Category: फिचर

  • ‘ढुंगा गिट्टी र वालुवा निकासी गर्ने नीति कार्यान्वयन नगर्नु’

    ‘ढुंगा गिट्टी र वालुवा निकासी गर्ने नीति कार्यान्वयन नगर्नु’

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखेको एक महत्वपूर्ण नीतिको कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ । सरकारले ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने नीति बजेटमा राखेको थियो । यो व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चले शुक्रबार अन्तरिम आदेश गरेको छ।

    शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको संवैधानिक इजलासबाट सो आदेश भएको हो । सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा सो व्यवस्था गरेको थियो । ढुंगा, गिटी र बालुवा निकासी बाट नेपालको चुरे क्षेत्र बढी प्रभावित हुने र यसले नेपालको पर्यावरणमै असर पर्ने भन्दै सरकारको यो नीतिको व्यापक आलोचना भएको हो ।

  • राजदूत बन्न स्नातक नचाहिने सरकारको निर्णय कार्यान्वयनमा सर्वोच्चको रोक

    राजदूत बन्न स्नातक नचाहिने सरकारको निर्णय कार्यान्वयनमा सर्वोच्चको रोक

    काठमाडौं । सरकारले मन्त्री भइसकेको व्यक्तिलाई राजदूत बन्न स्नातक पास हुनु नपर्ने गरि कानूनमा गरेको परिवर्तन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ । यससँगै स्नातक तह पास नगरेका पूर्वमन्त्रीलाई राजदूत नियुक्तिमा रोक लागेको छ । सरकारले गत २५ वैशाखमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरि यस्तो प्रावधान ल्याएको थियो ।

    त्यसविरुद्ध परेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चले राजदूत नियुक्तिको योग्यतामा कसैलाई उपाधि अनिवार्य हुने र मन्त्री भइसकेकालाई अनिवार्य नहुने निर्देशिकाको प्रावधान संविधानको धारा १८ ले प्रत्याभूत गरेको समानताको संवैधानिक बन्दोबस्तको प्रतिकुल भएको ठहर गरेको हो । राज्यको प्रतिनिधित्व गरिने संवैदनशील विषयमा शैक्षिक योग्यतालाई उपेक्षा गर्दा कूटनीतिक क्षेत्रमा गम्भीर र दुरगामी असर पर्ने समेत सर्वोच्चको निष्कर्ष छ ।

  • कांग्रेसले भन्यो : विपक्षी गठबन्धन निरन्तर रहन्छ

    कांग्रेसले भन्यो : विपक्षी गठबन्धन निरन्तर रहन्छ

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संसद विघटन गरेसँगै विपक्षी दल एक भएका थिए । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने निष्कर्षमा समेत कांग्रेस पुगेको हो । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।


    कांग्रेस नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधवकुमार नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धन बनेको छ । यो गठबन्धनले सरकारलाई खबरदारी गर्दै आएको छ ।

    २० चैत २०७७ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापतिको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । सोही अनुसार विपक्षी गठबन्धन बनेको हो । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १४औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ ।

  • नेपालमा थप २७६८ जनामा कोरोना संक्रमण पुष्टी, ४०२० जना संक्रमणमुक्त

    नेपालमा थप २७६८ जनामा कोरोना संक्रमण पुष्टी, ४०२० जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७६८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७५६९ जनाको पीसीआर १९६३ जना ५४६८ जनाको एन्टीजेन परीक्षण गर्दा ८०५ जना गरि २७६८ जनामा संक्रमित पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४०२० जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६८२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ रहेको छ ।

  • गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, पद सुरक्षित

    गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, पद सुरक्षित

    काठमाडौं । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।

    नेपालको संविधान धारा १६८ को ५ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। सोही अनुसार पोखरेलले शुक्रबार विश्वासको मत लिएका थिए ।

    प्रदेश सभामा कायम भएको कुल ५८ सदस्यमध्ये उनले ३१ जना सांसदको मत प्राप्त गरेका छन् । भने उनको विपक्षमा २७ मत परेको थियो ।

    कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी (जसपा) २, राष्ट्रिय जनमोर्चाका २ र एक स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) ले उनको पक्षमा मतदान गरेका थिए । भने एमालेले उनको विपक्षमा मतदान गरेको थियो ।

    उनी २९ जेठमा पोखरेल मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले २७ वैशाखमा मागेको विश्वासको मत पाउन असफल भएपछि पोखरेल २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

  • कर्णालीमा फ्लोर क्रस गरेर मन्त्री बनेका तीन जनालाई राजीनामा दिन एमालेको निर्देशन

    कर्णालीमा फ्लोर क्रस गरेर मन्त्री बनेका तीन जनालाई राजीनामा दिन एमालेको निर्देशन

    काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशका तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ ।

    एमाले कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा सहभागी भएका माधव नेपाल समूहका तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो ।

    बैठकले सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम प्रदेशसभामा एमालेको प्रदेशसभा सदस्यको रुपमा पुनःस्थापित गराउँदासमेत दलीय व्यवस्थाको आचरणविरुद्ध नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारमा रही रहेकाले तत्काल मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गरेको छ । सा

    थै सर्वोच्चबाट पुनःस्थापित चारै जनालाई संसदीय दलको सदस्यको रुपमा भूमिका निर्वाह गर्न पनि निर्देशन दिएको छ ।

    शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा सहभागी भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी कुर्मराज शाही र भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापालाई राजीनामा दिन निर्देशन दिएको हो ।

    नेपाल समूहका सांसदले गत वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । कर्णाली प्रदेशसभामा एमालेका २० (सभामुखसहित), माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।

  • जसपाको यादव-भट्टराई पक्षद्धारा बहुमत हस्ताक्षरसहित निर्वाचन आयोगमा आधिकारिकता दाबी

    जसपाको यादव-भट्टराई पक्षद्धारा बहुमत हस्ताक्षरसहित निर्वाचन आयोगमा आधिकारिकता दाबी

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी पेस गरेको छ ।

    अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरूले आयोगमा पुगेर आधिकारिकता दाबी पेस गरेका हुन् । यादव पक्षका ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षर आयोगलाई बुझाइएको छ ।

    निर्वाचन आयोगको गत आइतबार बसेको बैठकले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई गरेको कारबाहिको सिफारिस कानुनसंगत नभएको भन्दै अद्यावधिक नगर्ने निर्णय गरेको थियो ।

    आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अद्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्ष दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग पुगेको हो ।

    बिहीबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन अन्तर्गत पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो । ५१ सदस्यीय कार्यकारिणीमा यादवसँग ३० सदस्य छन् ।

  • नयाँ राष्ट्रपति छान्न आज इरानमा प्रत्यक्ष मतदान हुँदै

    नयाँ राष्ट्रपति छान्न आज इरानमा प्रत्यक्ष मतदान हुँदै

    तेहरान । ईरानमा नयाँ राष्ट्रपतिको छनोटका लागि आज प्रत्यक्ष निर्वाचना हुँदैछ । नयाँ राष्ट्रपतिको अन्तिम दौडमा कुल कुल चार उमेदवार छन् । उनीहरुमध्ये एक जनाले राष्ट्रपति हसन रूहानीलाई विस्थापित गर्नेछन् । प्रारम्भिक पूर्वानुमानहरुमा रूढ़िवादी शिया मौलवी तथा सर्वोच्च अदालतका मूख्यन्यायाधिश इब्राहिम राईसीको जित्ने सम्भावना बढी छ ।

    राइसीलाई ईरानका केन्द्रिय बैंकका पूर्वगभर्नर अब्दुलनासेर हेमातीले चूनौति दिन सक्ने बताइएको छ । कतिपय असुन्तुष्ट समूहहरुले यहाँ चूनाव वरिष्कार गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार राइसीलाई निर्वाचनमा सहज हुने छ । अमेरिकासँगको परमाणु सम्झौता रद्द भएसँगै इरान अहिले आर्थिक संकटसँग जुधिरहेको छ । यस अवस्थामा सरकारसँग धेरै समुह असन्तुष्ट रहेका छन् ।

    वर्तमान राष्ट्रपति हसन रूहानीको छवि नरम नेताका रुपमा रहेको छ । तर, उनले दुई कार्यकाल पुरा गरिसकेका छन् । अब उनी राष्ट्रपति बन्न सक्दैनन् । यो चुनामा करीव ६ सय जनाले राष्ट्रपतिमा उठ्न नाम टिपाएका थिए । जसमा ४० जना महिला थिए । गार्डियन काउन्सिलले गत महिला ७ पुरुषलाई मात्र योग्य ठानी नाम तय गरेको थियो । इरानमा करीव ६ करोड मानिस मतदानका लागि योग्य छन् । इरानमा करीव ८ करोड जनसंख्या रहेको छ ।

  • जाजरकोटमा गोठालो जाँदा तीन दिनअघि हराएका सात जना अझै भेटिएनन्

    जाजरकोटमा गोठालो जाँदा तीन दिनअघि हराएका सात जना अझै भेटिएनन्

    जाजरकोट । जाजरकोटमा तीन दिन देखि वेपत्ता ७ जना अझै भेटिएका छैनन् । गाईभैँसी र बाख्रा चराउन जाजरकोटको जलजला पाटनमा पुगेका उनीहरु वेपत्ता छन् । तर, प्रतिकुल अवस्थाका कारण खोजि हुन नसकेको बताइएको छ । राससका अनुसार उनीहरू मंगलबारदेखि सम्पर्कविहीन भएका हुन् ।

    कुशे गाउँपालिका औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र ४० वर्षीय कृष्ण रोकाय वेपत्ता छन् । बेपत्ता भएका उनीहरूको खोजीका लागि प्रहरी र स्थानीयलाई घटनास्थलतर्फ गएको छ ।

    तर, लेक लाग्ने समस्याका कारण टोली नपुगिसकेको बताइएको छ । यो टोलीमा रहेका ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का भने सम्पर्कमा आएका छन्।


    जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको अवस्थामा भेटिएको प्रहरीलाई उदृत गर्दै राससले लेखेको छ । बुधबार बिहान घटनाबारे जानकारी आएपछि प्रहरी र स्थानीय घटनास्थलतर्फ लागेका थिए । घटनास्थल पुग्न पाँच घण्टाभन्दा बढी लाग्छ ।

    बेपत्ताको उद्धारका लागि गृह मन्त्रालय, प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गरिएको छ। उद्धार टोली बिरामी पर्नुका साथै पानी, हावाहुरी समेत आएपछि घटनास्थल पुग्न नसकिएको हो । पाटन समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छ।

  • सरकारमा गएका ९ मन्त्रीलाई पार्टीबाट हटाउने जसपाको निर्णय

    सरकारमा गएका ९ मन्त्रीलाई पार्टीबाट हटाउने जसपाको निर्णय

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले ओली नेतृत्वको सरकारमा सहभागी ९ मन्त्रीलाई कारवाही गरि पार्टीबाट निकाल्ने भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो । उप्रधानमन्त्रीसहित ९ मन्त्रालय लिएर महन्त ठाकुर पक्ष सरकारमा गएको छ । यो शक्ति वर्तमान सरकारमा सबैभन्दा ठूलो हिस्सा समेत बनेको छ ।

    यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । बिहीबार बसेको बैठकले सरकारमा सहभागी बाँकी नेतालाई समेत निकाल्ने निर्णय लिएको हो । बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    उनीहरुले मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएका छन् । पार्टीभित्रको विवादबारे पुनः निर्वाचन आयोगमा फेरी जाने निर्णय जसपाले गरेको छ । आयोगले यो पार्टीमा दुबै पक्षको दाविलाई मान्यता दिएको छैन ।

  • मेलम्ची बाढीमा हराएका मध्ये दुई चिनियाँ र एक भारतीयको शव फेला, अझै १७ वेपत्ता

    मेलम्ची बाढीमा हराएका मध्ये दुई चिनियाँ र एक भारतीयको शव फेला, अझै १७ वेपत्ता

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी र पहिरोमा परी हराइरहेका मध्ये बिहीबार दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको छ । उनीहरु मेलम्ची खानेपानी आयोजनामा काम गर्ने मजदुर हुन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार यो घटनामा अझै १७ जना वेपत्ता छन् । ७ जनाको भने बुधबार शव फेला परेको थियो ।

    हराएका मध्ये ४ जना मेलम्ची खानेपानी आयोजनामा काम गर्ने कामदार हुन् । बिहीबार चिनियाँ नागरिक गोङ टियान छियो, युचिझ र भारतीय नागरिक कमल लोचनको शव फेला परेको छ । उनीहरुको शव सिन्धुलीमा फेला परेको हो । मेलम्ची खोलामा आएको विनासकारी बाढीले सिन्धुपाल्चोकमा ठूलो धनजनको क्षति गरेको हो ।

  • देउवा र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त नगर्नुको कारणबारे सर्वोच्चलाई राष्ट्रपतिको जवाफ

    देउवा र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त नगर्नुको कारणबारे सर्वोच्चलाई राष्ट्रपतिको जवाफ

    काठमाडौं । राष्ट्रपति कार्यालयले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेको सम्बन्धमा सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएको छ । देउवासहित एक सय ४६ जनाले प्रतिनिधि सभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश माग गर्दै दिएको रिटमा सर्वोच्चले सात दिनभित्र लिखित जवाफ माग गरेको थियो ।

    आज प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालय दुबैबाट सर्वोच्चमा लिखित जवाफ पेश भएको छ । कार्यालयले कांग्रेस सभापति देउवाले दाबी प्रस्तुत गर्दा दुई दलको मात्र समर्थन पत्र पेस भएको कारण उल्लेख छ । अरू दल नभएको, हस्ताक्षरको सिलसिला नमिलेको र कतिपय सांसदको दलीय हैसियत नखुलेको समेत राष्ट्रपतिको कार्यालयको तर्क छ ।

    उता, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई समर्थन हुने भनी पेस गरेका दलका सदस्यले अर्का दाबीकर्तालाई समर्थन गरेको देखिएको कार्यालयले जनाएको छ । दुवै दाबी राजनीतिक दलको मान्यता एवम् दलका सदस्यले पालना गर्नुपर्ने अनुशासन तथा राजनीतिक नैतिकता अनुकूल नदेखिएको कार्यालयको भनाई छ । यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ ।

  • भारतको कुम्भ मेलामा सहभागी १ लाख मानिसलाई नक्कली पिसिआर रिर्पोट दिएको खुलासा

    भारतको कुम्भ मेलामा सहभागी १ लाख मानिसलाई नक्कली पिसिआर रिर्पोट दिएको खुलासा

    हरिद्वार । भारतको उत्तराखण्ड राज्यमा निजी प्रयोगशालामा कोभिड परीक्षणको नक्कली प्रतिवेदन दिने गरेको खुलासा भएको छ । सोहीकारण महामारी फैलनमा सहयोग पुगेको आरोपबारेृ त्यहाँको सरकारले छानबिन शुरु गरेको छ । हरिद्वारमा गत अप्रिल महिनामा कुम्भमेला आयोजना भएको थियो ।

    यो मेलामा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति समेत सहभागी भएका थिए । उनीहरु नेपाल आएपछि कोरोना पुष्टी भएको थियो । हरिद्धारमा एक लाख वटाभन्दा बढी परीक्षणमा नक्कली नाम, मोबाइल नम्बर र ठेगाना उल्लेख भएको पाइएको हो । बीबीसीका अनुसार राज्य सरकारले मेलामा सहभागी हुन गएका मानिसको परीक्षण गर्न निजी प्रयोगशालालाई जिम्मा दिएको थियो।

    कोभिड महामारीको दोस्रो लहर सुरु भएको बेला उक्त मेला आयोजना गर्न दिएको भन्दै उत्तराखण्ड सरकारको चर्को आलोचना भएको थियो। विभिन्न राज्यबाट प्राप्त विवरणअनुसार हरिद्वारबाट फर्किएका धेरै मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। कुम्भमेलामा ९० लाख भन्दा बढी मानिस सहभागी भएको अनुमान छ ।

  • विश्व बैंकले नेपाललाई दिने भयो १७ अर्ब ७८ करोड ऋण

    विश्व बैंकले नेपाललाई दिने भयो १७ अर्ब ७८ करोड ऋण

    काठमाडौं । कोरोना भाइरसको महामारीबाट थला परेको अर्थतन्त्र उकास्न विश्व बैंकले नेपाललाई करीव १८ अर्ब रुपैयाँ (१५ करोड डलर) ऋण सहयोग गर्ने भएको छ । कोभिड महामारीबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई उक्त रकम बराबरको ऋण स्वीकृत गरेको विश्व बैंकले जनाएको छ । विश्व बैंकको बोर्ड बैठकबाट उक्त प्रस्ताव स्वीकृत भएको हो ।

    कोभिड महामारीको पुनरुत्थान, जोखिमपूर्ण वर्गको सुरक्षा तथा दिगो विकासको प्रयोजनमा खर्च हुने विश्व बैंकले जनाएको छ । यसका माध्यमबाट नेपालको सामाजिक तथा आर्थिक पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा विश्व बैंकको छ । विश्व बैंकले पछिल्लो दिनमा नेपालमा सहायता बढाएको छ ।

  • नेपालमा थप २६०७ जनामा कोरोना संक्रमण पुष्टी, २१४१ जना संक्रमणमुक्त

    नेपालमा थप २६०७ जनामा कोरोना संक्रमण पुष्टी, २१४१ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६०७ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७१७१ जनाको पीसीआर १७६८ जना जना ४७७३ जनाको एन्टीजेन परीक्षण गर्दा ८३९ जना गरि २६०७ जनामा संक्रमित पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१४१ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ६१७२५ रहेको छ ।

  • नेपालमा पछिल्लो २४ घण्टामा ३९ जना कोरोना संक्रमितको निधन

    नेपालमा पछिल्लो २४ घण्टामा ३९ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ३९ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३९ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५९७ पुगेको छ।

  • नेपाली सेयर बजारको कारोबार रकममा भारी गिरावट,एकैदिन साढे ४ अर्ब घट्यो

    नेपाली सेयर बजारको कारोबार रकममा भारी गिरावट,एकैदिन साढे ४ अर्ब घट्यो

    काठमाडौं । सेयर कारोबार रकममा भारी गिरावट आएको छ । सूचकमा ठूलो गिरावट नआए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको हो ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब साढे ४ अर्बले घटेर करिब ११ अर्बम सीमित भएको छ । महँगोमा सेयर किनेका लगानीकर्ता सम्हालिँदा सूचकमा भने ठूलो गिरावट नआएको हो ।

    मंगलबार नेपाल धितोपत्र बोर्डको लगानीका लागि जोखिमपूर्ण भन्दै ५१ कम्पनीको नामावली सार्वजनिक गरेपछि हिजो एकै दिन नेप्से ५२ अंकले घटेको थियो । आज सूचक थामिए पनि कारोबार रकम झन्डै एकतिहाइले घटेको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से १.३० अंकले घटेर २९६८.४२ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको १० अर्ब ९० करोड ५८ लाख रुपैयाँ बढीको २ करोड ३ लाख ६५ हजार बढी कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक समूहकोे परिसूचक सबैभन्दा धेरै २.०१ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स १.२१ प्रतिशतले घटेको छ ।

    आज कारोबारमा आएका २२३ कम्पनीमध्ये ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ७७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल हाइड्रो ३० करोड र नेपाल इन्स्योरेन्स २७ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    घट्दो बजारमा आज खानीखोला हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ७.४२ प्रतिशत कमाएका छन् । यस्तै, नेपाल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र सोल्टी होटलका सेयरधनीले ५ प्रतिशत बढी कमाएका छन् ।

    झिनो अंकले घटेको बजारमा सीईडीबी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ६.५५ प्रतिशत गुमाएका छन् । यस्तै, छ्याङ्दी हाइड्रोपावर, ङादी ग्रुप र माउन्टेन इनर्जीका सेयरधनीले ३ प्रतिशत बढी गुमाएका छन् ।

  • चीनबाट ४० लाख डोज  खोप किन्ने सरकारको तयारी

    चीनबाट ४० लाख डोज खोप किन्ने सरकारको तयारी

    काठमाडौं । सरकारले चीनबाट तत्काल ४० लाख डोज खोप खरीद गरि ल्याउने तयारी शुरु गरेको छ । बुधबार बसेको कोभिड–१९ व्यवस्थापन निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रक्रिया तत्काल शुरु गरि साउनदेखि खोप लगाउन शुरु गर्ने तयारी सरकारको छ । यसअघि भारतबाट खरीद गरिएको खोप नआएका कारण १४ लाख भन्दा बढी जेष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् ।

    भारत आफै कोरोनाको चपेटामा परेपछि खोप ल्याउने काम प्रभावित भएको हो । चीनबाट भने अनुदानमा १८ लाख डोज खोप आइसकेको छ । अब ४० लाख खोप तत्काल ल्याएर जोखिमपूर्ण र प्राथमिकतामा रहेका नागरिकलाई लगाउने तयारी सरकारले गरेको हो । खोप ल्याउन असफल भएको भन्दै सरकारको व्यापक आलोचना भइरहेको छ ।

    यसबीचका सबै प्रयास असफल भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुसमै तीन महिना भित्रै सबै नागरिकलाई खोप लगाउने घोषणा गरेका थिए । तर, त्यस अनुसार काम भएन । जसले गर्दा कोरोना भाइरसको दोस्रो लहरमा बढी मानिसले ज्यान गुमाउनु परेको छ ।

  • पुटीन र बाइडेनबीचको  बार्तामा के के भए उपलब्धी ?

    पुटीन र बाइडेनबीचको बार्तामा के के भए उपलब्धी ?

    जेनेभा । अमेरिका र रुसी राष्ट्रपतिबीच जेनेभामा करीव ३ घण्टा वार्ता भयो । सम्बन्ध चिसिएको बेला भएको यो वार्तालाई विश्वभरबाट चासोका साथ हेरिएको थियो । बीबीसीका अनुसार सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न भने सकेन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बढाइचढाइ नगरी फरक मत प्रस्तुत गरिएको बताएका छन् । रुसले नयाँ शीतयुद्ध नचाहेको उनको भनाई छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटीनले बाइडेन अनुभवी राजनेता भएको बताउँदै धेरै विषयमा समान धारणा बनेको बताए । रुसी नेताका लागि बाइडेनले आफूलाई मनपर्ने एभिएटर चस्मा उपहार स्वरूप लिएर गएको समाचारमा उल्लेख छ । पुटीनले बाइडेनलाई उपहार दिए वा दिएनन् भन्ने खुलेको छैन । सन् २०१८ मा हेलसिन्कीमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्दा उनले फुटबल उपहार दिएको समेत बीबीसीले लेखेको छ ।

    दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएका छन्। उनीहरूले एक अर्काका देशमा राजदूतहरू पठाउने पनि निर्णय गर्ने छन्। सन् २०२० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुवै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए।

  • बाढीमा हराइरहेका मेलम्ची खानेपानी आयोजनाका ८ मजदुर अझै भेटिएनन्

    बाढीमा हराइरहेका मेलम्ची खानेपानी आयोजनाका ८ मजदुर अझै भेटिएनन्

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा काम गरिरहेका ८ जना मजदुर वेपत्ता छन् । मंगलबार साँझबाट आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र प्रभावित भएको छ । यो विपत्तीमा करीव दुई दर्जन मानिस हराइरहेको आंशका छ । यसमा मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ८ जना मजदुर रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका अनुसार आयोजनामा काम गर्ने ३ चिनियाँ, ३ भारतीय र २ नेपाली कामदार सम्पर्कविहीन छन् ।

    आयोजनाका ७६ जनालाई भने बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ । उद्धार गरेका सबैको स्वास्थ्य अवस्था सामान्य छ । उद्धार पछि मजदुरहरुलाई काठमाडौं र धुलिखेल ल्याइएको छ। सम्पर्कमा आउन बाँकी रहेका कामदारहरूको खोजी भइरहेको छ ।

    आयोजनाको हेडवर्क्स नजिकैको क्याम्पसाइट बाढीले बगाएपछि मंगलबार रातिदेखि नै प्रहरी, प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरु खोजीमा जुटेका हुन् । बाढीले आयोजनाका क्याम्पहरू, उपकरण, निर्माण सामग्री, पहुँच सडक, पुल भने बगाएर क्षति पुर्याएको छ ।

  • साउदी, मलेसियासहित आधा दर्जन मुलुकमा हवाई उडान प्रतिवन्ध खुल्ने

    साउदी, मलेसियासहित आधा दर्जन मुलुकमा हवाई उडान प्रतिवन्ध खुल्ने

    काठमाडौं । नेपालले कोरोना भाइरसको महामारी बढेसँगै बन्द गरेको हवाई उडान गन्तब्य तोकेको खोल्ने भएको छ । यसअघि कतार, टर्की, चीन र भारतमा उडान खोलेको सरकारले अब साउदी अरेबिया, मलेसिया, जापानसहितका मुलुकमा उडान खोल्ने निर्णय गरेको हो । यो निर्णय आगामी साताबाट मात्र कार्यान्वयनमा आउने छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    समितिमा प्रधानमन्त्री अध्यक्ष रहने प्रावधान रहेको छ । लामो समयदेखि उडान नखुल्दा यी मुलुकमा जाने र त्यहाँबाट फर्कने नेपालीहरु प्रभावित भएका छन् । उडान खुलेका देशबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान सुचारु गरिने भएको छ । यसबारे विस्तृतमा निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

  • प्राकृतिक विपत्तिसँग लड्न सबै संयन्त्र ‘हाई अलर्ट’मा रहन गृहको निर्देशन

    प्राकृतिक विपत्तिसँग लड्न सबै संयन्त्र ‘हाई अलर्ट’मा रहन गृहको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले मनसुनका दौरान आउन सक्ने बाढी पहिरो र डुवानको समस्याका कारण उच्च सतर्कतामा रहन आफ्नो मातहतका सबै निकायलाई निर्देशन दिएको छ । उच्च जोखिममा रहेका बस्तीमा आवश्यक सतकर्ता अपनाउन समेत गृहले सम्वन्धित जिल्ला प्रशासन कार्यालयलाई सचेत गराएको छ ।

    विभिन्न नदी किनारा, खोला, खहरे तथा खोल्सा नजिकका वस्तीहरु बाढीपहिरो र डुवानको उच्च जोखिममा रहेको भन्दै गृहले वस्तीमा सम्भावित विपद् सम्वन्धी पूर्वसूचना ‘हाइ अलर्ट’ गर्न निर्देशन दिएको हो ।

    डुबान हुने, बाढीपहिरो आउने र खोल्सा नजिकको बस्ती भासिने समस्या देखिने भन्दै गृहले जोखिममा रहेका वस्ती सार्न समेत निर्देशन दिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय प्रमुखलाई सम्भावित मनसुन जन्य जोखिमबाट जोगिन उच्च सतर्कता अपनाउन भनेको छ ।

    सो क्रममा आवश्यक सूचना तथा सुुरक्षा, उद्धार तथा उपचार, राहत र पुनस्र्थापना कार्य तयारी थाल्न समेत गृहले निर्देशन दिएको छ । पश्चिम नेपालको सुर्खेत, मध्यपश्चिमा पोखरा, काठमाडौँ, तराई मधेशको जनकपुर र विराटनगर गरी पाँचस्थानमा हेलिकप्टर सहितको उद्धार टोली खटिएको बताइएको छ ।

  • रुस र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

    रुस र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

    जेनेभा । रुस र अमेरिकी राष्ट्रपतिबीच पहिलो पटक आमनेसामने भेटवार्ता भएको छ । जी सेभेन बैठकका दौरान यूरोप भ्रमणमा पुगेका दुबै नेताबीच जेनेभामा भेटवार्ता भएको हो । रुसी राष्ट्रपति व्लादिमीर पुटीन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको हो ।

    बाइडेनले पुटीनमाथि आफुलाई हराउन भूमिका खेलेको आरोप लगाइरहेका छन् । यी दुई नेताबीचको भेटमा रूसी राष्ट्रपतिले पहिले हात दिएका थिए । त्यसपछि बाइडेन एक कदम अगाडी बढेर हात मिलाए ।

    त्यसपछि दुबैले क्यामरामा आफ्नो पोज दिएका थिए । रूसी राष्ट्रपति व्लादिमीर पुटीन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटलाई संचारमाध्यमले निकै चासोका साथ हेरेका छन् । उनीहरुबीचको कुराकानीको विवरण भने सार्वजनिक भइसकेको छैन ।

    पुटीनका विरोधी एलेक्सी नवेलनीलाई जेलमा राखेको विषयमा अमेरिकाले कडा टिप्पणी गर्दै आएको छ । अमेरिका र रुसबीचको सम्बन्ध चिसिएको समयमा भएको भेटले महत्वपूर्ण सम्बन्ध सुधार हुने अपेक्षा विश्लेषकहरुले गरेका छन् ।

  • नेपालले सिधै एसियाकप छनोटको तेस्रो चरण खेल्न पाउने

    नेपालले सिधै एसियाकप छनोटको तेस्रो चरण खेल्न पाउने

    काठमाडौं । नेपालले सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कप फुटबल प्रतियोगिताको छनोटमा प्लेअफ नखेली सिधै तेस्रो चरणको खेल खेल्न पाउने भएको छ । यसअघिको छनोट चरणमा चौथो स्थानमा रहेको नेपालले यसअघि प्ले अफ खेली त्यहाँबाट मात्र तेस्रो चरण जान पाउने नियम थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी)ले नियम परिवर्तन गर्दै नेपालले अब एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्न पाउने भएको छ ।

    विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेल सकिएपछि एएफसीले बुधबार एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्ने टोलीको नाम सार्वजनिक गरेको हो ।

    एसियाली क्षेत्रको छनोट खेलेका ८ समूहका शीर्ष ८ टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट चार टिमसहित आयोजक चीन सिधै एसिया कप खेल्न छनोट भएका छन् । अब छनोट खेलमा दोस्रो हुने ३ टिम, तेस्रो हुने र चौथो हुने ८, ८ टिम र पाँचौ हुनेमध्ये उत्कृष्ट ३ टिम गरी २२ टोली एसिया कपको तेस्रो चरणका खेलमा सहभागी हुने छन् ।

  • सरकारले तोक्यो कर तिर्ने म्याद

    सरकारले तोक्यो कर तिर्ने म्याद

    काठमाडौं । सरकारले निषेधाज्ञाको समयमा कर तिर्न नसकेका करदातालाई कर तिर्न समय तोकेको छ । अब सबै प्रकारका करहरु असार २५ गतेसम्म तिरिसक्नु पर्छ । आज आन्तरिक राजस्व विभागले कर तिर्ने म्याद तोक्दै सूचना जारी गरेको छ । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गर्नुपर्छ ।

    २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्ने गरि समय तोकिएको छ । २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि २५ असार राखिएको छ । २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको छ ।

  • नेपालमा थप २८२८ जनामा कोरोना संक्रमण पुष्टी,३०८२ जना संक्रमणमुक्त

    नेपालमा थप २८२८ जनामा कोरोना संक्रमण पुष्टी,३०८२ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८२८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८६८७ जनाको पीसीआर २०१४ जना जना ४३३५ जनाको एन्टीजेन परीक्षण गर्दा ८१४ जना गरि २८२८ जनामा संक्रमित पुष्टी, भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ३० पुगेको छ । पछिल्लो २४ घण्टामा ३०८२ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ जना पुगेको छ ।

  • गण्डक ब्यारेजमा पानीको सतह खतरा भन्दामाथि, ३६ वटै ढोका खोलियो

    गण्डक ब्यारेजमा पानीको सतह खतरा भन्दामाथि, ३६ वटै ढोका खोलियो

    रुपन्देही । गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचकभन्दा माथि पुगेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेपछि ढोकाहरु खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका अधिकारी तारासिंह थापाले जानकारी दिए ।

    ब्यारेज जीर्ण भएका कारण ४ लाख क्युसेक पानी कटेपछि उच्च जोखिम मानिने उनले बताए । पानीको सतह अझै बढे बि ग्याब बाँध फुट्न सक्ने र बस्ती नै डुबानमा पर्ने संभावना बढेको उनले बताए ।

    पानीको सतह बढेपछि अहिले पश्चिम नवलपरासीका २० गाउँ जोखिममा परेका छन् । यसैबीच गण्डक ब्यारेज र अन्य खोलाहरूका कारण डुबान हुन थालेपछि स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

    जोखिम क्षेत्रमा तत्काल उद्दार र क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

    गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

    काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते संसदमा विश्वासको मत लिने भएका छन् ।

    गत जेठ २९ गते प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । सदनमा बजेट माथिको छलफल सुरु हुनु अगावै मुख्यमन्त्री पोखरलले विश्वासको मत लिन लागेका हुन् ।

    संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार पोखरेलले असार ४ गते विश्वासको मत लिने तयारी थालेका छन् ।

    मुख्यमन्त्री बन्न उनलाई जसपा, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले सर्मथन गरेका थिए ।

  • झलनाथले दिल्ली उड्नुअघि अस्पतालबाट मलिन स्वरमा भने – ‘पार्टी मिलाउनुहोस्’ !

    झलनाथले दिल्ली उड्नुअघि अस्पतालबाट मलिन स्वरमा भने – ‘पार्टी मिलाउनुहोस्’ !

    काठमाडौं । थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् ।

    थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गरेका थिए । ‘पार्टी मिलाउनुस् कमरेड…’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेकाे महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

    एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।

    नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

  • मनसुनको शुरुवातमै बाढी र पहिरोबाट देशभर ठूलो क्षति

    मनसुनको शुरुवातमै बाढी र पहिरोबाट देशभर ठूलो क्षति

    काठमाडौं । नेपालमा मनसुन सक्रिय भएको पहिलो सातामै देशभर प्राकृतिक विपत्तीले ठूलो क्षति निम्तिएको छ । एकसातायता देशका अधिकांश भेगमा वर्षा भएको छ । यसले पहाडी भेगमा पहिरोको जोखिम बढेको छ भने तराई भेगका नदीहरुका बहाव बढेको छ । यसले एकसाथ बाढी, पहिरो र डुबान शुरु भएको छ । सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परि कम्तिमा ७ जनाको मृत्यु भएको खबर आएको छ ।

    बाजुरामा बड्डीगाड खोलाले बगाएर सोमबार एक जनाको मृत्यु भएको छ । बाजुरामै किन्नी खोलाले बगाउँदा एक जना बेपत्ता छन् । गोरखामा बाढीले एक जनालाई बगाएर वेपत्ता पारेको छ । उता, सल्यानमा समेत एक साता भित्रै खोलाले दुई जनाको ज्यान लिइसकेको छ । मनाङमा बाढी र पहिरोले वितण्डा मच्याएको छ । यहाँ पाँच सय मानिस विस्थापित भएका छन् । मनाङको चामेमा तीन सय जना र तालगाउँका दुई सय जना गरी पाँच सय स्थानीयवासी बाढीका कारण विस्थापित भएका हुन् । यहाँ राहत पुर्याउने तयारी भइरहेको छ ।

    मस्र्याङ्दी नदी, घट्टेखोला र स्याफ्रुखोलामा आएको बाढीले मनाङ, मुस्ताङ रलमजुङमा क्षति गरेको हो । बाढी पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली भेगमा अधिक वर्षा भएकाले ठूला नदीको बहाव बढेको छ । नारायणी नदीले खतराको चिन्ह पार गर्दा नारायणगढ र गैँडाकोटको तटीय क्षेत्रमा जोखिम बढेको छ । लुम्बिनी प्रदेशको पश्चिम राप्ती, बबई, तिनाउलगायत नदीमा बहाव बढेको छ । यसले लुम्बिनीका जिल्लाहरुमा समेत पहिरोले सडक अवरुद्ध बनाएको छ ।