काठमाडौं । नेपालकै विद्युत माग कटौती गरेर लोडसेडिङ गरिएको हो की भन्ने आशंकाप्रति स्पष्टिकरण दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा आएको गडबडीले पटक पटक विजुली जाने समस्या भएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले भने केही दिन अगाडी देखि विद्युत निर्यात पनि सुरु गरेका थियौँ। अहिले सिस्टममा आएको गडबडीका कारण मध्य नेपाल र पश्चिम… Continue reading ‘लोडसेडिङ गरेर निर्यात पो गरियो कि भन्ने कुरा सत्य होइन’- कुलमान घिसिङ
Category: अर्थतन्त्र
उच्च अंकले बढ्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २८० कम्पनीको ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । कारोबार रकम बढेको छ । त्यसदिन… Continue reading उच्च अंकले बढ्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
मेलम्ची पुगे प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न शनिबार मेलम्ची पुगेका छन् । प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्रीसागै खानेपानी मन्त्री महिन्द्र राय यादव पनि… Continue reading मेलम्ची पुगे प्रधानमन्त्री प्रचण्ड
भ्याटको बाहनामा प्याजको मूल्य बढाए कारवाही गर्ने सरकारको चेतावनी
काठमाडौं । भ्याटको बहानामा व्यवसायीले प्याजको मूल्य बढाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको चेतावनी दिएको छ । विभागले हिजो विज्ञप्ति निकालेर कानुनले तोकेको दायित्व पूरा नगर्ने व्यवसायीलाई अनुगमन गरेर कडा कारबाही गर्ने जनाएको हो । वस्तुको स्वभाविक मूल्य भन्दा धेरै मूल्य लिएर बिक्री गर्ने काम उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार दण्डनीय अपराध रहेको विभागले… Continue reading भ्याटको बाहनामा प्याजको मूल्य बढाए कारवाही गर्ने सरकारको चेतावनी
पोखरामा हुने भयो चार्टर्ड उडान
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार)का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ । पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा… Continue reading पोखरामा हुने भयो चार्टर्ड उडान
जेठमा घर जग्गाको कारोबार वर्षकै उच्च
काठमाडौं । जेठ महिनामा घरजग्गाको कारोबार यस वर्षकै उच्च विन्दुमा पुगेको छ । जेठमा लिखत पासको संख्या ५५ हजार ६९ पुगेको छ । यो लिखत पास चालु आर्थिक वर्ष २०७९–८० कै धेरै हो । गत वैशाखमा ४२ हजार ४६१ र चैत महिनामा ४९ हजार १५० वटा जग्गाको लिखत पास भएको थियो । गत फागुनमा ४०… Continue reading जेठमा घर जग्गाको कारोबार वर्षकै उच्च
लुम्बिनी सरकारको बजेट ४० अर्ब ४७ करोड
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४० अर्ब ४७ करोड बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन्। उनले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ८९ लाख ९७ लाख बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख… Continue reading लुम्बिनी सरकारको बजेट ४० अर्ब ४७ करोड
सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड, प्रत्येक सांसदलाई ३ करोड
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् । चालु आर्थिक वर्ष ०७९/८० को बजेट भन्दा आर्थिक वर्ष २०८०/८१ को… Continue reading सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड, प्रत्येक सांसदलाई ३ करोड
कर्णालीले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट
काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालु खर्चमा ९ अर्ब २० लाख (२६.९७ प्रतिशत), पुँजीगततर्फ १९ अर्ब ५७… Continue reading कर्णालीले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट
बागमतीमा ६२ अर्ब ७० करोडको बजेट सार्वजनिक, ८ अर्ब घट्यो
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले शुक्रबार बजेट सार्वजनिक गरेका हुन्। सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ८ अर्ब कम बजेट विनियोजन गरेको हो। बैठकमा सार्वजनिक गरेको कुल बजेटमध्ये… Continue reading बागमतीमा ६२ अर्ब ७० करोडको बजेट सार्वजनिक, ८ अर्ब घट्यो
बढेर आयो पेट्रोल र डिजेलको भाउ
काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले बठाएको हो ।… Continue reading बढेर आयो पेट्रोल र डिजेलको भाउ
प्राधिकरणले नक्सा पास नगरी भवन बनाएपछि महानगरको चासो
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले सिनामंगलमा निर्माण गरिरहेको भवनको सम्बन्धमा काठमाडौं महानगरपालिकाले चासो देखाएको छ । वडा नम्बर ९ मा प्राधिकरणको नाममा दर्ता कायम भएको जग्गामा अनुमति नलिई भवन निर्माण गरेपछि महानगरले पत्र काटेको हो । महानगरले प्राधिकरणलाई पत्र लेख्दै प्रचलित कानुन बमोजि उक्त भवन निर्माण भएको छ कि छैन भनेर विवरण दिन भनेको छ… Continue reading प्राधिकरणले नक्सा पास नगरी भवन बनाएपछि महानगरको चासो
६ वटा प्रदेशमा आज बजेट सार्वजनिक हुँदै
काठमाडौं । ६ वटा प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने नियम छ । आज मधेस, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले बजेट ल्याउन लागेका हुन् । कोशी प्रदेशले भने हिजो नै अध्यादेशमार्फत् बजेट सार्वजनिक गरिसकेको… Continue reading ६ वटा प्रदेशमा आज बजेट सार्वजनिक हुँदै
काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारी साधन नयाँ बसपार्कबाट मात्र छुट्ने
काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन भोलिबाट गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएका छन्। १ असारबाट महानगरपालिकाले काठमाडौंमा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने गरी निर्णय भएको महानगरपालिकाले जनाएको छ । भोलिदेखि गोंगबु बसपार्कबाट बस छुट्ने र रोकिने कुरामा सबै यातायात व्यवसायी समेत सहमत… Continue reading काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारी साधन नयाँ बसपार्कबाट मात्र छुट्ने
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ५ अंकले बढेर २०४२.७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार ३ अर्ब १६ करोड २८ लाख १० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । बुधवारको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ५… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
दोहोरो अंकले बढ्यो नेप्से, कारोबार पाँच अर्ब नाघ्यो
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.४२ अंकले बढेर २०३७.६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७५ कम्पनीको ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ बराबरको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता शेयर किनबेच भएका… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार पाँच अर्ब नाघ्यो
भैरहवालाई नेवानीले क्वालालाम्पुरसँग जोड्यो सिधा उडानमा
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलो पटक भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान थालेको छ । सञ्चालनमा आएको १३ महिनापछि मङ्गलबार पहिलो पटक नेपाल एयरलाइन्सको एयर बस ३२० ले व्यावसायिक उडान गरेको हो । न्यारोबडी जहाज मङ्गलबार बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गरेको थियो । पहिलो पटक अवतरण भएको… Continue reading भैरहवालाई नेवानीले क्वालालाम्पुरसँग जोड्यो सिधा उडानमा
‘एनसेल मुद्दामा नेपाललाई न्याय’
काठमाडौं । नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले अन्तर्राष्ट्रिय अदालतमा दायर गरेको मुद्दामा नेपालको पक्षबाट वकालत गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय अदालतबाट नेपालको पक्षमा न्याय दिलाउन खट्ने सबै पक्षलाई धन्यवाद दिएको हो । बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले एनसेलले स्वामित्व खरिद बिक्रीमा नेपालमा भएको लाभकर… Continue reading ‘एनसेल मुद्दामा नेपाललाई न्याय’
बालाजी सिमेन्टले थाल्यो भारतमा सिमेन्ट निर्यात
काठमाडौं । सीमाको नजिक रहेको चन्द्रौटा बजारस्थित बालाजी सिमेन्ट इन्डस्ट्रिजले उत्पादन भारत निर्यात सुरु गरेको छ । त्यहाँबाट उत्पादित बाहुबली तथा श्रृष्टी ब्राण्डका पीपीसी सिमेन्ट भारत निर्यात सुरु भएको हो । भारत सरकार गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)प्रदान गरेपछि निर्यात थालिएको उद्योग संस्थापक ऋषिकेश अग्रवालले बताए । पहिलो चरणमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर… Continue reading बालाजी सिमेन्टले थाल्यो भारतमा सिमेन्ट निर्यात
झिनो अंकले बढ्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ७.७९ अंकले बढेर १९८७. ८७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २८५ कम्पनीको २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँ बराबरको ७४ लाख ५४ हजार ७ कित्ता शेयर किनबेच भएका छन्… Continue reading झिनो अंकले बढ्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
‘ संसदीय क्षेत्र पूर्वाधारको कुरै नगरी संसद् विकास कोषको गलत प्रचार गरियो’
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबारे गलत प्रचार गरिएको जिकिर गरेका छन्। आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। उनले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नगरी गलत प्रचार बढी भएको बताएका छन्। संसदमा उठेका विषयमा जवाफ… Continue reading ‘ संसदीय क्षेत्र पूर्वाधारको कुरै नगरी संसद् विकास कोषको गलत प्रचार गरियो’
काभ्रेमा सडक निर्माण गर्दा पुरातात्विक सम्पदा नमास्न विभागको अनुरोध
काठमाडौं । पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ। विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो। सडक विस्तारका… Continue reading काभ्रेमा सडक निर्माण गर्दा पुरातात्विक सम्पदा नमास्न विभागको अनुरोध
बुटवल–गोरूसिङ्गे–चनौटा सडक स्तरोन्नती हुने, ३५ अर्ब लागत
काठमाडौं । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्गे–चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने यो आयोजनाको लक्ष्य छ । आयोजनाको लागत २७ करोड ५० लाख डलर (झण्डै ३५ अर्ब रुपैयाँ) हो । यो आयोजनाले नेपालमा छानिएका व्यापारिक करिडोरमा व्यापार, यातायात… Continue reading बुटवल–गोरूसिङ्गे–चनौटा सडक स्तरोन्नती हुने, ३५ अर्ब लागत
बजेट क्यालेन्डर परिवर्तन गरौं : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेट कार्यान्वयनका लागि बजेट बजेट प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । बजेट क्यालेण्डर परिवर्तन गर्नुपर्ने राय थापाले राखेका छन् । बजेट माथि छलफलमा बोल्ने क्रममा महामन्त्री थापाले सांसदको भूमिका बजेट निर्माण प्रक्रियामा हुनुपर्ने बताए । फागुन महिनामा बजेटको प्रारम्भिक खाका विषयगत समितिमा ल्याउँदा संशोधन गर्नुपर्ने ऐनमा छलफल हुने… Continue reading बजेट क्यालेन्डर परिवर्तन गरौं : गगन थापा
उच्च अंकले बढ्यो नेप्से, ३ अर्ब ४५ करोडको कारोबार
काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ४०.४८ अंकले बढेर १९८०.९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७५ कम्पनीको ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको ९५ लाख २८ हजार २५५ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading उच्च अंकले बढ्यो नेप्से, ३ अर्ब ४५ करोडको कारोबार
‘ग्रीड’बारे विकास साझेदार र नेपाल सरकारबीच समिक्षा
काठमाडौं । नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)का कार्य र लगानी प्राथमिकतामाथि सरोकारवालाबीच समीक्षा गरिएको छ । नेपाल सरकार, विकास साझेदारसहित सरोकारवालाको बैठक शुक्रबार आयोजना गरिएको हो । विश्व बैंक र अर्थ मन्त्रालयले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)सम्बन्धी भिजनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने लगानी प्राथमिकता र अनुकूल नीतिबारे छलफल गर्न शुक्रबार… Continue reading ‘ग्रीड’बारे विकास साझेदार र नेपाल सरकारबीच समिक्षा
विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब मौज्दात, एक वर्षको वस्तु आयात धान्न सक्ने
काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा विदेशी मुद्राको सञ्चिति पोने १५ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० वैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर… Continue reading विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब मौज्दात, एक वर्षको वस्तु आयात धान्न सक्ने
शोधनान्तर स्थिति २ खर्ब १४ अर्बले बचतमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार बैशाख मसान्तसम्ममा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको १०महिनाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२८८ अर्ब ५० करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा… Continue reading शोधनान्तर स्थिति २ खर्ब १४ अर्बले बचतमा
२३ प्रतिशत बढ्यो रेमिट्यान्स, १० महिनामा १० खर्ब ५ अर्ब भित्रियो
काठमाडौं । नेपालमा पछिल्लो १० महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको तथ्यांकले यस्तो देखाएको हो । चालू आर्थिक वर्षको १० महिनासम्म २३.२ प्रतिशतले वृद्धि भइ १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५… Continue reading २३ प्रतिशत बढ्यो रेमिट्यान्स, १० महिनामा १० खर्ब ५ अर्ब भित्रियो
नयाँ बसपार्कबाट चल्न थाले बाहिरी जिल्लामा जाने माइक्रोबस
काठमाडौं । काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौँ उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेसँगै केही माईक्रोबस भने नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् । यसअघि नयाँ… Continue reading नयाँ बसपार्कबाट चल्न थाले बाहिरी जिल्लामा जाने माइक्रोबस