काठमाडौं । संसारका १५७ मुलुकमा फैलिसकेको कोरोना भाइरसको संक्रमणबाट चीनको छिमेकी मुलुक नेपाल भने अझै पनि मुक्त छ । संसारका विकसित र गुणस्तरीय स्वास्थ्य संरचना भएका मुलुकमा नराम्रोसँग मानिसहरु मरिरहँदा तुलनात्मक रुपमा कमजोर स्वास्थ्य प्रणाली भएको नेपालमा कोरोनाको संक्रमण नदेखिनुले धेरैलाई आश्चर्यचकित पारेको छ । कतै नेपालको परिक्षण प्रभावकारी नभएर नदेखिएको हो की भन्ने आंशका… Continue reading नेपाल अझै कोरोनामुक्त, सचेतना अपनाउन जोड
Category: फिचर
ज्याक माले अमेरिकामा पठाए सहायता सामग्री
सांघाई । चिनियाँ अर्बपति तथा एसियाका सबैभन्दा धनी व्यक्ति ज्याक माले अमेरिकालाई १० लाख मास्क र पाँच लाख टेस्टिङ किट सहयोग पठाएका छन् । अलिबाबाका संस्थापक माले सोमबार एक टुइटमार्फत उक्त जानकारी गराएका छन् । उनका अनुसार सोमबार बिहान चीनको सांघाईबाट ती सामान चाइना इस्टर्न एयरलायन्सको जहाजमार्फत अमेरिका पठाइएको हो । उनले मास्क र कोरोना… Continue reading ज्याक माले अमेरिकामा पठाए सहायता सामग्री
मेलम्चीमा सुरुङ मार्गमा पानी हालेर परीक्षण गरियो, आयोजना अन्तिम चरणमा
सिन्धुपाल्चोक । राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची आयोजनाको सुरुङ मार्गमा पानी हालेर परीक्षण सम्पन्न भएको छ । सोमबार खानेपानी मन्त्री बिना मगरसहित मेलम्ची विकास समितिका पदाधिकारी सोही प्रयोजनका लागि मेलम्ची पुगेका थिए । मेलम्चीको हेडवर्क्सबाट पानी हालेर सुरुङ मार्गको परीक्षण गरिएको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सोहीकारण संरचनाहरूको परीक्षण शुरु गरिएको हो… Continue reading मेलम्चीमा सुरुङ मार्गमा पानी हालेर परीक्षण गरियो, आयोजना अन्तिम चरणमा
धरहराको १० औं तला ढलान यसै साता
काठमाडौं । पुनर्निर्माण जारी रहेको धरहराको १० औं तला ढलान यसै साता हुने भएको छ । धरहरा निर्माण गरिरहेको जिआइइटिसी-रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार यसै साता धरहराको १० औं तलाको ढलान गर्ने तयारी गरिएको छ । अहिले धरहरा तिब्र गतिमा निर्माण भइरहेको छ । सोमबार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.… Continue reading धरहराको १० औं तला ढलान यसै साता
सरकारले थप्ने भयो २ सय २० आइसीयू बेड
काठमाडौं । सरकारको काठमाडौं उपत्यका र बाहिर गरी कूल २ सय २० आइसीयू बेड थप्ने भएको छ । उपत्यकामा १ सय २० र बाहिर १ सय आईसीयू बेड थप्ने निर्णय सरकारले गरेको छ । उप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय संयन्त्रले काठमाडौंमा आइसीयू बेड थप्न अस्पताल समेत तोकेको छ । कोरोना भाइरस फैलिएमा… Continue reading सरकारले थप्ने भयो २ सय २० आइसीयू बेड
पोर्चुगलमा नेपालीमा देखियो कोरोना, यूएइमा दुई नेपालीमा संक्रमण
काठमाडौं । संसारभर महामारीका रुपमा फैलिएको कोरोना अहिलेसम्म नेपालमा देखिएको छैन । तर, नेपाल बाहिर भने यस भाइरसले नेपालीलाई संक्रमणको शिकार बनाइसकेको छ । पछिल्लो समय यूरोपमा यो भाइरसको फैलावट तिब्र छ । सोही क्रममा पोर्चुगलमा एक नेपाली नागरिकमा कोरोनाको संक्रमण पुष्टी भएको छ । पोर्चुगलमा कृषि मजदूरका रुपमा कार्यरतएक नेपालीमा संक्रमण पुष्टी भएको संचारमाध्यमले… Continue reading पोर्चुगलमा नेपालीमा देखियो कोरोना, यूएइमा दुई नेपालीमा संक्रमण
कतारमा हजारौं नेपाली कामदार क्वारेन्टाइनमा
कतार । कतार सरकारले कोरोनाको संक्तमण फैलन नदिन हजारौं कामदारलाई क्वारेन्टाइनमा राखेको छ । खासगरी संक्रमण देखिएको कम्पनीमा कार्यरत करीव ४ हजार कामदार क्वारेन्टाइनमा रहेको बताइएको छ । यहाँ काम गर्ने करीव २ हजार नेपाली पनि क्वारेन्टाइनमा बस्नु परेको छ । जोखिम क्षेत्रमा पर्ने चार कम्पनीमा कार्यरत कामदार क्वारन्टाइनमा बस्नु परेको हो । कतारले कामदारको… Continue reading कतारमा हजारौं नेपाली कामदार क्वारेन्टाइनमा
इटलीमा कोरोनाले लियो मेयरको ज्यान, १ सय ५७ देशमा फैलियो
रोम। विश्वभर कोरोना भाइरस फैलिने क्रम तीब्र छ । विश्व स्वास्थ्य संठगनका अनुसार आइतबारसम्म कोरोनाले १ सय ५७ देशमा आफ्नो उपस्थिति देखाइसकेको छ । रोगको संक्रमणबाट मर्नेको संख्या ६५ सय नाघिसकेको छ । कोरोना चीनको वुहानबाट ३१ डिसेम्बरमा पहिला पटक देखिएको थियो । तीन महिनाको बीचमा यस रोगले ६ हजार पाँच सय १५ जनाको ज्यान… Continue reading इटलीमा कोरोनाले लियो मेयरको ज्यान, १ सय ५७ देशमा फैलियो
बिहान ९ बजेबाटै स्कूल खोल्ने प्रस्ताव
काठमाडौं । सरकारले बिहान ९ बजेबाटै स्कूल संचालन गर्न प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकामा ट्राफिक जाम व्यवस्थापनको प्रयोजनका लागि स्कूल छिट्टै संचालन गर्ने प्रस्ताव गरेको हो । निजी विद्यालय बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म संचालनको तयारी सरकारले गरेको हो । अहिले कार्यालय समयमै स्कूल पनि संचालन हुने भएकाले… Continue reading बिहान ९ बजेबाटै स्कूल खोल्ने प्रस्ताव
कोरोनाको उपचार गर्न तीन अस्पताल तोकिए, २३५ आइसीयू बेड बन्ने
काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई ध्यानमा राख्दै तयारी तिब्र बनाएको छ । उक्त भाइरसका कारण मानिस संक्रमित भएमा तत्काल उपचारको व्यवस्था गर्न सरकारले २३५ आईसीयू बेड तयार पार्ने घोषणा समेत गरेको छ । कोरोना लागि हालेमा काठमाडौं उपत्यकामा तीन वटा अस्पतालमा उपचार हुने गरी छुट्याइएको छ । आजबाट नेपाल आउने सबै मानिसलाई… Continue reading कोरोनाको उपचार गर्न तीन अस्पताल तोकिए, २३५ आइसीयू बेड बन्ने
भिडियो वार्तामा सार्क मुलुकका नेता, ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ खोल्ने प्रस्ताव
काठमाडौं । कोरोनाले प्रभावित बन्दै गएको सार्क क्षेत्रमा यस संक्रमणविरुद्ध सामूहिक रुपमा लड्न नेताहरु सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा आइतबार सार्क मुलुकका सरकार प्रमुखहरुबीच भिडियो वार्ता सम्पन्न भयो । वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिए । यस भिडियो वार्तामार्फत भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ ‘कोभिड–१९… Continue reading भिडियो वार्तामा सार्क मुलुकका नेता, ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ खोल्ने प्रस्ताव
आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने
काठमाडौं । आजबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबैले क्वारेन्टाइनमा बस्नुपर्छ । अध्यागमन विभागले यसअघि नै यसको सूचना जारी गरिसकेको छ । १५ मार्चदेखि ३० अप्रिलसम्म नेपाल आउने स्वदेशी, विदेशी तथा गैरआवासीय नेपाली सबैले क्वारेन्टाइनमा बस्नु पर्ने भएको हो । कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने… Continue reading आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने
नेपाल र भारतका चार नाकाबाट मात्र आवतजावत गर्न सकिने
काठमाडौं । कोरोना भाइरसको संक्रमणको डरले आजबाट नेपाल र भारतको स्थलमार्गमा समेत कडाई शुरु भएको छ । आजबाट नेपाल भारतका प्रमुुख चार नाका बाहेक सबै नाका बन्द गर्ने निर्णय भएको छ । भारतले नेपालसँगका प्रमुख ४ नाका मात्र खोल्ने निर्णय लिएको हो । वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, धनगढीको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टा नाकामात्र खुला… Continue reading नेपाल र भारतका चार नाकाबाट मात्र आवतजावत गर्न सकिने
यूरोपका मूख्य पर्यटकीय गन्तब्य बन्द, इटलीमा मर्ने १४ सय नाघ्यो
पेरिस । चीनपछि सबैभन्दा प्रभावित यूरोपमा कोराना भाइरसले जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यूरोपका सबैजसो देशले मूख्य पर्यटकीय गन्तब्य बन्द गरेका छन् । फ्रान्स र स्पेनले शनिबार आपतकालिन अवस्थाको घोषणा गरेका छन् । फ्रान्सको इफेल टावर भ्रमणमा रोक लगाइएको छ । कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्यामो गुणात्मक वृद्धि भइरहेको विश्व स्वास्थ्य… Continue reading यूरोपका मूख्य पर्यटकीय गन्तब्य बन्द, इटलीमा मर्ने १४ सय नाघ्यो
आज सार्कका नेताहरु भिडियो वार्तामा जोडिँदै, कोरोना प्रभावबारे छलफल हुने
काठमाडौं । आज सार्क क्षेत्रका सरकार प्रमुखहरु भिडियो वार्तामा जोडिने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क मुलुकका सबै सरकार प्रमुखहरु एक आपसमा भिडियो वार्ता गर्न लागेका हुन् । खासगरी कोरोना भाइरसको संक्रमणबाट बच्न साझा रणनीति बनाउने उद्देश्यले प्रधानमन्त्री मोदीले यस्तो प्रस्ताव गरेका थिए । आइतबार साँझ सार्क क्षेत्रका नेताहरु भिडियो वार्तामा जोडिन… Continue reading आज सार्कका नेताहरु भिडियो वार्तामा जोडिँदै, कोरोना प्रभावबारे छलफल हुने
अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमणको शंकामा जाँच गरियो
न्यूयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई कोरोना भाईरसको संक्रमण भएको शंकाका कारण शुक्रबार साँझ जाँच गरिएको बताएका छन् । राष्ट्रपति ट्रम्पले शनिबार ह्वाईट हाऊसमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । शुक्रबार साँझ राष्ट्रपति ट्रम्प कोरोना संक्रमित भए नभएको पक्का गर्न पठाईए पनि नतिजा भने हालसम्म थाहा नभएको समेत उनले पत्रकार सम्मेलनमा बताएका छन्… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमणको शंकामा जाँच गरियो
कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा
काठमाडौं । प्रहरीले कालोबजारीका लागि हजारौं थान सर्जिकल मास्क थुपार्ने ८ जनालाई पक्राउ गरेको छ । कोरोना भाइरसको त्राससँगै बजारमा सर्जिकल मास्कको अभाव भएको छ । तर, व्यापारीले भने बढी मूल्यमा बिक्रि गर्न यस्तो मास्क लुकाएका छन् । प्रहरीले बढी मूल्यमा मास्क बिक्रि गरेको पाइए तत्काल खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ । शनिबार काठमाडौंको… Continue reading कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा
तामाकोशीको परिक्षण हुने, आयोजना सम्पन्न हुने अन्तिम तयारी
काठमाडौं । लामो समयदेखि प्रतिक्षारत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अब निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको सोमबारदेखि परीक्षण थालिने आयोजनाले जनाएको छ । आयोजनाले एक सूचना प्रकाशित गरी आयोजनाको परिक्षण गर्न लागिएका कारण नदी किनारमा सचेत हुन आह्वान समेत गरिएको छ । यो आयोजनाको कूल भौतिक प्रगति… Continue reading तामाकोशीको परिक्षण हुने, आयोजना सम्पन्न हुने अन्तिम तयारी
इटलीमा मर्ने संख्या १२ सय नाघ्यो, एकै दिन २ सय ५० को ज्यान गयो
रोम । कोरोना त्रास अहिले यूरोपमा डरलाग्दो गरी फैलिएको छ । यसले सबैभन्दा ठूलो प्रभाव इटलीमा पारेको छ । युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । यो संख्या कोरोना भाइरसका कारण एकै दिनमा मानिस मरेको सबैभन्दा धेरै हो । चीनमा साम्य… Continue reading इटलीमा मर्ने संख्या १२ सय नाघ्यो, एकै दिन २ सय ५० को ज्यान गयो
कोरोना त्रास : अमेरिकामा अनिश्चितकालिन संकटकाल
वासिंटन । कोरोनाको त्रासले प्रभावित बन्दै गएको अमेरिकामा संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् । उनले संकटकाल कति समय रहन्छ, त्यो भने खुलाएनन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको… Continue reading कोरोना त्रास : अमेरिकामा अनिश्चितकालिन संकटकाल
‘सम्भोग सिरम’ पद्धती लागु गरे कोरोना निको हुन्छ : डा. अर्टुरो
न्युयोर्क/अमेरिका कोरोना भाईरसको प्रकोपले संसारभर त्रास फैलाईरहँदा अमेरिकाको बाल्टिमोर स्थित जोन हप्किन्स युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले कोरोनाको उपचारमा नयाँ आशा ब्यक्त गरेका छन् । विश्वभर ५ हजार ८ सय ८८ को ज्यान लिइसकेको र ८० हजार मानिस मृत्युसँग पौठाजोरी खेल्न वाध्य पारेको कोरोना संक्रमणको उपचारमा सताप्दी पहिला प्रयोग गरिएको उपचार बिधी अपनाउदा बिरामीलाई बचाउन सकिने बिचार ब्यक्त… Continue reading ‘सम्भोग सिरम’ पद्धती लागु गरे कोरोना निको हुन्छ : डा. अर्टुरो
कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ
काठमाडौं । कोरोनाभाइरसको आशंकामा अस्पताल भर्ना भएका चार नेपालीमा नेगेटिभ नतिजा आएको छ । शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोनाको संक्रमण पुष्टी नभएको टेकु अस्पतालले जनाएको छ । कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई शुक्रबार नै डिस्चार्ज गरिएको छ । उनीहरु कतार, मलेसिया र अमेरिकाबाट नेपाल आएका थिए। उनीहरूमा ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि दुई दिनदेखि टेकुस्थित… Continue reading कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ
औषधी र ग्यास अतिरिक्त किन्न नपर्ने सरकारको स्पष्टिकरण
काठमाडौं । सरकारले औषधी र ग्यासको पर्याप्त मौज्दाद रहेको भन्दै अतिरिक्त किनेर स्टोर नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ । कोरोनाको संक्रमण भित्रने त्रासमा सर्वसाधारणले औषधी र ग्यासको अतिरिक्त भण्डारण गर्न थालेपछि सरकारी निकायले यसरी मौज्दाद घरमा नगर्न सचेत गराएका हुन् । औषधी व्यवस्था विभागले मानिसहरुले आवश्यकता भन्दा बढी औषधी खरिद गरेको देखिएको जानकारी गराएको छ… Continue reading औषधी र ग्यास अतिरिक्त किन्न नपर्ने सरकारको स्पष्टिकरण
नेपाल एयरलाइन्सद्धारा विदेशी गन्तब्यको तालीका हेरफेर, के के भयो परिवर्तन ?
काठमाडौं । नेपाल एयरलाइन्सले विदेशमा गरिरहेको नियमित उडानको तालीका हेरफेर गरेको छ । कतिपय गन्तब्यको उडान कटौती भएको छ भने कतिपय गन्तब्यको उडान रद्द गरिएको छ । कम्पनीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा निर्धारित उडान कटौती भएको छ । दैनिक दुई उडान भइरहेको यस रुटमा अब आइतबारदेखि मात्र एक उडान दैनिक हुने नेपाल एयरलाइन्सले स्पष्ट… Continue reading नेपाल एयरलाइन्सद्धारा विदेशी गन्तब्यको तालीका हेरफेर, के के भयो परिवर्तन ?
कोरोनाबाट मर्नेको संख्या ५ हजार नाघ्यो
काठमाडौं । नोवल कोरोना भाइरसबाट मर्ने मानिसको संख्या ५ हजार नाघेको छ । डिसेम्बर अन्तिम साताबाट फैलिन थालेको यो रोगको संक्रमणले छोटो समयमै हजारौं मानिसको ज्यान लिएको हो । ३१ डिसेम्बरमा चीनको बुहानबाट शुरु भएको भाइरसले शुक्रबार साँझसम्मको तथ्यांक अनुसार ५ हजार ८० जनाको ज्यान गएको छ । यो तथ्यांक ३९ देशमा भएको मृत्युको हो… Continue reading कोरोनाबाट मर्नेको संख्या ५ हजार नाघ्यो
अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री
काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएको १० दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली वालुवाटार फिर्ता भएका छन् । उनलाई त्रिवि शिक्षण अस्पतालले शुक्रबार डिस्चार्ज गरेको हो । अब उनले बालुवाटारमै आराम गर्दा हुने भएको छ । शुक्रबार उनी डिस्चार्ज हुँदा सहयोगीले साथ दिएर उभिएका थिए भने संचारमाध्यमलाई हात हल्लाएर अभिवादन गरेका थिए । अस्पतालबाट… Continue reading अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री
श्रम स्वीकृति अनिश्चित कालका लागि बन्द
काठमाडौं । सरकारले श्रम स्वीकृति बन्द गरेको छ । संसारभर कोरोनाका भाइरसको सन्त्रास बढेसँगै विदेश जाने नेपालीलाई स्वदेशमै रोक्न सरकारले यस्तो नीति लिएको हो । यसअघि बढी संक्रमण भएका र नेपालीलाई प्रवेशमा रोक लगाएका मुलुकमा मात्र रोकिएको श्रम स्वीकृति अब सबै मुलुकका लागि बन्द भएको हो । यसबाट वैदेशिक राजेगारीमा जाने नेपालीको रोजगारी प्रभावित हुने… Continue reading श्रम स्वीकृति अनिश्चित कालका लागि बन्द
गैरआवासीय नेपालीले पाउने अनअराइभल भिसा सुविधा रद्द
काठमाडौं । सरकारले गैरआवासीय नेपाललाई गैरआवासीय नेपाली परिचय पत्रका आधारमा उपलब्ध गराएको अनअराइभल भिसा सुविधा तत्कालका लागि रद्द गरेको छ । कोरोनाको संक्रमण संसारभभर फैलिएसँगै सरकारले गैरआवासीय नेपालीका लागि प्रवेश बिन्दुमा उपलब्ध गराएको भिसा सुविधा बन्द गरेको हो । सरकारको उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । यो सुविधा ३० अप्रिल २०२० सम्म कायम रहने… Continue reading गैरआवासीय नेपालीले पाउने अनअराइभल भिसा सुविधा रद्द
रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य
काठमाडौं । वसन्तु ऋतुका लागि हुने पर्वतारोहणका सबै गतिविधि स्थगित भएका छन् । यसको मतलव अब संसारको चुुचुरो चुम्न आउने हजारौं पर्यटकको सपना यस वर्ष अधुरै रहने भएको हो । यसबाहेक ८ हजार मिटर माथि का हिमाल र साना हिमाल चढ्न समेत पर्यटकको उत्तिकै घुइचो लाग्छ । बसन्तु ऋतु नेपालमा पर्वतारोहणको मूख्य सिजन हो ।… Continue reading रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य
दिल्लीमा स्कूल कलेज बन्द, सिनेमा हल पनि नचल्ने
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारको टाउको दुखाई बनेको छ । ठूलो जनसंख्या भएको भारतमा एकसाथ धेरै जनामा यो भाइरस संक्रमण हुने डरले स्कूल, कलेज तथा सिनेमा हल बन्द गरिएको छ । बिहीबार नयाँ दिल्लीका मुख्यमन्त्री अर्विन्द केजरीवालले मार्च ३१ तारिखसम्मका लागि सबै विद्यालय, कलेज तथा फिल्म हल बन्द गर्ने घोषणा गरे ।… Continue reading दिल्लीमा स्कूल कलेज बन्द, सिनेमा हल पनि नचल्ने