स्वतः रद्द भयो स्मार्ट टेलिकमको लाइसेन्स

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । दूरसञ्चार ऐन अनुसार सरकारलाई बुझाउनु पर्ने २८ अर्ब रुपैयाँ नबुझाएपछि लाइसेन्स खारेज भएको हो । नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले २०७६ भदौमै लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो । तर मन्त्रिपरिषदले उक्त रकम ५ किस्तामा तिर्न भनेर २०८० वैशाख ३ गतेसम्मको समय… Continue reading स्वतः रद्द भयो स्मार्ट टेलिकमको लाइसेन्स

सडक पेटीमा निर्माण सामग्री नराख्न महानगरपालिकाको आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न निर्देशन दिएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक, निजी पूर्वाधान निर्माण, मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन दिर्देशन दिएको हो । महानगर क्षेत्रमा संरचना निर्माणका क्रममा सडक छेउ र पेटीमा राखिने निर्माण सामग्रीले दुर्घटनाको जोखिमसँग पैदलयात्रीलाई हिंड्नसमेत अप्ठेरो हुने गरेको छ ।… Continue reading सडक पेटीमा निर्माण सामग्री नराख्न महानगरपालिकाको आह्वान

केपी ओलीको गृह जिल्लामा निर्मित भ्यू टावरप्रति महालेखाले उठायो औचित्यको प्रश्न

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले मुलुकमा निर्माण भएका भ्यु टावर र सभाहल सञ्चालनको कार्यविधि र लगानीको प्रतिफल सुनिश्चितता अध्ययन नभएको जनाएको छ । बिहीबार सार्वजनिक महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदनमा ललितपुरको गोदावरी र बुटवलमा बनाइएको सभाहल र दमकमा बनाइएको भ्यु टावरबाट प्रतिफल सुनिश्चितता नगरिएको उल्लेख गरिएको हो । प्रधानमन्त्री भएकै बेला केपी शर्मा ओलीले आफ्नै… Continue reading केपी ओलीको गृह जिल्लामा निर्मित भ्यू टावरप्रति महालेखाले उठायो औचित्यको प्रश्न

सरकारको आम्दानीभन्दा खर्च धेरै, घाटा बजेट २ खर्ब १८ अर्ब ५७ करोड नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु २ खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो । यो अवधिसम्ममा सङ्कलन भएको सरकारी राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था छ भने पूँजीगत खर्च निकै कम छ ।… Continue reading सरकारको आम्दानीभन्दा खर्च धेरै, घाटा बजेट २ खर्ब १८ अर्ब ५७ करोड नाघ्यो

१ खर्ब ६७ अर्ब रुपैयाँको लगानी स्वीकृत

RSS

काठमाडौं । बिहीबार बसेको लगानी बोर्डको ५३औं बैठकले विभिन्न पाँचवटा जलविद्युत आयोजनाका लागि एक खर्ब ६७ अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार लगानी बोर्डको बैठक बसेको थियो। लगानी बोर्डको कार्यालय, नयाँ बानेश्वरमा सम्पन्न बोर्ड बैठकद्वारा बिहीबार स्वीकृतमध्ये एक खर्ब ४६ अर्ब रूपैयाँ वैदेशिक… Continue reading १ खर्ब ६७ अर्ब रुपैयाँको लगानी स्वीकृत

एक वर्षमा थपियो १ खर्ब १९ अर्ब ७७ करोड बेरुजु

काठमाडौं । नेपालमा संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरूजु १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८\७९ मा सो रकम बराबरको बेरूजु देखिएको हो । बेरूजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की गरी तीन वर्गमा वर्गीकरण गरिएको छ । असुल… Continue reading एक वर्षमा थपियो १ खर्ब १९ अर्ब ७७ करोड बेरुजु

एफएनसीसीआईको अध्यक्षमा अन्जन श्रेष्ठ विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो । तर, उनीहरुले सहमतिको लागि समय मागेपछि २ बजेका लागि निर्धारित चुनाव पछि… Continue reading एफएनसीसीआईको अध्यक्षमा अन्जन श्रेष्ठ विजयी

अर्थ मन्त्रालयमा सबैभन्दा धेरै बेरुजु

काठमाडौं । संघीय निकायमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८–७९ मा अर्थ मन्त्रालयको बेरुजु ३२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । संघीय निकायका सबै कार्यालयको कुल बेरुजु ५६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा अर्थ मन्त्रालयको मात्र ५७।६६ प्रतिशत… Continue reading अर्थ मन्त्रालयमा सबैभन्दा धेरै बेरुजु

एकदिन पनि टिकेन् लगानीकर्ताको उत्साह, फेरि ओरालो लाग्यो शेयर बजार

काठमाडौं । वैशाखदेखि निक्षेपको ब्याजदर घट्ने समाचार बाहिरिएसँगै उछाल आएको शेयर बजारमा फेरि ओरालो लागेको छ । बुधबार ९२ अंकले बढेर बन्द भएको नेप्से साताको कारोबारको अन्तिम दिन २९.७ अंकले घटेर १९३४.४७ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २७० कम्पनीको १ अर्ब ६५ करोड ३३लाख ३४ हजार ६६५ रुपैयाँ बराबरको ४९ लाख… Continue reading एकदिन पनि टिकेन् लगानीकर्ताको उत्साह, फेरि ओरालो लाग्यो शेयर बजार

विमान चार्टर गरेरै नेपाल आए चिनियाँ पर्यटक

काठमाडौं । हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपाल आएका छन्। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल बिग माउण्टेन ट्राभलमार्फत बिहीवार बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो। नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत… Continue reading विमान चार्टर गरेरै नेपाल आए चिनियाँ पर्यटक

महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा पुनः निर्वाचन हुने भएको छ। तीन जनाबीच प्रतिस्पर्धा भएकामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो । वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुनेछ । अर्का प्रत्यासी रामचन्द्र संघाइ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । अञ्जनले ३७.९९… Continue reading महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा

राती सडकमा फोहोर फाल्नेमाथि महानगरको निगरानी

काठमाडौं । सार्वजनिक ठाउँमा फोहर फाल्ने बढेपछि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ । सार्वजनिक ठाउँमा रातको समयमा फोहर फाल्ने बढेपछि कामपाले हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको हो । जथाभाबी फोहर फालेको भन्दै कामपाले गएको हप्ता जरिबानास्वरूप १५ हजार रुपैयाँ असुलेको छ । गएको बिहीवार वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४… Continue reading राती सडकमा फोहोर फाल्नेमाथि महानगरको निगरानी

नेपाल उद्योग वाणिज्य महासंघ : एशोसिएट उपाध्यक्षमा ज्योत्सना विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा रामचन्द्र संघई प्यानलकी ज्य‍ोत्सना श्रेष्ठ विजयी भएकी छन्। उनले ८४६ मत ल्याइन् भने अर्का उम्मेदवार भरत आचार्यले ७८१ मत ल्याएका छन्। यसअघि जिल्ला, नगर उपाध्यक्षमा संघई प्यानलकै सुरकृष्ण वैद्य विजयी भएका थिए। वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन्। महासंघको चुनावका लागि बुधबार काठमाडौंमा… Continue reading नेपाल उद्योग वाणिज्य महासंघ : एशोसिएट उपाध्यक्षमा ज्योत्सना विजयी

ब्याजदर घटेपछि नेप्सेमा उछाल

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । वैशाखदेखि निक्षेपको ब्याजदर घट्ने समाचार बाहिरिएसँगै नेप्सेमा उछाल आएको हो। साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से)९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६७ कम्पनीको १ अर्ब ९७ करोड ६० लाख ७६ हजार ७३२ रुपैयाँ बराबरको ६१ लाख ७ हजार… Continue reading ब्याजदर घटेपछि नेप्सेमा उछाल

शिवरात्री मेलामा घोटाला, भेटीघाटी सङ्कलन हुने घ्याम्पो पनि चोरी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। पर्यटनमन्त्री सुदन किरातीका अनुसार यस वर्षको महाशिवरात्रिको अवसरमा सञ्चालित मेलामा सम्झौताविपरीत काम भएको र छानबिन गर्दा सोझै घोटाला भएको देखिएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियारलाई… Continue reading शिवरात्री मेलामा घोटाला, भेटीघाटी सङ्कलन हुने घ्याम्पो पनि चोरी

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षसहितका पदमा आज निर्वाचन

file

काठमाडौं । निजी क्षेत्रका उद्यमीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति छान्न आज निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चल्ने छ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न… Continue reading नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षसहितका पदमा आज निर्वाचन

नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालका बैङ्क वित्तीय संस्थाको अवस्था सुरक्षित र स्वस्थ रहेको… Continue reading नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ : गभर्नर

शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको ८ महिनाको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो । ‘समीक्षा अवधिसम्म शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही… Continue reading शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा

स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा अवधि बाँकी रहँदै सेवा बन्द नगर्न निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार सूचना जारी गर्दै स्मार्टलाई सेवा चुस्त दुरुस्त रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो । स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण… Continue reading स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न प्राधिकरणको निर्देशन

विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब मौज्दात

काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा रु.१४०१ अर्ब २१ करोड… Continue reading विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब मौज्दात

२५ प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनामा ७ खर्ब ९४ अर्ब भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो ८ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो । चालू आर्थिक वर्षको फागुनसम्म २५.३ प्रतिशतले वृद्धि भइ ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले… Continue reading २५ प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनामा ७ खर्ब ९४ अर्ब भित्रियो

वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक

काठमाडौं । वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृतलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सूर्यज्योति जीवन बिमामा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी… Continue reading वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक

मैले यसकारण रोक्ने निर्णय लिँए सिंहदरबारको फोहोर : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिंहदरबारभित्रको फोहोर नउठाउने भनेर गरेको घोषणाको पक्ष र विपक्षमा बहस जारी रहेको बेला उनले यो बाध्यात्मक भनेर स्पष्टीकरण दिएका छन् । आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएकाले उक्त निर्णय लिनुपरेको बालेनको भनाइ छ । आफूले सुधारका लागि गरेको प्रयासको… Continue reading मैले यसकारण रोक्ने निर्णय लिँए सिंहदरबारको फोहोर : बालेन

ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ढाका कुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । उनले रास्वपा भ्रष्टलाई जोगाउने पार्टी नभएको भन्दै दण्डित गर्ने प्रतिक्रिया दिएका छन् । रास्वपाका सांसद डा.ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।… Continue reading ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन

समिट अपार्टमेन्टको जग खन्दा जमिन भासिएपछि निर्माण रोक्न निर्देशन

ललितपुर । ललितपुर महानगरपालिकाले बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट निर्माणको काम रोक्ने निर्णय गरेको छ । अपार्टमेन्ट बनाउन डोजर लगाएर गहिरो जग खनेका कारण वरपरका घर भासिए पछि उपप्रमुख मञ्जली शाक्य ब्रजचार्यको नेतृत्वमा महानगरले समिति गठन गरेको थियो । आइतबार बसेको समितिको बैठकले अपार्टमेन्ट निर्माणका क्रममा प्रभावित संरचना, क्षतिपूर्ति र परिपूरणका काम नभएसम्म निर्माण रोक्ने निर्णय… Continue reading समिट अपार्टमेन्टको जग खन्दा जमिन भासिएपछि निर्माण रोक्न निर्देशन

रास्वपाका सांसद श्रेष्ठ निलम्बित, पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री हुन सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ माग गरेको भन्दै स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको टेलिफोन संवाद बाहिरिएपछि रास्वपाले स्पष्टीकरण सोधेको हो । उनलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण… Continue reading रास्वपाका सांसद श्रेष्ठ निलम्बित, पार्टीले सोध्यो स्पष्टीकरण

विमानस्थलको अनुगमनमा उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन तथा गतिविधिहरूलाई डिजिटलाइज गर्न जरुरी रहेको भन्दै उनले शनिबार विमानस्थलमा पुगेर यस्तो निर्देशन दिएका हुन् । शनिबार उपप्रधानमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन… Continue reading विमानस्थलको अनुगमनमा उपप्रधानमन्त्री

चिनियाँ अनुदान सहयोगमा निर्माणाधिन परियोजना छिटो सक्ने सहमति

काठमाडौं । नेपाली र चिनियाँ अधिकारीहरूबीच चिनियाँ अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा रहेका आयोजनाको प्रगति समीक्षा भएको छ । चिनियाँ सहयोगमा नेपालमा बनेका पूर्वाधारहरुको बारेमा बेइजिङमा शुक्रबार नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठकमा छलफल भएको हो । यस अवसरमा ती आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने दुई देशका अधिकारीहरूबीच सहमति… Continue reading चिनियाँ अनुदान सहयोगमा निर्माणाधिन परियोजना छिटो सक्ने सहमति

निगम सुधारमा सुझाव दिन समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति गठन गरेको छ। निगमको व्यावसायिक दक्षता अभिवृद्धि बजार एवं बजार विस्तारको जरूरी रहेकाले समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा गठित समितिमा क्याप्टेन ओम गुरूङ, टिकाराम राई, पियुस आनन्द र सहारा न्यौपाने… Continue reading निगम सुधारमा सुझाव दिन समिति गठन

आगामी वर्षको बजेट लेख्ने जिम्मा भुपाल बराल नेतृत्वको टिमलाई

काठमाडौं । अर्थ मन्त्रालयले बजेट लेखन प्रयोजनका लागि भुपाल बरालको नेतृत्वमा टोली गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले चैत २४ गते मन्त्रिस्तरिय निर्णय गर्दै बरालको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् । जसमा सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन्… Continue reading आगामी वर्षको बजेट लेख्ने जिम्मा भुपाल बराल नेतृत्वको टिमलाई