरीका कारण २३१ यात्रु र चालक दलका १० यात्रुको ज्यान बच्न सफल भएको छ । यो घटना शनिबारको हो । २३१ यात्रु र १० जना चालक दलका… Continue reading अमेरिकाको डेनभरमा २४२ यात्रु बोकेको युनाइटेड एयरको जहाज ठूलो दुर्घटनाबाट बच्यो
जलवायु परिवर्तनका मुद्दा विश्वमञ्चमा उठाउन ‘सगरमाथा संवाद’ आयोजनाको तयारी
काठमाडौं । सरकार यो वर्ष पुनः सगरमाथा संवाद आयोजनाको तयारीमा जुटेको छ । यसअघि गत वर्ष भ्रमण वर्ष २०२० अगाडी नै सगरमाथा संवाद आयोजनाको तयारी थियो । तर, कोरोना महामारीले सो वर्ष कार्यक्रम आयोजना हुन सकेन । अघिल्लो वर्ष अप्रिल २ देखि ४ तारिखसम्म सम्मेलनको मिति तय भएको थियो । जलवायु परिवर्तनका मुद्दामा नेपालले नेतृत्व… Continue reading जलवायु परिवर्तनका मुद्दा विश्वमञ्चमा उठाउन ‘सगरमाथा संवाद’ आयोजनाको तयारी
नेपालले किनेको १० लाख डोज कोरोना खोप आज काठमाडौं आउँदै, २३ गतेबाट लगाइने
काठमाडौं । नेपाल सरकारले भारतबाट खरीद गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं ल्याइदैछ । कोभिशिल्ड खोपको पहिलो खेप मध्ये १० लाख डोज आज दिउँसो काठमाडौं ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले भारतबाट २० लाख डोज खोप खरीद गरेको छ । प्रतिडोज ४ डलर खर्च गरेर सरकारले यो खोप किनेको हो । पहिलो… Continue reading नेपालले किनेको १० लाख डोज कोरोना खोप आज काठमाडौं आउँदै, २३ गतेबाट लगाइने
नेपालमा अब १५३५ जना मात्र सक्रिय कोरोना संक्रमित
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दरमा उच्च गतिमा गिरावट आएको छ । यसमा कोरोना परीक्षण घट्नु पनि एक कारण हो । तर, कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा समेत उच्च कमी आएका कारण समग्रमा कोरोना भाइरस नियन्त्रण उन्मुख देखिएको छ । अब देशभर मात्र १५३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडाले देखाएको… Continue reading नेपालमा अब १५३५ जना मात्र सक्रिय कोरोना संक्रमित
अदालतलाई प्रधानमन्त्रीले दिएको दवावप्रति कांग्रेसको कडा आपत्ति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वोच्च अदालतलाई दिएको दवावप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले सामाजिक संजालमा धारणा राख्दै प्रधानमन्त्रीको अभिव्यक्तिले सर्वोच्च अदालतलाई दवाव दिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै सभालाई हेरेर आफ्नो पक्षमा फैसला गर्न आग्रह गरेका थिए ।… Continue reading अदालतलाई प्रधानमन्त्रीले दिएको दवावप्रति कांग्रेसको कडा आपत्ति
विप्लव समुहले दियो वार्तामा आउने संकेत
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जानकारी गराएको छ । शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको उनको भनाई छ । यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण… Continue reading विप्लव समुहले दियो वार्तामा आउने संकेत
सभा र अभिमत हेरेर फैसला गर्न सर्वोच्च अदालतलाई ओलीको आग्रह
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनमा जनताको पक्ष रहेको भन्दै देशभर भइरहेका आफ्नो सभा हेरेरै फैसला आफ्नो पक्षमा आउनु पर्ने धारणा राखेका छन् । सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना समेत गर्न नसकिने उनको भनाई छ । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भनेका सम्मानित सर्वोच्च… Continue reading सभा र अभिमत हेरेर फैसला गर्न सर्वोच्च अदालतलाई ओलीको आग्रह
माउण्ट केटुमा तीन आरोहीको मृत्यु
इस्लामावाद । संसारको दोस्रो अग्लो हिमाल माउण्ट केटू आरोहणमा गएका तीन आरोहीको ज्यान गएको छ । यसको पुष्टी पाकिस्तान सरकारले गरेको छ । फेब्रुअरी महिनाको प्रारम्भ मै आरोहणमा गएका तीन जना वेपत्ता छन् । उनीहरु भेटिने सम्भावना नरहेको भन्दै सरकारले मृत घोषणा गरेको हो । पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलीका जुहाल… Continue reading माउण्ट केटुमा तीन आरोहीको मृत्यु
बहराइन छिर्दा तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने
बहराइन । अब बहराइन छिर्दा तीन पटकसम्म पिसिआर परीक्षण गर्नुपर्ने भएको छ । यो नियम बैदेशिक रोजगारीमा जाने नेपालीको हकमा पनि लागु हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर बहराइन सरकारले आफ्नो मुलुक प्रवेश गर्नेलाई कोरोना परीक्षणको दायरा फराकिलो बनाएको नेपाली दूतावासले उल्लेख गरेको छ । यो नियम २२ फेब्रुअरीबाट लागू… Continue reading बहराइन छिर्दा तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने
नेपालमा ३ लाख ४० हजारले लगाए कोरोना खोप
काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियानको तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउने अभियान आज पुरा हुँदैछ । शुक्रबारसम्म कुल ३ लाख ४० हजार मानिसले कोरोना खोप लगाएका छन् । पछिल्लो पटक यो साता पत्रकार, स्थानीय जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिले छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा… Continue reading नेपालमा ३ लाख ४० हजारले लगाए कोरोना खोप
विश्वकप छनोटमा नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित
काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित भएको एसियाली फुटबल महासङ्घ (एएफसी)ले जनाएको छ । नेपाल र चाइनिज ताइपेईबीच नेपालमा खेल हुने तय भएको थियो । नेपालको दशरथ रङ्गशालामा आगामी मार्च २५ (चैत १२) मा ताइपेईसँग खेल्ने तालिका थियो । कोरोना महामारीले गर्दा हुने अन्तर्राष्ट्रिय यात्रामा भएको… Continue reading विश्वकप छनोटमा नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित
राजकुमार ह्यारी बने मानपदवी मुक्त
लण्डन । बेलायती राजकुमार ह्यारी अब मान पदविमुक्त भएका छन् । यसअघि उनी स्वयमले मानपदवी त्याग गरेको घोषणा गरेका थिए । यद्दपी राजदरवारले यसको औपचारिक निर्णय गरेको थिएन । बेलायती संचारमाध्यमहरुका अनुसार अब महारानीबाट यस बारे निर्णय आएको छ । ह्यारी र मेघन मर्केल अहिले दोस्रो सन्तानलाई जन्मदिने तयारी छन् । उनीहरुले राजदरबार फर्कन अस्विकार… Continue reading राजकुमार ह्यारी बने मानपदवी मुक्त
किन घटिरहेको छ सुनको मूल्य ?
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यले आकास छोइरहेको समयमा सुनको मूल्यमा भने निरन्तर गिरावट आएको छ । कोरोना महामारीमा सुनमा लगानी गरेका लगानीकर्ताले क्रमशः यसबाट बाहिर निस्कन थालेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । यसको प्रभाव नेपाली बजारसम्म परेको छ । अर्कोतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेन गरिब मुलुकका लागि संयुक्त राष्ट्रसंघमार्फत खोप खरीदका… Continue reading किन घटिरहेको छ सुनको मूल्य ?
एनआरएनएले खोल्ने विकास कोषको कम्पनी दर्ता प्रक्रिया शुरु
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा खुल्न लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्ध पत्र नियमावली तथा कम्पनी दर्ता प्रक्रिया शुरु भएको छ । यससम्बन्धी कागजातमा आज हस्ताक्षर भएको छ। काठमाडौंमा उपलब्ध संस्थापकका तर्फबाट शुक्रबार हस्ताक्षर सम्पन्न भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष… Continue reading एनआरएनएले खोल्ने विकास कोषको कम्पनी दर्ता प्रक्रिया शुरु
वैदेशिक व्यापार : नेपालको अमेरिकासँग सबैभन्दा सन्तुलित व्यापार
काठमाडौं । नेपाल उच्च व्यापार घाटा भएको मुलुक हो । नेपालले औसतः १ सय रुपैयाँको व्यापार गर्दा ९२ रुपैयाँ बराबरको आयात गर्छ भने ८ रुपैयाँ बराबरको मात्र निर्यात गर्छ । यसले व्यापार घाटा चुलिएको छ । तर, अमेरिकासँगको व्यापार भने सन्तुलित रहेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७… Continue reading वैदेशिक व्यापार : नेपालको अमेरिकासँग सबैभन्दा सन्तुलित व्यापार
इन्धनको मूल्य बढेपछि वृद्धि भयो हवाई भाडा
काठमाडौं । वायुसेवा संचालकले आन्तरिक उडानमा हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँ दरले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा संचालकहरुसमेत भाडा बढाउने निर्णयमा पुगेका हुन् । बढेको भाडा शनिबारबाट कार्यान्वयनमा आउने भएको छ । वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन… Continue reading इन्धनको मूल्य बढेपछि वृद्धि भयो हवाई भाडा
थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०६१ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ६१पुगेको छ ।
प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त
काठमाडौं । नेपाल सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ । राष्ट्रपति कार्यालयद्वारा जारी एक विज्ञप्तिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा झालाई नियुक्त गरेकी हुन्।मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ । शुक्रबार नै राष्ट्रपतिले प्रदेश प्रमुख तिलक… Continue reading प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त
प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त
काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरिएको जानकारी दिएको हो। मन्त्रिपरिषद्को सिफारिसमा उनलाई हटाइएको राष्ट्रपतिको कार्यलयले जनाएको छ।
असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारको राजनीतिमा आउन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसात्मक गतिविधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्। उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन आग्रह गरे। लोकतन्त्र आइसकेपछि पनि अन्य बाटोबाट अघि बढ्न सकिन्छ भन्ने… Continue reading असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारको राजनीतिमा आउन प्रधानमन्त्री ओलीको आग्रह
बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथीको आज अन्त्येष्टी गरिँदै
बैतडी । बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको आज अन्तिम संस्कार गरिने भएको नेपाली संचारमाध्यमले लेखेका छन् । परिवारले बिहान शव बुझ्ने र त्यसपछि शवयात्रासहित उनको अन्तिम संस्कार गर्ने तयारी छ । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भट्टको हत्या भएको १७ औं दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि परिवारले उनको शव… Continue reading बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथीको आज अन्त्येष्टी गरिँदै
आज ७१ औं प्रजातन्त्र दिवस, करीव ६ सय कैदीबन्दीलाई आममाफी
काठमाडौं । नेपालमा आज ७१ औं प्रजातन्त्र दिवस मनाइँदै छ। २००७ सालको क्रान्ति सफल भएसँगै १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज कै दिन हरेक वर्ष प्रजातन्त्र दिवस मनाउन थालिएको हो । आज प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह संचालन हुन्छ । कार्यक्रममा राष्ट्रपति,… Continue reading आज ७१ औं प्रजातन्त्र दिवस, करीव ६ सय कैदीबन्दीलाई आममाफी
सगरमाथाको कालापत्थरमा हेलिकोप्टर अवतरणमा रोक
काठमाडौं । भारतीय पत्रकार सुधिर चौधरीले अनुमति बीना नै नेपालविरुद्ध कार्यक्रम छायांकन गरेर प्रसारणमा ल्याएपछि सगरमाथा क्षेत्रको कालापत्थरसहितका क्षेत्रमा अब हेलिकोप्टर अवतरणमा रोक लगाइएको छ । अब नियमित उद्धार, सामानको ढुवानी र विशेष परिस्थितिमा सगरमाथा राष्ट्रिय निकुन्जको अनुमति लिएर मात्र हेलिकोप्टर उडान सकिने छ । त्यसबाहेक नियमित रुपमा पर्यटक लगेर भने यो क्षेत्रमा अवतरण गर्न… Continue reading सगरमाथाको कालापत्थरमा हेलिकोप्टर अवतरणमा रोक
नासाको यान मंगल ग्रहमा सफल अवतरण
काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा)को अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । बिबिसीका अनुसार यो यानलाई सात महिनाअघि जमिनबाट पठाइएको थियो । आधा अर्ब किलोमिटर पार गर्दै यान शुक्रबार बिहान मंगल ग्रहमा सफल अवतरण गरेको छ । मंगल ग्रहमा अवतरण गरेसँगै यानबाट एक तस्वीर प्राप्त भएको छ । यो यानलाई ‘पिर्जाभियरेन्स मार्स… Continue reading नासाको यान मंगल ग्रहमा सफल अवतरण
सेनाले सगरमाथासहित ६ हिमालमा सफाई अभियान चलाउने
काठमाडौं । नेपाली सेनाले नेपालका ६ वटा हिमालमा सफाई अभियान चलाउने भएको छ । सफा हिमाल अभियान अन्तर्गत सन् २०२१ मा ६ वटा हिमालबाट फोहोर संकलन गर्ने योजना रहेको सेनाले जनाएको छ । सन् २०१९ मा सगरमाथाबाट ५ टन फोहोर संकलन गरेको सेनाले यसपटक ६ वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्न लागेको जनाएको छ… Continue reading सेनाले सगरमाथासहित ६ हिमालमा सफाई अभियान चलाउने
आईपीएल अक्सनमा बिकेनन् नेपाली लेग स्पीनर सन्दीप लामिछाने
काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा कुनै पनि टोलीको रोजाइमा परेनन् । चेन्नईमा बिहीबार भएको मिनी अक्सनमा सन्दीपलाई कुनै पनि टोलीले किनेनन् । आईपीएलको १४औं संस्करणमा सन्दीपले ४० लाख भारु न्युनतम मूल्य राखेका थिए । तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । गत सिजन… Continue reading आईपीएल अक्सनमा बिकेनन् नेपाली लेग स्पीनर सन्दीप लामिछाने
नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १११ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज
प्रधानमन्त्री ओलीद्वारा अदालतमा लिखित जवाफ पेश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई अदालतको अवहेलनाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न गत माघ १५ गते आदेश जारी गरेको थियो । ‘सर्वोच्च अदालतको मान, सम्मान र मर्यादाका लागि’ आफैँ उपस्थित… Continue reading प्रधानमन्त्री ओलीद्वारा अदालतमा लिखित जवाफ पेश
नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान
काठमाडौं । सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । कारोबारको अन्तिम दिन नेप्सेले २६३६.६८ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि बुधबार नेप्सेले २६११ विन्दु पार गरेको थियो । विहिबार सेयर बजार मापक… Continue reading नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान