Category: फिचर

  • टुटल र पठाओको सेवा आजबाट सूचारु

    टुटल र पठाओको सेवा आजबाट सूचारु

    काठमाडौं । यातायात सेवाप्रदायक टुटल र पठाओले आजबाट आफ्नो सेवा सूचारु गरेका छन् । नेपालमा कोरोना भाइरसको महामारीका बीच सरकारले निषेधाज्ञा लगाएपछि यस्तो सेवा बन्द भएको थियो । आजबाट सरकारले निजी सवारी साधन जोर विजोर प्रणालीमा खुला गरेको छ । मोटरसाइकल तथा स्कुटरमा दुई जना बस्ने गरि नियम ल्याइएपछि टुटल र पठाओलाई सेवा सूचारु गर्न बाटो खुलेको हो ।

    आजबाट यात्रुले आकस्मिक अवस्थामा टुटल, पठाओ र ट्याक्सी प्रयोग गर्न सक्नेछन् । तर, सार्वजनिक यातायात भने अझै खुलेको छैन । सरकारले आजबाट निषेधाज्ञाका धेरैजसो प्रावधानमा खुकुलो बनाएको छ । यद्दपी पार्टी, सभासम्मेलन भने गर्न पाइदैन । हवाई यातायातबारे समेत सरकारले थप निर्णय गरिसकेको छैन ।

  • गरिब देशमा खोपको चरम अभाव रहेको डब्लूएचओद्धारा स्वीकार

    गरिब देशमा खोपको चरम अभाव रहेको डब्लूएचओद्धारा स्वीकार

    काठमाडौं । विश्वमा धनी मुलुकले आफ्ना नागरिकलाई धमाधम खोप लगाइरहेका छन् । तर, गरिब मुलुकले खरीद गर्छु भन्दा पनि खोप पाएका छैनने । विश्वव्यापी साझेदारी कार्यक्रम मार्फत कोभिड १९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।

    बीबीसीका अनुसार डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भएको जानकारी दिए । तर, यो निकै सानो अंश हो । उनले विश्वभर फैलिरहेको भाइरसबाट मानिसहरूलाई संरक्षण गर्न यो अपर्याप्त भएको उल्लेख गरे ।

    अफ्रिकी मुलुकमा खोप नपुगेकै कारण सङ्क्रमणको तेस्रो लहर देखा परेको डब्लूएचओको भनाई छ । सोमवार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले धनी देशहरूले खोपलाई जम्मा गरेर राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका थिए। महादेश स्तर अनुसार हालसम्म अफ्रिकामा ४ करोड मानिसहरूलाई मात्र खोप दिइएको । यो त्यहाँको जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम हो ।

    अघिल्लो वर्ष धनी देशहरूले गरिब देशहरूलाई खोपको मूल्यमा छुट सुनिश्चित गर्ने सहितको प्रतिबद्धता जनाएका थिए । सोही अनुसार विश्वभर खोपको पहुँच पुर्‍याउन कोभ्याक्स अभियान थालिएको हो । डब्ल्यूएचओको नेतृत्वमा अरू सङ्गठनहरू पनि सहभागी रहेको उक्त अभियानले सन् २०२१ भित्र दुई अर्ब मात्रा खोप उपलब्ध गराउने लक्ष्य लिए पनि ठूला मुलुकले सहयोग नगर्दा यो अभियान सफल हुनेमा शंका छ । कोभ्याक्समा ८० न्यून आय भएका देश आबद्ध छन् ।


    धनी राष्ट्रहरू सम्मिलित जी सेभेनको सम्मेलनमा बाइडनले अमेरिकाले ५० करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए । उक्त समूहका देशहरूले कुल १ अर्ब खोपको मात्रा दिने घोषणा गरेका छन् । तर, यो घोषणामा मात्र सिमित हुने आंशका छ ।

  • उपत्यकामा खुकुलो बनाइएको निषेधाज्ञा आजबाट लागु

    उपत्यकामा खुकुलो बनाइएको निषेधाज्ञा आजबाट लागु

    काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले एक साता निषेधाज्ञा लम्ब्याएको छ । तर, यो समय पहिला जस्तै कडीकडाउ भने हुने छैन । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको आइतबारको मंगलबारबाट लागु हुने गरि निषेधाज्ञा लम्ब्याएको थियो । कोरोनाभाइरस संक्रमण कम भएको छ ।

    तर, सबै क्षेत्र एक साथ खुला हुँदा संक्रमण बढ्न सक्ने भन्दै सरकारले क्रमशः खुकुलो पारेको बताएको छ । अब निषेधाज्ञा असार १४ सम्म जारी रहने छ । आजबाट निज सवारी चलाउन पाइने छ । तर, जोर गते अनुसार आफ्नो सवारी साधनको पालो भने मिलाउनु पर्नेछ ।

    विभिन्न बार तोकेर फेन्सीपसल समेत खोल्न दिइएको छ । खाद्यान्नसहितका पसललाई अब छेकबार छैन । मोटरसाइकल, ट्याक्सी समेत चल्न सक्ने छैनन् । उनीहरुले पनि जोर विजोर नियम भने पालना गर्नुपर्नेछ । सार्वजनिक सवारी साधन चल्ने छैनन् ।

    आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटोमोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न सकिने भएको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकूद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न सकिने छ । खाद्यान्न, दूध, किताब पसल बिहान ११ बजेसम्म खुल्ने छन् ।

    रेष्टुरेन्ट, होटलमा टेक अवे र होम डेलिभरी हुने छ । निर्माण सामग्रीका पसल बिहान ११ देखि साँझ ६ बजेसम्म सबै बार खुला हुने छन् । शनिबार भने पसलहरु बन्द हुनेछन् । सरकारी कार्यालय सबै खुलेका छन् ।

  • ओलीले पार्टी एकता भंग गर्न खोजेको माधव नेपाल समूहको निष्कर्ष

    ओलीले पार्टी एकता भंग गर्न खोजेको माधव नेपाल समूहको निष्कर्ष

    काठमाडौं । नेकपा एमालेमा पुनः विवाद चर्किएको छ । यसको संकेत स्वयमः वरिष्ठ नेता माधवकुमार नेपालले गरेका छन् । उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकतालाई भङ्ग गर्न खोजेको आरोप लगाएका छन् । सोमवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो संकेत गरेका हुन् ।

    एमालेमा पार्टी विवाद पुनः चर्किएको सम्बन्धमा भने सोमबार दिउँसोबाटै चर्चा शुरु भएको थियो । खासगरी कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि ओली पक्षले भ्याकेट (पुनरावलोकन)मा जाने निर्णय गरेसँगै पार्टीमा विवाद फेरी बल्झिएको हो ।

    सर्वोच्च अदालतको आदेशले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली हुने गरेर अन्तरिम आदेश दिएको छ । नेता नेपालले भनेका छन्, ‘स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शङ्का उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो । ’

    यस्तो छ माधवकुमार नेपालको स्टाटस
    कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।
    सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ ( सहजै देख्न सकिन्छ।असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।

  • टोकियो ओलम्पिकमा १० हजारसम्म दर्शक रंगशाला जान सक्ने

    टोकियो ओलम्पिकमा १० हजारसम्म दर्शक रंगशाला जान सक्ने

    टोकियो । जापानले आयोजना गर्न लागेको ओलम्पिक खेलहरु दर्शकले प्रत्यक्ष हेर्न पाउने भएका छन् । स्वास्थ्य अधिकारीले कोरोना महामारीका बीच दर्शक नराख्न दिएको चेतावनी वेवास्ता गर्दै जापानले दर्शकलाई सहभागी गराउन लागेको हो । जापान २०२० ओलिम्पिक्सका खेलमा एक स्थानमा दश हजारसम्म जापानी प्रशंसकलाई सहभागी हुन दिइने निर्णय भएको बीबीसीले जनाएको छ ।

    विदेशी दर्शकले भने खेल हेर्न पाउने छैनन् । १० हजार भनिए पनि खेल हुने स्थानको क्षमताभन्दा ५० प्रतिशत नाघ्न नदिई घरेलु दर्शकलाई उपस्थित हुन दिइने भएको हो । दर्शकहरू चिच्याउन वा ठूलो स्वरमा बोल्न पाउने छैनन् । खेल स्थलमा मास्क अनिवार्य लगाउनु पर्नेछ ।

    ओलम्पिक खेल जुलाइ २३ तारिखबाट शुरू हुँदैछ । एक महिनापछि अगस्ट २४ तारिखबाट प्यारालिम्पिक्स शुरू हुनेछ। दर्शकविना खेलहरू सञ्चालन गर्नु कम जोखिमयुक्त र राम्रो विकल्प हुने भन्दै जापानका चिकित्साविद्‌ले सुझाव दिएका थिए । ओलिम्पिक आयोजनाका कारण जापानमा कोरोनाभाइरस सङ्क्रमण बढ्न सक्ने चिन्ता व्यक्त भइरहेको छ ।

  • अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको गुनासोपछि छानविन समिति गठन

    अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको गुनासोपछि छानविन समिति गठन

    काठमाडौं । सरकारले नियमित उडेका सिमित गन्तब्य र चार्टर्ड उडानमा अत्यधिक भाडा लिएको गुनासो पछि सरकारले छानविन समिति गठन गरेको छ । अहिले टर्की, कतार र भारतमा नियमित उडान खुलेको छ । तर यी गन्तब्यमा समेत चर्को शूल्कमा भाडा हसुल भइरहेको छ । सरकारले अन्तर्राष्ट्रिय नियमित उडान रोकेर चार्टर्ड उडानलाई प्रोत्साहन गरेको छ ।

    टिकट काट्ने ट्राभल एजेन्सीले चर्को भाडा असुलेको गुनासो यात्रुबाट बढेपछि सरकारले छानविन समिति गठन गरेको हो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको जानकारी गराएका छन् ।

    उनका अनुसार समितिले गुनासोबारे छानविन गरि सम्बन्धित निकायमा आवश्यक कानूनी कारवाहीको सिफारिस गर्नेछ । सरकारले १९ वैशाखबाट टर्की र कतारमा नियमित उडान खोलेको हो । भारतमा यसअघि पनि उडान खुला थियो । लामो समयदेखि नियमित उडान नखोल्दा विदेशमा नेपाली यात्रु अलपत्र परेका छन् ।

  • नेपालमा थप २२९७ जनामा कोरोना संक्रमण पुष्टी,३१३० जना संक्रमणमुक्त

    नेपालमा थप २२९७ जनामा कोरोना संक्रमण पुष्टी,३१३० जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२९७ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६५८३ जनाको पीसीआरमा १५८४ जना जना ४३२१ जनाको एन्टीजेन परीक्षण गर्दा ७१३ जना गरि २२९७ जनामा संक्रमित पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २२ हजार ६४० पुगेको छ । पछिल्लो २४ घण्टामा ३१३० जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ५९ हजार९२८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ ।

  • नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, सबै उमेरकालाई जोखिम

    नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, सबै उमेरकालाई जोखिम

    काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ रुपको कोरोना फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको जनाएको हो ।

    मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘डेल्टा भेरियन्ट’ को नयाँ म्युटेसन भएको जनाएको छ । हालै मात्र त्यसलाई डेल्टा पल्स नामाकरण गरिएको हो। डेल्टा भेरियन्ट देखिएको कुल नमुना स्वाबमध्ये ९ जनाको स्वाबमा डेल्टाको उत्परिवर्तित रुप (K417N mutation) देखिएको हो।

    त्यसलाई आधिकारिक नाम AY.1 दिइएको छ। केही समयअघि बेलायती पत्रिकाहरुले ‘नेपाल भेरियन्ट’ देखिएको भनेर दाबी गरेका थिए। तर त्यो नयाँ भेरियन्ट नभइ डेल्टा भेरियन्टको यही म्युटेसन रहेको थियो। युरोपका केही देशमा यसअघि नै के डेल्टाको (K417N mutation) देखिएको थियो।

    हालै मात्र त्यसलाई डेल्टा पल्स नामाकरण गरिएको हो।यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको मन्त्रालयको भनाइ छ ।

    हालसम्म डेल्टा भाइरसको यस रुप नेपालसहित भारत, पोर्चुगल, बेलायत, अमेरिका लगायत १० देशमा पाइएको छ। यो म्युटेसनमा बेटा भेरियन्टकै जस्तो म्युटेसन देखिएकोले यसले पार्न सक्ने प्रभावका बारेमा वैज्ञानिकहरुले अझै अनुसन्धान गरिरहेका छन्।

  • नेपाली शेयर बजारमा भीषण पहिरो जारी, आत्तिएपछि लगानीकर्ता

    नेपाली शेयर बजारमा भीषण पहिरो जारी, आत्तिएपछि लगानीकर्ता

    काठमाडौं । शेयर बजारमा पहिरो गएको छ । गत बुधबारदेखि ओरालो लागेको बजारमा निरन्तर पहिरो जानेक्रम आजपनि जारी रहेको हो ।

    नेपाल धितोपत्र बोर्डले नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा भारी गिरावट आएको हो ।

    साताको कारोबारको दोस्रोदिन नेपाल स्टक एक्सचेञ्ज नेप्से ७१.०६ अंकले घटेर २८३४.४१ विन्दुमा झरेको छ । आइतबारपनि नेप्से ६३.११ अंकले घटेको थियो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७ कम्पनीको ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७३ रुपैयाँ बराबरको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर किनबेच भएका छन् । लगातार बजार घट्न थालेपछि लगानीकर्ता हतोत्साहित हुँदा कारोबारमा प्रत्यक्ष असर परेको हो ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै ५/५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
    आज कारोबारमा आएका २२७ कम्पनीमध्ये जम्मा १८ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट बैंक रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, आज पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । भने युनियन, हिमाल दोलखा हाइड्रो पावर, लिबर्टी इनर्जी, गुह्येश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनान्स, पञ्चकन्या माइको शेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै, घलेम्दी र जोशी हाइड्रोपावरका शेयरधनीले ७ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एचआइडीसीएल ३१ करोड र नागरिक लगानी कोष २९ कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

  • भारतमा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई खोप वितरण शुरु

    भारतमा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई खोप वितरण शुरु

    नयाँ दिल्ली । भारतले आजबाट १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप वितरण थालेको छ । यसअघि उमेर समूह छुट्याएर प्राथमिकताका आधारमा कोरोना खोप वितरण गरिएको थियो । महाअभियान नाम दिएर भारतले आजबाट भने १८ वर्षदेखि माथिका सबै नागरिकलाई खोप दिन थालेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतमा सबै नागरिकले खोप भने निःशुल्क पाउने छन् ।

    नयाँ नीति अनुसार यो खोप अभियानको सबै खर्च केन्द्र सरकारले जुटाउने छ । खोप उत्पादक कम्पनीले उत्पादन गरेको खोपमध्ये ७५ प्रतिशत केन्द्र सरकारले खरिद गर्ने भएको छ । ती खोप राज्यलाई बाँडिने छ । भारतले सन् २०२१ भित्र १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने लक्ष्यसहित महाअभियान थालेको बताएको छ ।

  • आज अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाईंदै

    आज अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाईंदै

    काठमाडौं । आज विश्वभर योग दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा यो मितिमा योग दिवस मनाउनेबारे निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा अन्तर्राष्ट्रिय योग दिवस घोषणाको प्रस्ताव गरेका थिए। प्रस्तावको पहिलो समर्थक तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन योगको ठूलो भूमिका रहने गरेको मानिन्छ ।

    नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउने गरिन्छ । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेका कारण योगाशनमा दैवि शक्तिको समेत प्रभाव रहने मान्यता रहेको छ ।

    प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुने मान्यता छ । पछिल्लो समय पश्चिममा मुलुकले योगलाई आत्मसाथ गरेसँगै यसको उदगम थलो मानिने नेपाल तथा भारतमा योगको नियमित अभ्यास प्रारम्भ भएको छ ।

  • अमेरिकाको अलबामा राज्यमा आँधीका कारण भएको दुर्घटनामा कम्तिमा १३ को मृत्यु

    अमेरिकाको अलबामा राज्यमा आँधीका कारण भएको दुर्घटनामा कम्तिमा १३ को मृत्यु

    अलबामा । अमेरिकाको अलबामा राज्यमा आँधीका कारण भएको सडक दुर्घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार बालबालिका उक्त संख्यामा मानिसहरुको ज्यान गएको हो । आँधीका कारण १८ वटा गाडी एकै स्थानमा दुर्घटनामा परेका थिए ।

    आँधीले यो भेगमा ठूलो नोक्सानी गरेको खबर छ । आँधीपछि वर्षा भएको थियो । बाढीले मानिसहरु बगाएको आशंकामा खोजी कार्यसमेत तिब्र रुपमा भइरहेको छ ।

  • विश्व बैंकले नेपाललाई दियो स्वास्थ्य सामग्री

    विश्व बैंकले नेपाललाई दियो स्वास्थ्य सामग्री

    काठमाडौं । विश्व बैंकले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरको छ । विश्व बैंकको तर्फबाट ९८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको हो । विश्व बैंककअन्तर्गतको कोभिड–१९ आकस्मिक सम्बोधन र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत १० लिटर क्षमताका कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको नेपालस्थित विश्व बैंकको कार्यालयले जनाएको छ ।

    कोरोना महामारीबाट जुध्दै दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य सुविधाको क्षमता बढाउन कन्सन्ट्रेटर सहयोगी हुने विश्व बैंकको भनाई छ । उक्त परियोजनामार्फत नेपालका हरेक प्रदेशमा अक्सिजन प्लान्ट पनि स्थापना गर्ने तयारी भइरहेको छ । आगामी ६ देखि १५ हप्ताभित्र यस्ता प्लान्ट स्थापना भइसक्ने समेत विश्व बैंकले जनाएको छ ।

    कोरोनासँग जुध्न तत्कालका लागि नेपाललाई १० करोड ४० लाख डलर सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ । सोही सहायताअन्तर्गत खोप खरिद, स्वास्थ्य संस्थाको क्षमता विस्तार, महामारीसम्बन्धी प्रविधिमा आधारित डिजिटल प्रणालीको क्षमता विस्तार तथा अनुगमन र निरीक्षणमा सहयोग गरेको बताइएको छ ।

  • चीनले एक अर्ब डोज खोप लगायो

    चीनले एक अर्ब डोज खोप लगायो

    काठमाडौं\एजेन्सी । चीनले आफ्नो जनसंख्यामा १ अर्ब भन्दा माथिको संख्यामा कोरोना खोप लगाएको छ । चीन कोरोना खोप निर्माता मुलुक समेत हो । चिनियाँ नेशनल हेल्थ कमिसनका अनुसार शनिबारसम्म चीनमा उक्त संख्यामा कोरोना खोप वितरण भएको हो । विश्वभर कोरोना खोपको २ अर्ब ५० करोड डोजभन्दा बढी खोप वितरण भएको छ । यस आधारमा विश्वभर दिइएको कोरोना खोपमध्ये करिब ४० प्रतिशत चीनले मात्र खपत गरेको देखिएको छ ।

    चीन संसारमा सबैभन्दा धेरै मानिसमा कोरोना खोप दिने मुलुक हो । चीनपछि अमेरिकाले ३१ करोड डोज कोरोना खोप दिइसकेको छ । चीनले खोपको संख्या सार्वजनिक गरेपनि कति मानिसले खोप पाए भन्ने भने खुलाएको छैन । चीनमा सन् २०२० को डिसेम्बरबाट कोरोना खोप लगाउन थालिएको हो । चीनले अहिले दैनिक एक करोडभन्दा धेरै डोज कोरोना खोप बाँडिरहेको छ ।

  • पर्यटन क्षेत्रका मजदुरलाई नागरिक लगानी कोषले विशेष सापटी दिने

    पर्यटन क्षेत्रका मजदुरलाई नागरिक लगानी कोषले विशेष सापटी दिने

    काठमाडौं । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रका कर्मचारीलाई नागरिक लगानी कोषले विशेष सापटी सुविधा दिने भएको छ । कोषले पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे्रकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई लक्षित गरि विशेष सापटी दिने भएको हो । यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अबकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गरिने भएको हो ।


    यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पुर्‍याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको हो । कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ ।

    यस सापटीमा कर्मचारी वचत बृद्धि अबकाश कोषले दिने व्याजदर सरह नै लिने व्याजदर निर्धारण गरिएको छ । यसबाट लिने र दिने ब्याजदरको अन्तर शुन्य रहेको भएको हो । यस्तो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्वद्ध सहभागीहरुलाई २०७८ पौष मसान्त सम्म उपलब्ध गराइने छ । उक्त सापटी रकम सापटी लिएको २ बर्ष भित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

  • काठमाडौंको निषेधाज्ञा एक साता थप, निजी सवारी र ट्याक्सीलाई जोर-बिजोर प्रणाली

    काठमाडौंको निषेधाज्ञा एक साता थप, निजी सवारी र ट्याक्सीलाई जोर-बिजोर प्रणाली

    काठमाडौं । काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा थप भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

    थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ। निजी सवारी साधनहरू जोरबिजोर प्रणाली अनुसार खोल्ने निर्णय भएको हो। ट्याक्सीको हकमा तीन जनाभन्दा बढी बोक्न नपाइने गरी अनुमति दिइएको छ। पसल बार अनुसार खोल्न पाइने भएको छ ।

    आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको जनाएको छ ।

    सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ। शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ।

    निर्माणजन्य सामग्रीका पसलहरू हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिइने। खाद्यान्न, दूध, किताब, फलफुल र माछामासुका पसलहरू बिहान ११ बजेसम्मखोल्न दिइनेछ।

  • नेपालमा पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमितको निधन

    नेपालमा पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५१ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ५१ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७२६ पुगेको छ।

  • नेपालमा थप २४४२ जनामा कोरोना संक्रमण पुष्टी, ३४५६ जना संक्रमण मुक्त

    नेपालमा थप २४४२ जनामा कोरोना संक्रमण पुष्टी, ३४५६ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४४२ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६६७७ जनाको पीसीआर १४२१ जना र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् ।

  • नेपाली बजारमा भीषण पहिरो, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी

    नेपाली बजारमा भीषण पहिरो, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी

    काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । गत बुधबारदेखि ओरालो लागेको बजारमा निरन्तर पहिरो गएको हो ।

    नेपाल धितोपत्र बोर्डले नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा भारी गिरावट आएको हो ।

    पछिल्लो ३ दिनमा मात्रै नेप्से करिब ११५ अंकले घटेको छ । सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । गतहप्ता दैनिक १६ अर्ब हाराहारीमा कारोबरा हुँदै आएकोमा आज पोनै १२ अर्बमा सीमित भएको छ । लगातार बजार घट्न थालेपछि लगानीकर्ता हतोत्साहित हुँदा कारोबारमा प्रत्यक्ष असर परेको हो ।

    आज सेयर बजार मापक सूचक नेप्से ६३.११ घटेर २९०५.३२ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २३१ कम्पनीको ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८६ रुपैयाँ बराबरको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै ३३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कारोबारमा आएका २३१ कम्पनीमध्ये जम्मा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ८१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्स्योरेन्स ४३ करोड र नेशनल हाइड्रो ३३ कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    उच्च अंकले घटेको बजारमा आज युनियन हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले सबैभन्दा धेरै करिब १० प्रतिशत गुमाएका छन् ।

    यस्तै, आज श्री इन्भेष्टमेन्ट, वरुण हाइड्रोपावर र नेपाल हाइड्रोका सेयरधनीले ८ प्रतिशतभन्दा धेरै गुमाएका छन् भने खानीखोला, घलेम्दी र सीईडीबी हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घघटेको छ ।

    घट्दो बजारमा आज कुमारी बैंकका प्रमोटर सेयरधनीले सबैभन्दा धेरै ८.६२ प्रतिशत कमाएका छन् ।

  • अमेरिकाले प्रतिवन्ध लगाएका रइसी बने इरानका नयाँ राष्ट्रपति

    अमेरिकाले प्रतिवन्ध लगाएका रइसी बने इरानका नयाँ राष्ट्रपति

    तेहरान । कट्टरपन्थी नेता इब्राहिम रईसी इरानका नयाँ राष्ट्रपति बनेका छन् । उनलाई अमेरिकाले प्रतिवन्ध लगाएको छ । रइसीको पक्षमा ६२ प्रतिशत मत आएको छ । बीबीसीका अुनसार रईसी इरानका वरिष्ठ न्यायधीश समेत हुन् । रुढीवादी बिचारधाराका उनी अमेरिकाका कट्टर विरोधी मानिन्छन् । राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णय गरेको भन्दै उनीमाथि अमेरिकाले प्रतिवन्ध लगाएको हो ।

    उनी यसअघि सन् २०१७ मा समेत राष्ट्रपतिमा चुनाव लडेका थिए । हसन रुहानीसँग राष्ट्रपति पदमा हारका ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्त भएका हुन् । इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति पद दोस्रो वरीयताको हो । अहिले इरानमा सर्वोच्च नेता अयोतोल्लाह अलि खमेनी छन् । रईसीले आगामी अगष्टमा कार्यभार सम्हाल्ने छन् ।

  • उपत्यकामा निषेधाज्ञा अझै लम्बिने, प्रावधान भने खुकुलो पार्ने तयारी

    उपत्यकामा निषेधाज्ञा अझै लम्बिने, प्रावधान भने खुकुलो पार्ने तयारी

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा पूर्ण रुपमा अझै नखुल्ने भएको छ । तर, प्रावधान अहिलेभन्दा समेत खुकुलो पार्ने तयारी गरिएको छ । उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ । यो बैठकले निषेधाज्ञाबारे आगामी कदमबारे निर्णय लिने भएको हो । स्थानीय सरकार शहरी इलाकामा अझै पनि पूर्णरुपमा निषेधाज्ञा खोल्ने मनसायमा छैन । तर, प्रावधान खुकुलो बनाएर आर्थिक गतिविधि सूचारु गर्न दिइने छ ।

    खाद्यान्न र तरकारी पसल अहिले बिहान ११ बजेसम्म खोल्न पाइने प्रावधान रहेको छ । निर्माण सामग्रीका पसल अपरान्ह ४ बजेपछि खुल्न पाइने प्रावधान छ । निजी र सार्वजनिक सवारी खुलेका छैनन् । तर, सडकमा ट्राफिक जाम भइसकेको छ । किनकी सरकारले खुला हुने भनि तोकेका क्षेत्रका मानिसहरुले निजी सवारी चलाउन सक्छन् । नेपालमा कोरोना संक्रमण कम भएको छ । तर, सरकारले संक्रमण पत्ता लगाई यसको नियन्त्रण भन्दा मानिसहरुको प्रतिवन्ध मै जोड दिएको छ ।

  • विमलेन्द्र निधि कांग्रेस सभापतिमा उठ्ने

    विमलेन्द्र निधि कांग्रेस सभापतिमा उठ्ने

    काठमाडौं । आगामी १४औं महाधिवेशनमा विमलेन्द्र निधिले कांग्रेस सभापतिमा उमेदवारी दिने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति उठ्ने बताइसकेका छन् । देउवाले शनिबार प्रदेश २ का नेताहरुलाई भेट्दै आफू सभापति उठ्ने बताएका थिए । सोही क्रममा निधिले आफु समेत सभापतिमा उठ्ने बताएका हुन् । उनले आफूले यसअघि पनि यो बारे सभापतिलाई भनेको भन्दै स्मरण गराएका थिए ।

    उनले सभापतिमा देउवाको समर्थन चाहेको समेत बताएका छन् । निधि देउवा खेमाकै नेता हुन् । केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुनेछ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । चुनावको पूर्वसन्ध्यानमा हुन लागेको यो नेतृत्वले आगामी ५ वर्ष पार्टी मात्र नभई सरकारको समेत संचालनमा भूमिका खेल्न सक्छ ।

  • भारतीय सेनामा नेपाली महिला भर्तिसम्बन्धी सूचना भारतले सच्यायो

    भारतीय सेनामा नेपाली महिला भर्तिसम्बन्धी सूचना भारतले सच्यायो

    काठमाडौं । भारतीय सेनामा नेपाली महिलालाई भर्ति लिइने सम्बन्धी सूचनालाई भारत सरकारले सच्याएको छ । गत साता काठमाडौंस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाबाट एक सूचना जारी गरि नेपाली महिलालाई भारतीय सैनिक सेवामा भर्ति लिइने उल्लेख थियो । यो सूचनाको व्यापक आलोचना भएपछि भारतले सूचना सच्याएको हो । अब नेपाली भाषि भारतीय महिलाले भर्ति पाउने गरि सूचना सच्याइएको हो ।


    नेपालमा उक्त विषयबारे व्यापक चर्चा र आलोचना भएपछि भर्नासम्बन्धी सूचनामा भुलसुधार गरेको छ। हालै अपडेट भएको परिमार्जित सूचना अनुसार सबै गोर्खाहरू (नेपाली र भारतीय) भनिएको स्थानमा अब भारतीय गोर्खा मात्र भनिएको छ । यसबाट भर्ति हुन भारतीय महिला मात्र पाउने भएका हुन् ।

  • नेपालमा कोरोनाबाट थप ३४ जनाको मृत्यु

    नेपालमा कोरोनाबाट थप ३४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा उक्त संख्यामा मानवीय क्षति भएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८६७५ पुगेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कुल २४०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो अवधिमा कुल ११ हजार ६ सय ९६ वटा परीक्षण भएको थियो । अब नेपालमा कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा नेपालमा ३६६० जनाले कोरोनालाई जित्न सफल भएका छन् । यससँगै कोरोनालाई जित्नेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ रहेको छ । नेपालमा निको हुनेको दर ८९.३ प्रतिशत रहेको पाइएको छ ।
    ्र

  • ११ हजार परीक्षणबाट २४०१ मा देखियो कोरोना

    ११ हजार परीक्षणबाट २४०१ मा देखियो कोरोना

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कुल २४०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो अवधिमा कुल ११ हजार ६ सय ९६ वटा परीक्षण भएको थियो । अब नेपालमा कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३६६० जनाले कोरोनालाई जित्न सफल भएका छन् । यससँगै कोरोनालाई जित्नेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ रहेको छ । नेपालमा निको हुनेको दर ८९.३ प्रतिशत रहेको पाइएको छ ।
    ्र

  • मुस्ताङको भिडियो ट्वीटरमा राख्दै डब्लूएचओ प्रमुखले गरे स्वास्थ्यकर्मीको प्रशंसा

    मुस्ताङको भिडियो ट्वीटरमा राख्दै डब्लूएचओ प्रमुखले गरे स्वास्थ्यकर्मीको प्रशंसा

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोसले नेपालको मुस्ताङमा एक नदीबाट कोरोना विरुद्धको खोप तार्न गरिएको प्रयासलाई लिएर स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् । साथै यो भिडियोमार्फत शक्ति सम्पन्न मुलुकहरुले देखाएको रवैयाप्रति उनले चिन्ता समेत व्यक्त गरेका छन् । कोरोना भाइरसविरुद्धको खोप वितरणमा स्वास्थ्यकर्मी खटिरहेको उदाहरणका रुपमा यो भिडियो प्रस्तुत गर्दैस्वास्थ्यकर्मीहरूलाई धेरै स्थानमा खोप पुर्‍याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्।

    खासगरी खोप अहिले पनि धनी मुलुकको कब्जामा छ । उनीहरुले आफ्नो जनसंख्यालाई वितरण गरेर बाँकि रहेको खोप समेत बाँकि विश्वलाई दिने ठोस प्रक्रिया थालेका छैन् । खोप निर्माण गरिरहेका मुलुकले खरीद गर्न चाँहदा समेत उपलब्ध गराएका छैनन् । ट्वीटमा उनले कोरोना विरुद्धको खोप कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरूलाई धेरै स्थानमा खोप पुर्‍याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

    उनले भनेका छन्, ‘मानिसको जीवन बचाउन स्वास्थ्यकर्मी कसरी खटिन्छन् भन्ने यो भिडियोले देखाएको छ। अझ पनि धेरै ठाउँमा यस्ता हिरोहरूलाई भ्याक्सिन नलगाइने कतिसम्म न्यायोचित हो ?’ डा. टेड्रोसले सेयर गरेको भिडियोमा बाढी आएको खोलामा लठ्ठी सहायताले खोप राखेको बाकस तारिएको छ ।

  • शनिबार पनि नेपालमा ठूलो वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम

    शनिबार पनि नेपालमा ठूलो वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम

    काठमाडौं । नेपालमा शनिबार समेत देशभर ठूलो वर्षा जारी रहने छ । अहिले मनसुन सक्रिय भएको छ । जसको प्रभावले देशभर वर्षा भइरहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन वटा प्रदेशमा ठूलो वर्षाको सम्भावना छ । देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा जारी छ । शनिबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन चट्टयाङ्गसहित भारी वर्षा हुने छ ।

    शनिबार राति प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । आइतबार र सोमबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम हुने छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ ।

  • भारतमा तीन महिनापछि कोरोनाको तेस्रो लहर आउने चेतावनी

    भारतमा तीन महिनापछि कोरोनाको तेस्रो लहर आउने चेतावनी

    नयाँ दिल्ली । भारतमा अबको तीन महिनापछि कोरोना भाइरसको तेस्रो लहर शुरु हुने आंकलन गरिएको छ । समाचार एजेंसी रोयटर्सका स्वास्थ्य विशेषज्ञले गरेको एक सर्वेक्षण अनुसार भारतमा अक्टोवरबाट कोभिडको संक्रमणको तेस्रो लहर शुरु हुने जोखिम देखिएको छ । तर, आगामी संक्रमण अहिलेको तुलनामा भने निकै नियन्त्रित हुनेछ । यद्दपी कोरोना संकटका कारण थप एक साल मानिसहरुले विभिन्न प्रकारका प्रतिवन्धहरुको भने सामना गर्नुपर्नेछ ।

    जुन पहिलो साता यो सर्वेक्षण गरिएको हो । रोयटर्सका अनुसार सर्वेमा कोरोनाको खोप लगाइएका कारण जोखिम कम हुने देखिएको छ । अक्टोवरबाट शुरु भएको महामारी सन् २०२२ को फेब्रुअरीसम्म लम्बिने छ । यसले थप एक वर्ष जोखिमै रहने भएको हो । भारतमा आउने लहरको असर नेपालमा समेत पर्नेछ । नेपाल भने अझै दोस्रो लहरबाट कसरी बच्ने भन्नेमै अलमलमै छ ।

  • स्पेनमा अब घर बाहिर निस्कदा मास्क अनिवार्य नहुने

    स्पेनमा अब घर बाहिर निस्कदा मास्क अनिवार्य नहुने

    बार्सिलोना । स्पेनले अनिवार्य मास्कको नीतिमा परिवर्तन गरेको छ । त्यहाँका प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ बाट घरबाहिर निस्किँदा मास्क अनिवार्य रहेको नीति हटाउने घोषणा गरेका छन् । शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमद्धारा आयोजित कार्यक्रमबाट उनले यस्तो घोषणा गरेका हुन् । यसले स्पेनले कोरोनालाई जितेको संकेतका रुपमा हेरिएको छ ।

    स्पेनको जनसंख्या ४ करोड ७० लाख छ । उनका अनुसार आगामी बिहीबार मन्त्रिपरिषद् बैठकबाट सो घोषणा गरिने छ । सरकारको यो निर्णयपछि सामाजिक दूरी कायम राख्न सम्भव हुने खुल्ला ठाउाँ निस्कदा मास्क नलगाउँदा समेत हुने छ । सार्वजनिक यातायात, घर भित्र र व्यापारिक केन््रदहरुमा भने मास्क लगाउनु पर्ने छ । थप नियमबारे विस्तृतमा जानकारी गराउने उनको भनाई छ ।

  • तामाकोशी नदी थुनियो, सचेत रहन स्थानीय प्रशासनको अपिल

    तामाकोशी नदी थुनियो, सचेत रहन स्थानीय प्रशासनको अपिल

    दोलखा । दोलखामा बग्ने तामाकोशी नदी पहिरोका कारण थुनिएको छ । नदीको बहाव थुनिएसँगै तामाकोशीमा जुनसुकै बेला बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले सतर्क रहन सूचना जारी गरेको छ । शुक्रबार साढे ९ बजे राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल चीन सीमा क्षेत्रको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यस आसपास भारी वर्षा भएको बताएको छ ।

    वर्षापछि पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको भन्दै कुनै पनि समय तामाकोशीमा पानीको बहाव बढेर बाढी आउनसक्ने प्रशासनको भनाई छ । खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थान तिर जान र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरून्त जानकारीसमेत गराउन प्रशासनले अनुरोध गरेको छ ।