काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १९.२६ अंकले बढेर २८९१.३० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२३ कम्पनीको ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको १ करोड, २१ लाख ६७ हजार ६०५ कित्ता शेयर किनबेच भएका… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, धेरै कमाउने जलविद्युत समूहका लगानीकर्ता
Category: अर्थतन्त्र
किसानले पाउने दुधको मूल्य बढेर प्रतिलिटर ५६.४ रुपैयाँ पुग्यो, उपभोक्तामा भार
काठमाडौं । नेपालमा दुघको मूल्य बढेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको हो । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो । दुधको समर्थन मूल्य १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले बढेसँगै उपभोक्ताले… Continue reading किसानले पाउने दुधको मूल्य बढेर प्रतिलिटर ५६.४ रुपैयाँ पुग्यो, उपभोक्तामा भार
काठमाडौं बौद्धको एक रेष्टुरेन्टमा अनलाइन जुवा खेलिरहेका ७४ जना एकै पटक पक्राउ
काठमाडौं । काठमाडौंको बौद्धस्थित प्लटिङ नजिक एक रेष्टुरेन्टमा अनलाइन जुवा (बिङ्गो) खेलिरहेका ७४ जना एकै पटक पक्राउ परेका छन् । दोलखा घर भई बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा आइतबार साँझ महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले सोमबार एक सूचना जारी गरी यस्तो… Continue reading काठमाडौं बौद्धको एक रेष्टुरेन्टमा अनलाइन जुवा खेलिरहेका ७४ जना एकै पटक पक्राउ
दोहोरो अंकले घट्ने नेपाली शेयर बजार, ५ अर्ब १५ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.४८ अंकले घटेर २८७१.५ विन्दुमा झरेको छ । आइतवार शेयर बजारमा उछाल आएको थियो । त्यसदिन १०५ अंकले बजार बढेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२५ कम्पनीको ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार… Continue reading दोहोरो अंकले घट्ने नेपाली शेयर बजार, ५ अर्ब १५ करोडको कारोबार
किस्तामा गाडी किन्दा महंगो पर्ने, हायर पर्चेज कर्जामा राष्ट्र बैंकको कडाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको ब्याजदरमा कडाई गरेसँगै अब किस्तामा गाडी किन्दा मूल्य बढी पर्ने भएको छ । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०’ को तेस्रो संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो। जसमा औसत ब्याजदर अन्तर ४ प्रतिशत भन्दा बढी नहुने गरी… Continue reading किस्तामा गाडी किन्दा महंगो पर्ने, हायर पर्चेज कर्जामा राष्ट्र बैंकको कडाई
एमसीसीको बाहनामा गठबन्धन नटुटोस, छिटो पास गरौं : बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बाहनामा गठबन्धन टुट्न नहुने बताएका छन् । आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने समेत उनको भनाई छ । सोमबार सामाजिक संजालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उनले सर्वसम्मतीले एमसीसी पारित गर्नुपर्ने बताएका हुन् । भट्टराईले लेखेका छन्, ‘एमसीसी सम्झौतालाई… Continue reading एमसीसीको बाहनामा गठबन्धन नटुटोस, छिटो पास गरौं : बाबुराम भट्टराई
राजनीतिका कारण अर्थतन्त्रमा समस्या आएको हो : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा अपेक्षित उन्नती हुन नसक्नुमा राजनीतिको दोष रहेको बताएका छन् । विकासमैत्री नीतिको अभाव रहेको भन्दै उनले यस्तो बताएका हुन् । आइतवार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको उल्लेख गरे । विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको अभाव देखिरहेको भन्दै मन्त्री शर्माले ‘यस्ता जटिलताले विकासमा बाधा… Continue reading राजनीतिका कारण अर्थतन्त्रमा समस्या आएको हो : अर्थमन्त्री
नेपाली शेयर बजारमा उछाल, एकैदिन तेहेरो अंकको कमब्याक
काठमाडौं । सत्ता पक्षीय गठबन्धनबीच आगामी जेठसम्म स्थानीय तहको चुनाव गर्ने सहमती भएसँगै लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको छ । शनिबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ०७९ जेठभित्र स्थानीयत तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन हुने निश्चित भएपछि शेयर लगानीकर्तामा आइतवार बजार खुलेदेखिनै उत्साह बढेको छ । चुनाव… Continue reading नेपाली शेयर बजारमा उछाल, एकैदिन तेहेरो अंकको कमब्याक
वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ? यी नम्बरमा सिधै फोन गर्नुहोस्
काठमाडौं । तपाइ वैदेशिक रोजगारीका लागि विदेशमा हुनुहुन्छ ? वा विदेश जाने तयारीमा हुनुहुन्छ ? आफू जान लागेको काम वा कम्पनीबारे कुनै जिज्ञासा छ ? वा शुल्क कति लाग्ने भन्ने अन्यौलमा हुनुहुन्छ ? अब तपाइ सिधै सरकारलाई फोन गर्न सक्नुहुन्छ। तपाइको गुनासो सुन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टर तथा वैदेशिक रोजगारीसम्वन्धी गुनासो… Continue reading वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ? यी नम्बरमा सिधै फोन गर्नुहोस्
वाग्मती किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम
काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदी किनाराको दुवै तर्फ अनाधिकृत रुपमा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । समितिले सूचना जारी गर्दै समितिले वाग्मती नदी किनारको दुवैतर्फ गुह्येश्वरीदेखि थापाथली पुलसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थयाी संरचना हटाउन निर्देशन दिएको हो । यसअघि पनि… Continue reading वाग्मती किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम
सोलुखोला जलविद्युत आयोजनामा तीन दिन देखि बेपत्ता मजदुर मृत फेला
काठमाडौं । सोलुखुम्बुमा निर्माणाधिन सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि फेला परेको छ । ८६ मेगावाटको यो हाइड्रोपावरको सुरुङमा बिहीवारदेखि बेपत्ता बारा कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । बिहीवार सुरुङ मार्गमा जाने क्रममा बकेट चुडिँदा हाड्रोपावरका कामदार… Continue reading सोलुखोला जलविद्युत आयोजनामा तीन दिन देखि बेपत्ता मजदुर मृत फेला
काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हट्यो
काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हटेको छ । निजी सवारीमा भने कायम छ । बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली लागु हुने छैन । आम सर्वसाधारणलाई अन्य सबै गतिविधि कायम राखेर यातायातमा कडाई गरेको भन्दै सरकारको कडा आलोचना भएको थियो । यसले सार्वजनिक सवारी साधनमा अत्यधिक भिडभाड हुँदा कोभिडको… Continue reading काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हट्यो
भारतीय ध्वजावाहक ७० वर्षपछि फेरि टाटाको हातमा, बजार हिस्सा १३.३ प्रतिशत
काठमाडौं । करिब ७ दशकपछि भारतीय ध्वजावाहक एयर इन्डियाको स्वामित्व टाटा ग्रुपको हातमा आएको छ । बिहीबार भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारत सरकारले स्वामित्व टाटा ग्रुपलाई हस्तान्तरण गरेको हो । सन् १९३२ मा एयर इन्डिया तत्कालीन टाटा ग्रुपका अध्यक्ष जेआरडी टाटाले स्थापना गरेका थिए । उक्त समयमा यो एयरलाइन्सको नाम टाटा एयरलायन्स रहेको… Continue reading भारतीय ध्वजावाहक ७० वर्षपछि फेरि टाटाको हातमा, बजार हिस्सा १३.३ प्रतिशत
तीन महिनामा एप्पलले कमायो १२३.९ बिलियन डलर
काठमाडौं । एप्पल कम्पनीको बिक्री बढेको छ । अक्टोबर र डिसेम्बरको बीचमा एप्पलको बिक्री ११ प्रतिशतले बढेको हो । माइक्रोचिपको विश्वव्यापी अभाव भए पनि क्रिसमसको समयमा बिक्री बढेको अनुमान गरिएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार गएको तीन महिनामा मात्रै १२३.९ बिलियन कमाई गरेको छ । बजार बन्द भएपछि कम्पनीको शेयर मूल्य चार प्रतिशतले उकालो… Continue reading तीन महिनामा एप्पलले कमायो १२३.९ बिलियन डलर
अमेरिकामा चार दशकयताकै उच्च आर्थिक वृद्धि
न्युयोर्क । अमेरिकी अर्थव्यवस्थामा पछिल्लो चार दशक यताकै उच्च आर्थिक वृद्धिदर देखिएको छ । कोरोना भाइरसको महामारीपछि अर्थतन्त्र चलायमान भए सङ्गै आर्थिक वृद्धिदरमा उछाल देखिएको हो । सन् २०२० मा अत्यधिक लकडाउन र प्रतिवन्धले प्रभावित भएको अर्थतन्त्रले सन् २०२१ मा तीब्रता लिएको हो । अमेरिकी वाणिज्य विभागले सार्वजनिक गरेको आधिकारिक आंकडा अनुसार अर्थव्यवस्थामा ५.७ प्रतिशतको… Continue reading अमेरिकामा चार दशकयताकै उच्च आर्थिक वृद्धि
झिनो अंकले बढेर नेपाली शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’
काठमाडौं । झिनो अंकले बढेर शेयर बजारको ओरालो यात्रा रोकिएको छ । आइतबारदेखि ओरालो लागेको बजार ४ दिनमा नेप्से १४५ अंकले घटिसकेको थियो । आज सूचक झिनो अंकले बढेपनि कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ३.२९अंकले बढेर २७७९.९३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका… Continue reading झिनो अंकले बढेर नेपाली शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’
उखुको मूल्य बढेसँगै उद्योगीले बढाए चिनीको मूल्य प्रतिकिलो १६ रुपैयाँसम्म
काठमाडौं । चिनी उद्योगीहरुले चिनीको मूल्य बढाएका छन् । उद्योगीहरुले उखुको मूल्य बढेको भन्दै चिनीको मूल्य प्रतिकेजी ८ देखि १६ रुपैयाँसम्म वृद्धि गरेका हुन् । उद्योगीले चिनीको मूल्य प्रतिकिलो ८२ रुपैयाँदेखि ९० रुपैयाँसम्म मूल्य तोकेका हुन् । यसअघि उद्योगीहरुले प्रतिकिलो ७२ देखि ७६ रुपैयाँसम्ममा चिनी दिँदै आएका थिए । उद्योगमै चिनीको मूल्य बढेसँगै अब खुद्रा… Continue reading उखुको मूल्य बढेसँगै उद्योगीले बढाए चिनीको मूल्य प्रतिकिलो १६ रुपैयाँसम्म
नेपालका सबै भन्सार कार्यालयमा शुरु भयो विद्युतीय भुक्तानी प्रणाली
काठमाडौं । नेपालका सबैभ भन्सार कार्यालयमा विद्युतीय भुक्तानी प्रंणालीको शुरुवात भएको छ । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बुधबार शुरूवात गरे । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहकाबीच उनले सो प्रणालीको शुभारम्भ गरेका हुन् । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने भएका… Continue reading नेपालका सबै भन्सार कार्यालयमा शुरु भयो विद्युतीय भुक्तानी प्रणाली
ग्राहकको आफ्नै खाताबाट २ लाखसम्म पैसा निकाल्न राष्ट्रिय वाणिज्य बैंकमा चेक वा एटीएम नचाहिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा ग्राहकले आफ्नो खाताबाट २ लाख रुपैयाँसम्म रकम निकाल्न चेक वा एटीएम नचाहिने भएको छ । यो बैंकका ग्राहकले २ लाख रुपैयाँसम्म निकाल्न क्यूआरमार्फत नगद भुक्तानी दिने व्यवस्था मिलाएको हो । बैंकले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा… Continue reading ग्राहकको आफ्नै खाताबाट २ लाखसम्म पैसा निकाल्न राष्ट्रिय वाणिज्य बैंकमा चेक वा एटीएम नचाहिने
अख्तियारद्धारा चर्चित उद्योगीदेखि खानी विभागका महानिर्देशकमाथि सवा अर्ब बराबरको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार भएको ठहर गर्दै चर्चित उद्योगीदेखि खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसम्मलाई विपक्षी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभागका उपमहानिर्देशक जयराज घिमिरे, ९ जना व्यापारीसहित १८ व्यक्ति तथा ९ कम्पनी विरुद्ध १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३… Continue reading अख्तियारद्धारा चर्चित उद्योगीदेखि खानी विभागका महानिर्देशकमाथि सवा अर्ब बराबरको भ्रष्टाचार मुद्दा दायर
रोकिएन नेपाली शेयर बजारको आरोलो यात्रा, ४ दिनमै १४३ अंकको गिरावट
काठमाडौं । शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । आइतबारदेखि ओरालो लागेको बजारले आज पनि सोही यात्रा जारी राखेको हो । यससाताको ४ दिनमा नेप्से १४३ अंकले घटिसकेको छ । साताको कारोबारको चौथोदिन शेयर बजार मापक सूचक (नेप्से) ३८.४५ अंकले घटेर २७७६.६१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३३ कम्पनीको ४… Continue reading रोकिएन नेपाली शेयर बजारको आरोलो यात्रा, ४ दिनमै १४३ अंकको गिरावट
पशुपति धर्मशाला चलाउन बतास समूहसँग भएको सम्झौता सरकारले गर्यो रद्द
काठमाडौं । सरकारले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले यस्तो जानकारी गराएका हुन् । आलेका अनुसार बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको हो । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले जानकारी गराए… Continue reading पशुपति धर्मशाला चलाउन बतास समूहसँग भएको सम्झौता सरकारले गर्यो रद्द
राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै
काठमाडौं । आज राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक हुँदैछ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्न कार्यक्रम राखेको छ । जनगणना कात्तिक २५ बाट मंसिर ५ सम्म चलेको थियो । तीन महिना भित्र जनगणनाको प्रारम्भिक र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना अनुसार आज प्रारम्भिक नतिजा आउन… Continue reading राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै
क्रिप्टोकरेन्सीको कारोबारमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर
काठमाडौं । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको अभियोगमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको दावि गरिएको छ । कैलाली लम्कीचुवा–१० स्थायी घर भई हाल काठमाडौँको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा… Continue reading क्रिप्टोकरेन्सीको कारोबारमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर
नेपालमा मल कारखाना खोल्न उद्योगीहरुसँग प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा मल कारखाना खोल्न उद्योगीहरुसँग आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँग भेट्दै प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् ।उनले उद्योगी, व्यवसायीहरुले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए ।… Continue reading नेपालमा मल कारखाना खोल्न उद्योगीहरुसँग प्रधानमन्त्रीको आग्रह
भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल, विश्व सूचकांकको ११७ औँ स्थानमा
काठमाडौं । नेपालमा भ्रष्टाचार नियन्त्रण असफल तथ्यांक सार्वजनिक भएको छ । भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल गत वर्षकै स्थानमा रहेको छ । भ्रष्टाचार बढी हुने मुलुकहरुको… Continue reading भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल, विश्व सूचकांकको ११७ औँ स्थानमा
नेपाली शेयर बजारको ओरालो यात्रा कायमै
काठमाडौं । शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँ बराबरको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारको ओरालो यात्रा कायमै
सिद्धबाबामा आगामी महिनाबाट सुरुङ निर्माण थालिने
काठमाडौं । नेपालको सबैभन्दा बढी जोखिमयुक्त सडक मध्ये एक सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा क्षेत्रमा आगामी महिनाबाट सुरुङ निर्माणको काम थालिने भएको छ । यो नेपालको दोस्रो सुरुङमार्ग हुने छ । पहिलो सुरुङमार्ग नागढुंगामा बनिरहेको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको हो । राससका अनुसार वर्षेनी… Continue reading सिद्धबाबामा आगामी महिनाबाट सुरुङ निर्माण थालिने
हिमालय आइएसओ प्रमाणीकरण गराउने पहिलो नेपाली एयरलाइन्स
काठमाडौं । चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी हिमालय एअरलाइन्स नेपालमै सर्वप्रथम आइएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ । हिमालयलाई आइएसओको स्तरीय व्यवस्थापन प्रणाली (आइएसओ ९००१ः२०१५)का मापदण्डअनुरुप व्यवस्थित भएकाले गत २९ डिसेम्बर २०२१ मै सम्मानित गरिएको थियो । एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन… Continue reading हिमालय आइएसओ प्रमाणीकरण गराउने पहिलो नेपाली एयरलाइन्स
नेपाली शेयर बजारमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी