‘एमसीसी प्रतिस्पर्धाबाट प्राप्त गरेको ५५ अर्ब अनुदान हो, नलिए अन्तर्राष्ट्रिय समुदायमा नेपालमाथि प्रश्न उठ्न सक्छ’

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै ५५ अर्ब रुपैयाँ बराबरको प्रसारण लाइन र सडक निर्माणका लागि नेपाललाई सहयोग गर्न अमेरिका तयार छ । नेपाल विकासको एक विकास साझेदार अमेरिकासँग नेपालको सम्बन्ध ७० वर्षभन्दा पुरानो छ । अमेरिकाले… Continue reading ‘एमसीसी प्रतिस्पर्धाबाट प्राप्त गरेको ५५ अर्ब अनुदान हो, नलिए अन्तर्राष्ट्रिय समुदायमा नेपालमाथि प्रश्न उठ्न सक्छ’

विश्व बैंकले नेपाललाई दिने भयो करीव ६ अर्ब रुपैयाँ ऋण

काठमाडौं । विश्व बैंकले नेपाललाई करीव ६ अर्ब रुपैयाँ ऋण दिने भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकले ५ अर्ब ८७ करोड रुपैयाँ दिने भएको हो । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्बन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा… Continue reading विश्व बैंकले नेपाललाई दिने भयो करीव ६ अर्ब रुपैयाँ ऋण

भारतबाट पहिलो पटक निजी कार्गो रेल नेपाल आयो

file

वीरगन्ज । भारतबाट नेपालमा पहिलो पटक निजी कार्गो रेल आइपुगेको छ । यसअघि भारतीय सरकारी रेल्वेले मात्र नेपाली सामान बोक्न पाउने प्रावधान थियो । दुई मुलुकबीचको सम्झौतापछि निजी कार्गो रेल आउने बाटो खुलेको हो । भारतको हल्दियाबाट सो रेल बुधबार विहान १०ः१५ बजे वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको हो । भारतसँग निजी कार्गो रेल… Continue reading भारतबाट पहिलो पटक निजी कार्गो रेल नेपाल आयो

सरकारले ब्यूँतायो भूमि समस्या समाधान आयोग, अध्यक्षमा निरौला

काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग ब्यूँताएको छ । यसअघि एमाले सरकारले गठन गरेको आयोग खारेज गरेको सरकारले केशव निरौलाको अध्यक्षता रहने गरि आयोग ब्यूँताएको अहो । नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई शपथ गराए । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा… Continue reading सरकारले ब्यूँतायो भूमि समस्या समाधान आयोग, अध्यक्षमा निरौला

नेपाली सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । मंगलबार १८ अंकले घटेको बजार आज पनि दोहोरो अंकले घटेको हो । सूचकसँगै कारोबार रकम पनि दिनदिनै घट्दै गएको छ । गतहप्ता औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा आज सवा ५ अर्बमा सीमित भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ… Continue reading नेपाली सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

१ असोजबाट दशैं लक्षित सहुलियत पसल खोल्ने तयारी

काठमाडौं । सरकारले चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी असोज १ देखि कात्तिक २४ गतेसम्म सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस्तो व्यवस्था गर्न लागेको हो । यो वर्ष असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनको तयारी कम्पनीले गरेको छ । हरेक वर्ष दशैं, तिहार… Continue reading १ असोजबाट दशैं लक्षित सहुलियत पसल खोल्ने तयारी

त्रिभुवन विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित २ पक्राउ

File

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरिएको छ । सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्यागमा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहना फेला परेको हो । आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट… Continue reading त्रिभुवन विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित २ पक्राउ

असोज १५ भित्र पोल भाडा नतिरे प्राधिकरणले टेलिफोन र इन्टरनेटको तार काट्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असोज १५ गते भित्र इन्टरनेट र टेलिफोन सेवा प्रदायकले पोल भाडा नतिरे लाइन काट्ने भएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै नियमानुसार सम्झौता नगरे त्यस्ता सेवा प्रदायकहरूको तार तथा उपकरणसमेत हटाउन लागेको जानकारी दिएको हो । नेपालका अधिकांश इन्टरनेट तथा टेलिफोन सेवा प्रदायकहरुले प्राधिकरणको पोललगायत संरचना प्रयोग गरी… Continue reading असोज १५ भित्र पोल भाडा नतिरे प्राधिकरणले टेलिफोन र इन्टरनेटको तार काट्ने

नेपाली सेयर बजारमा झिनो अंकको वृद्धि, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजार झिनो अंकले बढेको छ । आइतबार एकैदिन ७१ अंकले बढेको बजारमा आज न्यून अंकको वृद्धि आएको हो ।सूचक जस्तै आज कारोबार रकम पनि स्थिर जस्तै रहेको छ । यसदिन करिब सवा ९ अर्बको कारोबार भएको छ । सेयर बजार मापक सूचक नेप्से आज ०.२७ अंकले बढेर २९४७.७० विन्दुमा पुगेको छ ।… Continue reading नेपाली सेयर बजारमा झिनो अंकको वृद्धि, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेपालबाट आशा बोकेर फर्कियो एमसीसी उपाध्यक्षसहितको टोली

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली स्वदेश फर्किएको छ । ४ दिने नेपाल भ्रमण पूरा गरी फर्किएको टोलीले नेपालमा भएको संवाद सकारात्मक रहेको निष्कर्ष निकालेको छ । उपाध्यक्ष सुमारसहितको टोली आइतबार राती अमेरिका उडेको हो । उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन… Continue reading नेपालबाट आशा बोकेर फर्कियो एमसीसी उपाध्यक्षसहितको टोली

बजेटबारे अर्थमन्त्रीसँग सवाल-जवाफ (विस्तृतमा)

काठमाडौं । शुक्रवार संसदमा पेश गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थमन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक रुपले उठेका सवालहरुमा स्पष्ट पारेको छ । आइतवार मन्त्रालयमा आयोजित ‘पोष्ट बजेट प्रेस मिट’ मा अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेययकका मुख्य मुख्य विषयहरु उपर उठेका… Continue reading बजेटबारे अर्थमन्त्रीसँग सवाल-जवाफ (विस्तृतमा)

नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक

काठमाडौं । सेयर बजारले उच्च अंकले बाउन्स ब्याक गरेको छ । गत हप्ता तीव्र उतरचढाव आएको बजार आज ७१ अंकले कमब्याक गरेको हो । हाइड्रोपावर, फाइनान्स, विकास बैंक समूहको सेयरमा चमक आउँदा नेप्सेमा उछाल आएको हो । यी समूहका अधिकांश कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ । सूचकमा उछाल आए पनि कारोबार रकममा भने… Continue reading नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक

मेलम्ची पुनः काठमाडौं ल्याउने समय सीमा चैतलाई तोकियो

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सक्ने गरि समय सीमा तोकेको छ । त्यसपछि काठमाडौंमा नियमित खानेपानी आपूर्ति हुने अर्थमन्त्री जनार्दन शर्माले बताए । बाढी र पहिरोका कारण मेलम्ची क्षेत्रमा ठूलो क्षति पुगेको छ । यो काम पुरा गरि काठमाडौंमा पुनः पानी ल्याउनु चूनौतिपूर्ण मानिएको छ । मेलम्चीमा आवश्यक मर्मत तथा पुनःस्थापन… Continue reading मेलम्ची पुनः काठमाडौं ल्याउने समय सीमा चैतलाई तोकियो

सरकारले घटायो ३७ अर्ब ऋणको लक्ष्य, राजस्व भने बढाउने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा लिने लक्ष्य लिएको सार्वजनिक ऋणको लक्ष्य घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार बजेटले आन्तरिक तथा वैदेशिक ऋणको अंश करिब ३७ अर्ब रूपैयाँले घटेको छ । संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले घटेको ऋणबाट नेपाली जनतामा रहेको ऋणभार सानो अंशमा भएपनि कम हुन जाने बताए । अनुत्पादक क्षेत्रमा सार्वजनिक… Continue reading सरकारले घटायो ३७ अर्ब ऋणको लक्ष्य, राजस्व भने बढाउने

आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत राख्ने लक्ष्य लिएको छ। शुक्रबार अर्थमन्त्री जनार्दशन शर्माले बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत राख्ने लक्ष्य राखेको बताए । अध्यादेश मार्फत प्रस्तुत भएको बजेटले लिएको ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई परिमार्जन गर्दै प्रतिस्थापन विधेयकमार्फत ०.५ प्रतिशत थपिएको हो । यसअघि तत्कालीन… Continue reading आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा, कोरोना खोपलाई ५ अर्ब

काठमाडौं । सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ। संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार रकम दिन लागेको हो। २०७४ को आम चुनावको… Continue reading दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा, कोरोना खोपलाई ५ अर्ब

सांसद र मर्यादापालकबीच घम्साघम्सी,अर्थमन्त्रीले पेश गरे बजेट प्रतिस्थापन विधेयक

काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमालेको अवरोधबीच प्रतिस्थापन विधेयक पेश भएको छ। शुक्रवार बसेको प्रतिनिधि सभाको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन हुनेगरी विधेयक पेश गरेका हुन्। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न र वर्तमान आर्थिक परियोजनाहरुलाई पूर्णता दिन बजेट परिमार्जन गर्नु परेको अर्थमन्त्री शर्माले बताएका छन्। अर्थमन्त्री शर्माले… Continue reading सांसद र मर्यादापालकबीच घम्साघम्सी,अर्थमन्त्रीले पेश गरे बजेट प्रतिस्थापन विधेयक

एमसीसी उपाध्यक्ष भेटघाटमा व्यस्त, आज प्रधानमन्त्री र प्रचण्डलाई भेट्ने

काठमाडौं । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोली अहिले काठमाडौंमा छ । बिहीबार आइपुगेको यो टोली भेटघाटमा व्यस्त रहेको छ । टोलीले बिहीबार नै विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेको थियो । शुक्रबार भने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम रहेको छ । नेपालको संसदबाट… Continue reading एमसीसी उपाध्यक्ष भेटघाटमा व्यस्त, आज प्रधानमन्त्री र प्रचण्डलाई भेट्ने

दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ टोलीद्वारा पुष्टी, चार हजार मिटर ड्रिलिङ हुने

काठमाडौं। चिनियाँ प्राविधिक टोलीले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टी गरेको छ। नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टी गरेको हो। चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको उल्लेख छ। चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका… Continue reading दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ टोलीद्वारा पुष्टी, चार हजार मिटर ड्रिलिङ हुने

पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

काठमाडौं । लगानी बोर्डले आगामी पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने सहितका लक्ष्य राखेको छ । ती लक्ष्य समेटिएको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको छ ।… Continue reading पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

रोकिएन् नेपाली सेयर बजारको पहिरो, दुई दिनमै नेप्से १०५ अंकले घट्यो

काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम जारी छ । यससाता आइतबार १०८ अंकले घटेको बजार सोमबार १६२ अंकले कमब्याक गरे पनि त्यसयता फेरि ओरालो लागेको हो । पछिल्ला दुई दिनमै नेप्से १०५ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गरेपछि शुरु भएको नेप्सेको ओरालो यात्रा अझै जारी रहेको हो… Continue reading रोकिएन् नेपाली सेयर बजारको पहिरो, दुई दिनमै नेप्से १०५ अंकले घट्यो

काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, छानो राख्न शुरु

काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक सम्पदा बसन्तपुरस्थित काष्ठमण्डप पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । अब छानो छाउने काम सुरु गरिएको हो । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण गरि छानो राख्न थालिएको हो । सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको… Continue reading काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, छानो राख्न शुरु

नेपाली सेयर बजारमा फेरि गयो पहिरो, कारोबार साढे ७ अर्बमा सीमित

काठमाडौं । सेयर बजारमा फेरि पहिरो गएको छ । सोमबार एकैदिन कीर्तिमानी १६२ अंकले बढेको बजार आज फेरि उच्च अंकले घटेको हो । यस साता सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । आइतबार एकैदिन १०८ अंकले घटेको बजार सोमबार १६२ अंकले बढेको थियो भने आज फेरि ४४ अंकले घटेको छ । सूचकसँगै कारोबार रकममा पनि… Continue reading नेपाली सेयर बजारमा फेरि गयो पहिरो, कारोबार साढे ७ अर्बमा सीमित

जनगणना २५ कात्तिकबाट ९ मंसिरसम्म हुने निश्चित

काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाको मिति तोकिएको छ । यसअघि २५ जेठबाट शुरु भई ८ असारमा सकिनु पर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेको हो । तालीका अनुसार कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभरि एकसाथ राष्ट्रिय जनगणना… Continue reading जनगणना २५ कात्तिकबाट ९ मंसिरसम्म हुने निश्चित

अमेरिकी दूतावास भन्छ : हामी एमसीसीको स्वस्थ बहसको पक्षमा छौं

काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयले बहसको उचाई छोएको छ । यस विषयमा नकारात्मक टिप्पणी बढी आइरहेका छन् । केही दिन अगाडी गृह मन्त्रालयले एमसीसीका सम्बन्धमा नकारात्मक टिप्पणी नगर्न भन्दै विज्ञप्ती निकालेको थियो । तर, अमेरिकी दुतावासले भने अमेरिकी सरकार स्वस्थ्य बहसको पक्षमा रहेको बताएको छ । काठमाडौंस्थित… Continue reading अमेरिकी दूतावास भन्छ : हामी एमसीसीको स्वस्थ बहसको पक्षमा छौं

रसुवामै युरोपियन स्याऊको उत्पादन तथा बिक्री

सरस्वती न्यौपाने, रसुवा गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ ब्राबलमा ‘ब्रावाल कृषि समूह स्याउ फार्म’को इटालीबाट ल्याइएको ११ हजार फुजी, बाला र गोल्डेन जातको स्याउ फल्न थालेको छ । फार्मका अध्यक्ष डिण्डुव तामाङका अनुसार एक वर्षअघि इटालीबाट ल्याएर रोपेको स्याउले यही वर्षबाट आम्दानि दिन थालेको छ । गत वर्षको असारमा ल्याएको अब आउँदो असोजबाट बेच्न मिल्ने… Continue reading रसुवामै युरोपियन स्याऊको उत्पादन तथा बिक्री

नेपाली सेयर बजारमा कीर्तिमानी उछाल, नेप्से एकैदिन १६२ अंकको बढ्यो

काठमाडौं । सेयर बजारमा कीर्तिमानी उछाल आएको छ । हिजो एकै दिन १०८ अंकले घटेको बजारमा आज १६२ अंकले वृद्धि भएको हो । नेप्सेमा एकैदिन डेढ सय बढी अंकले वृद्धि भएको सेयर बजार इतिहासमै पहिलो पटक हो । यसअघि नेप्से एकैदिन ९५ अंकले बढेको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ सेयर कर्जामा कडाइ गरेपछि… Continue reading नेपाली सेयर बजारमा कीर्तिमानी उछाल, नेप्से एकैदिन १६२ अंकको बढ्यो

नेपाली सेयर बजारमा इतिहासकै ठूलो पहिरो, ३० कम्पनीको मूल्य अत्यधिक घट्यो

काठमाडौं । सेयर बजारमा इतिहासकै ठूलो पहिरो गएको छ । नेप्से सूचक आज एकै दिन तीन अंकले घटेको हो । बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार १४५ अंक (५ प्रतिशत)ले घटेपछि ४० मिनेटका लागि कारोबार बन्दभएको थियो । त्यसपछि खुलेको बजार झन्डै १०० अंकले फर्केर ५१ अंकसम्म आएपनि अन्त्यमा १०८ अंकले घटेर बन्द भएको हो… Continue reading नेपाली सेयर बजारमा इतिहासकै ठूलो पहिरो, ३० कम्पनीको मूल्य अत्यधिक घट्यो

८ महिनामा भित्रिए मात्र ६७ हजार पर्यटक

काठमाडौं । नेपालको अर्थतन्त्रमा पर्यटनको ठूलो योगदान छ । तर, कोरोना महामारीका कारण सन् २०२१ मा समेत पर्यटक आगमन प्रभावित हुने भएको छ । सन् २०२१ को आठ महिनामा ६७ हजार मात्र पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अगष्टसम्म ६६ हजार ९ सय ६६ विदेशी पर्यटक नेपाल आएका छन् । अगष्ट महिनामा… Continue reading ८ महिनामा भित्रिए मात्र ६७ हजार पर्यटक

एमसीसीकी उपाध्यक्ष सुमर नेपाल आउने

काठमाडौं । नेपालमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनमा तिब्र विवाद र बहस जारी रहेको समयमा एक उच्चस्तरीय एमसीसीको टोलीले नेपाल भ्रमण गर्ने भएको छ । एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर नेपाल आउन लागेकी हुन् । उनको साथमा एमसीसी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स समेत रहने बताइएको छ । यो भ्रमण आगामी… Continue reading एमसीसीकी उपाध्यक्ष सुमर नेपाल आउने