तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना… Continue reading तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद

विदेशमा रहेका नेपाली कसरी जोडिन सक्छन् सामाजिक सुरक्षा योजनामा, के हो प्रक्रिया ?

File

काठमाडौं\बीबीसी । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि आगामी नयाँ वर्षदेखि सामाजिक सुरक्षा योजनामा सहभागिता जनाउन सक्ने घोषणा गरेको छ। यस्तो योजनामा आबद्ध भएका नेपालीहरूले योगदानमा आधारित पेन्सन लगायत स्वास्थ्य उपचारबिमा सहितका सुविधा पाउने अधिकारीहरूले बताएका छन्। तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू कसरी यो योजनामा सहभागी हुन सक्छन् ? कोषका कार्यकारी निर्देशक कपिलमणि… Continue reading विदेशमा रहेका नेपाली कसरी जोडिन सक्छन् सामाजिक सुरक्षा योजनामा, के हो प्रक्रिया ?

मेलम्चीको पानी सूर्यविनायक नगरपालिकामा समेत वितरण हुने

Photo : spotlightnepal

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्नेगरी केयुकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव… Continue reading मेलम्चीको पानी सूर्यविनायक नगरपालिकामा समेत वितरण हुने

जनगणनाको अन्तिम प्रतिवेदन आज सार्वजनिक गरिँदै

काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आज सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम नतिजा सार्वजनिक गर्ने कार्यक्रम छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२ औँ राष्ट्रिय जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो ।… Continue reading जनगणनाको अन्तिम प्रतिवेदन आज सार्वजनिक गरिँदै

काठमाडौंमा घर बनाउँदा सडक पेटीमा फोहोर गर्नेलाई १० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले घर निर्माण गर्दा सडकपेटीमा फोहोर गरेको भन्दै १० हजार जरिबाना गरेको छ । महानगरपालिकाकाले नगर प्रहरी मार्फत काठमाडौं ९ का सानोकान्छा भारतीलाई १० हजार जरिबाना गरेको जनाएको छ । घर निर्माण गर्दा उत्पादित फोहोर सडक पेटीमा फालेको भन्दै महानगरपालिकाले प्रशासनिक दण्ड जरिबाना अन्तर्गत भारतीलाई १० हजार नगद रुपैयाँ तिराएको हो ।… Continue reading काठमाडौंमा घर बनाउँदा सडक पेटीमा फोहोर गर्नेलाई १० हजार जरिवाना

राजस्व चुहावटविरुद्ध अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा प्रधानमन्त्रीले भने, ‘राजश्व छली नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन् । ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक… Continue reading राजस्व चुहावटविरुद्ध अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

तनहुँ जलविद्युत आयोजनाको निर्माण छिटो सक्न निर्देशन

काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना समयमै निमार्ण सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्दै उक्त निर्देशन दिएको हो । एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी… Continue reading तनहुँ जलविद्युत आयोजनाको निर्माण छिटो सक्न निर्देशन

यातायात कार्यालयका तीन उपसचिव भ्रष्टाचारी ठहर

काठमाडौं । यातायात कार्यालय इटहरीका ३ उपसचिव भ्रष्टाचारी ठहर भएका छन् । उनीहरुलाई विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ । यातायात कार्यालय इटहरीको राजस्व हिनामिनाको घटनामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाललाई दोषी ठहर गरेको हो । बुधबार… Continue reading यातायात कार्यालयका तीन उपसचिव भ्रष्टाचारी ठहर

वैदेशिक रोजगारीमा गएका श्रमिकको सामाजिक सुरक्षा योजना लागू

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । यो योजनाको काठमाडौंमा आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरे । इजरायलमा रहेकी मञ्जु थपलियाको पहिलो इनरोल रजिस्ट्रार गरिएको छ । प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल सङ्ग्रौलालाई कोषमा आबद्ध भएको परिचयपत्र हस्तान्तरण गरे । वैदेशिक… Continue reading वैदेशिक रोजगारीमा गएका श्रमिकको सामाजिक सुरक्षा योजना लागू

सगरमाथा जलविद्युत कम्पनीको आइपीओ खुल्यो

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३५ करोड ८१ लाख ७६ हजार रुपैयाँ बराबरको ३५ लाख ८१ हजार ७६० कित्ता आइपीओ विक्रीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको… Continue reading सगरमाथा जलविद्युत कम्पनीको आइपीओ खुल्यो

एकैदिन प्रतितोला २ हजार रूपैयाँ घट्यो सुनको भाउ

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य एक दिने २ हजार रुपैयाँले घटेको छ । मंगलबार तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर तोलाको १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको पनि मूल्य घटेर तोलाको १ लाख ७ हजार ४… Continue reading एकैदिन प्रतितोला २ हजार रूपैयाँ घट्यो सुनको भाउ

वर्ल्डलिंकमा भित्रियो २ अर्ब विदेशी लगानी

काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दुई विदेशी कम्पनी मार्फत झण्डै दुई अर्ब बराबरको विदेशी लगानी भित्र्याएको छ । सोमबार पत्रकार सम्मेलन गरेर कम्पनीले दुई विदेशी कम्पनी मार्फत १ अर्ब ९८ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको जानकारी दिएको हो । वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेश्नल इन्भेष्टमेन्ट ९बीआईआई०बाट एक अर्ब २० करोड र डोल्मा इम्प्याक्ट फण्डबाट ९०… Continue reading वर्ल्डलिंकमा भित्रियो २ अर्ब विदेशी लगानी

अन्तर्राष्ट्रिय महिला शिखर सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा आगामी साता महिला शिखर सम्मेलन आयोजना हुने भएको छ । सम्मेलन आगामी ११ र १२ चैतमा आयोजना हुने परिसंघले जनाएको छ । महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा भएको परिसंघको भनाइ छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा हुन लागेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको सोमबार… Continue reading अन्तर्राष्ट्रिय महिला शिखर सम्मेलन काठमाडौंमा हुने

अयोग्य माओवादी लडाकुले सरकारबाट राहत पाउने

काठमाडौं । सरकारले कार्यविधि बनाएर ‘अयोग्य’ लडाकूहरुलाई राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कार्यविधि बनाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो । १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्यसँगै नेपालमा स्थापित भएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले माओवादीका १९ हजार ६०२ जना लडाकुहरुलाई प्रमाणीकरण गरेको थियो । त्यसबाहेक ४ हजार ९ जनाको मापदण्ड… Continue reading अयोग्य माओवादी लडाकुले सरकारबाट राहत पाउने

मलको अनुदान कटौतीबाट पछि हट्यो सरकार, अनुदान यथावत

काठमाडौं । सरकारले चैत्र ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । घोडेजात्रा पर्वको राजपत्र मै प्रकाशन गरेर तय भएको सार्वजनिक विदा हो । प्रत्येक वर्ष चैत कृष्ण औंसीको दिन उपत्यकामा घोडे जात्रा मनाईने गरिएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा… Continue reading मलको अनुदान कटौतीबाट पछि हट्यो सरकार, अनुदान यथावत

नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनायो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो । आइतबार एकै दिनमा सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको छ । त्यस्तै तेजाबी सुन १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको… Continue reading नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनायो

भारतका सबै राज्यमा नेपालको विद्युत निर्यात गर्ने बाटो खुला

काठमाडौं । नेपाललाई भारतको बिहारबाहेक अन्य राज्यमा समेत विद्युत निर्यात गर्ने बाटो खुलेको छ । नेपाल–भारतबीचको विद्युत आदानप्रदान समितिको पावर एक्सचेन्ज कमिटी बैठकले अन्य राज्यमा पनि विद्युत निर्यात गर्ने बाटो खोलेको हो । नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने बैठकको निर्णयसँगै विद्युत निर्यात बिस्तारको बाटो खुलेको हो ।… Continue reading भारतका सबै राज्यमा नेपालको विद्युत निर्यात गर्ने बाटो खुला

सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसीलाई

काठमाडौं । लगानी बोर्डको कार्यालयले भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई ४५० मेगावाटको सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र दिएको छ । बोर्डले डोटी र अछाम जिल्लामा निर्माण हुने आयोजनाको अनुमतिपत्र जारी गरेको हो । बिहीबार बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले एनएचपीसीका उपमहानिर्देशक अशोककुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन् । बोर्डले ३ महिनाभित्र आयोजना अध्ययन गरी… Continue reading सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसीलाई

बीपीडब्ल्यू लघुवित्तको आइपीओ बाँडफाँड

काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँड भएको छ । लघुवित्तको आइपीओ शुक्रबार बिहान ११ बजे बाँडफाँड गरिएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । लघुवित्तको आइपीओमा १४ लाख ५९ हजार ७८४ आवेदकले कुल १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत… Continue reading बीपीडब्ल्यू लघुवित्तको आइपीओ बाँडफाँड

बेलायतले नेपाललाई १४ अर्ब अनुदान दिने

काठमाडौं । बेलायतले नेपालको स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । अर्थ मन्त्रालयमा बिहीबार नेपालका लागि बेलायती राजदूत निकोला पोलिट तथा अर्थसचिव तोयम रायाबीच यससम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भयो । कार्यक्रममार्फत १७ लाख मानिस लाभान्वित हुने जनाइएको छ । बेलायत र नेपालबीच पूर्वाधार निर्माण, मर्मतसम्भार र… Continue reading बेलायतले नेपाललाई १४ अर्ब अनुदान दिने

झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५८ कम्पनीको १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँ बराबरको ३४ लाख २ हजार २६७ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा… Continue reading झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

डीडीसीले बढायो दुधको मूल्य

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ । संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ । डीडीसीका महाप्रवन्धक सन्जिव सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिएका छन् । उनका अनुसार बुधबारदेखि नै किसानले बढेको मूल्य… Continue reading डीडीसीले बढायो दुधको मूल्य

बजेट घाटा डेढ खर्ब नाघ्यो, पूँजीगत खर्च २२ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ। फागुन मसान्तसम्म सरकारले सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आवको फागुन मसान्तसम्मको… Continue reading बजेट घाटा डेढ खर्ब नाघ्यो, पूँजीगत खर्च २२ प्रतिशत मात्रै

‘देशको अर्थतन्त्र बिग्रियो भन्दै आत्तिइहाल्नुपर्ने परिस्थिति पनि छैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र अहिले सहज नभएपनि आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ वार्षिक साधारणसभाका अवसरमा उनले गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटमा परिहाल्ने हो कि, भन्ने लागेपनि अहिले त्यस्तो अवस्था नआएको बताएका हुन् । बाह्य क्षेत्र… Continue reading ‘देशको अर्थतन्त्र बिग्रियो भन्दै आत्तिइहाल्नुपर्ने परिस्थिति पनि छैन’

२७ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ६ खर्ब ९० अर्ब भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो ७ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांकले यस्तो देखाएको हो । नेपालमा माघ महिनामा मात्र १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ। चालू आर्थिक वर्षको माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ। अघिल्लो… Continue reading २७ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ६ खर्ब ९० अर्ब भित्रियो

१०२ मेगावाटको मध्य भोटेकोशी निर्माणको अन्तिम चरणमा, यसै आवमा सकिने

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको… Continue reading १०२ मेगावाटको मध्य भोटेकोशी निर्माणको अन्तिम चरणमा, यसै आवमा सकिने

सिंगापुरका व्यापारीसँग विनोद चौधरीले भने : नेपाल ठूलो सम्भावना बोकेको मुलुक हो

काठमाडौं । नेपालमा लगानीको अवसर र सम्भावनाबारे अध्ययन गर्न सिंगापुरका युवा उद्यमीहरूको टोली काठमाडौं आएको छ। योङ प्रेजिडेन्ट अर्गनाइजेसन ९वाइपिओ०, सिंगापुर शाखाका तर्फबाट पहिलोपटक नेपाल भ्रमणमा आएको टोलीमा सिंगापुरका ४० जना युवा लगानीकर्ता तथा प्रमुख कार्यकारी सामेल छन्। उनीहरू आइतबारसम्म यहाँ बस्ने छन्। टोलीमा सिंगापुरको उड्डयन, वित्तीय, प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, हस्पिट्यालिटी, खानी लगायत क्षेत्रमा काम… Continue reading सिंगापुरका व्यापारीसँग विनोद चौधरीले भने : नेपाल ठूलो सम्भावना बोकेको मुलुक हो

सहकारी व्यवस्थापकको गोष्ठी शुरु,वित्तीय अनुशासनमा केन्द्रित हुने प्रतिवद्धता

काठमाडौं । सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रियगोष्ठी शुरु भएको छ । बुधबारदेखि काठमाण्डुमा सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा भएको गोष्ठीमा वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव दिए । सञ्चालकहरुले बदमासी गरे त्यसको प्रतिवाद व्यवस्थापकहरुले गर्नुपर्ने समेत वक्ताहरुले… Continue reading सहकारी व्यवस्थापकको गोष्ठी शुरु,वित्तीय अनुशासनमा केन्द्रित हुने प्रतिवद्धता

निगमको एयरबसमा चालक दलका सदस्य सबै महिला, विमानस्थलमा पर्यटनमन्त्रीको स्वागत

काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक महिलाहरू मात्रै रहेको चालक दलले राष्ट्रिय ध्वजावाहक एअरबस ३२० नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेकाे छ । दुईजना महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै निगमको एयरबस ए–३२० जहाज शनिबार काठमाडौंबाट दुबई गएको थियो। पाइलटद्वय भावना पन्त गिरी र सिर्जना राउतको चालक दलले नेपाल–दुबई र दुबई–नेपालको सफल उडान… Continue reading निगमको एयरबसमा चालक दलका सदस्य सबै महिला, विमानस्थलमा पर्यटनमन्त्रीको स्वागत

सिचुवान एयरलाइन्सले पुनः सुरु गर्दै काठमाडौं उडान, मेलवर्न र नारिता जाने भाडा कति ?

काठमाडौं । चीनको हवाई कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण २०७८ माघ अन्तिमदेखि काठमाडौँ उडान बन्द गरेको सिचुवानले यही चैत ६ गतेदेखि पुनः उडान सुचारु गर्न लागेको हो । कम्पनीले चीनको चेङ्दुबाट सोमबार, बुधबार, शुक्रबार र आइतबार गरेर साताको चार उडान गर्न लागेको जनाएको छ… Continue reading सिचुवान एयरलाइन्सले पुनः सुरु गर्दै काठमाडौं उडान, मेलवर्न र नारिता जाने भाडा कति ?